भिरबाट लडेर बाजुरामा एक बालिकाको मृत्यु

भिरबाट लडेर बाजुरामा एक बालिकाको मृत्यु

बाजुरा, २५ फागुन – भिरबाट लडेर बाजुरामा एक बालिकाको मृत्यु भएको छ । विद्यालय जाने क्रममा भिरबाट लडेर बालिकाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार बडीमालिका नगरपालिका–६ कोर्ध फडील्लाकी ६ वर्षीया कमला बडुवालको आज बिहान लडेर मृत्यु भएको हो । उनी सोही वडामा रहेको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा कक्षा १ मा अध्ययनरत थिइन् । विद्यालय गाउँबाट टाढा हुँदा बिहान ९ बजे घरबाट हिडेकी थिइन् ।

कमला घर नजिकै रहेको ढागीलोटा भन्ने ठाउँमा बाटो अप्ठ्यारो हुँदा खुट्टा चिप्लिदा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

nepal one