बलात्कार आराेपमा २ जना पक्राउ

अपराध

काठमाडाैं / बाँके र माेरङमा बलात्कार आराेपमा दुईजना पक्राउ परेका छन् । बाँकेमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा डुडुवा गाउँपालिका-३ बाबुपुरुवा बस्ने ३३ वर्षीय बजरंगबली लोहारलाई प्रहरीले पक्राउ गरेको छ ।
लोहारले ती बालिकालाई सोही ठाउँस्थित आँपको बगैंचामा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
मोरङमा २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पथरीशनिश्चरे नगरपालिका-५ बस्ने ४५ वर्षीय दिपक बहादुर पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । पाण्डेले ती महिलालाई गत कात्तिक ५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।
प्रतिक्रिया
ताजा अपडेट