हिन्दु विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययन सहित अवधारणा पत्र तयारी समिति गठन

हिन्दु विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययन सहित अवधारणा पत्र तयारी समिति गठन

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिन्दु विश्वविद्यालय स्थापना गर्न सम्भाव्यता अध्ययन सहित अवधारणा पत्र तयारी समिति गठन गरेको छ । 

हिन्दु विश्वविद्यालय स्थापना अध्ययनका लागि समिति गठन गर्ने मन्त्रीपरिषद्को निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले पाँच सदस्यीय सम्भाव्यता अध्ययन सहित अवधारणा पत्र तयारी समिति गठन गर्नुभएको हो ।

डा जगमान गुरुङको संयोजकत्वमा गठित समितिको सदस्यमा प्रा डा रामचन्द्र गौतम, प्रा चेतोनाथ गौतम र कमल ढकाल सदस्य रहनुभएको छ भने सदस्यसचिवमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनाश्याम खतिवडा रहनुभएको छ । समितिलाई आगामी मंसिरभित्र प्रतिवेदन पेश गर्न भनिएको छ । मन्त्री किराँतीले आफूले सिफारिस गरेको व्यक्तिहरूले आफूहरूसँग भएको ज्ञानको प्रयोग गरेर हिन्दु विश्वविद्यालय स्थापनाका लागी आवश्यक अवधारणा सहित सम्भाव्यता अध्ययन गर्ने विश्वास व्यक्त गर्नुभयो । 

त्यस्तै समितिका संयोजक गुरुङले २०८० मंसिरभित्रै प्रतिवेदन बुझाउने र २०८१ बैंशाख भित्रै हिन्दु विश्वविद्यालय स्थापना घोषणा गर्नुपर्ने बताउनुभयो । हिन्दु विश्वविद्यालय भन्दा पनि श्री पशुपति हिन्दु विश्वविद्यालय नै नामाङ्करण गर्न उचित हुने उहाँको भनाइ छ । 

उहाँले हिन्दु विश्वविद्यालयको औचित्य पुष्टि हुने गरी काम गर्ने दाबी गर्नुभयो । सरकारले काभ्रेको भकुण्डेबेँसीमा हिन्दु विश्वविद्यालय स्थापना गर्ने तयारी थालेको हो । 

nepalone