उपराष्ट्रपतिमा महिला नै आउनुपर्छ : ममता झा

उपराष्ट्रपतिमा महिला नै आउनुपर्छ : ममता झा

काठमाडौँ – जनमत पार्टीबाट उपराष्ट्रपतिकी उम्मेदवार ममता झाले उपराष्ट्रपतिमा महिला नै आउनुपर्ने बताइन् । शुक्रबार शुक्रबार संसद भवनमा जारी मतदान प्रक्रियाको क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘कानून सबैभन्दा ठूलो हो । त्यसैले राष्ट्र र कानूनलाई नै टेकेर हिँड्छु । यो महिलाहरुको हक अधिकारको कुरा हो । उपराष्ट्रपतिमा महिला नै आउनुपर्छ । हाम्रो पार्टी अध्यक्षले संविधानको मर्मलाई आत्मसाथ गर्दै मलाई उम्मेदवार बनाउनुभएको हो । गठबन्धनबाट रामसहायलाई नै भोट हाल्न ह्वीप जारी भएको जानकारी छैन । कुनै पार्टीले पनि दश दलीय गठबन्धनबाट उहाँलाई नै मत दिनुपर्छ भनेको छैन ।’

दश दलीय गठबन्धनबाट जसपाका रामसहाय यादवलाई नै भोट हाल्न ह्वीप जारी नभएको उनले बताइन् ।

nepalone