ज्ञानेन्द्र शाही राजवादी र सामान्तवादी भन्दै मिटरब्याजी पीडितले लगाए नारा

ज्ञानेन्द्र शाही राजवादी र सामान्तवादी भन्दै मिटरब्याजी पीडितले लगाए नारा

काठमाडौं – मिटरब्याज पीडितहरुले राप्रपा नेता एवम् सांसद ज्ञानेन्द्र शाहीविरुद्ध नाराबाजी गरेका छन् । 

मिटरब्याज पीडितहरुकाे न्यायकाे लागि ऐक्यबद्धता जनाउन माइतीघर मण्डलामा पुग्नुभएका शाहीमाथि मिटर ब्याज पीडितहरुले नाराबाजी गरेका हुन् । 

ज्ञानेन्द्र शाही राजवादी र सामान्तवादी रहेको भन्दै उनीहरुले नाराबाजी गरेका हुन् ।

आफूहरुको नागरिक आन्दोलन गरेको भन्दै उनीहरुले राजावादी र सामान्तवादीको समर्थन र ऐक्यबद्धता नचाहिने बताए ।

बिहान टंगालमा धर्ना बसेका उनीहरु भद्रकाली हुँदै माइतीघर मण्डलामा पुगेका फेरि धर्नामा बसेका छन् । उनीहरु पुग्ने वित्तिकै ज्ञानेन्द्र शाही पनि आन्दोलनमा ऐक्यबद्धता जनाउने भन्दै माइतीघरमा पुग्नुभएकाे थियाे । 

nepalone