वर्तमान सरकारले देश र जनतालाई प्राथमिकतामा राखे छ : सञ्चारमन्त्री शर्मा

वर्तमान सरकारले देश र जनतालाई प्राथमिकतामा राखे छ : सञ्चारमन्त्री शर्मा

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको तेस्रो प्रधानमन्त्री कार्यकाल देश र जनताको समृद्धिको लागि सफल हुने दाबी गर्नुभएको छ ।

रिपोटर्स क्लब नेपालले बुधबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा उहाँले वर्तमान सरकारले देश र जनतालाई प्राथमिकतामा राखेको भन्दै प्रधानमन्त्री प्रचण्डको तेश्रो कार्यकाल सफल हुने दाबी गर्नुभएको हो । मन्त्री शर्माले प्रधानमन्त्री तेस्रो पटक प्रधानमन्त्री बन्दै गर्दा आम जनतामा नयाँ आशा र अपेक्षा देखिएको बताउनुभयो ।

मन्त्री शर्माले सरकारले केही महत्त्वपूर्ण कामको थालनी गरेको भन्दै छिटोभन्दा छिटो सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउने बताउनुभयो । उहाँले यसमा सर्वोच्चका फैसलाका नजिरलगायत सबैलाई समेट्ने कोसिस गरिएको धारणा राख्नुभयो । यस्तै, उहाँले नेपालमा पछिल्लो समय मिडियाको विकास तीव्र भएको उल्लेख गर्दै त्यसको लागि आम सञ्चार ऐन जरुरी रहेको जिकिर गर्नुभयो ।

उहाँले भारत भ्रमणको क्रममा आफूले एकपक्षीय र द्विपक्षीय थुप्रै भेटवार्ता गरेको पनि जानकारी दिनुभयो ।

nepalone