कैलालीमा भिरबाट लडेर महिलाको मृत्यु

कैलालीमा भिरबाट लडेर महिलाको मृत्यु

धनगढी, १५ चैत – धनगढीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

चुरे गाउँपालिका वडा नम्बर १ सायलकी २९ वर्षीया पवित्रा थापा मगरको भिरबाट लडेर मृत्यु भएको हो ।

मंगलबार घरबाट ५ किलोमिटर टाढा रहेको घोडेथर बजारमा घरायसी सामान किनमेल गरेर घर फर्किनेबेला  थापाको भिरबाट लडेर मृत्यु भएको गाउँपालिकाका कर्मचारी लोकेन्द्रबहादु बोहराले जानकारी दिए ।

nepal one