कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

काठमाडौं, १६ चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । ललितपुरको सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा बसिरहेको बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने व्यक्तिको नाम टुंगो लगाउने विषयमा छछलफल भइरहेको छ । 

सत्ता गठबन्धनको बैठकमा कांग्रेसलाई आठवटा मन्त्रालय दिने सहमति भएपछि बसेको कार्यसम्पादन समिति बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने नेताहरुले जानकारी दिएका छन् । 

साथै बैठकले आगामी १० वैशाखमा हुने उपनिर्वाचनसहित समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जानकारी दिइएको छ । 
 

nepal one