कांग्रेसबाट मन्त्रीको नाम टुंगो लगाउने जिम्मा सभापति देउवालाई

काठमाडौं – नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा सभापति शेरबहादुर देउवालाई जिम्मेवारी दिएको छ। 

बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा सभापति देउवालाई दिएको हाे । प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार कसलाई मन्त्री बनाउने भन्ने जिम्मा देउवाकै हातमा छ । 

‘नामको विषयमा यहाँबाट टुंगो लगाइरहनु पर्दैन। तर, क्राइटएरियालाई मध्यनजर राखेर सभापतिज्यूले सबैसँग छलफल गर्नुभएको छ। यसैलाई मध्यनजर राखेर नै निर्णय हुन्छ,’ उहाँले भन्नुभयाे।  

नयाँ मन्त्रीमण्डल गठनकाे तयारी पनि आजै रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आजै मन्त्रीमण्डल विस्तार गरिने बताउनुभएको छ । गठबन्धनबाट काँग्रेसको भागमा ८ मन्त्रालय परेको छ । 

nepalone