प्रभु शाहलाई मन्त्री नबनाउनु अपमानजनक धाेखा हाे : आजपा

काठमाडौं –  प्रभु शाहलाई मन्त्री नबनाएपछि आम जनता पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरूलाई धोका दिएको बताएको छ।

आजपाका प्रवक्ता चन्द्र भुषण साहले प्रचण्डले प्रभु शाहलाई मन्त्री नबनाएर धोका दिएको बताउनुभएकाे हाे । साहले मन्त्रालयकाे भागवण्डामा आम जनता पार्टीकाे पनि भाग छुट्याउनु र सरकार विस्तार गर्दा भने सहभागी नगराउनुले अपमानजनक धाेका भएकाे बताउनुभएकाे छ । 

प्रधानमन्त्री प्रचण्डले प्रभु शाहलाई मन्त्री बनाउने बचन दिनुभएकाे थियाे । तर, अन्तिम समयमा शाहलाई छुटाएपछि आजपा असन्तुष्ट बनेको हो। 

nepalone