ख्वपमा जेठ १३ र १४ गते तेस्रो राष्ट्रिय सम्मेलन हुने

ख्वपमा जेठ १३ र १४ गते तेस्रो राष्ट्रिय सम्मेलन हुने

भक्तपुर, १७ चैत – ख्वप कलेजको आयोजना र विश्वाविद्यालय अनुदान आयोगको सहयोगमा जेठ १३ र १४ गते तेस्रो राष्ट्रिय सम्मेलन हुने भएको छ । 

व्यवस्थापन, विज्ञान, मानविकी र शिक्षालगायतका अन्य शंकायमा अध्ययनरत विद्यार्थीबीच खोज र अनुसन्धान प्रवर्द्धन गर्ने सम्मेलनको उद्देश्य रहेको जनाइएको छ ।

सम्मेलनमा सम्बन्धित विषयका विज्ञद्वारा समकालीन खोज र अध्ययनमा आआफ्नो विचार पनि प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । गत वर्षको सम्मेलनमा विभिन्न १३ वटा शैक्षिक संस्थाका ३९ भन्दा बढी विद्यार्थीले आफ्नो अनुसन्धानको निष्कर्ष प्रस्तुतिकरण गरेका थिए । दुई सयभन्दा बढीको सहभागिता रहेको कलेजले जनाएको छ ।

यसवर्ष ५० जनाभन्दा बढी विद्यार्थीले आफ्नो अनुसन्धानको निष्कर्ष प्रस्तुत गरिने आशा गरिएको छ । यस्तो कार्यक्रमले विद्यार्थीलाई वहुआयामिक अनुसन्धानात्मक गतिविधिमा संलग्न हुन प्रेरित गरिने आयोजक समितिको विश्वास छ । 

सम्मेलनमा सहभागी हुन वैशाख ३१, २०८० सम्ममा सहभागीले आफ्नो निष्कर्ष पेश गरिसक्नु पर्ने कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले बताए । सम्मेलनमा प्रस्तुत गरिएका अनुसन्धानमुलक लेख ख्वप कलेजर्को ख्वप जर्नल’मा प्रकाशित गरिने जनाइएको छ ।
 

nepal one