मुलुक र जनताप्रति समर्पित भएर काम गर्ने उपप्रधानमन्त्री खड्काको प्रतिबद्धता

मुलुक र जनताप्रति समर्पित भएर काम गर्ने उपप्रधानमन्त्री खड्काको प्रतिबद्धता

काठमाडौं – नवनियुक्त उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुक र जनताप्रति समर्पित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार लिएपछि मन्त्रालयमा पदबहालीका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले रक्षा मन्त्रालयको जिम्मेवारी धेरै दृष्टिकोणले महत्त्वपूर्ण भएको बताए । उनले भने “मुलुकको भौगोलिक अखण्डताको रक्षा, जनता र राष्ट्रिय सुरक्षाका साथै रणनीतिक विकासका योजनासमेत नेपाली सेनामार्फत अगाडि बढाइरहेको सन्दर्भमा यो मन्त्रालयको ठूलो महत्त्व छ ।”

उनले सबैभन्दा ठूलो जिम्मेवारी देशको माटोको रक्षा गर्ने भूमिका भएको र यसको जिम्मेवारीका लागि लगि मन्त्रालयको राण्ननीतिक महत्त्व रहेको बताए ।उनले सरकारका प्राथमिकता सरकारको न्यूनतम साझा कार्यक्रममार्फत नै केही दिनमै सार्वजनिक गरिने पनि बताए ।

nepal one