आज पनि बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने

NepalOne ७ वैशाख २०८० ७:००
जीवनशैली/स्वास्थ्य

काठमाडौं। बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइदैछ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने जनाएको छ ।

यसैगरी, १२ महिना देखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि आज पनि नै खुवाइने मन्त्रालयले जनाएको छ । 

  महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ । 


प्रतिक्रिया