थप १०६ जना कोरोना संक्रमित, १ जनाको मृत्यु

NepalOne ८ वैशाख २०८० १६:३६
जीवनशैली/स्वास्थ्य

काठमाडौं – देशभर थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८८६ जनाको नमूना परीक्षण गरिएको थियो ।

५ सय ८१ जनाको पीसीआर र १ हजार ३ सय २ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार ४६ जना संक्रमणमुक्त भएका छन् । हाल ४ सय १४ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाको संक्रमणबाट एक जनाको मृत्यु हुनेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया