सांसद भण्डारी आज नेपाल फर्कदै

NepalOne १७ वैशाख २०८० ८:२२
जीवनशैली/स्वास्थ्य

काठमाडौं – ग्यास लिक हुदाँ आगालागीमा परी गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्रकान्त भण्डारी उपचारपछि आज स्वदेश फर्कने भएका छन् । 

गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुदाँ आगालागीमा परी उनी गम्भीर घाइते भएका थिए मुम्बईस्थित नेशनल बर्न सेन्टरमा ।

झन्डै तीन महिनाको स्वास्थ्य उपचारपछि उनी आज स्वदेश फर्कन लागेका हुन् । अहिले उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको र बोल्ने र हिँड्न सक्ने भएका छन् ।आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो।


प्रतिक्रिया