गीतकार नमिता दवाडीले न्युजल्याण्डबाट ल्याइन् ‘मलाई बाँच्न सिकायौ तिमीले’को भिडियो

गीतकार नमिता दवाडीले न्युजल्याण्डबाट ल्याइन् ‘मलाई बाँच्न सिकायौ तिमीले’को भिडियो

काठमाडौँ । गीतकार नमिता दवाडीले आफ्नो चर्चित गीत ‘परिचय ’को सफलतासँगै अर्को गीत मलाई बाँच्न सिकायौ तिमीलेको भिडियो सार्वजनिक गरेकी छिन् ।

लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको गीतमा हेमन्त शिशिरको संगीत तथा एरेन्ज रहेको छ । मिक्सिगं तथा मास्टरिगं पनि हेमन्तकै रहेको भिडियोले प्रेम, वियोग र त्यसपछि पुन प्राप्त भएको मायाको कथालाई देखाएको छ । एक प्रेमील जोडीले कहिल्यै नछुट्टीने वाचा कसम खाएको र मायामा उतार चढाव आएको दृश्यलाई निर्देशक मुनाल शिशिर कोइरालाले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

https://www.youtube.com/watch?v=6eQtcPjk4g0

जसमा अभिनेता शिशिर भण्डारी र मोडल अनुजा सिंहको बेजोड अभिनय देख्न सकिन्छ । भिडियोमा शिशिर र अनुजा दुवै कलाकार गज्जबसँग खुलेका छन् । भिडियोको छायांकन सुजन श्रेष्ठले गरेका हुन् भने सम्पादन विष्णु खड्काले गरेका हुन् ।

हाल न्युजल्याण्डमा रहेकी गोरखाकी गीतकार दवाडीका यसअघि ‘म मजदुर मायाको’, ‘भन को थियो’ बोलका गीतको भिडियो बजारमा आइसकेका छन् । उनको कविता संग्रह ‘जीवन नदीको किनारै किनार’ पनि प्रकाशित छ ।

त्रिवीबाट अँग्रेजीमा स्नातोकोत्तर दवाडी नेपालमा रहँदा लामो समय अध्यापन पेशामा संलग्न रहिन् । न्युजिल्याण्डमा परिवारसहित रहँदै आएकी नमिताले त्यहाँ इन्टरनेशनल बिजनेश इनोभेसन लेभल सेभन गरेसँगै सुपरमार्मेटमा ड्युटी म्यानेजरको रुपमा कार्यरत छिन् । सार्वजनिक गीत गीतकार दवाडीकै अफिसियल च्यानल नमिता दवाडी अफिसियलबाट बजारमा आएको हो । हेर्नुहोस् यो मनछुने गीतको भिडियो
काबुल – अफगान किसानहरूले गत वर्ष ७२ हजार टनभन्दा बढी कपास उत्पादन गरेका छन् । कृषि, सिँचाइ र पशुधन मन्त्रालयले सोमबार जनाएअनुसार अफगानिस्तानले गत वर्ष ५४ हजार ८६९ हेक्टर जमिनबाट ७२ हजार ४९३ टन कपास दत्पादन गरेको जनाएको छ ।

बल्ख, तखार, कुन्दुज, बाघलान, पूर्वी नान्गाहार, पश्चिमी हेरात र निमरोज प्रान्तले गत वर्ष कपास उत्पादनमा उल्लेखनीय योगदान पुर्याुएको विज्ञप्तिमा उल्लेख छ।सन् २०२२ अप्रिलमा अफिम लगायतका खेतीमा प्रतिबन्ध लगाइएपछि अफगान किसानहरूले त्यसको सट्टा कपास, केसर, चामल, गहुँ र अन्य खेती गर्न लागेका छन्। अफगानिस्तानको कार्यवाहक सरकारले युद्धग्रस्त देशमा बहुमूल्य नगदे बाली र मूल्यवान् उब्जाउन किसानहरूलाई प्रोत्साहित गरेको छ।

nepal one