सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कागजको खोस्टा होइन : माधव नेपाल

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कागजको खोस्टा होइन : माधव नेपाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कागजको खोस्टाजस्तो नभएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा नेपालले यस्तो बताएका हुन् ।

उनले भने, ‘यसो हेर्दा यो कागजको खोस्टाजस्तो त लागेन । कुनै पनि दस्तावेज आफैंमा पूर्ण हुँदैन । यसका लागि छलफलको आवश्यकता पर्छ । सुझाव सल्लाह पनि चाहिन्छ । यो नीति तथा कार्यक्रम पोजेटिभ छ । देशको समस्यालाई समाधान गर्नसक्छ ।’

उनले अहिलेको देशमा देखिएको समस्या समाधान गर्न सबै राजनीतिक दलहरू एकजुट भएर लाग्नु पर्ने बताए ।

nepalone