शीतल निवासअगाडि एमालेनिकट अनेरास्ववियुको प्रदर्शन, ८ जनालाइ पक्राउ

NepalOne १७ जेठ २०८० १५:१४
प्रमुख खबर

काठमाडौं / नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा एमालेनिकट अनेरास्वयुले राष्ट्रपति निवास शीतल निवास अगाडि प्रदर्शन गरेको छ । अखिलका कार्यकर्ताले राष्ट्रपतिविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

अखिलका सचिव संजिव धितालको नेतृत्वमा गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरकाे छ । प्रहरीको लाठीचार्जमा तीन जना घाइते भएको धितालले जानकारी दिएनुभयाे । प्रहरीले प्रदर्शनमा उत्रिएका  ८ जनालाइ पक्राउ गरेकाे छ । पक्राउ परेकालाई महेन्द्र पुलिस क्लवमा राखिएको छ ।


प्रतिक्रिया