प्रतिनिधिसभाको बैठक अब सोमबार मात्रै बस्ने

प्रतिनिधिसभाको बैठक अब सोमबार मात्रै बस्ने

काठमाडौँ – नेकपा एमालेसहितका प्रतिपक्षी दलहरुको विरोधका कारण रोकिएको संसद् बैठक अब सोमबार मात्रै बस्ने भएको छ। संघीय संसद्‍मा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयले एक सूचना निकाल्दै अब अर्को बैठक सोमबार बिहान ११ बजे मात्रै बस्ने जानकारी दिनुभयाे । 

आइतबार बिहान ११ बजे बसेको संसद् बैठकमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टीसहितले अवरोध गर्दै नाराबाजी गरेका थिए। 

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक असंवैधानिक बाटोबाट प्रमाणीकरण गरेको भन्दै बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका दलहरु आन्दोलित छन्।  

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणकै क्रममा अतिक्रमित नेपाली भूमि कालापानी भारत लाइ दिने र  पूर्वी नाकाबाट बंगलादेश जाने बाटो लिन सकिने विवादित अभिव्यक्ति दिए पछि त्यसकाे पनि  बिराेध हुँदै आएकाे छ ।  आइबार नै बसेको राष्ट्रियसभाको बैठकमा पनि एमालेले अवरोध गरेपछि बैठक  साँझसम्मलाई रोकिएको छ।

nepalone