बजेटमाथि प्रश्न उठेपछि सरकारले जवाफ दिनुपर्छ : विष्णु रिमाल

बजेटमाथि प्रश्न उठेपछि सरकारले जवाफ दिनुपर्छ : विष्णु रिमाल

काठमाडौँ – नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले बजेटमाथि प्रश्न उठेपछि सरकारले जवाफ दिनुपर्ने बताउनुभएको छ ।

मंगलबार बिहान आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उहाँले यस्तो बताउनु भएको हो ।

चालु आर्थिक वर्षको बजेटमा करका दर हेरफेर गरिएको भन्दै विरोध भइरहँदा आगामी आर्थिक वर्षको बजेटमा पनि निश्चित घरानालाई फाइदा हुनेगरी करका दरमा हेरफेर भएको बाहिरिएको छ । संसदमा बजेटमाथि छलफल जारी रहँदा करका दर हेरफेरको कुरा उठेको हो । 

संसदमा अनधिकृत व्यक्तिको उपस्थितिमा खास व्यापारीको लाभको लागि करको दर हेरफेर गरिएको कुरा उठेको छ । यसमा सरकारले जवाफ दिनुपर्ने उपमहासचिव रिमालले माग गर्नुभएको छ ।  

nepalone