घरायसी विवाद हुँदा भाइले गरे दाइको हत्या

NepalOne ३० जेठ २०८० १३:५८
प्रमुख खबर

काठमाडौं / काठमाडौंको ओमबहालस्थित माथेचोकमा खुकुरी प्रहार गरी हत्या गरेका छन् । २५ वर्षीय सुरज शाक्यले गएराति घरायसी विवादका कारणले ४५ वर्षीय दाजु सूर्य शाक्यको टाउकोमा खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।

आज बिहान पौने १० बजे सुरजलाई काठमाडौं महानगरपालिका वडा नम्बर २५ सिघलमा लुकेको अवस्थामा फेला पारेको जनसेवा प्रहरीले जानकारी दिए । प्रहरीका अनुसार गएराति घरमै झगडाको क्रममा राति १२ बजे सुरजले सूर्यको टाउकोमा खुकुरी प्रहार गरेर भागेका थिए।

उनीमाथि थप अनुसन्धान भइरहेको र शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया