विश्वकप छनोटःजिम्बावेविरुद्धको खेलमा कुशल भुर्तेलको शानदार अर्धशतक

NepalOne ३ असार २०८० १४:१५
खेलकुद

काठमाडौं / आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमा नेपालका कुशल भुर्तेलले जिम्बाबेविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।

जिम्बाबेले टस जितेर नेपाललाई पहिलो ब्याटिङका लागि आमन्त्रण गरेको थियो । कुशलले १९ ओभरको समाप्तिमा अर्धशतक पूरा गरेका हुन् ।

उनको अर्धशतकको मद्दतमा नेपालले २० ओभरको खेल सकिँदा कुनै विकेट नगुमाई ८४ रन बनाएको छ ।

अर्का ओपनर आसिफ शेख २९ रनमा खेलिरहेका छन् ।


प्रतिक्रिया