`

गणतन्त्रको मर्म र चरित्रअनुरुप गणतान्त्रिक संस्कारको विकास गर्नुपर्छ : मन्त्री शर्मा

काठमाडौँ।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रको मर्म र चरित्रअनुरुप गणतान्त्रिक संस्कारको विकास गर्दै यसलाई थप बलियो बनाउनुपर्ने बताउनुभएको छ ।सत्रौँ गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै मन्त्री शर्माले गणतन्त्रमा गल्ती गर्ने छुट कोहीलाई नहुने उल्लेख गर्दै गल्ती गर्नेले उन्मुक्ति पाउँदैन भन्ने तथ्य स्थापित गरेर नै गणतान्त्रिक व्यवस्थालाई थप बलियो बनाउन सकिने बताउनुभएको छ ।

गणतन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी, दाजुभाइहरूमा हार्दिक बधाईसहित शुभकामना व्यक्त गर्दै मन्त्री शर्माले महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलनसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाका लागि भएका आन्दोलनमा आफ्नो अमूल्य जीवन बलिदान गर्नुहुने सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

“बेपत्ता तथा घाइते योद्धाहरूसहित गणतान्त्रिक आन्दोलनमा योगदान गर्ने राजनीतिक नेता, कार्यकर्ता, नागरिक समाज एवं आम जनसमुदायप्रति उच्च सम्मान व्यक्त गर्दछु”, मन्त्री शर्माले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । “नेपालमा दुई सय ४० वर्षको राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको १६ वर्ष पूरा भएको छ । नेपाली जनताको त्याग र बलिदानबाट स्थापित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते गणतन्त्र घोषणा गरिएपछि नेपाली जनताले सार्वभौम नागरिकको हैसियत प्राप्त गरेका हुन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै सङ्घीयता, समावेशी–समानुपातिक प्रतिनिधित्व र धर्मनिरपेक्षजस्ता ऐतिहासिक उपलब्धि हासिल भएका हुन् । यिनै राजनीतिक उपलब्धिका जगमा हामीले गणतान्त्रिक राज्य व्यवस्थाको अभ्यास गरिरहेका छौँ”, शुभकामना सन्देशमा भनिएको छ ।

गणतान्त्रिक व्यवस्थाले सबै जाति, भाषा, क्षेत्र, धर्म, लिङ्ग र समुदायका जनतालाई राज्यको मूल प्रवाहमा एकाकार गर्दै रुपान्तरणको बाटोमा अघि बढ्न सघाएको मन्त्री शर्माको भनाइ छ । सबै समुदायमा नेपाल राज्यप्रति साझा स्वामित्व र अपनत्व स्थापित गराउँदै राष्ट्रिय हितको प्रवर्द्धन तथा मुलुकको स्वाधीनता र सार्वभौमिकता सबल बनाउँदै लगेको उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

“राजनीतिक व्यवस्थाको परिवर्तन जनताको दशकौँदेखिको सपना हो, व्यवस्था परिवर्तन भए पनि व्यवस्था अनुकूल जनताको अवस्था परिवर्तन गर्ने हाम्रो कार्यभार बाँकी नै छ । प्राप्त राजनीतिक उपलब्धिको भरपुर उपभोग गर्दै, मुलुकको सम्पूर्ण शक्तिलाई एकाकार गर्दै, स्रोत साधनको यथोचित परिचालन र अवसरको न्यायोचित वितरणको नीतिमार्फत सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिको जगमा टेकेर समाजवाद निर्माणको बाटोबाट जनताको अवस्था परिवर्तन गर्न सकिनेछ” शुभकामना सन्देशमा भनिएको छ ।

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बिहान ११ बजे बैठक बस्न लागेको जानकारी दिनुभयो ।

उनका अनुसार बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ । कांग्रेसले पछिल्लो समय सहकारी ठगीबारे अनुसन्धान गर्न संसदीय समिति गठन गर्न माग गर्दै संसद अवरुद्ध गर्दै आएको छ ।सरकारले आज बजेट ल्याउने तयारी गरिरहेका बेला कांग्रेस संसदीय दलको बैठक बस्न लागेको हो ।

थुम्सीको जङ्गलमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नवलपुर (नवलपरासी)। पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाका कारणका गए राति २ बजेको समयमा गैँडाकोट–९ थुम्सीको जङ्गलमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो ।
d
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले निर्माणाधीन उक्त सडक भासिँदा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जानकारी दिनुभयो । अवरुद्ध सडकमा ट्रक फसेकाले त्यसलाई हटाउने कार्य भइरहेको उहाँले बताउनुभयो ।

यसैबीच भासिएको सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु१ख ८५१३ नम्बरको यात्रुबाहक बसमा एक्कासी ब्रेक लगाउँदा त्यसमा सवार आठ यात्रु सामान्य घाइते भएका छन् । ब्रेक लगाउँदा बस हुत्तिएर अर्को बसमा ठोक्किन गई यात्रु घाइते भएका प्रहरी नायव उपरीक्षक पौडेलले बताउनुभयो । सडक एकतर्फी भए पनि खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।

कालीगण्डकीको कटान रोकथाम गर्न पर्खाल निर्माण

म्याग्दी, १५ जेठः म्याग्दीको सदरमुकाम बेनीमा कालीगण्डकी नदीको कटान नियन्त्रणका लागि ‘काउन्टर फोर्ट’ प्रविधिको पर्खाल निर्माण भएको छ ।रुपाताल संरक्षण परियोजनामार्फत बेनी नगरपालिका–७ मा रहेको म्याग्दी जेसिजको भवनबाट वडा नं ८ स्थित म्याग्दी उद्योग वाणिज्य सङ्घको भवन पछाडिसम्म कालीगण्डकी नदी किनारमा नयाँ प्रविधिको पक्की पर्खाल निर्माण भएको हो । सो योजना निर्माणका लागि रु नौ करोड ५६ लाखमा विसं २०७८ पुसमा रौताह–बिएनबी जेभीले ठेक्का सम्झौता गरेको थियो ।

कालीगण्डकीको कटानबाट उच्च जोखिम रहेको सो क्षेत्रमा एक सय ४० मिटर लम्बाइ भएको काउन्टर फोर्ट (नयाँ प्रविधिको हेभी पर्खाल) र ३० मिटर ग्राभेटी प्रविधिको पर्खाल निर्माण गर्ने काम सकिएको रौताह–बिएनबी जेभीका प्रतिनिधि राजकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुुसार नदी किनारमा १४ मिटर फराकिलो जग ढलान गरी ३२, १६ र १२ एमएमको गोलाइ भएका रडहरू प्रयोग गरी दुई मिटरमाथिबाट ५० सेन्टिमिटर बाक्लो र आठ मिटर अग्लो पक्की पर्खाल निर्माण गरिएको छ । पर्खाल निर्माणका लागि कालीगण्डकी नदीलाई डाइभर्सन गरिएको थियो ।

यो ठेक्कामार्फत यसअघि कालीपुल बसपार्कमा ८० मिटर लामो, आठ मिटर अग्लो ग्राभिटी र मङ्गलाघाटस्थित म्याग्दी नदी किनारमा ४६ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माण भएको थियो । विसं २०८१ वैशाखसम्म ठेक्का सम्झौताको म्याद भए पनि २०८० चैतमै निर्माण सकिएको रौताह–बिएनबीका प्रतिनिधि श्रेष्ठले बताउनुुभयो ।

परियोजनामार्फत करिब रु ४८ करोड लागतमा सञ्चालित सातमध्ये चारवटा योजना सम्पन्न भएका र थप तीनवटा सम्पन्न हुने चरणमा छन् । परियोजनाका प्रमुख कालीबहादुर शाहीले ९० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएका योजनाको ठेक्का टुङ्ग्याउने प्रक्रिया अघि बढाएको बताउनुभयो ।

बेनी नगरपालिका–२ भसभसेस्थित म्याग्दी र कालीगण्डकीको दोभानमा ७५ मिटर लम्बाइ भएको कम्पोजिट पर्खाल निर्माण गर्न रु दुई करोड ३० लाखमा ठेक्का लिएको हिमालयन कन्ट्रक्सनले दुई वर्षको काम चार महिनामै सकेको थियो ।

पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीमा रहेको कालीगण्डकी आमा समूहको भवन पछाडि ८४ मिटर लामो र आठ मिटर अग्लो पर्खाल बनाउन रु तीन करोड ५० लाखमा ठेक्का सम्झौता गरेको डाभा कन्ट्रक्सनले सुरु गरेको चार महिनामै ९० प्रतिशत निर्माण सकेको परियोजनाका इन्जिनियर कृष्ण विश्वकर्माले बताउनुभयो ।

जलजला गाउँपालिका–२ र ३ नं वडामा पर्ने बगरफाँटस्थित कालीगण्डकी किनारमा ९० मिटर लामो कम्पोजिट पर्खाल निर्माण गर्न रु तीन करोड २० लाखमा माछापुच्छ्रे निर्माण सेवाले ठेक्का लिएको योजनाको ९५ प्रतिशत भौतिक प्रगति भएको छ । जलजला–२ राममन्दिर संरक्षणका लागि कालीगण्डकी नदी किनारमा एक सय ३८ मिटर लामो कम्पोजिट प्रविधिको पर्खाल निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । यो योजना निर्माणका लागि माछापुुच्छ्रे निर्माण सेवाले रु चार करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित म्याग्दी नदी किनारमा दुई सय ६२ मिटर कम्पोजिट पर्खाल बनाउन रु १२ करोड ३७ लाखमा ठेक्का लिएको सुप्रिम कन्ट्रक्सनका सञ्चालक सुुरेश खड्काले बर्खाअघि नै निर्माण सकिने बताउनुभयो ।

बेनी नगरपालिका–९ गलेश्वरस्थित राहुघाट र कालीगण्डकी नदी किनारमा एक सय १० मिटर कम्पोजिट पर्खाल निर्माण गर्न भाग्यलक्ष्मी कन्ट्रक्सनले रु दुई करोड २५ लाखमा ठेक्का लिएको थियो । राहुघाट नदी किनारमा पर्खाल निर्माण भइसकेको र कालीगण्डकी किनारमा दुई–तीन दिनमा सकिने निर्माण कम्पनीका प्रतिनिधिले जनाएका छन् ।

सबै योजना निर्धारित समयभित्रै काम सकिएका र सम्पन्न हुने चरणमा रहे पनि भुक्तानी नपाउँदा समस्या भएको निर्माण कम्पनीका सञ्चालकले गुनासो गरेका छन् । चालु आवमा रु नौ करोड विनियोजन भएको बजेट भुक्तानी भइसकेको र थप रु नौ करोड बजेट रकमान्तरणका लागि सङ्घीय अर्थ मन्त्रालयमा कागजात पेस गरेको परियोजनाका प्रमुख शाहीले बताउनुभयो ।

म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनीबजारलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ । परियोजनाले बेनी बजार र आसपासका बस्तीमा कटान नियन्त्रणका लागि गत वर्ष रु एक अर्ब १९ करोडको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर स्वीकृत गराएको थियो ।

बेनी नगरपालिका–४ सिङ्गा तातोपानी बजार संरक्षणका लागि परियोजनामार्फत काम गर्न आगामी आवमा बजेट प्रस्ताव गरिएको छ । बेनी नगरपालिकाका प्रमुख सुुरत केसीले परियोजनामार्फत कालीगण्डकी र म्याग्दी नदी किनारमा कटान नियन्त्रणका लागि स्वीकृत डिपिआरअनुसार थप बजेट व्यवस्थापन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालयमा पहल गरिएको बताउनुभयो ।

जनमुखी विकासका लागि प्रेरणा मिलोस् : सभामुख घिमिरे

काठमाडौँ, जेठ १५ गते । सभामुख देवराज घिमिरेले गणतन्त्र दिवसले लोकतन्त्रलाई केन्द्रमा राखेर जनमुखी विकासका लागि प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । सभामुख घिमिरले १७औँ गणतन्त्र दिवस–२०८१ को अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै नेपालमा विभिन्न समयमा भएका प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

“शासन व्यवस्थाहरूमध्ये सबैभन्दा उत्तम गणतन्त्रमा जनताको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका पक्षमा एकाकार हुन आह्वान गर्दछु”, सन्देशमा भनिएको छ, “यसै कुरालाई हृदयङ्गम गरेर सम्पूर्ण राजनीतिक शक्तिहरू विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता देखेको छु ।”

लोकतान्त्रिक गणतन्त्रको जगमा लामो समयसम्मको राजनैतिक अस्थिरता एवं सङ्क्रमणपश्चात् मुलुकमा लोकतान्त्रिक पद्धतिबाट संविधान निर्माण भई कार्यान्वयनमा आइसकेको उल्लेख गर्दै सन्देशमा भनिएको छ, “संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका र कानूनी राज्यको अवधारणासहित सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, एकता र राष्ट्रिय स्वाभिमानलाई अक्षुण्ण राख्ने उद्देश्यलाई आत्मसात गरेको छ ।”

नयाँ संविधान बमोजिम २०७४ र २०७९ सालमा तीनवटै तहका निर्वाचन सम्पन्न भएको, गणतन्त्रले नेपालको राजनीतिक प्रणाली र शासन व्यवस्थामा धेरै परिवर्तन ल्याएको भएपनि जनताको जीवनमा भने अझै गुणात्मक अन्तर ल्याउन अझै बाँकी रहेको सन्देशमा उल्लेख छ ।

जनताका प्रतिनिधिमार्फत २०६५ जेठ १५ गते राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था घोषणा भएको दिनको सम्झनामा प्रत्येक वर्ष गणतन्त्र दिवस मनाइँदै आएको छ । सभामुख देवराज घिमिरले गणतन्त्र दिवसले लोकतन्त्रलाई केन्द्रमा राखेर जनमुखी विकासका लागि प्रेरणा प्रदान गरोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

शुभकामना सन्देशमा सभामुख घिमिरेले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै नेपालमा विभिन्न समयमा भएका प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

“शासन व्यवस्थाहरूमध्ये सबैभन्दा उत्तम गणतन्त्रमा जनताको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका पक्षमा एकाकार हुन आह्वान गर्दछु”, सन्देशमा भनिएको छ, “यसै कुरालाई हृदयङ्गम गरेर सम्पूर्ण राजनीतिक शक्तिहरू विकास र समृद्धितर्फ केन्द्रित हुनुपर्ने आवश्यकता देखेको छु ।”

लोकतान्त्रिक गणतन्त्रको जगमा लामो समयसम्मको राजनैतिक अस्थिरता एवं सङ्क्रमणपश्चात् मुलुकमा लोकतान्त्रिक पद्धतिबाट संविधान निर्माण भई कार्यान्वयनमा आइसकेको उल्लेख गर्दै सन्देशमा भनिएको छ, “संविधानले जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका र कानूनी राज्यको अवधारणासहित सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता, एकता र राष्ट्रिय स्वाभिमानलाई अक्षुण्ण राख्ने उद्देश्यलाई आत्मसात गरेको छ ।”

नयाँ संविधान बमोजिम २०७४ र २०७९ सालमा तीनवटै तहका निर्वाचन सम्पन्न भएको, गणतन्त्रले नेपालको राजनीतिक प्रणाली र शासन व्यवस्थामा धेरै परिवर्तन ल्याएको भएपनि जनताको जीवनमा भने अझै गुणात्मक अन्तर ल्याउन अझै बाँकी रहेको सन्देशमा उल्लेख छ ।

जनताका प्रतिनिधिमार्फत २०६५ जेठ १५ गते राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था घोषणा भएको दिनको सम्झनामा प्रत्येक वर्ष गणतन्त्र दिवस मनाइँदै आएको छ ।

समृद्ध र समतामूलक नेपाल निर्माण होस् : अध्यक्ष दाहाल

काठमाडौँ, जेठ १५ गते । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस, २०८१ को अवसरमा नेपालीले देखेको सुन्दर, समृद्ध र समतामूलक नेपाल निर्माणको चाहनालाई साकार पार्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले आज मङ्गलबार शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीमा शुभकामना व्यक्त गर्नुभएको हो ।

“गणतन्त्र दिवस वंशीय तन्त्रलाई जनताले जितेको उत्सव हो, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधानको इमान्दारीपूर्वक कार्यान्वयन गर्ने, जनतालाई अपनत्व हुने गरी समानुपातिकरसमावेशी शासन प्रणाली र सङ्घीयताको अभ्यास गर्नुपर्ने यतिबेला हाम्रासामु चुनौती रहेका छन्,” सन्देशमा भनिएको छ, “गणतान्त्रिक व्यवस्थामा शासन गर्ने पद्धति मात्रै नभई आम जनताको जीवनमा पनि परिवर्तनको अनुभूति हुनु पर्दछ, देशको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई सुदृढ गर्दै देशलाई आर्थिक विकास र समृद्धिको मार्गमा अगाडि बढाउन सके मात्रै गणतन्त्र दिवस मनाउनुको सार्थकता हुनेछ ।”

अध्यक्ष दाहालले संविधानले निर्दिष्ट गरेअनुरुप समाजवादोन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सुशासनसहितको राज्य सञ्चालनका पक्षमा दृढतापूर्वक उभिनु अहिलेको आवश्यकता बनेको बताउनुभएको छ ।

“गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका ऐतिहासिक जनसङ्घर्ष, जनयुद्ध तथा जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु,” सन्देशमा भनिएको छ, “यस क्रममा बेपत्ता तथा घाइते अपाङ्ग भएकाहरूसहित गणतन्त्र प्राप्तिको आन्दोलनमा योगदान गर्ने राजनीतिक नेता, कार्यकर्ता, नागरिक समाज, पत्रकारलगायत आम जनसमुदायप्रति उच्च सम्मान व्यक्त गर्दछु ।”

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुनु ऐतिहासिक राजनीतिक परिघटना भएको र वर्षौंदेखि जरा गाडेर बसेको वंशीय परम्परामा आधारित निरङ्कुश व्यवस्थालाई हटाएर जनताबाट चुनिएर राज्यको सर्वोच्च तहमा पु(याउने गणतान्त्रिक व्यवस्था स्थापना गर्नु चानचुने परिवर्तन नभएको सन्देशमा भनिएको छ । श राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस, २०८१ को अवसरमा नेपालीले देखेको सुन्दर, समृद्ध र समतामूलक नेपाल निर्माणको चाहनालाई साकार पार्न प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले आज शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीमा शुभकामना व्यक्त गर्नुभएको हो ।

“गणतन्त्र दिवस वंशीय तन्त्रलाई जनताले जितेको उत्सव हो, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधानको इमान्दारीपूर्वक कार्यान्वयन गर्ने, जनतालाई अपनत्व हुने गरी समानुपातिकरसमावेशी शासन प्रणाली र सङ्घीयताको अभ्यास गर्नुपर्ने यतिबेला हाम्रासामु चुनौती रहेका छन्,” सन्देशमा भनिएको छ, “गणतान्त्रिक व्यवस्थामा शासन गर्ने पद्धति मात्रै नभई आम जनताको जीवनमा पनि परिवर्तनको अनुभूति हुनु पर्दछ, देशको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई सुदृढ गर्दै देशलाई आर्थिक विकास र समृद्धिको मार्गमा अगाडि बढाउन सके मात्रै गणतन्त्र दिवस मनाउनुको सार्थकता हुनेछ ।”

अध्यक्ष दाहालले संविधानले निर्दिष्ट गरेअनुरुप समाजवादोन्मुख आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै सुशासनसहितको राज्य सञ्चालनका पक्षमा दृढतापूर्वक उभिनु अहिलेको आवश्यकता बनेको बताउनुभएको छ ।

“गणतन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा भएका ऐतिहासिक जनसङ्घर्ष, जनयुद्ध तथा जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु,” सन्देशमा भनिएको छ, “यस क्रममा बेपत्ता तथा घाइते अपाङ्ग भएकाहरूसहित गणतन्त्र प्राप्तिको आन्दोलनमा योगदान गर्ने राजनीतिक नेता, कार्यकर्ता, नागरिक समाज, पत्रकारलगायत आम जनसमुदायप्रति उच्च सम्मान व्यक्त गर्दछु ।”

नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुनु ऐतिहासिक राजनीतिक परिघटना भएको र वर्षौंदेखि जरा गाडेर बसेको वंशीय परम्परामा आधारित निरङ्कुश व्यवस्थालाई हटाएर जनताबाट चुनिएर राज्यको सर्वोच्च तहमा पु(याउने गणतान्त्रिक व्यवस्था स्थापना गर्नु चानचुने परिवर्तन नभएको सन्देशमा भनिएको छ ।

आम नागरिकको अधिकारप्रति अटुट आस्था रहोस् : उपराष्ट्रपति यादव

काठमाडौँ, जेठ १५ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले १७ औँ गणतन्त्र दिवस, २०८१ को अवसरमा आम नागरिकको अधिकारप्रति अटुट आस्था राख्दै अघि बढ्न सबैलाई प्रेरित गर्न सकोस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपति यादवले गणतन्त्र दिवसका अवसरमा जारी गर्नुभएको शुभकामना सन्देशमा देश र विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको हो ।

“सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका लागि विगतमा भएका जनआन्दोलन, जनसङ्घर्ष र मधेस जनविद्रोहका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान् सहिदको स्मरण गर्दै उहाँहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,” सन्देशमा भनिएको छ, “साथै, त्यस क्रममा अङ्गभङ्ग भएका र बेपत्ता पारिएकाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।”

नेपालको समृद्ध परम्परा, सांस्कृतिक विरासत, देशको प्रगति र उपलब्धिहरुलाई प्रदर्शन गर्न सक्ने गरी गणतन्त्र दिवसलाई एउटा ऐना झैँ मनाउन सक्नुपर्ने सन्देशमा उल्लेख छ । “यो दिवसलाई लोकतन्त्रको पोषकका रुपमा स्थापित गर्न पनि उत्तिकै आवश्यक छ, यसका लागि दृढ सङ्कल्प र बलियो मनमस्तिष्कका साथ हामी सबैलाई आ–आफ्नो भूमिका निर्वाह गर्दै अघि बढ्न गणतन्त्र दिवसले उत्प्रेरणा प्रदान गरोस्,” सन्देशमा भनिएको छ, “यो दिवसले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, समावेशिता, राष्ट्रहित र संविधानसहितको महान् उपलब्धिहरुको रक्षाका लागि एकजुट भई अग्रसर हुन र आम नागरिकको अधिकारप्रति अटुट आस्था राख्दै अघि बढ्न सबैलाई प्रेरित पनि गर्न सकोस् भन्दै गणतन्त्र दिवसको हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।”

‘गणतन्त्र’ को अर्थ– ‘गण’ को ‘तन्त्र’, अर्थात् ‘आम नागरिकको शासन प्रणाली’ भएको र गणतन्त्र दिवस, ‘तन्त्र’ र ‘गण’ बीच हामीले विगतमा परिकल्पना गरेको÷सोचेको वा जनअपेक्षाअनुरुप सहज र संवेदनशील सम्बन्ध कायम राख्न सक्यौँ वा सकेनौँ त्यसको समीक्षा गर्ने अवसर भएको सन्देशमा उल्लेख छ ।

“जनअपेक्षा र जनभावनाअनुरुप चल्नु नै गणतान्त्रिक संविधानको मूल भावना हो, यो भावनाबाट कोही पनि किञ्चित विचलित हुनु हुँदैन, किनभने जुन तबका हरेक किसिमले वञ्चित भएर पनि शेषनाग झैँ नेपालको राष्ट्रियता, अखण्डता, सार्वभौमसत्ता, स्वाधीनता र एकतालाई टिकाई राखेका छन्,” शुभकामना सन्देशमा भनिएको छ, “तिनीहरुको स्वेच्छिक सहभागिता बिना कुनै पनि गणतन्त्र बलियो, सुदृढ र सफल हुन सक्दैन, यो अति मननीय र सारगर्भित भावलाई सम्मान गर्दै अघि बढ्नु निर्विकल्प छ ।”

राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको स्थापना नेपाली वीर सपुतहरुको असाधारण सङ्घर्ष, त्याग र बलिदानबाटै सम्भव भएको र यो व्यवस्थासँग जोडिएका जनअपेक्षाहरुको सम्बोधन गर्दै आम नागरिकलाई आशावादी बनाउन सबै आ(आफ्नो स्तरबाट जिम्मेवार भई अघि बढ्नु आजको आवश्यकता भएको सन्देशमा भनिएको छ ।

“गणतन्त्र शासकीय शक्ति जनताको हातमा हुने महत्वपूर्ण राजनीतिक प्रणाली हो, जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरु सरकारको नेतृत्व गर्दै जनताप्रति आफ्नो जिम्मेवारीहरु निर्वाह गर्नु नै गणतन्त्रको मूल मर्म हो,” सन्देशमा भनिएको छ, “जनादेश, मतादेश र संविधानप्रदत्त व्यवस्थाअनुरुप हामी एक ढिक्का र एकीकृत भई अघि बढ्न सके मात्र नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सबल, सुदृढ र बलियो हुन सक्दछ ।”

वर्तमान शासन व्यवस्थाले विगतका वंश परम्परालाई निस्तेज गर्दै सत्ता र शक्तिको दुरुपयोगलाई पूर्णतः निषेध गरेको अवस्थामा फेरि पुरानै शासकीय पद्धतिलाई दोहो(याउन खोज्नुले अन्ततः लोकतन्त्र, सङ्घीयता र गणतन्त्रलाई कमजोर बनाउने सन्देशमा उल्लेख छ ।

“लोकतन्त्र उदारवादी आदर्शहरुको उपज हो, यसलाई विगतकै जस्तो व्यक्तिवादी र केन्द्रीकृत मानसिकताबाट जोगाउन सक्नुपर्दछ,” सन्देशमा भनिएको छ, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामार्फत लोकतन्त्रलाई थप जीवन्त र वास्तविक बनाउनका लागि हामी सबै दृढ विश्वास र सङ्कल्पका साथ अघि बढ्न अति आवश्यक छ ।” रासस

सत्रौँ गणतन्त्र दिवसका अवसरमा मुख्यमन्त्री कँडेलको शुभकामना

काठमाडाै, १५ जेठ : सत्रौँ गणतन्त्र दिवसका अवसरमा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले शुभकामना दिनुभएको छ । उहाँले शुभकामना सन्देशमा नेपाली जनताले विजय प्राप्त गरेको यस अवसरमा दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि भएका सङ्घर्षमा आफ्नो अमूल्य जीवन आहुती गर्ने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनको अगुवाइ गर्ने सबै अग्रजप्रति सम्मान व्यक्त गर्नुभएको छ । उहाँले आन्दोलनमा सहभागी आम जनसमुदाय, नागरिक समाज, राजनीतिक दलका नेता तथा कार्यकर्ता एवं सबै क्षेत्र र वर्ग समुदायको योगदानको उच्च प्रशंसासमेत गर्नुभयो ।

जनता सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्त्वपूर्ण र अविस्मरणीय दिन रहेको मुख्यमन्त्री कँडेलको भनाइ रहेको छ । गणतन्त्र दिवस जनताले सफलता प्राप्त गरेको र जनता विजयी भएको महान् उत्सवका रुपमा लिएको उहाँले शुभकामनमा उल्लेख गर्नुभएको छ । व्यक्तिको जन्मका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नागरिकको सहभागिताद्वारा आमूल परिवर्तन गरी हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु हाम्रो गणतन्त्रको प्रमुख विशेषता रहेको उल्लेख गर्नुभयो ।

युगान्तकारी परिर्वतनको आयामलाई सामाजिक आयामसँग जोडेर समुन्नत प्रणाली विकास गर्न सकेमा मात्र गणतन्त्र दिगो बन्ने मुख्यमन्त्री कँडेलको भनाइ छ । लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामहरूलाई समुचित सन्तुलनका साथ अगाडि बढाउनु अहिलेको प्रमुख आवश्यकता भएको उहाँको दाबी छ । जनतालाई केन्द्रविन्दुमा राखेर जनताको इच्छा र जनताका लागि सञ्चालित हुने अभ्यासले नै गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ उहाँले उल्लेख गर्नुभएको छ ।

गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चित गरेको छ: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको उल्लेख गरेका छन् ।गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर दिएको बताएका छन् । राष्ट्रपति पौडेलले गणतन्त्र दिवसका उपलक्ष्यमा सबै नेपालीमा शुभकामना र बधाई दिँदै नेपाल र नेपालीका लागि ऐतिहासिक र गौरवमय दिन भएको बताएका हुन् ।

‘१७ वर्षअघि आजकै दिन हामीले स्वतन्त्रतासहित गणतन्त्र प्राप्त गरेका थियौँ । यही दिनबाट नेपाली नागरिकले सर्वोच्चता प्राप्त गरेका थियौँ र एउटा उदार, सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्र नेपालको जग बसाएका थियौँ’, उनको सन्देशमा उल्लेख छ ।

राष्ट्रपति पौडेलले गौरवमय परिवर्तनका लागि सहादत प्राप्त गर्नुहुने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै यहाँसम्म आइपुग्न ठूलो त्याग र बलिदान गर्ने अग्रज नेताहरूप्रति सम्मान गरेका छन् । साथै उनले लोकतान्त्रिक आन्दोलनका लागि जेल, नेल र यातना सहने नेपाली दाजुभाइ तथा दिदीबहिनी, परिवर्तनका सारथी राजनीतिक दल सबैलाई अभिनन्दन गरेका छन् ।

उनले सन्देशमार्फत भनेका छन्, ‘म यति बेला गणतन्त्र घोषणा भएको त्यो गौरवमय क्षण सम्झिरहेको छु । त्यो क्षण हामीले शहीदहरूलाई सम्झिएर भनेका थियौँ अब सामाजिक न्याय, स्वाधीनता र समृद्धि सुनिश्चित हुनेछ । त्यो दिन हामीले भनेका थियौँ हाम्रो देशको झण्डा अब सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रतीक चिह्न बनेर विश्व समुदायमा गर्वका साथ फहराउनेछ ।’

सम्पूर्ण नागरिकलाई लोकतान्त्रिक संस्कृतिको आलोकमा समुन्नत र अधिकार सम्पन्न बनाउने तथा नागरिकलाई खुसी दिन गरिएको सङ्कल्पका बारेमा उल्लेख गर्दै उनले उक्त सङ्कल्पलाई पूरा गर्न आजको दिनले अझ धेरै प्रतिबद्ध बनाउने विश्वास व्यक्त गरेका छन् ।

गणतन्त्रले खोजेको सबैभन्दा ठूलो विषय जनताको जीवनस्तरमाथि उठाउनु रहेकाले राष्ट्रपति पौडेलले त्यसका लागि उत्पादनमा वृद्धि, न्यायोचित वितरण, रोजगारी प्रवर्द्धन एवं सुशासन कायम गर्नुपर्ने बताएका छन् ।

‘जबसम्म प्रत्येक नेपाली नागरिकको अनुहार र आँगनमा खुसी र उज्यालो पुग्दैन, त्यो बेलासम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको उद्देश्य पूरा हुँदैन । यस अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको छ । म आशा गर्छु, हामी यो दायित्वलाई बिर्सने छैनौँ । किनभने यो दायित्व पूरा नगरी हामी स्वाधीनता र समृद्धिको लक्ष्य कसैगरी हासिल गर्न सक्दैनौँ’, उनले भनेका छन् ।

आजको पुस्तालाई बलियो अर्थतन्त्रसहितको समृद्धि सुनिश्चित गर्नुपर्ने, आउने पुस्तालाई सबल, एकताबद्ध, मौलिक चरित्रसहितको उदार राज्य र उच्चतम लोकतान्त्रिक संस्कृति दिने सङ्कल्प पनि आजैबाट गर्नुपर्ने राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ ।

नागरिकका आम समस्या शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षाको प्रत्याभूतिसहित गरिबीको अन्त्य गर्नुपर्ने तथा विश्वमञ्चमा हाम्रो प्रतिष्ठालाई उँचो बनाउनुपर्ने उनले उल्लेख गरेका छन् ।

गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत हो : प्रधानमन्त्री दाहाल

काठमाडौँ, १५ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत भएको बताउनुभएको छ । गणतन्त्र दिवस–२०८१ का अवसरमा आज शुभकामना दिँदै उहाँले समाजका सबै तह र तप्कामा गणतान्त्रिक जीवनशैली विकास भई नागरिक तहमा गणतन्त्र संस्थागत भइसकेको बताउनुभयो ।

    गणतन्त्र अरूका अधिकारको सम्मान गर्दै आफ्ना अधिकारको उपभोग गर्ने जीवन पद्धति पनि भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सन्देशमा भन्नुभएको छ, “अझ, त्यसभन्दा माथि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थानीय स्वायत्तता र आधारभूत विषयमा स्वनिर्णयको अधिकारसमेत हो । तसर्थ, यसका लाभलाई आम नागरिकमा पु¥याउन सरकारले दृढतापूर्वक प्रयास गरिरहेको छ ।”

गणतन्त्रको उपलब्धिका रूपमा जनताका प्रतिनिधिले संविधानसभाबाट निर्माण गरेको नेपालको संविधानबमोजिम सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा रहेको जनाउँदै उहाँले यस व्यवस्थाले नेपालको संविधानबमोजिम समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माणका लागि दिशानिर्देश गरेको बताउनुभएको छ ।

प्रधानमन्त्रीले संविधानसभाबाट जारी संविधानले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्यमान्यतालाई संस्थागत गरेको स्पष्ट पार्नुभएको छ ।

  प्रधानमन्त्री दाहालले राजनीतिक परिवर्तनको लाभ तल्लो तहका जनतासम्म पु¥याउन सरकारले नीतिगत, कानुनी तथा संरचनागत व्यवस्थामा समयानुकूल परिमार्जन गरी कार्यसम्पादन गरिरहेको बताउनुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका लागि विभिन्न समयमा भएका राजनीतिक आन्दोलन, जनयुद्ध, २०६२÷६३ को ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलनसहितका आन्दोलन तथा सङ्घर्षका सहिदहरूको स्मरण गर्दै प्रधानमन्त्रीले उहाँहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । गणतन्त्र प्राप्तिको आन्दोलनका घाइते तथा अपाङ्तगता भएका व्यक्तिको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँले बेपत्ता दिदीबहिनी दाजुभाइप्रति सम्मान प्रकट गर्नुभएको छ ।

    प्रधानमन्त्री दाहालले गणतन्त्र दिवसले सबैलाई सहिदले देखाएको सत्य र न्यायको मार्गमा हिँड्न प्रेरित गरोस् भन्ने कामनासमेत गर्नुभएको छ । “नेपाली जनताको बलिदानीपूर्ण आन्दोलनको जगमा संविधानसभाले २०६५ साल जेठ १५ गते देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय गरेको दिनका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा बधाइसहित शुभकामना व्यक्त गर्दछु”, सन्देशमा उहाँले भन्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसको शुभकामना

काठमाडौँ, १५ जेठ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले १७औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले शुभकामना सन्देशमार्फत नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ अमूल्य जीवन उत्सर्ग गर्नुहुने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण व्यक्त गर्नुभएको छ । मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनको अगुवाइ गर्ने राजनीतिक दलका अग्रज नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी जनसमुदाय, नागरिक समाज एवं राजनीतिक कार्यकर्ताहरूको योगदानको उच्च प्रशंसा गर्नुपर्ने बताउनुभएको छ ।

“विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा दुई सय ४७ वर्षदेखि नेपालमा कायम रहेको राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउँदै आएका छौँ”, सन्देशमा भनिएको छ ।

उहाँले कुनै पनि शासन प्रणालीको सफलता वा असफलतालाई त्यसले प्रवाह गर्ने सेवाको गुणात्मकता र त्यसलाई सञ्चालन गर्ने पात्र र प्रवृत्तिले निर्धारण गर्ने बताउनुभएको छ । तसर्थ, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले विकास, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानलाई केन्द्रविन्दुमा राखेर हरेक नेपाली नागरिकलाई राष्ट्र निर्माणमा समेट्न सक्नुपर्ने सन्देशमा उल्लेख छ ।

पूर्वराष्ट्रपति भण्डारीले नेपालको संविधानले जनताका आधारभूत अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरिसकेको सन्दर्भमा तिनको व्यावहारिक कार्यान्वयनमार्फत जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तनको अनुभूति हुने परिस्थितिको निर्माण गर्न सकेमा मात्र गणतान्त्रिक शासन प्रणालीप्रति जनविश्वास आर्जन गकिने बताउनुभयो ।

उहाँले ऐतिहासिक दिवसले संविधानद्वारा परिलक्षित समाजवाद उन्मुख अर्थतन्त्रको विकासमार्फत सामाजिक न्यायमा आधारित आर्थिक समृद्धि हासिल गर्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशातर्फ अग्रसर हुन हामी सबैमा उत्साह पे्ररणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

गणतन्त्रको संस्थागत विकासबाटै समृद्धि हासिल गर्न सकिन्छ : सभापति देउवा

काठमाडौँ, १५ जेठ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै मुलुकलाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा रुपान्तरण गर्न सकिने उल्लेख गर्नुभएको छ ।

उहाँले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । सभापति देउवाले नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त यो ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आआफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेकामा जोड दिनुभएको छ ।

उहाँले लोकतन्त्रको स्थापना र पुनःस्थापनाका ऐतिहासिक जनआन्दोलनहरूमा देशका थुप्रै होनहार सन्ततिले गौरवपूर्ण शहादत प्राप्त गरेका उल्लेख गर्नुभएको छ । आफ्नो जीवन उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात सबै वीर सहिदप्रति गणतन्त्र दिवसका अवसरमा उहाँहरुको समर्पण, साहस र बलिदानको स्मरण गर्दै सभापति देउवाले उच्च सम्मान साथ श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२/६३ सफल भएको थियो । आन्दोलनपश्चात् कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले संविधानसभाको निर्वाचन सम्पन्न गरेको थियो । गणतन्त्र कार्यान्वयनका लागि विसं २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकमा पेस गरेको प्रस्ताव पारित भई नेपालमा राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । यो दिनलाई स्मरण गर्दै हरेक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउँदै आएको छ ।

सभापति देउवाले मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

गणतन्त्रलाई सुदृढ बनाएर लैजानुपर्छः मन्त्रिपरिषद्का पूर्व अध्यक्ष रेग्मी

काठमाडौँ, १५ जेठ : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सुदृढ बनाएर लैजानुपर्नेमा जोड दिनुभएको छ ।

सत्रौँ गणतन्त्र दिवसका अवसरमा चन्द्रलोक प्रतिष्ठानद्वारा आज आयोजित ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि सरोकारवालाहरुको भूमिका’ विषयक अन्तरक्रियामा बोल्नुहुँदै उहाँले गणतान्त्रिक व्यवस्थालाई थप समृद्ध बनाउँदै जनआकाङ्क्षालाई पूरा गर्नेतर्फ सबै अग्रसर हुन जरुरी भएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपालको संविधानले नेपालको सार्वभौम राजकीय सत्ता नेपाली जनतामा रहने र नेपाललाई स्वतन्त्र गणतन्त्रात्मक राज्य घोषित गरेको छ । अहिलेको संविधानको सबैभन्दा मौलिक पक्ष भनेको नै यही हो भन्ने मलाई लाग्छ । गणतान्त्रिक व्यवस्थालाई समृद्ध बनाउँदै जनताको अपेक्षा र आकाङ्क्षालाई पूरा गर्दै, निराशालाई आशामा परिणत गर्न सके मात्रै दिवसको सान्दर्भिकता रहन्छ ।”

उहाँले संविधानको भावनाअनुरुप सबै प्रकारका विधयेकको अन्त्य, आर्थिक समानता र समृद्धि, सामाजिक न्याय, स्वतन्त्रता, सुशासन र पारदर्शितालाई महत्वपूर्ण कुरा हुन् भन्दै सोही बमोजिम मुलुकमा दिगो शान्ति, विकास र समृद्धिको गन्तव्यलाई प्रभावकारी रुपमा अगाडि बढाउन जरुरी भएको खाँचो औँल्याउनुभयो ।

आज गणतन्त्रात्मक शासन व्यवस्थाको आज १७ वर्षको अभ्यास हुँदै गर्दा संविधान र व्यवस्थाअनुरुप के कस्ता प्रतिफल जनताले हासिल गरे भनेर समीक्षा र मूल्याङ्कन गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ । यस विषयमा राज्यका निकाय र राजनीतिज्ञ र सरोकारवालाहरुले समीक्षा गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ,” उहाँले भन्नुभयो ।

न्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले जनताको समस्या उठाउने जनप्रतिनिधिहरुको थलो संसद् आशातीत रुपमा प्रभावकारी हुन नसकिरहेको भन्दै थाती कानून निर्माण र जनताका अत्यावश्यक विषयलाई केन्द्रमा राखेर अगाडि बढनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत सुदृढीकरणका लागि सबै जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो । विदेश पलायन रोकेर रोजगारी सिर्जना गरी आम नागरिकमा आशा जगाउनेतर्फ अहिलेको व्यवस्थाले प्रेरित गर्नुपर्ने उहाँको भनाइ थियो । नेता रिजालले भन्नुभयो, “गणतन्त्रात्मक शासन व्यवस्थामा हिजोभन्दा धेरै क्षेत्रमा प्रगति भएको, राजस्व बढेको, प्रतिव्यक्ति आय बढेको, औसत आय पनि बढेको छ भने आर्थिक अवस्था सुधारिएको तथा शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सकारात्मक परिवर्तन भएको छ । यो हाम्रा लागि ठूलो उपलब्धि हो, यसलाई थप सुदृढ र प्रभावकारी बनाएर लैजान जरुरी छ ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता कृपाशुर शेर्पाले गणतान्त्रिक व्यवस्थालाई थप सुदृढ र प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । सम्मानितका तर्फबाट नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष बाला अधिकारीले अहिलेको व्यवस्थाले नागरिक अधिकार, सुशासन र आर्थिक विकासको गतिलाई तीव्रता दिन जरुरी भएको उल्लेख गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष सीताराम कार्कीले जनताको त्याग र बलिदानबाट प्राप्त गणतन्त्रलाई व्यावहारिक रुपमा जनआकाङ्क्षाअनुरुप पूरा गर्न राजनीतिक दल र सरोकारवाला गम्भीर हुनुपर्ने बताउनुभयो ।

सो अवसरमा विभिन्न क्षेत्रमा योगदान गर्ने प्रतिष्ठित व्यक्तित्वहरु पत्रकार, कलाकार, शिक्षाकर्मी, स्वास्थ्ययकर्मीलगायतलाई ‘राष्ट्रिय सेवा सम्मान’ द्वारा सम्मान गरिएको थियो । यस्तै, सूचना प्रविधिको क्षेत्रमा योगदान गरेकामा कम्प्युटर एसोसिएसन नेपाल महासङ्घका महासचिव चिरञ्जीवी अधिकारीलगायतलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा जनचेतनामूलक लघुनाटक ‘सन्देश’ विशेष प्रदर्शनी तथा ख्यातिप्राप्त कलाकारबाट विशेष सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

आज गणतन्त्र दिवस, विशेष कार्यक्रम गरी मनाइँदै

काठमाडौँ। नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा राष्ट्रिय दिवस मनाइँदैछ ।

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र युद्ध र सात संसद्वादी राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले आफ्नो प्रत्यक्ष शासनसत्तालाई जनतालाई फिर्ता गर्दै २०६३ वैशाख ११ गते तत्कालीन संसद् पुनःस्थापना गर्नुभएको थियो भने त्यसपछि गठित सरकारबाट भएको संविधानसभाको निर्वाचनबाट निर्वाचित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते व्यवस्थापिका-संसद्बाट गणतन्त्र स्थापनाको घोषणा गरेको थियो ।

सरकारले ‘गणतन्त्र दिवस २०८१’ लाई भव्यरूपमा मनाउन ‘गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा यही जेठ १ गते सिंहदरबारमा बसेको बैठकले उहाँको अध्यक्षतामा ‘गणतन्त्र दिवस मूल समारोह समिति, २०८१’ गठन गरेको थियो ।

समितिको सदस्यमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्य सचिव, प्रधानसेनापति, ललितपुर महानगरका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका निर्देशकलगायत रहेका छन् ।

देशमा गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाइन्छ । यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास नियोगहरूमा दीपावलीलगायत कार्यक्रमहरू गर्ने निर्णय भएको छ ।

ठमेलभित्र सञ्‍चालित व्यवसायमा लगाइएको पाँच प्रतिशत मनोरञ्जन कर खारेज गर्न माग

काठमाडौँ- ठमेल पर्यटन विकास परिषद्ले ठमेलभित्र सञ्चालित व्यवसायमा लगाएको पाँच प्रतिशत मनोरञ्जन कर खारेज गर्न माग गरेको छ ।परिषद्का अध्यक्ष भविश्वर शर्मा नेतृत्वको टोलीले आज बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल तथा मन्त्रीहरूलाई भेटेर ठमेल क्षेत्रभित्रका व्यवसायमा लगाएको मनोरञ्जन कर हटाउन माग गर्दै ज्ञापनपत्र बुझाएको हो । परिषद्ले विगत लामो समयदेखि ठमेल क्षेत्रलाई विशेष पर्यटकीय क्षेत्र घोषणा गरी सबै व्यवसायीलाई निःसर्त पर्यटन व्यवसायीका रुपमा उपत्यका पर्यटन कार्यालयमा दर्ता गर्न आग्रह गरेको छ ।

उक्त टोलीले ठमेलमा सञ्चालित होटलमा हाल नवीकरण प्रक्रियामा अनावश्यक झन्झट दिने गरी वातावरणीय प्रभाव मूल्याङ्कन (आइई र इआइए) माग गरिएको भन्दै उक्त ‘रिपोर्ट’ विनासहज तरिकाले नवीकरण गर्न माग गरेको छ ।

आजै बागमती प्रदेशका सभामुख भुवनबहादुर पाठक, उपसभामुख अप्सरा चापागाइँ, आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठ, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यलगायतलाई भेट गरी आफ्नो मागको विषयमा परिषद्ले ध्यानाकर्षण गराएको छ ।

भेटमा मुख्यमन्त्री जम्कट्टेलले परिषद्को मागलाई गम्भीरतापूर्वक लिई चाँडो कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेको मुख्यमन्त्रीको भनाइलाई उद्धृत गर्दै भेटमा सहभागी परिषद्का उपाध्यक्ष सहदेव धमलाले जानकारी दिए । भेटमा क्लब एसोसिएसनका अध्यक्ष राजु दनै, रात्रिकालीन व्यवसायी सङ्घका अध्यक्ष रुपेश गुरुङ, दोहोरी सङ्घका अध्यक्ष विनोद श्रेष्ठलगायत दुई दर्जन बढी व्यवसायी सहभागिता थिए ।

एसिड आक्रमणबाट घाइते सांसद कंसाकारको बिलौना…

काठमाडौँ- एसिड आक्रमणमा गम्भीर घाइते भई उपचारमा रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विन्दबासिनी कंसाकारले मन्त्रालयलगायत निकायबाट तदारुकता काम नहुँदा क्षतिपूर्तिबापत पाउनुपर्ने रकम प्राप्तिमा ढिलाइ भएको गुनासो गरेकी छन् ।

प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा सांसद स्वयंले आफू पीडित भएको घटनाको विवरण सुनाउँदै राज्यले पीडितलाई न्याय दिनुपर्नेमा सांसद भएबापत प्राप्त गर्नु भत्तासमेत रोकिएको भनी रोदन प्रकट गरिन् ।

उनी विसं २०७० वैशाखमा तेजाब आक्रमणमा परेकी थिइन् । तेजाब आक्रमणपछिको जलनजस्तै उपचारका क्रममा भोग्नु परेको पीडा उस्तै रहेको पनि उनले बैठकमा सुनाइन् । उनले उपचारका क्रममा पिताका नाममा रहेको घर धितोमा राखेर ऋण लिन परेको र त्यो ऋण तिर्न नसक्दा कालोसूचीमा राखेकाले आफूले संसदबाट प्राप्त गर्नुपर्ने सुविधा समेत रोकिएको कथा/व्यवस्था जानकारी गराइन् ।

तेजाब वा अरू जलनबाट हुने उपचार पद्धति निकै कमजोर रहेको जनाउँदै सांसद कंसाकारले ६ वर्षको उपचारबापतको खर्च रु एक करोड १४ लाख र पीडित राहत कोषबाट प्राप्त गर्ने प्रावधानअनुरूप अदालतबाट पाँच वर्षअघि फैसला भए पनि रकम अझैसम्म नपाएको गुनासो गरिन् ।

अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने मामिलामा समेत प्रहरी/प्रशासनबाट आवश्यक तदारुकता नभएका कारण लामो समयसम्म मानसिक रूपमा थप तनाव झेल्न परेको घटना उनले समितिलाई जानकारी गराइन् । ‘माननीय’ लाई समेत न्याय पाउन यति कठिन छ भने अरूको के हालत होला भनी प्रश्न गर्दै समिति सदस्य कंसाकारले मैले न्याय पाइँन भने राज्यले अरूलाई न्याय दिलाउँछ भनी विश्वास नै गर्न नसकिने बताइन् ।

बैठकमा अरू समिति सदस्यले अदालतको फैसला कार्यान्वयन नहुने र पीडितले न्याय नपाउने हो भने कानुन बनाउनको के औचित्य रहन्छ भनी प्रतिक्रिया दिए । उनीहरूले सरकारी प्रक्रिया झन्झटिलो रहेको तथा राज्यबाट भएका निर्णय कार्यान्वयन हुन्छ भन्ने सुनिश्चिता नहुँदा ठूलो सङ्ख्यामा युवा/विद्यार्थी मुलुकबाट पलायन हुनु परेको विचार राखे ।

समिति सदस्य ईश्वर रिजालले सांसद कंसाकारले विदेशबाट औषधि किनेर खानुपर्ने अवस्था रहेकाले उनले संसद् सचिवालयबाट प्राप्त गर्ने सेवासुविधाबाट समेत वञ्चित रहन भनेको तेजाबको जलनभन्दा पीडादायी अवस्था रहेको बताइन् ।

बैठकमा पीडित सांसद कंसाकारले तीन तहकै सरकारबाट पीडितलाई आर्थिक सहयोग गर्न सक्ने व्यवस्था भए पनि आफूले कसैबाट सहयोग नपाएको जानकारी गराइन् । सर्वाेच्च अदालतका रजिष्ट्रार एवं पीडित राहत कोषका अध्यक्ष विमल पौडेलले अपराधको कसुरका आधारमा क्षतिपूर्ति प्राप्त गर्ने कानुनी व्यवस्था रहेको बताए । उनले भने, ‘कानुनमा कसुरदारबाट क्षतिपूर्ति भराउनुपर्छ भन्ने छ । अदालतबाट छ वर्षको अवधिमा औषधि उपचारका लागि खर्च भएको रकम भराउने निर्णय भएको छ । फैसला परेको केही शब्दको प्रयोगबारे स्पष्ट हुने क्रममा केही समय लागेको हो, अब छिट्टै यो विषय अघि बढ्छ ।’

पीडकबाट क्षतिपूर्तिबापत भराइएको रकमको ५० प्रतिशत पीडित राहत कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको र यो वर्षमा मात्रै पनि क्षतिपूर्तिबापतको रकम ७५ जनाले प्राप्त गरिसकेको बताए ।

बैठकमा कंसाकारका कानुन व्यवसायी अधिवक्ता यज्ञमणि न्यौपानेले एसिड प्रहार गर्ने कार्यमा संलग्न पीडकलाई घटना र क्षतिका आधारमा तीन वर्षदेखि आठ वर्षसम्म कैद र रु ५० हजारदेखि रु पाँच लाखसम्म क्षतिपूर्ति भराउने कानुनी व्यवस्था रहेको जानकारी गराए ।

एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले केन्द्रीय कमिटीको सुझावका आधारमा सचिवालयले परिमार्जन गरेको महाधिवेशन दस्तावेज मातहतका कमिटीलाई पठाउने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको बैठकले राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेज थप छलफलका लागि मातहतका कमिटीमा पठाउन निर्णय गरेको पार्टी उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । परिमार्जन गरिएका ती दस्तावेज भोलि मातहतका कमिटीमा पठाइने छ ।

बैठकले मुस्ताङ जिल्ला कमिटी इन्चार्ज कृष्ण नेपाली र स्याङ्जाको इन्चार्ज अमरराज शर्मालाई जिम्मेवारी दिने निर्णय गरेको छ । संंसद्को गतिरोध अन्त्य गर्न अध्यक्ष नेपाल नेतृत्वको टोलीले विभिन्न दलसँग गरेका संवादबारे छलफल भएको बैठकमा आगामी सचिवालय बैठकबाट प्रतिनिधि छनौट गर्ने निर्णय भएको छ ।

‘अर्बान एन्ड रूरल डेपलभमेन्ट’, ‘पोलिसी’, ‘प्लानिङ’, अनुभव आदानप्रदान कार्यक्रममा पार्टी उपाध्यक्ष तथा केन्द्रीय स्कूल विभाग प्रमुख प्रमेश हमालको नेतृत्वमा सातजनाको टोली चीन भ्रमणमा पठाउने निर्णय बैठकले गरेको छ । उक्त बैठक यही जेठ १६ गतेदेखि पाँच दिनसम्म चल्नेछ ।

आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न पार्टीले तोकिएको जिम्मेवारी निर्धारित समयमै पूरा गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिएको छ । पार्टीको नयाँ र पुरानो सङ्गठित सदस्यताका नामावली विवरण अद्यावधिक गरिएको जनाइएको छ ।

गणतन्त्रपछिको अर्थतन्त्र: सूचक सुध्रिए, सुल्झिएनन् समस्या

काठमाडौं। मुलुकमा गणतन्त्र स्थापना पछिको १५ वर्ष अवधिमा अर्थतन्त्रका सूचकहरुमा पनि स्वाभाविक परिवर्तन आइसकेको छ। आर्थिक तथा वित्तीय सूचकहरुको गति केहीमा सुस्त र केहीमा औसत देखिन्छ। मुलुकको अर्थतन्त्रको समग्र आकार, सरकारको आय तथा व्यय रकम, बाह्य क्षेत्रलगायत सूचकहरु केही बढेका छन्भने सार्वजनिक ऋण, व्यापार घाटालगायत सूचकहरु झन् खराब स्थितिमा पुगिरहेका छन्।

नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थासहितको संविधान जारी गरेपछि संविधानबाटै तीन खम्बे अर्थनीति, समाजवाद उन्मुख अर्थ व्यवस्थालगायत महत्वपूर्ण विषयहरु कार्यान्वयनसँगै संस्थागत हुन पुगे। ‘नेपालको संविधान, २०७२’ को प्रस्तावनामा नै ‘आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने’ उल्लेख गरियो भने ‘समाजवाद उन्मुख’ अर्थतन्त्रको परिकल्पना गरियो। रोजगारी, श्रम, सम्पत्ति, खाद्य, आवासलगायत मौलिक हकको प्रत्याभूति संविधानमार्फत गरियो। राज्यका निर्देशक सिद्धान्तमा ‘सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता तथा विकासमार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक वृद्धि हासिल गर्दै दिगो आर्थिक विकास गर्ने’ उल्लेख गरियो।

राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य संविधानबाट तय भयो। मुलुक संघीय संरचनामा गएपछि तीनवटै तहबीच स्रोत तथा राजस्व बाँडफाँटलगायत विभिन्न आर्थिक अधिकारहरुको प्रत्यायोजन गरियो। संविधानले देखाएको यो बाटोलाई गणतन्त्रपछिको महत्वपूर्ण उपलब्धिका रुपमा मान्न सकिन्छ, तर पछिल्लो डेढ दशक अवधिमा अर्थतन्त्रका विविध क्षेत्रहरुको स्थिति, परिवर्तन, प्रवृत्ति, उपलब्धिहरुको मूल्यांकन तथा क्षेत्रगत समस्या र चुनौतीको विश्लेषण गर्दा सन्तोष गर्नसक्ने पर्याप्त ठाउँ देखिन्न।

मुलुकमा राजनीतिक स्थायित्व कायम गरी उपलब्ध सम्भावना तथा अवसरलाई पूर्ण रुपमा सदुपयोग गर्दै समग्र अर्थतन्त्रलाई माथि उठाउनु मुख्य आवश्यकता हो, तर आर्थिक विकासको गति तिव्र पार्ने कार्यमा अनेकौँ व्यवधान कायमै छन्। विगतदेखिकै समस्याको निरन्तरताले अहिले पनि अर्थतन्त्रलाई गाँजिरहेको देख्न सकिन्छ। अर्थतन्त्रमा अपेक्षित सुधार देखिन नसक्नुमा २०७२ वैशाख १२ को भूकम्प, कोभिड–१९ महामारीलगायत विभिन्न कारणलाई पनि जिम्मेवार मान्न सकिन्छ। भूकम्प र महामारीका सिर्जित समस्याले थलिएको मुलुकको अर्थतन्त्रले अझै वृद्धिको लय समातेर पूर्ण तन्दुरुस्ती पाउन सकेको छैन। आर्थिक सूचकहरुमा सामान्यबाहेक उल्लेख्य प्रगति देखिन्न। अर्थतन्त्र सुधारका लागि केही नीतिगत, प्रणालीगत र प्रक्रियागत प्रयासको थालनी भए पनि नतिजा भने औसतभन्दा कमजोर छ।

आर्थिक वृद्धिदरमा सुस्तता रहनु नेपालको आर्थिक विकासको प्रक्रियामा सबैभन्दा ठूलो समस्या हो। शान्ति प्रक्रिया र सुरक्षाको स्थिति सकारात्मक बन्दा पनि लक्षित आर्थिक वृद्धिदर हासिल गर्न कठिन परेको देखिन्छ, जसमा अस्थिर राजनीति, कमजोर सुशासन, विभिन्न प्राकृतिक प्रकोप तथा महामारीलगायत कारण मुख्य देखिए। पछिल्लो एक दशकमा नेपालको आर्थिक वृद्धिदर औसत चार प्रतिशत हाराहारी मात्रै देखिन्छ। जुन लक्ष्यभन्दा निकै कम हो। कार्यान्वयनको अन्तिम वर्षमा रहेको १५औँ पञ्चवर्षीय आवधिक योजनाको लक्ष्यलाई मात्रै हेर्ने हो भने पनि अहिले नेपालले दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गरेको हुनुपर्थ्यो। जुन हुन सकेन।

गणतन्त्र स्थापनाअघि र स्थापनापछिको आर्थिक वृद्धिदरलाई हेर्दा तात्विक भिन्नता देखिँदैन। आर्थिक वर्ष २०६२/६३ मा तीन दशमलव चार, आव २०६३/६४ मा तीन दशमलव तीन, आव २०६४/६५ मा पाँच दशमलव तीन प्रतिशत आर्थिक वृद्धि भएको देखिन्छ। आर्थिक वर्ष २०६५/६६ मा तीन दशमलव नौ, आव २०६६/६७ मा चार दशमलव तीन, आव २०६७/६८ मा तीन दशमलव नौ, आव २०६८/६९ मा चार दशमलव छ र आव २०६९/७० मा तीन दशमलव पाँच प्रतिशत आर्थिक वृद्धि कायम भएको थियो। आर्थिक वर्ष २०७०/७१ मा छ प्रतिशत, आव २०७१/७२ मा तीन दशमलव तीन, आव २०७२/७३ मा शून्य दशमलव छ, आव २०७३/७४ मा आठ दशमलव दुई र आव २०७४/७५ मा छ दशमलव सात प्रतिशत आर्थिक वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७५/७६ मा छ दशमलव चार प्रतिशतको आर्थिक वृद्धि देखिएको आव २०७६/७७ मा दुई दशमलव चार प्रतिशतको ऋणात्मक आर्थिक वृद्धि देखियो।

त्यस्तै, आव २०७७/७८ मा चार दशमलव पाँच, आव २०७८/७९ मा पाँच दशमलव तीन र आव २०७९/८० मा दुई दशमलव तीन प्रतिशत आर्थिक वृद्धि कायम भएको छ। यसरी लोकतन्त्र अघि र पछि अर्थतन्त्रको वृद्धिदरमा तात्विक फरक देखिँदैन। जसकारण पछिल्लो १५ वर्षमा जिडिपीको आकार करिब सात गुणाले मात्रै बढेको छ। आर्थिक वर्ष २०६४/६५ मा उत्पादकको मूल्यमा कूल गार्हस्थ्य उत्पादन (जिडिपी) आकार रु आठ खर्ब १८ अर्ब ४० करोड बराबर थियो। उक्त आर्थिक वर्षमा जिडिपी वृद्धिदर पाँच दशमलव तीन प्रतिशत बराबर थियो। आर्थिक सर्वेक्षण २०८१ अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा तीन दशमलव ८७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरिएको छभने जिडिपी आकार उत्पादन उपभोक्ताको मूल्यमा रु ५७ खर्ब पाँच अर्ब बराबर रहने अनुमान राष्ट्रिय तथ्यांक कार्यालयले गरेको छ।

पछिल्लो १५ वर्षको अर्थ व्यवस्थाको क्षेत्रगत संरचना हेर्दा आव २०६४/६५ मा प्रचलित मूल्यको कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३२ दशमलव चार प्रतिशत रहेकामा अहिले २४ दशमलव ०९ प्रतिशतमा खुम्चिएको छ। अहिले जिडिपीमा उद्योग क्षेत्रको योगदान १३ प्रतिशत र सेवा क्षेत्रको क्षेत्रको योगदान ६२ दशमलव ९० प्रतिशत पुगेको छ, तर १५ वर्षअघि मुलुकको जिडिपीमा थोक तथा खुद्रा व्यापारको १३ दशमलव सात, सञ्चार तथा भण्डारणको १० दशमलव पाँच, घरजग्गा, भाडा तथा व्यावसायिक सेवाको आठ दशमलव तीन, उत्पादन उद्योगको छ दशमलव आठ र निर्माण क्षेत्रको छ दशमलव चार प्रतिशत योगदान थियो।

त्यस्तै, आर्थिक वर्ष २०६४/६५ मा प्रचलित मूल्यमा कूल गार्हस्थ्य उत्पादनको अनुपादनमा गार्हस्थ्य बचत अनुपात ११ दशमलव दुई प्रतिशत थियो। यस्तो अनुपात गत आर्थिक वर्ष २०७९/८० मा यस्तो अनुपात सात दशमलव चार प्रतिशत रहेको र चालु आर्थिक वर्षमा सात दशमलव छ प्रतिशत रहने आर्थिक सर्वेक्षण २०८१ मा उल्लेख छ। पछिल्लो डेढ दशक अवधिमा जिडिपी–राष्ट्रिय बचत अनुपातमा पनि उल्लेख्य प्रगति देखिँदैन। गणतन्त्र स्थापनाको वर्ष कूल गार्हस्थ्य उत्पादनसँग कूल राष्ट्रिय बचतको अनुपात ३२ दशमलव तीन प्रतिशत रहेकामा चालु आर्थिक वर्ष २०८१/८२ मा ३६ दशमलव दुई प्रतिशत बराबर छ।

आर्थिक वर्ष २०६५/६६ मा कूल स्थिर लगानी तत्कालीन जिडिपी आकारको अनुपातमा ३१ दशमलव आठ प्रतिशत बराबर थियो। जुन अनुपात गत आर्थिक वर्ष २०७९/८० मा २५ दशमलव एक प्रतिशत रहेको छभने चालु आर्थिक वर्षमा थप खुम्चेर २४ दशमलव पाँच प्रतिशत रहने अनुमान गरिएको छ। पूँजीगत खर्च र कर्जा प्रवाहमा सुधार हुन नसक्दा कूल लगानी अपेक्षित रुपमा बढ्न सकेको छैन। चालु आर्थिक वर्षमा कूल लगानी रु १७ खर्ब ४१ अर्ब ४८ करोड बराबर पुग्ने अनुमान गरिएको छ।

आर्थिक वर्ष २०६४/६५ मा प्रतिव्यक्ति कूल राष्ट्रिय आय रु ३० हजार चार सय ६५ बराबर थियो। गत आर्थिक वर्ष २०७९/८० मा प्रतिव्यक्ति आय एक हजार चार सय पाँच अमेरिकी डलर बराबर रहेको प्रतिव्यक्ति आय चालु आर्थिक वर्षमा एक हजार चार सय ५६ अमेरिकी डलर बराबर पुग्ने अनुमान गरिएको छ।

पछिल्ला अधिकांश वर्षहरुमा मुलुकको आर्थिक वृद्धिदरभन्दा मुद्रास्फीतिदर बढी छ। अर्थात् मुलुकले गर्ने पूँजी सिर्जनाको तुलनामा मूल्यवृद्धि बढी देखिँदा त्यसको प्रत्यक्ष प्रभाव समग्र उपभोक्ता बजारमा पर्न जान्छ। आर्थिक वर्ष २०७१/७२ मा सात दशमलव २०, आव २०७/७३ मा नौ दशमलव ९०, आव २०७३/७४ चार दशमलव ४५ र आर्थिक वर्ष २०७४/७५ मा चार दशमलव १५ प्रतिशत मुद्रास्फीति देखिन्छ । त्यस्तै, आव २०७५/७६ मा चार दशमलव ६४, आव २०७६/७७ मा छ दशमलव १५, आव २०७७/७८ मा तीन दशमलव ६०, आव २०७८/७९ मा छ दशमलव ३२, आव २०७९/८० मा सात दशमलव ७४ र चालु आव २०८०/८१ मा छ दशमलव ०८ प्रतिशत मुद्रास्फीति रहेको छ।

गणतन्त्र स्थापनापछि मुलुकको सार्वजनिक ऋण अत्यधिक बढेको छ। आर्थिक सर्वेक्षण २०६४/६५ अनुसार विसं २०६४ फागुन मसान्तसम्ममा कूल तिर्न बाँकी सरकारी ऋण रकम रु तीन खर्ब २३ अर्ब ८७ करोड बराबर थियो। जसमा बाह्य ऋण रु दुई खर्ब १६ अर्ब २० करोड र आन्तरिक ऋण रु एक खर्ब सात अर्ब ६७ करोड बराबर थियो। पछिल्लो १५ वर्षमा नेपालको सार्वजनिक ऋण करिब साढे सात गुणाले बढेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को वैशाख मसान्तसम्ममा नेपाल सरकारले तिर्न बाँकी कूल ऋण रु २३ खर्ब ९७ अर्ब रहेको छ। जिडिपी अनुपातमा सार्वजनिक ऋण ४२ दशमलव ०२ प्रतिशत हुन आउँछ। अहिले तिर्न बाँकी आन्तरिक ऋणको दायित्व रु ११ खर्ब ८४ अर्ब ४८ करोड र बाह्य ऋण दायित्व रु १२ खर्ब १२ अर्ब ९५ करोड बराबर पुगेको देखिन्छ।

सार्वजनिक वित्तका क्षेत्रमा पनि पछिल्लो डेढ दशकमा उल्लेख प्रगति छैन। राजस्व र व्ययका आँकडाहरु सन्तोषजनक छैनन्। आर्थिक वर्ष २०६६/६७ मा नेपालको कूल राजस्व संकलन रु एक खर्ब ७८ अर्ब बराबर थियो भने गत आर्थिक वर्ष २०७९/८० सम्म पुग्दा रु नौ खर्ब ५७ अर्ब बराबर पुगेको छ। बजेट खर्चको आँकडा पनि तात्विक फरक छैन। १० वर्ष अघि अर्थात् आर्थिक वर्ष २०७१/७२ मा कूल सरकारी खर्च रु पाँच खर्ब ३१ अर्ब ५६ करोड बराबर थियो जसमध्ये चालुतर्फ रु तीन खर्ब ३९ अर्ब ४१ लाख, पूँजीगततर्फ रु ८८ अर्ब ८४ लाख र वित्तीय व्यवस्थातर्फ रु एक खर्ब तीन अर्ब ३१ करोड बराबर छ। गत आर्थिक वर्ष २०७९/८० सम्म पुग्दा कूल बजेट खर्च रु १४ खर्ब २१ अर्ब बराबर छ जसमध्ये चालुतर्फ रु नौ खर्ब ९१ अर्ब, पूँजीगततर्फ रु दुई खर्ब ३४ अर्ब र वित्तीय व्यवस्थातर्फ रु एक खर्ब ९५ अर्ब बराबर छ।

वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रमः चितवनको क्रिकेट रङ्गशालालाई सहलगानीमा सम्पन्न गरिने

मकवानपुर, जेठ १४-वाग्मती प्रदेशसभाको आज बसेको पहिलो बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रमको सार्वजनिकीकरण गर्नुभएको छ ।सरकारको उक्त नीति तथा कार्यक्रममा वाग्मती प्रदेशको सुरक्षा संवेदनशील क्षेत्रलगायत स्थानमा आधुनिक प्रविधियुक्त सुरक्षा सामग्रीको जडानलाई निरन्तरता दिई प्रविधिमैत्री सुरक्षा जाँच चौकीको निर्माण गर्ने सरकारको लक्ष्य रहेको उल्लेख छ । उहाँले सङ्घीय सरकारसँग समन्वयमा प्रहरी समायोजन कार्य सम्पन्न गरी वाग्मती प्रदेश प्रहरी गठन गरिनुका साथै प्रदेश अनुसन्धान ब्यूरोको पनि स्थापना गर्ने सरकारको उद्देश्य रहेको जानकारी गराउनुभयो ।

प्रदेशभित्र स्थानीय सामग्री तथा वास्तुकलाको प्रवद्र्धन गर्दै मौलिक प्रविधिसहितका भवनका संरचना बनाउन र उदयमान सहर, पालिका केन्द्र तथा नगर उन्मुख बस्तीहरुलाई मौलिक पहिचानसहित व्यवस्थित सहरीकरण गर्न प्रदेश सरकारले प्रोत्साहन गर्ने योजना रहेको बताउनुभयो ।

सङ्घीय सरकारका निकायसँग समन्वय गरी काठमाडौँ उपत्यकाभित्र नदी, करिडोर निर्माण तथा सुधार कार्यलाई अगाडि बढाइने योजना रहेको उक्त नीति तथा कार्यक्रममा उल्लेख छ । यसैगरी, एक सय २० मिटरभन्दा लामो झोलुङ्गे पुल निर्माण कार्य प्रदेश सरकारले तथा सोभन्दा छोटो झोलुङ्गे पुल प्रदेश सरकारको प्राविधिक सहयोगमा स्थानीय सरकारले निर्माण गर्ने उक्त नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।

वाग्मती प्रदेशका धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक र दोलखा जिल्लाका हिमाली भेगमा सार्वजनिक नीति तथा सहकारीसँगको साझेदारीमा प्राकृतिक खानेपानी प्रशोधन, उत्पादन र निर्यात गर्ने कार्यलाई प्रोत्साहन गर्ने सरकारको लक्ष्य रहेको उल्लेख छ । यसैगरी, वाग्मती प्रदेशभित्र उत्पादन हुने फलफूल, अन्न र जडीबुटीबाट मदिरा उत्पादनका लागि कानुनी प्रबन्ध गर्न सङ्घीय सरकारसँग समन्वय गरिने नीति रहेको उहाँले बताउनुभयो ।

प्रदेशभित्र रहेका मूर्त र अमूर्त संस्कृतिहरुको संरक्षण र प्रवद्र्धन गर्न कानुनी तर्जुमा गरिने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ । जातजाति तथा भाषा सङ्घसंस्थाहरुको सहकार्यमा प्रदेशभित्र रहेका कला, साहित्य, साङ्गीतिक, वेशभूषा, भाषा, लिपि, बाजागाजा र नृत्यको प्रचारप्रसारमार्फत पर्यटन प्रवद्र्धन र अध्ययन(अनुसन्धान गर्न चाहने स्रोतकर्तालाई प्रोत्साहन गर्ने नीति रहेको प्रदेश प्रमुख शर्माले सार्वजनिकीकरण गर्नुभएको नीति तथा कार्यक्रममा उल्लेख छ ।

नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको विवरणमा प्रदेशको प्रत्येक नागरिकलाई आधारभूत स्तरको खानेपानीको पहुँच पु(याउन ‘एक घर, एक धारा’ कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेर खानेपानी तथा सिँचाइ आयोजनालाई सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार, वाग्मती प्रदेशभित्र पूर्ण उज्यालो कार्यक्रममार्फत विद्युत्को पहुँच नपुगेको क्षेत्रमा ग्रामीण विद्युतीकरण तथा दुर्गम बस्तीमा सौर्य, मिनी ग्रिड वा अन्य वैकल्पिक ऊर्जाको प्रयोगमार्फत विद्युत्को पहुँच पु-याउने लक्ष्य रहेको प्रदेश प्रमुख शर्माले जानकारी दिनुभयो । दोलखा जिल्लाको गिरीमा बहुउद्देश्यीय मानव निर्मित ताल निर्माण गरिने, हेटौँडा उपमहानगरपालिकाको गङ्गटेमा बहुउद्देश्यीय ताल पोखरी निर्माण गरिने, पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारीसाधनलाई विद्युतीय सवारी साधनमा रुपान्तरण गरिने लक्ष्य रहेको नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारको नीति तथा कार्यक्रममा यस वर्षदेखि चितवनको भरतपुर महानगरपालिकामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई सहलगानीमा सम्पन्न गर्ने र हेटौँडाको गौरीटारमा निर्माणाधीन अन्तर्राष्ट्रिय खेलकुद परिसर र प्रदेशमा निर्माणाधीन अन्य खेलकुद पूर्वाधार निर्माणका लागि सरकारले निरन्तरता दिँदै जाने लक्ष्य रहेको जनाइएको छ । त्यसैगरी, कृषि क्षेत्रको समग्र विकासका लागि प्रदेश कृषि विकास समन्वय कानुनको तर्जुमा गरिने, कृषि क्षेत्रमा लगानी वृद्धि गरी कृषि उत्पादनलाई प्राथमिकतामा राखिने उल्लेख छ ।

वाग्मती प्रदेशको धुलो दूध उत्पादन कारखानालाई प्रदेश सरकार र निजी क्षेत्र तथा दूध उत्पादक सहकारीसँग साझेदारीमा सञ्चालन गरिने र हेटौँडामा निर्माणाधीन प्राविधिक थोक बजार सञ्चालनमा ल्याइने भएको छ । आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा सीमान्तकृत तथा विपन्न बनकरिया, चेपाङ, पहरी, थामी, जिरेल, माझी, हायु, सुरेल, बोटेलगायत समुदायको सशक्तीकरणका लागि विशेष कार्यक्रम सञ्चालनमा ल्याइने पनि उल्ल्ेख गरिएको छ ।

चेपाङ क्षेत्रमा चिउरी, चमेरो संरक्षण एवम् विपन्न दलित समुदायको सशक्तीकरण कार्यक्रमलाई स्थानीय तहसँगको साझेदारी गरी विस्तार गर्ने लक्ष्य रहेको प्रदेश प्रमुख शर्माले बताउनुभयो । वाग्मती प्रदेशको विभिन्न जिल्लामा उच्च पहाडी तथा हिमाली क्षेत्रमा चौरी, भेडा, च्याङ्ग्रापालन र चरन खर्क व्यवस्थापनसम्बन्धी कार्यलाई विशेष प्राथमिकता दिइने जनाइएको छ ।

बहुपक्षीय र बहुक्षेत्रीय समन्वय र सहकार्यमार्फत आत्महत्याको दर नियन्त्रण गर्न मानसिक स्वास्थ्य प्रवद्र्धन, आत्महत्या न्यूनीकरण भन्ने अभियान सञ्चालन गरिने जनाइएको छ । प्रदेशको १३ वटा जिल्लामा स्थापना भएका प्रत्येक माध्यमिक विद्यालयमा ‘एक माध्यमिक विद्यालय, एक नर्स’ कार्यक्रम सञ्चालनका लागि प्रदेश सरकारले उच्च प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।

यस्तै, प्रदेश सरकारले अल्पसङ्ख्यक लोपोन्मुख, अतिसीमान्तकृत समुदाय तथा दलित एवम् आर्थिक रुपमा विपन्न छात्रछात्राहरुको शैक्षिक छात्रवृत्तिलाई निरन्तरता दिने लक्ष्य राखिएको सार्वजनिकीकरण नीति तथा कार्यक्रममा प्रस्तुत छ ।

‘गणतन्त्र स्थापनाको १७ वर्षमा पनि कर्णाली प्रदेशको अवस्थामा परिवर्तन आउन सकेन’

काठमाडौँ- गणतन्त्र स्थापनाको १७ वर्षमा पनि कर्णाली प्रदेशको अवस्थामा परिवर्तन आउन नसकेको भन्दै सांसदहरूले बनेका योजना कार्यान्वयन नहुँदा समस्या भएको बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाजले आज यहाँ आयोजना गरेको ‘कर्णालीको उत्थानमा योगदान गर्न आग्रह’ विषयक नागरिक संवाद कार्यक्रममा प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कर्णालीका नागरिकले राहदानी लिन अझै रु एक लाखभन्दा बढी खर्च गर्नुपर्ने अवस्थामा परिवर्तन आउन नसकेको बताए । नागरिकले एउटा राहदानी लिन दुःख पाउनुपर्ने तर नीतिगत निर्णय गर्ने नेता र कर्मचारीले केही छिनमै विनापैसा राहदानी पाउने अवस्था परिवर्तन आवश्यक रहेको उनको भनाइ थियो ।

कर्णाली प्रदेशलाई अर्गानिक खानेकुरा पाइने क्षेत्रका रुपमा विश्वमा परिचित गराउनसके पर्यटकको सङ्ख्या वृद्धि हुने सभापति खतिवडाले बताए । कर्णाली प्रदेशमा मुख्यमन्त्रीको कार्यालय र निवास नबने पनि ललितपुरको भैँसेपाटीमा सबै प्रदेशका मुख्यमन्त्रीको सम्पर्क कार्यालय निर्माण हुने अवस्थाले सङ्घीयता एवं गणतन्त्रको अवस्था प्रष्ट हुने उनको धारणा थियो ।

अर्थ समितिका सभापति सन्तोष चालिसेले पोखरा र भैरहवामा निर्माण सम्पन्न भएर अलपत्र बनेका दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुँदा देशलाई दैनिक लाखौँ राजश्व घाटा लागेको उल्लेख गरे । उनले राज्य कोष नै कम भएपछि कर्णाली प्रदेशजस्ता पछि परेका भूगोलको विकासमा पर्याप्त रकमको अभाव हुने गरेको बताए । विकसित देशसँग पनि पाँचदेखि छ महिनालाई धान्ने मात्र विदेशी मुद्रा हुने गरेकामा नेपालसँग १४ महिनालाई धान्ने मुद्रा रहेको सभापति चालिसेले बताए ।

सांसद माधव सापकोटाले शासन व्यवस्था बदलिए पनि शासकले गर्ने क्रियाकलाप नबदलिँदा कर्णाली प्रदेश पछि परेको बताए । कर्णाली प्रदेशमा एउटा नमूना गाउँ विकास गर्ने योजना बनाएर कार्यान्वयन गरिनुपर्नेमा उनले जोड दिए । सांसद रेखा यादवले कर्णाली प्रदेशमा जल, जमिन र जङ्गल धेरै भएपनि त्यसलाई औद्योगिक रूपमा विकास गर्न नसक्दा पछि परेको बताइन् ।

राष्ट्रिय योजना आयोगका सदस्य रमेश पौडेलले कर्णाली प्रदेशमा प्रत्येक वर्ष बजेटमा वृद्धि हुँदै गए पनि कार्यान्वयन नहुँदा विकासमा पछि परेको सुनाए । कर्णालीमा विनियोजन भएर जाने बजेट सबै खर्च हुने वातावरण बनाइनुपर्ने सदस्य पौडेलको भनाइ थियो ।

समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्राकृतिक स्रोतमा धनी रहेको कर्णाली विकास निर्माणमा किन पछि पर्यो भनी नागरिक संवाद कार्यक्रम सुरु गरिएको बताए । यो कार्यक्रमलाई कर्णाली प्रदेशका विभिन्न जिल्लामा निरन्तरता दिइने उनको भनाइ थियो ।

कार्यक्रममा समाजका सभापति रामकृष्ण बराल, महासचिव रेनुका पौडेल, सचिवद्वय चन्द्रमणि बञ्जारा र रामप्रसाद जोशीलगायतले गणतन्त्रमा काठमाडौँ र कर्णालीको विकास एवं नागरिकको जीवनस्तर समान हुनुपर्नेमा त्यस्तो हुन नसकेकाले नागरिकमा शासन व्यवस्थाप्रति नकारात्मक भाव पैदा हुन थालेको बताएका थिए । आगामी दिनमा सच्याइनुपर्नेमा उनीहरूको जोड थियो ।

भारतद्वारा काठमाडौँमा उच्च प्रभाव सामुदायिक विकास परियोजना निर्माण

काठमाडौँ- ‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको काठमाडौँको डिल्लीबजारस्थित पद्मकन्या माध्यमिक विद्यालयको मङ्गलादेवी सिंह मेमोरियल छात्रावास भवन आज उद्घाटन गरिएको छ ।

कुल रु तीन करोड २३ लाख आर्थिक सहयोगमा निर्माण गरिएको भवनको आज जिल्ला समन्वय समिति, काठमाडौँका प्रमुख सन्तोष बुढाथोकी र भारतीय राजदूतावास, काठमाडौँका प्रथम सचिव अविनाशकुमार सिंहले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

भारत सरकारको अनुदान सहयोगमा भान्सा कोठा, डाइनिङ हल, भण्डार, वार्डेन, गार्ड, अतिथि, कार्यालय कक्ष तथा पुस्तकालय, बहुउद्देश्यीय हल, प्रतीक्षालय, हरित कक्ष, कपडा धुने कक्ष, शौचालय, स्नानघर, सौर्य उर्जा प्रणालीलगायतको सुविधासहितको ३९ कोठा भएको चारतले छात्रावास भवनको निर्माण भएको थियो ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा अघि बढाइएको थियो । यस परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति, काठमाडौँमार्फत गरिएको हो ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति थियो ।

सन् २००३ देखि भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । चार सय ९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यीमध्ये काठमाडौँ जिल्लाका ४१ परियोजनासहित वाग्मती प्रदेशमा एक सय छवटा परियोजना रहेका छन् ।

अर्जेन्टिनामा पहिलो पाँच महिनामा चार लाखभन्दा बढी डेङ्गुका मामिला देखियो

अर्जेन्टिनामा यस वर्षको पहिलो पाँच महिनामा चार लाख ८८ हजारमा डेङ्गु देखिएको स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ। यो गत वर्षको तुलनामा तीन दशमलव ३५ गुणा धेरै हो।
मन्त्रालयको राष्ट्रिय इपिडिमियोलोजिकल बुलेटिनअनुसार वर्षको पहिलो २० हप्तामा चार लाख ८८ हजार ३५ जना डेङ्गुका बिरामी दर्ता भएका छन्। डेङ्गुका सबैभन्दा धेरै केस मध्य क्षेत्रमा रिपोर्ट गरिएको र त्यसपछि उत्तरपश्चिम र उत्तरपूर्वी क्षेत्र पाइएको थियो।

देशका २४ मध्ये १९ जिल्लामा डेङ्गुको सङ्क्रमण भेटिएको र यस सिजनमा तीन सय ४३ जनाको मृत्यु भएको छ। धेरै सङ्क्रमित व्यक्तिमा ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने र बान्ता हुने, पखाला लाग्ने र पेट दुख्ने धेरैजसो लक्षण देखिएका थिए।

बजेटमा कमला पुललाई समेट्न माग गर्दै सिरहामा स्थानीय आन्दोलित

सिरहा, जेठ १४ गते । हुलाकी लोकमार्ग अन्तर्गत १३ वर्षदेखि निर्माणाधीन सिरहा र धनुषा जोड्ने कमला पुल निर्माण गर्न आगामी बजेटमा बजेट सुनिश्चितताको माग गर्दै सिरहाका स्थानीय आन्दोलित भएका छन् ।

पुल निर्माण सङ्घर्ष समिति गठन गरी तीन दिनदेखि स्थानीयवासी चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । स्थानीयवासीले गत शनिबार शान्तिपूर्ण विरोध प्रदर्शन गरेका थिए । आइतबार विरोधस्वरुप बजार बन्द गराए । आज सिरहा सदरमुकाममा बिहान ८ देखि ११ बजेसम्म चक्काजाम र त्यसपछि सम्पूर्ण सरकारी कार्यालय बन्दको कार्यक्रम गरेको सङ्घर्ष समितिका संयोजक रवीन्द्रकुमार साहले जानकारी दिनुभयो ।

सङ्घर्ष समितिले गत शुक्रबार सिरहाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएको थियो । आव २०८१/८२ को नीति तथा कार्यक्रममा कमला पुल प्राथमिकतामा नपरेकाले जेठ १५ मा सार्वजनिक हुने बजेटमा कमला पुल निर्माणको सुनिश्चितता गरी बजेट विनियोजन गर्न दबाबस्वरुप आन्दोलन गर्नुपरेको सङ्घर्ष समितिका संयोजक साहले बताउनुभयो ।

“वर्षौँदेखि पुल नबन्दा यहाँका जनताको दुःख र पीडा असह्य भएको छ । हामीले सास्ती खेप्न नसकेर पटक-पटक आन्दोलन गर्दा पनि सरकारले सुन्दैन,” साहले भन्नुभयो, “प्रधानमन्त्रीको पूर्व प्रतिबद्धता अनुसार यसपालि बजेटमा कमला पुल निर्माणको सुनिश्चितता हुनुपर्छ । नभए हामी सशक्त आन्दोलनमा उत्रिन्छौँ ।” पुल निर्माण गर्न निर्माण कम्पनीले विभिन्न बहाना बनाइ एक वर्षदेखि ढिलासुस्ती गर्दै आएको तथा निर्माण कम्पनी र बिमा कम्पनीबिचको विवादले समयमै पुल बन्ने अवस्था नरहेको उहाँले जानकारी दिनुभयो ।

सम्झौता भएको १२ वर्षपछि निर्माण भएको कमला पुल सञ्चालनमा नआउँदै तीन वर्षअघि दुई ठाउँमा भासिएको थियो । गत वर्ष वैशाख २४ गते हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर र पुल निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’बिच २०८१ असार मसान्तसम्म पुलको पुनः निर्माण गर्ने सम्झौता भएको थियो । निर्माण कम्पनीका ‘साइट इन्चार्ज’ सुदीप थापाले सम्झौता अनुसार काम सम्पन्न गर्न प्राविधिक कारणले सम्भव नरहेको बताउनुभयो ।

बिमा कम्पनीबाट पाउनुपर्ने पाँच करोड बराबरको रकम नपाएको र हाल यस विषयको विवाद काठमाडौँ जिल्ला अदालतमा विचाराधीन भएकाले आर्थिक सङ्कटमा परेको उहाँले जानकारी दिनुभयो । पुल निर्माण सुरु भएयता १३ वर्षबिचमा उच्चस्तरको सरकारी अनुगमन तथा निरीक्षण पटक पटक भएपनि स्रोत अभावका कारण निर्धारित समयमा पुल निर्माण हुन सकेको छैन । मधेस प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दूरीको आयोजनाअन्तर्गत वि.सं.२०६८ मा तीन वर्षभित्र सम्पन्न गर्ने गरी कमला पुलको ठेक्का लागेको थियो ।

‘रेमल’ चक्रवातले नेपालको मौसम पनि बदली हुने

काठमाडौँ, १४ जेठ : नेपालमा ‘रेमल’ चक्रवातको प्रत्यक्ष प्रभाव नरहेता पनि यसको अप्रत्यक्ष प्रभावबाट सोमबार र मङ्गलबार कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्ण बदली रहनेछ ।बङ्गालको खाडीमा विकसित भएको न्यून-चापीय प्रणाली यही १२ गते साँझ चक्रवातमा परिणत भई हाल शक्तिशाली चक्रवातका रुपमा रहेको छ । उक्त चक्रवातको नाम ‘रेमल’ नामाङ्कन गरिएको छ । उक्त चक्रवात भारतको पश्चिम बङ्गाल तथा बङ्गलादेशको तटीय क्षेत्रीयतर्फ अगाडि बढिरहेको देखिन्छ ।

उत्तरी बङ्गालको खाडीमा रहेको शक्तिशाली ‘रेमल’ चक्रवात आज राति बङ्गलादेश र पश्चिम बङ्गाल आसपासको तटीय क्षेत्रमा प्रवेश गर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी प्रदेशको केही स्थानमा मेघगर्जन/चट्याङ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र एक-दुई स्थानमा भारी वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, तराईका भू–भागमा हावाहुरीको समेत सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ । मधेस प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरिएको छ ।

त्यस्तै, वाग्मती प्रदेशको थोरै स्थान मेघगर्जन/चट्याङ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।गण्डकी प्रदेशको केही स्थान मेघगर्जन÷चट्याङ हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा र एक-दुई स्थानमा भारी वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरिएको छ ।

निजामती सेवा विधेयक आगामी असारभित्र ल्याउने तयारी : मन्त्री जोशी

विराटनगर, जेठ १४ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले निजामती सेवा विधेयक सरकारले आगामी असारभित्र ल्याउने तयारी रहेको बताउनुभएको छ । सो मन्त्रालयद्वारा आयोजित ‘सङ्घीयता, लोकतन्त्र र कानुनी शासन’ विषयक अन्तरक्रियामा उहाँले निजामती कर्मचारीमा देखिएका समस्या विधेयक आएपछि समाधान हुने बताउनुभएको हो ।

विधेयकले कर्मचारीको वृत्तिविकास, सरुवा र बढुवामा न्याय गर्ने उहाँको भनाइ थियो । सामाजिक सुरक्षा भत्ता बराबर पनि पुँजीगत खर्च नहुनु समस्या भएको उहाँले बताउनुभयो । अहिलेको व्यवस्थामा आलोचनालाई सल्लाह र सुझावको रूपमा लिएको बताउनुहुँदै मन्त्री जोशीले निजामती कर्मचारी सेवा विधेयक आइसकेपछि प्रदेशस्तरमा देखिएका कर्मचारीको समस्या समाधान हुने बताउनुभयो । अहिलेको व्यवस्थामा धर्मनिरपेक्षता, समावेशी, गणतन्त्र र समानुपातिकजस्ता विषय रहेकाले यसको समीक्षा हुनुपर्ने भन्दै मन्त्री जोशीले आगामी दिनमा प्रशासनिक अप्ठ्यारो हुने कुनै काम नगर्ने प्रतिबद्धता जनाउनुभयो ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयतालाई बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्ने धारणा राख्नुभयो । मुलुकमा प्रशासनिक र वित्तीय संरचना कमजोर रहेको उहाँको धारणा थियो । मुख्यमन्त्री कार्कीले भन्नुभयो, “प्रदेशको बजेट हात्ती दुब्लाएर मुसो भएको जस्तो छ, जनताका चाहना र आवश्यकता धेरै छ, कसरी पूरा गर्न सकिन्छ ।”

मन्त्री लामिछानेविरुद्धको रिट निवेदन दर्ता

काठमाडौँ, जेठ १४ गते । सर्वोच्च अदालतमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध पेस भएको रिट निवेदन दर्ता गरिएको छ । सहकारीको रकम अपचलनमा संलग्न रहेको जिकिर गर्दै अधिवक्ता अनुपम भट्टराईले उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्नुभएको थियो । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले यही जेठ ९ गते गृहमन्त्रीविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आदेश (दरपीठ आदेश) खारेज गर्दै दर्ता गर्न आदेश गरेको हो ।

उक्त रिट निवेदनमाथि यही जेठ १६ गते सुनुवाइका लागि पेशी तोकिएको छ । रिट निवेदनमा सहकारी ठगी प्रकरणमा जोडिएका भनिएका लामिछानेलाई पदबाट निलम्बन गर्न र लामिछानेविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको मागसमेत गरिएको छ ।

मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिनुहुने

जनकपुर, जेठ १४ गते । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले यही जेठ २३ गते बस्ने प्रदेशसभाको बैठकमा आफूले विश्वासको मत लिनका लागि प्रस्ताव प्रस्तुत हुने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “मैले अहिलेसम्म इमानदारी र निष्पक्षरुपमा काम गर्दै आएको छु । जेठ २१ गतेदेखि बजेट अधिवेशन सुरु हुने र २३ गते आफूले विश्वासको मत लिने दिन तय भएको प्रस्ताव रहेको छ ।”

जनकपुरमा आज पत्रकारहरुसँगको कुराकानी मुख्यमन्त्री यादवले कानुनअनुसार नै सरकारले स्थानीय तहलाई ससर्त अनुदान वितरण र विभिन्न मन्त्रालयबाट रकमान्तर हुने जानकारी दिनुभयो । मुख्यमन्त्री यादवले पालिकाहरुले ससर्त अनुदानका लागि ताकेता गरिरहेकाले कानुनअनुसार नै पैसा पठाइने बताउनुभयो । “ससर्त सबै पालिका प्रमुखले सोधिरहनु भएको छ । प्रदेश सरकारको काम कर्तव्यअनुसार हामीले काम गरिरहेका छौँ,” उहाँले भन्नुभयो । उहाँले आफू अल्पमतको मुख्यमन्त्री नभएको दाबी गर्नुभयो ।

एक सय सात सदस्यीय मधेस प्रदेशसभामा १० दल सहभागी छन् । सरकार गठन गर्न प्रदेशसभाका ५४ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा नेकपा (एमाले)का २५, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी (जसपा) नेपालका १९, जनमत पार्टीका १३, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नौ, लोकतान्त्रिक समाजवादी पार्टीका नौ, नेकपा (एकीकृत समाजवादी )का सात तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल सङ्घीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका एक-एक सांसद छन् ।

यसैबिच, आज मुख्यमन्त्री यादवलाई एमाले, जनमत पार्टी, माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सरकारले दीर्घकालीन असर पर्ने खालका निर्णयहरु नगर्न ध्यानाकर्षण गराएका थिए । पछिल्लो समय जसपा नेपालको विभाजनले मधेस प्रदेशको सरकार अल्पमतमा परेको जनाइएको छ । नयाँ सरकार कुन दलको नेतृत्वमा हुने भन्ने टुङ्गो छैन । सरकार गठनमा ‘निर्णायक’ अवसस्थामा रहेका साना दलहरु आफैँ मुख्यमन्त्रीमा दाबी गर्न थालेपछि ठूला दललाई अफ्ठ्यारो परेको जनाइएको छ ।

विकासको पहिलो पूर्वाधार सडक नै हो : मुख्यमन्त्री कँडेल

काँक्रेविहार (सुर्खेत), जेठ १४ गते । राष्ट्रिय राजमार्गले छुन नसकेको कर्णालीमा विकासको पहिलो पूर्वाधार सडक नै भएको कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बताउनुभएको छ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले आज मन्त्रालयमा गरेको कार्यक्रममा उहाँले कर्णाली र भेरी करिडोर निर्माणाधीन रहेको जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सरकारको मुख्य प्राथमिकता सडक नै रहेको उहाँले स्पष्ट पार्नुभयो । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतका सबै जिल्लाका कार्यालय प्रमुख तथा अधिकारीसँगको छलफलमा मुख्यमन्त्री कँडेलले होटलबाट योजना वितरण भन्ने समाचार आगामी दिन सुन्न नपरोस् भन्दै सचेत गराउनुभयो । कर्णालीका जनताले सहज र ढुक्कसँग यात्रा गर्न नपाएकाले अब त्यस्ता समस्या पार गर्नुपर्ने उहाँको भनाइ छ । सबै निर्माण व्यवसायीको आचरण खराब नभएको बताउनुहुँदै बजेट निर्माणमा ध्यान नदिँदा विकास निर्माणका काम अलपत्र परेको उहाँको जिकिर थियो ।

अहिले बजेट सुनिश्चित भएका योजनामा निर्माण व्यवसायी र कार्यालय प्रमुखले सहकार्य गरेर निकास निकाली काम गर्न निर्देशन दिनुभयो । जनताले निवेदन बोकेर मन्त्रालय धाउने परिस्थितिको अन्त्य गर्न उहाँको निर्देशन छ । बजेट कम खर्च गरी बजेट बचाएर कर्णालीको विकास नहुने भौतिक पूर्वधार तथा सहरी विकासमन्त्री शेरबहादुर बुढाले बताउनुभयो । उहाँले कार्यालय प्रमुखले जिल्लामा गएर सर्वदलीय सर्वपक्षीय छलफल गरी जनताले बुझ्ने गरी योजनाका बारे जानकारी गराउनुपर्ने र योजना सम्पन्न गर्न आग्रह गर्नुभयो ।

रफाह हमलाले गाजा युद्धविराम वार्तालाई बाधा पुर्‍याउन सक्ने कतारको भनाइ

दोहा, जेठ १४ गते । इजरायलले गाजाको दक्षिणी शहर रफाहनजिकै गरेको पछिल्लो आक्रमणले युद्धविराम र बन्धक मुक्त गर्नेसम्बन्धी वार्तामा बाधा पुर्‍याउन सक्ने मध्यस्थ राष्ट्र कतारले सोमबार जनाएको छ ।कतारको विदेश मन्त्रालयले ‘शिविरमा भएको हवाइ आक्रमणले जारी मध्यस्थता प्रयासलाई जटिल बनाउने र तत्काल र स्थायी युद्धविरामका लागि सम्झौतामा पुग्न बाधा पुग्ने’ भन्दै चिन्ता व्यक्त गरेको छ ।

संयुक्त राज्य अमेरिका र इजिप्टसँगै कतारले इजरायल र हमासबिच युद्धबाट तहसनहस बनेको गाजामा युद्धविराम सम्झौता गर्ने उद्देश्यले महिनौंदेखि वार्ता गरिरहेको छ ।तर यसै महिनाको सुरुमा इजरायलले राफाहमा स्थल सेना पठाएपछि वार्ता प्रयासमा गतिरोध पुगेको थियो ।
संयुक्त राज्य अमेरिकाको सहमतिमा सन् २०१२ देखि हमासको राजनीतिक नेतृत्वलाई आश्रयस्थल दिँदै आएको कतारले इजरायली बमबारीलाई ‘अन्तर्राष्ट्रिय कानूनको खतरनाक उल्लङ्घन’ भन्दै निन्दा गरेको छ ।

विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय समुदायसँग इजरायललाई ‘रफाह शहरबाट प्यालेस्टिनीहरूलाई जबर्जस्ती विस्थापित गर्ने आफ्नो योजना कार्यान्वयन गर्न रोक्न तत्काल कदम चाल्न आह्वान गरेको छ । गाजा लाखौं मानिसहरूको लागि अन्तिम आश्रय स्थल बनेको छ ।”

कुवेतको विदेश मन्त्रालयले पनि राफाह नजिकै विस्थापित प्यालेस्टिनीहरूको शिविरमा इजरायली आक्रमणको निन्दा गर्दै यसले इजरायलको ‘स्पष्ट युद्ध अपराध र अभूतपूर्व नरसंहारलाई सम्पूर्ण विश्वमा उजागर गरेको’ बताएको छ ।खाडी मुलुक कुबेतले ‘अन्तर्राष्ट्रिय समुदायको तत्काल र दृढ हस्तक्षेप’ को लागि आह्वान गरेको छ ।

‘कुनै व्यक्ति पाँच वर्ष प्रधानमन्त्री हुनु नै राजनीतिक स्थायित्व हैन’ : रास्वपा प्रमुख सचेतक परियार

काठमाडौं, जेठ १४ गते । नेपालमा गणतन्त्रको शुरुआत भएको डेढ दशक बढी भैसकेको छ । संविधानसभाले २०६५ जेठ १५ गते दुई सय ४७ वर्षदेखिको राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गरी गणतन्त्र स्थापना गर्यो । मुलुकमा अझै पनि राजनीतिक स्थिरता कायम हुन सकेको छैन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको प्रमुख सचेतक परियारको बुझाइमा भने राजनीतिक स्थायित्व कुनै अमुक व्यक्ति पाँच वर्ष प्रधानमन्त्री हुनु र नहुनुसँग सरोकार हुँदैन । नीति, दर्शन एवम् राजनीतिक विचार र बुझाइमा स्थायित्व हुनु नै राजनीतिक स्थायित्व हो ।

नयाँ दलले पुराना दललाई प्रतिस्थापन गर्दै लग्नु प्राकृतिक स्वभाव भएको बताउँदै प्रमुख सचेतक परियार पछिल्लो समय सङ्घीय संसदमा देखिएको गतिविधिलाई पुराना दलले नयाँ दलका लागि छोड्न नमान्दा देखिएको घर्षणको रुपमा चित्रण गर्नुहुन्छ । उहाँ स्वयं राजनीतिक दलहरुमा नै संविधानमा भएको व्यवस्थाप्रति स्वामित्व र सम्मानको आवश्यकता समेत औंल्याउनुभएको छ । राजनीतिक परिवर्तनले जबसम्म सामान्य नागरिकको दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्दैन, तबसम्म राजनीतिक परिवर्तन दिगो र संस्थागत नहुने उहाँको धारणा छ । गणतन्त्रको डेढ दशकमा राजनीतिक व्यवस्था परिवर्तनको उपलसब्धलाई महसुस गराउन सामाजिक जड्ताहरु चिर्दै अघि बढ्नुपर्नेमा उहाँको जोड छ । प्रस्तुत छ, १७ औँ गणतन्त्र दिवसका सन्दर्भमा रास्वपाका प्रमुख सचेतक परियारसँग राष्ट्रिय समाचार समिति(रासस) का समाचारदाता सृजना राईले लिएको अन्तर्वार्ताको सम्पादित अंश ।

मुलुकमा गणतन्त्र स्थापना भएको डेढ दशकको अवधिलाई उपलब्धिका हिसाबले तपाईले कसरी लिनुभएको छ ?

नेपाली समाजको लामो सङ्घर्ष, राजनीतिक पार्टीहरुले समाज रुपान्तरण गर्नका लागि जुन किसिमका सङ्घर्षहरु गरे, त्यसको हामीले गणतन्त्र नेपाल पाएका छौँ । समाज परिवर्तन निरन्तर प्रक्रिया हो । गणतन्त्र हामीले अझ अगाडि पाएको भए अझै फराकिलो हुन्थ्यौँ होला । यद्यपि हामी जतिबेला गणतन्त्र पायौँ र व्यवस्था परिवर्तन गर्यौँ त्यस पछाडि अब नेपाली समाजमा रुपान्तरणको राम्रो ढोका खुलेको छ भन्ने मेरो विश्वास हो । तुलनात्मक रुपले एउटा राम्रो ठाउँमा आइपुगेका छौँ, यो हामीले प्राप्त गरेको राजनीतिक उपलब्धि हो । यसलाई हामीले अझ फराकिलो बनाउँदै लैजानुपर्छ ।

गणतन्त्रप्रति जनताको अपेक्षा र चाहना कति हदसम्म पूरा भएको छ ? के जनताले परिकल्पना गरेको गणतन्त्र यही हो ?

समाज झट्ट एकैचोटी बन्दैन । परिणात्मक र गुणात्मक रुपमा हुन्छ, गणतन्त्रको स्थापनापछि पछिल्लो समय परिणाममा धेरै कुराहरु पाएका छौँ तर त्यसलाई गुणात्मक बनाउन सकिरहेका छैनौँ, त्यसका लागि समय लाग्छ । हो, कतिपयले गणतन्त्र आएपछि हिजो र आज के फरक छ र ! भनिरहेका छन् । तर म भन्छु, त्यो बहसको विषय हैन । अवधारणागत रुपमा हामीले धेरै ठूलो परिवर्तन गरेका छाँै । आज एउटा सामान्य नागरिक देशको कार्यकारी प्रमुख, संवैधानिक प्रमुख, राष्ट्रप्रमुख हुने ठाउँमा पुग्नु सानो उपलब्धि हैन । आम जनतासँग जोडिएका शिक्षा, स्वास्थ्य, आवासलगायत क्षेत्रमा धेरै उपलब्धि भएको छ र यसलाई अझै बढाउँदै लैजानुपर्छ । जनताको अपेक्षाअनुसार काम गर्न सकेका भने छैनौँ । जति हुनुपर्ने हो त्यति काम भएको छैन । त्यसको जिम्मेवारी राजनीतिक पार्टीले लिनुपर्छ । तर मुख्य कुरा टुंगिदै गएपछि अरु काम स्वतः हुदै जान्छ भन्ने मेरो बुझाइ हो ।

अहिलेको अभ्यासमा कहाँ सुधारको आवश्यक देख्नुहुन्छ ?

धेरै कुरा पुगेको छैन । हामीलाई हाम्रो समाज रुपान्तरण गर्ने ज्ञानको अभाव छ । भएका ज्ञानहरुको व्यावहारिक कार्यान्वयन गर्ने क्षमताको पनि अभाव छ । मुख्य रुपमा राजनीतिक दलहरु र दलका पनि विशेष नेताहरुमा गाम्भीरर्यता कम देख्छु । समाजको जड्ता तोडन सकेनौँ । हामीले ठूलाठूला क्रान्ति गर्यौँ तर समाजको जडताका अगाडि त्यसले पनि घुँडा टेक्ने रहेछ । जस्तो पितृसतात्मक व्यवस्था, जात व्यवस्था, धर्मले निर्माण गरेको संस्कृतिलगायतका जडताहरुमाथि काम गर्न सकेनौँ र यसलाई चिर्न सकेनौँ भने हामीले धेरै ठूलो परिवर्तन गर्दा पनि फरकपन कम महसुस हुने रहेछ । हामीले राजनीतिक रुपमा त परिवर्तन ल्यायौँ तर सामाजिक जडता कायम हुँदा फरक महसुस गर्न नसकेको अवस्था पनि हो ।

जनताको बलिदानको बलमा प्राप्त गणतन्त्रलाई संस्थागत गरी आम जनताको जीवनमा गुणस्तरीय परिवर्तन ल्याउन सरकारको आधारभूत कार्यभार के के हुनुपर्छ ?

मलाई अहिले खड्केको कुरा के हो भने अहिलेको संविधानमाथि राजनीतिक दलको विश्वास कतिको बलियो छ ? संविधानमाथि जुन घनत्वको विश्वास हुनुपर्दथ्यो, त्यो भएन । यदि यसमा धेरै विश्वास भएको भए कार्यान्वयनमा मात्र ध्यान केन्द्रित गर्दथ्यौँ होला । सामान्य मान्छेको जीवन र समाजमा व्यावहारिक रुपमा देखिने गरी कार्यान्वयन गर्दथ्यौँ होला । अहिले संविधान संशोधनको आवाज पनि उठिरहेको छ । यो संविधान सानो मिहेनतले बनेको हैन । यसको अपनत्व र स्वामित्व स्वयं राजनीतिक पार्टीले लिइहरेका छैनन् । देश कानून, विधि र विधानमा विश्वास गरेर बन्ने हो । तर मैले देखेको डरलाग्दो कुरा, राजनीतिक पार्टीहरुमा नै संविधानमा भएको व्यवस्थाप्रति स्वामित्व र सम्मान देखिदैन । यसको फाइदा केही स्वार्थ समूहले लिइरहेका छन् ।

कतिपय एक वर्षमा बनाइनुपर्ने कानुन १७ वर्षसम्म पनि बनेनन्, यसका कारण विधायकको कार्यसम्पादन कमजोर भयो भन्ने आरोप छ नि ?

हो, यसमा दुईमत छैन । हिजो बहुदलीय व्यवस्थाको संसद र गणतन्त्र नेपालको संसद तात्विकरुपले धेरै फरक देखिएको छैन । हामीले कागजी रुपमा जे जे परिवर्तन गर्यौ त्यसले व्यवहारमा परिर्वतन गरेन । संविधानलाई ‘सोसल कन्ट्रयाक्ट’ मान्ने हो भने त्यो अनुसारको परिवर्तन आउनुपर्ने थियो । पार्टीहरु त्यही छन्, उही नेता छन् । पञ्चायतदेखि लडिरहनुभएका नेताहरु हुनुहुन्छ । सारा कुरा परिवर्तन गर्ने तर आफनो पार्टी र स्वयं नेताको जीवनमा परिवर्तन आएन । नत्र संविधान निर्माण भएको दिनदेखि कानून निर्माणको हतारो हुनुपर्ने, त्यो हतारो कसैलाई छैन । संविधान कार्यान्वयन पहिलो आवश्यकता हो । संशोधनका कुरा पनि उठिरहेको छ, कार्यान्वयनपछि त्यसलाई अझ अग्रगमन, अझ प्रगतिशीलमा लैजान संशोधन आवश्यक छ । संशोधन संविधानको जीवनसँग जोडिएको छ । तर निर्वाचन प्रणाली महङ्गो भयो भनेर समानुपातिक सकेसम्म हटाउने नभए सङ्ख्या घटाउने कुरा भैरहेको छ । अहिलेको ‘डिस्र्काेस’ फरक तरिकाले आयो ।

गणतन्त्र दिवस मनाइरहँदा कतिपयले यसको विकल्पमा अनेकन विषय उठाइरहेका छन् । के राजनीतिक प्रणाली फेर्न आवश्यक छ ? यो व्यवस्थाभन्दा उपयुक्त विकल्प सम्भव छ ?

राजनीतिक प्रणालीका विभिन्न उन्नत व्यवस्था छन् । यो भन्दा उन्नत व्यवस्थामा जान सक्छौँ । महिलालाई राष्ट्रपति, प्रधानमन्त्री बनाउन सक्छौँ, दलितलाई सभामुख बनाउन सक्छौँ । त्यो खालको व्यवस्थामा जान सक्छौँ, त्यो सम्भव पनि र जानुपर्छ । संसद र मन्त्रिपरिषद्मा सबै अनुहार देखिनुपर्यो । महिला, पहाड तराईका दलित, मधेशी देखिनुपर्यो । यो भन्दा उन्नत व्यवस्थामा जानका लागि राजनीतिक पार्टीका रुपमा व्यक्तिगत रुपमा गर्न आवश्यक जे छ गर्न तयार छौँ तर फेरि त्यही ढुङ्गे युगका कुरा गरेर बस्ने बेला चाहीँ छैन ।

नेपाली राजनीतिमा नयाँ वैकल्पिक शक्तिको अपेक्षा थियो । वैकल्पिक शक्ति, नयाँ दलका रुपमा आएको रास्वपा अहिले सरकारमा छ, के जनअपेक्षाअनुसार काम गर्न सकिएको छ ?

आजकै दिनमा रास्वपाले अपेक्षाकृत रुपमा काम गर्न सक्दैन किनभने हाम्रो शक्ति सिमित छ । मूलभूत रुपमा पुराना दललाई नयाँ दलले प्रतिस्थापन नगरेसम्म हामीले अपेक्षाअनुसार गर्न सक्दैनौँ । धेरै कुरा गर्ने भनिरहँदा सरकार जहिले नियन्त्रणमा हुन्छ, संविधानले सरकारलाई नियन्त्रण गर्ने हो । त्यो सिमितताभित्र रास्वपाले काम गर्ने हो र रास्वपाले गर्न खोजी नै रहेको छ । आगामी २०८४ को निर्वाचनपछि कमसेकम रास्वपाले एक्लै सरकार चलाउन सक्ने भयो भने अनि मात्र अपेक्षाकृत रुपमा परिवर्तन गर्न सकिन्छ । अन्य दलले नगरेका जनताका पक्षमा नभएका परिवर्तन त्यसबेला पूर्ण रुपमा सम्भव हुन्छ ।

हामी उल्टो बाटोमा छौँ जस्तो पनि लाग्छ । सदनमा सङ्ख्या महत्वपूर्ण हो । तर त्यो संख्या काम गर्नलाई हैन, नगर्नलाई बढी प्रयोग हुदो रहेछ । जस्तो संविधानले व्यवस्था गरेको कानून निर्माण गर्न संसदको सङ्ख्याले रोक्छ र ? सङ्ख्या त्यहाँ आवश्यकताको कुरा हैन । तर हामीले लोकतन्त्रलाई नितान्त प्राविधिक रुपमा सङ्ख्यामा लग्दारहेछौँ । सङ्ख्यामा लगेर काम गर्न भन्दा नगर्नमा लग्ने अभ्यास गरिरहेका छौँ । अरुलाई काम गर्न नदिनु पनि राजनीति हुँदो रहेछ । कतिपय नेताहरुको बुझाई उहाँहरुले नै गर्ने हो भन्ने छ, जुन आफैँमा लोकतान्त्रिक छैन । तपाई हामी सबै मिलेर नै देश बन्ने हो । उहाँहरुलाई म नै हुँ मैले नै पार लगाउने भन्ने बुझाइ छ । त्यसले गर्दा काम गर्न नसकिएको अवस्था पनि हो ।

रास्वपाले वैकल्पिक शक्तिका रुपमा आफूलाई कसरी उभ्याउन सक्छ ?

प्राकृतिकरुपमा पुरानालाई नयाँले प्रतिस्थापन गर्ने नै हो । स्वभाविकरुपमा पुरानाले नछोड्दा त्यहाँ घर्षण हुन्छ । अहिले सदनमा किन यस्तो भैरहेको छ भने एउटै व्यक्तिले पाँचौँ-छैटौ पटक प्रधानमन्त्री हुने अवसर कुरेर बसिरहनुभएको छ, यसले घर्षण हुने स्वभाविक भयो नि ! अहिले सतहमा जे देखिए पनि मूल कुरा नयाँले पुरानालाई प्रतिस्थापन गर्न स्वभाविक रुपमा घर्षण हो भन्ने मेरो व्यक्तिगत विश्लेषण हो ।

यता, वैकल्पिक दलहरु आउने सम्भावना नै कम भएको समयमा रास्वपाले पाएको विश्वास भविष्यमा फेरि दोहोरिएला वा नहोला थाहा छैन । तर अहिले विशेष गरी पार्टीभित्र र स्वयं व्यक्तिगतरुपमा अलि बढी वैचारिक ढङ्गले, संगठनका रुपमा विकास गरेर विचारमा स्पष्टता ल्याएर र निरन्तर पार्टीको गतिशीलताले राम्रो पार्टी नाउन सकिन्छ भन्ने लागेको छ र बन्नुपर्छ ।

तर, रास्वपा पनि पुराना दल हिँडेकै बाटोमा गैसक्यो भन्ने आँकलन हुन थालेको छ नि ? भन्न पाइयो । सदनमा हामी सबै उस्तै देखिन्छौँ । अलिकति मसिनो र गहिरोसँग हेर्यो भने हामी फरक छौँ । मुलुकमा राजनीतिक स्थायित्वका लागि तपाईको दलको आगामी कार्ययोजना के छ नि ?

दुई तिहाईको बहुमतको अवस्थामा समेत स्थिरता देखिएन । त्यसैले राजनीतिक पार्टीहरुले राजनीतिक स्थरताको गफ गर्न मिल्दैन जस्तो लाग्छ । राजनीतिक व्यवस्थाप्रतिको आस्था, विश्वास, हाम्रो समाजको बुझाइ र गर्नुपर्ने कामको प्राथमिकता भयो भने स्थायित्व हुन्छ । स्थायित्व नीति, दर्शन र राजनीतिक विचार एवं बुझाइमा हुनु पर्यो । कुनै अमुक व्यक्ति पाँच वर्ष प्रधानमन्त्री हुनु स्थायित्व हैन । हाम्रो व्यवस्थाअनुरुपको ज्ञान र कार्यान्वयनको क्षमता पनि यसका लागि अत्यावश्यक छ ।

राजनीतिक व्यवस्था परिवर्तनका संवाहक मानिने ठूला र पुराना दलबीचमा किन हार्दिकता बढ्न सकेन भन्ने लाग्छ ?

खासखास कुरामा उहाँहरुको हार्दिकता छ । सरकार बनाउने र सत्ता बाँडने कुरामा हार्दिकता छ । तर जब न्याय सम्पादन र जनताका पक्षमा काम गर्नुपर्छ त्यतिबेला हार्दिकता छैन । एकै खालको राजनीतिक अभ्यास छ, एकै खालका व्यक्तिहरु शीर्ष दलका नेता हुनुहुन्छ । सदनमा सहकार्य गरेर विधि विधान बनाएर देश रुपान्तरण गर्नुपर्ने त्यहाँ हार्दिकता छैन, त्यहाँ द्वन्द्व छ । प्रतिस्पर्धा र सहकार्यको बाटो उल्टो छ । निर्वाचनको समयमा जहाँ विचारको द्वन्द्व र प्रतिस्पर्धा हुनुपर्ने हो, त्यहाँ हार्दिकता छ ।

गणतन्त्र स्थापनापछि पनि देशभित्र विश्वासको वातावरण निर्माण हुन नसकेको हो ? विभिन्न कारणले विदेश पलायन हुनेको सङ्ख्या बढ्दो छ, तपाईको सन्देश के ?

हाम्रा धेरै कुरा परम्परागत भैसकेका छन्, त्यसलाई पुनः परिभाषित गर्नुपर्छ । हामीले राष्ट्रभाव र राष्ट्रभक्तिलाई ढुङ्गा माटोको परिभाषाबाट सिकेर आयौँ । स्वभाविक रुपमा मान्छे सेवा सुविधा, उत्पादन र रोजगारी छैन भने देशभित्र बसिरहँदैन । नागरिकले सहज, सुविधायुक्त जीवनयापनको अवसरसँगै सुरक्षित महसुस हुनुपर्यो । न्यायको प्रत्याभूति, सामाजिक सुरक्षा र आर्थिक सुरक्षाको सुनिश्चित सरकारले दिनसक्नु पर्यो । तर केही पनि नगर्ने अनि नागरिक देशभित्र मात्र बसुन् भनेर कोही बस्नेवाला छैन ।

अन्त्यमा, गणतन्त्र दिवसका लागि तपाईको सन्देश के छ ?

गणतन्त्र भनेको नागरिकको स्वतन्त्रतासँग जोडिएको अवधारणा हो । हामीले आदर्शवादी, अलौकिक संसारलाई खारेज गरेर, मान्छेको स्वतन्त्रतालाई केन्द्रमा राखेर गणतन्त्रको अवधारणा आएको हो । गणतान्त्रिक नेपालमा छु भन्नुको अर्थ तपाई स्वतन्त्र हुनुहुन्छ । तपाईको इच्छा चाहना स्वतन्त्र छ, तपाईंको जीवनमा बन्देज र पर्खालहरु छैनन् भन्ने हो । आर्थिक स्वतन्त्रता महत्वपूर्ण हुन्छ । धार्मिक, सांस्कृतिक, सामाजिक, भाषिक, क्षेत्रगत पर्खालहरु छन्, त्यो सबै हटनुपर्छ । तर त्यो गरेका छैनौँ ।

हो राष्ट्रपति बनाएका छौँ तर यो गणतन्त्र एउटा महिला, गरिब, मधेशी, दलितको जीवनमा महसुस भएको छ त ?

तिनको जीवनमा त्यो स्वतन्त्रता आएको छैन भने त्यहाँ गणतन्त्र देखिदैन । त्यो स्वतन्त्रता बनाउने र सम्भावनाहरुलाई यथार्थ बनाएको दिन गणतन्त्रको महसुस गराउन सक्छौँ । हिजो एकात्मक शासन प्रणाली, राजा भएको अवस्थामा भएका राजनीतिक व्यवहारहरु र अहिलेको शासन प्रणालीमा जे गर्दैछौँ त्यो फरक हुनुपर्छ । सरकार सञ्चालन, संसदको अभ्यास र राष्ट्रपतिको सवारी लगायतका अभ्यासमा राणाकालदेखि चल्दै आएको ‘लिगेसी’लाई तोडन पाए हुन्थ्यो भन्ने पनि लाग्छ ।

वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये छको प्रगति न्यून, चारको शून्य

काठमाडौँ, १४ जेठः पन्ध्रौँ आवधिक योजनाले वन घनत्वसम्बन्धी निर्धारण गरेका ११ सूचकमध्ये छमा न्यून र चारमा शून्य प्रगति देखिएको छ । महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० मा ११ वटा सूचकमध्ये एउटामा मात्रै उल्लेख्य प्रगति देखिएको छ ।

प्रतिवेदनअनुसार जङ्गल घनत्वमा ९७ दशमलव ७२ प्रतिशत प्रगति देखिएको छ भने छ सूचकमा प्रगति सातदेखि ५० प्रतिशत प्रगति भएको छ । त्यसैगरी वैज्ञानिक वन व्यवस्थापन भएको क्षेत्रफल, दर्ता भएका निजी वन विकास, प्लाष्टिक पुनः प्रशोधन गरी तयारी वस्तु उत्पादन गर्ने उद्योग र बायो इन्जिनियरिङ गरेको क्षेत्रफल सूचकमा भने प्रगति शून्य देखिएको छ ।

आव २०७९/८० मा लिएको लक्ष्यमध्ये वृक्षारोपण गरिएको क्षेत्रफलको प्रगति दश दशमलव १२ प्रतिशत, विरुवा उत्पादन सात दशमलव शून्य तीन प्रतिशत, बस्ती तथा बजार बजार संरक्षण केन्द्र २६ दशमलव ६६ प्रतिशत, जलवायु परिवर्तन अनुकुलन योजना तयारी र कार्यान्वयन भएका स्थानीय तह ४० दशमलव १६ प्रतिशत पुगेको छ । वायुमा ‘सस्पेन्सन पार्टिकुलेट’को गाढापनको प्रगति ४९ दशमलव ९७ प्रतिशत छ ।

आव २०७९/८० को वार्षिक बजेट वक्तव्यमा उल्लेख भएका क्रियाकलापमध्ये तीन स्थानमा वायु गुणस्तर मापन केन्द्र स्थापना गर्ने लक्ष्य रहेकोमा कार्यान्वयन नभएको, एक हजार चार सय ४५ हेक्टरमा घाँसे मैदान निर्माण तथा व्यवस्थापन गर्ने लक्ष्य रहेकोमा एक हजार दुई सय हेक्टरमा भएको, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि २८ किलोमिटर मेसजालीसहित तारवार निर्माण गर्ने लक्ष्य रहेको थियो ।

ती लक्ष्य तालिका बमोजिम आवधिक योजनाले निर्धारण गरेका लक्ष्य हासिल हुने गरी प्रगति हुन नसकेको भन्दै लक्ष्यअनुसारको कार्यान्वयन हुने गरी कार्यक्रम सञ्चालन गर्न समेत प्रतिवेदनले आवश्यकता औँल्याएको छ ।

प्रतिवेदनअनुसार ताल, सिमसार र पोखरी संरक्षणमा एक सय नौ दशमलव ७४ र औसत रुख सङ्यामा ८१ दशमलव १३ प्रतिशत प्रगति हासिल भए पनि अन्य चार लक्ष्यको न्यून र एक लक्ष्यको शून्य प्रगति छ । निर्धारित लक्ष्य बमोजिमका कार्यहरू कार्यान्वयनमा प्रभावकारिता ल्याई दिगो विकास लक्ष्य हासिल गर्न मन्त्रालयले प्रदेश तथा स्थानीय तहसँग समन्वय गरी कार्यक्रम कार्यान्वयन र प्रभावकारी अनुगमन गर्नुपर्ने प्रतिवेदनको सुझाव छ ।

वनस्रोत उपयोग वन नीति २०७५ ले वन पैदावारमा आत्मनिर्भर भई मूल्य अभिवृद्धिसहित निर्यात प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ । वन क्षेत्रमा ढलापडर, सुखड खडा, हैसियत बिग्रिएका र बुढो तथा उमेर पुगेका रुख बढ्दो क्रममा छन् ।

आवश्यकतानुसार आन्तरिक उत्पादनबाट काठ उपलब्ध हुन नसकेका कारण आव २०७७/७८ मा रू दुई अर्ब २३ करोड, आव २०७८/७९ मा रु सात अर्ब ९९ करोड र आव २०७९/८० मा रु छ अर्ब ४० करोडको काठ र काठजन्य सामग्री आयात भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार काठको सदुपयोग नहुँदा यसबाट प्राप्त हुने आम्दानी गुमिरहेको र अर्बौ रकम बराबरको काठजन्य सामग्री आयात भएको देखिँदा ढलापडा, सुखड खड़ा रुखहरूको व्यवस्थापन गरी काठलगायतका वन पैदावारको उचित उपयोगद्वारा राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने व्यवस्था मिलाउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले प्रविधि हस्तान्तरण वनस्पति विभागले गरेको अध्ययन अनुसन्धानबाट हालसम्म १८ प्रकारका जडीबुटी एवं वानस्पतिक औषधीय गुण एवं त्यसको उपयोग सम्बन्धमा सूत्र (फर्मुला) विकास गरेको उल्लेख गरेको छ । यस्ता फर्मुलाहरूको पेटेन्ट लिन सोको संरक्षण गरी निजी तथा सार्वजनिक संस्थालाई हस्तान्तरण गरी राज्यले आर्थिक लाभ प्राप्त गर्नसक्ने अवसर देखिए तापनि यस सम्बन्धमा कानुनी व्यवस्था नरहेको प्रतिवेदनमा उल्लेख जनाइएको छ ।

प्रतिवेदनअनुसार ठूलो लगानी एवं लामो समयदेखिको निरन्तर प्रयासबाट प्राप्त नतिजाको उपयोग गरी अनुसन्धानात्मक कार्यका लागि थप उत्प्रेरणा प्रदान गर्न, दीर्घकालीन रूपमा लाभ लिन तथा प्रविधि हस्तान्तरण, नवप्रवर्तन एवं नयाँ खोजको व्यवसायीकरण गर्न आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने देखिन्छ । कूल ६५ जिल्लामा एक लाख ४ हजार हेक्टर वनक्षेत्र अतिक्रमण भएकोप्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार चुरे उत्थानशीत आयोक्साको ४२ प्रतिशत अवधि व्यतीत हुँदा एक दशमलव ३१ प्रतिशत र एकीकृत भूपरिधि व्यवस्थापन आयोजनाको अवधि ६० प्रतिशत समाप्त हुँदा नौ दशमलव दुई प्रतिशत मात्र खर्च भएको देखिन्छ । आयोजनाको समयावधिको तुलनामा खर्च न्यून हुँदा बायोक्सको समय र लागत बढ्दै जाने र प्रतिफल प्रासिमा ढिलाइ हुने अवस्था देखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत हुन एक सय ३६ दिनदेखि एक हजार दुई ४५ दिनसम्म लागेको देखिएको उल्लेख छ । सोमध्ये प्रमाण सङ्कलन गर्न दुई सय ३८, परिमार्जनका लागि प्रस्ताव फिर्ता पठाएकोमा मन्त्रालयमा पुनः पेस हुन एक हजार १० र सचिवबाट सिफारिस हुन औसतमा दुई सय ६७ दिनसम्म लागेको प्रतिवेदनमा उल्लेख छ ।

मन्त्रालयमा स्वीकृतिका लागि पेस भएका प्रतिवेदन अध्यायन गर्दा वातावरणीय प्रभाव मूल्याङ्कनका लागि कागजातको पूर्णता बेगर सिफारिस हुने, परिमार्जनका लागि पठाएकोमा ढिला गरी स्वीकृत हुने प्रतिवेदनमा उल्लेख छ ।

वन तथा वातावरण मन्त्रालय परिमार्जन प्रतिवेदन प्राप्त हुने, आयोजना प्रभावित स्थानीय तहमा गरिने सार्वजनिक सुनुवाइ कार्यक्रमवाट प्राप्त राय सुझाव प्रतिवेदनमा संलग्न नगरी पेस हुने, आयोजनाले अति भएका वन क्षेत्र रुख कटान गर्नुपर्ने सङ्ख्या यकिन नगरी पेस गर्नेलगायतका कारणले प्रतिवेदन स्वीकृत गर्न बढी समय लाग्ने गरेको समेत प्रतिवेदनमा उल्लेख छ ।

आधारभूत तहमा महिला शिक्षकको संख्या पुरूषको भन्दा बढी

नेपालमा महिला शिक्षकको संख्या बढ्दै गएको देखिएको छ।अर्थमन्त्री वर्षमान पुनले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणले उक्त तथ्य औंल्याएको हो।शैक्षिक सत्र २०८० मा आधारभूत तह कक्षा (१, ५) मा महिला शिक्षकको संख्या ५४. १ प्रतिशत पुगेको छ । शैक्षिक सत्र ०७९ मा यो संख्या ४७.२ प्रतिशत थियो।

एक वर्षको अवधिमा महिला शिक्षकको संख्यामा ७ प्रतिशतको वृद्धि भएको देखिएको छ।
यद्यपि माध्यामिक तह (कक्षा (९ १२) मा भने महिला शिक्षकको संख्या कम छ । सो तहमा १९ प्रतिशत मात्र महिला शिक्षक रहेको तथ्यांकले देखाएको छ।

बागमतीमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएको छ । आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उक्त नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।

यसअघि प्रदेशसभामा प्रदेश सरकारका आन्तरिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकतामाथि छलफलपश्चात् पारित भएको थियो । आज
प्रदेशको समग्र विकास तथा आर्थिक क्षेत्रको मेरुदण्डको रुपमा रहेको कृषि, पर्यटन, शिक्षा र रोजगारीलाई उच्च प्राथमिकतामा राखेर आगामी आवको नीति तथा कार्यक्रम ल्याउन लागिएको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए ।

सरकारले लगानीको मोडल तय गर्ने र लगानी बोर्ड निर्माण गरेर अघि बढ्ने तयारी रहेको उनको भनाइ छ । सरकारले निर्माण गरेका नीति तथा कार्यक्रम अनुसार नयाँ ढङ्गका कार्यक्रम ल्याउने तयारीमा प्रदेश सरकार रहेको छ ।

हरिवन नगरपालिका मधेस प्रदेशमा जन स्वास्थ्यका क्षेत्रमा उत्कृष्ट

काठमाडौँ, १४ जेठ : हरिवन नगरपालिका मधेस प्रदेशमा जन स्वास्थ्यका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने पालिकाका रुपमा सम्मानित भएको छ । नगरपालिकाले जनस्वास्थ्यका क्षेत्रमा गरेको योगदानका आधारमा मधेस प्रदेशमै राम्रो कार्य गर्ने पालिकाका रुपमा सम्मानित हो ।

नगरपालिका प्रमुख रमेश बुढाथोकीका अनुसार नगरपालिकाले जनस्वास्थका क्षेत्रमा थप कार्य गर्न त्यस सम्बन्धित नीति बनाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ । सोही क्रममा हरिवन स्थायी घर भई काठमाडौँमा विभिन्न पेसा व्यवसायमा संलग्न व्यक्तिसँग के कस्तो जनस्वास्थ्य नीति अवलम्बन गर्ने भन्नेबारे छलफल गरी राय परामर्श लिइएको छ । भविष्यमा नगरपालिकाको नेतृत्वमा जुनसुकै राजनीतिक दल र व्यक्ति पुगे पनि तर्जुमा गरिएका नीतिका आधारमा कार्यक्रम अघि बढाउने भएकाले पालिकाले जनस्वास्थ्य नीति निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको प्रमुख बुढाथोकीले बताउनुभयो ।

पूर्वपश्चिम–राजमार्ग हरिवन नगरपािलकाको बीच भाग भएर जाने भएकाले यातायात मात्र नभई तरकारी र फलफूल उत्पादन तथा हावापानी दृष्टिले अनुकूल नै मानिन्छ । हरिवन नगरपालिको जनसङ्ख्या करिब ५२ हजारको हाराहारीमा रहेको तथ्याङ्क छ । नगरपालिकाले जनस्वास्थ्य नीतिमा सबै मतदाताको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहोस् भन्ने हेतुले सार्वजनिक सुनुवाइ र छलफलका माध्यमबाट सुझाव सङ्कलन गर्दैआएको छ ।

सोही क्रममा नगरपालिकाले चिकित्सक, महिला स्वयमंसेविका, महिला सङ्गठन, मजदुर, किसान, राजनीतिक पार्टीका प्रतिनिधि, विद्यार्थी, विभिन्न सङ्गठनका प्रतिनिधि, कर्मचारी, शिक्षक र पूर्वजनप्रतिनिधिसँग छलफल गरेको छ । पालिकाले सबैबाट प्राप्त सुझावलाई निष्कर्षमा पु¥याउन पूर्व स्वास्थ्य राज्यमन्त्री डा भरत प्रधानसहितका विशेषज्ञ चिकित्सकसँग समेत छलफल गरी नीति नगर परिषद्बाट पारित गरी लागू गर्ने योजना बनाएको छ ।

मुलुकमा सङ्घीय सरकार, कोशी र लुम्बिनी प्रदेश तथा कर्णालीका केही पालिकाले पनि स्वास्थ्य नीति बनाई कार्यान्वयनमा ल्याएको छ । स्वास्थ्य नीति निर्माणमा धेरैभन्दा धेरैको सहभागिता भए नीति दीर्घजीवी हुने र विषयवस्तु समेटिन सक्छ भन्ने पालिका प्रमुखको ध्येय छ । हरिवनमा दनुवार, थामी, मुस्लिम, तामाङ, मधेसीलगायत अरु समुदायको बसोबास पनि सघनरुपमा रहिआएको छ । नगरपालिकाको जनस्वास्थ्य नीति बनाउन फेक्ट नेपाल र सिविन नेपाल नामक गैरसरकारी संस्थाले पनि सहयोग पु¥याइरहेका छन् ।

आफ्नो जन्मथलो र कर्म थलो सम्झिएर उहाँहरुले सामान्य सहयोगले पनि हरिवनको विकास र सामाजिक परिवर्तनमा ठूलो फड्को हुने नगर प्रमुख बुढाथोकी बताउनुहुन्छ । राज्यले तोकेको ९८ प्रकारका औषधि निःशुल्करुपमा स्थानीय तहले उपलब्ध गराउनुपर्छ भन्ने नीतिलाई पूर्ण कार्यान्वयन गर्न पालिकाले समयमै खरिद गरी ती सबै थरी औषधिको पर्याप्त जोह गरेको छ ।

नगरपालिकाले आफ्नो कार्य जिम्मेवारीको क्षेत्रभित्र विभिन्न रोगसँग सम्बन्धित १० जनाभन्दा बढी विशेषज्ञ चिकित्सकमार्फत बिरामीलाई परीक्षण गर्ने व्यवस्था गर्दै आएको छ । नगरपालिकाले गुणस्तरीय ल्याब सेवा, भिडियो एक्सरे, महिलाको पाठेघरको क्यान्सर परीक्षण र सेक्ने उपकरणसमेतको व्यवस्था गरेको छ । पालिकास्तरको १५ श्ययाको अस्पताल निर्माण अन्तिम चरणमा छ । डटस् कार्यक्रममार्फत मुलुकभर क्षयरोगको व्यवस्थित र प्रभावकारी उपचार गर्ने पालिकाका रुपमा हरिवन सम्मानित भइसकेको छ ।

पालिकाले गत वर्ष मानसिक स्थास्थ्य परीक्षण सम्बन्धित तीन दिने स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । यस पटक यही जेठ १८, १९ र २० गते बृहत् स्वास्थ्य शिविर गर्ने तयारी छ । मनोविद् पद्मप्रसाद घिमिरे भन्नुहुन्छ, “स्वास्थ्य भनेको उपचार मात्र नभई वातावरण र परिस्थितिसँग पनि जोडिन्छ, प्रभावकारी उपचारका लागि गुणस्तरीय औषधि, विश्वासिलो चिकित्सा सेवा र गुणस्तरीय औषधि सम्बन्धित विषयसमेत पर्छ ।”

मुलुकमा बेरोजगारी तगातका कारण लागुऔषधि प्रयोगकर्ता युवाको सङ्ख्या बढेकाले त्यसबाट उनीहरुलाई मुक्त गराउने र पुनःस्थापना गर्ने कार्यमा पालिकाले ध्यान पु¥याउनुपर्नेमा जोड दिँदै उहाँले उनीहरुलाई सुबाटोमा हिँडाउन युवालाई लक्षित गरी सिर्जनशील परामर्श र तालिम प्रदान गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पालिकाले मानसिक रोगको उपचारमा संलग्न केही नर्सलाई थप तालिमका लागि काठमाडौँका विभिन्न अस्पतालमा पठाएको छ । क्यान्सरलगायतका दीर्घरोगीलाई विभिन्न स्वास्थ्य संस्थामार्फत घरमै पुगेर उपचार गराउन पालिकाले कोसिस गरिरहेको छ । नगरपालिका–८ का वडाध्यक्ष प्रज्ज्वल ढुङ्गानाले सक्षम निजामती प्रशासन ः विकास, समृद्धि र सुशासनको नारालाई पनि सँगै कार्यान्वयमा जोड दिँदैआएको बताउनुभयो ।

गणतन्त्रको उपज : स्थानीय सरकार – गाउँघरको सिंहदरबार

काठमाडौँ, १४ जेठ : संविधानसभाद्वारा २०७२ सालमा जारी भएको वर्तमान नेपालको संविधानले मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीमा रुपान्तरित गरेको छ । मुलुकमा तीन तहका सरकार गठन भएका छन् । यस अनुसार ७५३ वटा स्थानीय तहले घरआँगनमा सिंहदरबार आएको अनुभूति दिलाएका छन् । यस सन्दर्भमा विगत सात÷आठ वर्षमा स्थानीय सरकारहरुबाट तुलनात्मकरुपमा प्रशंसनीय काम भएको छ ।

नेपालको संविधानको अनुसूची ८ र ९ बाट स्थानीय सरकारले २२ वटा एकल र १५ वटा साझा अधिकार हासिल गरेका छन् । यस अतिरिक्त, संविधानका अन्य विभिन्न प्रावधान र अन्य कैयौँ कानुनद्वारा स्थानीय सरकारहरु आम जनतामा आवश्यक सेवा सुविधा प्रदान गर्न तथा विकास निर्माणको काम गर्न सक्षम भएका छन् । यसरी, सङ्घीयताको माध्यमद्वारा आफूलाई प्राप्त अवसरलाई स्थानीय सरकारले निकै सुझबुझका साथ कार्यान्वयनमा ल्याएका छन् ।

मुलुकमा स्थापित सात सय ५३ वटा स्थानीय सरकार मातहत छ हजार सात सय ४३ वटा वडा कार्यालय रहेका छन् । यी वडा कार्यालयले बिहान, बेलुकी र सार्वजनिक बिदाको दिनसमेत नभनी अविरलरुपमा आमजनतामा प्रवाह गरेका सेवाहरु अतुलनीय छन् । यसरी वडा कार्यालयमार्फत स्थानीय सरकारहरुले आम जनतालाई घरदैलोमै सेवा प्रवाह गर्न सफल भएका छन् । सामान्यतः वडा कार्यालयका सेवाहरु सरल, सुलभ, छिटो र भरपर्दो पाइएको छ । यी सेवाहरु जनमुखी, सेवाग्राहीमैत्री, कम खर्चिलो र कम झन्झटिलो बोध भएका छन् ।

स्थानीय सरकारहरुले आफूलाई जवाफदेही र उत्तरदायी तुल्याउन चार÷चार महिनामा सार्वजनिक सुनुवाइ गरिआएका छन् । यसैगरी, यी सरकारहरुले आफूले सम्पादन गरेको कामबाट आम जनतामा के कस्तो प्रभाव परेका छ भनी जान्न वर्षमा एक पटक सामाजिक परीक्षण गर्ने गरेका छन् । यस अतिरिक्त, कुनै पनि स्थानीय सरकाबाट नयाँ आयोजनाको आरम्भ गर्दा र सो आयोजना सम्पन्न हँुदा तत्स्थानमा लाभग्राही जनतालाई भेला गराई सामाजिक परीक्षण गर्ने गरेका छन् ।

यसैगरी, नगरपालिका र गाउँपालिकाले रु पाँच हजारको क्षतिपूर्तिसहितको नागरिक वडापत्रको व्यवस्था गरेका छन् । आम जनताको गुनासो सुन्न र समाधान गर्न गुनासो सुन्ने अधिकारी तोकेका छन् । साथै, आम जनतामा सूचना प्रवाह गर्न सूचना अधिकारी तोकेका छन् । प्रायः सबै पालिकाले लैङ्गिक उत्तरदायी बजेटको अवधारणालाई आत्मसात् गरेका छन् । यिनले प्रत्येक महिनाको ७ गतेभित्र आफ्नो आम्दानी र खर्च सार्वजनिक गर्न थालेका छन् । स्थानीय तहको स्वमूल्याङ्कन गर्ने लिजा र वित्तीय जोखिम कम गर्ने एफआरएजस्ता मूल्याङ्कनको विधिमा आफूलाई अब्बल तुल्याउन पालिकाहरु सकारात्मक प्रतिप्रधामा उद्धत्त रहनु खुसीको कुरा हो ।

हालका दिनमा अधिकांश स्थानीय सरकारहरुले अनलाइन सेवा प्रवाह गरिआएका छन् । यिनीहरुले पालिकाको कार्यालय र वडा कार्यालयमा प्रविधिमैत्री, सिसीटिभी, विद्युतीय हाजिरी, स्क्रिन सूचनापाटी, सिसी क्यामरा र विद्युतीय हाजिर जडान गरेका छन् । अधिकांश पालिकाले डिजिटल बडापत्र, डिजिटल सूचना पाटी र आकर्षक सेवाग्राही सहायता कक्ष सञ्चालनमा ल्याएका छन् । प्रायः सबै पालिकामा सिंहदरबाको अनुभूति दिन सुविधा सम्पन्न बहुतल्ले पालिका भवन निर्माण गरेका छन् । प्रायः सबै वडामा वडा कार्यालय भवन निर्माण भैरहेको छ । पालिकाहरुले वडागतरुपमा घुम्ती सेवा सञ्चालन गरी आम जनतामा सेवा पु¥याएका छन् ।

नेपालका स्थानीय सरकारहरुले नगर प्रहरीको माध्यमद्वारा कैयौँ अव्यवस्थाउपर धावा बोलेका छन् । उनीहरुले बैक, वित्तीय संस्था र सहकारीका माध्यमद्वारा आम जनतामा बचत गर्ने बानीको विकास गर्नु साथै थुप्रै उद्यमशील योजनाहरु सञ्चालनमा ल्याएका छन् । यिनीहरुले काम गर्ने र सोको बजारीकरण गर्ने विषयलाई प्राथमिकतामा राखेका छन् । विस्तारै स्थानीय सरकारहरु आन्तरिक राजस्व वृद्धि गर्न करका क्षेत्रहरुको पहिचानमा तल्लीन छन् ।

प्रायः सबै पालिकाहरुले दीर्घकालीन सोच, पाँच वर्षे आवधिक योजना, तीन वर्षे खर्च संरचनाको माध्यमद्वारा बर्सेनि नीति तथा कार्यक्रम र बजेट जारी गरिरहेका छन् । नगरपालिका र गाउँपालिकाहरु आम जनताको दैनिक उपभोग्य वस्तु र सेवा सहजरुपमा उपलब्ध गराउन बजार अनुगमनमा खटिन थालेका छन् । यिनीहरु बेरोजगारलाई रोजगारी दिन र भाषा, संस्कृति, कलाको संरक्षणमा पनि संवेदनशील भएका छन् । यिनले पालिकाको सौन्दयीकरण, दैवी विपद् व्यवस्थापन, फोहर व्यवस्थालगायतका क्षेत्रमा आफनो क्रियाशीलता प्रदर्शन गरेका छन् । यस्ता काममा स्थानीय तहलाई सङ्घीय र प्रदेश सरकार एवं आम जनताको सहयोग र साथ चाहिन्छ ।

पछिल्ला दिनमा पालिकाहरुले ‘एक गाउँ एक उत्पादन’ अभियान आरम्भ गरेका छन् । उनीहरुले कृषि क्षेत्रलाई यान्त्रिकीकरणमा रुपान्तरित गर्न रिपर, पावर टिलर, मिनी ट्र्याक्टर, हार्भेष्टरजस्ता कृषि उपकरणमा अनुदान दिन थालेका छन् । उनीहरुले कृषिको सम्भाव्यता अध्ययनका लागि माटो परीक्षण गर्ने, पशुपालनको विकासका लागि सुत्केरी गाई भैँसीलाई भत्ता दिने, कृत्रिम गर्भाधान गराउने, नश्ल सुधार गर्ने, साइलेस प्रविधि भित्र्याउने तथा कृषि उत्पादनको समर्थन मूल्य तोक्नेजस्ता सत्कार्य गरिआएका छन् । मूलतः यिनीहरुले कृषि र पशु बिमालाई जोड दिएका छन् । कृषि उत्पादन वृद्धिको योजना लागू गरेका छन् ।

स्थानीय सरकारहरुले शिक्षाको गुणस्तर सुधार गर्ने, यसका लागि प्रधानाध्यापकसँग कार्यसम्पादन करार गर्ने, स्थानीय पाठ्यक्रम लागू गर्ने, प्राविधिक शिक्षा, इ–लाइब्रेरी र विज्ञानको प्रयोगशाला स्थापना गर्ने, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेजस्ता राम्रा काम गरिरहेका छन् । यसैगरी, स्वास्थ्य सेवातर्फ पालिकाहरुले अस्पताल नै सञ्चालन गरेका छन् । आम नागरिकलाई ब्लड बैंकको सेवा, डायलासिस सेवा, विद्यार्थीको बर्सेनि स्वास्थ्य परीक्षण, चौबिसैँ घण्टा स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएका छन् ।

यसैगरी वडागत रुपमा खोप सेवा, सुनौला हजार दिनको कार्यक्रम सञ्चालन गर्ने, पोषण शिक्षा, चौबिसँै घण्टा आकस्मिक सेवा प्रवाह, निःशुल्क औषधि वितरण, स्वास्थ्य शिविर सञ्चालनलगायतका काम गरिरहेका छन् ।

स्थानीय सरकारहरुको गठनसँगै लक्षितवर्गको सेवा सुविधामा बढोत्तरी भएको छ । यिनीहरुले ज्येष्ठ नागरिकलाई मल्टी भिटामिन वितरण गर्ने, लौरो दिने, टर्च लाइट दिने, मोतियाविन्दुको शल्यक्रिय गर्ने, धार्मिक पर्यटनमा लैजाने, दिवा सेवा केन्द्र स्थापन गर्ने, मनोरञ्जनका साधन उपलब्ध गराउनेलगायतका सेवा प्रवाह गरेका छन् । यसबाट ज्येष्ठ नागरिकहरु खुसी भएका छन् ।

यसैगरी, अपाङ्गता भएका व्यक्तिलाई ह्विलचियर उपलब्ध गराउने, विशेष भत्ता दिने, ब्रेललिपी सिकाउने, आत्मनिर्भरताको तालिम दिने, केही गरिखान बीउपुँजी दिने कार्य भइरहेको छ । पालिकाहरुले अपाङ्ग र बालमैत्री संरचना निर्माणमा जोड दिइरहेका छन् । स्थानीय सरकारहरुबाट महिला विकास र सशक्तीकरणका कामहरु पनि भइरहेको छ । यिनीहरुले छोरीजन्म उपहार कार्यक्रम, छोरी बचाउ कार्यक्रम, छोरीलाई आत्मरक्षा तालिम, निःशुल्करुपमा स्यानिटरी पायड वितरण, बालविवाह अन्त्य गर्ने पहल, महिला हिंसा रोक्ने प्रयास, अन्धविश्वासविरुद्ध सामाजिक रुपान्तरणका काम गरिरहेका छन् । यस अतिरिक्त, स्थानीय सरकारहरुले दलित, लोपोन्मुख वर्ग, वञ्चितीकरणमा परेको वर्ग, आदिवासी, गरिब, विपन्नलगायत लक्षित वर्ग केन्द्रित थुप्रै कार्यक्रम सञ्चालनमा ल्याएका छन् । यसबाट आम जनतामा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीप्रति आशा र भरोसा जागृत भएको छ ।

स्थानीय सरकारहरु सङ्घीय शासनका बलिया खम्बा हुन् । यसर्थ भविष्यका दिनमा यिनीहरुले उच्च राजनीतिक संस्कारका माध्यमद्वारा कर्मचारीतन्त्रसँग नङ र मासुको सम्बन्ध कायम गरी आम जनतामा आशा र भरोसा अभिवृद्धि गर्नुपर्छ । सबै स्थानीय सरकारहरुले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिनुपर्छ ।

यी सरकारहरुले काम गर्दा कुनै पनि प्रकारको बेरुजु सिर्जना हुन दिनुहँुदैन । यिनले प्रशासनिक खर्च कम गर्दै पुँजीगत बजेट वृद्धि गर्नुपर्छ । यिनीहरुले निर्माण गर्ने सडक, स्कुल, स्वास्थ्यचौकी वा सामुदायिक भवनहरु दिगो र भूकम्प प्रतिरोधक हुनुपर्छ । यिनीहरले आम जनतामा आर्थिक क्रियाकलापप्रति आकर्षित गर्ने अभियानहरु सञ्चालन गर्नुपर्छ । यथार्थमा स्थानीय तहहरुको सकारात्मक क्रियाशीलता र उपलब्धिमै नेपाल र नेपालीको सुखद् भविष्य लुकेको सत्यलाई सबैले समयमै आत्मसात् गर्नुपर्छ । (लेखक नेपाल सरकारका पूर्वसचिव तथा राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त हुनुहुन्छ)

सबै यार्सागुम्बा सङ्कलन गर्न गएपछि गाउँमा चोरको रजाइ,डोल्फु गाउँँमा लुटपाट

मुगु, जेठ १४ –मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ । गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा सङ्कलन गर्न गएको समयमा लुटपाट गरिएको हो । हतियारधारी समूहले शनिबार साँझ डोल्फु गाउँमा घरघरमा खानतलासी गर्दै नगद, गहना, सरसामानलगायत बहुमूल्य सामान लुटेर लगेका मुगुम कार्मारोङका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिनुभयो । “

गाउँमा बूढाबूढी र बालबालिकका मात्र रहेको मौका छोपी हरियारधारी समूहले ५० घरमध्ये २३ घरमा लुटपाट गरेका छन्”, उहाँले भन्नुभयो । लुटेरा समूहले गाउँमा रहेका गुम्बाका पुजारीलाई समेत कुटपिट गरेको अध्यक्ष लामाले बताउनुभयो । उनीहरुले घरको हेरचाहका लागि राखिएका कुकुरलाई समेत कुटपिट गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले लुटपाटको खबर थाहा पाएपछि गाउँदेखि पाँच घण्टा टाढाको पुलु प्रहरीचौकीबाट प्रहरी टोली पठाएको बताउनुभयो । विगत वर्षमा पनि स्थानीयवासी यार्सागुम्बा सङ्कलनमा गएको समयमा सो गाउँमा लुटपाट हुँदैआएको थियो । मुगुम कार्मारोङ–१ का वडाध्यक्ष कार्मा तुन्डुक लामाले गाउँमा भएको लुटपाटबारे प्रहरीलाई जानकारी गराउनुभएको थियो । बन्दुक, तरबार, खुकुरीसहित आएको हतियारधारी समूहले घर फोडेर त्यहाँ रहेका सुन, चाँदी, पुराना भाँडाकुँडा, जडीबुटी, पुराना गरगहना, लत्ताकपडालगायत सामान लुटेर लगेको उहाँले बताउनुभयो ।

प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले घटनास्थल सञ्चारको पहुँचभन्दा टाढा भएकाले त्यहाँ गएका प्रहरीसँग सम्पर्क गर्न मुश्किल भएको बताउनुभयो । मुगुम कार्मारोङ–१, ३ र ४ नम्बर वडाका वन तथा पाटन से–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले ओगटेको क्षेत्र हो । मुगुम कार्मारोङ गाउँँपालिकाले यही जेठ १५ गतेदेखि यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिएको छ । स्थानीयवासी जेठ १० गते नै गाउँ छाडेर यार्सागुम्बा सङ्कलनका लागि हिमाली भेगतर्फ गएका छन् । रासस

अत्यधि गर्मी बढेपछि रत्ननगरमा चार दिन विद्यालय बन्द, खोप अभियान स्थगित

चितवन । गर्मी अत्यधिक बढेपछि चितवनको रत्ननगर नगरपालिकाले विद्यालयमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण बालबालिकाको सिकाइ क्रियाकलाप र स्वास्थ्यमा असर परेको भन्दै नगरपालिकाले नगरअन्तर्गतका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको छ ।

नगर शिक्षा अधिकारी नारायणप्रसाद वाग्लेका अनुसार यही जेठ १४ गतेदेखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ । १३ गतेको नगरपालिका स्तरीय निर्णयअनुसार बिदा दिइएको हो । १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा छ भने १९ गते शनिबार परेको छ । चितवनको तापक्रम अहिले ३९ डिग्री सेल्सियससम्म पुगेको छ । अत्यधिक गर्मीले यस क्षेत्रका सर्वसाधारणलगायतको जनजीवन कष्टकर बनेको छ ।

अध्याधिक गर्मी बढेपछि रत्ननगर नगरपालिकाले आइपिभी खोप अभियानसमेत स्थगित गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद वाग्लेका अनुसार पालिकाका सबै वडामा रहेका सामुदायिक तथा संस्थागत विद्यालय र स्वास्थ्य संस्थामा जेठ १३ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने भनिएको खोप कार्यक्रम गर्मीका कारण स्थगित गरिएको हो । अभियान २० गतेदेखि पुनः सञ्चालन हुने वाग्लेले जानकारी दिए ।

सरकारसँगको सम्झौता कार्यान्वयन भएन : अध्यक्ष ठाकुर

मलङ्गवा- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले तत्कालीन मधेस आन्दोलनका क्रममा सरकारसँग भएका विभिन्न सम्झौतालाई पालना नभएको गुनासो गरेका छन् । उनले भने, “जनसङ्ख्याको आधारमा प्रतिनिधित्व सुनिश्चित गर्नुपर्छ ।”

लोसपा नेपाल जिल्ला कार्यसमिति सर्लाहीद्वारा सदरमुकाम मलङ्गवामा आईतबार आयोजित सदस्यता वितरण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुर संविधान र कानुनलाई आफ्नो पार्टीले परिपालन गरिराखेको बताए ।

“हामी चुनाव लड्छौँ, चुनाव लड्नु भनेको त युद्ध सरह हो”, उनले भने, “हामी शान्तिपूर्ण रुपमा अहिंसात्मक आन्दोलन गरिरहेका छौँ ।” उनको मधेस आन्दोलनको क्रममा नेता कार्यकर्तामाथि लगाइएको झुठा मुद्दाको फिर्ता गर्न र जेलमा रहेको तथा मुद्दा लगाइएपछि फरार रहेकामाथिको मुद्दा फिर्ता गर्न सरकारसँग माग गरे ।

बाँकेमा अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द

खजुरा । गर्मी अत्यधिक बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयहरुमा गर्मी बिदा दिएको छ । अत्यधिक गर्मी र ‘लू’ का कारण पठनपाठनमा समस्या भएपछि तीन दिनका लागि नगरअन्तर्गतका सम्पूर्ण विद्यालयमा बिदा दिइएको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्खबहादुर थापाले बताए ।

उनका अनुसार यही जेठ १५ देखि १८ गतेसम्म सम्पूर्ण विद्यालयमा बिदा दिइएको छ । विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार बिदा दिइएको हो । १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा छ भने १९ गते शनिबार परेको छ । नेपालगन्जको तापक्रम अहिले ४२ डिग्री सेल्सियस माथि पुगेको छ । अत्यधिक गर्मीले यस क्षेत्रका सर्वसाधारणलगायतको जनजीवन कष्टकर बनेको छ ।

कांग्रेसले आम जनताको समस्या उठाएको छ : नेता सिटौला

काठमाडौँ, : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आम जनताको समस्यालाई कांग्रेसले उठाएको बताउनुभएको छ । परिवर्तन अभियान नेपालले आईतबार आयोजना गरेको ‘सङ्घीय गणतन्त्रात्मक शासन व्यवस्था विगत र वर्तमानको समस्या ः आगामी कार्यभार’ विषयक संवादमा उहाँले कांग्रेस आम जनताको पार्टी भएकाले जनताको आवाजलाई संसद् र सडकमार्फत उठाएको बताउनुभएको हो ।

नेता सिटौलाले सरकारले जनताको हितमा काम गर्नुपर्ने र प्रतिपक्षले जनताको आवाज उठाउनुपर्ने बताउनुभयो । “जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए कांग्रेस चुनौती सामाना गर्न तयार छ”, नेता सिटौलाले भन्नुभयो ।

कांग्रेसका पूर्वमहामन्त्री सिटौलाले प्रतिपक्षले जनतालाई संविधानले दिएको अधिकारको कुरा संसद्मा निरन्तर उठाउने स्पष्ट पार्नुभयो । कांग्रेससहितका प्रतिपक्षले संसद्मा उठाएका आवाजलाई सरकारले नजरअन्दाज गरेर उक्त प्रवृत्तिको सामाना गर्न कांग्रेस तयार रहेको उहाँको भनाइ छ । नेता सिटौलाले प्रदेश सरकारलाई संविधानले दिएको अधिकार कार्यान्वयन गर्न कानुन नबनेको बताउनुभयो ।