`

झापादेखि उदयपुरसम्म ‘हात्तीमैत्री पदयात्रा’ गर्दै मुख्यमन्त्री कार्की

झापा- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको नेतृत्वमा विज्ञ टोलीले मानव–हात्ती द्वन्द्वको समस्याको समाधानका लागि सरोकारवालाको धारणा बुझ्न झापादेखि उदयपुरसम्म ‘हात्तीमैत्री पदयात्रा’ गर्ने भएको छ ।यही फागुन ९ देखि १६ गतेसम्म सञ्चालन हुने ‘हात्तीमैत्री पदयात्रा’मा मुख्यमन्त्री कार्की आफैँ सहभागी बन्नुहुने पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका प्रवक्ता अखिलेशकुमार गुप्ताले बताउनुभयो । कार्यक्रमको आयोजना कोशी प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयले गरेको हो ।

जङ्गली हात्तीले मानव बस्तीमा पसेर जनधनको क्षति पु¥याउँदै आएको झापाको बाहुनडाँगीदेखि उदयपुरको कटारीसम्मको दुर्ई सय ४० किलोमिटरको दूरीलाई पदयात्राले छिचोल्ने भएको छ । पदयात्रामा सङ्घीय सरकारका बन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतो, स्थानीय जनप्रतिनिधि, वनका कर्मचारी, पर्यावरणविद्, संरक्षणविद्, सामुदायिक वनका पदाधिकारीलगायतको सहभागिता रहने छ । बुधबार बिहान ७ बजे मेचीनगर–१ बाहुनडाँगीको प्रसाद गौडाबाट पदयात्रा सुरु हुने कार्यक्रम छ ।“जङ्गली हात्तीको परम्परागत जैविक मार्गलाई पछ्याउँदै पदयात्रा अघि बढ्नेछ”, उहाँले भन्नुभयो, “मानव र हात्तीबीचको द्वन्द्वलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर माननीय मुख्यमन्त्रीज्यूले स्थानीय सरोकारवालासँग अन्तक्र्रिया गर्नुहुनेछ ।” झापामा विगत चार दशकदेखि जङ्गली हात्तीबाट स्थानीयवासी पिरोलिएका छन् । पछिल्ला दिनमा यो समस्या मोरङ र सुनसरीमा समेत विस्तार भएपछि प्रदेश सरकारले न्यूनीकरणका विषयमा चासो व्यक्त गरेको मेचीनगर–४ बाहुनडाँगीका वडाध्यक्ष अर्जुन कार्कीको धारणा छ ।यात्राको पहिलो दिन मेचीनगर–२ को निरौला गाउँ गाई फर्म, ढकाल गाउँ, थापा चोक, बहुवन हुँदै पाँचपोखरी सामुदायिक वन, बुद्धशान्ति–४ र मेचीनगर–९ को मागुरमाडी सामुदायिक वन, बुधबारे चोकबाट दक्षिण कैदले वन हुँदै जुकेखाँडीसम्म यात्रा गर्ने तय भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताउनुभयो ।दोस्रो दिन झापाकै दहिझोडा, प्रजापती, सुकेडाँगी, गैडे सामुदायिक वन र रतुवामाई वृक्षरोपण हुँदै पदयात्रा टोली चुलाचुलीस्थित सव डिभिजन कार्यालय आसपासमा बास बस्ने भएको छ । तेस्रो दिन दमक–२ को फायरलाईन, हम्सेदुम्से आपझोला, जनज्योति, लेटाङ–४ को त्रिवेणी, जनसेवा हुँदै कमलपुर सामुदायिक वनमा बास बस्ने यात्रा तालिकामा उल्लेख छ ।चौथो दिन लेटाङ–३ को कीर्तिमान, जनचाहना, चिसाङ, आपझोला, गछियाँको लाटीझोडा साझेदारी वन हुँदै खोर्साने र इटहरी–२ स्थित सरस्वती सामुदायिक वनमा बास बस्ने कार्यक्रम तय भएको छ । पाँचौँ दिन सेउती खोला कालिन्द्र सामुदायिक वन, व्यापारी घाँरी हुँदै डुङ्गाबाट कोशी नदी तरेर श्रीलङ्का टापु हुँदै भागलपुरमा बस्ने कार्यक्रम तालिका तय गरिएको उहाँले जानकारी दिनुभयो ।छैटौँ दिन आमवासी हुँदै फत्तेपुर हडिया, जोगिहद, मोतिगडा र सातौँ दिन लेहाले खोला, जलजले, मोहनजुर, चिसापानी, कौबाई, त्रियुगापुल, नेपालटार तथा आठौँ दिन नेपालटार बजार हुँदै रातमाटे, भुल्के कटारी, बेलसोत बजारमा यात्रा समापन गरिने कार्यक्रम तालिकामा उल्लेख छ ।यसैबीच, हात्ती पीडित बाहुनडाँगीवासीका तर्फबाट सर्वपक्षीय टोलीले पदयात्रामा आउनु हुने मुख्यमन्त्री कार्कीलाई मागपत्र पेस गर्ने कार्यक्रम रहेको बाहुनडाँगी नागरिक समाजका अध्यक्ष नीलकण्ठ तिवारीले बताउनुभयो ।–––

सहकारी ठगी प्रकरण : रवि लामिछानेमाथि अनुसन्धान अघि बढाइयो

काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी बचत तथा ऋण सहकारी संस्थाका पीडितले उजुरी दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि नेपाल प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको ‘ग्रिन सिग्नल’ पाएपछि ग्यालेक्सी टिभीका पूर्वसञ्चालकसमेत रहेका रविमाथि अनुसन्धान अघि बढाइएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि त्यसमा प्राविधिक रूपले सघाइरहेको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणलाई लिएर गत माघ २२ गते सहकारीपीडितले पूरक निवेदन दिएका थिए । त्यसपछि प्रधानमन्त्री र गृहमन्त्री दुवैले त्यसमाथि चासो बढाएका छन् । सूर्यदर्शन सहकारीको ठगी प्रकरणसम्बन्धी मुद्दा जिल्ला अदालत कास्कीमा विचाराधीन रहेका बेला प्रहरीमा पनि ठगीविरुद्ध उजुरी परेको हो । यसअघि गत भदौमा पनि प्रहरीमा उजुरी परेको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।

हेर्नुहोस् फागुन ९ गते बुधवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि- भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहने योग रहेकोछ । मान्यजनको स्वास्थमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । गरीरहेको कार्यका श्रेत्रमा सामान्य ढिलाईको सम्भावना रहेकोछ । सवारी साधनको प्रयोगमा साबधानी अपनाउनु पर्नेछ । जिवन साथीको सहयोगमा जटिल कार्य सम्पादीत रहनेछन ।

बृष राशि – आय आर्जनका निम्ती अधिक श्रम तथा यात्रा गर्नु पर्ने समय रहेकोछ । मित्रजन तथा दाजुभाई बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । मान्यजन हरुको साथ सहयोग मनग्य प्राप्तहुनेछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेकोछ । यात्राका क्रममा सामान्य तनाब उत्पन्न हुन सक्नेछ ।

मिथुन राशि – भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहनेछ । बाणीमा अस्थीरता छाउनाले नजिकका आफन्तजनहरु सगँको सम्बन्धमा तनाब उत्पन्न हुन सक्नेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्ने सम्भाबना रहेकोछ ।

कर्कट राशि- मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रहनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । स्वास्थ क्षेत्रमा सामान्य सुधार रहनेछ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । पारीवारिक साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । अध्यन अध्यापनमा समय मध्यम रहनेछ ।

सिंह राशि- कार्य सम्पादन प्रति अरुको दबावको महसुस हुनाले दिन तनाब पूर्ण ब्यतित रहला । प्रतिश्पर्दिहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ । परीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नु होला ।

कन्या राशि – आय आर्जनका बिभिन्न श्रोत साधनहरु फेला परेतापनि मानसिक चन्चलताले कार्य श्रेत्रमा ब्यवधान आई पर्नेछ । अध्यन अध्यानपनमा अधिक समय ब्यतित गर्नु पर्नेछ । शुभ चिन्तकहरुको बृद्यि हुनेछन । रचनात्मक कार्यका क्षेत्रमा समय ब्यतित गर्दा उत्तम प्रतिफल प्राप्त रहनेछ । बोलिका कारण आफन्त जनहरु सगँ तनाब उत्पन्न हुनेछ ।

तुला राशि- सभासम्मेलन जन्य कार्यमा सहगायीता साथै सामान्य मान प्रतिष्ठा प्राप्तीको योग रहेकोछ । कार्यप्रतिको लगन सिलतामा बृद्यि हुनेछ । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । मानसिक चन्चलताले सताउनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहला । नयाँ कार्य थालनिमा साबधान अपनाउनु होला ।

बृश्चिक राशि – यात्राका क्रममा सामान्य खर्चको सम्भाबना रहेकोछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । नजिकका मित्रजनहरुसगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुनेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । परिवारका सदस्यहरु सगँको सम्बन्धमा सामान्य मन मुटाब उत्पन्न हुनेछ ।

धनु राशि- स्वास्थ सम्बन्धी समस्याका कारण सामान्य तनाब उत्पन्न हुन सक्नेछ । कार्य क्षेत्रमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । खानपानका क्षेत्रमा बिशेष सजग रहनु होला । पुरानो लगानि उठाउन समयले साथ दिनेछ । गैर ब्यक्तित्वहरुका कारण कार्य क्षेत्रमा सामान्य दवावको सामना गर्नुपर्ने सम्भाबना रहनेछ ।

मकर राशि- शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ । अध्यन अध्यापन मध्यम रहनेछ ।

कुम्भ राशि – तपाईको द्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरुको बृद्यिहुनेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । यात्रामा सामान्य झन्झट आईपर्न सक्नेछ । सामाजीक कार्यका क्षेत्रमा जुट्ने बिशेष समय रहेकोछ ।

मीन राशि – बौधिक ब्यत्तित्वहरुको साथ सहयोगमा दिर्धकालिन आम्दानिका श्रोतहरु फेला पर्नेछन । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ । स्वास्थका निम्ती सामान्य खर्चको सम्भाबना समेत रहेकोछ । स्वास्थमा सामान्य सुधारको योग रहेकोछ ।

ढुक्कसँग नियमित रूपमा बैङ्किङ कारोबार गर्न नेपाल राष्ट्र बैङ्कको अनुरोध

काठमाडौँ, ८ फागुन : नेपाल राष्ट्र बैङ्कले बैङ्किङजस्तो संवेदनशील क्षेत्रप्रति सर्वसाधारणलाई भ्रमित गर्ने गरी भइरहेको दुष्प्रचारको पछाडि नलाग्न सबैमा आग्रह गरेको छ ।

केन्द्रीय बैङ्कले आज एक सूचना प्रकाशित गरी लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोकारवालालाई ढुक्कसँग नियमित रूपमा बैङ्किङ कारोबार गर्न अनुरोध गरेको छ । “नेपाल राष्ट्र बङ्कबाट इजाजतपत्र प्राप्त गरी यस बैङ्कको प्रत्यक्ष नियामकीय तथा सुपरिवेक्षकीय दायरामा रहेका बैङ्क तथा वित्तीय संस्थाहरूको सञ्चालन तथा स्थायित्वका सम्बन्धमा हाल केही व्यक्ति÷समूहले दिएको भ्रामक अभिव्यक्ति र दुष्प्रचारप्रति यस बैङ्ककको गम्भीर ध्यानाकर्षण भएको छ”, सूचनामा भनिएको छ ।

बैङ्किङक्षेत्र अर्थव्यवस्थाको मेरुदण्ड भएको उल्लेख गर्दै केन्द्रीय बैङ्कले नेपालको अर्थतन्त्रको दिगो विकासमा सहयोग पु¥याउन मूल्य र शोधनान्तर स्थिरता कायम गर्दै समग्र बैङ्किङ तथा वित्तीय क्षेत्रको स्थायित्व कायम गरी सर्वसाधारणको विश्वसनीयता अभिवृद्धि गर्न यस बैङ्कलाई कानुनले स्पष्ट “इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरू अन्तर्राष्ट्रिय बैङ्किङ सिद्धान्त तथा असल अभ्यासका आधारमा यस बैङ्कले दिएको निर्देशनको अधीनमा रही सञ्चालनमा रहने तथा ती संस्थामा यस बैङ्कबाट नियमितरूपमा निरीक्षण र सुपरिवेक्षण हुने गरेको छ,” राष्ट्र बैङ्कले सूचनामा भनेको छ ।

पीडितले न्याय पाउने गरी टिआरसी टुङ्ग्याउनुपर्नेमा अध्यक्ष ओलीको जोड

काठमाडौँ, ८ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) पीडितहरुले न्याय पाउने गरी टुङ्ग्याउनुपर्नेमा जोड दिनुभएको छ ।

पार्टी केन्द्रीय कमिटीको आजदेखि प्रारम्भ भएको सातौँ पूर्ण बैठकमा नेता ओलीले सत्ता गठबन्धनका शीर्ष नेताको अनिच्छाका कारण सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउन नसकिएको आरोप लगाउनुभयो । उहाँले पीडित पक्षले न्याय पाउनुपर्छ भन्नेमा आफ्नो पार्टी स्पष्ट रहेको बताउनुभयो ।

विपक्षी दलका नेता उहाँले पृथक प्रसङ्गमा देश र जनताका मुद्दामा आवश्यक परेमा पार्टीले संसद् र सडकबाट सङ्घर्ष गर्ने चेतावनी पनि दिनुभयो । यद्यपि त्यसबारेमा विस्तृत व्याख्या उहाँले गर्नुभएन । अध्यक्ष ओलीले देश र जनताका पक्षमा इमानदार भएर काम गर्न सरकारलाई आग्रह गर्नुभयो ।

आजको बैठकमा शुद्धीकरण र सुदृढीकरण सम्बन्धमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्त र जनआधारित कार्यकर्ता पार्टीको मर्मलाई बुझ्ने र कार्यान्वयन गर्ने चुनौती सम्बन्धमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीको सङ्गठनात्मक कामको समीक्षा महासचिव शङ्कर पोखरेल र जनसरोकार जनदबाबसम्बन्धमा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अवधारणासहितका कार्ययोजना प्रस्तुत गर्र्नुभयो ।

बैठकमा प्रस्तुत अवधारणालाई निचोडमा पु¥याउन स्थायी कमिटीका सदस्यहरु रहेको एक, सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवासको एक गरी नौवटा समूह विभाजन गरिएको छ । बुधबारदेखिको बैठकमा समूहगत छलफल हुनेछ ।

बैठकमा झुलाघाट–चिवाभञ्ज्याङ ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ र पार्टीको सङ्गठनात्मक सुदृढीकरण र विस्तार अभियान ‘मिसन ग्रासरुट’ अभियानको प्रभावको समीक्षा हुने एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

बागमती प्रदेशको हिउँदे अधिवेशन फागुन १५ बाट हुने

मकवानपुर, ८ फागुन :बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन यही फागुन १५ गते अपराह्न ३ बजे आह्वान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले राससलाई बताउनुभयो ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा आज भएको बैठकले प्रदेश शिक्षा नीति, विपन्न दलित सशक्तीकरणसम्बन्धी कार्यविधि र प्रदेश स्वयम्सेवक परिचालन कार्यविधिलाई स्वीकृति दिने निर्णय गरेको मन्त्री लामाले जानकारी दिनुभयो । प्रदेशका समस्याग्रस्त सहकारीका समस्या अध्ययन गर्न १६ जना कर्मचारी दरबन्दी स्वीकृत गरिएको मन्त्री लामाले बताउनुभयो ।

परराष्ट्रमन्त्री साउद भोलि भारत भ्रमणमा जाँदै

काठमाडौँ, ८ फागुन : परराष्ट्रमन्त्री नारायण प्रकाश साउद बहुपक्षीय मञ्च ‘रायसिना संवाद’को नवौँ संस्करणमा भाग लिन भोलि बुधबार नयाँदिल्ली प्रस्थान गर्दै हुनुहुन्छ । मन्त्री साउदले यही फागुन ११ गते शुक्रबार फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्रीले भारत सरकारका साथै अन्य सहभागी देशका उच्चस्तरीय व्यक्तित्वसँग पनि भेट गर्नुहुनेछ ।रायसिना संवाद एक बहुपक्षीय मञ्च हो जसलाई अब्जर्भर रिसर्च फाउन्डेसनले भारत सरकारको विदेश मन्त्रालयसँगको सहकार्यमा आयोजना गरेको हो ।

कांग्रेस महासमिति बैठकमा पाँच प्रतिवेदन पेस, बुधबार छलफल

ललिपतुर ।  सोमबारदेखि सुरु भएको नेपाली कांग्रेस महासमिति बैठकमा मंगलबार  पाँच वटा प्रतिवेदन पेस भएका छन् । बैठकको पार्टी उपसभापति तथा उपप्रधान एवं रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरेका छन् ।

त्यसैगरी महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन गरेका हुन् ।

उपसभापति खड्काले कांग्रेसको आन्तरिक जीवन तथा राष्ट्रिय सन्दर्भमा उठेको प्रश्न र अप्ठ्याराको समाधान खोज्न महासमितिले नीतिगत निर्णय गर्दै अघि बढ्ने बताए । जिम्मेवार नेपाली कांग्रेसः समुुन्नत देश नारा दिएर नेपाली कांग्रेसको राजनीतिक नीतिलाई अघि बढाइएको उपसभापति खड्काले जानकारी दिए । उनले भने,–“मुलुकका विभिन्न युगान्तकारी परिवर्तनमा कांग्रेसको सन्तुलित समन्वयकारी र सर्वस्वीकार्य राजनीतिक नेतृत्व भूमिका विचार र नीति निर्णायक रहँदै आएको छ ।”

महामन्त्री गगन थापाले साङ्गठनिक प्रस्ताव पेश गर्दै पार्टीलाई सामाजिक रूपान्तरणको संवाहक बनाउने र सामाजिक आन्दोलनसँग जोड्ने जानकारी दिए । उनले भने, “पार्टीले  नेतृत्व गरेका सबै तहका सरकार सञ्चालनका लागि सुशासनलाई मन्त्र बनाइ जनतालाई निरन्तर तीनका मुद्दासँग जोडिएको अनुभुत गराउनेछौँ । अवसर पाएको बेला अब्बल सेवा प्रवाह गर्न भविष्यप्रतिको भरोसा दिलाउनेछौँ ।”

महामन्त्री थापाले एक विशिष्ट परिस्थितिमा संविधान र लोकतान्त्रिक प्रणालीको रक्षार्थ नेपाली कांग्रेसले पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै सरकारको जिम्मेवारी बहन गर्नुपरेको उल्लेख गरे । उनले आगामी निर्वाचनमा पार्टी एक्लै चुनाव लड्न सक्ने गरी सङ्गठनलाई बलियो बनाउने बताए ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले सङ्घर्ष र संविधानसभाको मार्गबाट आएको नेपालको वर्तमान संविधानबाट नै सबै चुनौतीको हल गर्दै मुलुकलाई समुन्नतिको उचाइमा पुर्याउने भरपर्दो माध्यम हो भन्ने तथ्यमा नेपाली कांग्रेस स्पष्ट भएको बताए । उनले एकल बहुमत कसैको नभएको संसद्मा गठबन्धनलाई कायम राखेर नै देश र जनताको हितमा काम गर्नुपर्ने अभिभारा कांग्रेसको रहेको बताए ।

पार्टी प्रवक्ता महतले लोकतान्त्रिक समाजवादको आर्दशलाई कांग्रेसले आत्मासात् गर्ने बताए । उनले आर्थिक वृद्धि र न्यायोचित वितरण, उपत्पादन वृद्धि र रोजगारी सृजना तथा सामाजिक सुरक्षाको प्रत्याभूति गर्नुपर्ने नीतिको पक्षमा कांग्रेस अडिग रहेको जानकारी दिए । उनले अर्थतन्त्रलाई गतिशील बनाउन पहल भइरहेको बताए ।

त्यसैगरी लेखा समिति संयोजक श्याम घिमिरेले कांग्रेसको मुख्य आम्दानी सदस्यता लेभी, नवीकरण, शुल्क रहेको बताए । कांग्रेसले आफ्नो रकम निर्वाचन, अधिवेशन, कार्यालय सञ्चालन, भ्रातृ सङ्गठन, ह्रास तथा अपलेखनमा खर्च हुने गरेको पनि लेखा समिति संयोजक घिमिरेले प्रतिवेदनमार्फत जानकारी गराए  । महासमिति बैठकमा आज पेस गरिएका प्रतिवेदनमा बुधबारदेखि छलफल हुनेछ । बैठक यही फागुन १० गतेसम्म सञ्चालन हुनेछ ।

जिम्मेवारी पूरा नगर्ने विभागीय प्रमुख तथा आयोजनाका पदाधिकारीलाई कारबाही गर्ने चेतावनी

काठमाडौँ, ८ फागुन : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आफैँले तय गरेका कार्यक्रम, योजना र बजेट कार्यान्वयनमा ध्यान नदिने तथा जिम्मेवारी पूरा नगर्ने विभागीय प्रमुख तथा आयोजनाका पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

चालु आर्थिक वर्षको आठ महिनासम्म पनि तोकिएको योजना कार्यान्वयनमा नजाने, बजेट कार्यान्वयनमा लापर्वाही गर्नेलाई कारबाहीको दायरामा ल्याइने मन्त्री बस्नेतको भनाइ छ । मुलुकको आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा रहेको ऊर्जा क्षेत्र र कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन महत्वपूर्ण ठानिएको सिँचाइ क्षेत्रमा तोकिएअनुसार काम नभएकामा आपत्ति प्रकट गर्दै उहाँले मन्त्रालयका सम्वद्ध अधिकारी, सम्बन्धित विभागका प्रमुख तथा आयोजनाका पदाधिकारीलाई कारबाही गर्नुको विकल्प नभएको उल्लेख गर्नुभयो ।

ऊर्जा मन्त्रालयमा आज आयोजित छलफलमा मन्त्री बस्नेतले भन्नुभयो, “कानुनीरुपमा रहेको समस्या समाधान गर्न राजनीतिक नेतृत्व र कर्मचारीको नेतृत्व लागिपरेको छ । बजेट उपलब्ध गराइएको छ । आवश्यक सहजीकरण भएको छ । यति हुँदा पनि काम हुन नसक्नुको कारण पेश गर्नु आवश्यक छ ।”

वन क्षेत्रको जग्गा प्रयोगमा देखिएको समस्या समाधानका लागि विशेष पहल भएको तथा जग्गा प्राप्तिमा सहजीकरण गरिएको भए पनि विभिन्न बाहाना देखाएर आयोजना प्रमुख कार्यस्थलमा नबस्ने प्रवृत्ति मौलाएको मन्त्री बस्नेतले बताउनुभयो ।

“पहिलो चरणमा ऊर्जा र सिँचाइका सम्बन्धित विभागका प्रमुखले यसबारे छलफल गर्नुस् । समस्या कहाँ छ पहिचान गर्नुस् । एकले अर्कोलाई दोष लगाएर पन्छने काम नगर्नुस् । आयोजना प्रमुखले नै जिम्मेवारी पूरा नगरेको पाइए उनीहरुलाई परिवर्तन गर्नुस् । सही व्यक्तिलाई जिम्मेवारी दिनुस्”, मन्त्री बस्नेतले भन्नुभयो ।

विशेष गरी पटकपटक छलफल गरेर समस्या समाधानको पहल गरिए पनि सिँचाइतर्फका आयोजनामा गति कायम हुन नसकेको उल्लेख गर्दै मन्त्री बस्नेतले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक चूर्णबहादुर ओलीलाई किन त्यसो भएको हो भनेर प्रश्न गर्नुभयो । “समस्या समाधानका लागि मन्त्री, सचिव स्तरमा लगातार पहल भएको छ । प्रधानमन्त्री आफैँले पनि पहल गर्नुभएको छ । तर, २३ माइलस्टोनको काम हालसम्म सुरु हुन नसक्नुको कारण के हो ?”, उहाँले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक ओलीलाई प्रश्न गर्नुभयो, “आफैँले तय गरेको माइलस्टोन किन पूरा गर्न सक्नुहुन्न । समस्या के हो ?”

आयोजना प्रमुख कार्यस्थलमा नबस्ने, प्रक्रियाको नाममा लामो समयसम्म आयोजना लम्ब्याउने प्रवृत्ति सह्य नभएको उल्लेख गर्दै मन्त्री बस्नेतले आफू मातहतका कर्मचारीलाई जिम्मेवार बनाउन निर्देशन दिनुभयो । सो छलफलमा ऊर्जा सचिव गोपाल सिग्देल, सिँचाइ सचिव सुशीलचन्द्र तिवारी, जल तथा ऊर्जा आयोगका सचिव सरिता दुवाडी, मन्त्रालयका उच्च पदस्थ कर्मचारी र विभागिय प्रमुखको सहभागिता थियो ।

प्रधानमन्त्री प्रचण्ड र बेलायतका विकासमन्त्री मिचेलबीच भेटवार्ता

काठमाडौँ, ८ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका बेलायतका विकासमन्त्री एन्ड्रयू मिचेलले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय हित, आपसी चासो तथा विकासका विविध आयामबारे छलफल भएको थियो ।

त्यस अवसरमा प्रधानमन्त्री दाहालले आगामी वैशाखमा नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा लगानीकर्तालाई नेपालमा पठाउन सहयोग गर्न आग्रह गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले द्विपक्षीय संयन्त्रको वार्ताबाट बेलायती गोर्खा सैनिकको माग सम्बोधन हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा यसले सकारात्मक नतिजा दिने बताउनुभयो ।

आजै नेपाल र बेलायतबीच ‘ग्रीन ग्रोथ नेपाल’ र ‘नेपाल इन बिजनेस’ सम्बन्धी सम्झौता भएको छ । यसै क्रममा बेलायतका विकासमन्त्री मिचेलले नेपालको सामाजिक–आर्थिक विकासका लागि बेलायतले थप सहयोग गर्ने र जलवायु परिवर्तनका मुद्दामा सघन सहकार्य गर्न बताउनुभयो ।

भेटका बेला प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार डा रुपक सापकोटा, नेपालका लागि बेलायती राजदूत रोव फिन, परराष्ट्र मन्त्रालयलगायत दुवै देशका उच्च अधिकारीको सहभागिता थियो ।

नाभाल्नीकी विधवाको आरोप ‘निराधार र अभद्र’ रहेको क्रेमलिनको भनाइ

गत साता कारागारमा मृत्यु भएका विपक्षी नेता एलेक्सी नाभाल्नीकी विधवाले लगाउनुभएको आरोपहरूलाई क्रेमलिनले मङ्गलबार अस्वीकार गरेको छ । विधवाले नाभाल्नीको मृत्युको पछाडि राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको आरोप लगाउनुभएको थियो ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भन्नुभयो, “निस्सन्देह यो रुसी राज्यका प्रमुखविरुद्ध बिल्कुल निराधार र अभद्र आरोप हो, तर युलिया नाभाल्नी केही दिनअघि मात्र विधवा हुनुभएकाले म कुनै टिप्पणी गर्दिनँ ।”लाखौँ मानिसले अनलाइनमा हेरेको एक भिडियो सन्देशमा ४७ वर्षीया विधवा नाभाल्नीले ‘हाम्रो मुलुकको स्वतन्त्रताका लागि’ आफ्ना पतिको लडाइँलाई जारी राख्ने वाचा गर्नुभएको छ ।

पेसकोभले सोमबार युरोपेली सङ्घ (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले नाभाल्नीसँग ब्रसेल्समा आयोजना गर्नुभएको वार्तापछि विपक्षी नेता नाभाल्नीको मृत्युको ‘अन्तर्राष्ट्रिय जाँच’ का लागि गर्नुभएको इयुको आह्वानलाई पनि अस्वीकार गर्नुभयो । “हामी सामान्यतया यस्ता मागलाई स्वीकार गर्दैनौँ– खासगरी बोरेलको तर्फबाट भएको मागका सम्बन्धमा”, उहाँले भन्नुभयो ।

हालैका दिनमा नाभाल्नीको मृत्युको शोक मनाउने कार्यक्रमहरूमा सयौँ रुसीलाई हिरासतमा लिएको बारे सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, “कानून प्रवर्तन एजेन्सीहरूले कानूनअनुसार काम गरिरहेका छन् ।” नाभाल्नीको मृत्युको केही दिनपछि सोमाबार सङ्घीय दण्डात्मक सेवामा रहेका चार शीर्ष अधिकारीलाई सैन्य आदेशका साथ सुशोभन गर्ने पुटिनको निर्णय ‘आफ्नो मार्गमा चल्ने पदोन्नति प्रक्रिया’ को एउटा हिस्सा भएको पनि उहाँले बताउनुभयो ।

सन् २०२१ मा कारागार जानुअघि नाभाल्नीले पुटिनविरुद्ध ठूलो स्तरमा विरोध प्रदर्शन गर्नुभएको थियो । साइबेरियामा सोभियत युगको नर्भ (स्नायु) एजेन्टले विष दिएपछि उहाँ जर्मनीमा उपचार गरी रुस फर्किनुभएको थियो ।

नेपालको समग्र दूरसञ्चार र सूचना प्रविधि क्षेत्रको गुणात्मक रुपान्तरणमा ध्यान दिन निर्देशन

काठमडौँ, ८ फागुन : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको समग्र दूरसञ्चार र सूचना प्रविधि क्षेत्रको गुणात्मक रुपान्तरणमा ध्यान दिन नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष भूपेन्द्र भण्डारीलाई निर्देशन दिनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज अध्यक्ष भण्डारीलाई पद तथा गोपनियताको शपथ गराउँदै मन्त्री शर्माले राष्ट्रहितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिनुभयो । अत्यन्त संवेदनशील क्षेत्रको रुपमा रहेको दूरसञ्चार क्षेत्रलाई गुणस्तरीय, सस्तो र सुलभ बनाउनुपर्नेमा जोड दिँदै उहाँले त्यसका लागि योजनाबद्ध पहल आवश्यक रहेको बताउनुभयो । मुलुकको आर्थिक समृद्धिका लागि डिजिटल रुपान्तरण अपरिहार्य रहेको र त्यसका लागि दूरसञ्चार आधारभूत डिजिटल पूर्वाधार भएको उल्लेख गर्दै मन्त्री शर्माले चाँडोभन्दा चाँडो देशका सबै भूभागमा दूरसञ्चार सेवा पु¥याउने गरी काम गर्न सुझाव दिनुभयो ।

मन्त्री शर्माले सूचना प्रविधि नयाँ क्षेत्र भएको र यसमा प्रयोग हुने उपकरण तथा प्रणालीको खरिद र जडान प्रक्रियामा अन्य क्षेत्रबाट बढी अनियमितताको गुनासो आउने गरेकाले आगामी दिनमा त्यस्तो स्थिति आउन नदिन प्राधिकरणले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा नवनियुक्त अध्यक्ष भण्डारीले राष्ट्रहित र नागरिकको सेवालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । दूरसञ्चार क्षेत्रको बदलिँदो आयाम र आफ्नो दुई दशक लामो सूचना प्रविधि क्षेत्रको अनुभवका आधारमा दूरसञ्चार र सूचना प्रविधिको क्षेत्रमा योगदान दिने उहाँले बताउनुभयो ।

यही फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । उहाँ खुला प्रतिस्पर्धाबाट पाँच वर्षका लागि अध्यक्षमा नियुक्त हुनुभएको हो । निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि अध्यक्ष पदमा खुला प्रतिस्पर्धाका लागि आह्वान गरिएको थियो ।

प्रतिस्पर्धाका लागि २५ जनाले आवेदन दिएकामा सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित सिफारिस समितिले भण्डारी, शैलेन्द्र गिरी र नवीन जिसीको नाम मन्त्रिपरषद्मा सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले पहिलो नम्बर रहेका भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

अत्यावश्यक विधेयक पारित गर्ने सभामुख घिमिरेको प्रतिबद्धता

चितवन, ८ फागुन : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले देशका निम्ति आवश्यक विधेयक संसद्मा पेस गरिने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले चालु अधिवेशनमा सदनका विषयगत समितिबाट प्रस्तुत विधेयक पारित गर्ने सङ्कल्पका साथ अघि बढेको बताउनुभयो ।

अघिल्ला दुई वटा अधिवेशन तयारीकै क्रममा सकिएको बताउँदै उहाँले अब जनताको चाहनाअनुसार ऐन बनाउन संसद् लाग्ने बताउनुभयो । यो अधिवेशन विधेयक अधिवेशन भएकाले कानुन बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको उहाँले दोहो¥याउनुभयो ।

सभामुख घिमिरे सौराहामा आयोजित प्रदेश संसद् र प्रदेशसभा तथा संसद् सचिवालयअन्तर्गतका निकाय र व्यवस्थापिकाका अनुभव आदानप्रदान कार्यक्रममा सहभागी हुन चितवन आउनुभएको हो । कार्यक्रममा सातै प्रदेशका प्रदेशसभाका सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष सहभागी हुनुहुन्छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र निर्माण सम्बन्धमा सुझाव लिन समिति गठन

काठमाडौँ, ८ फागुन : सरकारले मुलुकका अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक निजी साझेदारीमा सञ्चालन र निर्माण सम्बन्धमा सुझाव पेस गर्न पूर्वसचिवको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो सम्बन्धमा सरकारलाई सुझाव दिन पूर्वसचिव शङ्करप्रसाद अधिकारीको संयोजकत्वमा अध्ययन कार्य समिति गठन गरिएकोे जानकारी दिनुभयो । बैठकले नेपाल वायुसेवा निगमको संरचनागत तथा व्यवस्थापकीय सुधार गर्ने सम्बन्धमा सुझावसहितको प्रतिवेदन पेस गर्न राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा अध्ययन कार्य समिति गठन गरेको छ ।मन्त्रिपरिषद्ले भरतपुर विमानस्थल विस्तारको प्रक्रिया अघि बढाउने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो । बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट सिफारिस भएबमोजिम नेपाल सरकार, प्रदेश र स्थानीय तहबीच रोयल्टी बाँडफाँटका आधार विधि तथा वित्तीय हिस्सासहितका अनुसूची स्वीकृत गर्ने र सम्बन्धित प्रदेश तथा स्थानीय तहलाई रकम हस्तान्तरण गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्ले तामाकोसी पाँचौँ जलविद्युत् आयोजनाको २२० केभी प्रसारण लाइन आयोजनाका लागि टावर निर्माण गर्न दोलखाको बिगु गाउँपालिका–४ मा ०.२९ हेक्टर निजी जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ । बैठकले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकको विद्युत् महसुलसम्बन्धी विवाद निरूपण गर्न नेपाल सरकारसमक्ष प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको म्याद ३० दिन थप गरेको छ ।बैठकले नेपाल सरकार र एसियाली विकास बैंकबीच भएको ऋण सम्झौताबमोजिम खानेपानी मन्त्रालयअन्तर्गत सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजनाले खरिद गरेका चार सवारीसाधन खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था÷समितिलाई हस्तान्तरण गर्न स्वीकृति दिएको छ ।सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएका व्यक्तिको अपाङ्गता प्रतिशत निर्धारण तथा पुनरावलोकन कार्यविधि, २०७४ को अध्ययन गरी दुई महिनाभित्र परिमार्जित मस्यौदा पेस गर्न गृह मन्त्रालयका सचिवको संयोजकत्वमा सरोकारवाला प्रतिनिधिसमेत रहेको समिति गठन गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिनुभयो ।नेपाल र श्रीलङ्काबीच अफिसियल राहदानी बाहकलाई भिसा आवश्यक नपर्ने विषयको सम्झौता स्वीकृत गर्ने र हस्ताक्षर गर्न अख्तियारी दिने, नेपाल र बङ्गलादेशका परराष्ट्र मामिलासम्बन्धी निकायबीच संस्थागत सम्बन्ध कायम गर्ने विषयको समझदारीपत्र स्वीकृत गर्ने तथा उक्त समझदारीपत्रमा हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी प्रदान गर्ने निर्णय गरिएको छ ।श्रीलङ्कामा कैदबन्दी जीवन बिताइरहेका नेपाली नागरिक चेतबहादुर थापा, सुकबहादुर तामाङ र टेकबहादुर तामाङको सजाय मानवीय आधारमा आममाफीका लागि अनुरोध गर्दै राष्ट्रपति रामचन्द्र पौडेलबाट श्रीलङ्काका राष्ट्रपतिलाई अनुरोध गरी पत्र पठाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको मन्त्री शर्माले जानकारी दिनुभयो ।बैठकले माथिल्लो अरूण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माणको अपर अरूण हाइड्रो–इलेक्ट्रिक लिमिटेडलाई सङ्खुवासभा जिल्लास्थित भोटखोला गाउँपालिकामा रहेको राष्ट्रिय वन र संरक्षित वनको २१.२६७ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ । मन्त्रिपरिषद्बाट माथिल्लो राहुघाट र राहुघाट मङ्गले २२० केभी प्रसारणलाइन आयोजनाको टावर तथा ‘राइट अफ वे’को विकास निर्माणका लागि म्याग्दीको रघुगङ्गा गाउँपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको ५.०९५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको छ ।यसैगरी बैठकले डाँडाखेत–राहुघाट १३२ केभी विद्युत् प्रसारणलाइन आयोजना निर्माणका लागि म्याग्दीको रघुगङ्गा, बेनी, मङ्गला मालिका र धौलागिरि गाउँपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको कूल जम्मा २५.६२६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिएको छ । सुपर काबेली खोला–ए, सुपर काबेली खोला ‘क्यास्केड’ र काबेली–३ जलविद्युत् आयोजनाको १३२ केभी विद्युत् प्रसारणलाइन आयोजना निर्माणका लागि ताप्लेजुङ जिल्लाअन्तर्गत रहेको सिरीजङ्घा, सिदिङ्वा र पाथीभरा याङवरक गाउँपालिकाका साथै पाँचथरको हिलिहाङ गाउँपालिकामा रहेको राष्ट्रिय वन क्षेत्रको १४.३१३ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।यस्तै सुपर आँखुखोला जलविद्युत् आयोजनाको भौतिक पूर्वाधार निर्माण गर्न धादिङको रूबी भ्याली गाउँपालिकामा राष्ट्रिय वन क्षेत्रको ३.४१ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने, सोना खोला जलविद्युत् आयोजना निर्माणका लागि ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको राष्ट्रिय वनको ३.६७ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको छ ।सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक विकल पौडेलले अमेरिकाको कानूनी स्थायी आवासीय अनुमति लिएको देखिएकाले निजलाई पदबाट हटाई सोको जानकारी दिने, नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष पदमा भूपेन्द्र भण्डारीलाई नियुक्त गर्ने तथा सुरक्षण मुद्रण केन्द्रका लागि आर्थिक वर्ष २०८०÷८१ को असार मसान्तसम्मका लागि अधिकृतस्तरका आठ पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।बैठकले राष्ट्रिय सूचना प्रविधि केन्द्रको काठमाडौँ, मकवानपुर, कोहलपुर र ललितपुरका कार्यालयमा आर्थिक वर्ष २०८०÷८१ को पुस १ गतेदेखि २०८१ असार मसान्तसम्मका लागि अधिकृतस्तरका २३ पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने, स्थानीय तह मातहत रहेका आँपपीपल अस्पताल गोरखा र बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र बागलुङलाई ५० श्ययाको अस्पतालमा स्तरोन्नति गरी गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्ले एनसेलको शेयर खरिद बिक्री भएको भनिएको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने निर्णय गरेको छ । बैठकले राष्ट्रिय प्रसारण (बाह्रौँ संशोधन) नियमावली, २०८० स्वीकृत गर्ने, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिने, प्रोवेशन तथा प्यारोलसम्बन्धी नीति, २०८० स्वीकृत गर्ने तथा विद्युतीय सुशासन आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।नेपाल व्यवसाय कार्यक्रमका लागि बेलायत सरकारमार्फत प्राप्त हुने ३३.५ मिलियन पाउन्ड स्टर्लिंग अनुदान सहायता स्वीकार गर्ने तथा बेलायत सरकारबाट ग्रीन वर्थ नेपाल कार्यक्रम कार्यान्वयनका लागि प्राप्त हुने ३७.१६ मिलियन पाउन्ड स्टर्लिंग अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको छ । बैठकले नेपालको तराई र चुरे क्षेत्रको केही भाग समेटिएको क्षेत्रलाई पूर्वबाट पश्चिमसम्म विभाजन गरिएको १० पेट्रोलियम अन्वेषण खण्डमध्ये ठेकेदारबाट पेट्रोलियम कार्य सञ्चालन गराउन स्वीकृति दिने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र संयुक्त राज्य अमेरिकाको ट्रेडमार्क कार्यालयबीच बौद्धिक सम्पत्तिमा द्विपक्षीय सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रको मस्यौदा स्वीकृत गरेको छ ।नेपाल र अष्ट्रेलियाबीच हुने व्यापार तथा लगानी ढाँचासम्बन्धी सम्झौता (टिफा) को मस्यौदा स्वीकृत गर्ने, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको कर्मचारी सेवा शर्त नियमावली, २०८० स्वीकृत गर्ने बैठकको निर्णय छ । बैठकले निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरको इन्डोनेसिया भ्रमण स्वीकृत गर्ने र अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्बाट फिर्ता लिन स्वीकृति दिएको छ । कोसीटप्पु वन्यजन्तु आरक्षको जग्गा सट्टाभर्नाको सम्बन्धमा सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्ने सम्बन्धमा ६ महिनाभित्र कार्य सम्पन्न गर्नका लागि पूर्वसचिव मधुसुदन अधिकारीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिएको मन्त्री शर्माले जानकारी दिनुभयो ।बैठकले गैरआवासीय नेपाली सङ्घको लेखा तथा कामकारबाही सम्बन्धमा छानबिन गर्न गठित समितिको समयावधि म्याद समाप्त भएको मितिले ३० दिन थप गर्ने निर्णय भएको छ । मन्त्रिपरिषद्ले गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण (पहिलो संशोधन) निर्देशिका, २०८० स्वीकृत गर्ने र राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत सहसचिव (प्रा) पूर्वकुमार राईको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।सरकारले काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजनाअन्तर्गत ललितपुर जिल्लाको खोकना इलाकाको जग्गा प्राप्तिसम्बन्धी समस्या समाधान गर्न गठित समितिलाई तोकिएको कार्य सम्पन्न नहुञ्जेलसम्मका लागि निरन्तरता दिने निर्णय गरेको छ । बझाङलाई केन्द्रविन्दु बनाई गत असोज १६ गते र जाजरकोट जिल्लालाई केन्द्रविन्दु बनाई गत कात्तिक १७ गते गएको भूकम्पबाट क्षतिग्रस्त जिल्लाका विद्यालयको पुनःनिर्माण गर्ने गरी केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) को कार्यक्षेत्र विस्तार गर्ने मन्त्रिपरिषद्को निर्णय छ ।केन्द्रीय कारागार अस्पताल, जगन्नाथदेवल, कारागार कार्यालय, बाँके, कारागार कार्यालय, ओखलढुङ्गा र कारागार कार्यालय, नौबस्ता बाँकेको सङ्गठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत गर्ने, हुलाक सेवा विभाग र अन्तर्गतका निकायको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने बैठकले निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।बैठकले विद्युतीय खरिद प्रणाली सञ्चालन (पहिलो संशोधन) निर्देशिका, २०८० स्वीकृत गर्ने, फौजदारी न्याय प्रशासन अध्ययन तथा सुझाव कार्यदल गठनसम्बन्धी अवधारणापत्र स्वीकृत गर्ने तथा सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ ।

साझेदारी वनको काठ कटान गरी आर्थिक अनियमितता

काठमाडौँ, ८ फागुन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझेदारी वनको काठ कटान गरी ठेकेदारसँग मिलोमतो गरी आर्थिक अनियमितता गरेको अभियोगमा कपिलवस्तु जिल्ला वन कार्यालयका वन अधिकृतसहित १९ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले कपिलवस्तुका तत्कालीन वन अधिकृत कृष्णप्रसाद भट्ट, दुर्गाबहादुर कार्की र गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समिति कार्यान्वयन एकाइका तत्कालीन संयोजक महेन्द्रराज वाग्लेविरुद्ध रु २९ लाख १२ हजार एक सय ९३ बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । सहायक वन अधिकृत बह्मदेव महतो, रेञ्जर हेमराज पण्डित, तत्कालीन सहायक वन अधिकृत शिवशङ्कर प्रसाद र सहायक वन अधिकृत टोलकराज चापागाईविरुद्ध रु २९ लाख १२ हजार एक सय ९३ बराबरको बिगो दाबी गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

आयोगले सहायक वन अधिकृतहरु लालबाबु झा, गणेशकुमार थारु र नागेन्द्रप्रसाद सिंह राजपुत, फरेष्टर रामरक्षाकुर्मी चौधरी तथा वन रक्षक सञ्जय थारुविरुद्ध रु २९ लाख १२ हजार एक सय ९३ बराबरको बिगो दाबी गरेको छ । आयोगले वन रक्षक रामगोपाल त्रिपाठी, फरेष्टर रमतु चौधरी, वासुदेव गोडिया तथा प्रदेशसभा सदस्य जानकीप्रसाद यादवविरुद्ध रु २९ लाख १२ हजार एक सय ९३ बराबरको बिगो दाबी गरेको छ ।

त्यस्तै गोरखा मनकामना काष्ठ फर्निचर उद्योगका सञ्चालक एकनाथ घिमिरेविरुद्ध रु नौ लाख ३९ हजार एक सय ३५ र एआर काठ दाउरा खरिद बिक्री सेन्टरका सञ्चालक गीता जिसीविरुद्ध रु १९ लाख ७३ हजार ५८ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले बताउनुभयो ।

बेलायतद्वारा दुई परियोजना कार्यान्वयन गर्न ११ अर्ब ७० करोड अनुदान

काठमाडौँ, ८ फागुन : संयुक्त अधिराज्यले व्यवसायमा नेपाल (नेपाल इन् बिजनेस–एनआइबी) र हरित विकास कार्यक्रम (ग्रीन ग्रोथ प्रोग्राम–जिजिपी) परियोजना कार्यान्वयन गर्न सात करोड स्टर्लिङ पाउण्ड (करिब रु ११ अर्ब ७० करोड) अनुदान उपलब्ध गारउने भएको छ । आगामी सात वर्षसम्म दुवै परियोजना सञ्चालन हुनेछन् । अनुदान सोही अवधिका निम्ति प्रदान गरिएको हो ।

नेपालको भ्रमणमा रहनुभएका अफ्रिकाका निम्ति बेलायतका विकास मन्त्री एन्ड्रु मिचेल र अर्थमन्त्री डा प्रकाशशरण महतको उपस्थितिमा अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा उक्त मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र यहाँस्थित बेलायती दूतावासका विकास निर्देशक पिपा बर्डले हस्ताक्षर गर्नुभयो । यो अनुदानमा प्राविधिक सहायता र वैदेशिक विकास सहायता पनि समावेश गरिएको छ ।

अर्थ मन्त्रालयका अनुसार एनआइबी कार्यक्रमबाट प्राप्त हुने अनुदान नेपालको समग्र आर्थिक विकास, गरिबी निवारण र समग्र आर्थिक समृद्धिको बाटो निर्धारणमा सहयोग गर्ने अपेक्षा गरिएको छ । यो कार्यक्रमले साना तथा मझौला उद्यमलाई सहयोग गर्नेछ । साना तथा मझौला उद्यमलाई उत्पादनमा जोड्ने र त्यस्ता व्यवसाय विकासका लागि वित्तपोषण गर्ने अपेक्षा गरिएको छ ।

त्यसैगरी, हरित नेपाल विकास कार्यक्रमले उद्योग तथा सेवा क्षेत्रमा लगानी गर्न, जलवायु अनुकूलित पूर्वाधार निर्माण गर्न, दिगो आर्थिक नीतिलाई सुदृढ गर्न र आर्थिक सहजीकरण गरी समावेशी विकासका लागि सहयोग गर्नेछ । त्यस्तै, प्रत्यक्ष वैदेशिक लगानीका क्षेत्रमा सुधार र जलवायु अनुकूल लगानी परियोजना विकासमा योगदान गर्ने बताइएको छ ।

त्यस अवसरमा अर्थमन्त्री महतले नेपाल– बेलायत सम्बन्धबारे चर्चा गर्दै नेपालको सामाजिक–आर्थिक विकासका प्राथमिकतालाई पूरा गर्न बेलायत सरकारले निरन्तर सहयोग गरेकमा आभार व्यक्त गर्नुभयो । उहाँले नेपालको आर्थिक वृद्धि, दिगोपन प्रवद्र्धन, गरिबी घटाउनेलगायत महत्वपूर्ण कार्यक्रम कार्यान्वयनका निम्ति अनुदान उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

“आर्थिक रुपान्तरण, जलवायु परिवर्तनका मुद्दा, सामाजिक सेवा तथा समावेशीकरणका लागि पनि अनुदानबाट सञ्चालन हुने कार्यक्रम महत्वपूर्ण छन्”, उहाँले भन्नुभयो ।बेलायतीमन्त्रीले आर्थिक रुपान्तरण, जलावायु परिवर्तनका प्रभावसँग सम्बन्धित विषय, सबल सामाजिक सेवा प्रवाह, समावेशिता प्रवद्र्धनमा सहयोग र सहकार्यका प्रशस्त क्षेत्र रहेका बताउनुभयो ।
 

जापानमा बेमौसमी तापक्रम बढ्यो

उत्तरी जापानका विभिन्न स्थानहरूमा फेब्रुअरी शुरु भएसँगै दिनको समयमा तापक्रम एक्कासि बढेको छ । दक्षिण क्षेत्रबाट न्यानो हावा बहदा सोमबार जापानभर तापक्रम एक्कासि बढेको मौसम निकायले जनाएको छ ।

होक्काइडोको मोम्बेत्सु शहरमा तापक्रम बढेर १७.१ डिग्री सेल्सियस पुगेको छ । सो तापक्रम सामान्यतया जुन महिनाको अन्त्यमा अनुभव हुने तापक्रम हो ।यसै बीच उत्तरी जापानको अकिता शहरमा पनि तापक्रम २०.१ डिग्री, मध्य जापानको कानाजावा शहरमा २१.८ डिग्री र मध्य टोकियोमा १६.५ डिग्री पुगेको छ।मङ्गलबार जापानका थुप्रै भागहरूमा बेमौसमी तातो मौसम जारी रहने अनुमान गरिएको छ ।मौसम अधिकारीहरूले उत्तरी र पूर्वी जापानका फराकिला क्षेत्रमा वर्षा हुने सम्भावना रहेको बताएका छन् । एक्कासि तापक्रममा वृद्धि हुँदा हिउँ पग्लने अधिक सम्भावना रहेकाले तल्लो क्षेत्रका मानिसहरूलाई सम्भावित बाढी, खोल्सा र हिमपहिरोको जोखिम पर्न सक्ने भएकाले सतर्क रहन आह्वान गरिएको छ ।

सङ्क्रमित, फोहर उत्पादकले नै व्यवस्थापन गर्नुपर्ने : काठमाडौँ महानगरपालिका

काठमाडौँ, ८ फागुन : काठमाडौँ महानगरपालिकाले (कामपा) सङ्क्रमित, रसायनयुक्त, हानिकारक फोहर उत्पादकले नै व्यवस्थापन गर्नुपर्ने बताएको छ ।

कामपाको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ मा हानिकारक फोहर व्यवस्थापनसम्बन्धी व्यवस्था छ । ऐनको दफा २० बमोजिम हानिकारक, स्वास्थ्य संस्थाजन्य, रासायनिक वा औद्योगिक फोहरको प्रशोधन र व्यवस्थापन उत्पादक आफैँले गर्नुपर्ने महानगरपालिकाले जनाएको छ ।कामपाको उपप्रमुख सुनिता डङ्गोलका अनुसार सहरी वातावरणमा महसुसयोग्य सुधार गर्नुपर्छ । यस कार्यका फोहर उत्पादकहरुले दायित्वबोध गरेर नागरिक र कानुनी दायित्व पूरा गरी फोहरको दिगोरुपमा व्यवस्थापन गर्नुपर्ने छ ।सोहीअनुरुप कामपाले पछिल्लो एक सातादेखि अस्पतालजन्य फोहर व्यवस्थापन विषयमा अनुगमन सुरु गरेका छ । “अस्पतालजन्य फोहर अन्य फोहरभन्दा बढी हानिकारक हुन्छ”, उहाँले भन्नुभयो, “यसको सही व्यवस्थापन गर्न आवश्यक छ ।” अस्पतालजन्य फोहर उत्पादन हुने स्थान, उत्पादित फोहर सङ्कलन र ढुवानी गर्ने साधन तथा उपकरण, प्रशोधन गर्ने स्थान र प्रविधि तथा निर्मलीकरणपछिका सामान व्यवस्थापन संवेदनशील भएर गर्नुपर्छ भन्नुभयो ।विभागले अस्पतालजन्य फोहर वर्गीकरण गर्न, जोखिमयुक्त फोहरलाई प्रशोधन गरेर निर्मलीकरण गर्न र उत्पादित फोहरको उचित व्यवस्थापन गर्नका लागि सार्वजनिक सूचनामार्फत पनि अनुरोध गरेको छ ।स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय सरकारलाई स्वास्थ्यजन्य फोहरमैला सङ्कलन, पुनः उपयोग, प्रशोधन, विसर्जन र सोको सेवा शुल्क निर्धारण र नियमन गर्ने अधिकार दिएको छ । साथै स्वास्थ्य संस्थाहरुले चिकित्साजन्य फोहरको उचित व्यवस्थापन नगरे त्यस्ता संस्थाहरुलाई दण्ड जरिवाना गराउन पाउने अधिकार पनि स्थानीय सरकारलाई प्रदान गरिदिएको छ । 

नेपालमा असुरक्षित खानाका कारण प्रत्येक वर्ष नौ हजारको मृत्यु

विराटनगर, ८ फागुन : नेपालमा असुरक्षित खानाका कारण प्रत्येक वर्ष नौ हजारको मृत्यु हुने गरेको हालैको एक अध्ययनले देखाएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आज यहाँ आयोजित प्रदेशस्तरीय खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी गोष्ठीमा अध्ययनबारे जानकारी दिइएको हो ।

खाद्य अनुसन्धान अधिकृत दिनेश सुवेदीले होटलहरुमा विशेष गरी मिसावट, तेलजन्य खाद्यबाट उत्पन्न हुने समस्या, रङको प्रयोग र सूक्ष्मजीवले मानव स्वास्थ्यमा समस्या देखिएको बताउनुभयो ।

अनुसन्धान अधिकृत सुवेदीका अनुसार विराटनगरका होटल रेष्टुराँहरुको अनुगमनका क्रममा फोहर व्यवस्थापन चुनौतीपूर्ण रहेको पाएको, होटलको फोहर व्यवस्थापन, सरसफाइ र कामदारको व्यक्तिगत सरसफाइ चुनौतीपूर्ण हुँदै गएको पाइएको छ । होटलहरु व्यस्त सडकको नजिक हुँदा धुलो, धुवाँको समस्या पनि थपिएको छ । खाद्यान्न दलहनतर्फ ४७ वटा र प्रशोधित पिउनेपानी एक सय २१ थान मुद्दा जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका छन् ।

चालु आवको छ महिनामा १७ वटा न्यूनस्तर÷दूषित खाद्यपदार्थ उत्पादन गर्ने उद्योगविरुद्ध मोरङमा मुद्दा दायर गरिएको अधिकृत सुवेदीले बताउनुभयो । खाद्य–दाना उद्योग सिफारिस, अनुज्ञापत्र जारी, नवीकरण, बजार, उद्योग, संयुक्त तथा एकल अनुगमन, प्रयोगशाला सेवा, तालिम दिँदै आएको कार्यालयका प्रमुख विजय खनालले जानकारी दिनुभयो ।

गोष्ठीमा प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा लेखराज दाहाल, १४ वटै जिल्लाका साना तथा घरेलु उद्योग कार्यालयका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

वीरगञ्जमा पुनः निषेधज्ञा,जुलुस प्रदर्शन र भेला हुन रोक

वीरगन्ज (पर्सा), ८ फागुनः वीरगन्जमा हिजोदेखि जारी निषेधज्ञा आज बिहान चार घण्टा हटाएर पुनः लगाइएको छ । रौतहटको इशनाथ नगरपालिकामा केही दिनअघि दुई पक्षबीच भएको झडपको विरोधमा एक समूहले वीरगन्जमा हिजो निकालेको प्रदर्शनका क्रममा दुई पक्षबीच झडपको स्थिति सृजना भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले हिजो साँझ ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो ।

सर्वसाधारणको सहजताका लागि आज बिहान ६ देखि १० बजेसम्मका लागि खुला गरिएको निषेधज्ञा पुनः लागू गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो । स्थानीय सर्वसाधारणको दैनिकीलाई प्रभाव नपरोस् भनेर आज बिहान ६ देखि १० बजेसम्मका लागि खुला गरिएको निषेधाज्ञा पुनः स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम लागू भएको जनाइएको छ । पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार) सम्म निषेधाज्ञा लागू हुने सूचनामा उल्लेख छ ।

निषेधाज्ञा जारी गरेको ठाउँमा हिँड्डुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ गर्न, भेला हुनलगायत उच्छृङ्खल गतिविधि गर्नमा रोक लगाइएको प्रजिअ भुसालले बताउनुभयो । वीरगन्जमा सुरक्षा व्यवस्था कडा पार्नका लागि ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवं निमित्त प्रहरी प्रमुख कुमारविक्रम थापाले बताउनुभयो ।

महानगरको माईस्थान चोक, आदर्शनगर चोक, पावरहाउस चोक, मुर्ली चोक, घण्टाघर, ठाकुरराम बहुमुखी क्याम्पस, इदगाह चोक, भन्सार क्षेत्रलगायत मुख्य चोक तथा गल्लीमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । यसैबीच, पर्साको स्थानीय प्रशासनले धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव बिगार्ने एवं द्वन्द्वलाई उक्साउने प्रकारका सामग्री सामाजिक सञ्जालमा पोष्ट नगर्न तथा कुनै सञ्चार माध्यमबाट प्रसारण नगर्न आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी भुसालले प्रेस विज्ञप्ति जारी गर्नुहुँदै वीरगन्जमा देखिएको असामान्य परिस्थितिलाई सावधानीपूर्वक व्यावस्थापन गरिएको र यस परिस्थितिमा सुरक्षा निकायको संयमता र राजनैतिक नेतृत्व तथा नागरिक समाजका विभिन्न व्यक्तिको सुझबुझपूर्ण सहयोगका कारण परिस्थिति नियन्त्रणभित्रै रहेको भन्दै सामाजिक सद्भाव बिगार्ने खालका सामग्री पोष्ट नगर्न आग्रह गर्नुभएको छ ।

कांग्रेसको सुझबुझपूर्ण कार्यशैलीले लोकतान्त्रिक समाजवादी संविधान बन्यो: उपसभापति खड्का

पाटन (ललितपुर), ८ फागुन : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसकै सुझबुझपूर्ण कार्यशैलीकै कारण लोकतान्त्रिक समाजवादी संविधान बनेको बताउनुभएको छ ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी पार्टीको महासमिति बैठकमा नीति प्रस्ताव प्रस्तुत गर्नुहुँदै उपसभापति खड्काले भन्नुभयो, ‘‘नेपाली कांग्रेसले चाहेकै जस्तो संविधान बन्ने अवस्था नहुँदा पनि कांग्रेसको सुझबुझपूर्ण कार्यशैलीले गर्दा लोकतान्त्रिक समाजवादी संविधान बन्यो । देश लोकतान्त्रिक बाटोमा गयो । यद्यपि केही असन्तुष्टि भने बाँकी रहने अवस्था रह्यो ।”

उहाँले यस विषम परिस्थितिलाई सम्हाल्दैै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वको गठबन्धन सरकारले दुई पटक तीन वटै तहको निर्वाचन सम्पन्न गरेको उल्लेख गर्नुभयो । यद्यपि संविधानले प्रत्याभूत गरेको मौलिक हकलगायत संविधान पूर्ण कार्यान्वयनका लागि आवश्यक कानुनको निर्माणमा अझै बाँकी रहेको उहाँको भनाइ थियो ।

उपसभापति खड्काले राजनीतिक स्थायित्व, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र आर्थिक वृद्धि तथा उन्नतिका पक्षमा भरपर्दाे र दिगो काम द्रुत गतिमा अगाडि बढ्न नसक्दा सङ्क्रमणकालीन अवस्था लम्बिइरहेको बताउनुभयो । सत्यनिरूपण तथा मेलमिलापका काम अझै निष्कर्षमा पुग्न नसकेको उल्लेख गर्नुहुँदै यसका कारण तीन तहको सरकारबाट अपेक्षा गरिएजस्तो छिटोछरितो सेवा प्रवाह हुन नसकेको बताउनुभयो ।

उहाँले नीति प्रस्ताव समयानुकूल बदलिनुपर्ने नीति, नियम, ऐन तथा कानुन अझै बन्न नसकेको बताउनुभयो । जसले गर्दा नागरिकका दुःख तथा कष्टमा आशा गरेअनुसार सुधार आउन नसकेको उहाँको भनाइ थियो ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कामप्रति मन्त्री बस्नेतको असन्तुष्टि

काठमाडौँ, ८ फागुन : वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले चालु आर्थिक वर्षका लागि निर्धारित नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा लापर्वाही गरेको र जिम्मेवारपूर्ण ढङ्गले कार्यसम्पादन नगरेको पाइएको छ ।

आफैँले कार्यान्वयन गर्छु भनेर वार्षिक कार्यक्रम र बजेटमा समावेश गरेका अधिकांश योजना कार्यान्वयन नगरेको पाइएपछि ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाललाई वास्तविकता स्पष्ट गर्न निर्देशन दिनुभएको छ ।मन्त्रालयमा आज आयोजित सिनियर म्यानेजमेन्ट टीम (एसएमटी) बैठकमा मन्त्री बस्नेतले आर्थिक वर्ष सकिन केही महिना बाँकी हुँदा ‘तोकिएका काम प्रक्रियामा रहेको, माग सङ्कलन गरिरहेका’ केन्द्रको प्रगति विवरणप्रति उहाँले असन्तुष्टि जनाउनुभयो । उहाँले भन्नुभयो, “तोकिएका अधिकांश कामको प्रगति १० प्रतिशतभन्दा कम छ । माग सङ्कलन भइरहेको भन्ने विवरणप्रति चित्त बुझाउन सकिँदैन ।”वैकल्पिक ऊर्जा, सौर्य ऊर्जासँग जोडिएका अधिकांश परियोजनाको प्रगति धैरै कम छ । मन्त्री बस्नेतले तोकिएको जिम्मेवारी समयमा पूरा नगर्नेलाई कारबाहीको दायरामा ल्याउने चेतावनी मन्त्री बस्नेतले दिनुभयो ।साना जलविद्युत् आयोजनाको मर्मतसम्भार, सौर्य परियोजना तथा केन्द्रको कार्य क्षेत्रभित्र पर्ने अधिकांश परियोजनाको प्रगति न्यून छ । पटक–पटक निर्देशन दिँदा केन्द्रले जिम्मेवारपूर्ण तरिकाले काम गर्न नसकेको भन्दै मन्त्री बस्नेतले अब छुट दिन नसकिने बताउनुभयो ।नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण प्रणाली नपुगेका स्थानमा वैकल्पिक ऊर्जामार्फत उज्यालो पार्ने लक्ष्य छ । केन्द्रका अधिकांश गतिविधि गैरसरकारी संस्था केन्द्रित भएको आरोप लागेको छ ।

मौसममा बदली बिहीबारसम्म रहने

काठमाडौँ, ८ फागुन : पुनः मौसम बदली भएको छ । गए रातिदेखि पश्चिमबाट सुरु भएको मौसम बदली देशभर फैलने क्रममा रहेको छ । यो क्रम बिहीबारसम्म जारी रहने र शुक्रबारबाट पश्चिम क्षेत्र हुँदै क्रमशः सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँले आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली भइसकेको र केही स्थानमा छिटफुटदेखि हल्का तथा मध्यम वर्षा सुरु भएको जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकामा बादल लाग्न थालिसकेको पनि उहाँले बताउनुभयो । बिहीबार भने काठमाडौँमा वर्षाको सम्भावना रहेको र त्यसअघि भने फाट्टफुट्ट हुनसक्ने पनि उहाँले जानकारी दिनुभयो । विस्तारै मौसम बदली पश्चिमबाट पूर्व सरिहेको छ ।

विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । तराइका थोरै स्थानमा हल्का हुस्सु लागिरहेको छ ।

आगामी २४ घण्टाका देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले आज जानकारी गराएको छ ।

“यस प्रणालीका कारण हुने वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ”, विभागले आज जारी गरेको बुलेटिनमा उल्लेख छ ।

एकदिवसीय क्रिकेट : नेपालले टस जितेर पहिला बलिङ गर्दै

काठमाडौँ, ८ फागुन ः नेपाल ‘ए’ले क्यानडा–११ विरुद्धको एकदिवसीय क्रिकेट खेलअन्तर्गत आजको दोस्रो खेलमा टस जितेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा भर्खरै भएको टसमा नेपाल ‘ए’का कप्तान सन्दीप जोराले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । कप्तान विनोद भण्डारी आज प्लेइङ ११ मा नभएपछि जोराले कप्तानको जिम्मेवारी पाएका हुन् । आजको खेलमा नेपाल ‘ए’ले जित हासिल गर्ने उद्देश्यका साथ खेल्दैछ । तीन खेलको सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’ क्यानडा–११ सँग चार विकटले पराजित भएको थियो ।

नेपालको प्लेइङ ११ मा कप्तान सन्दीप जोरासँगै अर्जुन कुमाल, बसीर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, राशीद खान, सागर ढकाल, शाहब आलम, शेर मल्ल र रिजन ढकाल छन् । त्यस्तै बेन्चमा भने सुजन थपलिया, हेमन्त धामी, विनोद भण्डारी, आशुतोष घिरैया र प्रतिश जिसी छन् ।क्यानडाको प्लेइङ–११ म भने कप्तान साद बिन जफरसहित आरोन जोन्सन, नवनित धलिवल, निकोलस किर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, सहिद अहमदजाई, श्रेयास मोभा, सृमन्थ विजयरत्ने, निखिल दत्त र ओमार खालिद छन् । बेन्चमा दिलप्रित बज्वा, पर्गत सिंह, उदय भगवान सिंह र इश्वरजोत सोही छन् ।

अतिक्रमणको चपेटामा पुङ्गीखोला

भरतपुर (चितवन), ८ फागुन : भरतपुरको मुख्य सहरी क्षेत्र भएर बग्ने पु्ङ्गीखोला अतिक्रमणको चपेटामा परेको छ । भौतिक संरचना नै निर्माण गरेर खोला अतिक्रमण गर्ने क्रम बढेपछि भरतपुर महानगरपालिकाले सीमाङ्कन तथा संरक्षणको काम सुरु गरेको हो ।

महानगरपालिकाले पुङ्गीखोला सीमाङ्कन तथा संरक्षण समितिसमेत बनाएको छ । अहिले यो समितिले सिमाना छुट्याउने काम गरिरहेको छ । आधाभन्दा बढी नापजाँच गर्दा पुङ्गीखोलामाथि ५० भन्दा बढी घर परेको महानगरपालिकाका नापी अधिकृत विकास देवकोटाले बताउनुभयो । उहाँका अनुसार पुङ्गीखोला अतिक्रमण गर्नेमा वडा कार्यालयदेखि विभिन्न क्लब रहेका छन् ।

दियालो फुडल्याण्डले पुङ्गीखोला र सिँचाइको जग्गा गरेर करिब दुई कठ्ठा जमिन अतिक्रमण गरेको उहाँले बताउनुभयो । “हामीले अहिले नै यति भन्न सक्ने अवस्था छैन । प्रारम्भिक अनुमान गर्दा दुई कठ्ठा हाराहारीमा अतिक्रमण भएको छ”, उहाँले भन्नुभयो । पर्खाल र टपमात्र पर्ने घरहरूको सङ्ख्या धेरै रहेको उहाँले बताउनुभयो । खोला र नहरबाट तीन मिटर छाडेर भौतिक संरचना बनाउनुपर्ने हुन्छ । तर कतिपयले खोलाको सिमानाबाटै घर उठाएका छन् । सीमाङ्कनको काम एक महिनाभित्र सकिने उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिका–२ स्थित रामकृष्ण टोलका रामकृष्ण गुरुङ २०२५ सालमा लमजुङबाट चितवन झर्दा नारायणगढ क्षेत्रमा फाट्टफुट घर थिए । उहाँ हाल बस्दै आएको रामकृष्ण टोल छेउबाट पुङ्गीखोला फराकिलो हुँदै बग्दथ्यो । आजभोलि त्यो फराकिलो खोला उहाँले देख्न नपाएको बताउनुहुन्छ । खोला साँघुरिँदै गएको छ । अहिले मानिसले खोला मिच्दै गएका छन् । “यहाँ यो खोला कहीँ साँघुरो र कहीँ फराकिलो हुँदै बग्थ्यो”, पूर्वशिक्षकसमेत रहनुभएका गुरुङले भन्नुभयो, “अहिले ठुल्ठूला मान्छेले खोला अतिक्रमण गरेर संरचना बनाएका छन् ।” स्थानीय तहले खोलाको जग्गा संरक्षण गर्नुपर्ने उहाँले बताउनुभयो ।

भरतपुर महानगरपालिका–११ गणेशधामबाट सुरु हुने यो खोला वडा नं २, ३ र वडा नं ४ को रामघाट बाह्रघरे हुँदै रामघाटमा पुगेर नारायणी नदीमा मिसिन्छ । साढे छ किलोमिटर रहेको यस खोला सबैभन्दा बढी वडा नं २ मा मिचिएको छ । रामकृष्ण टोल, जलदेवी टोल, समता स्कुल, दुई नम्बर वडा कार्यालय, मिल्स एरिया, वडा नं ३ को आनन्दमार्गमा खोला बढी मिचिएको छ ।

भरतपुर महानगरपालिका वडा नं २ को वडा कार्यालय पूरै खोलाको जमिनमा पर्दछ । भरतपुर–२ का वडाध्यक्ष मनोज रानाभाट महानगरपालिकाको कार्यापालिकाको बैठकले पारित गरेपछि भवन निर्माण गरिएको बताउनुभयो । उहाँका अनुसार खोला र ऐलानी जग्गा गरेर पाँच कठ्ठाको हाराहारीमा वडाले ओगटेको जग्गा छ । यो खोलाको चौडाइ एक नासको छैन ।

सब्जीमण्डी र लायन्सचोकबाट पश्चिमतर्फको एनपिआइ कलेज क्षेत्रमा नक्साको लगतसमेत भएको छैन । यस क्षेत्रमा खोला बगिरहेको क्षेत्रलाई हेरेर लगत सङ्कलन गर्ने एकखालको मौखिक सहमति भएको छ । अन्य स्थानमा ६ देखि ६५ मिटरसम्म फराकिलो भएर खोला बगेको नापी अधिकृत देवकोटाले बताउनुभयो ।

महानगरपालिकाले अतिक्रमणको चपेटामा परेको पुङ्गीखोलामा तलाउसहित दायाँबायाँ हरियाली उद्यानसहित सौन्दर्यीकरणका लागि विभिन्न संरचना बनाउने योजना बनाएको छ । अहिले गणेशस्थानबाट कामसमेत सुरु भएको छ । प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रम र भरतपुर महानगरपालिकाको साझेदारीमा रु एक करोडको लागतमा तलाउ निर्माण र हरियाली उद्यानसहित सौन्दर्यीकरणका काम गरिएको छ ।

गुरुयोजनामा उद्यान, फुटपाथ, साइकल ल्याण्डलगायतका संरचना बन्नेछन् । खोला अतिक्रमण गरेर बनाइएका सम्पूर्ण संरचाना हटाइने भरतपुर महानगरपालिका प्रमुख नरेन्द्रकुमार राना बताउनुहुन्छ । “खोला अतिक्रमण कसैले गर्न पाउँदैन । बनेका संरचना छन् भने सबै हटाइन्छ”, उहाँले भन्नुभयो, “वडाको भवन बनेको भए पनि भत्किन्छ ।” तलाउ निर्माण रु ६६ लाखमा सक्नेगरी कायाक कन्स्ट्रक्सनले कामको जिम्मा लिएको छ । तलाउ निर्माणपश्चात खोलाको संरक्षण र पर्यटकीय स्थान निर्माण हुने बताइएको छ ।

विकास र समृद्धिका लागि निर्वाचनमा एउटा दललाई बहुमत दिलाउनुपर्छ : सांसद गुप्ता

काठमाडौँ । देश विकास, दिगो शान्ति स्थापना र भ्रष्टाचारविहीन समाज निर्माणका लागि नेकपा (एमाले) सदनमा प्रभावकारी भूमिका खेल्न तयार छ । सरकारले संसद्लाई प्रभावकारी तुल्याउन यसपटक पनि पर्याप्त विधेयकहरू उपलब्ध गराएर बिजनेस दिने सम्भावना कम देखिसकिएको छ । अहिले संसद्को अधिवेशन चालु छ । तत्काल निष्कर्षमा पुर्याउनुपर्ने पुराना र महत्त्वपूर्ण विधेयकको सङ्ख्या धेरै छ । हिउँदे अधिवेशन सुरु भएको यतिका दिन भइसक्यो बिजनेस नपाएर सदन कानुन निर्माणको पाटोबाट प्रभावकारी बन्न सकेको छैन ।

सरकारले सदनलाई बिजनेस नदिएकै कारण गएका दुईवटा अधिवेशन र एकवर्षे कार्यकाल उपलब्धिमूलक भएन । तथापि, प्रमुख प्रतिपक्षी दलका नाताले विभिन्न कोणबाट सरकारलाई घच्घच्याउने काम भने निरन्तर गरिनैरह्यौँ । सरकार अहिले पनि गठबन्धन जोगाउनमात्र केन्द्रित छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र र सङ्घीयताको स्थायित्व र विकासका लागि छिटोछिटो कानुन बनाएर अघि बढ्नुपर्छ ।

विगतको द्वन्द्वको घाउ अन्त्य गर्न सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिनसँग जोडिएका कानुन पीडितलाई न्याय प्रदान गर्ने ढङ्गले तर्जुमा हुनुपर्छ भन्नेमा एमाले दृढ छ । सदनमा त्यसबारे गहन र बृहत् रूपबाट छलफल गर्नुपर्छ । के सही, के गलत भन्ने त्यहीँबाट निष्कर्षमा पुगिन्छ । ठिक छ भने पास गर्छौँ, गलत छ भने सच्याएर ल्याउनुस् भन्छौँ । त्यो विधेयक छिटो सदनमा ल्याउनुपर्नेमा सरकार अलमलिएर बसेको छ ।

वर्तमान सरकारलाई समर्थन दिएकाले गएको १५ महिना पनि मोटामोटीरूपमा दलहरू मिलेरै अघि बढेको देखिन्छ । ललितपुरको बालकुमारी र सर्लाहीको बरथहवामा बेरोजगारीसँग जोडिएर युवामाथि भएको दमन र चरम लापरबाहीका घटनामा प्रमुख प्रतिपक्षले आवाज उठाउनै पर्छ । सरकारलाई एमालेले भन्दै आएको छ, राम्रो काममा समर्थन रहन्छ, नराम्रो काममा विरोध हुन्छ । सरकारलाई अराजक बन्न दिनुहुन्न भन्ने हाम्रो दृढ मान्यता छ ।

जनप्रतिनिधि कानुन निर्माणका अतिरिक्त जनताका काममा पनि उपस्थित भइरहनुपर्छ । कहिलेकाहीँ दलको कार्यक्रम पर्यो भने सदन र संसदीय समितिका बैठकमै पनि उपस्थित हुन नसक्ने अवस्था आउँछ । पार्टीका कार्यक्रम जुधेन भने बैठकमा निरन्तर उपस्थित भइनै रहन्छौँ । हामीले निर्वाचनमा विकासका नारा दिएरै चुनाव जितेका हुन्छौँ ।

आफू निर्वाचित भएका खण्डमा यो निर्वाचन क्षेत्रलाई यसरी अघि बढाउँछु र विकास गर्छाैँ भनी रोडम्याप प्रस्तुत गर्छौँ । विदेशमा सांसदको जिम्मेवारी कानुन र नीति–नियम बनाउन केन्द्रित हुन्छन् तर नेपाललगायत दक्षिण एसियाली मुलुकमा विकाससमेतको दोहोरो जिम्मेवारी हुन्छ । यहाँ सांसद्लाई विकासको प्रतिनिधिकारूपमा लिने गरिन्छ । हामीलाई निर्वाचन क्षेत्रमा पुग्दा चुनावमा गरेको बाचा पूरा गरेको खोई भनी प्रश्न उठाइन्छ ।

अहिले पनि मुलुकको प्रमुख समस्या विकासकै हो । त्यो गर्न सकिएको छैन । मेरो निर्वाचन क्षेत्र पर्सा निर्वाचन क्षेत्र नं ३ विकासका दृष्टिले धेरै पछि परेको छ । निर्वाचन क्षेत्रको प्रमुख प्राथमिकता भनेको ग्रामीण क्षेत्रबाट सदरमुकाम जोड्ने सडक विस्तार र कालोपत्र, पुल निर्माण र पर्यटक क्षेत्रको संरक्षण तथा संवर्द्धनसँग जोडिएका आयोजना हुन् । तर गएको बजेटमा मेरो निर्वाचन क्षेत्रका कुनै पनि आयोजनालाई सरकारले बजेट विनियोजन गरेन ।

निर्वाचन क्षेत्रमा ४२ योजनाका लागि रकम माग गरेकामा एउटा योजनाका लागि पनि बजेट प्राप्त भएन । दुःखका साथ भन्नुपर्छ, एक वर्षमा एउटा चापाकलसमेत गाड्न सकिएन । सरकारमा रहेका प्रभावशाली नेताको क्षेत्रमा मात्र बजेटको ठूलो हिस्सा केन्द्रित गरियो । यसबाट सन्तुलित विकासको अवधारणमा प्रश्न खडा गर्यो । सिङ्गो निर्वाचन क्षेत्रमा बजेटमा एक पैसा पनि नपरेको इतिहासमै यस्तो कहिलै भएको थिएन । यसमा राजनीतिक पूर्वाग्रह देखिएको छ । यो कुरा अर्थमन्त्री र सभामुखसँग पनि गरेको छु ।

म स्मरण गर्दछु, नेकपा (एमाले) नेतृत्वको विगतको सरकारले बजेट विनियोजन र विकासका आयोजनालाई सन्तुलित ढङ्गले अघि बढाएको थियो । देशका अन्य भागमा सञ्चालित कैयौँ आयोजना रकम अभावमा अलपत्र रहेका खबरहरू आइरहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बाहिरिनु भनेको भ्रष्टाचार रोकथाम गर्न नसक्नु नै हो । भ्रष्टाचार रोक्ने सरकारको प्रमुख दायित्व भए पनि त्यसमा सफल भएको देखिन्न । अहिले मुलुकको अर्थतन्त्र कमजोर छ । ठूला उद्योगी व्यवसायीले समेत कर्मचारी, कामदारको सङ्ख्या कटौती गर्दै लगेका छन् ।

युवाको विदेश पलायन बढेको छ । यो परिस्थितिमा पनि सरकारले अर्थतन्त्र सुधार गर्दै रोजगार प्रदान गर्ने उद्योग विस्तार गर्नेतर्फ गम्भीर दृष्टि पुर्याएको देखिन्न । अर्थतन्त्र अप्ठेरामा गएपछि धेरै उद्योगी व्यापारीले आफ्ना पसल र सटर बन्द गरेको अवस्था छ ।

मुलुकमा देखिएका यी ज्वलन्त समस्या गठबन्धन सरकारले सम्बोधन गर्न सक्ने देखिएन । विसं २०८४ मा हुने चुनावमा एमालेलाई बहुमत दिलाउनुस् भन्ने नाराका साथ हामी सक्रियतापूर्वक काम गरिरहेका छौँ । एउटै दलको बहुमत नभएसम्म राजनीतिक स्थिरता र समृद्धि दिलाउन कठिन हुन्छ । त्यो घटनाले पुष्टि गरिसकेको छ । देश विकासका लागि विद्युत् र पर्यटनमा ध्यान दिए पुग्छ । आगामी पाँच–दश वर्षमै अरु विकास भएका देशको सूचीमा नेपाललाई पुर्याउन सकिन्छ । त्यसका लागि नेपाली जनताले एउटा दल विशेषलाई बहुमत दिलाउनै पर्छ । प्रतिपक्षमै रहे पनि म अहिलेको सरकार राम्रोसँग चलोस्, देशलाई सपारोस् भन्ने कामना गर्छु ।

सांसद गुप्ताको परिचय

मधेस प्रदेश पर्सा निर्वाचन क्षेत्र नं ३ भोराटार–७ का स्थायी बासिन्दा सांसद राजकुमार गुप्ता अनेरास्ववियुमा रही विसं २०४३ देखि राजनीतिमा सक्रिय छन् । उनीसँग नेकपा एमालेको भ्रातृ सङ्गठन युवासङ्घको सदस्य, पार्टी क्षेत्रीय अध्यक्ष, जिल्ला कमिटी सदस्य र केन्द्रीय सदस्य भई काम गरेको अनुभव छ । केही समय गुप्ता लोकतान्त्रिक मधेसी सङ्गठनमा रही महासचिवको समेत जिम्मेवारी सम्हाले । यसअघि विसं २०७० मा संविधानसभा सदस्य रहेका नेता गुप्ता गत निर्वाचनमा पर्सा निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

(गुप्तासँग नारायण न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः)

आजदेखि कांग्रेस महासमिति बैठकको बन्दसत्र

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्र आजदेखि सुरु हुँदैछ । सोमबार उद्घाटनसत्रसँगै सकिएको महासमितिको बैठक आज बिहान ९ बजेदेखि बन्दसत्र सुरु गर्न लागिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा छलफलका लागि पाँचवटा प्रतिवेदन पेस हुन लागेका छन् ।

मुख्यसचिव पौडेलका अनुसार बैठकमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव पेस हुन लागेको छ ।

यस्तै पार्टीका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेस गर्न लागेको पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

बैठकमा पेस भएका प्रस्तावबारे महासमितिको बैठकमा छलफल गरी पास हुनेछन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सोमबारदेखि सुरु भएको महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ ।

कांग्रेसको महासमिति बैठकमा भाग लिनका लागि देशैभरका महासमिति सदस्य र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि काठमाडौँ आइपुगेका छन् । बैठकमा दुई हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ ।

बसको व्यवस्था

महासमितिको बैठकमा भाग लिन आएका सदस्यलाई आवतजावतका लागि २० बसको व्यवस्था गरेको छ । कांग्रेसको सोमदेखि सुरु भएको महासमिति बैठकमा भाग लिन सङ्घीय राजधानी काठमाडौँ आएका प्रतिनिधिलाई ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रसम्म आवतजावत गर्नका लागि बसको व्यवस्था गरेको हो ।

कांग्रेसले महासमिति बैठकलाई व्यवस्थितरूपमा सम्पन्न गर्न निर्माण गरेको यातायात व्यवस्थापन उपसमितिमार्फत काठमाडौँबाट बैठकस्थल गोदावरीसम्म जान दैनिक २० बसको व्यवस्था गरेको हो । काठमाडौँबाट गोदावरी जान विभिन्न चार रुटबाट बस छुट्ने व्यवस्था मिलाइएको यातायात व्यवस्थापन उपसमितिका सदस्य सुवन गिरीले जानकारी दिए ।

बेलायतका विकासमन्त्रीद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन

लुम्बिनी, ८ फागुनः नेपाल भ्रमणमा रहेका बेलायतका विकास र अफ्रिका तथा राष्ट्रमण्डल विकास कार्यालयका मन्त्री एन्ड्र्यु मिचेलले सोमबार बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन गर्नुभएको छ ।

बेलायती मन्त्री मिचेलले विशेषगरी अस्पतालको मातृ स्वास्थ्य, शिशु स्वास्थ्य तथा बालबालिकाको पोषण कार्यक्रमका बारेमा चासो व्यक्त गर्दै उनले सहयोग वृद्धि गर्ने प्रतिबद्धता गर्नुभयो । अस्पतालले उपलब्ध गराउँदै आएको स्वास्थ्य सेवाप्रति सराहना व्यक्त गर्दै मिचेलले अस्पतालमा मातृ–शिशु स्वास्थ्य तथा बालबालिकाको पोषणको क्षेत्रमा आर्थिक सहयोग वृद्धि गर्न बेलायत सरकार तयार रहेको बताउनुभयो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, स्वास्थ्य सचिव राजु खनाल, बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयलगायतको उपस्थितिमा अस्पतालको स्वास्थ्य अवस्थाबारे छलफल भएको थियो ।

त्यस अवसरमा मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेशको स्वास्थ्य क्षेत्रका बारेमा जानकारी गराउनुभएको थियो । अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा सुदर्शन थापाले अस्पतालको स्वास्थ्य उपचार र अवस्थाबारे जानकारी गराउनुभएको थियो । अस्पतालमा रहेको ओसिएमसी, एनआइसीयू, एसएनसीयू, पिआइसीयू तथा बालबालिकाको पोषण पुनःस्थापना केन्द्रको अवलोकनपछि स्वास्थ्य उपचार सेवाबारे छलफल भएको मेसु डा थापाले जानकारी गराउनुभयो ।

यस्तै नगर प्रमुख पाण्डेयले बुटवलले मातृ स्वास्थ्य र शिशु स्वास्थ्यलाई विशेष प्राथमिकता दिएर कार्यक्रम अगाडि सारेको जानकारी गराउनुभयो । त्यस अवसरमा प्रमुख पाण्डेयले मन्त्री मिचेललाई नेपाल–अङ्ग्रेज युद्ध, जितगढी किल्ला र उजिरसिंहका बारेमा जानकारी गराउँदै उजिरसिंहको तस्बिर मायाको चिनोस्वरुप प्रदान गर्नुभयो ।

मन्त्रिपरिषद् बैठकमै मन्त्री र प्रधानमन्त्रीबिच भनाभन

काठमाडौँ । सत्तारूढ दलहरूबिच बढ्दै गएको तिक्तता मन्त्रिपरिषद् बैठकमै देखिन थालेको छ । प्रधानमन्त्री र अर्थमन्त्री, रक्षामन्त्री र गृहमन्त्री तथा गृहमन्त्री र अर्थमन्त्रीबिच मन्त्रिपरिषद् बैठकमै विवाद हुन थालेको हो ।

त मंसिरमा प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थ मन्त्रालयको कार्य प्रगतिमा प्रश्न उठाउँदै सचिवहरूकै अगाडि मन्त्री फेर्ने बताएपछि अर्थमन्त्री डा. प्रकाशशरण महतले सो विषयमा मन्त्रिपरिषद् बैठकमै असन्तुष्टि जनाए । उनले त्यतिबेला मन्त्रीहरूको कामकारबाहीप्रति प्रधानमन्त्री पनि जिम्मेवार हुनुपर्ने बताएका थिए । महतले मन्त्रिपरिषद्को समग्र नेतृत्व प्रधानमन्त्रीले गर्ने भएकाले सबै मन्त्रीको कार्यप्रगतिमा प्रधानमन्त्री कार्यालय र प्रधानमन्त्रीका सल्लाहकारहरू जस अपजसको भागीदार हुनुपर्नेमा जोड दिएका थिए । कार्यप्रगतिमा मन्त्रीको कमजोरी भए त्यसमा प्रधानमन्त्रीको हिस्सा कति भनेर पनि उनले प्रश्न उठाएका थिए ।

गृहमन्त्री र अर्थमन्त्रीबिच पनि विवाद भइसकेको छ । गृहमन्त्रीले अर्थ मन्त्रालयको कार्यक्षेत्रमा हस्तक्षेप गरेको भन्दै सो विवाद भएको थियो । त्यसपछि पुसमा पनि प्रधानमन्त्री दाहालसँग अर्थमन्त्री डा. महतको भनाभन भएको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।

बाबुआमाको नागरिकता नभएका कारण छोराछोरी पढाइबाट वञ्चित

ताप्लेजुङ । बाबुआमाको नागरिकता नभएका कारण छोराछोरीले पढाइबाट वञ्चित हुनुपरेको छ । ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका–३ लिङ्खिमका गुना राई र उनकी श्रीमती उर्मिला राईको नागरिकता नभएपछि छोराछोरी पढ्नबाट वञ्चित भएका हुन् ।

नागरिकता नहुँदा कोही पनि छोराछोरीको जन्मदर्ता प्रमाणपत्र बन्न सकेको छैन । एसइईको परीक्षा फाराम भर्न जन्मदर्ता प्रमाणपत्र अनिवार्य छ । लिङ्खिमको सिँवामा बसोबास गर्दै आएका राई दम्पतीको नागरिकता नभएकै कारण उनीहरूका एक छोरा र तीन छोरीसमेत चार जना छोराछोरीले पढाइबाट वञ्चित हुनुपरेको हो ।

पढ्न नपाएपछि राई दम्पतीका छोराछोरीले पढाइ छाडेर कोही मजदुरी गर्न र कसैले अर्काको घरमा घरायसी सहयोगी बनेर काम गर्दै आएका छन् । राई दम्पतीका एक मात्र छोरा भने हाल भारतको सिक्किमतिर सामान्य मजदुरी गर्दै आएको बताइएको छ । यस्तै जेठी छोरीले भारतकै केरलामा विवाह गरी घरजम गरेकी छन् ।

माइली छोरी २१ वर्षीया प्रेमिला राई भने अहिले फुङ्लिङ नगरपालिकाका एक परिवारमा बसेर घरायसी सहयोगीका रूपमा काम गर्दै आएकी छन् । आफ्ना बाबुआमाको नागरिकता नहुँदा जन्मदर्ता नै नपाएको र जन्मदर्ता प्रमाणपत्रकै कारण इच्छा हुँदाहुँदै पनि पढ्न नपाएको प्रेमिलाले बताइन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

घट्यो दलहरूको आम्दानी, कुन दलको बचत कति ?

काठमाडौँ । राजनीतिक दलको वार्षिक आयमा ह्रास आएको छ । राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र जनमत पार्टी घाटामा चलेको तिनीहरूको आर्थिक विवरणले देखाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालको आयव्ययको विवरणमा मात्रै नाफा देखाइएको छ । घाटामा चलेको विवरण देखाएका दलले मोटो रकम मुद्दती निक्षेपमा राखेका छन् । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले समेत सञ्चित राखे पनि बचतमा घाटा देखाएको छ ।

निर्वाचन आयोगमा राजनीतिक दलले बुझाएको आव २०७९–८० को वार्षिक आयव्ययको विवरण अनुसार सङ्घीय संसद्को दोस्रो ठुलो दल नेकपा एमाले ले मुद्दती निक्षेपमा १० करोड रुपियाँ जम्मा गरेको छ । त्यसबाहेक एमालेले चार वटा कोषमा करिब पाँच करोड १३ लाख २२ हजार रुपियाँ रहेको जनाएको छ ।

तर सो पार्टीले जम्मा आयभन्दा खर्च बढी भएको विवरणमा उल्लेख गरेको छ । आयोगमा बुझाइएको विवरणमा नेकपा एमालेले जम्मा आय करिब आठ करोड ९७ लाख २२ हजार रहेको जनाएको छ । नेपाली कांग्रेस र माओवादी केन्द्रले समेत सञ्चित राखे पनि बचतमा घाटा देखाएको छ । सङ्घीय संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले २०७९–८० मा तीन करोड ६४ लाख ७६ हजार आम्दानी देखाएको छ । अघिल्लो आवको कांग्रेसको आम्दानी ११ करोडले घटेको छ । कांग्रेसको कुल खर्च सात करोड ९९ लाख छ ।

आव २०७९–८० मा सबैभन्दा बढी आम्दानी गर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी पनि हो । पहिलो निर्वाचनबाटै राष्ट्रिय दलको मान्यता प्राप्त गर्न सफल सो दलले २०८० असारसम्म छ करोड ५० लाख रुपियाँ आम्दानी गरेको छ । सो दलको जम्मा खर्च करिब पाँच करोड आठ लाख छ । कर्जासहितको खुद बचत एक करोड ४५ लाख ४७ हजार रहेको रास्वापाले बुझाएको विवरणमा उल्लेख छ । सत्ता नेतृत्व गरेको माओवादी केन्द्र ले भने आव २०७९–८० मा तीन करोड ४८ लाख ४१ हजार आम्दानी गरेकोमा तीन करोड ८१ लाख खर्च गरेको छ । सो दलले बुझाएको विवरण अनुसार करिब ११ करोड रुपियाँ विभिन्न कोष र सञ्चय शीर्षकमा राखिएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

राजस्व संकलन र पुँजीगत खर्चमा सरकार असफल

काठमाडौँ । सरकारले अर्धवार्षिक समीक्षामार्फत बजेटको आकार २ खर्ब २१ अर्ब घटाउँदा पनि सात महिनाको अवधिमा न त आधा राजस्व उठाउन सकेको छ, न त बजेटको आधा खर्च नै गर्न सकेको छ । महत्त्वाकाङ्क्षी बजेटको लक्ष्य भेटाउन नसक्ने आङ्कलनपछि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बजेटलाई १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाखमा झारेको थियो ।

बजेटको आकार घटाउँदा पनि सरकारको सोमबारसम्मको राजस्व संशोधित बजेट लक्ष्यको ४० दशमलव ६८ प्रतिशत मात्र उठेको छ । सरकारले गत साउनदेखि सोमबारसम्ममा ५ खर्ब ७८ अर्ब ७५ करोड ९९ लाख रुपैयाँ मात्र राजस्व उठाउन सकेको छ । सरकारले वैदेशिक अनुदानबाट जम्मा २ अर्ब ७५ करोड ८० लाख रुपैयाँभन्दा बढी प्राप्त गर्न सकेको छैन । आजको राजधानी दैनिकमा समाचार छ

दोलखा केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौँ, ८ फागुन : दोलखा जिल्लाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ४ बजेर ५८ मिनेट जाँदा दोलखा जिल्लाको हाटडाँडा आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टरस्केलको भूकम्प गएको हो ।

यही फागुन ४ गते बझाङ जिल्लाको परकाट्ने केन्द्रविन्दु भएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको थियो ।

प्रथम ओएसिस महिला गोल्डकपको उपाधि मानेभञ्ज्याङलाई

फिक्कल (इलाम), ८ फागुनः इलाम सदरमुकाममा सञ्चालित प्रथम ओएसिस महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भारतको दार्जिलिङस्थित मानेभञ्ज्याङ फुटबल क्लबले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा इलामको दीपेन्द्रशिखर फुटबल क्लब ३–० गोलको फराकिलो अन्तरमा पराजित गर्दै मानेभञ्ज्याङले उपाधि चुमेको छ । मानेभञ्ज्याङलाई उपाधि जिताउन सिम्रन गुरुङ र सुस्मिता लेप्चाको योगदान रह्यो । खेलको नवौँ मिनेटमा नै मानेभञ्ज्याङकी सिम्रन गुरुङले पहिलो गोल गर्दै टोलीलाई अग्रतामा पु¥याउनुभएको थियो । २५औँ मिनेटमा सुस्मिता लेप्चाले गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो । ६७औँ मिनेटमा पुनः सिम्रन गुरुङले दोस्रो गोल गर्दै टोलीलाई ३–० को जितमा उपाधि दिलाउनुभयो ।

सुरुदेखि विपक्षीको दबाबमा परेको दीपेन्द्रशिखरले रक्षात्मक खेल्न नसक्दा उपविजेतामा चित्त बुझाउँनु परेको थियो । उपाधि जितेको मानेभञ्ज्याङले नगद रु दुई लाखसहित ट्रफी हात पा¥यो । उपविजेता बनेको दीपेन्द्रशिखरले नगद रु एक लाखमा चित्त बुझायो । फाइनल खेलको उत्कृष्ट खेलाडी विजेता मानेभञ्ज्याङकी सिम्रन गुरुङ घोषित हुनुभयो । उहाँले नगद रु पाँच हजार प्राप्त गर्नुभयो ।

प्रतियोगितामा मानेभञ्ज्याङका पाँच खेलाडीले उत्कृष्ट चार विधाकार पुरस्कार प्राप्त ग¥यो । उत्कृष्ट गोरक्षक विजेता मानेभञ्ज्याङकी ग्युमरी तामाङ, उत्कृष्ट फरवार्ड सिम्रन गुरुङ, उत्कृष्ट डिफेन्डर निमिता गुरुङ र सर्वोत्कृष्ट खेलाडी मरक घोषित हुँदै नगद रु पाँच हजार र ट्रफी पाउनुभयो ।

त्यस्तै, उत्कृष्ट मिडफिल्डर सप्तरीको नमोबुद्ध युथ क्लबकी प्रतीक्षा राई र उदियमान खेलाडी आयोजक क्लब ओएसिसकी आयशा राई घोषित हुँदै नगद रु पाँच÷पाँच हजार र ट्रफी प्राप्त गर्नुभयो । सर्वाधिक गोलकर्ता भने दुई खेलाडी घोषित भए । प्रतियोगिताभर तीन–तीन गोल गरेका र मानेभञ्ज्याङकी सिम्रन गुरुङ र झापाको विर्तामोड युनाइटेडकी समीक्षा मगर घोषित हुँदै नगद रु पाँच हजार र ट्रफी पाउनुभयो ।

विजेता र उपविजेता टोली र खेलाडीलाई इलाम नगरपालिका प्रमुख केदार थापाले पुरस्कार वितरण गर्नुभयो । क्लब ओएसिस इलामको आयोजनामा फागुन ३ गतेदेखि सञ्चालित प्रतियोगितामा नेपाल र भारतका आठवटा महिला टोलीको सहभागिता रहेको थियो ।

इरानले २ वटा युद्धपोत जहाज बनायो

तेहरान – देशको बढ्दो नौसैनिक क्षमताहरू प्रदर्शन गर्दै सोमबार बन्दर अब्बासमा आयोजित समारोहमा स्वदेशमै निर्मित दुई वटा युद्धपोतहरू अनावरण गरिएको छ । स्वर्गीय इरानी कमाण्डर कासिम सुलेमानीलाई सम्मान गर्दै “शाहिद बाकेरी” र “शाहिद सय्यद शिराजी” नामका दिई जहाजहरू इस्लामिक रिभोलुसन गार्ड्स कोर (आईआरजीसी) नौसेनाको “शाहिद सुलेमानी” वर्गका रहेको सो समारोहमा जानकारी दिइएको छ ।

नौसेना कमाण्डर अलिरेजा ताङ्सिरीले दिएको जनाकारी अनुसार ती जहाजहरू पूर्ण रूपमा इरानीहरूले डिजाइन गरेका हुन् । जसको लम्बाइ ६७ मिटर छ भने स्टेल्थ टेक्नोलोजी र हतियारहरूले सुसज्जित छ ।

ती जहाजहरूमा घरेलु रूपमा उत्पादन गरिएको लामो दूरीको सय्यद र मध्यम दूरीको नवभाब एयर डिफेन्स मिसाइलहरू जडान गरिएका छन्। ट्याङ्सिरीले ५, ५०० समुद्री माइल (९,५०० किमी) सम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ। चार वटा इन्जिनहरूद्वारा सञ्चालित जहाले तीनवटा हल्का रकेट पोतहरू समेत बोक्न क्षमताको रहेको बताइएको छ ।

एक महिनामा १५ हजारभन्दा बढी शरणार्थीहरू युगान्डामा प्रवेश गरे: संयुक्त राष्ट्र शरणार्थी एजेन्सी

यसै वर्षको जनवरीदेखि हालसम्म करिब एक महिनामा छिमेकी देशहरूबाट १५ हजारभन्दा बढी शरणार्थीहरू युगान्डा प्रवेश गरेका छन् । यो सङ्ख्या वर्षभरि बढ्दो क्रममा रहने अपेक्षा गरिएको शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तले जनाएको छ।

एजेन्सीको युगान्डाका प्रवक्ता फ्रान्क वालुसिम्बीले सोमबार सिन्ह्वालाई टेलिफोनमा बताए अनुसार अधिकांश शरणार्थीहरू प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी), सुडान र दक्षिण सुडानबाट आएका थिए।

यो स्थिति अप्रत्याशित छ किनकि ती देशमा अशान्ति जारी छ । विशेष गरी पूर्वी कङ्गोमा सरकारी सेना र मार्च २३ आन्दोलन (एम ३३) का विद्रोहीहरू बीचको लडाइँ जारी छ।

संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीले सन् २०२४ को अन्त्यसम्म ५० हजारभन्दा बढी शरणार्थीहरू युगान्डा पार गर्ने अपेक्षा गरेको छ । यसबाट ३ करोड अमेरिकी डलरको आर्थिक आवश्यकता सृजना हुनेछ ।

युगान्डाका प्रधानमन्त्री कार्यालयका शरणार्थीका लागि कार्यवाहक आयुक्त डगलस असिम्वेले सोमबार सिन्ह्वालाई बताए अनुसार कङ्गो र सुडानमा द्वन्द्व जारी रहेसम्म युगान्डामा थप शरणार्थीहरूको दबाब हुनेछ ।

युगान्डा विश्वको सबैभन्दा ठूलो मात्रामा शरणार्थीलाई आवास दिने देशहरू मध्ये एक हो जहाँ १६ लाख शरणार्थीहरू छन् । तीमध्ये अधिकांश छिमेकी दक्षिण सुडानबाट आएका छन्।

अवडिभकामा रहेको कोक प्लान्टको पूर्ण नियन्त्रणमा लिएको रुसको दाबी

रुसी सेनाले अवडिभका कोक र रासायनिक प्लान्ट पूर्ण नियन्त्रणमा लिएको बताएको छ ।

रक्षा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै रूसी सेनाले अवडिकाका कोक र रासायनिक प्लान्ट पूर्ण रूपमा नुयन्त्रणमा लिएको छ । रुसी सेनाले युक्रेनी सेनाको ७१ औं जेगर र २३ औं मेकानाइज्ड ब्रिगेडका साथै डोनेट्स्कमा रहेको ११६ औँ क्षेत्रीय रक्षा ब्रिगेडको जनशक्ति र हार्डवेयरलाई पनि आक्रमण गरेको बताएको छ ।

यसै बीच रुसले युक्रेनी केअ सङ्ख्यामा सैनिकको मृत्यु भएको र ठूलो सङ्ख्यामा घाइते भएको बताएको छ । दुईवटा बख्तरबन्द लडाकु सवारी साधन, २३ वटा मोटर, दुईवटा अमेरिकी निर्मित एम–७७७ होविट्जर र एउटा डी–३०– होइटाइजर ध्वस्त पारेको दाबी गरेको छ।

गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्न मुख्यमन्त्री शर्माको आग्रह

कर्णाली, ८ फागुन : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा जोड दिनुपर्ने बताउनुभएको छ । कर्णाली प्रदेश अस्पतालको १८औँ स्थापना दिवस कार्यक्रमलाई सोमबार सम्बोधन गर्नुहुँदै उहाँले यहाँका नागरिकको स्वास्थ्य अवस्थालाई सुरक्षित बनाउन अस्पताल प्रशासनको विशेष हात रहेको बताउनुभयो ।

“धेरै अस्पतालले बिरामी बढ्दा सेवामा प्रभाव बढेको ठान्छन्,” उहाँले भन्नुभयो, “बिरामी होइन, हामीले रोग बढ्न नदिने गरी गुणस्तरीय सेवाको विकास र विस्तार गर्नुपर्दछ ।” प्रदेश सरकारले दशवटै जिल्लामा स्वास्थ्य सेवाको विकासमा विशेष जोड दिएको बताउँदै सङ्घीय सरकारको केन्द्रीकृत मानसिकताले केही अप्ठ्यारो परेको टिप्पणी गर्नुभयो । उहाँका अनुसार स्वस्थ र शान्त नागरिकमात्र समाजमा खुसी र सुखी हुन सक्छ । नेतृत्वले त्यो वातावरण निर्माणतर्फ सोच राख्नुपर्दछ । अस्पतालको सेवा वृद्धि र जनशक्ति व्यवस्थापनमा सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।

नेकपा (एमाले) कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले प्रदेश अस्पताल प्रदेश सरकारको बजेटमा उच्च प्राथमिकतामा परेको जनाउनुभयो । उहाँले भन्नुभयो, “नागरिक सेवा सर्वसुलभ बनाउन गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरौँ । जनसरोकारका सवालहरुलाई बृहत्रुपमा छलफलको विषय बनाऔँ ।”

आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले कर्णाली प्रदेश अस्पताल प्रदेश सरकारको गर्व गर्न लायक स्वास्थ्य संस्था बन्दै गएकाले यसलाई विशिष्ट स्वास्थ्य संस्थाका रुपमा विकास गर्नुपर्ने सुझाउनुभयो । कर्णाली सरकारका प्रमुख सचिव चुडामणि पौडेलले अस्पतालको सेवालाई आधुनिकीकरण गरी विशेषज्ञ सेवालाई गाउँमा पु¥याउनुपर्ने सुझाव दिनुभयो ।

प्रदेश अस्पतालका निर्देशक डा डम्बर खड्काले आठ वर्षको कार्यकालमा आठ उपलब्धि हासिल गरेको बताउनुभयो । भौतिक पूर्वाधारमा भएको विकास, जनशक्तिको पर्याप्तता, आधुनिक स्वास्थ्य उपकरण जडान, अस्पतालको सेवामा सुधार तथा विस्तार, जटिल खालका रोगको निदान तथा उपचारमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान र कोरोना महामारीसँगको साहसिक लडाइँ, अस्पतालको सर्वाङ्गीण विकासका लागि सरोकारवालासँगको प्रगाढ सम्बन्ध र सहकार्य तथा यी सबै प्रयासबाट आर्जित जनविश्वास प्रमुख उपलब्धि भएको उहाँले बताउनुभयो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको उपकुलपति डा मङ्गल रावलले पश्चिम नेपालको हिमाली क्षेत्र अवस्थित प्रतिष्ठान र प्रदेश अस्पतालबीचको सहकार्यले कर्णालीका नागरिकको स्वास्थ्य अवस्था जुरुक्कै माथि उठ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बिरामी चाप बढ्नुले कतै हामीले नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पु¥याउन सकेनौँ कि भन्नेबारे गम्भीररुपले सोच्नै पर्दछ ।”

प्रतिष्ठानमा ९० भन्दा बढी विशेषज्ञसहित तीन सय ५० जनशक्ति रहेको जनाउँदै उपकुलपति रावलले ग्रामीण स्वास्थ्यको अध्ययन केन्द्र जुम्ला बन्ने जिकिर गर्नुभयो । प्राज्ञिक संस्था र अस्पताल दुवै एक अर्काका परिपूरक भएकाले प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल सुर्खेतको सहकार्य अपरिहार्य रहेको उहाँको भनाइ थियो ।

एमएम कप राष्ट्रिय क्रिकेट : मधेस प्रदेश दोस्रोपटक ‘च्याम्पियन’

कास्की, ८ फागुन : मधेस प्रदेश दोस्रो पटक मनमोहन मेमोरियल (एमएम) कप राष्ट्रिय यु–१६ क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन भएको तेस्रो संस्करणको प्रतियोगिताको सोमबार सम्पन्न फाइनल प्रतिस्पर्धामा सुदूरपश्चिम प्रदेशमाथि पाँच विकेटको सानदार जित निकाल्दै मधेस दोस्रोपटक च्याम्पियन बन्न सफल भयो ।

यसअघि मधेसले पहिलो संस्करणको उपाधि जितेको थियो । च्याम्पियन बनेको मधेशले रु एक लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेता बनेको सुदूरले रु ५० हजार र ट्रफीमा चित्त बुझायो ।

खेलमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिम २० दशमलव दुई ओभरमा ८६ रन जोडेर ‘अलआउट’ भयो । सुदूरलाई सस्तैमा रोक्न मधेसका बलर धीरेन्द्र पासवानले चार र रोहन यादवले तीन विकेट लिनुभयो । सुदूर पश्चिमका लागि विशाल विष्टले २४, निराजन गौतमले १८ र सचिन साउदले १४ रन बाहेक अन्य ब्याटरले दोहोरो अङ्कको रन जोड्न सक्नुभएन ।

मधेसका कप्तान चन्दन राम, मेराज आलम र वासिम अली मन्सुरीले समान एक÷एक विकेट लिनुभयो । उपाधिका लागि ८७ रनको लक्ष्य मधेसले २० ओभरको चौथो बलमा पाँच विकेट गुमाएर भेटाउन सफल भयो । सुरुआती चरणमा मधेसको ब्याटिङ धरमराए पनि मोहमद अरमानले २० र परिमार्जन यादवले ३० रनको योगदान दिएपछि जितको आधार तयार भयो । सुदूरपश्चिमका लागि डम्बर माझीले दुई, निराजन गौतम र नीरज ऐरले समान एक÷एक विकेट लिनुभयो ।

गत माघ २८ गतेदेखि सुरु भएको प्रतियोगितामा मधेस प्रदेशका चन्दन राम प्लेयर अफ दि सिरिज घोषित हुनुभयो । उहाँल प्रतियोगितामा ८३ रनको व्यक्तिगत योगदान दिँदा १० विकेट लिनुभएको थियो ।

प्रतियोगिताभर सर्वाधिक १४ विकेट लिनुभएका सुदूरपश्चिमका डम्बर माझी उत्कृष्ट बलर घोषित हुनुभयो । मधेस प्रदेशका राहुल हक अन्सारी उत्कृष्ट ब्याटर बन्न सफल हुनुभयो । उहाँले एक ५२ रन बनाउनुभएको थियो ।

प्रतियोगिताका विजेता टोली तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ, प्रतिनिधिसभाका सांसद एवं सेन्टरका अध्यक्ष ठाकुर गैरे, पूर्वमन्त्री एवं सेन्टरका उपाध्यक्ष रामकुमारी झाँक्री लगायतले नगद ट्रफी मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका थिए । ‘वन डे फर्मयाट’ अन्तर्गत २५ ओभरको ‘लिग कम नकआउट’मा खेल खेलाइएको थियो । प्रतियोगितामा मधेस र सुदूरपश्चिमसहित कोशी, बागमती, गण्डकी, कर्णाली, लुम्बिनी, सुदूरपश्चिम तथा आयोजक मनमोहन मेमोरियलले सहभागिता जनाएका थिए ।

एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि

काठमाडौँ – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुदैछ ।बैठक आज बिहान ११ बजे बस्नेछ । बैठक १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार केन्द्रीय कमिटी बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको छ।

उनका अनुुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् । साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धिकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ ।

यसैगरी, कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’हरु तथा समसामयिक प्रस्ताव रहेका प्रचार विभाग प्रमुख गौतमले बताए ।