`

आज गण्डकी प्रदेश सरकार स्थापना दिवस मनाईँदै

गण्डकी, ४ फागुनः गण्डकी प्रदेश सरकार स्थापना दिवस विविध कार्यक्रम गरी मनाईँदै छ । यसै उपलक्ष्यमा प्रदेश प्रमुख पृथ्वीमान गुुरुङ र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अलग अलग शुभकामना सन्देश जारी गर्नुभएको छ ।

प्रदेश प्रमुख गुुरुङद्वारा आज जारी शुुभकामना सन्देशमा सङ्घीयताको व्यावहारिक कार्यान्वयन आवश्यक भएकामा जोड दिनुुभएको छ । सन्देशमा उहाँले संविधानले तीन तहका सरकारबीच सहअस्तित्व, समन्वय र सहकार्यको परिकल्पना गरेको बताउनुुभयो । प्रत्येक तहका एकलसहित साझा संवैधानिक अधिकार र दायित्व पूरा गर्न सबैको सार्थक पहल र सहकार्य आवश्यक भएको सन्देशमा उल्लेख गर्दै नागरिकको विकास र समृद्धिको आकाङ्क्षालाई पूूरा गर्न सङ्घीयताको व्यावहारिक कार्यान्वयनलाई ध्यान आग्रह गर्नुभयो ।

सन्देशमा नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको हो जनाउँदै सन्देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र केवल शासन प्रणालीका रुपमा मात्र नभई नागरिकको जीवन पद्धति र शैलीका रुपमा स्थापित गर्न सक्दा मात्रै आम नागरिकले लोकतन्त्रको सुखद अनुभूति गर्न पाउने छन् भनिएको छ ।

सङ्घीयतासँगै प्रदेशको स्थापनापश्चात् धेरै उदाहरणीय कार्य भएता पनि त्यो पूूर्ण हुन नसकेको भन्दै उहाँले जनताको चाहना र लक्ष्यअनुसार प्रदेश सरकारमार्फत धेरै काम गर्न बाँकी रहेको बताउनुुभयो । प्रदेश स्थापना दिवसले सङ्घर्षको प्रतिफलस्वरुप प्राप्त राजनीतिक व्यवस्थाबाट विकास र समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरिएको छ ।

टर्की र इजिप्ट सहयोग बढाउन, गाजामा शान्ति प्रवर्द्धन गर्न सकारात्मक

टर्कीले गाजामा शान्ति र प्यालेस्टिनी मुद्दामा दिगो समाधानका लागि इजिप्टसँग सहकार्य विकास गर्न चाहेको टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बिहीबार बताउनु भएको छ ।

“हामी इजिप्टसँग गाजामा भएको नरसंहारको अन्त्य गर्न र प्यालेस्टिनी मुद्दाको दिगो समाधान गर्न इजिप्टसँगको सहकार्य बढाउन चाहन्छौं,” एर्दोगानले पत्रकार सम्मेलनमा भन्नु भएको छ । गाजामा इजरायली युद्धको बीचमा एर्दोगानले बुधबार इजिप्टको भ्रमण गरी दुई देश बीच वर्षौंको तनावपछि द्विपक्षीय सम्बन्ध पुनर्स्थापित गर्न चाहेको देखिन्छ ।

इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीलाई सन् २०१३ जुलाईमा अपदस्थ गरिएपछि उहाँको टर्की समर्थित मुस्लिम भ्रातृत्व समूहलाई गैरकानूनी ठहराएपछि टर्की-इजिप्ट सम्बन्धमा तनाव उत्पन्न भएको थियो । परिस्थिति बिग्रिएपछि दुई देशले एकअर्काका राजदूतहरूलाई निष्कासन गरेका थिए ।

एर्दोगानले पत्रकारहरूलाई भन्नुभएको छ- दुई राष्ट्रपतिहरूले सैन्य र रक्षा उद्योग लगायत द्विपक्षीय सम्बन्धमा हालै प्राप्त गरेको गतिको बारेमा छलफल गर्नु भएको छ । उहाँहरूल बीच सकेसम्म चाँडो उच्च-स्तरीय रणनीतिक सहयोग परिषद् बैठक आयोजना गर्न सहमत भएको छ ।

“इजिप्टका राष्ट्रपति श्री सिसीको निमन्त्रणामा गरिएको हाम्रो भ्रमण अत्यन्तै इमान्दार, फलदायी र सफल रह्यो,” उहाँले भन्नुभयो ।एर्डोगानले आफ्ना इजिप्टका समकक्षी सिसीले अप्रिल वा मेमा टर्की भ्रमण गर्ने अपेक्षा गरिएको बताउनु भएको छ ।

भवितव्य दुर्घटना राहत कोषको स्थापना गर्न माग

काठमाडौँ, ४ फागुन : देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भवितव्य दुर्घटना राहत कोषको स्थापना गर्न सरकारसँग माग गरेको छ ।

महासङ्घका महासचिव डेकनाथ गौतमले बिहीबार विज्ञप्ति जारी गरी पछिल्लो समय दुर्घटना बढेकामा दुःख व्यक्त गर्दै भवितव्य दुर्घटनाका लागि राहत कोषको स्थापना गर्न सरकारसँग माग गर्नुभयो । महासङ्घले बिहीबार बिहान महेन्द्रनगरबाट यात्रु लिएर काठमाडौँ आउँदै गरेको सुनौलो महाकाली यातायात प्रालिको रात्रि सेवामा सञ्चालित सुपप्र ०२–००१ ख ००९८ नंको यात्रुवाहक बस कपिलवस्तुको शिवराज नगरपालिका–१ मा दुर्घटना हुँदा १० जना यात्रुको घटनास्थलमा मृत्यु हुनाका साथै १५ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको हो । महासङ्घले उक्त भवितव्य दुर्घटनाबाट मृत्यु भएका आम यात्रुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै उपचारका क्रममा रहेको घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले भवितव्य रुपमा भएको दुर्घटनाको सत्यतथ्य छानबिनको माग गर्दै मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग आग्रह गर्नुभयो । उहाँले दुर्घटनामा घाइते भएकाको उपचारको जिम्मेवारी लिनसमेत सरकारसँग माग गर्नुभएको छ । महासङ्घले देशका विभिन्न भागमा भवितव्य रुपमा हुने सडक दुर्घटनामा केन्द्रीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र मजदुर सङ्गठनको सहभागिता रहने गरी दुर्घटना न्यूनीकरण कार्यदल गठनका लागि सरकारसमक्ष अनुरोध गरेको छ ।

इलाममा वडाले आफैँ जन्मदर्ता बनाएर घरमै ल्याइदिन थालेपछि टाढाको बाटो जाने बाध्यता हट्यो

इलाम, ४ फागुन : सूर्योदय नगरपालिका–५ समालबुङका केशव र बेबिका बुढाथोकीलाई छोरी साइफ्रिना जन्मिएको १२ दिनमा घरमै जन्मदर्ता पु¥याउन वडाध्यक्षसहितको टोली आउँदा अचम्म लाग्यो । “छारीको न्वारनमात्र सकिएको थियो । जन्मदर्ता वडामै बनाएर आज पु¥याउन आउनुभएछ । वडा कार्यालय टाढा छ, पुगेर आउने हैरान नै घट्यो ।” बेबिकाले भन्नुभयो, “यहाँ कति जनालाई त जन्मदर्ता ३५ दिनभित्र बनाई सक्नुपर्छ भन्ने पनि थाहा छैन ।

वडाले आफँै बनाई दिएर घरमै ल्याइदिन थालेछ खुसी लाग्यो ।” सोही ठाउँका एल्बिन शङ्खरको जन्मदर्ता जन्मिएको १६ दिनमा बिहीबार वडाले ल्याइदिएको उहाँकी आमा वर्षाले बताउनुभयो । सूर्योदय–५ वडा कार्यालयले बिहीबारदेखि बच्चाको जन्मदर्ता घरघरमै पु¥याउन सुरुआत गरेको छ । चेतना अभावका कारण समयमा बच्चाको जन्मदर्र्ता नगराएपछि विगत दुई वर्षदेखि जन्मदर्ता नबनाएका बालबालिका खोजेर बनाई दिन थालेको उक्त वडाले यस वर्षदेखि जन्मिएको ३५ दिनभित्रमा घरमै जन्मदर्ता पु¥याई दिने अभियान सुरुआत गरेको हो ।

“नानी जन्मिने बित्तिकै पहिले सुत्केरी भेट्न वडा स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मीहरुको टोली जानुहुन्छ,” वडाध्यक्ष उर्गेन बम्जनले भन्नुभयो, “उहाँहरुले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली २०७७ को अनुसूची १० बमोजिम सूचना फारम भरेर वडालाई उपलब्ध गराउनुहुन्छ । उहाँहरुले आमा र बाबुको विवाह दर्ताको फोटो र बच्चाको फोटो खिच्नुहुन्छ ।” त्यसका आधारमा वडाले जन्मदर्ता तयार गर्ने बम्जनले बताउनुभयो । उहाँका अनुसार, जन्मदर्ता जनप्रतिनिधि र कर्मचारीको टोली घरमै पुगेर अभिभावकालाई हस्तान्तरण गरिन्छ ।

वडामा रहेका सातवटा सामुदायिक र दुईवटा संस्थागत विद्यालयमा पुगेर दुई वर्षअघि विद्यार्थीको जन्मदर्ता जाँच गर्दा कतिपयको नभएको पाइएपछि यो विषयलाई वडाले संवेदनशील रुपमा लिइएको बम्जन बताउनुहुन्छ । “हामीले विगत दुई … पहिले स्कुल–स्कुल घुमेर जन्मदर्ता नभएका नानीहरु चेक ग¥यौँ,” उहाँले भन्नुभयो, “वडामा सातवटा सामुदायिक र दुईवटा संस्थागत गरी नौवटा विद्यालय छन् । त्यहाँ बाबुआमालाई सम्पर्क गराएर कानुनी सल्लाह दियौँ ।

जन्मदर्ता गरायौँ र पनि समस्या समाधान भएन ।” शत्प्रतिशतको जन्मदर्ता गराउने लक्ष्य लिएको वडाले त्यहाँका तीनवटा खोप केन्द्रमा पनि अनुगमन गरेको थियो । खोप केन्द्रमा खोप हान्दै गरेका नानीहरुको जन्मदर्ता भए–नभएको चेकजाँच गर्दा कतिपयलाई जन्मदर्ता गर्ने समयावधि, कागजी र कानुनी प्रक्रिया नै थाहा नभएको पाइएको बम्जनले बताउनुभयो । “खोप केन्द्रमा पत्ता लागेकाहरुको पनि काम गरियो । त्यो गर्दा पनि समस्या समाधान नभएकाले अब अन्तिम विकल्पका रुपमा यो अभियान सुरु गरेका छौँ,” उहाँले भन्नुभयो ।

एकातिर प्रक्रिया र सूचना थाहा नपाउँदा समस्या हुने गरेको छभने अर्कातिर आवश्यकता भएपछि मात्र चासो दिने समस्या छ । “कसैले बालबालिकालाई स्कुल पु¥याउने बेलामा मात्र थाहा पाएर गर्छन् त कसैले कुनै कामका लागि ‘डकुमेन्ट्स’ चाहिँदा मात्र गर्छन्,” वडा सचिव सञ्जय ढुङ्गेलले भन्नुभयो, “विशेषगरी चेतनास्तर नै कम भएर हो, जनप्रतिनिधिहरुको फुर्सद नहुँदा हामी आफैँ गएर दिन्छौँ तर राम्रो कामको सुरुआत गरिहालौँ भनेर थालिएको हो ।”

यसअघि जन्मदर्ता गर्न छुटेकाहरुको क्रमशः खोज्दै र अब जन्मनेहरुका लागि ३५ दिनभित्रमा घरमै उपलब्ध गराउने गरिएको अभियानलाई वडाबासीले धन्यवाद दिएका छन् । स्थानीय प्रदीप गिरीले भन्नुभयो, “जनताप्रति सचेत र जवाफदेही वडाध्यक्ष पाएका छौँ । नगर कार्यपालिकाकै कान्छो उमेरका हाम्रा अध्यक्ष ऊर्जावान्, सृजनशील र रचनात्मक चेत भएको व्यक्ति हुनुहुन्छ ।” देख्दा सामान्य भए पनि यो कार्य उदाहरणीय भएको स्थानीयबासी बताउँछन् ।

राजनीतिक दलहरु र लोकतन्त्रः अन्तर कि आन्तरिक ?

काठमाडौँ – आधुनिक नेपाल राज्यको अढाई सय वर्ष लामो इतिहासमा राजनीतिक अर्थात् प्रजातान्त्रिक गतिविधिको सुरुआत भएको धेरै भएको छैन । बाइसेचौबिसे भनेर चिनिने ससाना राज्यलाई एकीकरण गर्दै गोर्खाका तत्कालीन राजा पृथ्वीनारायण शाहले आजको नेपाल निर्माण गरेका हुन् । ८७ वर्ष पूरा भएछ नेपालमा प्रजातन्त्र स्थापनाका लागि योद्धा सहिदहरूले सांगठनिक पहल थालेको । प्रजातन्त्र हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको खुला वातावरणमा बसेर भूमण्डलीकृत विश्व अर्थतन्त्रको लाभ लिइरहेको वर्तमान पुस्ताका लागि त्यो पहल एउटा तिलस्मी कथाप्रायः हो ।

यथार्थ के हो भने, अहिलेको यो सङ्घीय लोकतान्त्रिक गणतन्त्र त हाम्रा पूर्वजहरूको लामो सङ्घर्ष र कडा तपस्याको योगदान हो । नेपालको प्रजातान्त्रिक आन्दोलनको लामो उतार–चढाब पार गर्दै आजको यस समयमा आइपुगेको छ । राणाशासनको अन्त्य प्रजातन्त्रको स्थापनाको लागि चन्द्रशम्शेरको समयदेखि सुरु भएको नेपालको प्रजातान्त्रिक आन्दोलन विभिन्न चरण पार गर्दै आज सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अंगिकार गरेको समयमा आइपुगेको छ ।

अन्तर्राष्ट्रिय अभ्यास – जापानमा दोस्रो विश्वको अन्त्यपछि प्रजातान्त्रिक राज्य व्यवस्थाको स्थापनामा अमेरिकी सहयोग उल्लेखनीय रह्यो । राज्यलाई एकत्रित गरी विकासको गतिलाई द्रूतता दिन लडाइँमा भोगेको दुःख, मानवीय र संरचनात्मक क्षति, अपहेलनालाई मनमा राखेर तत्कालीन राजनेता, प्रशासक र उद्योगपतिहरुको त्रिकोणात्मक सहकार्यबाट छोटो समयमा एक समृद्ध राष्ट्रका रुपमा स्थापित भएको इतिहास छ ।

त्यसबेला स्थापित भएको लिबरल डेमोक्र्याटिक पार्टी (एलडिपी) को सुझबुझ, राष्ट्र निर्माणको प्रतिबद्धता, सत्यनिष्ठा र सुशासनप्रतिको निष्ठाको कारण जनताले विश्वास गर्दै आएका छन् । लामो समयसम्म सत्तामा रहेको एलडिपीको विभिन्न आर्थिक काण्डका कारण यस दलको विकल्पमा जापानी जनताले सन २००९ को आमनिर्वचनमा अत्यधिक मतका साथ प्रतिपक्षी दल डेमोक्रयाटिक पार्टी अफ जापानलाई राज्यसत्ता सुम्पे । तर अनुभवहीनता, दलभित्रको खिचातानी र भ्रष्टाचारका कारण स्थिर सरकार हुन सकेन र २०१२ मा पुनः एलडिपीका नेता सिञ्जो आबेको नेतृत्वमा एलडिपी बहुमतसहित सत्तामा पुनबर्हाली भयो । यसबाट यो पुष्टि हुन्छ कि सुशासन, विकास र स्थिरता जसले दिन्छ त्यही नै जनताबाट अनुमोदित दल राज्यसत्ता सञ्चालनका लागि योग्य मानिन्छ ।

नेपालमा लोकतन्त्रको अभ्यास – हाम्रो देशको पनि विसं २००७ को परिवर्तनपछि प्रजातन्त्रको अभ्यासको सुरुवात भएको हो । विसं २०१५ को निर्वाचित सरकार, विसं २०१७ मा निर्वाचित सरकारलाई राजाबाट अपदस्थ, विसं २०१९ मा निर्दलीय पञ्चायती व्यवस्थाको सुरुआत, विसं २०४६ मा राजासहितको प्रजातन्त्र, २०६२÷६३ को आन्दोलन र गणतन्त्रको स्थापना तथा नेपालको संविधान २०७२ को जारीका साथै सङ्घीय गणतन्त्रामक राज्य व्यवस्थाको स्थापना यी सबै परिवर्तन देश र जनताको हित र समृद्धिका नाममा घटेका घटनाहरु हुन् ।

परिवर्तन त्यति खेर सम्भव हुन्छ, जब यसले विगतको विकृत कुशासनबाट मुक्ति दिने विश्वास दिलाउँछ । तसर्थ, परिवर्तनपश्चात राज्यसत्तामा आएका शासकहरुलाई विगतको कमीकमजोरीलाई देखाएर आफ्नो औचित्य र सान्दर्भिकता देखाउन छुट हुँदैन । उनीहरुले सुशासन, सन्तुलित विकास, न्यायोचित वितरण प्रणाली, सामाजिक न्याय, आर्थिक समृद्धि आदिको माध्यमबाट परिवर्तनको औचित्यता र महत्वलाई प्रमाणित गर्नु पर्दछ । संविधान जारी भएको आठ वर्ष पूरा भएको छ । यो बीचमा छ वटा सरकार बनेका छन् । तर जनताले अधिकार पाउने कानुन बनाउन भने कुनै पनि सरकारको प्राथमिकता परेको देखिएन । संविधान जारी भएपछि सबै जाति, क्षेत्र, लिङ्ग र समुदायलाई समान अधिकार दिएको भन्दै देशभर उत्सव मनाइएको थियो भने मधेसमा राजनीति गरिरहेका कतिपय दलहरुको असन्तुष्टि भने रहेको छ ।

राजनीतिक दलहरु र लोकतन्त्रः अन्तर कि आन्तरिक ? अन्तर पार्टी प्रतिस्पर्धा र आन्तरिक लोकतन्त्रमध्ये कुन माध्यमबाट लोकतन्त्र प्राप्त गर्ने भन्ने तनावपूर्ण अवस्था नै दलसम्बन्धी कानून अनुकूल सल्लाह मोडेलको चिन्ताको विषय हो । दलहरुबीचको प्रतिस्पर्धा लोकप्रिय मत प्राप्त गरेर सार्वजनिक पद धारण गर्ने क्रम नै अन्तरपार्टी प्रतिष्पर्धा हो । दलका आम सदस्यहरुलाई सार्वजनिक नीति निर्माण र दलगत अभ्यासमा सहभागी हुने अवसर उपलब्ध गराउने, सहभागिता अभिवृद्धि गर्ने सवालमा आन्तरिक लोकतन्त्र प्रतिविम्बित हुन्छ । निश्चित रुपमा यी दुई एक अर्काका परि पूरक होइनन् तर अन्य दलहरुको मतदातालाई के उपलब्ध गराएका छन् । सामाजिक विकासको मूल ऊर्जा र दलगत सङ्गठन विकासक्रमसँग कुन गतिमा अनुकूल रहन सक्छ भन्ने जस्ता सवालमा विद्यामान दूरीको आधारमा ती दुईबीचको तनाव बृहत नभए महत्वपूर्ण पनि हुन सक्दछ ।

आन्तरिक लोकतन्त्रका साथै अन्तरपार्टी प्रतिस्पर्धा प्रवद्र्धन गर्न कानून सस्यौदा गर्नुपर्छ त ? दलसम्बन्धी विद्वानहरुले एकातर्फ दलको विकासक्रममा उत्पन्न समस्याका कारण, विविधता र शक्ति विकेन्द्रीकरण गर्न सक्ने गरी विशेष सुधार अवलम्बन गर्ने र अर्कोतर्फ आन्तरिक लोकतन्त्रको विशिष्ट आवश्यकताका लागि बाह्य प्रभावमा गरिने सुधारबीच निश्चित भिन्नता रहेको बताउछन् । दलहरु कसरी सङ्गठित रहने भन्ने सवालमा आवश्यकता र सल्लाहका आधारमा दलसम्बन्धी कानून निर्माण गर्ने सदस्यहरुको पहल र दलहरु एवं लोकतन्त्रबीचको अन्तरसम्बन्ध कस्तो हुनुपर्छ भन्ने विद्वानहरुको भनाइमा भिन्नता आउन सक्दछ र दलहरुको बहन क्षमता जोखिममा पर्न सक्दछ ।माजिद पर्वेज(लेखक अधिवक्ता हुनुहुन्छ)

एमाले धादिङ अध्यक्षमा त्रिपाठी निर्वाचित

मलेखु – नेपाल कम्युनिष्ट पार्टी (एमाले) धादिङको अध्यक्षमा पुनः भूमि त्रिपाठी निर्वाचित हुनुभएको छ । बिहिबार सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट त्रिपाठी तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । अध्यक्षका लागि प्रतिस्पर्धामा रहनुभएका रामकुमार अधिकारीलाई ७१ मतले पराजित गर्दै त्रिपाठी निर्वाचित हुनुभएको हो ।

त्रिपाठीको पक्षमा तीन सय नौ र अधिकारीको पक्षमा दुई सय ३८ मत खसेको थियो । एक सय पाँच सदस्यीय जिल्ला कमिटिको उपाध्यक्षमा अर्जुन श्रेष्ठ (गोर्खाली), सचिवमा राधिका सापकोटा, महिला उपसचिवमा उर्मिला रेग्मी, खुला उपसचिवमा भक्तबहादुर लामिछाने निर्वाचित हुनुभएको छ

रोकिएन सडक दुर्घटना : तीन दिनमा लुम्बिनी प्रदेशमा २२ जनाको मृत्यु

भैरहवा (रुपन्देही), ४ फागुन ः फागुन लागकैदिन पाल्पामा जिप दुर्घटना हुँदा १० जनाले अकालमा ज्यान गुमाउनु प¥यो । १३ जनाको सिट क्षमता रहेको जिपमा २७ जना यात्रु सवार रहेका थिए । जिप उकालोमा तान्न नसकेपछि दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

बिहीबार कपिलवस्तुको सुरही नाकामा बस दुर्घटना हँुदा पनि १० जनाले ज्यान गुमाउनु प¥यो । सोही बसमा सवार अन्य ३० जना घाइते भएको प्रहरीको भनाइ छ । बस तीव्र गतिमा रहेका कारण दुर्घटना भएको जनाइएको छ ।

गत माघमा दाङको भालुवाङमा बस दुर्घटना हँुदा १२ जनाको मृत्यु भएको थियो । तीव्र गतिमा रहेको बस ट्राफिक प्रहरीलाई छल्दै सोझै राप्ती नदीमा खसेको थियो । यी घटनाहरु त प्रतिनिधिमूलक घटनामात्र हुन् । लुम्बिनी प्रदेशमा मात्रै पछिल्लो चालु आर्थिक वर्षको छ महिनामा दुई सय ८५ जनाले ज्यान गुमाएको प्रहरी तथ्याङ्क छ । फागुन महिनामा मात्रै २२ जनाले ज्यान गुमाएको र घाइतेको गम्भीर अवस्थालाई हेर्दै यो सङ्ख्या अझै बढ्न सक्ने ट्राफिक प्रहरीको भनाइ छ ।

विशेषतः प्रदेशको पहाडी जिल्लामा भएको दुर्घटनामा परेर हताहत हुने सङ्ख्या बढी रहेको छ । ट्राफिक प्रहरी, सवारी चालक एवं बस व्यवसायीहरुको चेपुवामा यात्रुहरुले ज्यान गुमाइरहँदा यी सरोकारवाला एकअर्कालाई दोषारोपणम दिइरहेका छन् । ट्राफिक प्रहरीले चालक, सडकको अवस्था एवं सवारीको स्थितिलाई देखाउँदै यिनीहरुलाई दुर्घटनाको कारक बताइरहेको छ । बस व्यवसायीहरुले भने ट्राफिक प्रहरीले दुर्घटनाका नाममा अनावश्यक जाँच गरी मानसिक तनाव दिएको आरोप छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसार्इंले प्रारम्भिक अनुसन्धानमा चालककै लापारबाहीका कारण दुर्घटना भएको बताउनुभएको छ । तीव्र गति, अत्यधिक भारवहनका कारण पाल्पा र कपिलवस्तुको दुर्घटना भएको उहाँको भनाइ छ ।

हालको घटनामा चालकको लापरबाही देखिए पनि दुर्घटनामा अन्य कारणले पनि प्रभाव पार्ने गरेको उहाँ बताउनुहुन्छ । मुख्यतयाः चालक तथा यात्रुले ट्राफिक नियमको पालना नगर्नु, सडकको अवस्था, सवारी साधनको अवस्था, मापसे, चालकहरु पेसाप्रति जवाफदेही नहुनु, भौगोलिक विकटता, अत्यधिक सवारी चापलगायत कारण लुम्बिनी प्रदेशका दुर्घटनाका मुख्य समस्याका रुपमा रहेका छन् ।

प्रहरी उपरीक्षक प्रसाईँले दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीसंग सीमित स्रोत साधन रहेको बताउनुभयो । “ट्राफिक व्यवस्थापन प्रविधिमैत्री र डिजिटाइलेजेसन गर्न आवश्यक छ, अहिले ट्राफिक प्रहरीमा यी दवैको खाँचो छ,” उहाँले भन्नुभयो, “हामीले पर्याप्त कारबाही गरेका छौँ, प्रहरीले सचेतनासँगै सजाय गरे पनि त्यो पर्याप्त हुन सकेको छैन ।”

उहाँले ट्राफिक प्रहरी प्रविधि र उपकरणमा कमजोर रहेको बताउनुभयो । यसका लागि स्थानीय निकायहरुसँग पटकपटक अनुरोध गरे पनि त्यो सफल हुन भने नसकेको उहाँको भनाइ छ । उहाँको सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरी मात्र नभई सबै पक्ष उत्तिकै जिम्मेवार हुनुपर्ने तर्क छ ।

दुर्घटना कुनै एक विशिष्ट एक कारणले हुने नभई यसमा धेरै तत्वले प्रभाव पारिरहेको बस व्यवसायीहरुको भनाइ छ । सबै घटनामा चालकलाई मात्र दोषारोपण गरे उम्किन नमिल्ने पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल बताउनुहुन्छ । उहाँले चालकलाई सबैभन्दा बढी कामको भार थपिएको बताउनुभयो । “चालकले बस चलाउनमा ध्यान दिनुपर्नेमा ऊ यात्रुदेखि अन्य कुराहरुमा व्यस्त हुने गरेको छ,” उहाँले भन्नुभयो, “यस्तोमा उसलाई दुर्घटना न्यूनीकरणभन्दा पनि यात्रु कसरी बढाउने र कसरी रकम कमाउनेमै ध्यान जाने गरेको छ ।”

अहिले यात्रुको चाप भन्दा सवारी साधनको चाप बढी भएको कारण चालकलाई यात्रु कसरी बढाउन सकिन्छ भन्ने मानसिक तनाव रहेको उहाँको भनाइ छ । यसबाहेक ट्राफिक प्रहरीले एउटै प्रदेशमा १० स्थानमा जाँच गरेर चालकलाई आक्रान्त बनाएको उहाँको आरोप छ । जरिवाना उठाउने सरकारको नीति पनि दुर्घटनाको कारक रहेको हुँदा प्रदेशले कति जरिवाना उठाउने भन्ने निक्र्याैल हुनुपर्ने धारणा राख्नुभयो । खरेलले ट्राफिक व्यवस्थापन व्यवस्थित गर्नका लागि कार्ययोजना बनाई स–साना कुरामा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

लुम्बिनी प्रदेशमा आव २०७७/०७८ मा एक हजार दुई सय १२ दुर्घटनामा परी पाँच सय २७ जनाले ज्यान गुमाएका थिए । सोही आर्थिक वर्षमा एक हजार ८३ जना गम्भीर घाइते र सात सय ४० जना सामान्य घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको तथ्याङ्कले देखाएको छ । आव २०७८/०७९ मा एक हजार एक सय ६४ सवारी दुर्घटनामा परी पाँच सय ५१ जनाले ज्यान गुमाउनाका साथै एक हजार एक सय २३ जना गम्भीर घाइते तथा पाँच सय १७ जना सामान्य घाइते भएका थिए ।

आव २०७९/०८० मा भने आठ सय ९२ सवारी दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या चार सय ६२ रहेको थियो । सो आर्थिक वर्षमा सात सय ९९ जना गम्भीर घाइते तथा चार सय ७७ जना सामान्य घाइते भएको तथ्याङ्कमा उल्लेख छ ।

अर्बुद भएका पचास प्रतिशत बालबालिका अस्पतालको पहुँच बाहिर

भरतपुर, ४ फागुन : चितवनस्थित बिपी कोइराला मोमोरियल अर्बुद अस्पतालमा कार्यरत बाल अर्बुद रोग विशेषज्ञ कृष्णसागर पौडेलले नेपालमा अर्बुद भएका बालबालिका मध्ये पचास प्रतिशतभन्दा बढी अस्पतालको पहुँच बाहिर रहेका जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “नेपालमा वर्षेनी करिब एक हजार पाँच सयजना बालबालिकालाई अर्बुद हुने गरेको अनुमान छ । यसमध्ये अस्पतालको पहुँचमा आधा मात्र आउँदछन् । अस्पताल आउनेमध्ये बिपी कोइराला अर्बुद अस्पतालमा चार सयको हाराहारीमा मात्र छन् । ”

अस्पतालद्वारा अर्बुद भएका बालबालिकालाई स्टेसनरी सामग्री वितरण गर्न बिहीबार आयोजित कार्यक्रममा उहाँले भरतपुर अर्बुदअस्पताल आएका ६० प्रतिशत बालबालिकालाई अर्बुद निको हुने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार समग्र नेपालमा निको हुने दर ३० प्रतिशत मात्रै रहेको छ । तर निको हुने दर बढाएर ८० प्रतिशत पु¥याउन सकिने उहाँको भनाइ छ । “अहिले अभिभावकमा चेतनाको कमी छ । आधा बिरामी त अस्पताल नै आउँदैनन् । आएका पनि उपचार प्रक्रिया पूरा नगरी बीचमै छोड्छन्”, उहाँले भन्नुभयो, “अस्पतालमा शय्याको सङ्ख्या थप गर्ने र उपचार सर्वसुलभ बनाउने हो भने बाल अर्बुदलाई न्यूनीकरण गर्न सकिन्छ ।”विश्व बाल अर्बुद दिवसका अवसरमा आयोजित सो कार्यक्रममा अभिभावकबीच जनचेतनामूलक कार्यक्रम समेत आयोजना गरिएको थियो । नेपालमा बालबालिकाको अर्बुद रोगको उपचार बिपी कोइराला मेमोरियल अर्बुद अस्पताल भरतपुरसँगै भक्तपुर अर्बुद अस्पताल, पाटन अस्पताल, तिलगङ्गा आँखा अस्पताल, कान्ति बाल अस्पताललगायत उपचार हुन्छ । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई बाल अर्बुदसम्बन्धी विश्वव्यापी अभियानको ‘फोकस’ राष्ट्रका रुपमा समेत सूचीकृत गरेको छ । सरकारले बालबालिकाको अर्बुद उपचारका लागि अस्पतालमा उपलब्ध कतिपय सेवा निःशुल्क गरेको छ ।सरकारले एक लाखसम्मको औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । डा पौडेलका अनुसार उपचार हुने अस्पतालमा पुगिसकेकामध्ये २० देखि ३० प्रतिशत आर्थिक अभावका कारणले उपचार नगरीकन वा उपचार बीचैमा छाडेर घर जाने गरेका छन् । नेपालमा बर्सेनि २५ हजार नयाँ अर्बुद रोगी थपिने गरेकामा तीमध्ये एक हजार पाँच सय बालबालिका रहने गरेका छन् । कार्यक्रममा बिपी कोइराला मेमोरियल अर्बुद अस्तपालका कार्यकारी निर्देशक डा शिव पौडेल, उपनिर्देशक डा उमेश नेपाल, अभिभावक तथा बिरामीहरुको उपस्थिति रहेको थियो ।

हेटौँडाबाट वीरगञ्जतर्फ लैजादै गरेको अवस्थामा ३५ किलो चरेशसहित दुई भारतीय पक्राउ

बारा-लागुऔषध चरेससहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । भारत उत्तर प्रदेश, जिल्ला बरेध, दिपाद कोतवाली बस्ने वर्ष ४२ को साफिर अली र सोही ठाँउ बस्ने वर्ष ४४ को मोहमद अबजाललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

अभिव्युक्तहरुको साथबाट लागुऔषध ३४ किलो नौ सय ६८ ग्राम चरेस बरामद गरिएको थियो । इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले भारतमा दर्ता रहेको सवारी साधनबाट उक्त परिमाणको चरेस हेटौँडाबाट वीरगञ्जतर्फ लिएर गइरहेको अवस्थामा बरामद गरिएको हो । अभियुक्तहरूलाई लागुऔषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालत, कलैयाबाट पाँच दिन म्याद थप गरी थप अनुसन्धान थालिएको प्रहरी उपरीक्षक काफ्लेले राससलाई जानकारी दिनुभयो ।

बझाङमा जिप दुर्घटना : एकको मृत्यु, दुईजना घाइते

चैनपुर (बझाङ), ४ फागुनः बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्युभएको छ भने दुईजना घाइते भएका छन् ।

बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्युहुनेमा तलकोट–१ की सुस्मिता कठायत रहेकी छिन् भने घाइते तलकोट–३ का जिप चालक राजेशकुमार कडाल र मष्टा गाउँपालिका–५ का सह–चालक कमल कठायतको जिल्ला अस्पताल चैनपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाहका अनुसार दुर्घटनापछि सुस्मितालाई उपचारका लागि जिल्ला अस्पतालमा पु¥याउँदा चिकित्सकले उनीलाई मृत घोषणा गरेका थिए । जिप अनियन्त्रित भएर सडकबाट ७० फिट तल खसेको थियो ।

पाकिस्तानको विदेशी मुद्रा सञ्चिति १३ मिलियन अमेरिकी डलरले बढ्यो

स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी मुद्रा सञ्चिति १ करोड ३० लाख अमेरिकी डलरले बढेको जनाएको छ। फेब्रुअरी ९ मा समाप्त भएको सातामा बैंकको कुल विदेशी मुद्रा सञ्चिति करिब ८ अर्ब डलर पुगेको एसबीपीले बिहीबार राति जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वाणिज्य बैंकहरूसँग रहेको खुद विदेशी सञ्चिति करिब ५ अर्ब १ करोड डलर पुगेको केन्द्रीय बैंकले जनाएको छ ।एसबीपीका अनुसार दैशमा कुल तरल विदेशी मुद्रा करिब १३.१ अर्ब डलर रहेको छ ।

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

कास्की – गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी शुक्रबार प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमामा बिदा दिइएको जनाएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयानुसार प्रदेश राजपत्रमा बिदासम्बन्धी सूचना प्रकाशित भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव एवं प्रवक्ता प्रवीण ढकालले जानकारी दिनुभयो ।

नयाँ संविधान जारी भएपछि विसं २०७४ मङ्सिरमा पहिलोपटक प्रदेशसभाको निर्वाचन भएर प्रदेश सरकार गठन भई प्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदभार ग्रहण गरेको दिनलाई सरकारको स्थापना दिवसका रुपमा बर्सेनि मनाउँदै आइएको छ । स्थापना दिवसमा प्रदेश सरकारले प्रभातफेरी, दीपावली तथा स्थापना दिवस समारोहलगायतका कार्यक्रम गर्दैै आएको छ ।

‘राजनीतिक दलले असल व्यवहार अनुसरण गर्नुपर्छ’ – सभामुख घिमिरे

गाईघाट (उदयपुर) – प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजनीतिक दल र तिनका नेताले राम्रो काम र व्यवहारको अनुसरण गर्नुपर्ने बताउनुभएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेमा प्रजातान्त्रिक योद्धा गम्भीरबहादुर थापाको बिहिबार सालिक अनावरण गर्नुहुँदै सभामुख घिमिरेले उहाँले नेपालमा प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभयो । उदयपुरको माटोमा जन्मिनुएका थापा २००७ सालको प्रजातान्त्रिक योद्धाका साथै गान्धिवादी नेता भएको उहाँले उल्लेख गर्नुभयो ।

विसं २००७ मा राणा शासनविरुद्ध लड्नुभएका थापाले प्रजातन्त्र स्थापनापछि स्वदेशमा उत्पादन गरिएको कपडा लगाउने भन्दै विराटनगर जुटमिलबाट उत्पादित लुगा मात्र लगाउनुभएको सभामुख घिमिरेले स्मरण गर्नुभयो ।

गम्भीरबहादुर थापा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सांसद् अमर रायमाझी, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमीरे, प्रहरी प्रमुख रमेश थापासहित जिल्लाका विभिन्न राजनीतिक दलका नेतालगायतको उपस्थिति थियो । जिल्ला हुलाक कार्यालयका प्रमूख हरिप्रसाद खत्रीका अनुसार स्व थापाको फोटोसहितको रु १० को टिकट आजैदेखि प्रयोगमा आएको छ ।

खारेजीको प्रक्रियामा ४१ दल, १९ दललाई नाम परिवर्तन गर्न निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले १९ राजनीतिक दललाई नाम परिवर्तन गर्न निर्देशन दिएको छ । संविधान र ऐनको मर्मको भावनाअनुरूप नभएकाले आयोगमा दर्ता कायम रहेका १९ दललाई नाम परिवर्तन गर्न आयोगले निर्देशन दिएको हो ।

आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्टराईले आयोग पदाधिकारीको फागुन ३ गतेको बैठकले आयोगमा दर्ता कायम रहेका १९ दलको नाम परिवर्तन गर्न निर्देशन दिने निर्णय गरेको जानकारी दिए । संविधान तथा ऐनमा दलको नाम सार्वजनिक नैतिकता प्रतिकूल हुन नहुने व्यवस्था गरेको छ ।

महाशाखा प्रमुख भट्टराईले भने, “संविधान र ऐनको भावनाविपरीत दर्ता भएका दलहरूलाई नाम परिवर्तन गर्न जानकारी गराउने निर्णय भएको हो ।” उनले आयोगले ऐनविपरीत नाम हुने दललाई छुट्टाछुट्टै पत्राचार गरी निश्चित समय दिएर नाम परिवर्तन गर्न जानकारी गराउने बताए । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा दलको नाम, उद्देश्य, चिह्न वा झन्डा नेपालको धार्मिक वा साम्प्रदायिक एकतालाई खलल पार्ने वा विखण्डित गर्ने प्रकृतिको भएमा वा सार्वजनिक नैतिकता प्रतिकूल हुने भएमा दल दर्ता नहुने उल्लेख छ । दर्ता भएको समयमा किन रोकिएन प्रश्नमा सहसचिव भट्टराईले भने, “२०७२ सालअघि नै दर्ता भएका राजनीतिक दलमा यस प्रकारको समस्या देखियो ।”

संविधान जारी भएपछि पनि आयोगले दल दर्ताका लागि आह्वान गर्दा आयोगमा दर्ता कायम दलले पुनः दर्ता गराएका थिए । राजनीतिक दलसम्बन्धी ऐन भने २०७३ मा मात्रै यो व्यवस्था आएको हो । आयोगले ४१ राजनीतिक दललाई खारेजको प्रक्रियामा लाने भएको छ । दलले केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन नगरेको तथा लेखा परीक्षण प्रतिवेदन नबुझाएको र बुझाए पनि सार्वजनिक गरेनन् । आयोगले ती दललाई जरिवाना तोकेकोमा जरिवानासमेत नबुझाएपछि खारेजी प्रक्रियामा लाने भएको छ । कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख भट्टराईले भने, “त्यस्ता ४१ दललाई अन्तिम पटकलाई भनेर एक पटक जरिवाना बुझाउन निर्देशन दिने र जरिवाना नबुझाए खारेज प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।”

आर्थिक वर्ष २०७८–७९ को आयव्ययको विवरण नबुझाउने र बुझाए पनि सार्वजनिक नगरेका दलको सङ्ख्या ४० छ । आधुनिक नेपाल समाजवादी पार्टीले भने केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचन नगरेकाले अझै एक पटक जरिवाना बुझाउन म्याद दिने निर्णय भएको हो । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

हेर्नुहोस् फागुन ४ गते शुक्रवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – पारीवारिक साथसहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । अध्यन अध्यापनका क्षेत्रमा समय उत्तम रहेकोछ । ब्यपार ब्यवसायमा साजेदारी उत्तम रहनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । समय अनुरुप कार्यको निर्णय लिन नसक्दा सामान्य ढिलाईको सामना गर्नु पर्ला । नयाँ लगानि उत्तम रहनेछ ।

बृष राशि- अनावश्यक खर्चका कारण तात्कालीक आर्थीक अभाबको सामना गर्नुपर्नेछ । कामकाजका क्षेत्रमा अरुको दवाबको महसुस हुने सम्भाबना रहेकोछ । देश बिदेशको यात्राको योग रहेकोछ । परीवारका सदस्यहरु सगँको सम्बन्धमाभने सामान्य झमेला उत्पन्न हुन सक्नेछ । हरकसैको बिश्वासमा नपर्नु होला ।

मिथुन राशि – भोज भतेर जन्य कार्यमा सरिक हुने अवसर प्राप्त हुनेछ । शारीरिक आलस्यताले अध्यन अध्यापन को क्षेत्रमा प्रभाब पार्ने समय रहेकोछ । शत्रु परास्त्र हुनेछन तथा शुभ चिन्तकको बृद्यि हुनेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला ।

कर्कट राशि – शारीरिक अस्वस्थता तथा आलस्यताको चपेटामा फसिनेछ । पारीवारिक साथ सहयोग बाट भने अधुराकार्य सम्पादनमा सहयोग मिल्नेछ । सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ ।

सिंह राशि – मनोरञ्जनात्मक कार्यमा सामान्य खर्चको सम्भाबना रहेको छ । प्रत्येक कार्यमा तपाँईको अग्रसरतको आवश्यक रहने समय रहेको छ । पारिवारीक झोर झमेलाको सम्भाबना रहेको छ । स्मरणीय यात्राको सम्भाबना रहेको छ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला ।

कन्या राशि- सामान्य चोट पटकको सम्भाबना रहेता पनि मित्रजनहरुको साथ सहयोग द्वारा ब्यत्तित्व बिकासमा सहयोग मिल्नेछ । कुल कुटुम्बहरुको साथ सहयोगमा आम्दानि क्षेत्रमा बृद्यि हुनेछ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ सजग रहनु होला ।

तुला राशि- भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

बृश्चिक राशि – मनमा उत्पन्न कार्य क्षेत्रको डरले कार्य सम्पादनमा ढिलाईको सामना गनुपर्नेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

धनु राशि- प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । बौधिक ब्यक्तित्व सगँको भेटघाटको अवशर जुट्नेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा सामान्य ढिलाईको सामना हुन सक्छ ।

मकर राशि – नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ ।

कुम्भ राशि – नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । पराक्रममा बृद्धि हुनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।

मीन राशि- नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

दाङमा गोली प्रहारबाट महिला प्रहरीको मृत्यु

दाङ । घोराहीमा एक जना प्रहरी जवानले प्रहार गरेको गोली लागेर महिला प्रहरी जवानको मृत्यु भएको छ । दाङको घोराही –१५ दामोदार चोक नजिक बिहीबार साँझ नेपालगञ्जमा कार्यरत प्रहरी जवान यमबहादुर झाँक्रीले ‘डिउटी’मा रहेकी धनमाया थापामगरलाई गोली प्रहार गरेका थिए । गोली प्रहारबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो । झाँक्री धनमायाका श्रीमान् हुन् ।

गोली लागेर ज्यान गुमाएकी थापामगर वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत थिइन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लका अनुसार घटनास्थलमा तीन राउण्ड गोली चलेको थियो । महिला प्रहरीमाथि गोली चलाउने झाँक्रीलाई लमही नगरपालिका–६ अर्जुनखोलाबाट पक्राउ गरिएको छ ।

अमेरिका लैजाने भन्दै भारतीय नागरिकलाई काठमाडौंमा बन्धक बनाउने गिरोहका ९ जना सार्वजनिक

काठमाडौँ, ३ फागुन : अमेरिका लैजाने भन्दै भारतीय नागरिकलाई काठमाडौँमा ल्याएर बन्धक बनाएको आरोपमा पक्राउ परेका आठ जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

पक्राउ परेका भारतीय नागरिक ५४ वर्षीय अब्दुल रहिम, ३० वर्षीय रवि मिवदे, ४२ वर्षीय चरणजित सिंह, ४७ वर्षीय मनिषकुमार मल्होत्रा, अशोक कुमार, ५१ वर्षीय निपुन गुप्ता, ५८ वर्षीय इन्दुसिंह यादव, ४८ वर्षीय रामचन्द्र शर्मा र नेपाली नागरिक २५ वर्षीय लक्ष्मण गिरीलाई सार्वजनिक गरिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीका अनुसार आठैजनालाई प्रहरीले बुधबार राति पक्राउ गरेको हो ।

आरोपीतले बन्धक बनाएका ११ जनालाई काठमाडौँ महानगरपालिका–९ रातोपुलबाट उद्धार गरिएको हो । नेपाली नागरिक गिरीले आरोपीतका कागजात फोटोकपि लगायतका काम गरिदिने गरेको खुलेको छ । उनीहरुविरुद्ध अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । अमेरिका पठाउन एक जनाको ४० लाखदेखि ४५ लाख भारतीय रुपैयाँ लाग्ने भन्दै उनीहरुले घरबाट पैसा मगाउन लगाएको अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

प्रहरीले उद्धार गरेका भारतीय नागरिकमा गुरुनिन्दर सिंह, सुवास कुँवर, भुपेन्द्र सिंह, प्रतिक, मानबिर सिंह, जग्दीप सिंह, गुरप्रित सिंह, कुलदीप सिंह, राकेश कुमार, आशिस कुमार र गुरप्रित सिंह रहेका प्रहरी नायब उपरीक्षक खतिवडाले बताउनुुभयो ।

श्रीलङ्का र इजरायल बीच सीधा हवाई सेवा सम्झौतामा हस्ताक्षर

श्रीलङ्का र इजरायल बीच सीधा हवाई सेवा सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।श्रीलङ्काका बन्दरगाह, जहाज र उड्डयन मन्त्री निमल सिरिपाला डे सिल्भाले बिहीबार इजरायल र श्रीलङ्काबीच प्रत्यक्ष हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको घोषणा गर्नुभएको छ। राष्ट्रपतिको मिडिया सेन्टरमा पत्रकार सम्मेलनमा बोल्दै मन्त्रीले सो सम्झौताले इजरायल र श्रीलङ्काबीचको सिधा उडानको शुरुवात भएको र यात्रुको सुविधामा बृद्धि हुने बताउनु भएको छ।

सम्झौताबाट इजरायल जाने श्रीलङ्काका कामदारहरूलाई सहयोग पुग्ने र इजरायलीहरूलाई श्रीलङ्का भ्रमण गर्न प्रोत्साहित गर्ने मन्त्रीले बताउनु भयो । देशको प्रमुख अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढेपछि नयाँ टर्मिनल भवन खोल्ने योजना रहेको उहाँले जानकारी दिनु भएको छ ।

नयाँ टर्मिनल भवनको निर्माण दुई साताभित्र शुरु हुने र नौ महिनाभित्र विमानस्थलको भीड कम हुने मन्त्रीले जनाकरी दिनु भएको छ । उहाँले श्रीलङ्काको बन्दरगाहमा ढुवानी कन्टेनरको मात्रा ३२ प्रतिशतले वृद्धि भएको पनि बताउनु भएको छ ।

साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई नागरिक अभिनन्दन

सुदूरपश्चिम, ३ फागुन : वरिष्ठ साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई कैलालीको धनगढीमा आज नागरिक अभिनन्दन गरिएको छ । नेपाली साहित्यमा उल्लेख्य योगदान पु¥याएको भन्दै उहाँलाई नागरिक अभिनन्दन गरिएको हो ।

अभिनन्दन गर्न गठित नागरिक अभिनन्दन मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा समितिका संयोजक मायाप्रकाश भट्टले पूर्वप्रधानमन्त्री चन्दलाई अभिनन्दन पत्र र दोसल्ला ओढाएर अभिनन्दन गर्नुभयो । सो अवसरमा सुदूरपश्चिमाञ्चल प्रज्ञा प्रतिष्ठान, सुदूरपश्चिमाञ्चल साहित्य समाजलगायत दुई दर्जनभन्दा बढी साहित्यिक सङ्घ संस्थाले साहित्यकार चन्दलाई अभिनन्दन गरेका थिए । उहाँको ८४ जन्मदिनको अवसर पारेर अभिनन्दन गरिएको संयोजक भट्टले जानकारी दिनुभयो ।

नेपाली सहित्यमा ‘श्रीलोचन’को नामले चिनिनुहुने साहित्यकार चन्दको ‘विसर्जन’ कथासङ्ग्रहले २०५४ सालमा मदन पुरस्कार प्राप्त गरेको थियो । बैतडीको सूर्नया गाउँपालिकामा जन्मिनुभएका उहाँका पाहुना घर, इन्द्र धनुष, तिम्रो झलक, अपराजिता, हिउँको तन्ना, सन्ध्यावली, अपरिचित, बाह्रौँ खेलाडी, लेमिङहरु, रात्री भोज, नेताका साथीलगायत १४ वटा साहित्यिक कृति प्रकाशित छन् ।

विश्वकप लीग २ क्रिकेट: नेपाल चारवर्षे चक्रमा प्रवेश

क्यानडाविरुद्धको दुई खेलमा लगातार अर्धशतक र शतक प्रहार गरेपछि अनिल साहलाई सोधिएको थियो – विश्वकप लीग २ मा नाम छैन। कस्तो लागिरहेको छ? उनले जबाफ दिए – “त्यो मेरो क्षेत्र होइन। मैले सक्ने भनेको खेलिरहने हो। आफ्नो कर्म गरिरहने हो। मेरो वशमा त्यति मात्रै छ।”

अनिल साहलाई उनले गरेको कर्मको प्रतिफल तुरुन्तै प्राप्त पनि भयो। बिहीवारबाट सुरु हुने विश्वकप लीग २ को सूचीमा नपरेका उनलाई प्रशिक्षक मोन्टी देसाईले अन्तिम समयमा टोलीमा समाविष्ट गरे।क्यानडासँगको शृङ्खलामा राम्रो प्रदर्शन गर्ने अनिल साहसहित युवा टोलीका कप्तान देव खनाललाई टोलीमा राखिएको छ भने विकेटकीपर अर्जुन साउद र रिजन ढकाल बाहिरिएका छन्।

बुधवार आयोजित प्रि-म्याच प्रेस कन्फरेन्समा प्रशिक्षक मोन्टी देसाईले भने, “जब कुनै खेलाडीले असाधारण खेलिरहेको छ र ‘विन्डो’ खुल्ला छ भने त्यस्ता खेलाडीलाई राख्नु टीमको चाहना हो।”विश्वकप लीग २ को प्रत्येक खेल कति महत्त्वपूर्ण छ भन्ने बुझेका प्रशिक्षक देसाई खेलाडी छनोटमा निकै गम्भीर देखिनु स्वाभाविक नै थियो।

चारवर्षे चक्र
विश्वकप लीग २ मा प्रत्येक खेलबाट प्राप्त हुने अङ्क उत्तिकै महत्त्वपूर्ण छ।असोसिएट ओडीआई क्रिकेट राष्ट्रबीचको चारवर्षे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको चक्रको विशेष महत्त्व छ।

यसले असोसिएट राष्ट्रको क्रिकेट ह्वात्तै उकास्ने काम गरेको देखिएको छ।नेपाली क्रिकेटको ज्यान त यही प्रतियोगिताका कारण जोगिएको हो भन्दा फरक पर्दैन।चार वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा व्यस्त हुने मौका पाएको नेपालले ओडीआई मान्यता जोगाउँदै विश्वकप छनोट खेल्नुका साथै सन् २०२३-२०२७ सम्मको चक्रमा स्थान बनाएको थियो।

यसपालि ‌ओडिआई चक्रमा आठ राष्ट्र – क्यानडा, नामिबिया, नेदरल्यान्ड्स, नेपाल, ओमान, स्कटल्यान्ड, अमेरिका र यूएईबीच चार वर्षसम्म प्रतिस्पर्धा चल्ने छ।अघिल्लो चक्रमा सूपर लीग खेलेको नेदरल्यान्ड्स यसपालि लीग २ मा थपिएको छ।

यी सबैले त्रिकोणात्मक शृङ्खलाको स्वरूपमा कुल १४४ एकदिवसीय खेल खेल्ने छन्। त्यसबाट शीर्ष चार टोलीले एकदिवसीय मान्यता जोगाउँदै विश्वकप छनोट खेल्ने छन्।

गत चक्रमा जस्तै तल पर्ने चार टोलीको एकदिवसीय सम्भावना समाप्त हुने छ। तर तिनले प्ले-अफबाट फेरि ओडीआई मान्यता जोगाउने अवसर पाउने छन्।क्यानडा प्ले-अफको बाटो हुँदै ओडीआई मान्यता जोगाएर यो चक्रमा छिर्न सफल भएको थियो।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।

फागुन ५ र ६ गते चौथो राष्ट्रिय लघुवित्त सम्मेलन हुने

काठमाडौँ, ३ फागुन: बैंकको पुहँचमा नपुगेका विपन्न वर्गलाई सेवा दिने तथा लघुवित्त क्षेत्रमा देखिएका समस्या र चुनौतीबारे छलफल गर्दै भावी रणनीति बनाउने उद्देश्यले यही फागुन ५ र ६ गते राजधानीमा चौथो राष्ट्रिय लघुवित्त सम्मेलन हुने भएको छ ।

स्वावलम्बन विकास केन्द्रले आज यहाँ पत्रकार सम्मेलन गरेर उक्त जानकारी दिएको हो । सम्मेलनमा नियामक निकाय, नीतिगत र सरकारी निकायका प्रतिनिधि, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी, सेवाग्राही, जनप्रतिनिधि गरी सात सय जना भन्दा बढीको सहभागिता रहने जनाइएको छ ।

फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९२ पुग्यो, हराएका ३६ जनाको खोजी जारी

दक्षिणी फिलिपिन्सको डाभाओ डे ओरो प्रान्तस्थित खानी शहरमा फेब्रुअरी ६ मा गएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको स्थानीय अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्। दाभाओ डे ओरोको प्रान्तीय सरकारले सामाजिक सञ्जालमा जनाए अनुसार उद्धारकर्ताहरूले हराइरहेका ३६ जना व्यक्तिहरूको खोजी गरिरहेका छन्।

गृह तथा स्थानीय सरकार विभागकी लेह अनोराले दुर्घटना भएको नगरपालिका माकोमा पत्रकार सम्मेलनमा ३२ जना घाइते भएपनि जोगिएको बताउनु भएको छ ।

पहाडबाट खसेका ढुङ्गा, माटो र रुखले पुरिएका दुईवटा बसभित्र फसेका मृतक र बेपत्ता हुनेमा खानी कम्पनीका कामदार रहेका छन् । विश्व जोखिम सूचकाङ्क सन् २०२२ ले फिलिपिन्सलाई विश्वमा सबैभन्दा बढी प्रकोप हुने देशहरूको सूची अन्तर्गत पहिलो स्थानमा राखेको छ।

उपराष्ट्रपति यादवसँग नेपालका लागि जापानका राजदूत किकुतासँग शिष्टाचार भेट

काठमाडौँ, ३ फागुन: उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले शिष्टाचार भेट गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज भएको भेटमा उहाँहरुबीच द्विपक्षीय सम्बन्ध आर्थिक सहयोगलगायत विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । भेटमा उपराष्ट्रपति यादवले नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहेको बताउनुभयो ।

“जापानले नेपाललाई अनुदान, ऋण, बहुपक्षीय निकायबाट आर्थिक एवं प्राविधिक सहयोग गर्दै आएको छ”, उहाँले भन्नुभयो, “औद्योगिक विकास, कृषि, जलविद्युत्, पूर्वाधार विकासलगायत धेरै क्षेत्रमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट हामी लाभान्वित हुन चाहन्छौँ ।” त्यस अवसरमा जापानी राजदूतले दुई देशबीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै जापानबाट नेपाललाई निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सन् १९५६ मा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुई मुलुकबीचको सम्बन्ध प्रगाढ बन्दै गएको छ । जापान नेपालको प्रमुख विकास साझेदार पनि हो ।

विदेश पठाइदिन्छु भन्दै एक लाख ६५ हजार ठगी गर्ने पक्राउ

काठमाडौँ, ३ फागुन : रुस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । रु एक लाख ६५ हजार ठगी गरेको अभियोगमा उदयपुरको उदयपुरगढी गाउँपालिका–९ ध्वासे फुलबारी घर भई हाल काठमाडौँको स्वयम्भू बस्दै आएका ३० वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

तामाङले दुई जनालाई वैदेशिक रोजगारीका लागि रुस पठाइ कन्स्ट्रक्सनमा मासिक रु एक लाख तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रकम ठगी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरी टोलीले सामाखुसीबाट पक्राउ गरेको हो ।

तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

भारतले पहिलो पटक हेलिकप्टर आकस्मिक चिकित्सा सेवा शुरु गर्ने

भारत सरकारले बिहीबार उत्तरी राज्य उत्तराखण्डबाट देशकै पहिलो हेलिकप्टर आपतकालीन चिकित्सा सेवा शुरु गर्ने घोषणा गरेको छ।संघीय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले आफ्नो सामाजिक सञ्जालमा यस सेवाको तयारीबारे जनाकारी दिनु भएको छ ।”म उत्तराखण्डका जनतालाई जानकारी दिन चाहन्छु – यस किसिमको आकस्मिक सेवा यही राज्यबाट शुरु हुनेछ र त्यसका लागि हेलिकप्टर परिचालन गर्ने र त्यसको प्रमाणीकरण गर्ने काम भइरहेको छ,” मन्त्री ज्योतिरादित्य सिन्धियाले उल्लेख गर्नुभयो ।

सिन्धियाका अनुसार, ऋषिकेशको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा हेलिकप्टर राखिनेछ र यसले १५० किलोमिटर आसपासका जनतालाई आवश्यक सेवा पुर्याउने छ ।

यस सेवाले टाढाका मानिसहरूलाई पनि ट्रमा केयर सेवाहरू प्रदान गर्न हेलिकप्टरहरू प्रयोग गर्ने सरकारको पहलको रूपमा सहयोग गर्ने छ । यस सेवाको उद्देश्य आकस्मिक दुर्घटना पीडित र पहाडी भूभागका बिरामीहरूलाई समयमै उपचारका निम्ति यातायात उपलब्ध गराउने उद्देश्य रहेको उहाँले उल्लेख गर्नु भएको छ ।

पोखरामा कांग्रेसको प्रदेशस्तरीय प्रशिक्षक सुरु

गण्डकी, ३ माघ : नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आजदेखि गण्डकी तथा लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षक प्रशिक्षण सुरु भएको छ । उक्त प्रशिक्षण कार्यक्रमको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा मुख्यमन्त्री पाण्डेले कांग्रेसले देशको आमूलपरिवर्तनमा विशिष्ट योगदान गरे पनि आम जनमानसमा त्यो कुरालाई लैजान नसकिएको बताउनुुभयो । राजनीतिक परिवर्तनले देश र जनतालाई स्वतन्त्रता प्रदान गरेको उल्लेख गर्दै उहाँले स्वतन्त्रताका नाममा छाडातन्त्र हुन नहुने बताउनुुभयो । नेपाली समाजमा कांग्रेसले गरेको योगदानलाई जनतासमक्ष प्रशिक्षकका माध्यमबाट पु¥याउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुुभयो ।

कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले राष्ट्रियता, प्रजातन्त्र तथा समाजवादलाई मूल आदर्शका रुपमा लिँदै स्थापित कांग्रेस स्थापनाका मूलआदर्श र सिद्धान्तलाई आत्मसात नगर्दा कमजोर बनेको बताउनुुभयो । जनताले अनुभूति गर्ने किसिमको कांग्रेस बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । कांग्रेसलाई बलियो बनाउन गण्डकी प्रदेशका तर्फबाट सङ्कल्पपत्र तयार गरिएको उल्लेख गर्दै उहाँले त्यसलाई महासमितिको बैठकमा प्रस्तुत गरिने बताउनुुभयो ।

कार्यक्रममा कांग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारी, लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठलगायतले कांग्रेसलाई आम जनतामाझ पु¥याउनका लागि प्रशिक्षक प्रशिक्षण तालिम महत्वपूर्ण बन्ने विश्वास व्यक्त गर्नुभयो । तीन दिनसम्म चल्ने उक्त प्रशिक्षणमा गण्डकी तथा लुम्बिनी प्रदेशअन्तर्गतका जिल्लाका पार्टीका उपसभापतिसहित ८८ जना सहभागी रहेका कांग्रेस गण्डकी प्रदेशका प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालले जानकारी दिनुुभयो ।

विधानमा प्राप्त सुझावले पार्टी निर्माणमा सहयोग पुग्छ – अध्यक्ष दाहाल

काठमाडौँ, ३ फागुनस् प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान अधिवेशन सभ्य भएको र यसले पार्टी निर्माण एवं विशेष महाधिवेशनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव सङ्कलन गरेपछि उहाँले प्राप्त सुझावका आधारमा विधानलाई ओजपूर्ण बनाइने बताउनुभयो ।

अध्यक्ष दाहालले आगामी महाधिवेशनदेखि जनवादको आधारमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट समिति निर्माण गर्ने र समितिबाट प्रत्यक्ष निर्वाचनको गरेर पदाधिकारी चयन गर्ने निष्कर्षमा पुगेको बताउनुभयो । आमरुपमा पार्टी समिति सानो बनाउनुपर्ने सबैको सुझाव आएको उल्लेख गर्दै उहाँले आगामी अधिवेशनबाट एक सय ९९ सदस्यीय केन्द्रीय समिति बनाइने निष्कर्ष सुनाउनुभयो ।

आगामी अधिवेशनपछि ११ जनाको केन्द्रीय कार्यालय बनाउने र त्यसैलाई प्रभावकारी बनाइने उहाँले जानकारी दिनुभयो । योग्यता र कार्यअवधिको व्यवस्था नियमावलीमा गर्न उचित हुने उल्लेख गर्दै अध्यक्ष दाहालले प्रत्येक दुई वर्षमा सदस्यता नवीकरण गरिने बताउनुभयो ।

प्रदेशलाई बलियो बनाउने विषयलाई उच्च प्राथमिकतामा राख्नेगरी विधान बनाइने बताउँदै अध्यक्ष दाहालले त्यसैले सङ्घीयता र समानुपातिक व्यवस्थालाई प्रभावकारी बनाइने जानकारी दिनुभयो । नाम र चुनाव चिह्नका विषयमा कुनै खास समयमा निर्णय गरिने उल्लेख गर्दै अध्यक्ष उहाँले धेरै कम्युनिष्ट पार्टीबीच एकता हुने अवस्थामा नाम फेर्न सकिने तर अहिले यथावत राख्ने बताउनुभयो ।

अध्यक्ष दाहालले पार्टीका विभिन्न मोर्चालाई वैचारिक तालिमसहित स्वायतता दिने र जनवर्गीय सङ्गठनलाई पनि विस्तार गरिने बताउनुभयो । उहाँले स्थायी समितिको बैठकबाट कार्यविभाज गरेर जानकारी दिइने बताउनुभयो ।

कामबाट परिवर्तन वा परिणाम देखाउनुपर्नेमा मन्त्री गुरुङको जोड

वालिङ (स्याङ्जा), ३ फागुन : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले स्याङ्जाको चापाकोट महोत्सव तथा व्यापार मेलाको उद्घाटन गर्नुभएको छ । चापाकोट उद्योग वाणिज्य सङ्घद्वारा चापाकोट–९ सुन्तलीटारमा आजदेखि सो महोत्सवको दोस्रो संस्करण सुरु भएको हो ।

सो अवसरमा मन्त्री गुरुङले कामबाट परिवर्तन वा परिणाम देखाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “यथार्थमा परिणत गर्नका लागि काम गर्नैपर्छ, म त्यसमा कटिबद्ध छु ।” चापाकोटमा कृषि क्याम्पस स्थापना, प्रहरी कार्यालय, ग्रामीण सडक स्तरोन्नति, कालीगण्डकीमा पुल यथाशीघ्र निर्माणका लागि पहल गर्ने मन्त्री गुरुङले आश्वासन दिनुभयो ।

चापाकोट विविध दृष्टिले सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै मन्त्री गुरुङले यसको वृहत्तर विकासका लागि दलगत स्वार्थभन्दा माथि उठेर लाग्नुपर्नेमा जोड दिनुभयो ।

‘हाम्रो शान, हाम्रो मान, सुन्दर नगर हाम्रो पहिचान’ नाराकासाथ सुरु भएको चापाकोट महोत्सव यही फागुन १३ गतेसम्म चल्ने चापाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष निर्मल रानाले जानकारी दिनुभयो । हस्तकला तथा स्थानीय कृषि उत्पादन, धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार, कालीगण्डकीमा जलयात्रा, जिल्लास्तरीय भलिबल प्रतियोगिता, भजन÷चुड्का, रत्यौली प्रतियोगितालगायत महोत्सवका विशेषता रहेका छन् । महोत्सवमा दुई सय ५० व्यापारिक कक्ष रहेका छन् ।

रुसको बेलगोरोडमा युक्रेनी रकेट आक्रमणमा ५ जनाको मृत्यु, १८ जना घाइते

रुसको बेलगोरोडमा युक्रेनी मिसाइल आक्रमणमा परी पाँच जनाको मृत्यु हुनाका साथै अन्य १८ जना घाइते भएका छन् । क्षेत्रीय गभर्नर व्याचेस्लाभ ग्लाडकोभले बिहीबार बताए अनुसार बेल्गोरोडमा एक जना बच्चासहित पाँच व्यक्तिको मृत्यु भएको थियो भने अन्य १८ जना घाइते भएका थिए । घाइतेमध्ये पाँच जना बालबालिका हुन् ।

किरना पसल र औषधि पसल रहेको स्थानीय किनमेल केन्द्रमा युक्रेनी सशस्त्र सेनाको मिसाइल आक्रमणबाट गम्भीर क्षति पुगेको रुसको आरआईए नोवोस्ती समाचार एजेन्सीले जनाएको छ ।

इजरायलले राफाहमा आक्रमण बढाए अथाह सङकट हुने डब्ल्यूएचओको त्रास

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बुधबार दक्षिणी गाजा पट्टीको सहर रफाहमा इजरायली भूमि आक्रमणको सम्भावित विस्तारले निम्त्याउन सक्ने अथाह सङ्कटकोे चेतावनी दिएको छ ।

राफाहबाट भर्चुअल प्रेस ब्रीफिङमा बोल्दै, कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रका डब्ल्यूएचओका प्रतिनिधि रिचर्ड पिपरकोर्नले सहरमा जम्मा भएका १.५ मिलियन मानिसहरु सुरक्षित नभएको तथा विस्थापनको नयाँ लहरले थप घाइते भएको बताउनु भएको छ ।

यसले मानिसहरूको स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याई स्वास्थ्य प्रणालीलाई पतनको संघारमा धकेल्ने, पिपरकर्नले बताउनु भयो । रफाहमा केवल तीनवटा आंशिक रूपमा कार्यरत अस्पतालहरूले वास्तविक आवश्यकताको तुलनामा केवल चार सय ५० सैया सहित सेवा प्रदान गर्ने गरेको डब्ल्यूएचओ प्रतिनिधिले बताएका छन् ।

रेडक्रसको अन्तर्राष्ट्रिय समितिले बुधबार रफाको विनाशकारी अवस्थाबारे यस्तै टिप्पणी गरेको थियो । खाना, पिउने पानी, सरसफाई, स्वास्थ्य सेवा र सुरक्षाको समेत अभाव रहेको रेडक्रसले जनाएको छ ।

निरन्तर तनाव र डरले चोटपटक, उमेर र अशक्तता लगायतका धेरै बासिन्दाहरू कमजोर अवस्थामा छन् । सामान्य सङ्क्रमण तथा रोगबाट मृत्यु हुने जोखिम बढेको मानवतावादी सङ्गठनले जनाएका छन् ।

नोभेम्बरदेखि फेब्रवरी नौ सम्म, डब्ल्यूएचओका लगभग ४० प्रतिशत मिसनहरू उत्तरी गाजामा पुगेका छन् । जस मध्ये ४५ प्रतिशत दक्षिणमा सहज बनाइएका छन भने बाँकी अस्वीकार गरि स्थगित गरिएको पिपरकर्नले उल्लेख गर्नु भयो ।

स्वास्थ्य एजेन्सीले तत्काल युद्धविराममा पुग्न नसके पनि महत्वपूर्ण सहायता प्रदान गर्न निरन्तर मानवीय सहयोगका प्रक्रयाहरु कोरिडोरहरू जारी राख्न आह्वान गरेको छ ।

दक्षिण कोरियाको आधा जनसङ्ख्या सियोल क्षेत्रमा

दक्षिण कोरियाको कूल जनसङ्ख्याको आधाभन्दा बढी सियोल क्षेत्रमा रहेको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ ।

सरकारी तथ्याङ्कलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले बिहीबार लेखेको छ, “देशको कूल जनसङ्ख्याको आधा सङ्ख्या सियोल महानगरीय क्षेत्रमा बसोबास गर्ने र आधाभन्दा बढी रोजगार व्यक्ति पनि सोही क्षेत्रमा बसोबास गर्ने गरेका छन् ।”

राजधानी सियोल, यसको आसपासको ग्योन्गी प्रान्त र पश्चिमी शहर इन्चोनमा दर्ता भएका बासिन्दाहरूको सङ्ख्या डिसेम्बर २०२३ को अन्त्यसम्ममा दुई करोड ६० लाख १४ हजार २६५ रहेको थियो । यो कूल जनसङ्ख्याको ५०.७ प्रतिशत हो ।

हालैका वर्षहरूमा सियोलमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दो क्रममा रहेको भएपनि ग्योन्गी र इन्चोनमा बसोबास गर्नेको सङ्ख्यामा वृद्धि भएको छ ।

सन् २०१९ मा महानगरको कूल जनसङ्ख्याको अनुपात ५०.० प्रतिशत रहेकोमा सन् २०२१ मा ५०.४ प्रतिशत र सन् २०२३ मा ५०.७ प्रतिशत पुगेको छ ।

महानगरीय क्षेत्रमा बसोबास गर्ने कर्मचारीहरूको सङ्ख्या डिसेम्बर २०२३ को अन्त्यमा करिब एक करोड ४४ लाख ८० हजार पुगेको थियो । यो देशको संयुक्त कामदारहरूको ५१.६ प्रतिशत हो । महानगरीय क्षेत्रमा आधारित व्यवसायले सन् २०२२ मा देशको कूल व्यवसायको ४९.१ प्रतिशत ओगटेको थियो ।

श्रीलङ्काबाट फरार ४२ अपराधीलाई पक्राउ गर्न इन्टरपोलमार्फत् पक्राउ पूर्जी जारी

श्रीलङ्काका कार्यवाहक प्रहरी महानिरीक्षक देशबन्धु तेन्नाकुनले देशबाट भागेका ४२ जना अपराधीविरुद्ध इन्टरपोलले ‘रेड नोटिस’ जारी गर्न पहल गरेको बताउनुभएको छ ।

राजधानीमा एक समारोहमा बोल्दै तेन्नाकुनले भन्नुभयो, “माथिका व्यक्तिहरू अपराधमा संलग्न छन् र लागुऔषध व्यापारमा संलग्न छन् ।”

टेन्नाकुनले इन्टरपोलको सहयोगमा विदेशमा रहेका अपराधीलाई स्वदेश फर्काउन सकिनेमा आफू विश्वस्त रहेको बताउनुभयो । दुबईमा लुकेर बसेका श्रीलङ्काको एउटा ठूलो गिरोहका एक प्रमुख सदस्य ‘पियुमा’ भनिने पियुम हस्तिकालाई बिहीबार बिहान श्रीलङ्का फर्काइएको उहाँले बताउनुभयो ।

“‘पियुमा’ लाई सोधपुछ गर्दा श्रीलङ्कामा सङ्गठित अपराधका धेरै पक्षहरू पत्ता लाग्ने छन्”, टेन्नाकुनले भन्नुभयो । “इन्टरपोलको सहयोगमा उनीहरूले शरण लिएका देशहरूबाट चाँडै नै अन्य धेरै अपराधीहरूलाई फर्काइनेछ ।

कायरो बैठकमा हमासद्वारा कुनै नयाँ प्रस्ताव नआएको इजरायलको स्पष्टोक्ती

इजरायलले कतार, इजिप्ट र अमेरिकी वार्ताकारहरूले भाग लिएको कायरो बैठकमा युद्धविराम तथा बन्धक मुक्तिको सम्झौताको लागि हमासद्वारा कुनै नयाँ प्रस्तावहरू नआएको जनाएको छ ।

इजरायलले बन्धकहरूको रिहाइका लागि हमासबाट कुनै नयाँ प्रस्ताव प्राप्त नगरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले मङ्गलबारको बैठकमा बताउनुभएको उहाँको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकमा इजरायलका गुप्तचर सेवा (मोसाद) प्रमुखले पनि भाग लिनुभएको थियो ।

कार्यालयका अनुसार नेतान्याहूको इजरायलले हमासको अपमानजनक मागहरू नमान्ने कुरामा जोड रहेको छ । हमासको स्थितिमा परिवर्तनले वार्तामा प्रगति गर्न अनुमति दिनेछ ।

यसअघि बुधबार, अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमबाट विवरणहरूले कुनै सफलता हासिल नभएको तर वार्ता सकारात्मक रहेको बताएको थियो ।
प्यालेस्टिनी इस्लामिक लडाकू समूह हमासले बन्धकहरूको रिहाइको बदलामा युद्धको अन्त्यको माग गरिरहेको छ । इजरायल भने सीमित समयको युद्धविराममा मात्र सहमत छ ।

दुवै पक्ष सम्झौतामा प्यालेस्टिनी कैदीहरूको रिहाइ समावेश गर्न इच्छुक छन्, तर रिहा गरिने कैदीहरूको सङ्ख्यामा भने असहमति कायम छ ।
गाजामा करिब २८ हजार ५७६ प्यालेस्टिनी सहित एक हजार ४०० इजरायलीको ज्यान लिएको १३१ दिन पुगिसकेको युद्ध अन्त्य गर्न बढ्दो अन्तर्राष्ट्रिय आह्वानको बीचमा यो बैठक भएको हो ।

वीर अस्पताल बाहिर सञ्चालित दुईवटा औषधि पसल बन्द गर्न मन्त्री बस्नेतको निर्देशन

काठमाडौँ, ३ माघ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल बाहिर सञ्चालित दुईवटा औषधि पसल बन्द गर्न निर्देशन दिनुभएको छ । स्वास्थ्य मन्त्रालय तथा औषधि विभागको संयोजत्वमा आज गरिएको निरीक्षणका क्रममा सत्यम फर्मा र उपकार सेवा फर्माले म्याद गुर्जेका र दर्ता नभएका औषधि बिक्री वितरण गरेको भेटिएपछि मन्त्री बस्नेतले बन्द गर्न निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो, “वीर अस्पताल बाहिर रहेको फार्मेसीले म्याद गुर्जेका औषधि बेचेको भेट्यौँ । त्यस्तै औषधि महँगोमा बेचेको पाइयो । औषधिलाई राम्रोसँग स्टोर गर्नुपर्नेमा बाहिरै त्रिपालले छोपेर राखेको पाइएपछि यी फार्मेसी पसललाई बन्द गर्ने निर्णय गरी कानुनी कारबाहीका लागि अगाडि बढ्नेछौँ ।”

मन्त्री बस्नेतले वीर अस्पतालको स्टोरमा औषधि लुकाएर बिरामीलाई बाहिरको फार्मेसीमा किन्न लगाउने गरेको पाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालको स्टोरमा औषधि राख्ने तर फार्मेसीमा औषधि छैन भनेर बिरामीलाई बाहिरबाट औषधि किन्न लागाउने गरेको भेटिएको छ । यो झन् ठूलो समस्या देखिएको छ ।”

मन्त्री बस्नेतले अस्पतालको पार्किङ क्षेत्रमा रहेको ठाउँमा टहरो बनाएर फार्मेसी सञ्चालन गर्नेबारे अस्पतालको व्यवस्थापनसँग छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “शल्यक्रियाका लागि आवश्यक औषधि र महँगा औषधि अस्पतालको फर्मेसीमै पाउने व्यवस्था गर्नका लागि पार्किङमा फार्मेसी निर्माण गर्न छलफल भइरहेको छ ।”

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले निरीक्षणका क्रममा ‘फ्रिज’मा राख्नुपर्ने औषधिलाई बाहिर खुला राखिएको भेटिएको बताउनुभयो । स्वास्थ्य विभागले नियमन गरिआएका औषधि प्रशस्त मात्रामा भेटिएको समेत महानिर्देशक ढकालले जानकारी दिनुभयो ।

दुर्घटनाका घाइते भन्छन् : पहाडमा ठोक्किएको बस उछिट्टिएर खोलामा खस्यो

लुम्बिनी, ३ फागुन : “राति ९ बजेतिर कोहलपुरमा खाना खाएपछि काठमाडौँतर्फ अघि बढेको बसको सिटमा म निदाउन आँटेकी थिएँ, बस तीव्रगतिमा भएर होला पहाडमा ठोक्किँदा ठूलो आवाज आयो”, बुटवलस्थित चौराहा अस्पतालमा उपचाररत ५५ वर्षे यात्रु नारायणी थापाले सुनाउनुभयो ।

उहाँ छोरीसँगै काठमाडौँ जान बुधबार दिउँसो साढे दुई बजे महेन्द्रनगरबाट छुटेको गाडी चढ्नुभएको थियो । सुनौलो महाकाली यातायातको बस कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै दुर्घटना हुँदा उहाँ घाइते भइ हाल अस्पतालमा उपचाररत हुनुहुन्छ । सो दुर्घटनामा परी सात पुरुष र तीन महिला गरी १० जनाको मृत्यु भयो भने ३० जना यात्रु घाइते भए ।

“दुर्घटनापछि यात्रुहरु बचाउबचाउ भन्दै गरेको आवाज दिइरहेको सुनेपछि मैले पनि आवाज दिए । त्यसपछि दुई जनाले उद्धार गर्नुभयो”, भीमदत्त नगरपालिका–१६ घर भएकी थापाले सुनाउनुभयो, “रातिको समय, जङ्गल र पहाडको खोँचमा फोन पनि नलाग्ने भएकाले उद्धार तत्कालै हुन पाएन । अँध्यारोमा जो बोल्छ आवाज सुनेर उद्धारकर्ताले सुरुमा उनीहरुलाई नै उद्धार गरे जस्तो लाग्यो ।” सोही बसमा सवार कञ्चनपुर महेन्द्रनगरका ज्ञानेन्द्र पालले दुर्घटना हुँदा क्षण सम्झँदै भन्नुभयो, “राति भएकाले अधिकांश यात्रु मस्त निद्रामा थिए । म भने निदाइसकेको थिइन् । त्यही बेला बस ठोक्किएको ठूलो आवाज आयो र पल्टियो ।

सबै यात्रुहरू चिच्याउन थाले ।” पिलवस्तुकै चन्दौटास्थित अस्पतालमा उपचार गराइरहनुभएका पालले दुर्घटनापछि आफू उठ्नका लागि पटक–पटक प्रयास गर्दा पनि असफल भएको बताउनुभयो । “शरीर नराम्रोसँग ठोक्किछ, अहिले पनि राम्रोसँग उठ्न नसक्ने अवस्था छ । ढाड अझै दुखिरहेको छ”, उहाँले भन्नुभयो, “जीवनमा पहिलोपटक ठूलो दुर्घटनाबाट बचियो ।” उहाँले बस अनियन्त्रित हुँदा दुर्घटना भएको हुनसक्ने अनुमान गर्नुहुन्छ ।

पेशाले मूर्तिकार काठमाडौँ कीर्तिपुरका अनिल ताण्डुकारले चालकले गियर बदल्ने बेलामा ठूलो आवाज आएको र त्यसको केही समयमै दुर्घटना भएको अनुभव सुनाउनुभयो । “आँखा अगाडि नै धेरैको ज्यान गयो, चाहेर पनि सबैको उद्धार गर्न सकिएन”, अनिलले भन्नुभयो । उहाँ बसको क्याबिनमा चालक नजिकैको सिटमा बस्नुभएको थियो ।

दुर्घटनामा रौतहट औरही–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान सैनिकहल–३ भइ भइ हाल नेपाली सेनाको कालीजङ्ग गण गोरुसिङ्गमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेश मुरदावादका सकिल मुसलमान, भीमदत्त नगरपालिका–१ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामीको मृत्यु भएको छ । साथै भीमदत्त–४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका–१६ कञ्चनपुरकी २७ वर्षीया सन्जु थापा, पुर्नवास नगरपालिका निवासी किसन भट्ट, भीमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती, भीमदत्त नगरपालिका–२ बस्ने सुदीप भट्ट र पुर्नवास नगरपालिका–९ बिसफाटा बस्ने विमलादेवी भट्टको पनि ज्यान गएको हो । बसका चालक महेन्द्रनगरका पूर्णबहादुर चन्दले पहाडी घुम्तीमा बसको ब्रेकले काम नगरेपछि पहाडमा ठोक्कएर यात्रु बचाउन खोज्दा बस उछिट्टिएर खोलामा खसेको सुनाउनुभयो ।

बुटवलको चौराहा अस्पतालमा उपचार गराइरहनुभएका चालक चन्दका अनुसार आफूभन्दा पछाडि आएका बसका कर्मचारी र यात्रुले भालुवाङ प्रहरीलाई जानकारी गराएपछि चन्दौटा र भालुवाङबाट नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो । घटनास्थल घनाजङ्गल र पहाडमा पर्ने भएकाले सहजरुपमा सञ्चार सम्पर्क हुन नसक्दा उद्धारमा ढिलाइ भएको घाइते यात्रुहरूको भनाइ छ । सशस्त्र प्रहरी भालुवाङ, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी कपिलवस्तुको रोप रेस्क्यु टिमले उद्धार गरेको सशस्त्र प्रहरी कपिलवस्तुका प्रहरी उपरीक्षक जीवन केसीले बताउनुभयो ।

“उद्धारका क्रममा पहिलो प्राथमिकता जटिल घाइतेलाई दियौँ”, केसीले भन्नुभयो, “घटनास्थलको अवस्था हेर्दा धेरै मानवीय क्षति हुनबाट जोगिएको छ ।” बस दुर्घटना हुनुमा बसको ब्रेकमा समस्या तथा चालक निदाएको हुनसक्ने अनुमान गरिएको उहाँको भनाइ छ ।

काठमाडौँमा दिलमायाको घरबाट गहनासहित ६५ लाखका सामान चोरी, पाँच भारतीय पक्राउ

काठमाडौँ, ३ फागुन : काठमाडौँको गोकर्णेश्वर नगरपालिका ४ माकलवारीस्थित दिलमाया आलेमगरको घरबाट सुनका विभिन्न गरगहना तथा नगदसहित रु ६५ लाख बराबरको धनमाल चोरी भएको छ ।

पीडितको जाहेरकिा आधारमा खोजतलास गर्ने क्रममा चोरीमा संलग्न पाँच जना भारतीय नागरिकलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार फोहर उठाउने बहानामा दिउँसो माघ २८ गते दिउँसो घरको ढोका फोडेर चोरी भएको हो । उक्त कार्यालयले चोरीमा संलग्न भएको अभियोगमा भारतीय नागरिकलाई आज सार्वजनिक गरेको हो ।

त्यसअघि अभियुक्तहरूले काठमाडौँको बूढानीलकण्ठस्थित दिनेश घिमिरेको घरबाट सुन तथा नगद गरी रु २५ लाख बराबरको धनमाल बरामद गरिएको छ । गोकर्णेश्वर नगरपालिका बस्ने गीता राईको घरबाट सुनचाँदीका गरगहना तथा नगदसमेत गरी रु चार लाख १० हजार बराबरको धनमाल बरामद गरिएको प्रहरीले जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

काठमाडौँ, ३ फागुन : सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको महासमितिको बैठकको तयारीबारे छलफल गर्न बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिनुभयो ।

बैठकमा आगामी महासमिति बैठकका विषयमा केन्द्रित रहेर छलफल हुने मुख्यसचिव पौडेलले बताउनुभयो । कांग्रेसले बुधबार मात्र पत्रकार सम्मेलन गरेर महासमितिको बैठकको तयारीका बारेमा जानकारी गराएको थियो ।

पार्टीको महासमितिको बैठकमा पार्टीका उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले तयार पारेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक विषय समेटिएको नीति प्रस्ताव महासमिति बैठकमा पेश गर्न लागिएको जनाइएको छ ।

पार्टीका महामन्त्री गगनकुमार थापाले साङ्गठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसाययिक राजनीतिक परिस्थितीको बारेमा प्रतिवेदन पेश गर्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । कांग्रेसले आजको बैठकमा उपस्थित हुनका लागि पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यलाई अनुरोधसमेत गरेको छ ।

नामिबियाविरुद्ध नेपालले ब्याटिङ गर्दै

काठमाडौँ, ३ फागुन : :आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नामिबियाविरुद्धको उद्घाटन खेलमा नेपालले टस हारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नामिबियाका कप्तान जेराल्ड एरास्मसले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । यससँगै नेपालले अब पहिला ब्याटिङ गर्नेछ । आजको खेलमा नेपाल र नामिबिया दुवै विजयी सुरुआत गर्न चाहन्छन् । पछिल्लो पटक घरेलु मैदानमा भएको खेलमा नेपालले नामिबियालाई हराएको छ । नेपालले त्यसै जितलाई निरन्तरता दिन चाहन्छ । यता नामिबिया भने उक्त हारको बदला लिने दाउमा छ ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, अनिल कुमार शाह, गुलशन झा, सोमपाल कामी, करण केसी र ललित राजवंशी छन् । त्यस्तै बेन्चमा सूर्य तामाङ, देव खनाल, दीपेन्द्र सिंह ऐरी र आरिफ शेख छन् ।

त्यस्तै नामिबियाको प्लेइङ ११ मा कप्तान जेरार्ड एरास्मससहित जेन ग्रिन, जेजे स्मिथ माइकल भान लिंगेन, निकोल लोफ्टिइटन, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, टांगेनी लुंगामेनी, ज्याक ब्रेसल र बर्नार्ड स्कोल्ज छन् । बेन्चमा जेपी कोट्जे, मलान क्रुगर, बेन शिकोंगो र सन फौसी छन् ।

घरेलु मैदानमा आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को नयाँ सर्कल आजदेखि सुरु भएको हो । उक्त लिगमा २४ त्रिदेशीय शृङ्खलाअन्तर्गत पहिलो शृङ्खला नेपालमा हुन लागेको हो । आगामी सन् २०२७ सम्म चल्ने उक्त लिग–२ मा नेपालसहित आठ टोलीको सहभागिता हुनेछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुन लागको हो ।

ताप्लेजुङका जनताको घरघरमा खानेपानी पु-याउने धोको छ – सांसद थेवे

काठमाडौँ ।  ताप्लेजुङ जिल्लामा खानेपानीको निकै समस्या छ । जनताका घरघरमा खानेपानी पुर्याउने मलाई धोको छ । एक नगरपालिका र आठवटा गाउँपालिका रहेको यस जिल्लाका धेरै स्थानमा अहिले पनि सहज खानेपानीको सुविधा छैन । अग्ला पहाड, छरिएको बस्ती रहेको यस जिल्लामा स्थानीयवासीलाई खानेपानीको जोहो गर्न निकै मुस्किल परिरहेको जोकोहीले देख्न र अनुभव गर्न सक्छ जसबाट मुख्यतः धेरै महिला दिदीबहिनी पीडित हुनुभएको छ । उनीहरुको अधिकांश समय खानेपानीको जोहो गर्नमै खर्च हुने गरेको छ ।

‘एक परिवार एक धारा’ बनाउन पाए मैले राजनीति गरेको सफल हुने थियो जस्तो लाग्छ । जनताको आधारभूत कुरा हो खानेपानी । त्यति पूरा गर्न पाए म सफल हुने थिएँ । जिल्लामा खानेपानीको सहज व्यवस्थाका लागि पाइप र ट्याङ्की निर्माण गर्न खानेपानी मन्त्रालयमा योजना पनि दिएकी छु, तर बजेट प्राप्त हुन सकेको छैन ।

अर्कोतर्फ, ताप्लेजुङका धेरै ठाउँमा पहिरोले दुःख दिएको छ । ती पहिरा पीडितले पनि अझै राहत प्राप्त गर्न र उनीहरुको उचित पुनःस्थापना हुन सकेका छैनन् । यी विषयको सम्बोधनका लागि मैले संसद् र अन्य मञ्चमा निरन्तर कुरा उठाएँ तर सुनुवाइ भएको छैन । पहिराले भत्काएका विद्यालय बन्न सकेका छैनन् र भएका विद्यालय पनि पुनःनिर्माण हुन नसक्दा विद्यार्थीले राम्ररी पढ्न पाएका छैनन् । कुनै विद्यालय पहिराले लगेको छ, कुनै विद्यालय निर्माणाधीन छ, कुनै जीर्णोद्धार हुँदैछ । यस ज्वलन्त समस्यातर्फ राज्यको ध्यान जान नसकेकोप्रति दुःख लागेको छ ।

ताप्लेजुङका जनताको ठूलो माग केही पनि छैन तर आधारभूत आवश्यकता नै पूरा हुन सकेका छैनन् । सडक सबै ठाउँमा पुगेको छैन, आवतजावतमा समस्या छ । स्वास्थ्यको अवस्था हेर्दा त्यतिकै नाजुक छ । सबै योजना बनाएर हरेक सम्बन्धित मन्त्रालयमा दिएकी छु तर कुनै पनि फाइल हेरिएन, बजेट परेन । अधिकतम प्रयास गरेँ तर त्यो सफल हुन सकेन ।

सांसद विकास कोषको व्यवस्था भएको भए सांसदको क्षेत्रमा अलिअलि भए पनि विकास बजेट हुन्थ्यो भन्ने लाग्छ । कोषको रकम प्रत्यक्ष निर्वाचित सांसदलाई मात्र दिइनु हुँदैन, समानुपातिक सांसदलाई पनि दिइनु जरुरी छ । राष्ट्रिय बजेट सरकारले आफुखूसी वितरण गरेको पाइन्छ । यस्तो अवस्थामा सांसद कोषले केही मात्रामा भए पनि आफू निर्वाचित भएको क्षेत्र र जिल्लामा खर्च गर्न सकिन्थ्यो, त्यो पनि अहिले रोकिएको छ । यस कोषबाट खानेपानीका पाइप खरिद गर्न, ट्याङ्की बनाउन सकिन्थ्यो नि ।

पहाडी जिल्लामा महिलाको अवस्था पनि निकै कष्टप्रद रहेको छ । उनीहरुका लागि केही गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ । महिलालाई सीपमूलक तालिम दिन पाएको भए कति राम्रो हुन्थ्यो । राज्यले महिलाको उन्नति र प्रगतिका लागि पर्याप्त र प्रत्यक्ष लगानी गरेको देखिन्न । छोराछोरी पढाउनुपर्छ भन्ने चेतना त आएको छतर आमा दिदीबहिनीलाई आत्मनिर्भर बनाउने किसिमका तालिम हुन सकेका छैनन् । मैले अहिले घरेलु तथा साना उद्योगसँग मिलेर केही महिलाका लागि बाँसका सामग्री बनाउने सीपमूलक तालिम दिने काम गरिरहेकी छु । यो तालिमबाट उनीहरु स्थानीय सामान प्रयोग गरेर डालो, डोको, नाङ्लो आदि बनाउन सक्ने भएका छन् । सीप सिकेर केही अर्थोपार्जन पनि गर्न पाएकामा उनीहरु निकै खुसी छन् ।

विधायकका रुपमा काम गरेको एक वर्ष पुग्यो, तर कानुन निर्माणको काममा भने त्यति राम्रो गर्न सकिएन । एक वर्षका अवधिमा बल्ल एउटा कानुन बन्यो । संविधानअनुकूल हुने गरी कानुन बनाउन बाँकी छ । सङ्घीयता कार्यान्वयन गर्न पनि निकै कठिन परेको छ । खासगरी सरकारले आवश्यक विधेयक लिएर आउनुपर्ने हो । तर त्यसमा ढिलाइ र आलटाल गर्ने प्रवृत्ति देख्छु । प्रतिपक्षले त संसद्मा विधेयक ल्याउने होइन । सरकारले राज्य र जनताको पक्षमा काम गर्नुपर्ने हुन्छ, प्रतिपक्षले रचनात्मक खबरदारी गर्ने हो ।

सांसद कानुन बनाउने हुन् भनेर सोच्ने परिपाटी अझै विकास भएको देखिन्न । आफू प्रतिनिधित्व गर्ने जिल्ला, क्षेत्रमा विकास निर्माणका काममा वास्ता नगर्ने हो भने जनताले अर्को पटक जिताउने सम्भावना कम हुन्छ । जनताकै लागि राजनीतिक गरेको हो, जनताको खुसी नै राजनीतिक दलको सफलता हो । जनता खुसी भए पछि मात्र राजनीतिक दलको उद्देश्य सफल हुन्छ ।

-कालिका खड्काले सांसद उर्मिला थेवेसँग गरेको कुराकानीमा आधारित

नेपालमा मानवीय सहयोग जारी रहन्छ , विपद् पीडितलाई नगदै सहयोग : आइएफआरसी

काठमाडौँ, ३ फागुन : बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ स्थित लक्ष्मी गिरीको गत असोज महिनामा आएको अकल्पनीय भूकम्पले घर ढाल्यो । जीवनको ओत लाग्ने सहारालाई कसरी उठाउने र छ सन्तानलाई कसरी हुर्काउने भन्ने चिन्ताले लक्ष्मीकी श्रीमान्को निधन भयो । उहाँले भन्नुभयो, “भूकम्पले घर ढाल्यो । छ छोरीको भविष्य र घर कसरी उठाउने भन्ने चिन्ताले भूकम्प गएको एक महिना नबित्दै जीवनको सहरा श्रीमान् बित्नुभयो । न जीवनको सहारा रह्यो, न बास । नेपाल रेडक्रसका स्वयंसेवकले त्रिपाल र कम्बल दिनुभयो । यसले केही सहयोग पुग्यो । तत्कालै रु १५ हजार नगद पाएँ । छोरीहरुलाई चिसो छल्न न्यायो लुगा किन्न र खानामा खर्च गरेँ । रेडक्रसले टहरो हाल्न (अस्थायी आवास निर्माण) शौचालय र खानेपानी ट्याङ्की बनाउन सहयोग ग¥यो । ।”

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले विपद्पछि सङ्कटासन्न समुदायको तत्काल उत्थानका लागि उपलब्ध गराउने नगद सहयोगले समुदायमा सकारात्मक प्रभाव पारेको छ । पछिल्लो समय परोपकारी सस्था आइएफआरसी विपद्पछि सङ्कटासन्न समुदायलाई उत्थान गर्न तत्काल नगद सहयोग गर्ने नीति अवलम्बन गरेको छ । सोही नीतिअनुसार उसले गत वर्षको सुदूरपश्चिम र यस वर्षको कर्णाली भूकम्प पीडितलाई पहिलो चरणमा नगद सहयोग नै उपलब्ध गराएको थियो ।डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँ केन्द्रविन्दु बनाएर विसं २०७९ कात्तिक २३ गते बिहान ६ दशमलव ६ म्याग्नेच्युड, बझाङको चैनपुरलाई केन्द्रविन्दु बनाएर विसं २०८० असोज १६ गते अपराह्न ६ दशमलव ३ म्याग्नेच्युड तथा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर विसं २०८० कात्तिक १७ गते राति ६ दशमलव ४ म्याग्निच्युड भूकम्प गएको थियो । ती भूकम्पले अकल्पनीय मानवीय एवं भौतिक क्षति पु¥याएको छ ।नेपाल सरकारको नीति अनुसार आइएफआरसीले नेपाल रेडक्रस सोसाइटी मार्फत डोटी, बझाङ, बाजुरा, रुकुम पश्चिम, जाजरकोट र सल्यान जिल्लाका भूकम्प अतिप्रभावित प्रतिपरिवार अस्थायी आवास निर्माण गर्न रु ५० हजार, अत्यावश्यक वस्तु खरिद गर्न रु १५ हजार र शौचालय निर्माण गर्न रु १५ हजार, पानी ट्याङ्की रु सात हजार गरी जम्मा रु ८७ हजार प्रदान गरिरहेको छ ।यहाँस्थित आइएफआरसीका देशीय प्रतिनिधि अजमद उल्लाले भन्नुभयो, “सङ्कटासन्न समुदायलाई विपद्को सामना गर्न सानो नगद सहयोगले ठूलो सहयोग पुग्ने हुनाले आइएफआरसीको विश्वव्यापी नीतिअनुसार हामीले पनि नेपाल सरकार, नेपाल रेडक्रसको समन्वयमा नगद सहयोग गर्ने नीति लिएका हाँै । यसबाट सङ्कटासन्न समुदायलाई तत्काल स्रोतको अभाव हुन दिँदैन । यसबाट सङ्कटासन्न समुदाय खुसी छन् ।” आफ्ना कार्यादेशअनुसार विपद् पीडितलाई राहत, प्रतिकार्य तथा पुनर्लाभका लागि मानवीय सहयोग जारी रहने उहाँले जानकारी दिनुभयो । उसले भूकम्पपीडितलाई आवास र गैरखाद्य सामग्री–नगद वितरण (आकस्मिक आवास, तारपोलियन, म्याट्रेक्स, ब्ल्याङ्केट, बुकटेस), स्वास्थ्य (मनोसामाजिक परामर्श) सरसफाइ, जीविकोपार्जन तथा अत्यावश्यक वस्तु उपलब्ध गराउने कार्यलाई एकीकृतरूपमा उपलब्ध गराइराखेको छ ।आइएफआरसीले जाजरकोट भूकम्प प्रभावितलाई तत्काल रु १० करोड सहयोग उपलब्ध गराएको थियो । स्वीट्जरल्याण्डको जेनेभास्थित आइएफआरसीको मुख्यालयले विपद् प्रतिकार्य राहत कोष (ड्रेफ) मार्फत नेपाल रेडक्रसलाई सो रकम उपलब्ध गराएको हो ।सन् २०२३ को डिसेम्बरसम्मको प्रतिवेदनअनुसार आइएफआरसीले कर्णाली भूकम्पपीडित (रुकुम पश्चिम, जाजरकोट र सल्यान) चार हजार आठ सय ६५ परिवारलाई गैरखाद्य सामग्री, तीनसय ९२ रेडक्रसका स्वयंसेवक परिचालन, सात हजार पाँच सय मर्यादा सामग्री (सरसफाइ), दुई हजार तीन सय ५५ जनालाई मनोसामाजिक परामर्श, रेडक्रसको आकस्मिक स्वास्थ्य क्लिनिकमार्फत एक हजार आठ सय ४७ जनालाई स्वास्थ्य सेवा, दुई हजार एक सय ५० लाई अस्थायी आवास बनाउन अभिमुखीकरण, अस्थायी आवास बनाउन सरकारको नगद सहयोगलगायत अन्य जानकारीका लागि सहायता कक्ष स्थापना एवं यसमार्फत नौ हजार एक सय पाँचले सहयोग तथा अस्थायी आवास, शौचालय, खानेपानी भण्डारण तथा अन्य बहुउपयोगी सहयोगअन्तर्गत चार सय ३० परिवार लाभान्वित भएको जनाएको छ ।हाल विश्वको एक सय ९१ देशमा मानवीय सहायता प्रदान गरिराखेको आइएफआरसीले नेपालमा हालै प्रकाशित गरेको सन् २०२३ को प्रतिवेदनले भन्छ “विपद् पूर्वविपद्को समय विपद्पश्चात् तथा स्वास्थ्य आपत्कालका सययमा सङ्कटासन्न व्यक्ति तथा समुदायका उत्थान, जीवनसुधार लागि मानवीय सहायता प्रदान गर्ने काम निरन्तर जारी रहन्छ ।”प्रतिवेदनका अनुसार डोटी, बझाङ, बाजुराका एक हजार चार सय तीन परिवारलाई गैरखाद्य सामग्री, एक हजार दुई सय ६८ मर्यादा सामग्री (सरसफाइ), पाँच सय ६४ परिवारलाई बहुउपयोगी नगद सहयोग, एक सय १५ परिवारलाई अस्थायी आवास निर्माण तथा शौचालय निर्माणमा सहयोग, सात सय ६१ जनालाई सरसफाइ जानकारी, सात सय २१ जनालाई मनोसामाजिक परामर्श सेवा तथा चार सय आठ जनालाई अस्थायी आवास र हिंसा न्यूनीकरणसम्बन्धी जानकारी दिइएको उल्लेख छ ।ड्रेफमार्फत सन् २०२३ मा आइएफआरसीले २६ जिल्लामा डेङ्गु सङ्क्रमण नियन्त्रण गर्न रेडक्रसको स्वयंसेवक परिचालनमा सहयोग गरेको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ मा नेपालमा ५२ हजारभन्दा बढी डेङ्गु सङ्क्रमित भई २० जनाको अकालमा मृत्यु भएको थियो ।‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ एवं सरसफाइ अभियानअन्तर्गत सात लाख ७७ हजार छ सय २५ जना लाभान्वित भएका, यसका लागि चार सय ७० स्थानमा लार्भा खोज र नष्ट गर कार्यक्रम सम्पन्न भएका, एक सय १५ रक्तदान कार्यक्रममार्फत पाँच हजार दुई सय १७ रक्तदाताले रगत दान गरेको आइएफआरसीद्वारा प्रकाशित प्रतिवेदनमा औँल्याइएको छ ।आइएफआरसीका पाँच रणनीतिक प्राथमिकता र लाभान्वित व्यक्तिअन्तर्गत जलवायु र वातावरण सङ्कट कार्यक्रमअन्तर्गत दुई लाख ५४ हजार ५४, मूल्य मान्यता, शक्ति र समावेशीकरण कार्यक्रममा ५८ हजार ५३५, बसाइँसराइ र पहिचान कार्यक्रम दुई हजार ३५५, सङ्कट र विपद् कार्यक्रममा दुई लाख ६१ हजार एक सय आठ, स्वास्थ्य र जीवनयापन सुदृढीकरण कार्यक्रम १६ लाख आठ सय ६८ लाभान्वित भएको प्रतिवेदनमा जनाइएको छ ।