`

कायरो बैठकमा हमासद्वारा कुनै नयाँ प्रस्ताव नआएको इजरायलको स्पष्टोक्ती

इजरायलले कतार, इजिप्ट र अमेरिकी वार्ताकारहरूले भाग लिएको कायरो बैठकमा युद्धविराम तथा बन्धक मुक्तिको सम्झौताको लागि हमासद्वारा कुनै नयाँ प्रस्तावहरू नआएको जनाएको छ ।

इजरायलले बन्धकहरूको रिहाइका लागि हमासबाट कुनै नयाँ प्रस्ताव प्राप्त नगरेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले मङ्गलबारको बैठकमा बताउनुभएको उहाँको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकमा इजरायलका गुप्तचर सेवा (मोसाद) प्रमुखले पनि भाग लिनुभएको थियो ।

कार्यालयका अनुसार नेतान्याहूको इजरायलले हमासको अपमानजनक मागहरू नमान्ने कुरामा जोड रहेको छ । हमासको स्थितिमा परिवर्तनले वार्तामा प्रगति गर्न अनुमति दिनेछ ।

यसअघि बुधबार, अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सञ्चारमाध्यमबाट विवरणहरूले कुनै सफलता हासिल नभएको तर वार्ता सकारात्मक रहेको बताएको थियो ।
प्यालेस्टिनी इस्लामिक लडाकू समूह हमासले बन्धकहरूको रिहाइको बदलामा युद्धको अन्त्यको माग गरिरहेको छ । इजरायल भने सीमित समयको युद्धविराममा मात्र सहमत छ ।

दुवै पक्ष सम्झौतामा प्यालेस्टिनी कैदीहरूको रिहाइ समावेश गर्न इच्छुक छन्, तर रिहा गरिने कैदीहरूको सङ्ख्यामा भने असहमति कायम छ ।
गाजामा करिब २८ हजार ५७६ प्यालेस्टिनी सहित एक हजार ४०० इजरायलीको ज्यान लिएको १३१ दिन पुगिसकेको युद्ध अन्त्य गर्न बढ्दो अन्तर्राष्ट्रिय आह्वानको बीचमा यो बैठक भएको हो ।

वीर अस्पताल बाहिर सञ्चालित दुईवटा औषधि पसल बन्द गर्न मन्त्री बस्नेतको निर्देशन

काठमाडौँ, ३ माघ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल बाहिर सञ्चालित दुईवटा औषधि पसल बन्द गर्न निर्देशन दिनुभएको छ । स्वास्थ्य मन्त्रालय तथा औषधि विभागको संयोजत्वमा आज गरिएको निरीक्षणका क्रममा सत्यम फर्मा र उपकार सेवा फर्माले म्याद गुर्जेका र दर्ता नभएका औषधि बिक्री वितरण गरेको भेटिएपछि मन्त्री बस्नेतले बन्द गर्न निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो, “वीर अस्पताल बाहिर रहेको फार्मेसीले म्याद गुर्जेका औषधि बेचेको भेट्यौँ । त्यस्तै औषधि महँगोमा बेचेको पाइयो । औषधिलाई राम्रोसँग स्टोर गर्नुपर्नेमा बाहिरै त्रिपालले छोपेर राखेको पाइएपछि यी फार्मेसी पसललाई बन्द गर्ने निर्णय गरी कानुनी कारबाहीका लागि अगाडि बढ्नेछौँ ।”

मन्त्री बस्नेतले वीर अस्पतालको स्टोरमा औषधि लुकाएर बिरामीलाई बाहिरको फार्मेसीमा किन्न लगाउने गरेको पाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालको स्टोरमा औषधि राख्ने तर फार्मेसीमा औषधि छैन भनेर बिरामीलाई बाहिरबाट औषधि किन्न लागाउने गरेको भेटिएको छ । यो झन् ठूलो समस्या देखिएको छ ।”

मन्त्री बस्नेतले अस्पतालको पार्किङ क्षेत्रमा रहेको ठाउँमा टहरो बनाएर फार्मेसी सञ्चालन गर्नेबारे अस्पतालको व्यवस्थापनसँग छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “शल्यक्रियाका लागि आवश्यक औषधि र महँगा औषधि अस्पतालको फर्मेसीमै पाउने व्यवस्था गर्नका लागि पार्किङमा फार्मेसी निर्माण गर्न छलफल भइरहेको छ ।”

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले निरीक्षणका क्रममा ‘फ्रिज’मा राख्नुपर्ने औषधिलाई बाहिर खुला राखिएको भेटिएको बताउनुभयो । स्वास्थ्य विभागले नियमन गरिआएका औषधि प्रशस्त मात्रामा भेटिएको समेत महानिर्देशक ढकालले जानकारी दिनुभयो ।

दुर्घटनाका घाइते भन्छन् : पहाडमा ठोक्किएको बस उछिट्टिएर खोलामा खस्यो

लुम्बिनी, ३ फागुन : “राति ९ बजेतिर कोहलपुरमा खाना खाएपछि काठमाडौँतर्फ अघि बढेको बसको सिटमा म निदाउन आँटेकी थिएँ, बस तीव्रगतिमा भएर होला पहाडमा ठोक्किँदा ठूलो आवाज आयो”, बुटवलस्थित चौराहा अस्पतालमा उपचाररत ५५ वर्षे यात्रु नारायणी थापाले सुनाउनुभयो ।

उहाँ छोरीसँगै काठमाडौँ जान बुधबार दिउँसो साढे दुई बजे महेन्द्रनगरबाट छुटेको गाडी चढ्नुभएको थियो । सुनौलो महाकाली यातायातको बस कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै दुर्घटना हुँदा उहाँ घाइते भइ हाल अस्पतालमा उपचाररत हुनुहुन्छ । सो दुर्घटनामा परी सात पुरुष र तीन महिला गरी १० जनाको मृत्यु भयो भने ३० जना यात्रु घाइते भए ।

“दुर्घटनापछि यात्रुहरु बचाउबचाउ भन्दै गरेको आवाज दिइरहेको सुनेपछि मैले पनि आवाज दिए । त्यसपछि दुई जनाले उद्धार गर्नुभयो”, भीमदत्त नगरपालिका–१६ घर भएकी थापाले सुनाउनुभयो, “रातिको समय, जङ्गल र पहाडको खोँचमा फोन पनि नलाग्ने भएकाले उद्धार तत्कालै हुन पाएन । अँध्यारोमा जो बोल्छ आवाज सुनेर उद्धारकर्ताले सुरुमा उनीहरुलाई नै उद्धार गरे जस्तो लाग्यो ।” सोही बसमा सवार कञ्चनपुर महेन्द्रनगरका ज्ञानेन्द्र पालले दुर्घटना हुँदा क्षण सम्झँदै भन्नुभयो, “राति भएकाले अधिकांश यात्रु मस्त निद्रामा थिए । म भने निदाइसकेको थिइन् । त्यही बेला बस ठोक्किएको ठूलो आवाज आयो र पल्टियो ।

सबै यात्रुहरू चिच्याउन थाले ।” पिलवस्तुकै चन्दौटास्थित अस्पतालमा उपचार गराइरहनुभएका पालले दुर्घटनापछि आफू उठ्नका लागि पटक–पटक प्रयास गर्दा पनि असफल भएको बताउनुभयो । “शरीर नराम्रोसँग ठोक्किछ, अहिले पनि राम्रोसँग उठ्न नसक्ने अवस्था छ । ढाड अझै दुखिरहेको छ”, उहाँले भन्नुभयो, “जीवनमा पहिलोपटक ठूलो दुर्घटनाबाट बचियो ।” उहाँले बस अनियन्त्रित हुँदा दुर्घटना भएको हुनसक्ने अनुमान गर्नुहुन्छ ।

पेशाले मूर्तिकार काठमाडौँ कीर्तिपुरका अनिल ताण्डुकारले चालकले गियर बदल्ने बेलामा ठूलो आवाज आएको र त्यसको केही समयमै दुर्घटना भएको अनुभव सुनाउनुभयो । “आँखा अगाडि नै धेरैको ज्यान गयो, चाहेर पनि सबैको उद्धार गर्न सकिएन”, अनिलले भन्नुभयो । उहाँ बसको क्याबिनमा चालक नजिकैको सिटमा बस्नुभएको थियो ।

दुर्घटनामा रौतहट औरही–३ का ४६ वर्षीय नारायणबहादुर भण्डारी, सल्यान सैनिकहल–३ भइ भइ हाल नेपाली सेनाको कालीजङ्ग गण गोरुसिङ्गमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेश मुरदावादका सकिल मुसलमान, भीमदत्त नगरपालिका–१ कञ्चनपुरका २७ वर्षीय राहुलराम कामीको मृत्यु भएको छ । साथै भीमदत्त–४ कञ्चनपुरका २४ वर्षीय उमेश भण्डारी, भीमदत्त नगरपालिका–१६ कञ्चनपुरकी २७ वर्षीया सन्जु थापा, पुर्नवास नगरपालिका निवासी किसन भट्ट, भीमदत्त नगरपालिका बस्ने खगेश्वरी खाती, भीमदत्त नगरपालिका–२ बस्ने सुदीप भट्ट र पुर्नवास नगरपालिका–९ बिसफाटा बस्ने विमलादेवी भट्टको पनि ज्यान गएको हो । बसका चालक महेन्द्रनगरका पूर्णबहादुर चन्दले पहाडी घुम्तीमा बसको ब्रेकले काम नगरेपछि पहाडमा ठोक्कएर यात्रु बचाउन खोज्दा बस उछिट्टिएर खोलामा खसेको सुनाउनुभयो ।

बुटवलको चौराहा अस्पतालमा उपचार गराइरहनुभएका चालक चन्दका अनुसार आफूभन्दा पछाडि आएका बसका कर्मचारी र यात्रुले भालुवाङ प्रहरीलाई जानकारी गराएपछि चन्दौटा र भालुवाङबाट नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको हो । घटनास्थल घनाजङ्गल र पहाडमा पर्ने भएकाले सहजरुपमा सञ्चार सम्पर्क हुन नसक्दा उद्धारमा ढिलाइ भएको घाइते यात्रुहरूको भनाइ छ । सशस्त्र प्रहरी भालुवाङ, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी कपिलवस्तुको रोप रेस्क्यु टिमले उद्धार गरेको सशस्त्र प्रहरी कपिलवस्तुका प्रहरी उपरीक्षक जीवन केसीले बताउनुभयो ।

“उद्धारका क्रममा पहिलो प्राथमिकता जटिल घाइतेलाई दियौँ”, केसीले भन्नुभयो, “घटनास्थलको अवस्था हेर्दा धेरै मानवीय क्षति हुनबाट जोगिएको छ ।” बस दुर्घटना हुनुमा बसको ब्रेकमा समस्या तथा चालक निदाएको हुनसक्ने अनुमान गरिएको उहाँको भनाइ छ ।

काठमाडौँमा दिलमायाको घरबाट गहनासहित ६५ लाखका सामान चोरी, पाँच भारतीय पक्राउ

काठमाडौँ, ३ फागुन : काठमाडौँको गोकर्णेश्वर नगरपालिका ४ माकलवारीस्थित दिलमाया आलेमगरको घरबाट सुनका विभिन्न गरगहना तथा नगदसहित रु ६५ लाख बराबरको धनमाल चोरी भएको छ ।

पीडितको जाहेरकिा आधारमा खोजतलास गर्ने क्रममा चोरीमा संलग्न पाँच जना भारतीय नागरिकलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार फोहर उठाउने बहानामा दिउँसो माघ २८ गते दिउँसो घरको ढोका फोडेर चोरी भएको हो । उक्त कार्यालयले चोरीमा संलग्न भएको अभियोगमा भारतीय नागरिकलाई आज सार्वजनिक गरेको हो ।

त्यसअघि अभियुक्तहरूले काठमाडौँको बूढानीलकण्ठस्थित दिनेश घिमिरेको घरबाट सुन तथा नगद गरी रु २५ लाख बराबरको धनमाल बरामद गरिएको छ । गोकर्णेश्वर नगरपालिका बस्ने गीता राईको घरबाट सुनचाँदीका गरगहना तथा नगदसमेत गरी रु चार लाख १० हजार बराबरको धनमाल बरामद गरिएको प्रहरीले जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज

काठमाडौँ, ३ फागुन : सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको महासमितिको बैठकको तयारीबारे छलफल गर्न बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको जानकारी दिनुभयो ।

बैठकमा आगामी महासमिति बैठकका विषयमा केन्द्रित रहेर छलफल हुने मुख्यसचिव पौडेलले बताउनुभयो । कांग्रेसले बुधबार मात्र पत्रकार सम्मेलन गरेर महासमितिको बैठकको तयारीका बारेमा जानकारी गराएको थियो ।

पार्टीको महासमितिको बैठकमा पार्टीका उपसभापति एवं उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले तयार पारेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक विषय समेटिएको नीति प्रस्ताव महासमिति बैठकमा पेश गर्न लागिएको जनाइएको छ ।

पार्टीका महामन्त्री गगनकुमार थापाले साङ्गठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसाययिक राजनीतिक परिस्थितीको बारेमा प्रतिवेदन पेश गर्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । कांग्रेसले आजको बैठकमा उपस्थित हुनका लागि पार्टी केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यलाई अनुरोधसमेत गरेको छ ।

नामिबियाविरुद्ध नेपालले ब्याटिङ गर्दै

काठमाडौँ, ३ फागुन : :आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नामिबियाविरुद्धको उद्घाटन खेलमा नेपालले टस हारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा नामिबियाका कप्तान जेराल्ड एरास्मसले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । यससँगै नेपालले अब पहिला ब्याटिङ गर्नेछ । आजको खेलमा नेपाल र नामिबिया दुवै विजयी सुरुआत गर्न चाहन्छन् । पछिल्लो पटक घरेलु मैदानमा भएको खेलमा नेपालले नामिबियालाई हराएको छ । नेपालले त्यसै जितलाई निरन्तरता दिन चाहन्छ । यता नामिबिया भने उक्त हारको बदला लिने दाउमा छ ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, अनिल कुमार शाह, गुलशन झा, सोमपाल कामी, करण केसी र ललित राजवंशी छन् । त्यस्तै बेन्चमा सूर्य तामाङ, देव खनाल, दीपेन्द्र सिंह ऐरी र आरिफ शेख छन् ।

त्यस्तै नामिबियाको प्लेइङ ११ मा कप्तान जेरार्ड एरास्मससहित जेन ग्रिन, जेजे स्मिथ माइकल भान लिंगेन, निकोल लोफ्टिइटन, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, टांगेनी लुंगामेनी, ज्याक ब्रेसल र बर्नार्ड स्कोल्ज छन् । बेन्चमा जेपी कोट्जे, मलान क्रुगर, बेन शिकोंगो र सन फौसी छन् ।

घरेलु मैदानमा आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को नयाँ सर्कल आजदेखि सुरु भएको हो । उक्त लिगमा २४ त्रिदेशीय शृङ्खलाअन्तर्गत पहिलो शृङ्खला नेपालमा हुन लागेको हो । आगामी सन् २०२७ सम्म चल्ने उक्त लिग–२ मा नेपालसहित आठ टोलीको सहभागिता हुनेछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुन लागको हो ।

ताप्लेजुङका जनताको घरघरमा खानेपानी पु-याउने धोको छ – सांसद थेवे

काठमाडौँ ।  ताप्लेजुङ जिल्लामा खानेपानीको निकै समस्या छ । जनताका घरघरमा खानेपानी पुर्याउने मलाई धोको छ । एक नगरपालिका र आठवटा गाउँपालिका रहेको यस जिल्लाका धेरै स्थानमा अहिले पनि सहज खानेपानीको सुविधा छैन । अग्ला पहाड, छरिएको बस्ती रहेको यस जिल्लामा स्थानीयवासीलाई खानेपानीको जोहो गर्न निकै मुस्किल परिरहेको जोकोहीले देख्न र अनुभव गर्न सक्छ जसबाट मुख्यतः धेरै महिला दिदीबहिनी पीडित हुनुभएको छ । उनीहरुको अधिकांश समय खानेपानीको जोहो गर्नमै खर्च हुने गरेको छ ।

‘एक परिवार एक धारा’ बनाउन पाए मैले राजनीति गरेको सफल हुने थियो जस्तो लाग्छ । जनताको आधारभूत कुरा हो खानेपानी । त्यति पूरा गर्न पाए म सफल हुने थिएँ । जिल्लामा खानेपानीको सहज व्यवस्थाका लागि पाइप र ट्याङ्की निर्माण गर्न खानेपानी मन्त्रालयमा योजना पनि दिएकी छु, तर बजेट प्राप्त हुन सकेको छैन ।

अर्कोतर्फ, ताप्लेजुङका धेरै ठाउँमा पहिरोले दुःख दिएको छ । ती पहिरा पीडितले पनि अझै राहत प्राप्त गर्न र उनीहरुको उचित पुनःस्थापना हुन सकेका छैनन् । यी विषयको सम्बोधनका लागि मैले संसद् र अन्य मञ्चमा निरन्तर कुरा उठाएँ तर सुनुवाइ भएको छैन । पहिराले भत्काएका विद्यालय बन्न सकेका छैनन् र भएका विद्यालय पनि पुनःनिर्माण हुन नसक्दा विद्यार्थीले राम्ररी पढ्न पाएका छैनन् । कुनै विद्यालय पहिराले लगेको छ, कुनै विद्यालय निर्माणाधीन छ, कुनै जीर्णोद्धार हुँदैछ । यस ज्वलन्त समस्यातर्फ राज्यको ध्यान जान नसकेकोप्रति दुःख लागेको छ ।

ताप्लेजुङका जनताको ठूलो माग केही पनि छैन तर आधारभूत आवश्यकता नै पूरा हुन सकेका छैनन् । सडक सबै ठाउँमा पुगेको छैन, आवतजावतमा समस्या छ । स्वास्थ्यको अवस्था हेर्दा त्यतिकै नाजुक छ । सबै योजना बनाएर हरेक सम्बन्धित मन्त्रालयमा दिएकी छु तर कुनै पनि फाइल हेरिएन, बजेट परेन । अधिकतम प्रयास गरेँ तर त्यो सफल हुन सकेन ।

सांसद विकास कोषको व्यवस्था भएको भए सांसदको क्षेत्रमा अलिअलि भए पनि विकास बजेट हुन्थ्यो भन्ने लाग्छ । कोषको रकम प्रत्यक्ष निर्वाचित सांसदलाई मात्र दिइनु हुँदैन, समानुपातिक सांसदलाई पनि दिइनु जरुरी छ । राष्ट्रिय बजेट सरकारले आफुखूसी वितरण गरेको पाइन्छ । यस्तो अवस्थामा सांसद कोषले केही मात्रामा भए पनि आफू निर्वाचित भएको क्षेत्र र जिल्लामा खर्च गर्न सकिन्थ्यो, त्यो पनि अहिले रोकिएको छ । यस कोषबाट खानेपानीका पाइप खरिद गर्न, ट्याङ्की बनाउन सकिन्थ्यो नि ।

पहाडी जिल्लामा महिलाको अवस्था पनि निकै कष्टप्रद रहेको छ । उनीहरुका लागि केही गर्न पाए हुन्थ्यो भन्ने लागिरहन्छ । महिलालाई सीपमूलक तालिम दिन पाएको भए कति राम्रो हुन्थ्यो । राज्यले महिलाको उन्नति र प्रगतिका लागि पर्याप्त र प्रत्यक्ष लगानी गरेको देखिन्न । छोराछोरी पढाउनुपर्छ भन्ने चेतना त आएको छतर आमा दिदीबहिनीलाई आत्मनिर्भर बनाउने किसिमका तालिम हुन सकेका छैनन् । मैले अहिले घरेलु तथा साना उद्योगसँग मिलेर केही महिलाका लागि बाँसका सामग्री बनाउने सीपमूलक तालिम दिने काम गरिरहेकी छु । यो तालिमबाट उनीहरु स्थानीय सामान प्रयोग गरेर डालो, डोको, नाङ्लो आदि बनाउन सक्ने भएका छन् । सीप सिकेर केही अर्थोपार्जन पनि गर्न पाएकामा उनीहरु निकै खुसी छन् ।

विधायकका रुपमा काम गरेको एक वर्ष पुग्यो, तर कानुन निर्माणको काममा भने त्यति राम्रो गर्न सकिएन । एक वर्षका अवधिमा बल्ल एउटा कानुन बन्यो । संविधानअनुकूल हुने गरी कानुन बनाउन बाँकी छ । सङ्घीयता कार्यान्वयन गर्न पनि निकै कठिन परेको छ । खासगरी सरकारले आवश्यक विधेयक लिएर आउनुपर्ने हो । तर त्यसमा ढिलाइ र आलटाल गर्ने प्रवृत्ति देख्छु । प्रतिपक्षले त संसद्मा विधेयक ल्याउने होइन । सरकारले राज्य र जनताको पक्षमा काम गर्नुपर्ने हुन्छ, प्रतिपक्षले रचनात्मक खबरदारी गर्ने हो ।

सांसद कानुन बनाउने हुन् भनेर सोच्ने परिपाटी अझै विकास भएको देखिन्न । आफू प्रतिनिधित्व गर्ने जिल्ला, क्षेत्रमा विकास निर्माणका काममा वास्ता नगर्ने हो भने जनताले अर्को पटक जिताउने सम्भावना कम हुन्छ । जनताकै लागि राजनीतिक गरेको हो, जनताको खुसी नै राजनीतिक दलको सफलता हो । जनता खुसी भए पछि मात्र राजनीतिक दलको उद्देश्य सफल हुन्छ ।

-कालिका खड्काले सांसद उर्मिला थेवेसँग गरेको कुराकानीमा आधारित

नेपालमा मानवीय सहयोग जारी रहन्छ , विपद् पीडितलाई नगदै सहयोग : आइएफआरसी

काठमाडौँ, ३ फागुन : बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ स्थित लक्ष्मी गिरीको गत असोज महिनामा आएको अकल्पनीय भूकम्पले घर ढाल्यो । जीवनको ओत लाग्ने सहारालाई कसरी उठाउने र छ सन्तानलाई कसरी हुर्काउने भन्ने चिन्ताले लक्ष्मीकी श्रीमान्को निधन भयो । उहाँले भन्नुभयो, “भूकम्पले घर ढाल्यो । छ छोरीको भविष्य र घर कसरी उठाउने भन्ने चिन्ताले भूकम्प गएको एक महिना नबित्दै जीवनको सहरा श्रीमान् बित्नुभयो । न जीवनको सहारा रह्यो, न बास । नेपाल रेडक्रसका स्वयंसेवकले त्रिपाल र कम्बल दिनुभयो । यसले केही सहयोग पुग्यो । तत्कालै रु १५ हजार नगद पाएँ । छोरीहरुलाई चिसो छल्न न्यायो लुगा किन्न र खानामा खर्च गरेँ । रेडक्रसले टहरो हाल्न (अस्थायी आवास निर्माण) शौचालय र खानेपानी ट्याङ्की बनाउन सहयोग ग¥यो । ।”

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)ले विपद्पछि सङ्कटासन्न समुदायको तत्काल उत्थानका लागि उपलब्ध गराउने नगद सहयोगले समुदायमा सकारात्मक प्रभाव पारेको छ । पछिल्लो समय परोपकारी सस्था आइएफआरसी विपद्पछि सङ्कटासन्न समुदायलाई उत्थान गर्न तत्काल नगद सहयोग गर्ने नीति अवलम्बन गरेको छ । सोही नीतिअनुसार उसले गत वर्षको सुदूरपश्चिम र यस वर्षको कर्णाली भूकम्प पीडितलाई पहिलो चरणमा नगद सहयोग नै उपलब्ध गराएको थियो ।डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँ केन्द्रविन्दु बनाएर विसं २०७९ कात्तिक २३ गते बिहान ६ दशमलव ६ म्याग्नेच्युड, बझाङको चैनपुरलाई केन्द्रविन्दु बनाएर विसं २०८० असोज १६ गते अपराह्न ६ दशमलव ३ म्याग्नेच्युड तथा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर विसं २०८० कात्तिक १७ गते राति ६ दशमलव ४ म्याग्निच्युड भूकम्प गएको थियो । ती भूकम्पले अकल्पनीय मानवीय एवं भौतिक क्षति पु¥याएको छ ।नेपाल सरकारको नीति अनुसार आइएफआरसीले नेपाल रेडक्रस सोसाइटी मार्फत डोटी, बझाङ, बाजुरा, रुकुम पश्चिम, जाजरकोट र सल्यान जिल्लाका भूकम्प अतिप्रभावित प्रतिपरिवार अस्थायी आवास निर्माण गर्न रु ५० हजार, अत्यावश्यक वस्तु खरिद गर्न रु १५ हजार र शौचालय निर्माण गर्न रु १५ हजार, पानी ट्याङ्की रु सात हजार गरी जम्मा रु ८७ हजार प्रदान गरिरहेको छ ।यहाँस्थित आइएफआरसीका देशीय प्रतिनिधि अजमद उल्लाले भन्नुभयो, “सङ्कटासन्न समुदायलाई विपद्को सामना गर्न सानो नगद सहयोगले ठूलो सहयोग पुग्ने हुनाले आइएफआरसीको विश्वव्यापी नीतिअनुसार हामीले पनि नेपाल सरकार, नेपाल रेडक्रसको समन्वयमा नगद सहयोग गर्ने नीति लिएका हाँै । यसबाट सङ्कटासन्न समुदायलाई तत्काल स्रोतको अभाव हुन दिँदैन । यसबाट सङ्कटासन्न समुदाय खुसी छन् ।” आफ्ना कार्यादेशअनुसार विपद् पीडितलाई राहत, प्रतिकार्य तथा पुनर्लाभका लागि मानवीय सहयोग जारी रहने उहाँले जानकारी दिनुभयो । उसले भूकम्पपीडितलाई आवास र गैरखाद्य सामग्री–नगद वितरण (आकस्मिक आवास, तारपोलियन, म्याट्रेक्स, ब्ल्याङ्केट, बुकटेस), स्वास्थ्य (मनोसामाजिक परामर्श) सरसफाइ, जीविकोपार्जन तथा अत्यावश्यक वस्तु उपलब्ध गराउने कार्यलाई एकीकृतरूपमा उपलब्ध गराइराखेको छ ।आइएफआरसीले जाजरकोट भूकम्प प्रभावितलाई तत्काल रु १० करोड सहयोग उपलब्ध गराएको थियो । स्वीट्जरल्याण्डको जेनेभास्थित आइएफआरसीको मुख्यालयले विपद् प्रतिकार्य राहत कोष (ड्रेफ) मार्फत नेपाल रेडक्रसलाई सो रकम उपलब्ध गराएको हो ।सन् २०२३ को डिसेम्बरसम्मको प्रतिवेदनअनुसार आइएफआरसीले कर्णाली भूकम्पपीडित (रुकुम पश्चिम, जाजरकोट र सल्यान) चार हजार आठ सय ६५ परिवारलाई गैरखाद्य सामग्री, तीनसय ९२ रेडक्रसका स्वयंसेवक परिचालन, सात हजार पाँच सय मर्यादा सामग्री (सरसफाइ), दुई हजार तीन सय ५५ जनालाई मनोसामाजिक परामर्श, रेडक्रसको आकस्मिक स्वास्थ्य क्लिनिकमार्फत एक हजार आठ सय ४७ जनालाई स्वास्थ्य सेवा, दुई हजार एक सय ५० लाई अस्थायी आवास बनाउन अभिमुखीकरण, अस्थायी आवास बनाउन सरकारको नगद सहयोगलगायत अन्य जानकारीका लागि सहायता कक्ष स्थापना एवं यसमार्फत नौ हजार एक सय पाँचले सहयोग तथा अस्थायी आवास, शौचालय, खानेपानी भण्डारण तथा अन्य बहुउपयोगी सहयोगअन्तर्गत चार सय ३० परिवार लाभान्वित भएको जनाएको छ ।हाल विश्वको एक सय ९१ देशमा मानवीय सहायता प्रदान गरिराखेको आइएफआरसीले नेपालमा हालै प्रकाशित गरेको सन् २०२३ को प्रतिवेदनले भन्छ “विपद् पूर्वविपद्को समय विपद्पश्चात् तथा स्वास्थ्य आपत्कालका सययमा सङ्कटासन्न व्यक्ति तथा समुदायका उत्थान, जीवनसुधार लागि मानवीय सहायता प्रदान गर्ने काम निरन्तर जारी रहन्छ ।”प्रतिवेदनका अनुसार डोटी, बझाङ, बाजुराका एक हजार चार सय तीन परिवारलाई गैरखाद्य सामग्री, एक हजार दुई सय ६८ मर्यादा सामग्री (सरसफाइ), पाँच सय ६४ परिवारलाई बहुउपयोगी नगद सहयोग, एक सय १५ परिवारलाई अस्थायी आवास निर्माण तथा शौचालय निर्माणमा सहयोग, सात सय ६१ जनालाई सरसफाइ जानकारी, सात सय २१ जनालाई मनोसामाजिक परामर्श सेवा तथा चार सय आठ जनालाई अस्थायी आवास र हिंसा न्यूनीकरणसम्बन्धी जानकारी दिइएको उल्लेख छ ।ड्रेफमार्फत सन् २०२३ मा आइएफआरसीले २६ जिल्लामा डेङ्गु सङ्क्रमण नियन्त्रण गर्न रेडक्रसको स्वयंसेवक परिचालनमा सहयोग गरेको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२३ मा नेपालमा ५२ हजारभन्दा बढी डेङ्गु सङ्क्रमित भई २० जनाको अकालमा मृत्यु भएको थियो ।‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ एवं सरसफाइ अभियानअन्तर्गत सात लाख ७७ हजार छ सय २५ जना लाभान्वित भएका, यसका लागि चार सय ७० स्थानमा लार्भा खोज र नष्ट गर कार्यक्रम सम्पन्न भएका, एक सय १५ रक्तदान कार्यक्रममार्फत पाँच हजार दुई सय १७ रक्तदाताले रगत दान गरेको आइएफआरसीद्वारा प्रकाशित प्रतिवेदनमा औँल्याइएको छ ।आइएफआरसीका पाँच रणनीतिक प्राथमिकता र लाभान्वित व्यक्तिअन्तर्गत जलवायु र वातावरण सङ्कट कार्यक्रमअन्तर्गत दुई लाख ५४ हजार ५४, मूल्य मान्यता, शक्ति र समावेशीकरण कार्यक्रममा ५८ हजार ५३५, बसाइँसराइ र पहिचान कार्यक्रम दुई हजार ३५५, सङ्कट र विपद् कार्यक्रममा दुई लाख ६१ हजार एक सय आठ, स्वास्थ्य र जीवनयापन सुदृढीकरण कार्यक्रम १६ लाख आठ सय ६८ लाभान्वित भएको प्रतिवेदनमा जनाइएको छ ।

सरकारी अस्पताललाई प्रभावकारी बनाउन मुख्यमन्त्री यादवको आग्रह

बारा, ३ फागुन : प्रदेशिक अस्पताल कलैयामा मिर्गाैलको विरामीलाई उपचार गर्न ‘डायलासिस’ र नवजात शिशु उपचार कक्ष ‘एसएनसियू’ सेवा सुरुआत गरिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार ती दुवै सेवाको शुभारम्भ गर्नुहुँदै सरकारी अस्पतालको सेवालाई अझ प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

आगामी दिनमा अस्पताललाई प्रदेशकै नमूना अस्पतालका रुपमा विकास गर्ने सोच प्रदेश सरकारको रहेको उहाँले जानकारी दिनुभयो । अस्पताल विकास समितिका अध्यक्ष प्रकाश चौगाईले अस्पतालमा स्वास्थ्यकर्मीको अभाव रहेको बताउनुभयो । अस्पतालका प्रमुख डाक्टर अजय गुप्ताले अस्पतालको सेवालाई विस्तार गर्दै जाने नीति रहेको जानकारी दिनुभयो ।

विद्यालयलाई आर्थिक स्रोत जुटाउन सामूहिक व्रतबन्धबाट पाँच लाख सङ्कलन

त्रिशूली (नुवाकोट), ३ फागुन : सनातन हिन्दू संस्कारको रक्षा, धार्मिक परम्परालाई निरन्तरता र संस्कृत भाषाको संरक्षण गर्न नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा सञ्चालित सहिद जगतप्रकाशजङ्ग शाह संस्कृति माध्यमिक विद्यालयमा ८५ बटुकको सामूहिक व्रतबन्ध गरिएको छ । विद्यालय सञ्चालनको लागिसमेत आर्थिक स्रोत जुटाउन वसन्त पञ्चमीका अवसरमा आयोजित सामूहिक व्रतबन्धबाट रु पाँच लाख सङ्कलन गरिएको छ ।

सामूहिक व्रतबन्धमा सहभागी बटुकबाट विद्यालयले प्रतिबटुक रु छ हजार सेवा शुल्क लिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर डङ्गोलले जानकारी दिनुभएको छ । उहाँको अनुसार बटुकसँग लिएको शुल्क र सङ्कलित भेटीबाट विद्यालयकले निजी स्रोतका शिक्षकलाई तलब उपलब्ध गराइन्छ । “न्यूनतम शुल्कमा पूर्ण धार्मिक विधिअनुसार बटुकलाई चाहिने पोसाक र भोजनको समेत उपलब्ध गराइएको छ”, अध्यक्ष डङ्गोलले भन्नुभयो, “अभिभावकलाई आर्थिक भार कम गराउन र सामूहिक भावनाको विकासमा समेत सहयोग पु¥याएको छ ।”

विद्यालय सञ्चालनको लागि वैकल्पिक स्रोतको खोजीको लागि हरेक वर्षजस्तै यस वर्ष पनि वसन्त पञ्चमीको अवसरमा सामूहिक व्रतबन्ध गरिएको प्रधानध्यापक मञ्जु चित्रकारले जानकारी दिनुभयो । उहाँको अनुसार यस अभियानले समाजमा हुने भड्किलो परम्परा नियन्त्रण गर्न र हिन्दू संस्कृतिको रक्षा गर्न उल्लेख्य योगदान पुगेको छ । सामूहिक व्रतबन्ध गर्न नुवाकोटसहित रसुवा, धादिङ, चितवन, गोरखालगायतका जिल्लाबाट बटुकको सहभागिता रहेको थियो ।

बटुकको व्रतबन्धमा सोही विद्यालयका पण्डित गोकुल सापकोटाको नेतृत्वमा रहेको १४ जना पण्डित–विद्यार्थीको सहभागिता रहेको थियो । विसंं २०५५ मा स्थापना भएको उक्त विद्यालयमा हाल कक्षा दशसम्म अध्यापन हुने गरेको छ । विद्यालयले निःशुल्क आवासीय सुविधासहित संस्कृत भाषाको अध्यापन गराउन आर्थिक स्रोतको अभाव भएसँगै हिन्दू धर्मावलम्बीको पर्व नाग टाँस्न, रक्षा बन्धन गराउन, घरघरमा कुस भित्र्याउन, पितृ तर्पणलगायतका गतिविधिमा विद्यालयका शिक्षक–विद्यार्थीमार्फत सेवा दिएर आर्थिक स्रोत जुटाइने गरिएको छ ।

मानेभञ्ज्याङ बन्यो पवित्रहाङमा गोल्डकपको च्याम्पियन

फिक्कल (इलाम), ३ फागुन : डिफेन्डिङ च्याम्पियन मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ भारत इलामको माङसेबुङ गाउँपालिकामा सञ्चालित १४ औँ संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

प्रस्तावित आत्मानन्द रङ्गशालामा भएको फाइनल खेलमा कनकाई नगरपालिका झापालाई ३–१ गोलअन्तरमा स्तब्ध पार्दै मानेभञ्ज्याङले बुधबार उपाधि हात पारेको हो । मानेभञ्ज्याङले अघिल्लो संस्करणमा समेत मिक्लाजुङ मोरङलाई रोक्दै उपाधि जितेको थियो ।

खेलको २२ औँ मिनेटमा मानेभञ्ज्याङकी सिम्रन गुरुङले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाउनुभयो । दोस्रो हाफको दोस्रो मिनेटमा मानेभञ्ज्याङकी सुस्मिता लेप्चाले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो । तर, सातौँ मिनेटमा झापाकी कुमारी तामाङले गोल गर्दै खेल २–१ मा ल्याउनुभयो । मानेभञ्ज्याङकी खेलाडीले फाउल बनाएपछि पाएको फ्रिकिकलाई सदुपयोग गर्दै तामाङले सजिलै जाली चुमाउनुभएको थियो । तर त्यो गोल बराबरीका लागिसमेत पर्याप्त भएन । इन्जुरी समय पुनः दार्जिलिङकी सिम्रन गुरुले गोल गरी टिमलाई ३–१ को जितमा उपाधि दिलाउनुभयो । उता झापाले पनि खेलको उत्तरार्धमा पाएको केही अवसरलाई सदुपयोग गर्न नसक्दा उपविजेतामा चित्त बुझाउँदै घर फर्कन बाध्य बन्यो ।

राष्ट्रिय खेलाडीसहित मैदान उत्रेको दुवै टिमका खेलाडीको खेल प्रदर्शन निकै रोचक र प्रतिस्पर्धात्मक रहेको थियो । सुरुआती अग्रता लिएको मानेभञ्ज्याङलाई रक्षात्मक खेल नै उपाधिका लागि पर्याप्त भयो । उता सुरुआतमा दुई गोल खाएको झापाका लागि सोही गोल बाधक बनेको थियो ।

फाइनल खेलको उत्कृष्ट खेलाडी विजेता मानेभञ्ज्याङकी सिम्रन गुरुङ घोषित हुनभयो । उहाँले नगद रु पाँच हजार प्राप्त गर्नुभयो । उपाधिसँगै विजेता मानेभञ्ज्याङले नगद रु तीन लाख एक सय ६८ सहित ट्रफी हात पा¥यो । उपविजेता बनेको झापाले नगद रु दुई लाख एक सय ६८ मा चित्त बुझायो ।

किरात धर्मगुरुआमा साँवा पवित्रहाङमा लिङदेनको ६८ औँ जन्मोत्सवको अवसरमा आत्मा–पवित्र हक्चात यक्चुमको आयोजनामा माघ २४ गतेदेखि सञ्चालित प्रतियोगितामा नेपाल, भारत र भुटानका आठवटा महिला टोलिको सहभागिता रको थियो ।
 

धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक : स्तरोन्नति गरिँदै


खोटाङ, ३ फागुन : बराहपोखरी गाउँपालिकाबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतिलाई अगाडि बढाइएको छ । सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत उक्त सडकलाई दुईखण्डमा विभाजन गरेर स्तरोन्नति थालिएको हो ।

प्रदेश सरकार र गाउँपालिकाको ५०÷५० प्रतिशत लागत साझेदारीमा धाप्लाङघाटदेखि बिचशङ्खे–खाकरगैरा तथा चेकेथुमखण्डको सडक स्तरोन्नतिको काम सुरु गरिएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताउनुभयो । बराहपोखरी गाउँपालिका–२ सुन्तलेमा पर्ने दुवै सडकखण्डमा ग्याविन (तारजाली प्रयोग गरेर निर्माण गरिने पर्खाल), मेसिनरी वाल (सिमेन्ट, बालुवा र ढुङ्गा प्रयोग गरेर निर्माण गरिने पर्खाल), ड्रेन निर्माण, आरसिसी ढलान, ग्राभेल, माटो फिलिङलगायतका काम भइरहेको छ ।

धाप्लाङघाटदेखि बिचशङ्खे–खाकरगैरासम्मको सडक स्तरोन्नति गर्न ६२ प्रतिशत सम्पन्न भइसकेको गाउँपालिकाले जनाएको छ । विसं २०८१ वैशाख मसान्तसम्ममा सक्नेगरी उक्त ठेकेदार कम्पनीले गत पुस ८ गते सडक स्तरोन्नतिको ठेक्का सम्झौता गरेको थियो ।

मूल्य अभिवृद्धि करसहित रु एक करोड ७२ लाख ४१ हजार २४४ मा कार्यदेश लिएको ठेकेदार कम्पनीले रनिङ बिलमार्फत गत माघ–१५ गते रु एक करोड छ लाख ९७ हजार ६२३ भुक्तानी लिइसकेको गाउँपालिकाका सूचना अधिकारी प्रशासन सहायक रमेश पोखरेलले जानकारी दिनुभएको छ । सो सडकखण्डमा दुई हजार पाँच सय आठ घनमिटर माटो कटिङ, ४३ दशमलव ३८ घनमिटर ब्रेकर, ३१३ दशमलव २३ घनमिटर ढुङ्गा सोलिङ, छ सय ८४ घनमिटर ग्याविन वाल, एक सय ६० मिटर ढलानलगायतका काम गर्ने सम्झौतामा उल्लेख छ ।

ढलानको काम भइरहेको यो सडकखण्ड यही फागुन मसान्तभित्र सम्पन्न गर्नेगरी कामलाई तीव्रता दिइएको स्थानीयस्तरमा निर्माणको जिम्मा लिएको सुन्तले कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालि बराहपोखरीका प्रबन्ध निर्देशक कृष्णप्रसाद बञ्जराले जानकारी दिनुभयो । “ढलानको काम तीन दिनभित्रमा सम्पन्न हुन्छ । ग्राभेल ५४ घरटिरमात्र बाँकी छ । ६६४ दशमलव १५ घनटिर वालको काम गर्नपुर्नेमा ३० घनमिटर बाँकी छ । करिब ७० जना कामदार छन्”, उहाँले भन्नुभयो, “समग्रमा ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । फिनिसिङको काम सम्पन्न गरेर यही फागुन मसान्तभित्र फरफारक गर्ने योजनामा छौँ ।”

यस्तै, सङ्घीय सरकारसँगको लागत साझेदारीमा सुरु गरिएको सोही सडकको चेकेथुमखण्ड स्तरोन्नतिको काम ९० प्रतिशत सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । मूल्य अभिवृद्धि करसहित रु ७७ लाख ११ हजार नौ सय ४० मा सक्नेगरी निर्माण कम्पनीले चेकेथुमखण्डको सडक स्तरोन्नतिको काम लिएको हो ।

विसं २०८० वैशाख मसान्तसम्ममा सक्ने गरी गत मङ्सिर २२ गते ठेक्का सम्झौता गरिएको सडक फागुनभित्रै सम्पन्न गर्ने योजनामा रहेको ठेकेदार कम्पनीले जनाएको छ । निर्माणाधीन दुवै खण्डको सडक तोकिएको मितिमा सम्पन्न गर्न तथा गुणस्तर निर्धारणमा खबरदारी गर्ने काम भइरहेको गाउँपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक भूबलराज राईले बताउनुभएको छ ।

धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडक स्तरोन्नतिको काम गरिएपनि सुनकोशीस्थित धाप्लाङघाटमा मोटरेबल पक्की पुल निर्माण सम्पन्न नहुँदा तराईसँगको सीधा यातायात सञ्चालन हुन सकेको छैन । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने सुनकोशी नदीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको काम रोकेर सात वर्षपछि डिजाइन (ढाँचा) परिवर्तन गरेर पुनःनिर्माण थालिएको छ ।

विसं २०७६ असार २९ गतेभित्र सम्पन्न गर्नेगरी विसं २०७३ असार ३० गते रसुवा–एसएनएस–पप्पु जेभी निर्माण कम्पनीले धाप्लाङघाट पुल निर्माणको जिम्मा लिएको थियो । वेल फाउन्डेसन प्रविधिको मोटरेबल पुल निर्माण सुरु गरिएको धाप्लाङघाटमा ढाँचा परिवर्तन गरेर पाइल फाउन्डेसन प्रविधिको पुल निर्माण सुरु गरिएको हो ।

भ्याटबाहेक रु २२ करोड ५० लाखमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको पुलको दुईवटा पिलर तथा बीच भागमा एउटा वेलमात्र निर्माण गरिएको छ । ठेक्का सम्झौता भएको सात वर्षपछि ‘डिजाइन’ परिवर्तन गरिएको पुलको लम्बाइ दुई सय मिटर लामो छ ।

निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको लापार्वाहीले तोकिएको समयमा मोटरेबल पक्की पुल नबन्दा दुई जिल्लाबीचको सिधा यातायात सञ्चालन हुन सकेको छैन । धाप्लाङघाटमा मोटरेबल पक्की पुल निर्माण नहुँदा सवारीसाधनमा करिब एक दिनको यात्रापछि गाईघाट पुग्नुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

धाप्लाङघाटबाट उदयपुरको बेल्टार आधा घण्टा तथा गाईघाट डेढ घण्टामा पुग्ने गरिएको छ । लामो समयसम्म अलपत्र अवस्थामा रहेको धाप्लाङघाटको मोटरेबल पक्की पुल चाँडोभन्दा चाँडो सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रतिनिधिसभा सदस्य एवं कोशी प्रदेशका पूर्वमन्त्री रामकुमार राईले जानकारी दिनुभएको छ ।

दाङमा जीपको ठक्करबाट साइकलमा सवार दुई दिदीबहिनीको मृत्यु

घोराही (दाङ)- दाङको देउखुरीमा जीपको ठक्करबाट साइकलमा सवार दुई जनाको मृत्यु भएको छ । ज्यान गुमाउने दुवै दिदीबहिनी हुन् ।

लमही–भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका–८ पिपरीमा पूर्वबाट पश्चिमतर्फ गइरहेको प्र३–०१०२२ च १३६९ नं को जीपले बुधबार साँझ सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिएपछि उक्त घटना घटेको हो । मृत्यु हुनेमा साइकलमा सवार प्यूठानको झिमरूक गाउँपालिका–१ घर भइ हाल राप्ती गाउँपालिका–८ पिपरी बस्दै आएकी ३५ वर्षीया राधा बस्नेत र उनकी बहिनी १६ वर्षीया विपना केसी रहेका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिनुभयो ।जीपको ठक्करबाट गम्भीर घाइते राधाको लमही अस्पतालमा तथा विपनाको क्रिसमस अस्पताल रुपन्देहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक मल्लले बताउनुभयो । ठक्कर दिने जीपका चालक फरार रहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा

कास्की, ३ फागुन : गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा यही फागुन ४ गते शुक्रबार प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी शुक्रबार प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमामा बिदा दिइएको जनाएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयानुसार प्रदेश राजपत्रमा बिदासम्बन्धी सूचना प्रकाशित भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव एवं प्रवक्ता प्रवीण ढकालले जानकारी दिनुभयो ।

नयाँ संविधान जारी भएपछि विसं २०७४ मङ्सिरमा पहिलोपटक प्रदेशसभाको निर्वाचन भएर प्रदेश सरकार गठन भई प्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदभार ग्रहण गरेको दिनलाई सरकारको स्थापना दिवसका रुपमा बर्सेनि मनाउँदै आइएको छ । स्थापना दिवसमा प्रदेश सरकारले प्रभातफेरी, दीपावली तथा स्थापना दिवस समारोहलगायतका कार्यक्रम गर्दैै आएको छ ।

गाउँगाउँमा विकासको गतिविधि बढाएर गाउँको उत्पादनलाई सहरमा पुर्याउनुपर्छ :मन्त्री डा महत

त्रिशूली (नुवाकोट)- अर्थमन्त्री डा प्रकाशशरण महतले गाउँगाउँमा विकासको गतिविधि बढाएर गाउँको उत्पादनलाई सहरमा पु¥याउनुपर्ने बताउनुभएको छ ।

नुवाकोटको ककनी गाउँपालिका–७ स्थित महेन्द्र माध्यमिक विद्यालयको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा महतले पूर्वाधारको विकास र प्राविधिक एवं आधुनिक शिक्षामार्फत गाउँको विकासमा सरकार केन्द्रित भएको बताउनुभयो ।“विगत वर्षमा देशको राजनीतिक अन्योलता, भूकम्प, कोरोना महामारीको जोखिमलगायतका कारण विकासको गति अघि बढाउन सकिएन”, उहाँले भन्नुभयो, “अहिले विकासको रफ्तार सुरु भएकाले गाउँगाउँमा सडकसहितको पूर्वाधारको विकास र कृषिमा आधुनिकीकरण गरी उब्जनी बढाएर त्यसलाई सहरमा पु¥याउनु पर्छ ।”लामो समयसम्म कमजोर बनेको देशको अर्थतन्त्र हाल सुधारको लयमा फर्किएकाले रोजगार र उद्यमशीलता बढ्ने क्रममा रहेको मन्त्री डा महतको भनाइ थियो । सोहीअनुसार गाउँगाउँमा पूर्वाधार निर्माण र गुणस्तरीय शिक्षामा सरकार केन्द्रित भएकाले उक्त अभियान सफल बनाउन उहाँले सरोकारवाला सबैलाई आग्रह गर्नुभयो ।“शिक्षकले पाठ्यपुस्तक र नोटकपीको भरमा अध्यापन गराउने बानी हटाई प्रविधिमा आधारित शिक्षाबाट आफूले पनि पढेर विद्यार्थीलाई पढाउने बानीको विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो, “भौतिक सम्पत्तिभन्दा शिक्षा नै सबैभन्दा ठूलो र अमूल्य सम्पत्ति हो । बालबालिकालाई अध्ययनमा लगनशील बनाउन अभिभावक चिन्तित हुनुपर्छ ।”रोजगारी सिर्जना, व्यावसायिक कृषि उब्जनी र समाज परिवर्तनका लागि शिक्षित जनशक्तिको उत्पादन आवश्यक पर्ने मन्त्री डा महतले बताउनुभयो । सोहीअनुसार आवश्यकताका आधारमा स्रोत र साधनले भ्याएसम्म राज्यले लगानी गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।

उपत्यका बाहिर सात वटा मेडिकल कलेज खुल्ने प्रक्रियामा छन् : मन्त्री राई

कटारी (उदयपुर – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले डा गोविन्द केसीको आन्दोलनपश्चात् सरकारले उपत्यका बाहिर सात वटा मेडिकल खोल्ने गरेको प्रतिबद्धता कार्यान्वयन चरणमा रहेको बताउनुभएको छ । यहाँस्थित त्रिवेणी माविको ५६औँ वार्षिकोत्सव समारोहमा मन्त्री राईले दुई वटा मेडिकल कलेज स्थापनाको चरणमा रहेको र दुई वटाको विस्तृत परियोजना प्रस्तुत भएको बताउनुभयो ।

साथै बाँकी तीन वटाको जग्गा प्राप्तिको प्रक्रिया चलिरहेको उहाँको भनाइ थियो । “डा केसीको आन्दोलनपछि आएको अवधारणाअनुसार काम अगाडि बढेको छ, त्यसमध्ये यहाँ एउटा मेडिकल कलेज स्थापना हुन्छ”, उहाँले भन्नुभयो, “मेडिकल कलेज स्थापनाका लागि कम्तीमा एक सय बिघा जग्गा हुनुपर्छ, अहिले जग्गा खोजीको प्रक्रिया जारी छ ।”

सांसद अम्बरबहादुर रायमाझीले शिक्षा नीति सबैलाई बराबरी हुने गरी ल्याउनुपर्नेमा जोड दिनुभयो । कोशी प्रदेश सरकारका उद्योग कृषि तथा सहकारीमन्त्री रामकुमार खत्रीले यो विद्यालयमा आवासगृह, विद्यालय बस, छात्राबास निर्माणलगायतका लागि मन्त्री राईको ध्यानाकर्षण गराउनुभयो ।

कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले दरबन्दीअनुसार शिक्षक नपाउँदा दरबन्दी मिलानमा समस्या भएको भन्दै मन्त्री राईलाई दरबन्दीअनुसार शिक्षक उपलब्ध गराउन माग गर्नुभयो । विद्यालयले तीनदिने विभिन्न कार्यक्रममा वार्षिकोत्सव मनाएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण कार्कीले बताउनुभयो । वार्षिकोत्सवका अवसरमा विद्यालयले विभिन्न सम्मान, प्रशंसा तथा प्रमाणपत्र, पुरस्कार वितरण गरेको थियो ।

गलत गर्ने नागरिकले सजाय पाउँछ भने राजनीतिमा लागेर छुट हुँदैन : महामन्त्री थापा

चितवन-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीका आम कार्यकर्ताको भावनालाई बुझेर निर्णय गर्नु जरुरी रहेको बताउनुभएको छ । नेपाली कांग्रेस रत्ननगर नगरकमिटिले बुधबार यहाँ आयोजना गरेको बृहत् वनभोज तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले पार्टी भनेकै घर भएको उल्लेख गर्नुभयो ।

महामन्त्री थापाले भन्नुभयो, “पार्टी भनेको घर हो । घरभित्रका सदस्यको भावनालाई बुझेर निर्णय लिनसक्नु अभिभावकको जिम्मेवारी हो ।” पार्टीभित्र गुटको पछि नलागी आम मतदाता र कार्यकर्ताको भावनाअनुसार पार्टी सञ्चालन गर्नुपर्ने उहाँको भनाइ थियो ।पार्टी सञ्चालन गर्ने नेतृत्वले कसैलाई काखा र कसैलाई पाखा गर्न नहुने महामन्त्री थापाले बताउनुभयो । अहिले जनताले देशमा कांग्रेसबाट भ्रष्टाचार मुक्त, सुशासन र कानुनी राज्यको आशा गरेको उल्लेख गर्दै उहाँले कानुनभन्दा बाहिर गएर काम गर्नेलाई दण्डित गर्ने गरी पार्टीलाई अघि बढाउनुपर्ने बताउनुभयो ।महामन्त्री थापाले भन्नुभयो, “गलत गर्ने नागरिकले सजाय पाउँछ भने राजनीतिमा लागेर छुट हुँदैन । चाहे कुनै दलको सभापति होस् वा उच्च ओहोदामा आसिन व्यक्ति नै किन नहोस् ।”कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यद्वय डा गोविन्द पोख्रेल र टेकप्रसाद गुरुङले कांग्रेसभित्रको आग्रह पूर्वाग्रह त्यागेर सबै एक भएर लाग्नुपर्ने बताउनुभयो । अहिले कांग्रेसलाई रक्त सञ्चारको आवश्यकता रहेको उल्लेख गर्दै उहाँहरुले पार्टी एक ढिक्का बनाएर लैजान आग्रह गर्नुभयो ।कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशी, कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नीवर्तमान सभापति जीतनारायण श्रेष्ठ, महाधिवेशन प्रतिनिधि उत्तम आचार्य, नगरसभापति प्रह्लाद सापकोटा, क्षेत्रीय सभापति किरणभूषण ओलीलगायतले पार्टीलाई एकढिक्का भएर अगाडी बढाउनुपर्ने बताउनुभएको थियो ।

अवधि सकिए पनि जेलमै बस्न बाध्य छन् साउदीमा नेपाली

काठमाडौं । साउदी अरबमा विभिन्न कारणले जेल सजायको अवधि सकिसक्दा पनि जेलमै धेरै नेपाली बस्ने गरेका पाइएको छ । साउदी अरबका लागि नेपाली राजदूत नवराज सुवेदी र त्यहाँका महान्यायाधिवक्ता साउद बिन अब्दुल्लाह बिन मुबारक अल मुजबसँगको भेटमा साउदी अरबमा नेपाली श्रमिकले भोग्नुपरेका विभिन्न समस्या महान्यायाधिवक्तालाई जानकारी गराइएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

साउदी अरबमा नेपालीले भोग्नुपरेको समस्या समाधानमा सहयोग गरिदिन राजदूत सुवेदीले महान्यायाधिवक्तासँग अनुरोध गरेका जनाइएको छ । साउदीमा प्रहरीबाट पक्राउ गरिएका वा जेल चलान गरिएका नेपाली कामदारको विवरण नियमित रूपमा दूतावासमा प्राप्त हुन नसकेको भन्दै राजदूत सुवेदीले पूर्ण सूचना आवश्यक रहेकाले सहजीकरण गरिदिन आग्रह गरेका छन् ।

अधिकांश नेपाली कामदार जेल सजाय सकिएपछि पनि लामो समय जेलमा नै रहनुपर्ने अवस्था रहेको दूतावासमा रिपोर्ट आउने गरेको भन्दै उनले तत्काल यो समस्या समाधान गरिदिन अनुरोध गरेका छन् । अदालती मुद्दामा नेपाली भाषा अनुवादक नराखी मुद्दाको सुनुवाइ हुने अवस्थामा भाषाको कारण सत्यतथ्य सुनुवाइ कठिन हुने अवस्था रहेको उनले बताए । मुद्दाको अनुसन्धानमा ढिलाइ हुने गरेका कारण श्रमिकले धेरै समय हिरासतमा बस्नुपर्ने अवस्था रहेकाले चाँडो अनुसन्धान गर्न सहजीकरण गरिदिन पनि उनले माग गरेका छन् ।

अरबी भाषाको ज्ञानको कमीका कारण आफ्नो भनाइ राख्न नसकेर पक्राउपछि कतिपय श्रमिकलाई स्वच्छ सुनुवाइमा कठिनाइ भई झुठा मुद्दा लाग्नसक्ने अवस्था रहेको लगायत विषयमा छलफल भएको दूतावासले जनाएको छ । साउदी पुगेका ४ सय ८० जना नेपाली कामदार विभिन्न आरोपमा जेल जीवन बिताइरहेका छन् । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

जाजरकोट भूकम्पले भासिए बस्ती, पाखामै जस्तापाताले बेरेर बास

रुकुमपश्चिम । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–११ का दुई बस्ती भासिएका छन्। गत कात्तिक १७ गतेको भूकम्पले २५ घरधुरी रहेको मङ्ग्रागाउँ र सात घरधुरी रहेको सिमपाखा बस्ती भासिएपछि अस्थायी आवास निर्माणको कामसमेत प्रभावित बनेको छ। अहिले मङ्ग्रागाउँ टोलवासीले पाखामै जस्तापाताले बेरेर अस्थायी आवास बनाउन थालेका छन् भने सिमपाखाका भूकम्प प्रभावित अझैसम्म घर फर्केर बस्न सकेका छैनन्। उनीहरू नजिकैको जङ्गलको बिचमा दिनरात काटिरहेका छन्।

सिमपाखाका बलबहादुर कामीले सात घरपरिवार अहिलेसम्म स्थानीय घोडेपाइला सामुदायिक वनमा टहरा बनाएर बसिरहेको बताए । भूकम्पमा परेर घाइतेसमेत भएका उनले सिमपाखाको भूभाग भासिएको र बस्न डर लाग्ने अवस्था भएकोले घरमा नगएको बताए । उनले अन्यत्र कतै पनि जग्गा नभएकाले सरकारले दिएको अनुदान रकमले जङ्गलकै बिचमा टहरा बनाएर बस्न बाध्य भएको उल्लेख गर्दै भने, “वन समितिले वन क्षेत्रमा बस्न नमिल्ने बताएपछि आफूहरूलाई अहिले बासको पिरलो छ।”

सोही टोलका हरिबहादुर थापाले सात घरका २५ जना अहिले जङ्गलको बिचमा बसिरहेको र चिसोले ज्यान थप जोखिममा परेको बताए। त्यहाँ तीन जना सुत्केरी र नाबालकसमेत छन्। भूकम्पको रातपछि नियमित छ दिनसम्म खुला आकाशमै बस्नु परेको र वनको बिचमा सामुदायिक स्वास्थ्य भवन बनाउनलाई खनिएको जग्गामा आएर बसेको उनले सुनाए।

मङ्ग्रागाउँ टोलका करिब २५ घरपरिवार अहिले भासिएकै भिरालो पाखोमा बस्न बाध्य छन्। वडा नं। ११ का वडा सदस्यसमेत रहनुभएका स्थानीय जगवीर बटालाले जसोतसो टिनका टहरा बनाए पनि घर बनाउन लायक जमिन नभएको बताए । उनका अनुसार दुवै टोलको माथिल्लो भागबाट खनिएको सिमपाखा–गोइरी–रातामाटा सडक, टोलको छेउबाटै बनाइएको गिजागार–चौर सिँचाइ नहर र गाउँदेखि तल्लो भागमा रहेको राडी हुँदै रिम्ना जाने सडकका कारण बस्ती नै जोखिममा रहेका थिए। अहिले भूकम्पपछि उक्त क्षेत्रको जमिन कम्मरभन्दा बढी भासिएकाले थप जोखिम बढेको उनको भनाइ छ। वडा कार्यालयको तथ्याङ्क अनुसार भूकम्पमा परेर वडाका छ जनाको मृत्यु भएको थियो भने घरबास क्षति पुगेका एक हजार ५१४ परिवार हालसम्म लाभग्राही कायम भएका छन्। यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

ललिता निवासको सरकारी जग्गा हिनामिनाको फैसला आज सुनाउने तयारी

काठमाडौँ-विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामाआज फैसला सुनाउने तयारी गरेको छ ।विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार ललिता निवास सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला बुधबार तयार भई नसकेको हुनाले आज सुनाउने तयारी भएको हो ।

विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उक्त मुद्दा एक महिनादेखिको निरन्तर सुनुवाइपछि मङ्गलबार सकिएको थियो । सुनुवाइ सकिएपछि बुधबार फैसला सुनाउने भनिए पनि तयार नभइसकेको हुनाले आज सुनाउने तयारी भएको हो ।

लुम्बिनी गुरुयोजना पूरा गर्न ढिलाइ हुँदा यस क्षेत्रका हजारौँ स्थानीयवासी विस्थापित : सभापति लामिछाने

भैरहवा (रुपन्देही)- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लुम्बिनी विकास गुरुयोजना पूरा गर्न ढिलाइ गर्न नहुने बताउनुभएको छ । समयमै गुरुयोजना पूरा नहुँदा यस क्षेत्रका हजारौँ स्थानीयवासी विस्थापित हुनुपरेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय गौरवका आयोजना पूरा गराउने उद्देश्यसहित आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रियव्यापी दबाब अभियानको क्रममा लुम्बिनी पुग्नुभएका सभापति लामिछानेले गुरुयोजना पूरा भए स्थानीयले रोजगारीको अवसर पाउने बताउनुभयो । उहाँले ४६ वर्षदेखि अलपत्र लुम्बिनी गुरुयोजना कुनै पनि बाहनामा अब ढिला गर्न नहुने सुझाव दिनुभयो ।सभापति लामिछानेले भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कारण अर्बौँ रुपैयाँको लगानी जोखिममा रहेको बताउनुभयो । रास्वपाले राष्ट्रव्यापी दबाब अभियानअन्तर्गत लुम्बिनी गुरुयोजना कार्यान्वयनका लागि पैदलयात्रा गरेको हो । सातवटै प्रदेशमा रुग्ण तथा अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले रास्वपाले दबाब अभियान सञ्चालन गरेको हो । 

घर जग्गाको कारोबार बढ्यो, ७ महिनामा ४ अर्ब राजश्व उठ्यो

काठमाडौँ । चालुु आर्थिक वर्षको सात महिनामा (पुस–माघ) घरजग्गाको कारोबारबाट झन्डै चार अर्ब रुपैयाँ राजस्व सङ्कलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघ महिनामा तीन अर्ब ७१ करोड २८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

माघ महिनामा ४९ हजार २९० वटा घरजग्गा कारोबार भएको छ । गत पुस महिनामा घरजग्गा कारोबारबाट तीन अर्ब २० करोड ५२ लाख १२ हजार ५३० रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । पुस महिनामा ४५ हजार २७७ वटा घरजग्गा किनबेच भएको थियो ।घरजग्गा कारोबार बढेसँगै राजस्व सङ्कलनमा वृद्धि भएको हो ।

पुस महिनाको तुलनामा माघ महिनामा घरजग्गाको कारोबार वृद्धि भएको छ । विभागका अनुसार माघ महिनामा कुल ४९ हजार २९० वटा घरजग्गा लिखित पास भएका छन् । गोरखापत्रमा खबर छ ।

इरानको पाइपलाइनमा ग्यास आपूर्तिमा अवरोध


‘आतङ्कवाद र तोडफोड’ कार्यमा बुधबार बिहान इरानको तीन प्रान्तमा ग्यास आपूर्ति गर्ने ग्यास पाइपलाइनहरूमा दुई वटा विस्फोट भएको सरकारी मिडियाले बताएको छ

“आतङ्कवाद र तोडफोडको यो कार्य राति करिब एक बजे दुई स्थानमा गरिएको थियो”, नेसनल इरानी ग्यास कम्पनीका प्रबन्धक सइद अघलीले ऊर्जा मन्त्रालयको आधिकारिक साना समाचार एजेन्सीलाई भन्नुभयो । उहाँले तोडफोड गर्नेले दक्षिणपश्चिमी प्रान्त चाहरमहल र बख्तियारीको बोरुजेन सहर तथा फार्सको दक्षिणी प्रान्त सफसहरमा पाइपलाइनलाई निशाना बनाएको बताउनुभयो । अघलीले विस्फोट र त्यसपछि लागेको आगोमा कोही हताहत नभएको जानकारी दिनुभयो ।

तोडफोडबाट कम्तीमा तीन प्रान्त उत्तरपूर्वमा उत्तरी खुरासान, पश्चिममा लोरेस्तान र उत्तरपश्चिममा जान्जनमा ग्यास आपूर्तिमा अवरोध भएको सरकारी मिडियाले बताएको छ । अघलीका अनुसार ग्यास कम्पनीले ग्यास लाइनहरूको व्यवस्था परिवर्तन गरेर ‘नेटवर्कको स्थिति स्थिर’ गरेको बताउनुभयो ।

आधिकारिक आइआरएनए समाचार एजेन्सीले पछि बुधबार दुवै स्थानमा आगो नियन्त्रणमा लिइएको र मर्मतको काम भइरहेको बताएको छ । कुनै पनि समूहले आक्रमणको जिम्मेबारी लिएको छैन र इरानी अधिकारीहरूले तत्काल कसैलाई आरोप लगाएका छैनन् ।

इरानले सामान्यतया विगतमा यस्तै प्रकारको तोडफोडका कार्यमा आफ्नो कट्टर दुश्मन इजराइलका एजेन्ट हरूलाई दोषी ठहर्याउँथ्यो । तेहरानले सन् १९७९ को इस्लामिक क्रान्तिदेखि प्यालेस्टिनी मुद्दाको समर्थनलाई आफ्नो विदेश नीतिको केन्द्रविन्दु बनाएको छ । दुवै देशका सरकार लामो समयदेखि हत्या र तोडफोडको छायाँ युद्ध लडिरहेका छन् ।

युक्रेनका सेनाप्रमुखद्वारा ‘अत्यन्तै कठिन’ अग्रपङ्क्तिको चेतावनी


युक्रेनका नयाँ सेनाप्रमुखले अत्यन्त आवश्यक अमेरिकी सैन्य सहायतामा भएको ढिलाइले किएभका सैनिक कति समयसम्म टिक्न सक्छन् भन्ने कुरामा छायाँमा पारेकाले अग्रपङ्क्तिमा स्थिति ‘अत्यन्तै कठिन’ भएको बुधबार बताउनुभएको छ ।

एक हजार किलोमिटरको अग्रपङ्क्ति एक वर्षभन्दा बढी समयमा मुस्किलले अगाडि बढेको छ । गत वर्षको असफल जवाफी आक्रमणपछि किएभको सेना रक्षात्मक स्थितिमा फिर्ता भएको छ र सैन्य नेताहरूले रुससँग जनशक्तिको लाभ भएको स्वीकार गरेका छन् ।

किएभले कृष्ण सागरमा एक रुसी युद्धपोतलाई ध्वस्त पारेको बताएपछि यस्तो चेतावनी आएको हो । उक्त युद्धपोत रुसको नौसैनिक बेडामा सफल हमलाको शृङ्खलामा सबैभन्दा पछिल्लो हो ।

कमान्डर–इन–चिफ अलेक्जेन्डर सिरस्कीले बुधबार भन्नुभयो, “सञ्चालन वातावरण अत्यन्त जटिल र तनावपूर्ण छ, रुसी कब्जाकारीहरूले आफ्नो प्रयासलाई बढाइरहेका छन् र कर्मचारीहरूमा सङ्ख्यात्मक लाभ प्राप्त गरिरहेका छन् ।”

गत साता एउटा ठूलो सैन्य परिवर्तनमा लोकप्रिय भालेरी जालुज्नीको स्थान लिने सिरस्की अग्रपङ्क्तिमा आफ्नो पहिलो पटक भ्रमण गर्दै हुनुहुन्थ्यो । रक्षामन्त्री रुस्तम उमेरोभसँग सिरस्कीले एभिडिभका वरपर लडिरहेका सेनाहरूको भ्रमण गर्नुभयो । एभिडिभका रुसले कब्जा सहर कब्जा गर्न ठूलो प्रयास गरिरहेको प्रमुख विन्दु हो ।

सिरस्कीले सामाजिक सञ्जालमा एक पोस्टमा भन्नुभयो, “हामी दुश्मनलाई हाम्रो क्षेत्रमा अगाडि बढ्नबाट रोक्नका लागि हरसम्भव प्रयास गरिरहेका छौँ, हाम्रा सैनिकले ‘अत्यन्त कठिन परिस्थिति’ मा काम गरिरहेका छन् ।”

रुसी सैन्य ब्लगर्स र स्थानीय अधिकारीहरूले आपूर्ति कम भएकाले युक्रेनी सेनाले गोला बारुदको संरक्षण गरिरहेको बताएका छन् । युक्रेन रुसी आक्रमणलाई रोक्न आफ्नो सशस्त्र बलहरूलाई गोला, गोली, रकेट, ट्याङ्क र हवाई सुरक्षाका लागि आवश्यक धनराशि र सुसज्जित गर्नका लागि पश्चिमी मुलुक विशेषगरी अमेरिकी समर्थनमा निर्भर छ ।

यद्यपि पछिल्लो अर्बौं डलरको सहायता प्याकेज राजनीतिक खिचातानीका कारण गत वर्षदेखि अमेरिकी कांग्रेसमा रोकिएको छ । यसबाट युक्रेनको रक्षात्मक क्षमता प्रभावित हुने खतरा छ । अमेरिकी सिनेटनले यसै साता युक्रेनका लागि ६० अर्ब डलरको कोषलाई स्वीकृति दिएको छ तर हाउस अफ रिप्रेजेन्टेटिभ्समा यसको अनुमोदन हुन्छ वा हुँदैन भन्ने स्पष्ट छैन ।

पश्चिमी समर्थनको भविष्यमा आशङ्का कायम रहे पनि किएभले नयाँ सिराबाट रुसी आक्रमणको सामना गर्न बलियो रहेको कुरामा जोड दिएको छ । सिरस्कीले बुधबार भन्नुभयो, “कठिन परिस्थिति भए पनि युक्रेनको रक्षा बल दुश्मनलाई ठूलो नोक्सान पुर्याइरहेको छ ।”

तीमध्ये एउटा नोक्सान रातारात कृष्ण सागरमा देखा परेको छ । युक्रेनले क्रिमियाको दक्षिणी तटमा एउटा रुसी युद्धपोतलाई डुबाइदिएको बताएको छ ।

इन्डोनेसियाको राष्ट्रपति निर्वाचनको पहिलो चरणमा विजयी भएको सुबियान्तोको दाबी

इन्डोनेसियाका रक्षामन्त्री प्रबोवो सुबियान्तोले बुधबार भएको राष्ट्रपतिको निर्वाचनको पहिलो चरणमा विजयी भएको दाबी गर्नुभएको छ । प्रारम्भिक नतिजाले आफूलाई दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्रको नेता निर्वाचित गर्ने सङ्केत गरेपछि उहाँले यस्तो दाबी गर्नुभएको हो ।

आधिकारिक नतिजा आगामी महिनासम्म आउने छैन तर कम्तीमा दुई स्वतन्त्र मतदाता सर्वेक्षकले कथित ‘द्रुत गणना’ का लागि मतदान केन्द्रहरूमा मतपत्रहरूको नमूना सङ्कलन गरेका थिए । करिब दुई तिहाइ नमूना मतगणना गर्दा सुबियान्तोलाई ५५ प्रतिशतभन्दा धेरै मत आएपछि उहाँको विजय विश्वसनीय देखाएको थियो ।

उहाँले मध्य जाकर्ताको एक मैदानमा भीडमा भन्नुभयो, “सबै गणना, सबै सर्वेक्षणकर्ताका आँकडाले प्रबोवो–जिब्रानले एउटै चरणमा जित हासिल गरेको देखाएका छन्, यो जित सबै इन्डोनेसियाली जनताको जित हुनुपर्छ ।”

प्रारम्भिक नतिजाले उहाँलाई आफ्ना प्रतिद्वन्द्वी अनिस बास्वेदन र गान्जर प्रणवोलाई दोस्रो चरणको रनअफ भोटबाट जोगाउन बहुमतको लाइनमा राखेको छ । दोस्रो चरणको मतदान जुनमा हुने तालिका छ ।

सुबियान्तोलाई राष्ट्रपति पद सुरक्षित गर्नका लागि कूल मतको ५० प्रतिशतभन्दा धेरै र मुलुकको आधाभन्दा धेरै ३८ प्रान्तमा खसालिएको मतपत्रको कम्तीमा पनि पाँचौँ भाग प्राप्त गर्नुपर्ने आवश्यकता छ ।

जितको दाबी गर्दै सुबियान्तोले निर्वाचन आयोगको ‘आधिकारिक नतिजा’ को प्रतीक्षा गर्ने बताउनुभयो । “इन्डोनेसियाली लोकतन्त्र राम्रोसँग चलिरहेको हामीलाई विश्वास छ, जनताले दृढ सङ्कल्प गरेका छन् र निर्णय गरेका छन्”, उहाँले समर्थकहरूसँग भन्नुभयो ।

आजदेखि विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौँ, ३ फागुन : ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ आजदेखि यहाँ सुरुहुने विश्व सामाजिक मञ्चको १६ औँ संस्करणमा ९२ मुलुकका करिब ४० हजारको सहभागिता हुने भएको छ । सम्मेलनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार भेटघाटमा हालसम्म अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासङ्घ एशिया प्रशान्त क्षेत्रका महासचिव सोया योसिदा, भारतका मानव अधिकारकर्मी तथा नर्मदा वचाओ आन्दोलनका अभियन्ता मेधा पाटकर, ल्याटिन अमेरिकाका सामाजिक अभियन्ता अलेदा ग्वेभेरालगायत अतिथि वक्ताको सहभागिता निश्चित भएको जानकारी दिइयो ।

सम्मेलनमा एक हजार दुई सय ५२ संस्थाका तर्फबाट १३ मूलविधामा आधारित भएर चार सय कार्यक्रम दर्ता भएका छन् । विश्वका सीमान्तकृत समुदाय र वर्गको आवाज उठाइने सम्मेलनमा विद्यमान विश्व व्यवस्थाले अङ्गीकार गरेका नीति र संरचनाले सिर्जना गरेका नकारात्मक प्रभावबारे आलोचनात्मक बहस हुनेछ ।

सम्मेलनमा आर्थिक असमानता र आर्थिक न्याय, श्रम, आप्रवासन, दासत्व, मानव बेचबिखन, जात, काम र वंशमा आधारित भेदभाव, जाति, जातीयता, आदिवासी, छुवाछूत र हिंसा, खाद्य सम्प्रभुता, शान्ति, द्वन्द्व, सञ्चार, कानुन, स्वास्थ्य, शिक्षा आदि विषयमा नागरिक आन्दोलनको भूमिबारे छलफल हुने बताइएको छ ।

नेपाल आयोजक समितिका सञ्चार समन्वय उपसमितिका संयोजक सुशील विकेले मञ्चले नवउदारवाद, भूमण्डलीकरण, पुँजीवाद, जलवायु सङ्कट, पितृसत्ता, जातजाति, छुवाछूत तथा रङ्गभेद, नश्लभेद तथा यौनिकताका आधारमा हुने हिंसा, विभेद, द्वेषका विरुद्ध सामूहिक आवाज उठाउँदै आएको जानकारी दिनुभयो ।

सम्मेलनमा वल्र्ड फेमिनिस्ट फोरमले लैङ्गिक समानता, महिला अधिकार, प्रजनन अधिकार, लैङ्गिक हिंसा, शिक्षा र रोजगारीमा समान अधिकारजस्ता विषयमा बहस छलफल गर्नेछ भने सीमान्तकृत सामाजिक समूहले लैङ्गिकता यौनिक अल्पसङ्ख्यक, आदिवासी जनजाति, अपाङ्गता भएका समुदायका सवालमा कार्यक्रम गर्नेछन् । यस्तै डेमोक्रेसी मुभमेन्टले मानव अधिकार, पारदर्शी सरकार, डेमोक्रेटिक संस्थाको संरक्षण, जवाफदेहिताजस्ता विषयमा बहस गर्नेछ ।

मञ्चको अन्तर्राष्ट्रिय काउन्सिलको सहजीकरणमा हरेक साँझ शान्ति र न्याय, अर्थतन्त्र ः ऐक्यबद्धता, सामाजिक र पुँजीवाद, सामाजिक आन्दोलन, अभिव्यक्ति स्वतन्त्रता, फासिजम र रेसिजम, महिला आन्दोलन र सङ्घर्ष, प्यालेस्टाइन समसामयिक सवालमा सन्ध्याकालीन क्याफे संवाद हुँदैछन् । अरविक र पोर्तुगिज गरी छ भाषामा पोडकास्टबाट अनुवाद हुने जनाइएको छ ।

कपिलवस्तु बस दुर्घटना १० जनाको मृत्यु, ३० घाइते

चन्द्रौटा (कपिलवस्तु), ३ फागुन : कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको सुनौलो महाकाली यातायातद्वारा सञ्चालित सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस आज विहान सडकबाट दुई सय मिटर तल खसेको थियो ।

दुर्घटनामा १० जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृतकको विवरण (पहिचान) आइसकेको छैन । कार्यालयका प्रहरी निरीक्षक नवरत्न पौडेलका अनुसार दुर्घटनामा ३० जना घाइते भएका ती मध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।

हेर्नुहोस् फागुन ३ गते बिहिवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – सबारी साधनको प्रयोमा बिशेष साबधानि अपनाउनु पर्ने समय रहेको छ । बाणीका कारण सामान्य बादबिवादको योग रहेकोछ । सामान्य कार्यका निम्ती अधिक श्रम खर्चनु पर्ने सम्भाबना रहेको छ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ ।

बृष राशि – जिबन साथीको अग्रसरतामा कार्य सम्पादन मध्यम रहनेछ । अनावश्यक खर्च तथा लगानिका क्षेत्रमा सजग रहनु पर्ने योग रहेकोछ । स्वास्थमा भने सामान्य समस्या देखा पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । नजिकका मित्र तथा दाजु भाई हरु सगँको सम्बन्धमा बैमनश्यता उत्पन्न हुन सक्नेछ ।

मिथुन राशि – शारीरिक आलस्यताले अध्यन अध्यापन को क्षेत्रमा प्रभाब पार्ने समय रहेकोछ । शत्रु परास्त्र हुनेछन तथा शुभ चिन्तकको बृद्यि हुनेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला । भोज भतेर जन्य कार्यमा सरिक हुने अवसर प्राप्त हुनेछ ।

कर्कट राशि – पारीवारिक साथ सहयोग बाट भने अधुराकार्य सम्पादनमा सहयोग मिल्नेछ । सभासम्मेलन जन्य कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । शारीरिक अस्वस्थता तथा आलस्यताको चपेटामा फसिनेछ ।

सिंह राशि – मनोरञ्जनात्मक कार्यमा सामान्य खर्चको सम्भाबना रहेको छ । प्रत्येक कार्यमा तपाँईको अग्रसरतको आवश्यक रहने समय रहेको छ । पारिवारीक झोर झमेलाको सम्भाबना रहेको छ । स्मरणीय यात्राको सम्भाबना रहेको छ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रतिस्पर्दीहरु कमजोर हुनाले आर्यआर्जनमा बिषेश फाईदा रहला ।

कन्या राशि – सामान्य चोट पटकको सम्भाबना रहेता पनि मित्रजनहरुको साथ सहयोग द्वारा ब्यत्तित्व बिकासमा सहयोग मिल्नेछ । कुल कुटुम्बहरुको साथ सहयोगमा आम्दानि क्षेत्रमा बृद्यि हुनेछ । सामान्य कार्यमा धेरै समय र श्रम खर्चनु पर्ला । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ सजग रहनु होला ।

तुला राशि – भौतिक श्रोत साधनको प्रयोगका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ साथै जिबन साथीको सहयोमा कार्य सम्पादनमा मद्धत मिल्नेछ । मान्यजनको साथसहयोगको कमी महसुस गरीनेछ । नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । पुरानो लगानि उठाउने राम्रो समय रहेको छ ।

बृश्चिक राशि – मनमा उत्पन्न कार्य क्षेत्रको डरले कार्य सम्पादनमा ढिलाईको सामना गनुपर्नेछ । यात्राका निम्ती सामान्य खर्च गर्नु पर्नेछ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

धनु राशि – प्रिय ब्यक्तिको भेटघाटमा मन प्रशन्न रहनेछ तथा पारिवारीक मनोरञ्जका निम्ती सामान्य खर्च हुनेछ । बौधिक ब्यक्तित्व सगँको भेटघाटको अवशर जुट्नेछ । सामान्य सघंष पश्चात मनग्य आम्दानिका श्रोतहरु फेला पर्नेछ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । कार्य क्षेत्रमा सामान्य ढिलाईको सामना हुन सक्छ ।

मकर राशि – नयाँ कार्यको थालनिले मनमा हर्ष पैदा गर्नेछ । भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पारिवारिक मेल मिलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । सामाजिक कार्यमा सहभागीता जनाउने समय रहेकोछ ।

कुम्भ राशि – नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । पराक्रममा बृद्धि हुनेछ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ ।

मीन राशि – नयाँ लगानिको क्षेत्रमा समय राम्रो छैन सजग रहनु होला । सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । बिद्या प्राप्ति योग रहेको छ । गैर ब्यक्तीको पूर्ण विस्वास नगर्नुनै राम्रो रहनेछ । मनोरञ्जन मुलक सरसामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ ।

पर्वतको मोदीखोलामा मोटरेवल पुल निर्माणको माग

पर्वत, २ फागुन : पर्वतको कुश्मा नगरपालिका र मोदी गाउँपालिका बासीले मोदीखोलामा मोटरेवल पुल निर्माण गर्न माग गरेका छन् । मध्यपहाडी लोकमार्गको वैकल्पिक सडकका रुपमा प्रयोग गर्न सकिने परादी–गाडतारा–गिज्यानदेखि कास्कीको भदौरे हुँदै पोखरा जोड्ने सडकमार्गमा पर्ने मोदीखोलामा मोटरेवल पुल निर्माणको माग गरिएको हो ।

परादी–गाडतारा–गिज्यान–ठाना–तिलाहार हुँदै कास्कीको सल्यान–भदौरे–पोखरा सडकको ट्रयाक खुलेको लामो समय भए पनि मोदीखोलामा पुल निर्माण हुन नसक्दा सडकको उचित प्रयोग हुन सकेको छैन । पुल निर्माण भएमा यो सडकलाई मध्यपहाडी लोकमार्गका विकल्पमा प्रयोग गर्न सकिने र यात्रा अवधि छोटिने मोदी गाउँपालिका–६ तिलाहारका वडाध्यक्ष महेन्द्रजङ्ग लामिछानेले जानकारी दिनुभयो । गत सोमबार पर्वत आउनुभएका गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई निर्माणस्थलमै लगेर पुलको योजना हन्तान्तरण गरिएको हो ।

दुवै पालिकाका जनप्रतिनिधिले संयुक्तरुपमा योजना हस्तान्तरण गर्दै आगामी आर्थिक वर्षको बजेटमा योजना समावेश गर्न माग गरेका हुन् । योजना ग्रहण गर्दै मुख्यमन्त्री पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा सो योजनासमावेश गर्ने प्रतिबद्धता जनाउनुभयो । “यहाँहरुले माग्नुभएको योजना महत्वपूर्ण छ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “आगामी वर्षको बजेटमा योजना समावेश गरी पुल निर्माण गर्न पहल गर्छौं ।”

गत वर्ष गण्डकी प्रदेशसभाका सदस्य ललितकला गुरुङ संसद् विकास कोषको रकमबाट रु १० लाख विनियोजन गरी पुलको विस्तृत परियोजना प्रतिवेदन बनाइएको छ । डिपिआरमा पुल निर्माणको कूल लागत झण्डै रु १० करोड ४५ लाख लाग्ने अनुमान गरिएको छ । पुलको लम्बाइ ७५ दशमलव छ मिटर हुनेछ ।

मोटरेवल पुलको विस्तृत योजना प्रतिवेदन तयार पारेर प्रदेश सरकारमा बुझाइएको भए पनि बजेट विनियोजन नभएपछि निर्माणस्थलमै मुख्यमन्त्रीलाई लगेर योजना माग गरिएको वडाध्यक्ष लामिछानेले जानकारी दिनुभयो । पुल निर्माण भएमा पर्वतको मोदी गाउँपालिकाका तिलाहार, चित्रे, राम्जा, कुश्मा नगरपालिकाको आर्थर र पकुवा क्षेत्रका बासिन्दा लाभान्वित हुनेछन् ।

मोदी गाउँपालिका र कुश्मा नगरपालिका तथा मोदीको वडा नं ६ र कुश्माको वडा नं ८ ले पुल निर्माणका लागि सिफारिस गरिएको कुश्मा नगरपालिका–८ का अध्यक्ष सुरेन्द्र केसीले जानकारी दिनुभयो ।

मुलुकका लागि बलियो राष्ट्रिय शक्ति आवश्यक छ : अध्यक्ष ओली

काठमाडौँ, २ फागुन : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकका लागि एउटा राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताउनुभएको छ ।

ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय पार्टी कार्यालयमा आज अनेरास्ववियुको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले नेपाललाई निर्णायक तवरमा काम गर्नसक्नेखालको राष्ट्रिय शक्ति निर्माणको आवश्यकता रहेको धारणा राख्नुभयो । उहाँले एमाले त्यो राष्ट्रिय शक्तिका रुपमा रहे पनि निर्णायक तहमा पुग्न नसकेको बताउनुभयो ।

“एमाले अहिले पनि सवल राष्ट्रिय शक्तिका रुपमा रहेको छ । तर निर्णायक तहमा पुगेको छैन”, उहाँले भन्नुभयो, “एमालेलाई सवल राष्ट्रिय शक्तिबाट निर्णायक ढङ्गले सुदृढ राष्ट्रिय शक्तिका रुपमा विकास गर्न अभियान पार्टीका छ ।” उहाँले मिसन–२०८४ निर्वाचन मात्र नभई पार्टीलाई सवल राष्ट्रिय शक्तिका रुपमा विकास गर्ने अभियान पनि रहेको बताउनुभयो ।

अध्यक्ष ओलीले समय गतिशील रहेकाले पार्टीमा युवा विद्यार्थीको पुस्तान्तरण र हस्तान्तरण गरिने बताउनुभयो । “पार्टीमा कार्यक्षमता, सक्रिय, योग्यता, भारवहन क्षमताका आधारमा पुस्तान्तरण र हस्तान्तरण हुन्छ”, उहाँले भन्नुभयो ।

उहाँले अहिले नयाँ राजनीतिक दलको सिद्धान्त समाजवाद वा पुँजीवाद के हो भन्ने थाहा नभएको बताउनुभयो । उहाँले युवा विद्यार्थीलाई समाजले मनपराउने र स्वीकार गर्नसक्ने खालका क्रियाकलाप गर्न सुझाव दिनुभयो । “जनताले मन नपराउने, आलोचित र घृणा गर्ने कुरा नगर्नुहोस्”, उहाँले भन्नुभयो, “कुन चिज कहाँ गर्ने कसरी प्रयोग गर्ने भन्ने कुरा समाजले स्वीकार गर्न खालेको हुनुपर्दछ ।”

उहाँले कार्ड देखाएर विद्यार्थीको परिचय हुन नसक्ने भन्दै विद्यार्थीमा दयालु, मुस्कानसहितको व्यवहार हुनुपर्नेमा जोड दिनुभयो ।

एमाले केन्द्रीय सदस्य तथा अनेरास्ववियुका इञ्चार्ज किशोर विक्रम मल्लले विद्यार्थी आन्दोलन कमजोर भइरहेकाबेला अनेरास्ववियुले रचनात्मक ढङ्गबाट क्रियाकलाप अगाडि बढाउनुपर्ने बताउनुभयो । अनेरास्ववियुका अध्यक्ष समिक बडालले सङ्गठनलाई शैक्षिक आन्दोलनमा केन्द्रित गर्ने बताउनुभयो । बैठक यही फागुन ४ गतेसम्म सञ्चालन हुनेछ ।

‘विद्यालयस्तरबाटै धूमपान तथा सुर्ती सेवनबारे सचेतना जगाउन आवश्यक’:वरिष्ठ मुटुरोग विशेषज्ञ ओममूर्ति

काठमाडौँ, २ फागुन : वरिष्ठ मुटुरोग विशेषज्ञ ओममूर्ति अनिलले विद्यालयस्तरबाटै धूमपान र सुर्ती सेवनबारे सचेतना अभिवृद्धिको आवश्यक भएको बताउनुभएको छ । प्रणय दिवस तथा सरस्वती पूजाका अवसरमा आज डा ओम फाउन्डेसनका संस्थापकसमेत रहनुभएका डा ओममूर्तिले विद्यालयमा धूमपान र सुुर्ती सेवनबारे सचेतना जगाउन अभियान सञ्चालन गरेको जानकारी दिनुभयो । “पछिल्ला दिनमा नेपालमा धूमपान र सुर्ती सेवन विद्यालयस्तरबाटै सुरू गर्ने घटना बढेका छन् ।

अध्ययनअनुसार नेपालमा औसत १७ वर्षको उमेरमा धूमपान सुरू गरेको पाइन्छ”, उहाँले भन्नुभयो, “धूमपान तथा सुर्ती सेवनबाट मानव शरीरमा पार्ने असरबारे विद्यार्थीलाई प्रभावकारीरूपमा सूचना पु¥याउने उद्देश्यसहित फाउन्डेसनले ‘स्कुल हेल्थ प्रोग्राम’ सञ्चालन गरेको छ ।” फाउन्डेसनले सोही अभियानअन्तर्गत विद्यालयस्तरीय खुला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको थियो । उक्त कार्यक्रममा देशभरबाट करिब १९ हजार विद्यार्थी सहभागी थिए ।

कविता प्रतियोगितातर्फ उत्कृष्ट हुन र उत्कृट चित्रकारले रु १० हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् । हाजिरीजवाफ प्रतियोगितामा प्रथम हुनेले रु ५० हजार, द्वितीय हुनेले रु ३० हजार र तृतीय हुनेले रु २० हजार प्राप्त गर्ने उहाँले बताउनुभयो । ‘मेरो एउटा सानो त्याग मायालुका लागि ठूलो उपहार’ भन्ने नारासहित फाउन्डेसनले धूमपान र सुर्ती सेवनलाई निरुत्साहित गर्न दुईहप्ते सचेतनामूलक अभियान सञ्चालन गरेको थियो ।

अभियानमा धूमपान तथा सुर्ती सेवन त्याग्ने प्रतिबद्धतासहित धेरै व्यक्तिले सहभागिता जनाएको डा ओमूर्तिले बताउनुभयो । “अभियानअन्तर्गत हजाराैँ मानिसले यस अभियानमा चासो राख्नुभएको छ । एक हजार छ सयभन्दा बढीले धूमपान तथा सुर्ती सेवन त्यागेको प्रतिबद्धता जनाउनुभएको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार करिब ७० प्रतिशत प्रतिबद्धता स्वदेश र ३० प्रतिशत प्रतिबद्धता विदेशमा आएको छ ।

काभ्रेपलाञ्चोकको पर्यकीयस्थल दोलालघाट क्षेत्रलाई सुरक्षित राख्न तटबन्ध बनाइने

काभ्रेपलाञ्चोक, २ फागुन : काभ्रेपलाञ्चोकको पर्यकीयस्थल दोलालघाट क्षेत्रलाई दुई नदीबाट सुरक्षित राख्न तटबन्ध निर्माण गरिने भएको छ । यसका लागि जिल्लास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले प्रक्रिया अघि बढाउने भएको हो ।

कार्यालयलाई बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमार्फत दुई नदी सुनकोशी र इन्द्रावतीबाट दोलालघाट क्षेत्रमा तटबन्ध निर्माणका लागि प्राविधिक नाप, जाँच गरी लागत अनुमान गर्न निर्देशन दिएको जनाइएको छ । दोलालघाट बजार र पुल जोगाउने उद्देश्यले तटबन्ध निर्माणका लागि निर्देशन भएको कार्यालयका प्रमुख विनय पौडेलले बताउनुभयो ।

“प्रदेश सरकारबाट दोलालघाट क्षेत्रमा तटबन्ध निर्माणका लागि प्राविधिक नाप, जाँच गरी लागत अनुमान गर्न निर्देशन दिनुभएको छ, अब प्रक्रिया अघि बढाउनेछौँ”, उहाँले भन्नुभयो । विसं २०७८ असारमा मेलम्चीबाट इन्द्रावती नदीहुँदै आएको बाढीले बस्ती कटान गरेपछि स्थानीयवासीले भुम्लु गाउँपालिकाको दोलालघाट क्षेत्र सुरक्षाका लागि तटबन्ध निर्माणको माग गर्दै आएका थिए ।

भुम्लु गाउँपालिकामा सञ्चालित योजना अनुगमन, निरीक्षण गर्न पुग्नुभएका मन्त्री तीर्थ लामाले स्थानीयलाई दोलालघाट बजार र पुल सुरक्षित गर्न तटबन्धनको प्रक्रिया तत्कालै थालिने बताउनुभएको छ । “हामी यो बजार कसरी जोगाउन कसरी भन्ने हिसाबले तटबन्धलगायत संरचना निर्माण गर्न योजना बनाउन लाग्नेछौँ”, लामाले भन्नुभयो ।

मेलम्ची खोलामा आएको बाढीका कारण इन्द्रावती खोलाको सतहसमेत बढेपछि दोलालघाट बजार र अरनिको राजमार्गअन्तर्गत रहेको दोलालघाट पुल जोखिममा देखिएको थियो । वर्षैपिच्छे दुई नदीको सतह बढ्दा त्रासमा रहनुपर्ने जनाउँदै दोलालघाटका स्थानीयवासीले बजार, बस्ती र पुल जोगाउन माग गर्दै आएको स्थानीयवासी हीराकाजी श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “इन्द्रावती र सुनकोशीमा बाढी आउँदा सधैँ त्रासमा बस्नुपर्ने बाध्यता छ, यसकारण सबै तहका सरकारसँग दोलालघाट क्षेत्रको बजार, बस्ती र पुल जोगाउन माग गर्दै आएका छौँ ।” उक्त पुल चीन जोड्ने उत्तरी नाका तातोपानी, सिन्धुपाल्चोक, दोलखा, रामेछापलगायतका जिल्ला जानका लागि दोलालघाटको प्रयोग हुन्छ ।

मेलम्ची खोलामा आएको बाढीका कारण इन्द्रावती र सुनकोशी नदीमा खोलाको सतह बढ्दा दोलालघाटका दर्जन घरटहरा डुबानमा परेका थिए । सोही कारण बस्ती जोखिममापर्ने भन्दै जिल्ला विपद् व्यवस्थापन समितिले चाखोला र दोलालघाटको पुरानो बजारसम्मको इन्द्रावती र सुनकोशी नदीमा तटबन्ध गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सिफारिस गर्ने निर्णयसमेत गरेको थियो । माछाका लागि प्रख्यात दोलालघाट इन्द्रावती र सुनकोशी नदीको संगलस्थल क्षेत्रमा फैलिएको बजार हो ।

यस्तै विसं २०७८ असार १ गतेको बाढीले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाको मात्रै पाँच सय ५१ घर बगाएको थियो । पाँच हजार चार सय रोपनी खेतीयोग्य जमिन बगर बनेको थियो भने २६ जनाको ज्यान गएको थियो । साथै राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ पक्की पुललगायत ३३ संरचना ध्वस्त भएका थिए ।

इन्डोनेसियाको राष्ट्रपति निर्वाचनको पहिलो चरणमा विजयी भएको सुबियान्तोको दाबी

इन्डोनेसियाका रक्षामन्त्री प्रबोवो सुबियान्तोले बुधबार भएको राष्ट्रपतिको निर्वाचनको पहिलो चरणमा विजयी भएको दाबी गर्नुभएको छ । प्रारम्भिक नतिजाले आफूलाई दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्रको नेता निर्वाचित गर्ने सङ्केत गरेपछि उहाँले यस्तो दाबी गर्नुभएको हो ।

आधिकारिक नतिजा आगामी महिनासम्म आउने छैन तर कम्तीमा दुई स्वतन्त्र मतदाता सर्वेक्षकले कथित ‘द्रुत गणना’ का लागि मतदान केन्द्रहरूमा मतपत्रहरूको नमूना सङ्कलन गरेका थिए । करिब दुई तिहाइ नमूना मतगणना गर्दा सुबियान्तोलाई ५५ प्रतिशतभन्दा धेरै मत आएपछि उहाँको विजय विश्वसनीय देखाएको थियो ।

उहाँले मध्य जाकर्ताको एक मैदानमा भीडमा भन्नुभयो, “सबै गणना, सबै सर्वेक्षणकर्ताका आँकडाले प्रबोवो–जिब्रानले एउटै चरणमा जित हासिल गरेको देखाएका छन्, यो जित सबै इन्डोनेसियाली जनताको जित हुनुपर्छ ।” प्रारम्भिक नतिजाले उहाँलाई आफ्ना प्रतिद्वन्द्वी अनिस बास्वेदन र गान्जर प्रणवोलाई दोस्रो चरणको रनअफ भोटबाट जोगाउन बहुमतको लाइनमा राखेको छ । दोस्रो चरणको मतदान जुनमा हुने तालिका छ ।

सुबियान्तोलाई राष्ट्रपति पद सुरक्षित गर्नका लागि कूल मतको ५० प्रतिशतभन्दा धेरै र मुलुकको आधाभन्दा धेरै ३८ प्रान्तमा खसालिएको मतपत्रको कम्तीमा पनि पाँचौँ भाग प्राप्त गर्नुपर्ने आवश्यकता छ । जितको दाबी गर्दै सुबियान्तोले निर्वाचन आयोगको ‘आधिकारिक नतिजा’ को प्रतीक्षा गर्ने बताउनुभयो ।

“इन्डोनेसियाली लोकतन्त्र राम्रोसँग चलिरहेको हामीलाई विश्वास छ, जनताले दृढ सङ्कल्प गरेका छन् र निर्णय गरेका छन्”, उहाँले समर्थकहरूसँग भन्नुभयो ।

थाहा छैन आज भोली भन्दै रोमान्टिक बने भिजु र श्रद्धा

काठमाडौँ । भ्यालेन्टाइन डेको अवसर पारेर गायक उदित नारायण झा र दीपा झाको स्वरमा “थाहा छैन आज भोली” बोलको गीतको भिडियो सार्वजनिक भएको छ । अमेरिका बस्दै आएकी समाजसेवी तथा गीतकार सरला श्रेष्ठको शब्द रहेको “थाहा छैन आज भोली”मा लक्ष्मण पोखरेलको संगीत रहेको छ ।

मनोज चौलागाइको एरेन्ज रहेको गीतमा मिक्सिङ मास्टरिङ किशोर थापाले गरेका छन् । मंगलबार एक कार्यक्रमका बीच गीतकार समाजका अध्यक्ष बसन्त बित्यासी थापा, वरिष्ठ गीतकार बिबी थापा तथा वरिष्ठ संगीतकार राजु सिंहले सामुहिक रूपमा सार्वजनिक गरेको गीतको म्युजिक भिडियोमा गहिरो प्रेममा रहेको एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानी देखाइएको छ । भिडियोले प्रेममा परेको मान्छे कति खुशी हुन सक्छ भनेर देखाउन खोजेको छ । जसमा ह्याण्डसम मोडल भिजु पार्कीसँग सुन्दरी नायिका श्रद्धा क्षेत्रीले अनस्किन रोमान्स गरेकी छिन् ।

प्रेम दिवसको अवसर पारेर रिलिज गरिएको गीतको भिडियोको निर्देशन लोकप्रिय निर्देशक सुव्रत आचार्यले गरेका हुन् । उत्सव दाहालको छायाकंन रहेको भिडियोको सम्पादन विकास दाहालले गरेका हुन् । भिडियो एसएस क्रिएशन च्यानल बाट सार्वजनिक गरिएको छ ।

बागलुङको बेलढुङ्गामा पर्यटकको चहलपहल बढ्यो

ढोरपाटन (बागलुङ), २ फागुन : चिसो मौसम सकिन थालेसँगै बागलुङको बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बर्खादेखि सुनसान बनेको बेलढुङ्गामा अहिले दैनिकजसो पर्यटक आउन थालेपछि चहलपहल बढेको हो । बागलुङको काठेखोला गाउँपालिका–३ ओखले र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लको शिरमा अवस्थित बेलढुङ्गा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको हो ।

सडक सञ्जाल र पदमार्गको सहज पहुँच पुगेपछि बेलढुङ्गामा पर्यटक आगमनमा वृद्धि भएको छ । समुद्री सतहदेखि दुई हजार छ सय मिटरको उचाइमा रहेको बेलढुङ्गालाई पर्यटकीय गन्तव्य बनाउनका लागि गण्डकी प्रदेश र काठेखोला गाउँपालिकाले बर्सेनि लगानी गर्दै आएको छ । उच्च पहाडी क्षेत्रमा रहेको हुँदा यहाँबाट धौलागिरीसहित दर्जनौँ हिमशृङ्खला आँखै अगाडि देख्न सकिन्छ । सूर्योदय हेर्नका लागि पनि पर्यटक बेलढुङ्गा पुग्ने गरेका हुन् । बेलढुङ्गा नजिकै खाना बस्न र स्थानीय कला संस्कृतिसँग रम्नका लागि सामुदायिक घरबास (होम–स्टे) रहेको हुँदा विदेशी पर्यटक पनि समय–समयमा यहाँ आउने गरेको पाइन्छ ।

बागलुङ र म्याग्दी दुवै तर्फदेखि गाडी तथा पैदलयात्रामार्फत यहाँ पुग्न सकिन्छ । दशैँ र तिहारकोबीचमा दैनिक करिब पाँच सयको हाराहारीमा पर्यटक आएका थिए भने त्यसपछि माघ पहिलो सातासम्म बेलढुङ्गा सुनसान रहेको बेलढुङ्गा सामुदायिक घरबासका अध्यक्ष गोपाल श्रीसले बताउनुभयो ।

माघयता झण्डै एक हजार दुई सय पर्यटक बेलढुङ्गा आएको उहाँको भनाइ छ । अधिकांश पर्यटक दिउँसो आएर साँझ फर्कने गरेको सुनाउँदै घरबासमा बास बस्ने गरी आउने निकै कम भएको उहाँको भनाइ छ । आधा दशक अगाडिसम्म सुनसान जस्तै रहेको बेलढुङ्गा केही वर्षयता पर्यटकले भरिभराउ हुँदै गएको अध्यक्ष श्रीसले बताउनुभयो ।

सरकारले पनि यस क्षेत्रको विकासका लागि चासो देखाएको उहाँ बताउनुहुन्छ । गतवर्ष काठेखोला गाउँपालिकाले विनियोजन गरिएको रु दुई लाख ५९ हजार र गण्डकी प्रदेश सरकारको रु २० लाख बजेट विनियोजन गरेको भन्दै यसवर्ष पनि गाउँपालिकाबाट रु पाँच लाख विनियोजन भएको श्रीसको भनाइ छ ।

पोहोर साल देउराली डाँडादेखि बेलढुङ्गासम्म जोड्ने दुई लाख ६० मिटर पदमार्गका स्लेट ढुङ्गा विच्छ््याको र बागलुङ नगरपालिका–६ पञ्चकोटतर्फ दुई सय ५० मिटर साइकल ल्याण्ड बनाएको भन्दै यसवर्ष ‘भ्यू प्वाइन्ट’ व्यवस्थापन गर्न थालिएको उहाँले बताउनुभयो । “पहिलेको तुलनामा अहिले बेलढुङ्गाको स्वरुपनै फेरिएको छ, धेरै व्यवस्थित पनि बनेको छ, प्रचारप्रसार पनि उत्तिकै भएर होला पर्यटक आगमनमा निकै उत्साह देखिएको छ, यस्तो ठाउँमा यसरी पर्यटकको ओइरो लाग्ला भन्ने हामीहरुले सोचेका थिएनौँ तर विकासले गति लिँदै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको स्ङ्ख्या निकै बढेको छ, हामीहरुलाई निकै उत्साहित बनाएको छ”, श्रीसले भन्नुभयो, “यहाँ अझै थप संरचना बनाउनुपर्ने छ, ती संरचना बने भने यस क्षेत्रको मुहार फेरिने अपेक्षा गरेका छौँ ।”

पछिल्लो समय बिदाको दिन विभिन्न सङ्घ संस्था तथा विद्यालयबाट विद्यार्थी घुम्न र उच्च पहाडी हावापानीसँग रम्नका लागि आउने गरेका छन् । बागलुङ बजारबाट गाडीमा एक घण्टा र म्याग्दीको बेनीबाट एक घण्टामा बेलढुङ्गा पुग्न सकिन्छ । बेलढुङ्गा नजिकै म्याग्दीको भकिम्लेमा प्रसिद्ध धार्मिकस्थल स्वर्गाश्रम छ । यहाँ पूजाआजा गर्न आउने भक्तजन पनि बेलढुङ्गा चढ्न आउने गरेका छन् । दुई वर्ष अगाडिसम्म बेलढुङ्गामा जोखिम मोलेर चढ्नुपथ्र्यो भने अहिले पदमार्गमार्फत सहज रुपमा टुप्पोमा पुग्न सकिन्छ । लामो समय बुटवल बसेर पर्वतस्थित घर आउनुभएका विशाल घिमिरेले आफूहरु १२ जनाको टोली मोटरसाइकलमै बेलढुङ्गा घुम्न आएको बताउनुभयो । यसभन्दा अगाडि एक पटक पारिवारिक घुमफिरमा आएको सुनाउँदै त्यस बेलाको घुमाइले धित नमरेपछि यसपटक साथीहरुसँग आएको उहाँको भनाइ छ ।

घिमिरेले बेलढुङ्गामा घण्टाँै बसेर योगा गर्दा मनमा शक्ति पैदा हुने भन्दै करिब पाँच घण्टा यस क्षेत्रमा बिताएको सुनाउनुभयो । बेलढु्गालाई रमाइलो गर्ने स्थलका साथै योगा आश्रमका रुपमा विकास गर्न सुझाउनुभयो । उहाँले भन्नुभयो, “जल, जङ्गल, जमिन, हिमाल, पहाडलगायत अनगिन्ती दृश्य देखिने यो ठाउँ निकै उत्कृष्ट छ, यसलाई राज्यले ध्यान केन्द्रका रुपमा विकास गर्नुपर्छ, मलाई यो ठाउँ प्राकृतिक उपचार केन्द्र जस्तो लाग्यो, पहिलो पटक आउँदा धेरै घुम्न पाएको थिएन, तर यसपटक धेरै समय बसियो, यहाँको प्रकृतिसँग रमाइयो, फेरि पनि आउने छौँ ।”

कास्की नयाँ पुलका वीरेन्द्र जोशीले सामाजिक सञ्जालमा भिडियो र तस्बिर देखेर घुम्न आएको सुनाउनुभयो । छ जनाको टोली गलकोटको मूर्तिकलासम्म घुम्ने गरी यात्रामा निस्किएको भन्दै पहिलो दिन बागलुङको वञ्जीजम्प, दोस्रो दिन बेलढुङ्गा र तेस्रो दिन गलकोट नगरपालिका–५ टेवा स्थित मूर्तिकलामा पुगेर फर्किएको बताउनुभयो । बेलढुङ्गाबाट देखिने दृश्यले आफूलाई मोहित बनाएको जोशीको भनाइ छ ।

नेपाली चिकित्सक र विद्यार्थीबारे अमेरिकी अदालतको आदेश

काठमाडौँ, २ फागुन ; नेपाली चिकित्सक परीक्षार्थीहरुमाथि अमेरिकाको युनाइटेड स्टेट मेडिकल लाइसेन्सिङ् एक्जामिनेसन (युएसएमएलइ) ले गरेको निर्णयका विरुद्धमा वासिङ्टन डिसीस्थित सङ्घीय अदालतले प्रश्न उठाउँदै बयानका लागि बोलाएको छ ।

अदालतले सो संस्थालाई फेब्रुअरी १८ भित्र बयानका लागि उपस्थित हुन आदेश दिएको हो । नेपाली चिकित्सक विद्यार्थीहरुका तर्फबाट नेपाली चिकित्सक परीक्षार्थीहरुको एक समूहले दायर गरेको मुद्दामा न्यायाधीश रुडोल्फ कोन्त्रेरसले सोमबार सो आदेश जारी गर्नुभएको अमेरिकास्थित एक चिकित्सकले राससलाई जानकारी दिएका छन् ।
अमेरिकामा ‘रेजिडेन्सी डाक्टर’ बनेर काम गर्दै पढ्न आएका नेपाली डाक्टरहरुको नेपालको परीक्षा र नतिजाका बारेमा सो संस्थाले प्रश्न उठाउँंदै उनीहरुलाई अयोग्य भएको निर्णय समेत गरेको थियो । सो निर्णयबाट अमेरिकामा सन् २०२२ यता काम गर्दै र पढ्दै गरेका चिकित्सकहरु समेत प्रभावित भएका थिए । यो निर्णयका विरुद्ध उनीहरुले उक्त अदालतमा मुद्दा दायर गरेका थिए ।

अदालतको यस आदेशले उनीहरुलाई केही राहत दिएको छ । अमेरिकाको ‘नेसनल बोर्ड अफ मेडिकल लाइसेन्सिङ’ लाई अदालतले नेपाली चिकित्सक परीक्षार्थीहरुलाई सो संस्थाले दिएको अन्तिम म्यादसमेत स्थगित गर्न आदेश जारी गरेको छ ।

युएसएमएलइ चिकित्सा शिक्षाको थप अध्ययनका लागि प्रवेश परीक्षा लिने चिकित्सा शिक्षा आयोगजस्तै नियामक निकाय हो । सो संस्थाले नेपालको मेडिकल परीक्षा प्रणालीप्रति प्रश्न उठाउँंदै सो परीक्षा र त्यसबाट प्राप्त भएको नतिजालाई अमेरिकाले स्वीकार नगर्ने नीति जारी गरेको थियो ।

यो निर्णयले हाल अमेरिकामा अभ्यासमा रहेका, सन् २०२२ यता अमेरिका आएर ‘रेजिडेन्सी’ गरेका र एमडी गरिरहेका नेपाली डाक्टरहरुलाई प्रभावित पारेको थियो । उनीहरुको योग्यतामा प्रश्न उठ्दा यहाँ कार्यरत काम समेत छोड्नुपर्ने र अमेरिकामा बैधानिकरुपमा भइरहेको बसोवाससमेत छोडेर फर्किनुपर्ने वाध्यकारी अवस्था आएको थियो ।

उखु अभावका कारण चिनी उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेनन्

नवलपरासी, २ फागुन : पश्चिम नवलपरासीका चिनी उद्योगलाई उखु अभाव भएको छ । उखु अभावका कारण यहाँका चिनी उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् ।

पश्चिम नवलपरासीमा उखु उत्पादनमा अपेक्षित वृद्धि हुन नसक्दा चिनी उद्योगले बाहिरी जिल्लाबाट उखु खरिद गरेर क्रसिङ गर्नुपर्ने बाध्यता छ । उत्पादन घटेपछि अन्य जिल्लाबाट उखु ल्याउनुपर्दा लागत बढेको उद्योगीले बताएका छन् । सुनवलस्थित लुम्बिनी चिनी उद्योगले कपिलवस्तु र पूर्वी नवलपरासीबाट उखु ल्याएर क्रसिङ गरिरहेका छन् ।

जिल्लामा पर्याप्त उखु उत्पादन नहुँदा अन्य जिल्लाबाट उखु ल्याउनुपर्ने बाध्यताले उद्योगको लागत खर्च बढेको सुनवलस्थित लुम्बिनी चिनी उद्योगका प्रशासन प्रमुख कुश सुवेदीले जानकारी दिनुभयो । उद्योगले कपिलवस्तुबाट मात्रै यस वर्ष १५ हजार क्विन्टल उखु खरिद गरेको उहाँले बताउनुभयो । यस वर्ष १० लाख क्विन्टलसम्म क्रसिङ गर्ने लक्ष्य लिए पनि उखु अभावका कारण सम्भव नभएको सो उद्योगले जनाएको छ ।

लामो समयसम्म उखु बिक्रीबापतको भुक्तानी नपाउँदा यहाँका किसान विस्तारै वैकल्पिक खेतीतर्फ लागेका छन् । यहाँका चिनी उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् । जिल्लाका तीन ठूला चिनी उद्योगले उखु अभावका कारण पूरै याममा क्रसिङ गर्न सक्ने अवस्था नरहेको जनाएका छन् । सुस्तास्थित बागमती खाडसारी चिनी उद्योग र प्रतापपुरमा रहेको इन्दिरा सुगर एग्रो इन्डस्ट्रिज प्रालिले पनि उखु अभावका कारण पूर्ण क्षमता अनुसार उखु क्रसिङ गर्न नसकेको जनाएका छन् । जिल्लामा चार चिनी उद्योग सञ्चालनमा छन् ।

प्रेम दिवसमा सौराहामा बढेन रौनकता

चितवन, २ फागुनः बुधबार दिउँसोसम्म सौराहाको मुख्य बजारस्थलमा रहेको जङ्गल सफारी लजमा पाँचवटा कोठा मात्र बुकिङ भएका छन् । होटलका सञ्चालक सुमन घिमिरेका अनुसार ३२ वटा कोठा रहेको सो होटलमा साँझसम्म केही पर्यटक थपिए पनि आशालाग्दो अवस्था भने छैन ।

विगतका वर्षमा जस्तो प्रणय दिवस मनाउन पर्यटकीय नगरी सौराहा आउने पर्यटक अहिले छैनन् । क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्ष घिमिरेले भन्नुभयो “प्रणय दिवसमा पनि आशालाग्दो अवस्था देखिएन । यहाँ जारी खाना महोत्सबमा दिउँसो चहलपहल भए पनि बासबस्ने पर्यटक कम छन् ।”

नारायणगढ–मुग्लिन सडकखण्डमा दिउँसो १२ बजेदेखि ४ बजेसम्म बन्द भइ काम भइरहेको छ । मुग्लिनदेखि काठमाडौँसम्म काम भइरहेकाले अस्तव्यस्त नै छ । त्यस्तै मुग्लिन पोखरा र नारायणगढ–बुटवल सडकको अवस्था पनि उस्तै छ । सडकको अवस्था र आर्थिक मन्दिका कारण पर्यटक नआएको घिमिरेको भनाइ छ ।

घिमिरेले आज बिहान मात्र करिब १० वटा होटलमा बुझ्दा अवस्था राम्रो नपाएको बताउनुभयो । क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष दीपक भट्टराई सौराहामा गरिएको मेला महोत्सबको प्रभाव होटलहरुमा पर्न नसकेको बताउनुहुन्छ । प्रणय दिवसमा निकै कम पर्यटक सौराहा आएको उहाँको भनाइ छ ।

आज मध्यान्हसम्म ३० प्रतिशत हाराहारी मात्र होटलमा पर्यटक आएको भन्दै उहाँले दश प्रतिशत थप हुने अपेक्षा गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “गत वर्षमा प्रणय दिवसमा लगभग होटल भरिन्थे । यो वर्ष रौनक नै छैन ।” सौराहामा अहिले भइरहेको खाना महोत्सव, केही दिन अघि सकिएको फिल्म महोत्सव र हात्ती महोत्सवको प्रभाव होटलको मा नपरेको उहाँ बताउनुहुन्छ । उहाँले थप्नुभयो “मेला महोत्सब खासै सफल हुन सकेनन् ।” मेला महोत्सबको आवश्यक मात्रामा प्रचारप्रसार हुन नसक्दा सोचे जस्तो उपयोगी नभएको उहाँको ठम्याइ छ ।

क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलिया मध्यान्हसम्म खासै पर्यटक आइनसकेको बताउँदै साँझसम्ममा आउने अपेक्षा गर्नुहुन्छ । उहाँले भन्नुभयो “गत वर्षमा यतिबेलासम्म कोठा सकेर अरु होटलमा खोज्न थाल्थे । अहिले त्यस्तो अवस्था छैन ।” यद्यपि आफूहरु आशावादी रहेको उहाँले बताउनुभयो ।

सडकको अवस्था राम्रो नभएको र आर्थिक मन्दिनै पर्यटक नआउनुको कारण भएको उहाँले बताउनुभयो । सौराहामा पाँच हजार पाँच सयजना पर्यटकलाई एकै पटक राख्न सक्ने क्षमता छ । यहाँ एक सय २० वटा होटल र करिब एक सय वटा रेष्टुराँ सञ्चालनमा छन् ।

‘नेपाली नागरिक गरिब भएकै कारणले स्वास्थ्य सेवाबाट वञ्चित हुननपर्ने’ – मन्त्री बस्नेत

काठमाडौँ, २ फागुन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाली नागरिक गरिब भएकै कारणले स्वास्थ्य सेवाबाट वञ्चित हुन नपर्ने बताउनुभएको छ । गरिब विपन्नको परिचयपत्र नभएसम्मका लागि वडाको सिफारिसमा निःशुल्क उपचार हुने व्यवस्था गरिएको उहाँले उल्लेख गर्नुभयो ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, कुपण्डोल परिसरमा नवनिर्मित ‘सेवा विस्तार तथा अध्ययन अनुसन्धान भवन’को उद्घाटन गर्दै मन्त्री बस्नेतले स्वास्थ्य सेवा नागरिकको संविधान प्रदत्त अधिकार भएको उल्लेख गर्नुभयो ।

“शिक्षा र स्वास्थ्य संविधानमा मौलिक हकको रुपमा स्थापित भइसकेको छ”, मन्त्री बस्नेतले भन्नुभयो, “सो मौलिक हक कार्यान्वयन गर्न सरकार लागिपरेको छ ।” स्थानीय, प्रादेशिक र सङ्घीय सरकारको समन्वयमा चार प्रदेशमा प्रादेशिक अस्पतालमा ‘जनरलवार्ड’ सबै निःशुल्क गरिएको उहाँले बताउनुभयो ।

अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले ४० श्ययाबाट सुरु भएको अस्पतालले अहिले चार सय ८९ श्ययाबाट सेवा प्रवाह गरिरहेको जानकारी दिनुभयो । उहाँले गरिबीको रेखामुनि रहेका नागरिकको स्वास्थ्य उपचारमा सहज पहुँचका लागि स्वास्थ्य मन्त्रालयको सहयोगमा ‘जनरलवार्ड’मा निःशुल्क उपचारको व्यवस्था गरिएको बताउनुभयो ।

इन्डोनेसियामा मतदान सम्पन्न, प्रारम्भिक गणनामा पूर्वजनरल सुबिआन्तो अगाडि

बुधबार मतदान समाप्त भएपछि सर्वेक्षणकर्ताहरूको प्रारम्भिक नतिजाले रक्षामन्त्री प्रबोवो सुबियान्तोले दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्र इन्डोनेसियाको राष्ट्रपति पदको दौडमा बलियो अग्रता लिनुभएको देखाएको छ ।

आधिकारिक नतिजा आगामी महिनासम्म आउने छैन तर कम्तीमा दुई स्वतन्त्र मतदाता सर्वेक्षकले कथित ‘द्रुत गणना’ का लागि मतदान केन्द्रहरूमा मतपत्रहरूको नमूना सङ्कलन गरेका थिए । करिब दुई तिहाइ नमूना मतगणना गर्दा सुबियान्तोलाई ५५ प्रतिशतभन्दा धेरै मत आएपछि उहाँको विजय विश्वसनीय देखाएको थियो ।

पोलस्टर पोलट्र्याकिङले प्रारम्भिक गणनामा उहाँलाई ५९ दशमलव ७७ प्रतिशत र साइरस नेटवर्क–सिएसआइएसले ५८ दशमलव ६२ प्रतिशत देखाएको छ ।

सुबियान्तोले आफ्ना प्रतिद्वन्द्वीहरू अनिस बास्वेदन र गान्जर प्रणवोमाथि राष्ट्रपति पद सुरक्षित गर्नका लागि मुलुकको ३८ प्रान्तमा खसालिएको भोटको आधाभन्दा धेरै अर्थात ५० प्रतिशतभन्दा माथि भोट ल्याउनुपर्ने आवश्यकता छ । सुबियान्ताले बोगोर सहरमा मतदानभन्दा अघिल्लो दिन पत्रकारहरूसँग भन्नुभयो, “जित्ने आशा छ ।”

एक पुस्ताअघि सुहार्तो तानाशाहीको समयमा सैन्य प्रमुख रहनुभएका ७२ वर्षीय सुबियान्तोले बुधबार साँझ समर्थकहरूलाई सम्बोधन गर्ने कार्यक्रम थियो । उहाँले लोकप्रिय निवर्तमान राष्ट्रपति जोको विडोडोको स्थान लिन प्रतिस्पर्धा गरिरहनुभएको छ । विडोडोले अप्रत्यक्षरूपमा सुबियान्तोको अभियानलाई समर्थन गर्नुभएको पर्यवेक्षकहरूले दावी गरेका छन् ।

पपुआको अशान्त क्षेत्रमा आठ लाख मतदान केन्द्रमा मतदान सुरु भयो र मुलुकको अर्को भागमा जङ्गलले ढाकिएको सुमात्रामा समाप्त भयो । जाकर्ताका केही स्टेसनहरू आँधीका कारण डुबानमा परेपछि मतदान खुला भयो ।

स्थिर आर्थिक विकासको अध्यक्षता गर्नुभएका तर संवैधानिक दुई कार्यकालको सीमामा पुग्नुभएका विडोडोका नीतिहरूलाई निरन्तरता दिने प्रतिज्ञाका साथ लोकप्रिय बयानबाजीको मिश्रित अभियानपछि ७२ वर्षीय वृद्ध सुबियान्तो स्पष्टरूपमा मनपर्ने हुनुहुन्थ्यो ।

सन् १९९८ मा सुहार्तोको तानाशाहीको समाप्तिपछि यो पाँचौँ राष्ट्रपति निर्वाचन हो र निर्वाचनमा करिब २० करोड ५० लाख मतदान गर्न योग्य थिए ।