`

प्रधानमन्त्री नेतान्याहू अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिसँग भेट गर्दै

Nepal One HD १० साउन २०८१ २२:५६
विश्व

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा युद्धविराम सम्झौताको विषयमा बिहिबार अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिससँग भेट गर्ने हुनुभएको छ ।अमेरिकी राष्ट्रपतिको निरन्तर सैन्य र राजनीतिक समर्थनका बावजुद हमासको अक्टोबर ७ को आक्रमणबाट सुरु भएको युद्धमा इजरायलको आचरणलाई लिएर राष्ट्रपति बाइडेन र प्रधानमन्त्री नेतान्याहूको सम्बन्ध तनावपूर्ण रहेको छ

नेतान्याहूले ओभल कार्यालयमा दिउँसो १ बजेको समयमा राष्ट्रपतिसँग वार्ता गर्नुहुनेछ । वार्तापश्चात दुबैले गाजामा रहेका अमेरिकी बन्धकका परिवारसँग भेट गर्नुहुनेछ ।अमेरिकी राष्ट्रपतिले चुनावबाट पछि हट्ने आफ्नो निर्णयको व्याख्या गर्दै द्वन्द्वलाई सर्वोच्च प्राथमिकता राख्ने बताउनुभएको थियो ।”म गाजाविरुद्धको युद्ध अन्त्य गर्न, मध्यपूर्वमा शान्ति र सुरक्षा कायम गर्न र यो युद्धको अन्त्य गर्न सबै बन्धकको रिहाका लागि काम गरिरहनेछु”, अमेरिकी राष्ट्रपतिले भन्नुभएको थियो ।

अमेरिकी प्रशासनका एक वरिष्ठ अधिकारीले बुधबार गाजा सम्झौता सम्बन्धी वार्ता अन्तिम चरणमा रहेको बताउनुभयो ।नेतान्याहूले साँझ ४ः३० बजे उपराष्ट्रपति ह्यारिससँग पनि छुट्टै भेट्ने तयारी गर्नुभएको छ ।

नेतान्याहूले शुक्रबार फ्लोरिडास्थित मार–ए–लागोमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पसँग भेट गर्नुहुनेछ । पूर्व राष्ट्रपति ट्रम्पले बिहीबार बिहान इजरायललाई गाजामा आफ्नो युद्ध चाँडै समाप्त गर्न आग्रह गर्नुभएको थियो ।
बाइडेनले अक्टोबर ७ देखि इजरायललाई दृढ समर्थनको प्रस्ताव राखेको छ। तर अमेरिकी राष्ट्रपतिले गाजा आक्रमणमा प्यालेस्टिनीको मृत्युको सङ्ख्यालाई लिएर इजरायलको बढ्दो आलोचना गर्दै आएको छ ।

अमेरिकी राष्ट्रपतिले मे महिनामा युद्धविरामको योजना सार्वजनिक गर्नुभएको थियो तर इजरायल र हमासबिच सम्झौता हुन नसक्दा दुई देशबीच द्वन्वद्व जारी छ । वासिङ्टनले पनि इजरायलका लागि आफ्नो ठुलो सैन्य समर्थन जारी राखेको छ ।


प्रतिक्रिया