`

अवैध लागूऔषध सहित तीन जना पक्राउ

Nepal One HD ११ साउन २०८१ ८:२२
समाचार

काठमाडौं- पर्सा,वीरगंज महानगरपालिका-२५ खल्वाटोलस्थित सडकबाटनियन्त्रित लागूऔषध नाइट्राभेट५ सय ७० ट्याब्लेट सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने २५ वर्षीयसुरज साह कलवारर २० वर्षीयसलमान अन्सारी रहेका छन् । प्रहरी चौकी सिर्सिया र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

चितवन,भरतपुरमहानगरपालिका-४वैदिकनगरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय २२ ट्याब्लेट र अवैध लागूऔषध गाँजा २ सय ५० ग्राम सहित सोही ठाउँ डेरागरीबस्नेसुनसरीघरभएका २१वर्षीयसमिरराजधामीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाटखटिएकोप्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया