`

लोककल्याणकारी विज्ञापनबारे मिडिया काउन्सिल विधेयकमा स्पष्ट व्यवस्था हुनुपर्ने

काठमाडौँ, १७ माघ : मिडिया काउन्सिल विधेयकका विषयमा समाजवादी प्रेस सङ्गठन नेपालले ध्यानाकर्षण भएको बताएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हालको प्रेस काउन्सिल ऐन, २०४८ लाई विस्थापन गर्न मस्यौदा गरेको मिडिया काउन्सिल विधेयकले देशभरका पत्रपत्रिका तथा सञ्चारमाध्यमले पाउने लोककल्याणकारी विज्ञापनबारे प्रष्ट व्यवस्था नगरिएको भन्दै समाजवादी प्रेस सङ्गठनले ध्यानाकर्षण गराएको हो ।

“सञ्चारमाध्यमले पाउँदै आएको लोककल्याणकारी विज्ञापन र त्यसबापतको रकम खारेज गर्न हुँदैन । पत्रपत्रिका, रेडियो, टेलिभिजनलाई मात्र होइन, त्यस्तो सुविधा अनलाइन सञ्चारमाध्यमले पनि पाउनुपर्छ भन्ने सङ्गठनको प्रष्ट मान्यता छ ।” सङ्गठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “विज्ञापन बजार फितलो भई मिडिया सङ्कटमा परेको बेला राज्यले अपनत्व लिई सञ्चारमाध्मलाई अनुदान बढाउनुपर्नेमा कानुन ल्याएर भइरहेकै सुविधा पनि खोस्न खोज्नु गलत र मूर्खतापूर्ण निर्णय हुनेछ ।”

प्रेस काउन्सिलमा रहेको पत्रपत्रिका वितरण सम्परीक्षण समितिलाई सबै सञ्चारमाध्यम समेट्ने गरी संशोधन गरिनुपर्ने सङ्गठनको माग छ । नेपाली सञ्चार माध्यम र सांसदहरुको सुझावलाई वेवास्ता नगर्न आग्रह गर्दै सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदीले जारी गरेको विज्ञप्तिमा विधेयकलाई अघि नबढाउन सरकारसमक्ष माग गरिएको छ ।

म्यान्माको जुन्ताद्वारा सङ्कटकाल छ महिना थप

म्यान्माको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले बुधबार सङ्कटकालीन अवस्थालाई छ महिनासम्म बढाउन सहमति जनाएको जुन्ताले बताएको छ । यस कदमले सेनाले निर्वाचन गराउन गरेको प्रतिबद्धतामा पुनः ढिलाइ भएको छ ।

जुन्ताले विज्ञप्तिमा भनेको छ, “स्थिति सामान्य नभएको र आतङ्कवादीहरूसँग मुकाबिला गर्ने प्रक्रिया जारी राख्न सक्षम हुनुपर्ने भन्दै कार्यवाहक राष्ट्रपति यु मिन्ट स्वेले आगामी छ महिनाका लागि सङ्कटकालीन अवस्थालाई बढाउने घोषणा गर्नुभएको छ ।”

सन् २०२१ फेब्रुअरीमा सेनाले आङ सान सु कीको सरकारलाई अपदस्थ गर्दा व्यापक विरोध प्रदर्शन भएको थियो र सेनाको कदमप्रति असहमति व्यक्त गर्नेमाथि कारवाही गर्दै सङ्कटकाल घोषणा गरेको थियो । नयाँ निर्वाचन गराउने वाचा गरेको जुन्ता सरकारले मुलुकका धेरै भागमा आफ्नो सैन्य विद्रोहका लागि सशस्त्र विरोधको सामना गरिरहेको भन्दै सङ्कटकाललाई धेरै पटक बढाएकाले निर्वाचन गराउन ढिलाइ भइरहेको छ ।

म्यान्माको सेनाले तयार पारेको सन् २००८ को संविधानमा अधिकारीहरूलाई सङ्कटकाल हटेको छ महिनाभित्र नयाँ निर्वाचन गराउनुपर्ने व्यवस्था गरिएको छ । जुन्ता सरकारले उक्त संविधान अहिले पनि लागु भएको जनाएको छ । एक स्थानीय अनुगमन समूहका अनुसार असहमति व्यक्त गर्नेमाथि गरिएको कारवाहीमा चार हजार चार सयभन्दा धेरै मानिस मारिएका छन् ।

थाइल्याण्डको अदालतद्वारा एमजेएफविरूद्धको मानहानि मुद्दाबारे फैसला गर्दै

थाइल्याण्डको चुनावमा सबैभन्दा बढी सिट जितेकोे प्रोग्रेसिभ मुभ फरवार्ड पार्टी (एमएफपी) ले राज्यको कडा शाही मानहानि कानूनमा सुधार गर्ने आफ्नो चुनावी प्रतिबद्धताको वैधताको बारेमा बुधबार सर्वोच्च अदालतको फैसलाको सामना गर्दैछ ।

एमएफपीले गत मे महिनामा भएको आम निर्वाचनमा पहिलो स्थान ल्याएको थियो । थाई सेना, व्यापारिक एकाधिकार र ‘लेस–माजेस्टे’ कानूनमा सुधार गर्ने उसको वाचाले निर्वाचनमा दललाई पहिलो स्थानमा उभाउन सफल भएपछि थाइल्याण्डको शक्तिशाली परम्परावादी अभिजात वर्गमा डर पैदा गरेको थियो ।

यसै डरले नेता पिता लिम्जारोयनरतलाई प्रधानमन्त्री बन्नबाट रोकियो र एमएफपीलाई शासकीय गठबन्धनबाट बाहिर राखियो । निर्वाचनसम्बन्धी कानुन उल्लङ्घन गरेको अभियोगमा सफाइ पाएपछि पिता गत साता संसद्मा फर्किनुभएको थियो ।

बुधबार संवैधानिक अदालतले राजा महाभाजिरालोङकोर्न र उहाँको नजिकको परिवारलाई अपमानबाट जोगाउने थाइल्यान्डको कडा कानूनमा सुधार गर्ने पार्टीको चुनावी प्रतिवद्धता सम्बन्धमा सुनुवाई गरी फैसला सुनाउने अपेक्षा गरिएको छ । एमएफपी नीतिले थाइल्याण्डको राजसंस्थालाई अपदस्थ गर्ने प्रयास गरेको भन्दै दायर गरिएको एक याचिकामा अदालतले थाइ समय अनुसार दिउँसो २ः०० बजे फैसला जारी गर्ने अपेक्षा गरिएको छ ।

अदालतले पार्टी विघटनको आदेश दिने अपेक्षा गरिएको छैन, तर यसले एमएफपीको लेसे–माजेस्टे सुधार नीतिलाई प्रतिबन्ध लगाउन सक्छ ।अदालतको आदेशबाट विघटन गरिएको एमएफपीका अग्रगामी फ्युचर फरवार्ड पार्टीका पूर्व नेता थानाथोर्न जुआन्ग्रुङ रूआङकिटले लेसे–माजेस्टेलाई छलफलका लागि तयार पार्नुपर्ने बताउनुभयो ।

“व्यवस्था ईश्वरले पठाउनुभएको फ्याक्स पेपर होइन । यो मानव हातले लेखिएको हो, त्यसैले मानिसहरूले यसलाई संशोधन गर्न सक्छन्,” थानाथोर्नले बुधबार पत्रकारहरूसँग भन्नुभयो । उहाँले भन्नुभयो, “सांसदले कानून संशोधन गर्न सक्दैनन् भने मलाई लाग्छ, देशमा केही न केही गडबडी छ ।”

थाई समाजमा राजालाई अपमानबाट जोगाउने उद्देश्यले लेसे–माजेस्टे कानून बनाइएको छ, र यसलाई तोड्नविरूद्ध १५ वर्षको जेल सजाय हुन सक्छ ।आलोचकहरूका अनुसार हालैका वर्षहरूमा शाही परिवारलाई कुनै पनि प्रकारको आलोचना वा उपहासबाट जोगाउनका लागि यो कानुनको व्यापक व्याख्या गरिएको छ ।

यसै महिनाको सुरुमा फेसबुकमा राजतन्त्रको अपमान गरेको भन्दै एक व्यक्तिलाई ५० वर्षको जेल सजाय सुनाइएको थियो ।गत वर्षको मार्चमा एक व्यक्तिलाई रबरको हाँसको व्यङ्ग्यात्मक क्यालेन्डर बेचेको आरोपमा दुई वर्षको जेल सजाय सुनाइएको थियो ।

डेढ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तल्लो इन्द्रावती जलबिद्युत आयोजनाको निर्माण कार्य पुनः सुरु

चौतारा(सिन्धुपाञ्चोक), १७ माघ : नेसनल हाइड्रो पावर कम्पनी लिमिटेडको व्यवस्थापनमा निर्माण हुन लागेको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको बाँकी काम पुनःसुरु भएको छ ।विसं २०६८ देखि निर्माण छाडेर अलपत्र रहेको आयोजना पुनःनिर्माण सुरु गरिएको आयोजनाका कार्यकारी अध्यक्ष कुमार पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार अबको डेढ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम सुरु गरिएको हो ।

विद्युत् विकास बोर्डसँग ३० वर्षको उत्पादन अवधि राखेर लाइसेन्स प्रदान गरेको आयोजनाको कूललागत एक सय १० करोड रहने अध्यक्ष पाण्डेले जानकारी दिनुभयो । चार दशमलव पाँच मेगावाट क्षमताको आयोजनाको सुरुङको लम्बाइ तीन हजार तीन सय मिटर रहेको आयोजनाले जनाएको छ ।मेलम्ची नगरपालिकामा निर्माणाधीन आयोजनाका लागि ज्योति विकास बैंकसँग ऋण सम्झौता भएको पाण्डेले बताउनुभयो ।

न्यायाधीश गिरीविरुद्धको बलात्कार मुद्दामा मिसिल झिकाउने आदेश

काठमाडौँ । सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालत पाटनले गरेको आदेशको मिसिल झिकाउने आदेश गरेको छ ।

कायममुकाम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले बुधबार उक्त मुद्दामा मिसिल झिकाउने आदेश गरेको हो । रुपन्देही जिल्ला अदालतका तत्कालीन न्यायाधीश भुवन गिरीविरुद्ध वैवाहिक बलात्कार मुद्दामा उच्च अदालतबाट थुनामा राख्नु नपर्ने आदेश भएको थियो ।

उक्त विवादमा काठमाडौँ जिल्ला अदालतमा दायर भएको बलात्कारको मुद्दामा गिरीलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो । सोही आदेशविरुद्ध निजकी श्रीमतीले उच्च अदालत पाटनमा निवेदन दायर गरेकी थिइन् ।

उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतकै आदेश सदर गरेपछि गिरीकी श्रीमती सर्वोच्च अदालतमा पुगेकी हुन् ।

बृहत् यौनिकता शिक्षाको पहुँच सुनिश्चित गर्न माग

भेरीगङ्गा (सुर्खेत), १७ माघ : अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकारका लागि पैरवि गर्दै आएका विभिन्न सङ्घसस्थाले कर्णाली प्रदेश सरकारलाई नौ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् । राष्ट्रिय अपाङ्ग महासङ्घको अगुवाइमा उनीहरूले सबैका लागि बृहत् यौनिकता शिक्षामा पहुँच सुनिश्चित गर्नु सुझाव दिएका छन् । यौन तथा प्रजनन स्वास्थ्य र अधिकारका लागि बृहत् यौनिकता शिक्षा आवश्यक भएको जनाउँदै माध्यमिक तहमा स्वास्थ्य तथा जनसङ्ख्या विषयलाई ऐच्छिक बनाइएको भए पनि किशोरकिशोरी यौन र यौनिकताबारे अनुसन्धानमा आधारित सिकाइबाट बञ्चित रहेको उल्लेख गरिएको छ । विभिन्न प्रकारका अपाङ्गताका लागि सबै सिकाइ सामग्री पहुँचयोग्य ढाँचामा विकास गरिनुपर्ने सुझाव दिइएको छ ।

अपाङ्गतामैत्री प्रजनन स्वास्थ्य तथा सुरक्षित मातृत्व सेवासम्बन्धी निर्देशिका, २०७९ ले यौन तथा प्रजनन स्वास्थ्य अधिकारका लागि समावेशी सूचना, शिक्षा र सञ्चार सामग्री अपाङ्गतामैत्री मापदण्डहरू सिफारिस गरेको जनाउँदै समावेशी सूचना, शिक्षा, सञ्चारलाई अपनाएर चेतना र ज्ञान बढाउनतर्फ कार्यक्रम बनाउनसमेत सुझाव दिइएको छ ।

यौन तथा प्रजनन स्वास्थ्य अधिकारको दायराभित्र जानकारी र हेरचाह प्रदान गर्न टेलिहेल्थ सेवाको प्रयोग सुरु तथा विस्तार गर्नुपर्ने जनाउँदै यसले अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता पूरा गर्न प्रतिवादन गर्ने सुझावमा उल्लेख गरिएको छ । त्यसैगरी सम्मानजनक र मर्यादित हेरचाहका लागि स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्नुपर्ने, यौन तथा प्रजनन स्वास्थ्यका लागि स्वहेरचाहका कार्यक्रम सञ्चालन गर्नुपर्ने, स्वास्थ्य सेवालाई थप पहुँचयोग्य बनाउन हालका कानुन प्रभावकारी कार्यान्वयन गर्नुपर्ने सुझाव दिइएको छ । स्थानीयस्तरका हरेक निकाय र संस्थामा अपाङ्गता भएका व्यक्तिलाई सदस्य राखिनुपर्ने भन्दै प्रत्येक मुद्दामा अपाङ्गताको सवाललाई समेटिनुपर्नेलगायतका सुझाव प्रदेश सरकारलाई दिइएको छ ।

यसैबीच अपाङ्गता भएका महिला दोहोरो विभेदमा पर्ने गरेको जनाउँदै यतातर्फ सरकारले ध्यान दिनुपर्ने माग गरेका छन् । कर्णाली ग्रामीण उत्थान तथा समाज विकास केन्द्र (सिडिएस पार्क) मुगुले मंगलबार सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमका सहभागीले अपाङ्गता भएका महिला दोहोरो विभेदमा पर्ने गरेको बताएका हुन् ।

समूहगत छलफलमा सहभागी नेत्रहीन महिला अधिकारकर्मी सोमना खड्काले अपाङ्गता भएका व्यक्तिलाई अहिले पनि समाजमा विभेद गर्ने गरिएको जनाउँदै त्यसमाथि पनि अपाङ्गता भएका महिला दोहोरो विभेदमा पर्ने गरेको बताउनुभयो । उहाँले कर्णालीमा महिनावारी भएको समयमा छाउगोठमा बस्नुपर्ने बाध्यता रहेको भन्दै अपाङ्गता भएका महिलालाई झनै समस्या यो प्रथाले बनाएको बताउनुभयो ।

उहाँले गर्भवती परीक्षण गर्न तीन दिनको बाटो हिँडेर स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता रहेको ,अपाङ्गता भएका गर्भवती कसरी जाँच गर्न जान सक्छन् भन्दै प्रश्न गर्नुभयो । अपाङ्गता भएका गर्भवती कति हुन्छन् र कति छन् भन्ने कुनै निकायसँग तथ्याङ्क नरहेको उहाँले बताउनुभयो ।

नेत्रहीन युवासङ्घ नेपालका सचिव अर्जुन साउदले अपाङ्गता भएका व्यक्तिको हरेक क्षेत्रमा अझै पनि अधिकार प्रत्याभूत हुन नसकेको बेला मुगुको छायाँनाथ रारा नगरपालिकाले केही सुधारका काम गरेकामा खुसी व्यक्त गर्नुभयो । नगरपालिकाले नेपालमै पहिलोपटक अपाङ्गता नीति बनाएको छ । नगरप्रमुख विष्णुकुमार भामले आफूहरूले पहिलोपटक अपाङ्गतासम्बन्धी नीति ल्याएको र यसलाई कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो ।

पालिकामा साङ्केतिक भाषाको समेत सुरुआत गरिएको जानकारी उहाँले दिनुभयो । उहाँले पालिकाका ३१ विद्यालय र २९ स्वास्थ्य संस्थाको संरचनालाई अपाङ्गतामैत्री बनाइएको र पालिकाकामा रहेको सात सय अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य बीमा गरिएको बताउनुभयो ।

यस्तै प्रदेश सरकारले स्वास्थ्यको सेवालाई सबै नागरिकको पहुँचमा पुर्याउनेगरी नीति निर्माण गरिएको र यो नीतिले अपाङ्गता भएका व्यक्तिको पनि स्वास्थ्य सेवामा पहुँच पुग्ने दाबी गरेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृशबहादुर शाहीले ७०सामुदायिक स्वास्थ्य एकाइ बनिरहेको र ४२ एम्बुलेन्समार्फत सेवा दिइरहेको जानकारी दिनुभयो । समूहगत छलफलमा प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रबिन खड्कालगायतको सहभागिता थियो । राष्ट्रिय जनगणना २०७८ अनुसार कर्णालीमा ५३ हजार ५२ अपाङ्गता भएका व्यक्ति रहेका तथ्याङ्क छ ।

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई पहिलो प्राथमिकता राखेर जानुपर्छ : सांसद तामाङ

काठमाडौँ  । संसद् नीति निर्माणको मुख्य थलो हो । जनताको सङ्घर्षबाट व्यवस्था परिवर्तन भयो । परिवर्तित व्यवस्था र प्राप्त उपलब्धिलाई सुदृढ बनाउनुपर्ने अहिलेको आवश्यकता हो । ऐतिहासिक संविधानसभाबाट संविधान जारी भएको पनि आठ वर्ष पुगिसकेको छ । संविधानसँग बाझिएका कानुन परिवर्तन गरेर सापेक्षतामा ढाल्नुपर्नेछ । कतिपय प्रावधान बदलिँदो विश्वपरिवेशअनुसार थप गर्नुपर्ने छ । संसद् छिर्दै गर्दा संविधान अनुकूलका कानुन निर्माण गर्न संसद्मा हार्दिकता हुन्छ होला भन्ठानेको अवस्था थियो, तर त्यस्तो अनुभव गर्न सकिएको छैन । संसद्को प्रमुख जिम्मेवारी नीति, नियम र कानुन निर्माण गर्ने हो । मौजुदा कानुनलाई संविधानसँग नबाझिने गरी परिमार्जन गर्न दलहरुबीच सहमति हुनुपर्नेमा त्यसो हुन सकेन । सम्पूर्ण राजनीतिक दल र सांसद जिम्मेवार भएर लागेमात्र निष्कर्षमा पुग्न सकिन्छ । तर एक वर्षको संसदीय अभ्यास हेर्दा कताकता रुमलिएको जस्तो महसुस हुँदैछ । संसद्मा सकारात्मक विषयलाई स्वीकार गर्न नसक्ने तथा संविधान प्रतिकूलका कानुन खारेज गरेर जाऔँ भन्दा एकमत नहुने अवस्था देखियो ।

सकारात्मक विषयको पनि विरोध गर्ने प्रवृत्ति हाबी रह्यो । ‘विरोध गर्नु प्रतिपक्षको धर्म हो’ भन्ने भाष्य स्थापित गर्न खोजिँदै छ । विरोध गरेरमात्र लक्ष्य प्राप्ति गर्न सकिँदैन । विषयलाई लम्ब्याउने, थकाउने र असफल बनाउने प्रक्रियाले संसद्ले उपलब्धि हासिल गर्न सक्दैन । प्रतिपक्षी पनि जनताबाट अनुमोदित भएको शक्ति हो । प्रतिपक्ष पनि जनताप्रति जवाफदेही हुनुपर्छ । आरोप–प्रत्यारोपमा मात्रै सदनलाई प्रयोग गरिँदा भावी पिँढीले के सिक्ने ? महत्त्वपूर्ण विधेयक प्रक्रियामा छन् । ती विधेयकलाई टुङ्गो लगाउँदै जानुपर्ने थियो । तर बादविवादमा मात्रै एक वर्ष बित्यो । आफूअनुकूल नभएपछि देश र जनताको पक्षमा भएका निर्णयको पनि विरोध गर्ने परम्पराले संसदीय व्यवस्थाप्रति नै प्रश्न उठ्न थालेको छ ।

एक वर्षका अवधिमा जनतासँग प्रत्यक्ष जोडिएको केही मुद्दामा खास उपलब्धि भएको छ । मिटरव्याजसम्बन्धी कानुन निर्माण भएर कार्यान्वयनमा गएको छ । यसबाट किसानले न्याय पाउने अवस्था बनेको छ । यसबीचमा सरकारले भ्रष्टाचारसम्बन्धी घटनाको अनुसन्धान थालेको छ । नक्कली भुटानी शरणार्थी, सुन तस्करी, ललितानिवास, निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको सेयर खरिदबिक्रीलगायत प्रकरणमा सरकारले शीघ्र अनुसन्धान थालेर कारबाहीको प्रक्रियामा लगेको छ । सुशासनको प्रक्रिया आरम्भ भएको छ ।

यसबाट जनताले आशाको महसुस गर्न थालेका छन् । आर्थिक अनियमितताका विषय सार्वजनिक भइरहेका छन् । संसद्मा विभिन्न विचारधारा बोकेका दलको प्रतिनिधित्व छ । सबै दलको सहमितमा विधेयक निर्माणको प्रक्रिया अघि बढाउन खोज्दा केही विलम्ब भएको देखिन्छ । सहमतिको प्रयास गर्दागर्दै पछि परेको अवस्था हो । सकेसम्म सहमति नभए प्रक्रियामा गएर भए पनि विषयलाई टुङ्गो लगाउँदै जानुपर्छ । एक वर्षका अवधिमा सदन र सरकारबाट सुखद् सुरुआत भएको छ । बाँकी विषयलाई अबको अधिवेशनबाट टुङ्गो लगाएर जानुपर्छ ।  

सङ्घीय संसद्को तेस्रो अधिवेशन यही माघ २२ गतेदेखि प्रारम्भ हुँदैछ । हिउँदे अधिवेशनलाई मुख्यतः विधेयक अधिवेशनका रूपमा पनि लिइन्छ । आउँदो अधिवेशनबाट शान्ति प्रक्रिया तथा संविधान कार्यान्वयनसँग सम्बन्धित विधेयकलाई टुङ्गो लगाउनुपर्छ । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित ऐन, निजामती, शिक्षा, प्रहरीलगायत महत्त्वपूर्ण विधेयक दफावार छलफलका क्रममा समितिमा रहेका छन् । देश र जनताको पक्षमा रहेका यी विधेयकलाई कुनै पनि हालतमा टुङ्गोमा पुर्याउनुपर्छ । अब छलफलदेखि छलफलसम्म मात्र होइन, यी ऐनलाई निष्कर्षमा पुर्याउनुपर्छ । प्राप्त उपलब्धिलाई संस्थागत गर्न पनि यी ऐन आवश्यक छन् । सङ्घीयतालाई असफल बनाउने हर्कतसँग कठोर भएर अघि बढ्नुपर्छ । 

विस्तृत शान्ति सम्झौता भएको डेढ दशक पुगिसक्यो । संविधान जारी भएको नै आठ वर्ष नाघिसक्यो । अझै पनि शान्ति सम्झौताका कतिपय काम बाँकी नै छन् । अहिलेसम्म पनि पूर्णरूपमा द्वन्द्व व्यवस्थापन नहुनु विडम्बना नै हो । शान्ति प्रक्रियालाई टुङ्गोमा पुग्न दिइएको छैन । शान्ति प्रक्रियालाई टुङ्गो लगाएर मुलुकलाई दिगो शान्तिको बाटोमा लैजानुपर्छ । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई पहिलो प्राथमिकता राखेर जानुपर्छ । सकेसम्म सम्पूर्ण राजनीतिक दलको सहभागिता नभए प्रक्रियाबाट भए पनि टुङ्ग्याउनुपर्छ ।

(सांसद मीना तामाङसँग राससका समाचारदाता अशोक घिमिरेले गरेको कुराकानीमा आधारित)

जथाभावी सवारीसाधन जाँच गर्दा चालक र यात्रुलाई समस्या,विश्रामस्थलमा मात्र जाँचको व्यवस्था मिलाउन आग्रह

काठमाडौँ-देशभरका सार्वजनिक यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विश्रामस्थलमा मात्र सार्वजनिक सवारीसाधन जाँचको व्यवस्था मिलाउन आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँर नेतृत्वको टोलीले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई भेटेर जथाभावी सवारीसाधन जाँच गर्दा चालक, सहचालक र यात्रुलाई समस्या भएको भन्दै विश्रामस्थलमा सवारी जाँचको व्यवस्था मिलाउन आग्रह गरेको हो ।“राष्ट्रिय राजमार्ग र सहायक मार्ग बिग्रेका छन्, बिग्रेका सडकमा ठाउँठाउँमा सवारीसाधन जाँच गर्दा समयमा गन्तव्यमा पुग्न ढिला हुने गरेको छ, त्यसैले निश्चित स्थानमा जाँचको व्यवस्था गर्नुपर्छ”, महानिरीक्षक कुँवरलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।दुर्घटना न्यूनीकरणका लागि मापदण्ड विपरित रुट इजाजत विना सञ्चालन भएका सवारीसाधन रोक लगाउने व्यवस्था मिलाउनुपर्ने महासङ्घका महासचिव डेकनाथ गौतमले बताउनुभयो । महासङ्घले बिपी राजमार्गलगायतका मार्गमा टाइम कार्ड लगाउनुपर्ने, दुर्घटना न्यूनीकरणका लागि प्रदेश, जिल्लास्तरीय सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न सहकार्य गर्नसमेत आग्रह गरेको छ ।यसैगरी, दुर्घटना पश्चात सवारी साधनलाई २४ घण्टाभित्र सम्बन्धित कम्पनी वा व्यवसायीले पाउने कानूनी व्यवस्थालाई कडाइका साथ लागू गर्ने व्यवस्था मिलाइदिन समेत महासङ्घले अनुरोध गरेको छ । सवारी ऐन, २०४९ विपरित दर्ता भएका तर प्रयोजन विपरित सार्वजनिक सवारीसाधन सरह यात्रु र मालसामान ओसारपसार गर्ने र गराउने कार्यलाई रोक लगाउन अनुरोध गरिएको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले देशभर हुने सवारी दुर्घटनालाई रोक्नका लागि ‘टास्क फोर्स’ निर्माण गरी यातायात व्यवसायीसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

अब गोठमा बस्नु पर्दैन ढोरपाटन पुग्ने पर्यटक ,तीन दर्जनको हाराहारीमा होटल तथा घरबास सञ्चालनमा आए

ढोरपाटन (बागलुङ), १७ माघ : एक दशक अगाडिसम्म नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा पुग्न निकै कठिन थियो । अप्ठ्यारा र साँघुरा गोरेटो, त्यसमाथि सयौँको सङ्ख्यामा ओहोरदोहोर गर्ने पशुचौपायाको हुल । जसोतासो ढोरपाटन उपत्यकामा पुगे पनि कहाँ बस्ने, के खाने र कसरी रात बिताउने भन्ने चिन्ता हुन्थ्यो । जनैपूर्णिमाका अवसरमा मात्रै तीर्थयात्रु ढोरबराह मन्दिरमा पूजाअर्चना जाने गर्थे भने अन्य सिजनमा फाट्टफुट्टमात्रै मानिस घुम्न जान्थे । ढोरपाटन पुग्नेहरू गाईभैँसी बाँध्ने गोठमा स्याउला र उनिउँ बिछ्याएर बस्ने गर्थे । खाना खाने र सुत्ने होटलको सुविधा थिएन । अहिले बाह्रै महिना पर्यटक ढोरपाटन पुग्न थालेका छन् । पहिलेको जस्तो हिँडेर ढोरपाटन पुग्नुपर्ने अवस्था छैन । अहिले कच्ची भए पनि सडक पुगेको छ । सामान्य भए पनि होटल तथा होमस्टे (घरबास) ठाउँ–ठाउँमा छन् ।

सडक र होटल सञ्चालनमा आएपछि अहिले ढोरपाटन पुग्ने पर्यटकसमेत बढेका छन् । यहाँ दैनिक पर्यटकको सङ्ख्या बढ्दै गएपछि ढोरपाटन उपत्यकाको पाखाथर, स्यालपाखे, नवी, ढोरबराह मन्दिर आसपासमा करिब तीन दर्जनको हाराहारीमा होटल तथा घरबास सञ्चालनमा आएका छन् । होटल सञ्चालनमा आएपछि बाहिरबाट आउने पाहुनाले समस्या भोग्नुपरेको छैन । काठैकाठले बनेका घर रहेको यस क्षेत्रमा पछिल्लो समय माटो, ढुङ्गाको साथै कङ्क्रिटका घर बन्न थालेका छन् । स्थानीयसँगै बाहिरबाट समेत ढोरपाटनमा पुगेर घर बनाउने र होटल सञ्चालन गर्नेहरू पनि धेरै छन् ।ढोरपाटनमा आएको परिवर्तनले स्थानीय बूढापाका द्ग छन् । पहिले सामान्य झुपडी रहेको बस्तीमा अहिले ठूला–ठूला भवन निर्माण भएर होटल सञ्चालनमा आएका छन् । चिसो ठाउँ भएको हुँदा न्यायो हुनेगरी यहाँका भवन निर्माण भएका छन् । ढोरपाटन उपत्यकाको सबैभन्दा बढी पाखाथर गाउँमा होटल निर्माण भएको पाइन्छ । कच्ची भए पनि मोटरबाटोले ढोरपाटन जोडिएपछि यहाँ आउनेको सङ्ख्या बढेको ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवनकुमार पुनमगरले बताउनुभयो । पहिले ढोरपाटन आउँदा बास बस्न र खानाको ठूलो समस्या हुने हुँदा कम मात्रामा पर्यटक आउने गरेको उहाँको भनाइ छ ।अहिले टोलटोल र बस्तीबस्तीमा होटल तथा घरबास सञ्चालनमा आएको हुँदा एक रातमा करिब छ सयको हाराहारीमा पाहुना राख्ने क्षमता रहेको अध्यक्ष पुनमगरले बताउनुभयो । हाल ढोरपाटन उपत्यकामा करिब ३४ वटा होटल र घरबास रहेको उहाँको भनाइ छ । सञ्चालनमा आएका होटल सहरबजारका जस्ता व्यवस्थित नभए पनि खाना बस्नका लागि भने उपयुक्त रहेको पुनमगरले बताउनुभयो । पछिल्लो समय धेरैले होटललाई व्यवस्थित बनाउँदै गएको उहाँ बताउनुहुन्छ ।“चार वर्ष अगाडिसम्म ढोरपाटन आउने पर्यटकलाई कहाँ बस्ने, कहाँ खाने भन्ने समस्या थियो, सामान्य गोठमा स्याउला बिछ्याएर चिसोमा रात बिताउनुपर्ने अवस्था थियो, खाना खाने व्यवस्था थिएन, तर अहिले त्यो समस्या पूर्णरूपमा समाधान भएको छ, दुई–तीन वर्षको अवधिमा यति धेरै होटल र होमस्टे सञ्चालनमा आए”, उहाँले भन्नुभयो, “सहरको जस्तो सुविधासम्पन्न त नहोलान् तर भोक टार्न र रात बिताउनका लागि होटल भने प्रशस्तै छन् ।”ढोरपाटन नगरपालिका–९ पाखाथरका स्थानीय गङ्गा भण्डारीले यो क्षेत्र निकै परिचत भए पनि विकासका हिसाबले पछाडि रहेको बताउनुभयो । स्थानीयको पहलमा ढोरपाटन क्षेत्रमा केही परिवर्तन भए पनि राज्यको नजर भने पुग्न नसकेको गुनासो पोख्नुभयो । हिउँदमा बेँसी (बोबाङगाउँ) र बर्खामा लेक (ढोरपाटन) मा बस्ने स्थानीय अहिले उपत्यका क्षेत्रमै स्थायीरूपमा बसेर होटल व्यवसाय गर्न थालेको उहाँको भनाइ छ । गाउँलेले आगन्तुकका लागि बस्न र खानका लागि राम्रो व्यवस्थापन गर्दै गएको तर सडकका कारण सोचेअनुसार पर्यटक ल्याउन नसकेको भण्डारीले बताउनुहुन्छ ।उहाँले भन्नुभयो, “यो ठाउँका अधिकांश मान्छे बुकी जाने, वस्तुभाउ चराउने र खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएका थिए, व्यापार व्यवसाय गर्ने वातावरण थिएन, अहिलेका जस्ता घर पनि थिएनन्, विस्तारै बाटो आयो, मोटरगाडी आउन थालेपछि घर पनि राम्रा बन्न थाले, होटल भन्ने थाहा हुँदैनथ्यो, सहरबजार जाँदामात्रै सुनिन्थ्यो, अहिले त यहाँ पनि धेरै होटल खुलेका छन्, यस क्षेत्रका जनतालाई सबैभन्दा बढी समस्या बुर्तिबाङबाट यहाँसम्म आउने बाटोको छ, धेरै वर्ष भयो बाटो खुलेको तर अहिलेसम्म राम्रो बन्न सकेको छैन ।”ढोरपाटन पर्यटन प्रवर्द्धन संस्थाका अध्यक्ष बेगबहादुर विश्वकर्माले एक दशक अगाडि यहाँ आउने पर्यटकको सङ्ख्या निकै न्यून रहेको भन्दै पछिल्लो समय बढ्दै गएको बताउनुभयो । पहिले ढोरपाटन आएका पर्यटकले गोठमा बसेर आलुको ढिँडो, आलुकै खोले खानुको विकल्प नभएको भन्दै अहिले पाहुनाले चाहेअनुसारको ठाउँमा बस्न र स्थानीय उत्पादनका परिकार खान पाउने उहाँको भनाइ छ । ढोरपाटन आउने अधिकांश पर्यटक उपत्यका क्षेत्रमा मात्रै डुलेर जाने गरेको विश्वकर्माले बताउनुभयो ।उपत्यकाभन्दा बुकी क्षेत्र, जलजला, छुन्तुङलगायत माथिल्लो क्षेत्र निकै रमणीय रहेको उहाँको भनाइ छ । होटल तथा घरबास सञ्चालनमा आएपछि पर्यटक आगमनमा निकै वृद्धि भएको अध्यक्ष विश्वकर्माले बताउनुभयो । अहिले चिसोका कारण पर्यटक आउन छाडेको भन्दै सिजनमा दैनिक करिब तीन सयदेखि पाँच सयसम्म आउने गरेको उहाँको भनाइ छ ।बुर्तिबाङ बजारबाट करिब ३२ किलोमिटर उत्तर पश्चिममा रहेको ढोरपाटन उपत्यका कच्ची सडकका कारण गाडीमा करिब दुई घण्टा लाग्छ । राष्ट्रिय प्राथमिकताको योजना सालझण्डी–ढोरपाटन सडक विसं २०६६ देखि निर्माण सुरु भएको थियो । बुर्तिबाङबाट फल्लेघरसम्मको २२ किलोमिटर सडक स्तरोन्नतिका लागि अघिल्लो वर्ष कात्तिकमा ठेक्का प्रक्रियामा गए पनि अपेक्षितरूपमा काम हुनसकेको छैन ।

१६ औँ योजनाका लागि आयोगले लियो विकास साझेदारसँग सुझाव

काठमाडौँ- राष्ट्रिय योजना आयोगले १६औँ योजना र अति कम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा स्तरोन्नतिका विषयमा अन्तर्राष्ट्रिय विकास साझेदारहरुसँग छलफल गरेको छ । आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठको अध्यक्षतामा यहाँ भएको छलफलमा संयुक्त राष्ट्र सङ्घ, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत विभिन्न देशका राजदूत तथा प्रतिनिधिहरुले सुझाव दिएक छन् ।

नेपाल स्थित अन्तर्राष्ट्रिय विकास साझोदार समूहको नेतृत्व हाल संयुक्त राष्ट्रसङ्घका नेपालस्थित आवासीय प्रतिनिधि हाना सिङ्गर हाम्डी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हिक्काले संयुक्त रुपमा गर्नुभएको छ । छलफलमा अतिकम विकसित मुलुक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नतिका सन्दर्भमा पनि छलफल भएको थियो ।राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गर हाम्डीले सफल एलडिसी स्तरोन्नतिपछि नेपाल विकासको अर्को अध्ययायमा प्रवेश गर्ने बताउनुभयो । अन्य सहभागी विकास साझेदारहरुले आफ्ना देशीय कार्यक्रमलाई १६औँ योजना र एलडिसीबाट विकासशील मुलुकमा स्तरोन्नति रणनीतिसँग तादम्यता मिलाउनुपर्नेमा जोड दिएका थिए ।आयोगका उपाध्यक्ष डा श्रेष्ठले विकास साझेदारहरुबाट प्राप्त रचनात्मक सुझावलाई १६औँ योजनामा समावेश गर्ने बताउनुभयो । आयोगले आजै १६औँ योजनाको सन्दर्भमा राष्ट्रिय विकास परिषद्का नवनियुक्त सदस्यहरुसँग छलफल गरेको थियो । 

कृषि तथा पशु मेला प्रदर्शनी : ४३ किसान पुरस्कृत

खोटाङ, १७ माघ : कृषि तथा पशु मेला प्रदर्शनीमा सहभागी ४३ किसानलाई पुरस्कृत तथा २९ किसानलाई सम्मान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्र खोटाङले संयुक्तरूपमा आयोजना गरेको कृषि तथा पशु मेला प्रदर्शनी कार्यक्रममा सहभागी किसानलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।

पुरस्कृत हुने किसानलाई पशुतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु तीन हजार, दुई हजार पाँच सय र दुई हजार तथा बालीतर्फ प्रथम, द्वितीय र तृतीय हुने किसानलाई क्रमशः रु दुई हजार पाँच सय, दुई हजार र एक हजार पाँच सय नगदसहित प्रमाणपत्र प्रदान गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिनुभयो । प्रदर्शनीमा एक सय २० कृषि उपज राखिएको थियो । मेलामा कृषि उपजसँगै भैँसी, बाख्रा र भेडासमेत प्रदर्शनीमा राखिएको थियो ।पुरस्कृत तथा सम्मानित हुने किसानलाई जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई र नगर उपप्रमुख विशन राईले मङ्गलबार संयुक्तरूपमा नगदसहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो । दिक्तेलस्थित हाटडाँडामा आयोजित सो प्रदर्शनी करिब पाँच सय जनाले अवलोकन गरेको कृषि शाखा प्रमुख जैसीले जानकारी दिनुभएको छ ।प्रदर्शनीमा फलफूल, तरकारी, दलहन तथा तेलहन, प्रशोधित कृषि उपज, राडीपाखी, छालाजुत्ता, ढाका कपडालगायत प्रदर्शनी कक्षमा राखिएको थियो । यही माघ१५ र १६ गते आयोजित कृषि तथा पशु मेला प्रदर्शनीमा विभिन्न विाद्यालयका विद्यार्थीले समेत अवलोकन गरेको जनाइएको छ । प्रदर्शनीमा नगरपालिकाभित्रका किसान समूह तथा किसानलाई मात्र सहभागिताका लागि अवसर दिइएको थियो । प्रदर्शनीले कृषि पेसाप्रति किसानको आकर्षण वृद्धि हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।किसानलाई कृषि पेसाप्रति आकर्षित गर्ने उद्देश्यले जिल्लाका सबै स्थानीय तहले कृषि तथा पशु मेला प्रदर्शनी कार्यक्रम गर्दै आएको छ । दश स्थानीय तह रहेको जिल्लामा कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर निर्वाहमुखी कृषि प्रणालीलाई बिस्थापित गर्दै आधुनिक कृषि प्रणालीतर्फ आकर्षित गर्न सबै स्थानीय तहले नीति तथा कार्यक्रमसमेत बनाएर लागू गरेका छन् ।जिल्लाका सबै स्थानीय स्थानीय तहले कृषिमा अनुदानको व्यवस्था गरेपनि पहुँचका व्यक्तिले मात्र सेवा लिने गरेको गुनासोसमेत आउन थालेका छन् । यद्यपि जिल्लामा पछिल्लो समय व्यावसायिक कृषि पेसा अपनाउने किसानको सङ्ख्या वृद्धि हुँदै गएको छ । वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देश पुगेर फर्किएका व्यक्ति सबैभन्दा बढी व्यावसायिक कृषि पेसामा लागेका छन् ।एकीकृत घुम्ती शिविर सञ्चालनदिप्रुङ चुइचुम्मा गाउँपालिकामा सञ्चालन गरिएको एकीकृत घुम्ती शिविरमार्फत एक हजार चार सय २३ जना स्थानीय बासिन्दाले गाउँमै सेवा लिएका छन् । चालु आर्थिक २०८०÷०८१ को दोस्रो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण तथा स्वास्थ्य जाँच सेवालागि सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा र ‘हेल्लो डाक्टर’ कार्यक्रममार्फत एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको हो ।शिविरमा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले नौ सय २२ जनालाई र सामाजिक सुरक्षा भत्ता र ‘हेल्लो डाक्टर’ कार्यक्रममार्फत पाँच सय एक जनाको स्वास्थ्य जाँच तथा औषधि वितरण गरिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिनुभयो । “पालिकाबासीको सहजताका लागि हामीले ‘हेल्लो डाक्टर’ कार्यक्रम लगायतका विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएका छौँ । ‘हेल्लो डाक्टर’ कार्यक्रमले २४ सै घण्टा सेवा दिइरहेको छ”, उहाँले भन्नुभयो, “सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका वृद्धवृद्धा तथा असक्तलाई समेत गाउँमै सेवा उपलब्ध गराउने गरेका छौँ । यो कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गर्ने योजनामा छौँ ।”शिविरमा वडा नं १ याम्खाका ८५, वडा नं २ डाँडागाउँका ४५, वडा नं ३ छोरम्बुका एक सय १६, ४ बतासेकाएक सय १०, वडा नं ५ सप्तेश्वर छितापोखरीका ५३, वडा नं ६ छितापोखरीका ६८ र वडा नं ७ टेम्माका एक सय एक जनाको स्वास्थ्य जाँच गरिएको छ हेल्लो डाक्टर कार्यक्रमका संयोजक अहेब सुरेश प्रधानले जानकारी दिनुभएको छ ।यही माघ ७ गतेदेखि सञ्चालन भएको शिविरमा नेबुलाइजेसन (वाफ लगाउने), मधुमेह, उच्च रक्तचाप जाँच, अक्सिजनको मात्रा, नाडीको गति जाँचका साथै सामान्य औषधि वितरण गरिएको जनाइएको छ । गाउँमै निःशुल्क स्वास्थ्य सेवा पाएपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् ।शिविरमार्फत नौ सय २२ जनालाई सातवटै वडामा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख यमनलाल श्रेष्ठले जानकारी दिनुभयो । वडा नं १ याम्खाका एक सय दुई,वडा नं २ डाँडागाउँका एक सय ६०, वडा नं ३ छोरम्बुका एक सय ३८, वडा नं ४ बतासेका एक सय ५४, वडा नं ५ सप्तेश्वर छितापोखरीका एक सय १०, वडा नं ६ छितापोखरीका ८९ र वडा नं ७ टेम्माका एक सय ६९ जनालाई उनीहरुको वडामै पुगेर सामाजिक सुरक्षा भत्ताबापतको रु ८१ लाख ६५ हजार पाँच सय रकम वितरण गरिएको जनाइएको छ ।

व्यवस्थालाई बलियो बनाउँदै दलहरुले वाचा पूरा गर्नुपर्ने जनअपेक्षा छः महामन्त्री थापा

जनकपुरधाम-: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनतामा निराशामात्रै छ भन्ने भाष्य निर्माण गर्न खोजिए पनि यही व्यवस्थालाई बलियो बनाउँदै दलहरुले वाचा पूरा गर्नुपर्ने जनअपेक्षा रहेको बताउनुभएको छ ।समुदायमा कांग्रेस अभियानका क्रममा धनुषाका विभिन्न क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी भई काठमाडौँ फर्किनेक्रममा आज जनकपुरधाम विमानस्थलमा महामन्त्री थापाले स्थानीय आवश्यकताअनुसार फरकफरक माग रहे पनि व्यवस्थाका विषयमा हल्ला गरिएजस्तो अवस्था नरहेको बताउनुभयो । उहाँले सरकार र पार्टीले जनतासामु गरेका वाचा पूरा गर्न थप उत्तरदायी हुनुपर्ने बेला निराशाका कुरा मात्रै गर्न नहुने बताउनुभयो ।

“समुदायमा कांग्रेस अभियान भर्खरै सुरु भएको छ । म झापाबाट जनकपुर पुग्दासम्म स्थानीय आवश्यकताअनुसार फरकफरक माग र मुद्दा छन् र अहिलेको व्यवस्थाका विषयमा जताततै निराशा र अँध्यारो मात्रै छ भन्ने गरिएजस्तो छैन”, महामन्त्री थापाले भन्नुभयो, “यही व्यवस्थालाई सुधार गर्दै दलहरुले हिजोका दिनमा गरेका वाचा पूरा गर्नुपर्ने जनअपेक्षा छ । त्यसैले ती अपेक्षा सम्बोधन गर्न लाग्नुपर्ने आवश्यकता महसुस भएको छ ।”

उहाँले व्यवस्थाको चिन्ता गर्नेभन्दा जनताका तत्कालीन र दीर्घकालीन समस्या सम्बोधनमा केन्द्रित हुन पनि सरकार र पार्टीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– “जाजरकोट भूकम्प, झापामा हात्ती आतङ्क, धनुषा र सिरहामा कमला नदीमाथि बन्दै गरेको पुलको दुर्दशा, मधेसका युवामा लागुऔषध दुव्यर्सनीको समस्याजस्ता थुप्रै मुद्दा छन् । अहिले माघको चिसोमा ती विषयमा चिन्ता गर्नुपर्ने हो । त्यसैले सरकारलाई अरु विषयमा नअल्झेर जनताका मुद्दामा केन्द्रित हुन म विशेष आग्रह गर्दछु ।”

। यसअघि नेता थापाले सहिदनगर नगरपालिका–३, यदुकुहामा सहिद कामेश्वर मण्डल, कुशेश्वर यादवको सालिकमा माल्यार्पण र कार्यक्रमलाई सम्बोधन, औरही गाउँपालिकालगायतका स्थानमा पुगेर जनताका गुनासा सुन्नुभएको थियो । अभियानका क्रममा माघ १३ गते पूर्व झापाको मेची पुलबाट संवाद यात्रा सुरु गर्नुभएका महामन्त्री थापा माघ २६ गते पश्चिम कञ्चनपुर पुग्ने कार्यक्रम छ ।

क्रिकेटर लामिछानेविरुद्धको मुद्दाको पूर्णपाठ सार्वजनिक

काठमाडौँ – जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बुधबार सार्वजनिक गरिएको पूर्णपाठमा पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको उल्लेख छ ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्ति गरी रु पाँच लाख भराउने फैसलाको पूर्णपाठमा पीडित ‘गौशाला २६’ को कमजोर आर्थिक अवस्थाको फाइदा उठाएको उल्लेख छ ।

“निजको आर्थिक अवस्था अत्यन्त कमजोर रहेको तथा पारिवारिक अवस्था पनि राम्रो नरहेको भन्ने देखिन्छ”, पूर्णपाठकमा भनिएको छ, “सो कुरा घटना विवरण कागज गर्ने देव खनालले बकपत्र गर्दा ‘आफ्नो पारिवारिक स्थिति राम्रो छैन भनेर भन्थिन, आर्थिक सहयोग खोजिरहेको कुरा गर्थिन ।”

पूर्णपाठमा गौशाला २६ लाई बालिग ठहर गरेको क्रिकेटर लामिछानेले खेलाडीको रुपमा प्राप्त गरेको प्रसिद्धिको दुरुपयोग गरी पीडितको कमजोर आर्थिक अवस्थाको फाइदा उठाउँदै भेट गर्ने, घुमाउने अनि होटलमा एउटा मात्र कोठा लिएर गरेर करणी गर्ने मनसाय बनाएको उल्लेख छ ।

अदालतले गत पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्ने निर्णय गरेको थियो भने गत पुस २५ गते सजाय तोकेको थियो । लामिछानेविरुद्ध गत भदौ २१ गते २०७९ बालिका बलात्कार गरेको उजुरी परेपछि गत असोज २० गते अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको थियो ।

निजविरुद्ध अनुसन्धान गरेर प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत बलात्कारको मुद्दा जिल्ला अदालत काठमाडौँमा दायर गरेको थियो । उक्त मुद्दाको प्रारम्भिक सुनुवाइपछि अदालतले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

उक्त आदेशविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा दायर गरेको निवेदनमा गत पुस २८ मा न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले रु २० लाख धरौटीमा छाड्न आदेश दिएको भए पनि विदेश जान रोक लगाइएको थियो । लामिछानेले विदेश जान अनुमति माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले गत फागुन १५ गते लामिछानेलाई क्रिकेट खेलका लागि विदेश जाने अनुमति पनि दिएको थियो । अदालतले पूर्णपाठ सार्वजनिक भएसँगै क्रिकेटर लामिछाने फैसला चित्त नबुझेमा उच्च अदालत पाटनमा पुनरावेदन गर्न सक्नेछन् ।

चिसोले सोलुको जनजीवन प्रभावित : खुम्बुक्षेत्र सुनसान

सल्लेरी (सोलुखुम्बु), १७ माघ : चिसो अधिक भएपछि हिमाली पर्यटनको मुख्य गन्तव्य खुम्बुका अधिकांश व्यवसायी तथा स्थानीय बासिन्दा जाडो छल्न अन्यत्र गएका छन् । पर्यटकीय याममा व्यस्त हुने होटल पसल व्यवसायी पनि जाडो छल्न खुम्बुक्षेत्रबाट बाहिरिन थालेका छन् । स्थानीय दामु शेर्पाका अनुसार सो क्षेत्रका करिब ७० प्रतिशत व्यवसायी तथा सर्वसाधरणले खुम्बु छाडिसकेका छन् । उनीहरु बढीजसो काठमाडौँ र कतिपय तीर्थयात्रामा भारतको बुद्धगैयालगायतका क्षेत्रमा जाने गरेका छन् । अधिकांश व्यवसायी तथा स्थानीय बाहिरिएसँगै खुम्बु क्षेत्र सुनसान बनेको लुक्लाका तोया श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार पर्यटकीय याम चलिरहँदा पर्यटकले खचाखच हुने खुम्बुको विमानस्थल, होटल लज, क्याम्पिङ साइट तथा दृश्यावलोकन गर्ने स्थल अहिले सुनसान बनेका छन् । नाम्चेका लामाकाजी शेर्पाले सगरमाथाको प्रवेशद्वार भनेर चिनिने नाम्चे, गोक्यो, कालापत्थर, एभरेष्ट बेस क्याम्पलगायतका ठाउँमा पनि अहिले पर्यटकको चहलपहल सुनसान बनेपछि व्यवसायी घरेलु कामदारलाई होटल छाडेर अन्यत्र गएको बताउनुभयो ।

केही होटल पसल खुला भए पनि व्यवसायीको जनजीवन कष्टकर बन्दै गएको छ । यामको बेला दैनिक एक सयभन्दा बढी हवाई उडान हुने लुक्लामा अहिले दैनिक पाँच–छवटा मात्रै उडान हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण शाखा कार्यालय लुक्लाको तथ्याङ्क छ । भौगोलिक विकटता तथा उच्च हिमाली क्षेत्र भएकाले जाडो महिनामा यस भेगमा एकछिन पनि बस्न नसकिने र वर्षमा छ महिनामात्र बसोबास गर्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । उच्च हिमाली क्षेत्र भएकाले पर्यटकीय याममा मात्र बस्ने गरेको होटल व्यवसायीको भनाइ छ ।

चिसो अत्यधिक बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा सर्वसाधरण आगो तापेर समय बिताउने क्रम बढेको छ । चिसोबाट बच्न बालबालिकादेखि वृद्धवृद्धासम्म सडकमा आगो तापेर बस्न थालेका हुन् । चिसोले विशेषगरी वृद्धवृद्धा र बालबालिका बढी प्रभावित हुने गरेको सल्लेरीका दावा शेर्पाले बताउनुभयो । हावापानी मापन केन्द्र सल्लेरीका नवराज पराजुलीका अनुसार पछिल्लो एक सातायता सल्लेरीको तापक्रम निरन्तर माइनसमा गएको छ ।

मङ्गलबार सल्लेरीको तापक्रम माइनस दुई डिग्री सेल्सियस मापन गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार उक्त तापक्रम जिल्लामा यस वर्षकै कम हो । सल्लेरी बजार क्षेत्रसहित आसपासका धेरैजसो स्थानमा मानिसले आगो तापेर समय बिताउने गरेका छन् । घरभित्र बस्दासमेत चिसोले कठ्याङ्ग्रिन थालेपछि सडकमा आगो बालेर बस्न थालेको नयाँ बजारकी सूर्यकुमारी राजभण्डारीले रासससँग बताउनुभयो ।

उहाँले भन्नुभयो, “वृद्धवृद्धालाई झन् धेरै गाह्रो भयो, अरु उमेरका मानिसले त चिसो पचाउला तर अलिक बूढापाकालाई समस्या भयो, चिसोले राति सुत्दासमेत कठ्याङ्ग्रिन थालेको छ, खै सल्लेरीमै यस्तो छ झन् माथिल्लो क्षेत्रमा त के होला अवस्था, यो वर्ष धेरै चिसो भयो ।” अधिक चिसोका कारण व्यवसाय सञ्चालन गर्नसमेत कठिन भएको सल्लेरीमा टेलरिङ व्यवसाय गर्दै आउनुभएका खड्गबहादुर हिङ्माङले बताउनुभयो ।

जिल्लाको माथिल्लो क्षेत्रको जनजीवन चिसोले अझ धेरै प्रभावित बनेको छ । हिमाली क्षेत्र नाम्चे, लुक्ला, फाक्दिङलगायतका स्थानमा चिसोले दैनिकी कष्टकर बनेको स्थानीय आङफुर्वा शेर्पाले बताउनुभयो । जसका कारण अन्य काम वस्तुभाउको स्याहार गर्न, घाँसपात गर्नसमेत समस्या भएको उहाँको भनाइ छ ।
पानी आपूर्तिमा समस्या
जिल्लाको खुम्बु क्षेत्रमा चिसोका कारण पाइपमै पानी जम्न थालेपछि पानी आपूर्तिमा समस्या भएको छ । अत्यधिक चिसोका कारण पाइपमै पानी जम्दा सगरमाथा क्षेत्रमा पिउने पानीको आपूर्ति प्रभावित भएको हो । दिउँसो घाम लागेको समयमा समेत जमेको पानी नपग्लिँदा खुम्बुका विभिन्न ठाउँमा खानेपानी आपूर्ति बन्द भएको स्थानीय नुरु शेर्पाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “खुम्बुमा यतिखेर खाने तेलदेखि घरभित्र भरेको पानीसमेत जमेर ढिक्काजस्तै बन्छ, मज्जाले घाम लागेको बेला त त्यो पग्लिन्छ, यसरी घाम नलाग्दा त घरभित्रको पानी दिनभर नै पग्लिदैन, यहाँको अवस्था त तपाईँहरूले सोचेभन्दा फरक छ नि, कत्ति गाह्रो छ, त्यही भएर धेरैजसोले खुम्बु छाडे, हामी थोरैमात्रै गाउँमा छौँ ।” यो क्षेत्रको तापक्रम घटेर माइनस १७ डिग्री सेल्सियससम्म झर्ने गरेको स्थानीयले बताएका छन् । चिसोले विकास निर्माणका कामदेखि अन्य दैनिक क्रियाकलापसमेत प्र्रभावित बनेको छ भने गाउँघरमा मानिसको चहलपहल न्यून हुँदै गएका छन् ।

विद्यालय अघिकांश बन्द भएपछि बालबालिका आगो तापेर समय कटाउनु यहाँका नागरिकको बाध्यता भएको पिके माध्यमिक विद्यालय लोदिङका शिक्षक ल्हाक्पा शेर्पाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चिसोले विद्यालयमा विद्यार्थीको सङ्ख्या बढ्दै गए पनि विद्यालय नै बन्द गरेका छाँै, शिक्षकलाई पनि गाह्रो छ, कतिपय शिक्षक तराईको हुनुहुन्छ, त्यसैले उहाँहरूलाई चिसोमा यहाँ बस्न निकै कठिन छ ।”

७१ प्रतिशत सङ्गीतकार एआईसँग डराउँछन्– फ्रान्सेली–जर्मन अध्ययन

दुई तिहाइभन्दा धेरै सङ्गीतकारलाई कृत्रिम बौद्धिकता (एआई) का कारण जीवनयापन गर्न असम्भव हुने डर रहेको मङ्गलबार प्रकाशित फ्रान्सेली र जर्मन सङ्गीत समाजको अध्ययनले देखाएको छ ।

सङ्गीत उद्योगमा १५ हजारभन्दा बढी व्यक्तिको सर्वेक्षणका आधारमा फ्रान्सको लेखक, सङ्गीतकार र सङ्गीत प्रकाशकहरूको समाज (सेसेम) र यसको जर्मन समकक्षी जिइएमएले ७१ प्रतिशत उत्तरदाताले अब उनीहरूले भविष्यमा गुजारा गर्न नसक्ने जवाफ दिएको बताएका छन् ।

सर्वेक्षणमा ३५ प्रतिशतले पहिलादेखि नै ‘सङ्गीत निर्माणसँग सम्बन्धित क्षेत्रहरूको ठूलो सङ्ख्या’ मा एआई प्रयोग गरिरहेको पाइएको छ । यद्यपि प्रतिवेदनले बजार विश्लेषण र विशेषज्ञहरूसँग पनि गरेको अन्तरवार्तामा सन् २०२८ सम्ममा आम्दानीमा २७ प्रतिशतले कमी आउने अनुमान गरेको छ । यो करिब दुई अर्ब ७० करोड युरो (दुई अर्ब ९० करोड अमेरिकी डलर) बराबर हो ।

करिब ९५ प्रतिशतले एआई उपकरण विकास गर्ने कम्पनीहरूसँग थप पारदर्शिताको माग गरेका छन् । त्यति नै सङ्ख्यामा उनीहरूले राजनीतिज्ञहरूले एआई र प्रतिलिपि अधिकारसँग सम्बन्धित चुनौतीहरूमा धेरै ध्यान दिउन् भन्ने चाहेका छन् ।

सेसेमका प्रबन्ध निर्देशक सेसिल राप–भेबरले यो एआई गतिविधिलाई ‘सुस्त’ बनाउने नभई यसलाई सद्गुणी बनाउने प्रश्न भएको बताउनुभयो । प्रतिवेदनमा उहाँले भन्नुभयो, “हामी एआईद्वारा उत्पन्न सामग्री पहिचान गर्ने उद्देश्यले प्राविधिक समाधान लागु गर्नका लागि यस क्षेत्रमा खेलाडीहरूसँग सक्रियरूपमा काम गरिरहेका छौँ ।”

आइएमएफले अप्रत्याशित ‘लचिलोपन’ लाई उद्धृत गर्दै विश्वव्यापी वृद्धि प्रक्षेपण हटायो

अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले विश्वभरका प्रमुख उन्नत र उदीयमान बजार अर्थतन्त्रमा अप्रत्याशित ‘लचिलोपन’ लाई उद्धृत गर्दै आफ्नो सन् २०२४ को वैश्विक वृद्धि प्रक्षेपणलाई बढाएर तीन दशमलव एक प्रतिशत बनाएको मङ्गलबार घोषणा गरेको छ ।

पछिल्लो विश्व आर्थिक दृष्टिकोण (डब्लुइओ) प्रतिवेदनमा जारी अद्यावधिक आँकडा अक्टोबरमा आइएमएफको पछिल्लो प्रक्षेपणभन्दा शून्य दशमलव दुई प्रतिशत अङ्कले बढी छ । आइएमएफका प्रमुख अर्थशास्त्री पियरे–ओलिभियर गौरिन्चसले प्रतिवेदन प्रकाशनअघिको पत्रकार सम्मेलनमा भन्नुभयो, “हामीसँग एकैसाथ कम मुद्रास्फीति र अधिक वृद्धि दर थियो ।” उहाँले चीन, रुस, ब्राजिल र भारतसहितका मुलुकहरूमाथि प्रकाश पार्दै भन्नुभयो, “यो अमेरिकाको मात्र कथा होइन, गत वर्ष र सन् २०२४ सम्म विश्वका कयौँ भागमा धेरै लचिलोपन थियो ।”

सुधार भए पनि उच्च ब्याजदरको निरन्तर प्रभाव, महामारीसँग सम्बन्धित सरकारी समर्थन फिर्ता हुनु तथा उत्पादकत्वको निरन्तर न्यूनस्तरका कारण यस वर्ष र आगामी वर्ष वैश्विक वृद्धि तीन दशमलव आठ प्रतिशतको हालको औसतभन्दा तल रहने अनुमान गरिएको छ ।

सात मुलुकको समूह (जी७) को उन्नत अर्थतन्त्रहरूमध्ये युरोपेली मुलुकहरूमा वृद्धि कमजोर रहने देखिन्छ । यसले विद्यमान चुनौतीहरूलाई प्रतिविम्बित गर्दछ । जापान र क्यानाडाको प्रदर्शन केही राम्रो रहने अपेक्षा गरिएको छ ।

आइएमएफको समग्र मुद्रास्फीति दृष्टिकोण सन् २०२४ का लागि पाँच दशमलव आठ प्रतिशतमा अपरिवर्तित रहेको छ तर यसले धनी र गरिब मुलुकहरूबिच महत्त्वपूर्ण अन्तरनिहित परिवर्तनलाई लुकाएको छ ।

उन्नत अर्थतन्त्रहरूमा मुद्रास्फीति सन् २०२४ मा दुई दशमलव छ प्रतिशत हुने अनुमान छ । यो अक्टोबरमा गरिएको प्रक्षेपणको तुलनामा शून्य दशमलव चार प्रतिशत अङ्क कम हो । उदीयमान र विकासशील अर्थतन्त्रहरूमा वार्षिक मुद्रास्फीति दर शून्य दशमलव तीन प्रतिशतले बढेर आठ दशमलव एक प्रतिशत हुने अपेक्षा गरिएको छ ।

अधिकांश वृद्धिको श्रेय अर्जेन्टिनामा जारी समस्यालाई दिन सकिन्छ । त्यहाँ जारी आर्थिक सङ्कटका बिच गत वर्ष उपभोक्ता मूल्य दुई सय प्रतिशतभन्दा धेरैले बढेको थियो ।

बहुदलीय जनवाद अवलम्बनका लागि पार्टीभित्र वैचारिक बहस आवश्यक : अध्यक्ष नेपाल

काठमाडौँ-नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद अवलम्बनका लागि पार्टीभित्र वैचारिक बहस आवश्यक रहेको बताउनुभएको छ ।

अखिल नेपाल महिला सङ्घ (समाजवादी) को छैटौँ केन्द्रीय कमिटी बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष नेपालले पार्टीका आदर्शलाई उचाइमा पु¥याउन अबका दिनमा विभिन्न विचारको बहस हुन जरूरी रहेको बताउनुभयो । पार्टी कमिटीभित्र वैचारिक दृष्टिकोणमा फरक मत राख्न, त्यसबारे बहस गर्न पाइने उल्लेख गर्दै उहाँले भन्नुभयो, “हाम्रो पार्टीको दोस्रो केन्द्रीय परिषद्को बैठकले केही राम्रा निर्णय गरेको छ, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीलाई चुस्त बनाउने र विधानलाई बलियो बनाउने काम गरेका छौँ ।”पार्टीको विधानले ४० वर्षमुनिका २० प्रतिशत युवा सहभागिताको व्यवस्था सुनिश्चित गरेको जानकारी दिँदै अध्यक्ष नेपालले पार्टी सङ्गठनप्रति युवा आकर्षण बढ्ने विश्वास व्यक्त गर्नुभयो । मुलुकमा उद्यमशीलताको विकास गरी जनतालाई गरिबीबाट मुक्त गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “जति पनि कम्युनिष्ट पार्टी छन् तिनले समाजवादी क्रान्ति पूरा गर्न सकेका छैनन् ।”सङ्गठनकी अध्यक्ष एवं पार्टी उपाध्यक्ष जयन्ती राईले सङ्गठनलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन महिला अधिकारलाई संरक्षण गर्न आर्थिक सशक्तिकरणमा जोड दिनुभयो ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई निर्वाचनअघि १० वर्षको कारागार सजाय

पाकिस्तानको अदालतले मङ्गलबार पूर्वप्रधानमन्त्री इमरान खानलाई आधिकारिक गोप्य खुलासा गरेको दोषी ठहर गर्दै अहिलेसम्मको १० वर्षको सबैभन्दा कठोर कारागार सजाय सुनाएको छ । खानका समर्थकहरूले संसदीय निर्वाचनको केही दिनअघि कैदमा परेका राजनीतिज्ञलाई किनारा लगाएको बताएका छन् ।

सन् २०२२ मा अविश्वासको मतबाट अपदस्थ गरिएका खान पहिलादेखि नै तीन वर्षको कारागार सजाय काटिरहनुभएकाले निर्वाचनमा उम्मेदवार बन्नबाट बञ्चित हुनुहुन्छ । उहाँविरुद्ध एक सय ५० भन्दा धेरै अन्य मुद्दा अझै विचाराधीन छन् । तैपनि पूर्वक्रिकेट स्टार आफ्नो तल्लो तहमाथि पकड र सत्ताविरोधी वयानबाजीका कारण शक्तिशाली राजनीतिक शक्ति बन्नुभएको छ ।

गत वर्ष खानको गिरफ्तारीपछि पाकिस्तानमा हिंसात्मक प्रदर्शन भए पनि अधिकारीहरूले त्यतिबेलादेखि इस्लामवादी राजनीतिज्ञका समर्थक र पार्टीमाथि करवाही गरेका छन् । यसबाट उनीहरू नयाँ र्यालीहरू आयोजना गर्न सावधान भएका छन् ।

आर्थिक सङ्कटमा फसेको संवेदनशील समयमा पाकिस्तानमा फेब्रुअरी ८ मा निर्वाचन हुँदैछ । आर्थिक सङ्कटलाई व्यवस्थापन गर्न खानका उत्तराधिकारी शहबाज शरिफले सङ्घर्ष गर्नुपरेको थियो । शरिफले ग्यास र बिजुलीको करमा पर्याप्त वृद्धिमा सहमत भएर मात्र अन्तर्राष्ट्रिय मुद्राकोषबाट जमानत राशि प्राप्त गर्न सक्नुभएको थियो । यसबाट दैनिक उपभोग्य वस्तुहरूमा चिन्ताजक मूल्य वृद्धि गर्यो र उहाँको पार्टी अलोकप्रिय भएको छ ।

मङ्गलबार खानलाई साइफर मामिलाको नामले प्रख्यात मुद्दामा दोषी ठहर गरिएको थियो । उक्त मुद्दामा उहाँमाथि एक र्यालीमा एउटा गोपनीय दस्तावेज फुकाएर राज्यको गोप्य कुराहरू खुलासा गरेको आरोप लगाइएको थियो । दस्तावेजलाई सार्वजनिक गरिएको छैन तर वासिङ्टनमा पाकिस्तानी राजदूत र इस्लामाबादमा विदेश मन्त्रालयबिच भएको कूटनीतिक पत्राचार भएको मानिएको छ ।

पूर्वप्रधानमन्त्री खानले दस्तावेज आफूलाई धम्की दिइँदै आएको प्रमाण भएको दावी गर्दै आफ्नो निष्कासन कथितरूपमा पाकिस्तानमा सेना र सरकारले कार्यान्वयन गरेको अमेरिकी षड्यन्त्र भएको बताउनुभएको छ । अमेरिकी र पाकिस्तानी अधिकारीहरूले उक्त दावीको खण्डन गरेका छन् ।

नेपालमै छाप्न थालियो हुलाक टिकट

काठमाडौँ । नेपालमा पहिलो पटक हुलाक टिकट छपाइ सुरु भएको छ । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आफ्नो छापाखानाबाट टिकट छपाइ गर्न थालेको छ । यसअघि नेपालका हुलाक टिकट भारत, इन्डोनेसियालगायत अन्य मुलुकमा छापिने गरेको थियो । हुलाक टिकट छपाइका लागि चाहिने कच्चा पदार्थ भने जनक शिक्षाले अहिले पनि विदेशबाट नै ल्याएको हो । जनक शिक्षाले राजनीतिज्ञ, सहिद, विभिन्न प्रकारका फूल र अन्य वनस्पतिलगायत १४ प्रकारका हुलाक टिकट छपाइ गरिरहेको छ ।

जनक शिक्षाले आउने चैतसम्म एक करोड तिस लाख थान टिकट छाप्ने सम्झौता हुलाक सेवा विभागसँग गरेको छ । तीमध्ये चार प्रकारका रैथाने वनस्पतिका दस लाख थान टिकट छापिने छ । चार जना राष्ट्रिय व्यक्तित्वमध्ये साहना प्रधान, कामी बुढा, रामवृक्ष यादव र नेत्रलाल पौडेल ‘अभागी’ को चित्र अङ्कित टिकट दस लाख थानको दरले कुल चालिस लाख थान छापिने छ ।

बाँकी ८० लाख थान टिकट छ प्रकारका सामग्री, धार्मिक स्थललगायतको चित्र अङ्कित हुने जनक शिक्षाका प्रवक्ता रवीन्द्र शर्माले बताए । यसअघि जनक शिक्षाले विद्यालय तहको पाठ्यपुस्तक छपाइ तथा बिक्रीवितरण, माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा १२ को प्रश्नपत्र र आन्तरिक राजस्व विभागको स्टिकरलगायतका सामग्री पनि छाप्ने गरेको थियो ।

निर्वाचनको समयमा मतपत्र पनि जनक शिक्षाले नै छाप्ने गरेको छ । हुलाक टिकट छपाइका लागि जनक शिक्षाले छापाखाना वरपर नेपाली सेनाको नेतृत्वमा कडा सुरक्षा व्यवस्था मिलाएको छ । जनक शिक्षाको सेक्युरिटी प्रेसमा हुलाक टिकट छपाइ भइरहेको छ । जहाँ ३५ कर्मचारी खटाइएको छ ।

यसरी छापिएका टिकटको मूल्य ५, १० र १३ रुपियाँ तोकिएको छ । विदेशमा छपाइ हुँदा प्रति टिकट सरदर एक रुपियाँ पर्ने गरेको थियो । जनक शिक्षामा भने ९५ पैसामै छपाइ सम्भव भएको जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिल झाले जानकारी दिए।

यसअघि विदेशमा टिकट छपाइ गर्दा ठुलो परिमाण छापिने गरेको थियो । विभिन्न सरकारी कार्यालयमा निवेदन लेख्दा, पत्र पठाउँदा वा अन्य प्रकारको फाराम भरेर बुझाउँदा हुलाक टिकट टाँस्नु अनिवार्य छ । तर पछिल्लो समय यस्ता अधिकांश काम अनलाइन माध्यमबाट हुन थालेकाले हुलाक टिकको प्रयोग अत्यन्त कम हुन थालेको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना, यस्तो छ मौसम पूर्वानुमान

काठमाडौं – बुधबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै देशका तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ। आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

आज राती गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

महसुल नबुझाउने सात कार्यालयको विद्युत लाइन काटियो

गोदावरी (कैलाली)-नेपाल विद्युत् प्राधिकरण धनगढीले लामो समयदेखिको महसुल नबुझाउने ग्राहकको विद्युत् लाइन काट्न ( विच्छेद) थालेको छ । धनगढी विद्युत् वितरण केन्द्रले महसुल बुझाउन पटक–पटक ताकेता गर्दासमेत आनाकानी गर्दै आएका सरकारी कार्यालय तथा व्यक्तिगत ग्राहकको विद्युत् लाइन काट्न सुरु गरेको जनाएको छ ।

विद्युत प्राधिकरणले धनगढी र अत्तरियामा समयमै विद्युत् महसुल नबुझाउने दुई सय ५३ ग्राहकको विद्युत् लाइन काटेको जनाएको छ । लामो समयदेखि विद्युत् महसुल नबुझाएका ग्राहकको बक्यौता रकम रु एक करोड ५३ लाख ४९ हजार तीन सय ६५ रहेको जनाइएको छ । वितरण केन्द्र धनगढीका प्रमुख मिथिलेशकुमार गोयलका अनुसार विद्युत् लाइन काट्न सुरु गरिएपछि एक सय ८० ग्राहकले महसुल बुझाएका छन् ।

एक महिनाको अवधिमा ती ग्राहकबाट रु ७८ लाख ३७ हजार चार सय ९१ विद्युत महसुलबापतको रकम असुली भएको उहाँले जानकारी दिनुभयो । धनगढी विद्युत् वितरण केन्द्रले मालपोत कार्यालय, नापी, सडकलगायत गरी सातवटा सरकारी कार्यालयको लाइन काटेको छ । ती सात कार्यालयले रु छ लाख दुई हजार छ सय सात विद्युत् महसुल बुझाउन बाँकी रहेको वितरण केन्द्रको तथ्याङ्कले देखाएको छ ।

लाइन काटिएका सरकारी कार्यालयबाट रु एक लाख ४८ हजार छ सय ४० मात्र विद्युत् महसुलबापतको रकम असुली भएको वितरण केन्द्र प्रमुख गोयलले जानकारी दिनुभयो । धनगढी विद्युत् वितरण केन्द्रअन्तर्गत ७९ हजार बढी ग्राहक रहेका छन् ।

वितरण केन्द्रले समयमा विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काट्ने क्रमलाई निरन्तरता दिँदै जाने जनाएको छ । विद्युत् विनियमावलीमा मिटर रिडिङ भएको ६०औँ दिनसम्म पनि वक्यौता महसुल नबुझाएमा लाइन काट्ने व्यवस्था छ । लाइन काटेको छ महिनासम्म पनि वक्यौता महसुल नबुझाउने उपभोक्तालाई कालोसूचीमा राखी असुली प्रक्रिया अगाडि बढाउने प्रावधान रहेको जनाइएको छ ।
 

हेर्नुहोस् माघ १७ गते बुधवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – परीवारका सदस्यहरु बाटँ टाढाँ भएको महसुस हुनेछ । शुभचिन्तक हरुको साथ सहयोगमा अधुरा कार्यहरु सम्पादन रहनेछन । नयाँ लगानिका क्षेत्रमा बिशेष साबाधानी अपनाउनु उत्तम रहनेछ । मनोरञ्जनका क्षेत्रमा सामान्य खर्चको सम्भाबना रहेकोछ । कार्य सम्पादनका निम्ती गोप्यता आवश्यक रहनेछ ।

बृष राशि- सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनि गर्न राम्रो समय रहेको छ । बौधिक क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गर्ने छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।

मीथुन राशि – प्रेम सम्बन्धमा सुधार आउनेछ । आम्दानि हुने योग रहेको छ । कामको क्षेत्रमा समान्य ढिलाई रहन सक्छ । सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । कार्य क्षेत्रमा सोचे अनुरुप समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।

कर्कट राशि – यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

सिंह राशि – बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । खानपानको कारण स्वास्थ सम्बन्धि सामान्य असर गर्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ ।

कन्या राशि – पारीवरिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । सामान्य यात्रा रहन सक्छ । भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला ।

तुला राशि – खर्च बढ्ने सम्भाबना रहेको छ । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ । प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

बृश्चिक राशि – बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । नयाँ कार्य क्षेत्रको लागी लगानि गर्ने समय रहेको छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । सामान्य स्वास्थ सम्बन्धि समस्याले सताउनेछ ।

धनु राशि – कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

मकर राशि – मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ धार्मिक क्षेत्रको यात्रा रहनाले मन प्रशन्न रहनेछ ।

कुम्भ राशि – स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला । बोलिको कारण साधारण समस्या आउन सक्नेछ । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

मिन राशि- मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

‘चिकित्सक उत्पादन गर्न प्रदेश सरकारले विश्वविद्यालय स्थापना गर्ने’ : मुख्यमन्त्री जम्कट्टेल

मकवानपुर, १६ माघ : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि चिकित्सक उत्पादनका लागि विश्वविद्यालय स्थापना गर्न नीतिगत कार्यक्रम तर्जुमा गरी अघि बढेको बताउनुभएको छ ।

रिपोर्टस क्लब मकवानपुरद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेशमा कार्यरत पत्रकारलाई सामाजिक सुरक्षा अभियानमा आबद्ध गराउन सरकारले सञ्चार रजिस्टारमार्फत नीतिगत योजना तर्जुमा गरी कार्यान्वयन गर्न लागेको बताउनु्भयो । पत्रकार महासङ्घ पनि उक्त अभियानलाई गतिशील बनाउनतर्फ लाग्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।प्रदेशका सबै जिल्लामा कृषि उत्पादनलाई प्राथमिकता दिएर किसानलाई बढीभन्दा बढी सहभागी गराउन प्रदेश सरकारले कार्यक्रम अघि बढाएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिनुभयो ।बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गङ्गानारायण श्रेष्ठले मुलुकमा आर्थिक समृद्धि तथा पूर्वाधार निर्माणमा जोड दिन प्रदेश सरकारले नयाँ नीति तर्जुमा गरी कार्यान्वयन गर्न लागेको बताउनुभयो । पत्रकारिता क्षेत्रलाई दलगत स्वार्थभन्दा माथि राख्न आग्रह गर्दै उहाँले राष्ट्रियता र प्रजातन्त्रको सम्वर्द्धनका लागि सबै पत्रकार एकजुट हुनुपर्ने बताउनुभयो ।कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिष्टार रेवती सापकोटा, रिपोर्टस क्लब नेपालका अध्यक्ष ऋषि धमला, नेपाल पत्रकार महासङ्घ बागमतीका पूर्वअध्यक्ष प्रताप विष्ट, नेपाल पत्रकार महासङ्घ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी, हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेलगायतले पत्रकारिता क्षेत्रको विकासका लागि सबै सञ्चारकर्मी एक हुन आग्रह गरेका थिए । 

मालपोत अधिकृतले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर, अख्तियारद्वारा मुद्दा दायर

काठमाडौँ, १६ माघ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत मीनबहादुर भट्टराईले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै आरोपपत्र दायर गरेको छ ।

अभियुक्त भट्टराईउपर बिगो रु चार करोड ४० लाख १५ हजार नौसय २९ कायम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले आज विशेष अदालत काठमाडौँमा आरोपत्र दायर गरेको हो।

पूर्ण लोकतन्त्र प्रदान गर्नु राजनीतिको अभिष्ट हो : अध्यक्ष ओली

काठमाडौँ, १६ माघ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनका प्रगतिसँग जोडिने गरी पूर्णलोकतन्त्र दिनु नै राजनीतिको अभिष्ट हुनुपर्ने बताउनुभएको छ ।

समान पहुँच नेपाल र सभ्यता अन्वेषण केन्द्रको आयोजनामा आज भएको ‘संसद्मा केपी शर्मा ओली’ विमोचन कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले विकास र परिपूर्णताको दिशातिर जाने बाटो राजनीति भएकाले सामाजिक प्रबन्धमा सामाजिक न्यायसहित सुव्यवस्थित गर्नु राजनीतिको अभिष्ट भएको र आफूले त्यसका लागि प्रयास गर्दै आएको बताउनुभयो ।

उहाँले राष्ट्र र राष्ट्रियताको सम्वद्र्धन गरी लोकतन्त्रको दिशामा अघि बढ्नका लागि राजनीतिक पार्टी र कार्यकर्ताले पहल गर्नुपर्नेमा जोड दिनुभयो । एमाले महासचिव शङ्कर पोखरेलले नेपालमा लोकतान्त्रिक परिवर्तनका लागि भएका आन्दोलनका उपलव्धि संस्थागत गर्न राजनीतिक शक्तिले ध्यान दिन नसकेको जनाउँदै अध्यक्ष ओलीले देश र जनताका खातिर समृद्धिलाई केन्द्रमा राखेर गर्नुभएका पहलको सराहना गर्नुभयोे ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले अध्यक्ष ओलीबाट संसद्मा व्यक्त विचारको सङ्कलनले समृद्ध नेपाल निर्माणका यात्रीलाई सहयोग मिल्ने बताउनुभयो । संविधानविद् नीलाम्बर आचार्यले राजनीति गर्नेले उक्त ग्रन्थकोे अध्ययन गरी अध्यक्ष ओलीका विरुद्ध फैलाइएका भ्रम चिर्नुपर्ने बताउनुभयो ।

लेखक पुरुषोत्तम दाहालले राष्ट्र र राष्ट्रियता तथा समृद्धिका लागि अध्यक्ष ओलीका अडान विवेकपूर्ण रहेका बताउनुभयो । सानुमैयाँ खड्कद्वारा सङ्कलित उक्त ग्रन्थको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विमोचन गर्नुभएको थियो । अध्यक्ष ओलीका २०४८ सालदेखिका संसद्मा व्यक्त १८३ सम्बोधन संलग्न सो कृति आठ सय ३६ पृष्ठको रहेको छ ।

सन् २०२५ मा मानवअधिकारलाई अगाडि बढाउन संयुक्त राष्ट्रसङ्घलाई ५० करोड डलर आवश्यक

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयले युद्धको ‘गहिरो घाउ’ ले क्षतिग्रस्त संसारमा मानवअधिकारलाई अगाडि बढाउन यस वर्ष आफ्नो कामका लागि ५० करोड अमेरिकी डलरको आवश्यकता रहेको बताएको छ ।

“हामी अत्यन्त विभाजित समयमा बाँचिरहेका छौँ, विश्वका कयौँ भागमा, हालै मध्यपूर्वमा द्वन्द्व जारी छ”, राष्ट्रसङ्घीय मानवअधिकार प्रमुख भोल्कर टर्कले जेनेभामा कूटनीतिज्ञहरूसँग भन्नुभयो, “यी युद्धहरूले गहिरो घाउ बनाइरहेका छन्, गुनासाहरू उत्पन्न भइरहेका छन् यसले न्यायबिना सम्पूर्ण मुलुकहरूको भविष्यलाई धेरै नै नोक्सान पुर्याउने छ, थप ध्रुवीकरण बढाउने छ र गहिरो विभाजन उत्पन्न गर्नेछ ।”

मानवअधिकार उच्चायुक्त कार्यालय (ओएचसिएचआर) मा ९१ मुलुकमा एक हजार नौ सय ६२ कर्मचारी छन् । ओएचसिएचआरले गत वर्ष १३ हजार चार सय ७६ बन्दीको रिहाइ सुनिश्चित गर्न सहयोग गरेको, तीन हजार छ सय ६४ अनुगमन मिसन सञ्चालन गरेको र ४३ मुलुकमा कानून र नीतिहरूको सुधारमा योगदान गरेको बताएको छ ।

टर्कले जीवन परिवर्तन गर्न र विश्वभर सामना गरिरहेका केही मानवअधिकार चुनौतीहरूलाई सम्बोधन गर्ने क्षमतालाई ‘पर्याप्तरूपमा बढाउन’ ओएचसिएचआरलाई ५० करोड डलरको आवश्यकता रहेको बताउनुभयो ।

सदस्य मुलुकहरूले गत वर्ष ओएचसिएचआरमा स्वैच्छिक योगदानका रूपमा २८ करोड ३२ लाख डलर योगदान गरेका थिए । उक्त रकम ओएचसिएचआरले मानवअधिकारको विश्वव्यापी घोषणाको ७५औँ वार्षिकोत्सव मनाउनका लागि अनुरोध गरेको ४५ करोड २० लाखभन्दा धेरै कम हो । ओएचसिएचआरलाई सहयोग गर्ने शीर्ष दाताहरूमा युरोपेली सङ्घ (इयु), अमेरिका, स्विडेन, जर्मनी र नर्वे थिए ।

“मानवअधिकार समाधान प्रदान गर्न हामीलाई अहिले पनि अधिक प्रभावकारी र व्यापक पहुँचका लागि आवश्यक कोषको एकदमै अभाव छ”, टर्कले भन्नुभयो । उहाँले मुलुकहरूका नागरिक र राजनीतिक अधिकारहरूलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकाररू जस्तै समान महत्त्व दिँदै अधिकारहरूलाई शासनको केन्द्रमा राख्न आह्वान गर्नुभयो । उहाँले हाम्रो समाजलाई लामो समयदेखि परिभाषित गरेको ‘अन्याय र असमानताको चक्रको अन्त्य गर्न’ पनि मुलुकहरूलाई आग्रह गर्नुभयो ।

‘प्रदेशसभाका पदाधिकारीको सुविधा थप्नु अनुपयुक्त’- शेखर कोइराला

मोरङ, १६ माघ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेशसभाका पदाधिकारीलाई भौतिक सुविधा थप्ने कुरा उपयुक्त नभएको बताउनुभएको छ ।

समुदायमा कांग्रेस अभियानअन्तर्गत आज विराटनगर–७ मा आयोजिक कार्यक्रममा उहाँले प्रदेश सरकारले जनताका आधारभूत सुविधा थप्ने कुरामा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । मुलुकमा लोकतन्त्र नेतालाई मात्र आएको जनतालाई नआएको बताउँदै अराजकताले नागरिकको आवश्यकता परिपूर्तिमा बाधा उत्पन्न हुन्छ भन्नुभयो ।

नेता कोइरालाले कांग्रेस समुदायमा पुगेर जनभावना बुझेर आगाडि बढ्ने चर्चा गर्दै पार्टीभित्रका कमीकमजोरीलाई सच्च्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सरकारले सिङ्गिया खोलाको बाढी नियन्त्रण गर्न अस्थायी तटबन्ध र करिडोर निर्माण गरी स्थायी समाधान गर्ने आश्वासन दिनुभयो ।

इटालीका किसानहरूद्वारा आन्दोलनलाई तीव्रता

दर्जनौँ इटालेली किसानहरूले मङ्गलबार मिलान नजिकै ट्र्याक्टरहरूबाट विरोध प्रदर्शन गरेका छन् । यो किसानहरूको जीविकोपार्जनको डरले मुलुकभर साना प्रदर्शनहरूको शृङ्खलामा पछिल्लो प्रदर्शन हो ।

हालैका साताहरूमा सिसिलीबाट ट्रेन्टोसम्म अचनाक विरोध प्रदर्शन सुरु भएका छन् । सडकहरू अवरुद्ध गर्ने समाचार अहिले नियमित भएको छ । यद्यपि तिनीहरू अहिलेसम्म फ्रान्स, जर्मनी वा बेल्जियममा किसान प्रदर्शनको स्तरसम्म पुगेका छैनन् ।

“हामी युरोपले धोका दिएका सबै कुरा रोक्न तयार छौँ”, मिलान बाहिर मेलेग्नानो नजिकैको विरोध प्रदर्शनमा प्लेकार्डमा घोषणा गरिएको छ । प्रदर्शनकारीहरू युरोपेली सङ्घ (इयु) का नियमहरू, आफ्ना उत्पादनमा मुद्रास्फीति र करहरूको प्रभावलाई लिएर असन्तुष्ट छन् । उनीहरूले आफ्नो धरौटीलाई स्थगन गर्न माग गरेका छन् ।

“युरोपले हामीमाथि यस्तो नियम थोपर्छ जसको कुनै अर्थ छैन, हामी अब जीविकोपार्जन गर्न सक्तैनौँ, हामी धेरै पैसा कमाउन चाहन्छौँ र आफ्ना उत्पादनहरूको मूल्य तिनीहरूको मूल्यअनुसार चाहन्छौँ”, उत्तरी इटालीमा विरोध प्रदर्शनका आयोजकमध्येको एक लुइसिटो नाल्डीले भन्नुभयो, “हामी थाकेका छौँ ।” उहाँका अनुसार परिस्थिति यति कठिन भइसकेको छ कि किसानहरूले आत्महत्या गरिरहेका छन् ।

उहाँले प्रधानमन्त्री जियोर्जिया मेलोनीको सरकारसँग भेट्न खोजिरहेको बताउनुभयो । “जे कारणले फ्रान्स, जर्मनी, पोल्यान्ड र रोमानियामा विरोध प्रदर्शन भइरहेको छ त्यही कारणले हामीले विरोध गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “जबसम्म सरकारले हामीलाई रोममा आमन्त्रण गर्दैन तबसम्म विरोध प्रदर्शन जारी रहन्छ ।”

आहा रारा पोखरा गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

कास्की, १६ माघ : चर्च ब्वाइज युनाइटेड क्लब पोखरामा जारी २३औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालामा आज भएको क्वाटरफाइनलको अन्तिम खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले हराउँदै चर्च ब्वाइजले अन्तिम चारमा स्थान बनाएको हो । चर्च ब्वाइजका लागि खेलको ७३औँ मिनेटमा समिर तामाङले निर्णायक गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच भएका उनले रु १० हजार पुरस्कार पाए ।

पहिलो हाफमा दुवै टोलीले रक्षात्मक खेल खेलका थिए । दोस्रो हाफमा भने चर्च ब्वाइजले आक्रामक खेल खेल्यो । पुलिस क्लबले भने पाएको अवसरको फाइदा उठाउन सकेन । चर्च ब्वाइजले अब फाइनल प्रवेशका लागि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

पुलिस क्लब र चर्च ब्वाइज अघिल्लो संस्करणदेखी आहा रारामा सहभागी भएका हुन् । अघिल्लो पटक प्रिक्वाटर फाइनलमा यी दुवै टोली भिडेका थिए । त्यसबेला पनि चर्च ब्वाइजले २–१ गोलले खेल जितेको थियो । चर्च ब्वाइज अघिल्लो संस्करणमा सेमिफाइनलसम्म पुगेको थियो । पुलिस क्लबले भने क्याराभान गोल्डकपसहित हालसम्म पाँच पटक प्रतियोगिताको उपाधि जितेको छ ।

प्रतियोगिताअन्तर्गत बुधबार पहिलो सेमिफाइनल खेल थ्रिस्टार क्लब र जावालखेल क्लबकाबीच हुने आयोजक सहारा क्लब पोखराका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । यही माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ । च्याम्पियन टोलीले रु १२ लाख एक हजार तथा उपविजेताले रु छ लाख एक हजार नगदसहित ट्रफी प्राप्त गर्ने छ ।

देशैभरि जान्छ चितवनको तोरीको तेल

चितवन, १६ माघ : तोरी उत्पादनमा अग्रणी जिल्ला चितवनको तोरीको तेल देशैभरि पुग्ने गर्दछ । बाटो प्रयोग गर्ने र यहाँ रोजगारी गर्नेदेखि उपहारका लागिसमेत यहाँको तोरीको तेल देशैभर पुग्ने गरेको छ ।

पूर्व–पश्चिम राजमार्ग नजिकै बाइपास सडकमा जिल्ला सहकारी सङ्घले विसं २०५४ देखि नियमित तेल बिक्री गर्दै आएको छ । यतिमात्र होइन जिल्लाका विभिन्न ठाउँमा तोरी पेलेर तेल बिक्री गर्ने गरिन्छ । आफ्नै अगाडि पेलिरहेको तोरीको तेल देखेपछि जो कसैले पनि नियमित भान्छामा प्रयोग गर्ने भएकाले तेल लैजाने गर्दछन् । बजारमा आउने तेल मिसावट हुनसक्ने आशङ्काले यही पेलेको तेल प्रयोग गर्नेको सङ्ख्या बढी हुने गरेको छ ।

जिल्ला सहकारी सङ्घद्वारा सञ्चालित तोरीको तेल बिक्री केन्द्रबाट वार्षिक ४० हजार लिटर तेल बिक्री हुँदै आएको छ । सङ्घका व्यवस्थापक विनोद खतिवडाका अनुसार यहाँ मुख्यरुपमा जिल्लामा नै उत्पादित तोरीको तेल पेल्ने गरिएको छ । गएका वर्षहरुमा दाङसहित पश्चिमका जिल्ला र वीरगञ्जबाट समेत तोरी आउने गरेको थियो । यस वर्ष भने यहींको तोरीले धानेको उहाँले बताउनुभयो ।

गत आर्थिक वर्षमा एक हजार ५२ क्विन्टल तोरी ल्याएर तेल उत्पादन गरी बिक्री गरिएको उहाँको भनाइ छ । वार्षिक रु एक करोड ५० लाख हाराहारीको तोरीको तेल बिक्री हुने गरेको छ । सङ्घका अध्यक्ष भक्तिराम अधिकारीका अनुसार यहाँको तेल जिल्लासँगै धेरै काठमाडौँ जाने गर्दछ । यस्तै पोखरा, हेटौँडालगायत देशका विभिन्न ठाउँमा तेल पुग्ने गरेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आफ्नै आँखा अगाडि तोरी पेल्ने हुनाले शुद्ध तेलका लागि जो कोही यहाँ आउने गर्दछन् ।” रोजगारीको सिलसिलामा यहाँ रहेकाहरु, बाटो यो परेर अन्यत्र जानेहरु, राजधानीलगायत ठाउँमा भएकालाई उपहारका रुपमा समेत तेल लैजाने गरेको उहाँले बताउनुभयो ।

सङ्घले तेल प्रतिलिटर रु तीन सय ५० मा बिक्री गर्दै आएको छ । सहकारीहरुका लागि प्रतिलिटर रु १० छुट दिने गरिएको छ । भरतपुर महानगरपालिका–११ को बाइपास सडक नजिकै वशिष्ठ तेल उद्योग रहेको छ । यहाँ पेलिने तोरीको तेलमध्ये ७० प्रतिशत जिल्लाबाहिर जाने गरेको सञ्चालक कृष्णप्रसाद भट्टराईले बताउनुभयो । उहाँका अनुसार धेरै काठमाडौँ, पोखरा, गोरखा, तनहुँ, लमजुङ, मकवानपुर, धादिङलगायत जिल्लामा जाने गर्दछ । उहाँले भन्नुभयो, “स्थानीय बजारमा ३० प्रतिशत तेल जान्छ भने बाँकी ७० प्रतिशत बाहिरी जिल्लामा जाने गरेको छ ।”

तोरीको तेल प्रत्यक्ष रुपमा पेलेर दिइने भएकाले विश्वास जित्न सकेको भट्टराईले बताउनुभयो । जिल्लाका अन्य ठाउँमा पनि निजी क्षेत्रबाट उद्योगका रुपमा तेल मिल सञ्चालनमा रहेका छन् । बाहिरबाट आउने तेलमा मिसावट हुनसक्ने भन्दै पछिल्ला दिनमा प्रत्यक्ष रुपमा पेलेर बिक्री गर्ने तोरीको तेलमा आकर्षण बढेको छ । चितवन तोरीका लागि प्रख्यात जिल्लाका रुपमा चिनिन्छ । पछिल्ला वर्षमा यहाँ तोरीको क्षेत्रफलसँगै उत्पादन बढ्दै गएको छ ।

आज राति हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १६ माघ : पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा आज राति हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँ उपत्यकामा आज अधिकतम तापक्रम १७.५ डिग्री सेल्सियस रह्योभने आज राति ३.५ भन्दा तल झर्ने अनुमान महाशाखाले गरेको छ ।

महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार अहिले सङ्घीय राजधानी काठमाडौँ उपत्यकासहित देशको पहाडी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । पश्चिमी वायु प्रभावकारी नहुँदा हिउँदे वर्षा हुन नसकेको मौसमविद् नगरकोटीले बताउनुभयो । “हिउँमा वर्षा गराउने भनेको पश्चिमी वायुको प्रभावले हो, यो वर्ष पश्चिमी वायुको प्रभाव आए पनि कमजोर किसिमको रहेकाले बाँदल लाग्ने भए पनि वर्षा गराउन सकेको थिएन । अबको केही दिन पश्चिमी वायुको प्रभाव रहेकाले देशका पश्चिमी भेगमा वर्षाको सम्भावना रहेको छ । तथापी पश्चिमी वायु देशको पूर्वी भेगतिर पुग्दा कमजोर भइसक्नेछ ।

भोलि माघ १७ गते कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम पहाडी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

माघ १८ गते मङ्गलबार पनि गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानका साथै बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

कोरियाली लगानीकर्ता र उद्यमीलाई स्वागत गर्न तत्पर छौँ : मन्त्री साउद

काठमाडौँ, १६ माघ : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालमा आगामी वैशाखमा हुने लगानी शिखर सम्मेलनमा कोरियाली लगानीकर्ता र उद्यमीहरूको ठूलो सङ्ख्यालाई स्वागत गर्न आफूहरु तत्पर रहेको बताउनुभएको छ ।

नेपाल र गणतन्त्र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्धको ५०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित समारोहमा उहाँले कोरियाली कम्पनीहरूले आफ्नो लगानी नेपालमा विस्तार गरेको आफूहरुले हेर्न चाहेको बताउनुभयो । मन्त्री साउदले सामसुङ, हुन्डाई मोटर्सलगायत कोरियाली कम्पनीहरूले नेपालमा लगानीका सम्भावनाहरू खोज्न गहिरो चासो लिएकामा नेपाल सरकारले यो अवसरको सदुपयोग गर्ने उल्लेख गर्नुभयो ।

“हाम्रा दुई देशबीच आर्थिक सहयोग विस्तार गर्ने प्रचुर सम्भावना छ । ती सम्भावनाहरू अन्वेषण गरौँ । द्विपक्षीय व्यापार र लगानी अभिवृद्धि गरौँ । कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधिको क्षेत्रमा साझेदारीलाई सुदृढ बनाऔँ”, उहाँले भन्नुभयो, “ कोरियामा हजारौँ नेपाली कामदार छन् । ठूलो सङ्ख्यामा नेपालीले थप अध्ययनका लागि कोरिया छनौट गरेका छन् । हजारौँ कोरियाली नागरिक पर्यटकका रूपमा नेपाल आउने गरेका छन् । आगामी दिनहरूमा, हामी यी आदानप्रदानहरूलाई अझ विस्तार गर्नेछौँ ।”

नेपाल र गणतन्त्र कोरियाबीच सन् १९७४ मे १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । मन्त्री साउदले दुई देशबीच सम्बन्ध प्रगाढ बन्दै गएको उल्लेख गर्दै यो सम्बन्ध मित्रता, सौहाद्र्रता, सहयोग, आपसी सम्बन्धमा आधारित रहेको बताउनुभयो । गणतन्त्र कोरियाले छोटो समयमा हासिल गरेको प्रगति, र समृद्धिका सफलताका कथाहरूबाट नेपालले धेरै कुरा सिक्ने बताउँदै उहाँले पारस्परिक रूपमा लाभदायक क्षेत्रमा हाम्रो साझेदारी बढाउन चाहन्छ भन्नुभयो ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले कोरिया सरकारले नेपालीलाई रोजगारका क्षेत्रमा दिएको प्राथमिकताको प्रशंसा गर्दै नेपालीले कोरियामा सिकेको सीप, अनुभव र ज्ञान स्वदेशमा उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले कोरिया सरकारले नेपालको विकास निर्माणका क्षेत्रमा गरेको योगदानले दुई देशबीच आत्मीय र भाइचाराको सम्बन्ध विस्तार भएको बताउनुभयो ।

कार्यक्रममा कोरियाका राजदूत पार्क तियोङले विगत ५० वर्षको यात्रा साझा मूल्यमान्यता, आपसी सम्मान र हाम्रा जनताको राम्रो भविष्य निर्माण गर्ने प्रतिबद्धताको कथा भएको बताउनुभयो । यस अवधिमा द्विपक्षीय सम्बन्ध फस्टाउँदै गएको र बलियो बन्धनका रुपमा रहेको उल्लेख गर्दै उहाँले कोरिया र नेपालबीचको सहकार्य व्यक्तिगत र आर्थिक विकासका लागि शक्तिशाली उत्प्रेरक भएको बताउनुभयो ।

राजदूत पार्कले भन्नुभयो, “यो ऐतिहासिक कोसेढुङ्गामा पुग्नुभएकामा म दुवै देशका नेता तथा जनतालाई बधाई ज्ञापन गर्दछु । यो अनगिन्ती व्यक्तिको समर्पण र प्रतिबद्धताको प्रमाण हो, जसले सम्बन्ध निर्माण र विस्तार गर्न, समझदारी बढाउन र हाम्रा राष्ट्रहरूबीचको सहयोगलाई बढावा दिन अथक प्रयास गरेका छन् ।”

सो अवसरमा मन्त्री र राजदूतले संयुक्तरुपमा ५०औँ वार्षिकोत्सवको स्मरणार्थ लोगो अनावरण तथा कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) कार्यक्रमबाट फर्किएका नेपालीको सफलताको कथामा आधारित पुस्तक ‘तपाईं पनि मालिक बन्न सक्नुहुन्छ’को विमोचन गर्नुभएको थियो ।

भारतीय नौसेनाद्वारा १९ जना पाकिस्तानीको उद्धार

भारतीय नौसेनाको युद्धपोत आइएनएस सुमित्राले सोमालियाको पूर्वी तटबाट जाँदै गरेको इरानी माछा मार्ने जहाज अल नईमीमा समुद्री डकैतीको प्रयासलाई विफल बनाएको छ । साथै सोमबार १९ जना पाकिस्तानी नागरिकलाई सफलतापूर्वक उद्धार गरेको भारतीय नौसेनाले विज्ञप्तिमा जनाएको छ ।

सोमाली समुद्री डाकुहरूबाट इरानी झण्डा बोकेको माछा मार्ने जहाज एफभी इमानलाई बचाई भारतीय नौसेनाले उद्धार गरेको जनाएको छ । सोमालियाको पूर्वी तट र एडनको खाडीमा समुद्री डकैती विरोधी कारबाहीमा १७ जना चालक दलका सदस्यहरू सहभागी थिए ।

भारतीय नौसेनाका अनुसार युद्धपोत आइएनएस सुमित्राले सङ्कटग्रस्त जहाजलाई रोकी माछा मार्ने जहाज पत्ता लगाएको थियो । बन्धक बनाइएका १९ पाकिस्तानी राष्ट्रिय चालक दलका सदस्यहरूलाई उद्धार गरिएको छ ।
युद्धपोतले डुङ्गासहित चालक दलका सदस्यहरूको सुरक्षित रिहाइका लागि समुद्री डाकुहरूलाई बाध्य पारी डुङ्गासहित सबै १९ जनाको रिहाइ गरेको छ ।

आईएनएस सुमित्राले ३६ घण्टाको अथक प्रयासबाट कोचीबाट करिब आठ सय ५० एनएम पश्चिम दक्षिणी अरब सागरमा ३६ चालक दल (१७ इरानी र १९ पाकिस्तानी) सहित दुई अपहरण गरिएका माछा मार्ने जहाजहरू समेत उद्धार गरेको छ ।

रुसद्वारा ब्रिक्स सदस्यसँग भुक्तान पूर्वाधार एकीकरण बारेमा छलफल

रुसले अन्य ब्रिक्स सदस्य देशहरूसँग वित्तीय सन्देशहरू प्रसारण गर्न राष्ट्रिय प्रणालीको अन्तरक्रियाबारे छलफल अगाडि बढाएको छ । देशको केन्द्रीय बैंकका गभर्नर एल्भिरा नाबिउलिनाले मङ्गलबार यस बारे जानकारी दिनु भएको हो।”रुससँग वित्तीय सन्देशहरू (एसएपएफएस) प्रसारण गर्ने प्रणाली छ जुन स्वीफ्टको विकल्प पनि हो।

अन्य केही देशहरूमा पनि यस्तै पूर्वाधारहरू विकास गरिएका छन्। हामी त्यस्ता प्लेटफर्महरूको अन्तरक्रियामा छलफल गरिरहेका छौं तर यहाँ हाम्रा साझेदारहरूको चासो र प्राविधिक तत्परता महत्त्वपूर्ण छ,” नाबिउलिनाले भन्नुभयो ।
उहाँले २० देशका १५९ विदेशी सहभागीहरू यस अघि नै रुसी प्रणालीमा सामेल भइसकेका छन्।

एसएपएफएसको बैंक अफ रसियाले स्वीफ्टबाट रूसी बैंकहरूको सम्भावित विच्छेदनका जोखिमहरूलाई कम गर्न सिर्जना गरेको थियो।यो सूचना पठाउने र भुक्तानी गर्ने अन्तरराष्ट्रिय अन्तरबैंक प्रणाली हो जसले विश्वका लगभग हरेक देशमा ११ हजार भन्दा बढी संस्थाहरूलाई जोडेको छ ।

राजनीतिक दलको घोषणापत्रमा आर्थिक दूरदर्शिताको अभाव

पाकिस्तानी कार्यवाहक प्रधानमन्त्री अन्वर उल हक काकरले आम चुनावका लागि राजनीतिक दलहरूले जारी गरेको घोषणापत्रमा असन्तुष्टि व्यक्त गर्नु भएको छ । सोमबार राजनीतिक पार्टीले आफ्ना घोषणापत्र मार्फत अर्थतन्त्रको लागि उच्च तथा दिगो योजना प्रस्तुत नगरेको उहाँले बताउनु भएको हो ।

प्रधानमन्त्री काकरले आम चुनावमा भइरहेको ढिलाइलाई औचित्य प्रमाणित गर्ने कुनै कारण नभएको आश्वासन दिनु भएको छ । उहाँले अन्तर्वार्तामा राजनीतिक दलका उम्मेद्वारहरूले प्रचार गरिरहेको तथा आम चुनावमा ढिलाइका बारेमा फैलिएका अफवाहहरू फेब्रुअरी ८ गते साँझ समाप्त हुने बताउनु भएको छ ।

प्रधानमन्त्री काकरले दलहरूले अर्थतन्त्र सुधारमा ध्यान केन्द्रित गर्नुपर्ने कुरामा जोड दिदै कुनै पनि राजनीतिक पार्टीले दीर्घकालीन आर्थिक समस्याहरू समाधान गर्न प्रभावकारी एजेन्डा नल्याएको उल्लेख गर्नुभयो । रोजगार, आश्रय, सुलभ बिजुली, खाद्य सुरक्षा लगाएतका विषयमा राजनीतिक दलहरूले आफ्नो अभियानमा गरेका दाबीहरू स्थिर अर्थतन्त्रमा आकस्मिक रहेको उहाँको धारणा छ ।

उहाँका अनुसार राजनीतिक दलहरूले राजस्व उत्पादन र करको क्षेत्र विस्तार गर्ने योजना बनाउनु आवश्यक रहेको छ ।स्क्यान्डिनेभियाली देशहरूमा ९१ प्रतिशत कर–जीडीपी अनुपातको उदाहरण दिदै पाकिस्तानी करको जीडिपीमा अनुदान अनुपात ९ प्रतिशत मात्र रहेको काकरको दाबी छ ।

निर्वाचन अघि वा पछि भएको धाँधलीका बारेमा उहाँले संसद्ले विगतबाट पाठ सिकी निर्वाचन सम्बन्धी कानूनमा भएका त्रुटिहरूलाई सम्बोधन गर्नुपर्ने बताउनु भएको छ ।उहाँले पर्यवेक्षकहरूले अनुगमन गर्ने,स्थानीय र अन्तरराष्ट्रिय सञ्चार माध्यमले गतिविधिको बारेमा रिपोर्ट गर्ने, मापदण्ड अनुसार चुनाव स्वतन्त्र र निष्पक्ष हुने आश्वासन दिलाउनु भयो ।

मतदानको समय फेब्रुअरी ८ गते ९ बजेदेखि साँझ ५ बजे सम्म हुनेछ । सबैले मतदान गरी आफ्नो संवैधानिक अधिकार प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह छ । यसै बीच पाकिस्तानले सङ्घीय मन्त्रीहरू तथा सरकारी अधिकारीहरूलाई चुनाव नभएसम्म विदेश यात्रा गर्न प्रतिबन्ध लगाएको छ ।

बाँदर नियन्त्रणका लागि रूख काट्ने अभियानको विरोध

गण्डकी, १६ माघ : बाँदर नियन्त्रणका लागि ‘मेरो रूख म काट्छु’ अभियान चलाउनेबारे पोखरा महानगरपालिका–१९ ले गरेको निर्णयको विरोध भएको छ । वडा कार्यालयले सोमबार सार्वजनिक सूचनामार्फत १० दिनभित्र घर वरपरका रूख कटान गरी बाँदर नियन्त्रण अभियानमा सहयोग पु¥याउन वडाबासीलाई सूचित गरेको थियो ।

वडाको उक्त निर्णय सार्वजनिक भएपछि वातावरणकर्मीलगायतले विरोध जनाएका हुन् । महानगरपालिकाका प्रमुख धनराज आचार्यले १९ नं वडाको रूख कटान गर्ने अभियानप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

स्थानीय सरकार सञ्चालन ऐनबमोजिम महानगरपालिकाबाट रूख कटानको कुनै निर्णय नभएको भन्दै सो कार्य नगर्न÷नगराउन सेचत गराइएको उहाँले बताउनुभयो । महानगरप्रमुख आचार्यले वडाले जारी गरेको उक्त सूचनाको भ्रममा नपर्नसमेत वडाबासीलाई अनुरोध गर्नुभएको छ ।

वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बाँदरबाट अति प्रभावित क्षेत्र लामाचौर र पुरुन्चौरमा बाँदर नियन्त्रणका लागि घर वरपरका रूख काट्न वडाबासीलाई सूचित गर्नुभएको थियो । वडाको उक्त सूचनाप्रति सामाजिक सञ्जालमा पनि टीकाटिप्पणी भइरहेको छ

बैतडीमा जिप दुर्घटना हुँदा १५ वर्षीया मनिषाको घटनास्थलमै मृत्यु, सात जना घाइते

बैतडी, १६ माघ : बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य सात जना घाइते भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–८ कालागाउँकी १५ वर्षीया मनिषा विष्टको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता निरीक्षक नन्दराज जोशीले जानकारी दिनुभयो ।

दोगडाकेदारको सिल्लेगडाबाट कालागोरा गाउँ जाँदै गरेको सुपप्र ०१००२ ज १५३७ नम्बरको जिप आज दिउँसो वडा नं २ को कटौजपानीमा दुर्घटना भएको हो

। दुर्घटनामा दोगडाकेदार– ८ कै चालकसमेत रहेका ३० वर्षीय भुपेन्द्र विष्ट, सोही ठाउँका ६५ वर्षीय गणेश विष्ट, ५० वर्षीया वीरे लुहार, २६ वर्षीया घुमरा विष्ट, ५० वर्षीया कृष्णा विष्ट, ७० वर्षीया हरिमाया विष्ट र १७ वर्षीय महेश विष्ट रहेका छन् । घाइतेमध्ये जिप चालक भूपेन्द्रको अवस्था गम्भीर रहेको प्रवक्ता जोशीले बताउनुभयो । घाइतेको उद्घार गरी उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ । जिपमा चालकसहित आठ जना सवार थिए ।

पशुपतिको जग्गामा बनेको अवैधानिक संरचना हटाउन पर्यटनमन्त्री किरातीको निर्देशन

काठमाडौँ, १६ माघ : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैधानिक संरचना हटाउन निर्देशन दिनुभएको छ ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको पशुपति क्षेत्र विकास कोषको बोर्ड बैठकमा मन्त्री किरातीले कोषको जग्गामा गैरकानुनी रूपमा सञ्चालन भएका व्यावसायिक संरचना तत्काल हटाउन निर्देशन दिनुभएको हो ।

यसैबीच, बोर्डले तत्काल कानुनी प्रक्रिया पु¥याएर अवैधानिक संरचना तथा व्यक्तिले हडपेर बनाएका घर खाली गराउने निर्णय गरेको छ । कोषको काठमाडौँ महानगरपालिका–८ गाँचा पोखरीस्थित जग्गा तथा वडा नं ३ भगवानस्थानमा बनाइएका घर र अन्य संरचना हटाउने निर्णय गरेको हो । सिफलस्थित लामपोखरीको जग्गामा रहेका संरचना हटाउन कानुनी प्रक्रिया पूरा भएको छ ।

प्रधानमन्त्री कप क्रिकेट : अन्तिम खेलमा कोशी विजयी

काठमाडौँ, १६ माघ : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले पहिलो जित हासिल गरेको छ । कोशीले लुम्बिनी प्रदेशलाई १६ रनले हराउँदै आफ्नो अपराजित यात्रा टुङ्ग्याएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कोशीले अन्तिम खेलमा लुम्बिनीलाई पराजित गर्दै दुई अङ्कका साथ प्रतियोगिताको अन्त्य गरेको छ । कोशीले टस हारेपछि पहिला ब्याटिङ गर्दै ४४ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ७२ रन बनायो । एक सय ७३ रनको विजयी लक्ष्य पच्छाएको लुम्बिनीको पारी ४६ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर एक सय ५६ रनमा समेटियो ।

लुम्बिनीका लागि दिलसाद अलीले सर्वाधिक ३२ रनको योगदान दिए । त्यस्तै विराट भण्डारीले २८, समराट भुसालले २६ तथा कृष्ण कार्कीले २२ रन बनाए । यस्तै कप्तान सुशान्त थापा र निर्मल गुरुङले समान ११÷११ रन जोडे ।

बलिङतर्फ कोशीका सुजन घिमिरेले तीन तथा अभ्यास तिमिल्सिना, कमल खत्री र समीर कार्कीले दुई दुई विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने क्रममा कोशीका लागि कप्तान अङ्कित सुवेदीले सर्वाधिक ४९ रनको योगदान दिए । त्यस्तै सौजन घिमिरेले ४३, मिनास थापाले २५ तथा सोनु अन्सारीले १७ रन बनाए । बलिङतर्फ लुम्बिनीका नर सार्कीले चार विकेट लिए । यस्तै वीर मगरले तीन तथा अभिशेक गौतमले दुई र कृष्ण कार्कीले एक विकेट लिए ।

विमान दुर्घटनामा निधन भएका पत्रकारद्वयको ‘स्मृति दर्पण’

कास्की, १६ माघ : गत वर्ष माघ १ गते पोखरामा भएको यति एयरलाइन्स विमान दुर्घटनामा निधन हुनुभएका पोखराका पत्रकारद्वय त्रिभुवन पौडेल र अनिल शाहीको सम्झनामा ‘स्मृति दर्पण’ प्रकाशन गरिएको छ । प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले प्रकाशन गरेको स्मृति ग्रन्थ पुस्तकको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमोचन गर्नुभएको हो । प्रेस सेन्टरको वीरगञ्जमा सम्पन्न २०औँ स्थापना दिवस समारोहका अवसरमा सोमबार स्मृति दर्पण विमोचन गरिएको हो ।

पुस्तकमा स्व पत्रकारद्वयको जीवनी, विभिन्न पत्रकार तथा पत्रकार सम्बद्ध सङ्घसंस्थाका अध्यक्ष तथा सञ्चारकर्मीले उहाँहरूसँगको सहकार्यलाई किताबमा उल्लेख गर्नुभएको छ । स्मारिकामा गण्डकी प्रदेश क्षेत्रमा विभिन्न समयमा ज्यान गुमाउनुभएका पत्रकारहरूको पनि सङ्क्षिप्त परिचय समेटिएको छ ।

प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव एवं गण्डकीका इन्चार्ज दीपक श्रेष्ठले गुमाएकाको सम्झना र सम्मानमा स्मृति ग्रन्थ प्रकाशन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “गतिशीलतालाई बुझ्न सक्ने, समयसापेक्षतालाई गहिरो चिन्तनमनन गर्ने ‘डाइनामिक’ नेतृत्व स्व त्रिभुवन पौडेलले नेपाली पत्रकारितामा पु¥याउनुभएको योगदानलाई अभिलेखीकरण गर्ने र चिरस्थायी बनाउनका लागि पुस्तक प्रकाशन गरेका हौँ ।”

प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्षसमेत रहनुभएका स्व पत्रकार पौडेल नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । उहाँले गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्ष तथा कास्की शाखामा तीन कार्यकाल पदाधिकारीमा रहेर काम गर्नुभएको थियो । 

महासङ्घ प्रदेश समितिले पौडेलको स्मृतिमा रु १० लाखको अक्षयकोष स्थापनाको तयारी गरेको छ । कोषमा पत्रकार, विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट रकम जम्मा भइरहेको बताइन्छ । यसैगरी, प्रदेश समितिका अध्यक्षको कार्यकक्षलाई ‘त्रिभुवन स्मृति कक्ष’ नामकरण गरिएको छ । पौडेल अध्यक्ष रहेका समयमा प्रदेश समितिको भवन निर्माण गरिएको थियो ।   प्रेस सेन्टर नेपालले पनि स्व पत्रकार पौडेलका नाममा केन्द्रमा अक्षयकोष स्थापना गर्ने प्रेस सेन्टर गण्डकीका अध्यक्ष अर्जुन काफ्लेले बताउनुभयो ।