`

‘नेताका कमजोरीका कारण व्यवस्थामाथि प्रहार भयो’: उपमहासचिव पुन

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेताहरुका कमजोरीलाई देखाएर राज्य व्यवस्थामाथि प्रहार गर्ने प्रयास भइरहेकाले सचेत हुनुपर्ने बताउनुभएको छ ।

माओवादी केन्द्रको बागमती प्रदेश समितिको राजधानीमा आयोजित बैठकमा उपमहासचिव पुनले नेताका कमजोरी औँल्याएर व्यवस्था परिवर्तन सम्भव नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “नेताका कमजोरी पार्टीका कमजोरी हुन सक्दैनन, पार्टीको कमजोरी व्यवस्थाको कमजोरी हुन सक्दैन ।”

उपमहासचिव पुनले गणतन्त्र, सङ्घीयता, समानुपातिकता, समावेशी प्रतिनिधित्व र सामाजिक न्याय वर्तमान राज्य व्यवस्थाका खम्बा भएको र एउटा कमजोर हुँदा त्यसको प्रभाव स्वतः अर्कोमा पर्ने उल्लेख गर्नुभयो । व्यवस्था सञ्चालनका क्रममा विकृति र विसङ्गति देखिएको स्वीकार गर्दै उहाँले कमजोरी सुधारेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।

उपमहासचिव पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रष्टाचार, तस्करी, कालोबजारी, दलालीकरण तथा सामन्ती अवशेषका रुपमा रहेको मिटरब्याजी समस्या समाधान गरेका कारण त्यस्ता धन्दाबाट लाभ लिइरहेका व्यक्ति आतङ्कित भएको बताउनुभयो ।

जाजरकोट भूकम्पबाट पशुपछीमा दश करोडको क्षति

कर्णाली-कर्णाली प्रदेश सरकारले गत कात्तिक १७ गते जाजरकोट बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट रु दश करोडको पशुपछी क्षति भएको तथ्याङ्क प्रस्तुत गरेको छ ।

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्रको सहकार्यमा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘विपद्पश्चात् हरित पुनःस्थापना’ विषयक सरोकारवालासँगको छलफल कार्यक्रममा कृषि मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले उक्त तथ्याङ्क प्रस्तुत गर्नुभएको हो ।प्रवक्ता कठायतले प्रस्तुत गर्नुभएको तथ्याङ्कअनुसार भूकम्पबाट सबैभन्दा ठूलो क्षति पशु गोठमा पुगेको छ । जहाँ एक हजार पाँच सय ५३ गोठ भत्कदा किसानको रु पाँच करोड ५० लाख क्षति भएको छ । त्यस्तै, गाई बाख्रा, भैँसी, बङ्गुरलगायतका पाँच सय १३ पशु चौपायको मृत्युले रु दुई करोड ५० लाखको क्षति भएको प्रवक्ता कठायतले जनाउनुभयो ।त्यस्तै, जाजरकोटका एक सय ५२ घरका एक हजार ४८ घार नष्ट हुँदा रु एक करोड १९ लाख माहुरी र महमा क्षति भएको छ जनाइएको छ । त्यसैगरी, ८८ मेटिक टन खाद्य नष्ट हुँदा रु ३८ लाख क्षति भएको उहाँले बताउनुभयो । भूकम्पले १९ हजार दुई सय ६२ घर पूर्ण क्षति भएको जनाइएको छ । एक सय वर्गमिटरमा पाल टाँगेर बस्दा एक सय ८२ हेक्टर जमिनको गहुँतोरीमा क्षति पुगेको र त्यसबाट चार सय ८० मेट्रिक टन खाद्य उत्पादन कमी आएको तथ्याङ्कमा उल्लेख छ ।भारतबाट कमाएर ल्याउने जनशक्ति भूकम्पकै कारण रोकिएपछि आयआर्जनमा समेत घट्ने देखिएको छ । त्यस्तै, उत्पादन र उत्पादकत्व घट्ने, भूकम्पका कारण गोरुमा क्षति पुग्दा खेतबारी जोत्ने समस्या हुने र तत्काल पशुमा लगानी गर्ने किसानमा क्षमता नभएकाले उत्पादनमा ह्रास आउने बताइएको छ ।तथ्याङ्क प्रस्तुत गर्दै प्रवक्ता कठायतले प्रदेश सरकारसहित सम्बन्धित निकायले खेतीपातीको लागि गोरु वा यान्त्रीकरण, खाद्य तथा तरकारी उत्पादनका लागि बीउको व्यवस्था गर्नुपर्ने, दिगोरुपमा गोठ र खोरको स्थापना, अस्थायी घरमा त्रिपालको व्यवस्था र खेतीपातीलाई पुनरुत्थान गर्नुपर्ने कार्यक्रममा जोड दिन सुझाउनुभयो ।यो भूकम्पले ल्याएको विपद्मा पनि दूरदराजका प्रभावितको किसानलाई बाहिरबाट आएको सहयोगमा पहुँच नभएकाले प्रदेश सरकारले ‘एक पालिका, एक गोदामघर’ स्थापनाको अवधाराणा ल्याउनुपर्नेमामा जोड दिनुभयो । दिगो रुपमा कृषि तथा पशुजन्य कार्यक्रम कसरी गर्ने भन्नेमा सरकारले योजना बनाएर अगाडि बढ्ने लक्ष्य राखेको उहाँको भनाइ थियो ।भूकम्पप्रभावित जिल्लाका पालिकालाई साविकको अवस्थामा लैजान पशुपछी तथा खोर व्यवस्थापनमा करिब रु दश करोड, सडक, खानेपानी, सिँचाइलगायत एक सय ५० योजनाका लागि रु चार करोड ५० लाख र माहुरी उत्पादन कार्यक्रममा रु एक करोड बजेट प्रस्ताव गरिएको प्रवक्ता कठायतले बताउनुभयो ।उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य मीनबहादुर शाहीले ‘भन्या जन्ती जानु, सुन्या मलामी जानु’ अर्थात् सुख र दुःखमा सहयोग गर्ने हाम्रो मौलिक संस्कार छ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो आचारणमा हुर्केको समाजमा सुख दुःख दुवैमा हामी सँगसँगै हुन्छौँ भन्ने हो । जिल्ला नभई पालिका केन्द्रित विपद् प्रतिकार्य, खोज, उद्धार तथा राहतका गतिविधि र प्रदेश तथा स्थानीय तहले बजेट, कार्यक्रम तथा योजना बनाउनुपर्दछ ।”कर्णाली प्रदेश योजना आयोगका सदस्य ऋषिकेश खनालले आयोग दोस्रो आवधिक योजना निर्माणका प्रक्रियामा रहेको बताउँदै विपद् जोखिमको समयमा तत्काल प्रतिरोध, आउने वर्षका लागि कस्ता कार्यक्रम, विपद्लाई कसरी सम्बोधन गर्ने भन्नेमा ध्यान दिन आवश्यक रहेको जनाउनुभयो ।खाद्य तथा कृषि सङ्गठनका प्रतिनिधि ठाकुरप्रसाद चौहानले आफ्नो प्रस्तुति राख्दै किसानको दीर्घकालीन जीविकोपार्जन कसरी गर्न सकिन्छ भन्ने कार्यक्रम र बालीनाली उत्पादनमा सहयोग पुग्ने संरचना तयार गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा मन्त्रालयका सचिव नरहरिप्रसाद घिमिरेले आज प्राप्त सुझाव कार्यक्रममा समेट्नुका साथै प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा विपद्पश्चात् हरित पुनःस्थापना कार्यक्रममा जोड दिने बताउनुभयो ।उक्त अन्तक्र्रियात्मक कार्यक्रममा रुकुम पश्चिम आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसी, जाजरकोट नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावत, सुर्खेत चौकुने गाउँपालिकाका अध्यक्ष खड्ग विश्वकर्मा र सल्यान दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसी आआफ्नो पालिकाको विपद्पश्चात् देखिएका समस्या, समाधानमा भएका गतिविधि र हाल पुनःस्थापनाका निम्ति भइरहेका कामका बारेमा भनाइ राख्नुभएको थियो ।

विश्वविद्यालय स्थापना गर्ने बागमती प्रदेशको निर्णय

मकवानपुर, ३ पुस : बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

प्रदेशको शैक्षिक विकासका लागि प्रदेश सार्वजनिक विश्वविद्यालय स्थापना गर्नका लागि संरचना तयार गर्न अनुमति प्रदान गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले जानकारी दिनुभयो । विश्वविद्यालय स्थापना गर्नका लागि संरचना तयार गर्न अनुमति प्रदान गर्ने निर्णय गरिएको छ । 

मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवा नियमावली मस्यौदा परामर्शका लागि प्रदेश लोकसेवा आयोगमा पठाउन स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ । 

यस्तै बैठकले बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय तथा स्वास्थ्य मन्त्रालयको सङ्गठन संरचना र दरबन्दी स्वीकृति प्रदान गर्ने पनि निर्णय गरेको मन्त्री दुलालले बताउनुभयो । स्वास्थ्य मन्त्रालयतर्फको स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाको रिक्त दरबन्दी पदपूर्ति गर्न समेत प्रदेश लोकसेवा आयोगलाई अनुमति दिने निर्णय गरिएको छ ।

एमालेको समृद्धि सङ्कल्प यात्राका क्रममा पहिचानवादीले धम्की दिए :उपमहासचिव प्रदीप ज्ञवाली

भक्तपुर, ३ पुस : नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले लोकतन्त्रमा कोहीले पनि शान्तिपूर्णरूपमा माग राख्न पाउनुपर्ने बताउनुभएको छ । कसैलाई पनि निषेध गर्न खोज्न नहुने उहाँले उल्लेख गर्नुभयो ।

रफत सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको सञ्चार–संवाद कार्यक्रममा उपमहासचिव ज्ञवालीले पहिचानका नाममा अतिवाद लाद्ने कोसिस भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धि सङ्कल्प यात्राका क्रममा पहिचानवादीले विभिन्न धम्की दिए, यो लोकतन्त्र विरोधी कार्य हो ।”

जनता सङ्घीय लोकतान्त्रिक व्यवस्थाको पक्षमा रहेको एमालेको अभियानका क्रममा पाएको उपमहासचिव ज्ञवालीले बताउनुभयो । मुलुकको अर्थ व्यवस्था अत्यन्तै अप्ठ्यारो अवस्थामा पुगेकाले ऋण उठाएर कर्मचारीलाई तलब खुवाउनुपर्ने अवस्था आएको उल्लेख गर्दै उहाँले एनसेल करछलीको निष्पक्षरुपमा छानबिनको माग गर्नुभयो ।

बढीभन्दा बढी प्रतिफल ल्याउने गरी काम गरिरहेका छौँ : अर्थमन्त्री डा महत

कटारी (उदयपुर) ३ पुस : अर्थमन्त्री डा प्रकाशशरण महतले बढीभन्दा बढी प्रतिफल ल्याउने गरी काम गरिरहेको बताउनुभएको छ । अर्थतन्त्रलाई लयमा फर्काउन सुधारका प्रयास क्रमशः कार्यान्वयन भइरहेका उहाँले उल्लेख गर्नुभयो ।

उदयपुरको कटारी नगरपालिकामा आज स्थानीय जनप्रतिनिधिसँगको भेटघाटमा मन्त्री महतले विस्तारै समस्या न्यून हुँदै गएका बताउनुभयो । मौद्रिक नीतिमा समस्या भएको उल्लेख गर्दै उहाँले राष्ट बैंकसँग छलफल गरेपछि अहिले ब्याज घट्ने क्रममा रहेको बताउनुभयो । 

“नेपालमा केही भएकै छैन, भविष्य छैन । सबै खराब छ, अवसर नै छैन भन्ने नकारात्मक हल्ला पैmलाउने काम गरिएको छ”, मन्त्री महतले भन्नुभयो । गाउँमा पूर्वाधार विकासमा जोड दिएकाले सहज परिस्थिति निर्माण भइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सीमित स्रोतसाधनका बीच प्राथमिकताअनुसार साथ लगानी गरिरहेका छौँ ।” 

कोशी प्रदेशका प्रदेशसभा सदस्य रामकुमार खत्रीले सिरहाको मिर्चैयादेखि कटारी, घुर्मी सडकखण्ड जीर्ण भएको र वर्षौसम्म काम हुन नसकेकाले यसको निर्माणमा सरकारको ध्यान जानुपर्ने बताउनुभयो । “यो बाटो सरकारको नजरमा नपर्दा जनताले धेरै दुःख पाएका छन्”, उहाँले भन्नुभयो । कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले उक्त सडकका लागि पर्याप्त बजेट विनियोजन गरी यसको स्तरोन्नति गर्नुपर्ने माग राख्दै मन्त्री महतलाई ज्ञापनपत्र बुझाउनुभयो ।

दाङमा वार्षिक छ सय नौ टन माछा उत्पादन

घोराही (दाङ), ३ पुस : दाङमा वार्षिक छसय नौ टन माछा उत्पादन हुने गरेको छ । केही वर्ष अघिसम्म माछाको लागि पनि बाह्य जिल्लाको भर पर्नुपर्ने अवस्था थियो । अहिले आन्तरिक उत्पादनले बजार मागलाई धान्न थालेको छ । माछाका लागि अन्य जिल्लाको भर पर्नुपर्ने अवस्था नभएको भेटेरिनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र दाङका मत्स्य विकास अधिकृत प्रेम चौधरीले बताउनुभयो ।

पछिल्लो समय माछामा आत्मनिर्भर हुँदै गएको उहाँको भनाइ छ । जिल्लामा पाँचदेखि ७ प्रतिशत मात्रै माछा बाहिरबाट आउने गरेको उहाँले बताउनुभयो । जिल्लामा अहिले करिब एक सय ९५ हेक्टर क्षेत्रफलमा माछापालन हुने गरेको छ । यसमा व्यावसायिक रूपमा एक सय १५ हेक्टरमा माछापालन गर्ने गरिन्छ । अरु प्राकृतिक तथा कृत्तिम जलाशयमा माछापालन हुने गरेको छ । जिल्लामा करिब दुई सय ८५ जना माछापालन किसान रहेका छन् ।

विगतमा कार्प प्रजातिका माछा मात्रै पालन हुने गरेको जिल्लामा अहिले पङ्गास प्रजातिका माछापालन हुन थालेसँगै माछा उत्पादन बढेको हो । विगतमा कार्प प्रजातिका कमन, सिल्भर, रोहु, नैनीलगायतका माछापालन हुन्थ्यो ।

अहिले पङ्गास प्रजातिका वैखालगायत माछापालन हुन थालेसँगै माछाको उत्पादन पनि बढेको कार्यालयले जनाएको छ । जिल्लामा वार्षिक रूपमा उत्पादन हुने माछाको बजार भने बाह्रैमहिना धान्ने अवस्थामा अझै पुग्न सकेको छैन् । खासगरी, चैत, वैशाख, जेठमा बाहिरबाट माछा आउने गर्छ । बाँकी समय भने यहीँको उत्पादनले बजारको माग धान्ने गरेको छ ।

व्यावसायिक रूपमा माछापालन गर्ने किसानको आकर्षण बढ्दै गएको र राज्यले माछापालनका लागि किसानलाई पनि सहुलियत प्रदान गर्ने नीति बनाएकाले यसतर्फ किसानको रुचि बढ्दै गएको उहाँको भनाइ छ । राज्यले किसानलाई माछापालनका लागि प्रोत्साहन गर्नका लागि पनि विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । यसले पनि किसनाको आकर्षण बढेको छ ।

यद्यपि, माछा खाने उपभोक्ताको अवस्थामा सुधार आउन सकिरहेको छैन् । स्वास्थ्यका दृष्टिकोणले पनि माछा लाभदायक भए पनि काँडाको डरले माछा खानेको सङ्ख्या अपेक्षागत रूपमा बढ्न सकेको छैन् । माछा उत्पादनको सिजनमा माछाको खपत हुन नसक्दा जिल्ला बाहिर पनि निर्यात हुने गरेको चौधरीले बताउनुभयो ।

अहिले पनि जिल्लामा माछाको खपत हुन नसकेको अवस्थामा रुकुम, रोल्पा, सुर्खेतसम्म किसानले माछा बिक्रीका लागि पठाउने गरेका छन् । माछाको बजार राम्रो रहेकाले किसानले माछामा घाटा व्यहोर्नुपर्ने अवस्था नरहेको भेटेरिनरी अस्पताल तथा पशुुसेवा विज्ञ केन्द्र दाङले जनाएको छ ।माछामा आत्मनिर्भर बन्दै गए पनि माछाको भुराका लागि भने परनिर्भर हुने अवस्था कायमै रहेको छ । जिल्लामा माछाको भुरा उत्पादन भए पनि आत्मनिर्भर हुन सकेको छैन ।

इजराइली आक्रमणपछि गाजा अस्पताल बन्द– निर्देशक

गाजापट्टीमा अन्तिम बचेका अस्पतालमध्येको एकले इजराइली सेनाको आक्रमणपछि मङ्गलबार काम गर्न बन्द गरेको सो अस्पतालका निर्देशकले बताएका छन् । निर्देशक फादेल नइमका अनुसार इजराइली सैनिकहरूले अल–अहली अस्पतालमा आक्रमण गरेका थिए । आक्रमणमा भवनका केही भागलाई नष्ट पार्दै सैनिकहरूले चिकित्सक, मेडिकल स्टाफ र बिरामीहरूलाई गिरफ्तार गरेको उहाँले बताउनुभयो ।

“इजराइली आक्रमणबाट अस्पताललाई कामबिहीन बनाएको छ, हामी कुनै पनि बिरामी वा घाइतेलाई लिन सक्तैनौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार सोमबार इजराइली आक्रमणमा घाइते भएका कम्तीमा चार जनाको अल–अहली अस्पतालमा भएको हमलामा मङ्गलबार मृत्यु भएको छ । “हाम्रो जानकारी अनुसार वरपरका सडकहरूमा दर्जनौँ घाइते छन्”, उहाँले भन्नुभयो । 

ब्याप्टिस्ट वा अहली अरब अस्पतालको नामले चिनिने अल–अहलीको कार पार्कमा अक्टोबर १७ मा विस्फोट हुनुभन्दा अघि नै व्यापक क्षति भएको थियो । उक्त विस्फोटमा दर्जनौँको ज्यान गएको थियो । लडाकू समूह हमास र इस्लामिक जिहादले उक्त विस्फोटका लागि इजराइलमाथि आरोप लगाएका छन् तर इजराइलले उक्त आरोपको खण्डन गर्दै इस्लामिक जिहादले एउटा असफल रकेट आक्रमण गर्दा विस्फोट भएको बताएको छ । 

अक्टोबर ७ मा इजराइल र हमासबीच युद्ध सुरु भएपछि गाजापट्टीमा इजराइली आक्रमणबाट अन्तर्राष्ट्रिय मानवीय कानूनअन्तर्गत संरक्षित अस्पतालहरू बारम्बार प्रभावित भएका छन् । इजराइली सैनिकहरूले यसअघि गाजामा अन्य चिकित्सा सुविधाहरूमा छापा मारेका थिए । यसमा गाजाको सबैभन्दा ठूलो अस्पताल अल–शिफा पनि रहेको छ । अहिले उक्त अस्पतालले अत्यन्त सानो टिमका साथ न्यूनतम क्षमतामा काम गरिरहेको छ । 

आइतबार विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अल–अहली अस्पताललाई शल्यक्रियाका लागि अल–शिफा अस्पतालबाट ‘गम्भीर बिरामीहरू’ प्राप्त भइरहेको बताएको थियो । डब्लुएचओले इजराइली बमबारीबाट ध्वस्त उत्तरी गाजाको अल–शिफा अस्पतालको आपत्कालीन विभागमा ‘रगतको खोलो’ बगेको र यसको ‘पुनरुत्थानको खाँचो’ रहेको बताएको छ । 

गाजामा नागरिकको बढ्दो मृत्यु र अस्पतालहरूको विनाशलाई लिएर इजराइलले व्यापक अन्तर्राष्ट्रिय दबाबको सामना गरिरहेको छ । पछिल्लो आधिकारिक इजराइली तथ्याङ्कमा आधारित एएफपीको तथ्याङ्कअनुसार साँघुरो क्षेत्रमा हमास लडाकूहरूले सीमा पार गरी भयानक आक्रमण गर्दा इजराइलमा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ३९ जनाको मृत्यु भएको थियो । हमलाका क्रममा हमासका लडाकूहरूले करिब दुई सय ५० मानिसलाई अपहरण गरी गाजापट्टी लगेका थिए । 

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार इजराइलको जवाफी आक्रमणमा प्यालेस्टिनी क्षेत्रमा अधिकांश महिला तथा बालबालिकासहित कम्तीमा १९ हजार छ सय ६७ जनाको ज्यान गएको छ । 

‘जनप्रतिनिधिले जनता केन्द्रित भएर काम गर्नुपर्छ’ : नारायणमान विजुक्छें

भक्तपुर, ३ पुस : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें (रोहित)ले जनता केन्द्रित भएर आफ्नो जिम्मेवारी पूरा गर्नु जनप्रतिनिधिको कर्तव्य भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिनुभएको छ ।

भक्तपुर नगरपालिकाको ७५ औँ स्थापना दिवसको अवसरमा नगरपालिकाले आज आयोजना गरेको प्रवचनमा उहाँले जनप्रतिनिधि र कर्मचारी आफ्नो काम, कर्तव्य र अधिकारबारे प्रष्ट हुँदै जनताको काममा केन्द्रित भएर लाग्नुपर्ने बताउनुभयो ।

विजुक्छेंले भन्नुभयो, “प्रदेश सरकार प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा जनतामा निरासा छाएको छ, प्रदेशका मुख्यमन्त्री जनताको समस्या सम्बोधन गर्नुभन्दा पनि ठूलाठूला भवन निर्माणमा बजेट र आफ्नो समय खर्चिरहेका छन् ।” शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायत नयाँनयाँ विषयमा भक्तपुरलाई ‘टेष्ट ट्युब’ को रुपमा विकास गर्नसके देशलाई नै फाइदा पुग्ने बताउँदै उहाँले भक्तपुरलाई सांस्कृतिक नगर बनाउने विषयमा छलफल आवश्यक भएको औँल्याउनुभयो ।

नेपालमा सङ्घीयताको सफल कार्यान्वयन नभए स्वायत्तताको दुरुपयोग हुन सक्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिँदै अध्यक्ष विजुक्छेंले समयमै राजनीतिक दलहरूले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिकाको इतिहासबारे चर्चा गर्दै संविधान र कानुनले दिएको अधिकार प्रयोग गरी भक्तपुर नपाले आवश्यकताअनुसार ऐन, नियम, विनियम र कार्यविधि बनाई जनताको हितमा काम गर्दै आइरहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र, पर्यटकीय गन्तव्य स्थल र सांस्कृतिक नगर घोषणा गर्ने योजनासहित भक्तपुर नगर अघि बढिरहेको बताउनुभयो ।

भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, नेपाल नगरपालिका कर्मचारी एसोसिएसनका अध्यक्ष गौतमप्रसाद लासिवा, ख्वप माध्यमिक विद्यालयका प्राचार्य प्रकाशकुमार श्रेष्ठ र ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर मजेशप्रताप मल्ललगायतले न

सूचना प्रविधि क्षेत्रमा सामान्य सुधारले पुग्दैन : मन्त्री शर्मा

काठमाडौँ, ३ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि क्षेत्रमा सामान्य सुधारले नपुुग्ने भएकाले यसको आमूल परिवर्तनका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताउनुुभएको छ । प्रविधि पत्रकार मञ्चसँगको अन्तरक्रियामा आज उहाँले प्रविधि सुहाउँदो हुनेगरी कानुनी एवं भौतिक संरचना परिवर्तन गर्न आफूहरू निरन्तर लागि रहेकाले क्रमशः नतिजा पनि आउन थालेको बताउनुुभयो ।

सूचना प्रविधिको क्षेत्रमा अल्पकालीन सुधारभन्दा पनि नीतिगत, कानुनी र संरचनागत सुधारकै लागि गृहकार्य गरिरहेको मन्त्री शर्माले जानकारी दिनुभयो । “एकातिर सूचना प्रविधि आज हरेक मानिसको जीवनशैली बन्दैछ भने अर्कोतिर नेपालमै बसेर नेपालीले संसारसँग प्रतिस्पर्धा गर्ने एकमात्र आधार सूचना प्रविधि बन्दैछ”, उहाँले, “हामीले स्थापना गरेका अन्य उद्योगधन्दा सूचना प्रविधि क्षेत्रमा गरिएको उत्पादनले सीमाविहीन रुपमा संसारभित्र प्रतिस्पर्धा गर्न सकिने अवस्था बन्दै छ, यो अवसरलाई आत्मसात नीतिगत र संरचनागत रुपमै परिवर्तन आवश्यक देखिएको छ ।”

नेपालमा पहिलोपटक गत साउन २३ गते राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरिएको उल्लेख गर्दै मन्त्री शर्माले यसका आधारमा अहिले कानुनको मस्यौदा भइरहेको जानकारी दिनुुभयो । डिजिटल नेपाल फ्रेमवर्क बनेको चार वर्षसम्म पनि कार्यान्वयनमा गति नदेखिएको भन्दै त्यसको एउटा अङ्ग डिजिटल नेपाल एक्सलेरेसन (डिएनए) प्रोजेक्टको पुनसंरचना अन्तिम चरणमा पुर्‍याइएको उहाँले जानकारी दिनुुभयो । 

डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि सञ्चार मन्त्रालयले डिजिटल पूर्वाधार निर्माण गर्न सक्ने भए पनि बाँकी शिक्षा, स्वास्थ्य, पर्यटक, कृषि, वित्त, शहरी विकासलगायत क्षेत्रसँग पनि जोडिएकाले सबै पक्षसँग आवश्यक समन्वय आवश्यक रहेको मन्त्री शर्माको भनाइ छ । सरकारले सूचना प्रविधिलाई राष्ट्रिय प्राथमिकता र आधारभूत आवश्यकताको रुपमा ग्रहण गरे पनि सबै सरकारी निकायको बुुझाइमा एकरुपता नहुँदा समस्या हुने गरकाले सबै सरकारी निकायको ध्यानाकर्षण गराइएको पनि उहाँले जानकारी दिनुभयो । 

सरकारले यही वर्ष जारी गरेको फ्रिक्वेन्सी नीति र सम्पत्ति व्यवस्थापन नियमावलीले दूरसञ्चारको क्षेत्रमा ‘डिपार्चर’ नै गरेको उल्लेख गर्दै उहाँले राष्ट्रिय हितलाई ध्यानमा राखेर काम गर्दा डराउनुपर्ने अवस्था नरहेको स्पष्ट गर्नुभयो । “मन्त्री होस् वा कर्मचारी दिमागमा राष्ट्रहित राखेर काम गर्दा डराउनुपर्दैन”, उहाँले भन्नुुभयो, “सञ्चार तथा सूचना प्रविधिको क्षेत्र थप संवेदनशील भएकाले पनि धेरै गर्न नै नसकिएला तर राष्ट्रलाई क्षति हुनेगरी कुनै काम हुनुहुन्न भन्नेमा हामी स्पष्ट छौँ, नीति र विधिमै रहेर पनि सूचना प्रविधिको क्षेत्रमा केही गर्न सकिन्छ भन्ने भन्ने आत्मविश्वास छ, यसमा सबै क्षेत्रको सहयोग आवश्यक छ ।”

वायुसेवा निगमको आम्दानी तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि

काठमाडौँ, ३ पुस : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आव २०७७/७८ मा रु नौ अर्ब १० करोड ९७ लाख ३१ हजार आठ सय ४५ रहेको थियो । आव २०७८/७९ मा रु १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार तीन सय ३३ रहेको निगमको आम्दानी आव २०७९/८० को प्रारम्भिक कूल आम्दानी रु २२ अर्ब २४ करोड १९ लाख ७८ हजार देखिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभयो । निगमले गत तीन वर्षको आम्दानीमा एक सय १४ प्रतिशतले वृद्धि गरेको पनि जनाएको छ ।

विगत आठ वर्षदेखि निगमसँग अन्तर्राष्ट्रियतर्फ चार र आन्तरिकतर्फ दुई जहाज उडानमा रहेका छन् । निगमसँग उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको निगमले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै हालको बजार मागअनुरुप प्रतिस्पर्धी बजारमा आम्दानी बढाउनका लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकाले आवश्यक कार्ययोजनाका साथ अघि बढ्ने पनि निगमले उल्लेख गरेको छ ।

क्षमता अभिवृद्धिमा आवधिक योजनाको जोड : परराष्ट्रमन्त्री साउद

काठमाडौँ, ३ पुस : परराष्ट्रमन्त्री एनपी साउदले शिक्षा र स्वास्थ्यमा उल्लेख्य लगानी गरी मानव क्षमता अभिवृद्धि गर्न निरन्तर जोड दिएको बताउनुभएको छ ।नेपालले आफ्नो विकास योजना र कार्यक्रममा मानव विकासको अवधारणालाई समावेश गरेको भन्दै उहाँले आवधिक विकास योजनाले शिक्षा र स्वास्थ्यमा उल्लेख्य लगानी गरी मानव क्षमता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री साउदले भन्नुभयो, “मानव विकास सूचकाङ्क अल्पविकसित देशबाट स्तनोत्तरी हुने तीन मापदण्डमध्ये एक हो र यो हामीले वर्षौँअघि पूरा गरेको पहिलो मापदण्ड थियो ।” संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी)ले आज काठमाडौँमा आयोजना गरेको क्षेत्रीय मानव विकास प्रतिवेदन–२०२४ सार्वजनिक समारोहलाई सम्बोधन गर्दै उहाँले दिगो विकासको लक्ष्यबारे त्यस्तो तर्क गर्नुभएको हो ।बाह्य र आन्तरिक दुवै कारणले दिगो विकासका लक्ष्य प्राप्तिमा स्थिरता कायम गर्न नसकिएको मन्त्री साउदले बताउनुभयो । युएनडीपीको प्रतिवेदनले जलवायु परिवर्तनबाट उत्पन्न हुने खतरालाई पनि उजागर गरेको उहाँले उल्लेख गर्नुभयो । हिमालय क्षेत्रका मुलुकले भोगिरहेका गम्भीर समस्याका बारेमा उचित ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले हालै सम्पन्न कोप–२८ मा पनि उक्त विषय मुख्य सन्देश रहेको पनि बताउनुभयो ।सरकार युवालाई गुणस्तरीय शिक्षा, सीप अभिवृद्धि र उद्यमशीलताका लागि अनुकूल वातावरणको अवसर प्रदान गर्न प्रयासरत रहेको बताउँदै परराष्ट्रमन्त्री साउदले उक्त अभियानमा युएनडीपी जस्ता महत्त्वपूर्ण साझेदारबाट निरन्तर सहयोग प्राप्त हरने विश्वास व्यक्त गर्नुभयो ।“नेपालको जनसङ्ख्यामा युवाको बाहुल्यता रहेको छ र काम गर्ने उमेरको यो जनसङ्ख्या हाम्रो सम्पत्ति हो”, उहाँले भन्नुभयो, “हामी हाम्रा युवालाई गुणस्तरीय शिक्षा, सीप अभिवृद्धि र उद्यमशीलताको लागि अनुकूल वातावरणको अवसर प्रदान गर्न प्रयासरत छौँ ।”

चीनको उत्तरपश्चिमी भूकम्पमा परी कम्तीमा १२७ को मृत्यु

मङ्गलबार उत्तरपश्चिमी चीनको दुर्गम गाउँहरूमा उद्धारकर्मीहरूले चिसो अवस्थामा भत्किएका घरका भग्नावेशषबाट मङ्गलबार भूकम्पमा परी मृत्यु भएका एक सय २७ जनाको शव निकालेका छन् ।मङ्गलबार दिउँसोसम्म गान्सु प्रान्तमा मध्यरातभन्दा ठिकअघि गएको भूकम्पबाट कम्तीमा एक सय १३ जनाको मृत्यु र पाँच सय ३० जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएका छन् । सरकारी समाचारपत्र पिपुल्स डेलीका अनुसार छिमेकी किङ्घाई प्रान्तको ह्याडोङमा थप १४ जनाको मृत्यु र एक सय ९८ जना घाइते भएका छन् ।

सरकारी प्रसारक सिसिटिभीका अनुसार भूकम्पबाट एक लाख ५५ हजारभन्दा घेरै भवन क्षतिग्रस्त भएका छन् र बासिन्दाहरू सुरक्षाका लागि चिसो सडकमा भागेका थिए । भूकम्पको केन्द्र नजिकै एक गाउँमा इँटाले बनेको एउटा घरको बाहिर र भित्री पर्खाल तथा अर्को भवनको छत पूरै ढलेको देखेको एएफपीका संवाददाताहरूले बताएका छन् ।“म ७० वर्षको भएँ र मैले मेरो जीवनमा यति शक्तिशाली भूकम्पको अनुभव कहिले गरेको छैन”, उक्त घरका बासिन्दा मा वेनचाङले भन्नुभयो, “म अब यो घरमा बस्न सक्तिन किनकी यो धेरै खतरनाक छ, मेरा आफन्तहरूलाई अन्यत्र कतै सारिएको छ ।”अर्को स्थानमा एउटा मस्जिदको छानो भत्किएको छ र अर्को भवन भग्नावशेषमा परिणत भएको छ । सडकहरू आपत्कालीन सवारीले भरिएका थिए र एएफपीको टोलीले ‘भूकम्प राहत आपूर्ति’ लेखिएको रातो ब्यानरले ढाएिको ट्रकहरूलाई देखेका थिए ।साँझ भएपछि स्वयंसेवकहरूले उद्धारकर्मीहरूका लागि आधार बनाउन सहरको चोकमा टेन्ट लगाउन प्रयास गरेका छन् । छेउमा दुई दर्जन सैन्य ट्रक राखिएका थिए । “हाम्रा लागि अत्यावश्यक चिजहरू चाँडो तयार गर्नुछ किनकी आज राति तापक्रम माइनस १७ डिग्री सेल्सियससम्म पुग्नेछ ।”–––

पार्टीलाई एकताबद्ध बनाउन सके बहुमत आउँछः सभापति देउवा

गण्डकी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदर्श र सिद्धान्तलाई स्थापित गर्दै पार्टीलाई थप सुदृढ गरी अघि बढ्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलनको पोखरामा उद्घटन गर्दै सभापति देउवाले पार्टीलाई एकताबद्ध बनाउँदै लैजान सके बहुमत र त्यो नभए सबैभन्दा ठूलो पार्टी बनाउने गरी काम गर्नुपर्नेमा जोड दिए ।

नेपाल आदिवासी, जनजाति, दलितलगायतको साझा देश भएको उल्लेख गर्दै सभापति देउवाले सबैलाई एकसाथ समेटेर लैजानुपर्ने बताए । “कुनै पनि पार्टीको बहुमत छैन, त्यसैले कुनै न कुनैसँग मिलेर सरकार बनाउनुपर्ने बाध्यता छ, आवश्यकता पनि यही हो”, उनले भने ।


कांग्रेसको आदर्श र सिद्धान्तमा अन्य पार्टी पनि आएका र त्यसमानेमा पार्टीको जित भएको उनको भनाइ थियो । सभापति देउवाले भने, “बहुदलीय प्रजातन्त्र हाम्रो सिद्धान्त र आदर्श हो, यसमा समावेशी र समानुपातिक पनि राखिएको छ ।”

नेपाली कांग्रेसका उपसभापति एवं कानुनमन्त्री धनराज गुरुङले आम कार्यकर्ताको भावनालाई आत्मसात् गर्दै पार्टी सङ्गठनलाई अघि बढाउनुपर्नेमा जोड दिए ।

पार्टीका महामन्त्री गगनकुमार थापाले कांग्रेसका लागि काम गर्न धेरै अवसर रहेको उल्लेख गर्दै जनताको निरासा हटाउने गरी काम गर्न जरुरी भएको बताए । विधानमा उल्लेखित विषयको पालना गर्दै विधि र पद्धतिअनुसार पार्टी सङ्गठनलाई अघि बढाउने कुरामा सबै लाग्नुपर्ने उनको भनाइ थियो ।

पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले धेरै सङ्कट पार गरेर आएकाले विद्यमान समस्याको सहजै समाधान गर्नसक्ने जिकिर गरे । हरेक समय चुनावको चिन्ता गर्ने नभई देशको चिन्ता गरी अघि बढ्नुपर्नेमा उनले जोड दिए।

कांग्रेस नेता डा. शेखर कोइरालाले गुटका कारण कांग्रेस कमजोर बन्न नहुने भन्दै पार्टीलाई एक ढिक्का बनाएर लैजानका लागि सबैको सकारात्मक सोच र क्रियाशीलता आवश्यक हुने बताए ।

पार्टीका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस सहमहामन्त्री जीवन परियार, पूर्वमहामन्त्री शशाङ्क कोइराला, गण्डकी प्रदेशका मुख्यमन्त्री एवं पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र शङ्कर भण्डारी, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललगायतले आ–आफ्नो धारणा राखेका थिए ।

‘व्यवस्थित र पारदर्शी तरिकाले काम गर्ने प्रयास गरिरहेका छौँ’ – प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ, ३ पुस : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयले व्यवस्थित र पारदर्शी तरिकाले काम गर्ने प्रयास गरिरहेको बताउनुभएको छ । न्याय परिषद्को ३३औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले संवैधानिक र कानुनी जिम्मेवारी पूरा गर्ने उद्देश्यले नै परिषद् स्थापना गरिएको उल्लेख गर्नुभयो ।

“न्याय परिषद् न्यायाधीश नियुक्ति, बर्खास्ती, सरुवा र बढुवा, न्याय प्रशासन सञ्चालन गर्ने उद्देश्यले परिकल्पना गरिएको हो”, प्रधानन्यायाधीश श्रेष्ठले भन्नुभयो, “संवैधानिक र कानुनी जिम्मेवारी पूरा गर्ने काम भइरहेको छ ।” परिषद्को कामप्रति भरोसा गर्न आग्रह गर्दै उहाँले आएका उजुरीको निष्पक्ष छानबिन गर्ने काम भइरहेको बताउनुभयो ।

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडाले सुव्यवस्थित न्याय सम्पादन र जनशक्ति व्यवस्थापनका लागि परिषद्ले काम गर्दै आएको उल्लेख गर्दै नेपालको न्यायालयले जिम्मेवार तरिकाले काम गर्ने जिकिर गर्नुभयो । न्यायालयमा सुधारको गुन्जायस भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अन्य क्षेत्रमा भ्रष्टचार भएको होला, त्यसका छिटा यहाँ पनि परेका होलान, तर न्यायालय अनुशासनमा चलेको छ ।”

महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले न्यायाधीश नियुक्ति प्रक्रिया, नियुक्त भएका न्यायाधीशले न्यायिक सुधारका लागि गरेका काम र संस्कारको विषयमा समीक्षा गर्नुपर्नेमा जोड दिनुभयो । नियुक्ति र काम गरिररहेका न्यायाधीशले न्याय प्रणालीमा प्रभावकारी तरिकाले काम गर्न सकेको वा नसकेको विषयमा अध्ययन गर्नुपर्ने जरुरी भएको उहाँले उल्लेख गर्नुभयो ।

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरले नेपाली जनताको न्यायको पहुँच र परिषद्को क्रियाकलापले उपभोक्तालाई न्याय मिलेको वा नमिलेको विषयमा मूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो ।

“फौजदारी न्याय उदार हुन सकेन भन्ने छ, आर्थिक विषयसँग सम्बन्धित मुद्दामा थुनेर कारबाही गर्ने विषयले धेरै व्यापारी हतोत्सायी बन्ने गरेको प्रश्न उठको छ”, उहाँले भन्नुभयो, “एउटै प्रकृतिका मुद्दामा कोही धरौटीमा छुट्ने, कोही थुनामै बस्नेजस्ता गम्भीर विषय देखिएका छन् ।”

सो अवसरमा उच्च अदालत जनकपुरका न्यायाधीश किरणकुमार पोखरेल र जिल्ला अदालत काठमाडौँका न्यायाधीश डा राजेन्द्रकुमार आचार्यलाई प्रधानन्यायाधीश श्रेष्ठले सम्मान गर्नुभयो । कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले ‘न्याय परिषद्’ बुलेटिनसमेत सार्वजनिक गर्नुभयो ।

परिणाममुखी काम गर्न मातहतका प्रमुखलाई मन्त्री रिजालको निर्देशन

काठमाडौँ, ३ पुस : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले कुनै पनि कुतर्क नगरी परिणाममुखी काम गर्न मन्त्रालय मातहतका प्रमुखलाई निर्देशन दिनुभएको छ ।

मन्त्री रिजालले आज मन्त्रालयमा सचिव, सहसचिव, महानिर्देशक तथा मातहतका विभिन्न सार्वजनिक निकायका प्रमुखमाझ खरोरूपमा प्रस्तुत हुँदै यस्तो निर्देशन दिनुभएको हो । आर्थिक वर्ष २०८०/८१ को मङ्सिर महिनासम्मको प्रगति समीक्षा गर्न आज मन्त्रालयमा बैठक बसेको थियो ।

देश विकास र जनताको काम गर्न कसैले पनि ‘तर, पनि, यदि’ जस्ता शब्द प्रयोग गरेर उम्कन नपाउने मन्त्री रिजालको भनाइ थियो । ‘कानुनविपरीत जाने हैन, सबैले परिणाम दिने गरी र परिवर्तन देखिने गरी काम गर्नुहोस्’, मन्त्री रिजालले भन्नुभयो, “आफ्ना कमीकमजोरीलाई ढाकछोप नगरी इमान्दारीका साथ काम गर्नुहोस्, कुनै पनि तर्क दिएर कसैले पनि काम टाल्न नखोज्नुहोस् ।’

देशको परिस्थिति, जनअपेक्षा र सरकारको अभिभारा बुझ्न मन्त्री रिजालले सबैलाई आग्रहसमेत गर्नुभयो । यो समयमा अपेक्षित काम हुन नसकेको भन्दै मन्त्री रिजालले भन्नुभयो, “तपाईंहरुको कामबाट म खुसी छैन, इमान्दारीका साथ परिणाममुखी काम नगर्ने हो भने नैतिकताको आधारमा बाहिरिने वातावरण बनाउनुहोस् ।” ‘विश्वासका साथ सबैलाई जिम्मेवारी दिइएको छ, त्यो जिम्मेवारी पूरा गर्नुस् ।”

ऐन कानुनले ढिलासुस्ती भएको छ भने त्यो पनि भन्न आग्रह गर्दै मन्त्री रिजालले त्यस्ता ढिलासुस्ती निरुपण गर्नेतर्फ आफ्नो ध्यान जाने र अब ढिलासुस्ती स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।

मन्त्रालयमा आर्थिक वर्ष २०८०/८१ को मङ्सिरसम्मको खर्चमा चालुतर्फ ३१ दशमलव शून्य दुई प्रतिशत अर्थात् एक अर्ब ५० करोड ३२ लाख, पुँजीगततर्फ ३ दशमलव शून्य छ प्रतिशत अर्थात् रु १० करोड १० लाख गरी कूल १९ दशमलव ७ एक प्रतिशत अर्थात् रु एक अर्ब ६० करोड ४२ लाख खर्च भएको छ ।

वैदेशिक रोजगारीमा पठाउने बाहनामा ४६ लाखभन्दा बढी रकम ठगी

म्याग्दी, ३ पुस : वैदेशिक रोजगारीमा पठाउने बाहनामा रु ४६ लाखभन्दा बढी रकम ठगी गरेका म्याग्दीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

म्याग्दी जिल्ला अदालतबाट छ दिन कैद र रु ४६ लाख सत्र हजार एक सय जरिवाना तोकिएका मङ्गला गाउँपालिका–४ (साविक बरङ्जा गाविस)–८ का ४३ वर्षीय गङ्गाबहादुर रोकालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

विदेश नपठाएको र सङ्कलन गरेको रकम फिर्ता नगरेपछि नौ जना पीडितले रोकाको विरुद्ध बैंकिङ कसुरमा मुद्दा दायर गरेका थिए । रोकाले एक जनाबाट रु दुई लाखदेखि रु दश लाखसम्म ठगी गरेका थिए ।

प्रहरी निरीक्षक अशोककुमार झाका अनुसार सोमबार बरङ्जाबाट पक्राउ परेका रोकालाई मङ्गलबारनिज उपर लागेको दण्ड जरिवाना असुलउपरका लागि म्याग्दी जिल्ला अदालतमा पेश गरिएको छ ।

“विदेश पठाउने भनेर पैसा उठाएका रोकाले विदेश नपठाएपछि पीडितलाई चेक दिएका रहेछन्”, प्रहरी निरीक्षक झाले भन्नुभयो, “पीडितलाई दिएको चेक नसाटिएपछि बंैकिङ कसुरमा म्याग्दी जिल्ला अदालतमा दायर गरेको मुद्दामा दोषी ठहर भएका हुन् ।” बैंकिङ कसुरमा म्याग्दीमा पक्राउ परेकामध्ये रोका धेरै रकम ठगी गर्नेमा पर्ने जनाइएको छ ।

‘एकै व्यक्तिलाई पटक–पटक समावेशीताको अवसर दिन हुन्न’

काठमाडौँ, ३ पुस : एउटै व्यक्तिलाई पटक–पटक समावेशीताको आरक्षणमा अवसर दिन नहुनेमा जोड दिइएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सङ्घीय समितिद्वारा आज आयोजित अन्तक्र्रियाका वक्ताहरूले आरक्षणमा अवसर दिनुपर्ने बताएका हुन् ।

राष्ट्रिय समावेशी आयोगका सदस्य हरिदत्त जोशीले धेरै पटक समावेशीताको प्रयोग गर्दा अवसर पाउनुपर्ने व्यक्ति वञ्चित हुनुपरेको बताउनुभयो । उहाँले लोकसेवा आयोगका विज्ञापन, शिक्षक सेवा आयोग, निर्वाचनमा समानुपातिक प्रतिनिधित्वजस्ता क्षेत्रमा एउटै व्यक्ति समावेशीताको अवसरको दुरुपयोग गरेको बताउनुभयो ।

राष्ट्रिय मुस्लिम आयोगका सदस्य मिर्जाअरशद बेगले मुस्लिम महिलालाई आयोगको सदस्यमा नियुक्ति गर्नुपर्ने बताउनुभयो । दलित आयोगका सदस्य मेहेल पार्कीले आरक्षण हटाउनु भनेको पिछडिएका वर्गलाई झन् पछिपर्ने खेल भइरहेको बताउनुभयो ।

टिप्पणीकर्ता सालिक सुवेदीले समावेशीतामा खस आर्यले आरक्षणको दुरुपयोग गरेको बताउनुभयो । प्रतिनिधिसभामा खस आर्य समुदायले आरक्षणको दुरुपयोग गरेको बताउनुभयो । अर्का टिप्पणीकर्ता जेबी विश्वकर्माले समावेशी आयोगमा तरमारा मध्यम वर्गले अरक्षण लिएर निम्न वर्गको स्थान ओगटेको आरोप लगाउनुभयो ।

कैलाश राईले कार्यपत्र प्रस्तुत गर्दै अब आउने निर्वाचनमा समतामूलक सामाजिक न्यायको प्रत्याभूतिको यात्रामा एक साझा र आधारभूत राजनीतिक औजाररुपमा बहस हुन जरुरी रहेको बताउनुभयो ।

भारतका अधिकांश विपक्षी सांसदलाई संसद्मा रोक

विपक्षी दलका आधाभन्दा बढी सांसदलाई गत साता धुवाँको डिब्बा छाडिएको घटनाको विरोधमा बहसको माग गरेको भन्दै भारतको संसद्को जारी अधिवेशनमा रोक लगाइएको छ ।
निलम्बित एक सय ४१ सांसद आगामी वर्षको सुरुमा हुन गइरहेको आम निर्वाचनमा लड्न गठित भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (आइएनडिआइए–इन्डिया) भनिने २६ दलको विपक्षी समूहका हुन् । डिसेम्बर १३ मा एक व्यक्तिले माथिल्लो दर्शकदीर्घाबाट संसद्को तल्लो सदनको भुइँमा फाल हानेर पहेँलो धुवाँ छाडेपछि सांसदहरूलाई आश्चर्यचकित बनाएका थिए ।

सो घटनाको भोलिपल्ट सुरक्षा उल्लङ्घनको विरोधमा १४ सांसदलाई चेम्बरबाट रोक लगाइएको थियो र सोमबार ७८ विपक्षी सांसदलाई बाँकी सत्रबाट निलम्बन गरिएको थियो । संसद् अधिवेशन शुक्रबार समाप्त हुँदैछ । शक्तिशाली गृहमन्त्री अमित शाहको राजीनामा माग गर्दै संसद्भित्र नारा लगाएपछि मङ्गलबार थप ४९ सांसदलाई प्रतिबन्ध लगाइएको छ ।

निलम्बित सांसद तथा विपक्षी कांग्रेस पार्टीका नेता जयराम रमेशले सामाजिक सञ्जाल एक्समा भन्नुभएको छ, “अर्थपूर्ण बहसबिना खतरनाक विधेयकहरू पारित गर्न सकियोस् भनेर विपक्षीहरूलाई सम्पूर्णरूपमा समाप्त गरिँदैछ ।”

संसद्मा हमला भएको २२औँ वार्षिक दिवसका दिन धुवाँ विरोध भएको थियो । बाइस वर्षअघि पुरानो संसद् भवनमा पाँच बन्दुकधारीले कम्तीमा आठ सुरक्षाकर्मी र एक मालीको गोली हानी हत्या गरेका थिए ।

प्रधानमन्त्री नरेन्द्र मोदीले दैनिक जागरण अखबारलाई दिनुभएको दुर्लभ अन्तरवार्तामा घटनालाई ‘अत्यन्त गम्भीर’ भन्दै विस्तृत जाँचको आदेश दिनुभयो तर यसबारेमा बहस गर्नुपर्ने कुनै आवश्यकता नभएको बताउनुभयो । अत्यन्त लोकप्रिय प्रधानमन्त्री मोदीले आगामी वर्षको मेमा हुन गइरहेको राष्ट्रिय निर्वाचनमा तेस्रो पटकको कार्यकालका लागि उम्मेदवारी दिन खोज्नुभएको छ ।

प्रहरीले विरोध प्रदर्शनमा कारवाही गरेको, सत्ताारूढ दलले व्यापारिक सहयोगीहरूबाट यथेष्ट पैसा प्राप्त गरेको र प्रेस स्वतन्त्रतामा कटौती गरेको आधारमा मोदी नेतृत्वको भारत राजनीतिक अधिकार र नागरिक स्वतन्त्रताको मामिलामा फ्रिडम हाउसको वरियतामा तल झरेको छ ।

शैक्षिक क्षेत्रको विकास सरकारको एक्लो प्रयासले मात्र सम्भव नभएकाले सबैको योगदानको खाँचो : उपसभामुख राना

दमक (झापा), ३ पुस : प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले शैक्षिक विकासमा सबै क्षेत्रको योगदान आवश्यक भएको बताउनुभएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाले आज दमकमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा उहाँले शैक्षिक क्षेत्रको विकास सरकारको एक्लो प्रयासले मात्र सम्भव नभएकाले सबैको योगदानको खाँचो रहेको बताउनुभयो ।

सरकारले शैक्षिक विकासमा ठूलो लगानी गर्दैआएको उल्लेख गर्दै उपसभामुख मगरले भन्नुभयो, “सरकारबाट जति प्रयास भएको छ, त्यसले गुणात्मक प्रतिफल दिन सकेको छैन । यसमा सबै पक्ष गम्भीर हुनुपर्छ ।” देशको शैक्षिक क्षेत्रमा निजी क्षेत्रको योगदान उल्लेखीय रहेको उहाँको भनाइ थियो ।

उपसभामुख मगरले नेपालको शिक्षा जीवनपयोगी हुन नसकेकै कारण धेरै युवा विदेश पढ्न जाने गरेका र यो चिन्ताको विषय भएको उल्लेख गर्नुभयो । सो अवसरमा उहाँले प्याब्सनमा महत्वपूर्ण योगदान पु¥याएबापत शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ्ग थ्रोपा र प्याब्सन झापाका पूर्वउपाध्यक्ष चन्द्रप्रकाश राईलाई सम्मान गर्नुभयो ।

सर्वोच्चद्धारा एनसेलको शेयर खरिदबिक्रीबारे १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

काठमाडौँ, ३ पुस : सर्वोच्च अदालतले एनसेलको शेयर खरिदबिक्रीविरुद्ध परेको रिट निवेदनमा सरकारसँग कारण देखाउ आदेश गरेको छ ।न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले आज अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएर सरकारसँग कारणसहित १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको हो ।

“दुवै पक्षलाई राखी छलफल गराउन उपयुक्त भएको देखिँदा सो प्रयोजनार्थ मिति २०८०/०९/१६ को पेसी तोकी पेस गर्नु”, आदेशमा भनिएको छ, “साथै, प्रस्तुत रिट निवेदनसँग सम्बन्धित सम्बद्ध निर्णय तथा पत्रहरू विपक्षी एनसेल आजियाटा लिमिटेड र नेपाल दूरसञ्चार प्राधिकरण, जमलको हकमा आफैँ वा आफ्नो कानुन व्यवसायीमार्फत र अन्य विपक्षीको हकमा महान्यायाधिवक्ताको कार्यालयमार्फत अन्तरिम आदेश जारी गर्ने वा नगर्नेसम्बन्धी छलफलको सुनुवाइको क्रममा इजलाससमक्ष अवलोकनार्थ पेस गर्नुहोला ।”

आदेशमा बाटाको म्यादबाहेक अन्तरिम आदेश जारी गर्न नपर्ने आधार र कारणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ महान्यायाधिवक्तामार्फत पेश गर्न भनिएको छ ।

एनसेलको शेयर खरिदबिक्री प्रकरणविरुद्ध प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, आन्तरिक राजस्व विभाग र एनसेललाई विपक्षी बनाएर रिट निवेदन सर्वोच्च अदालतमा दायर गर्नुभएको थियो ।

सात वर्षअघि रु एक खर्ब ४४ अर्बमा एनसेलको ८० प्रतिशत शेयर खरिद गरेको मलेसियाको आजियाटा कम्पनीले हालै नेपाली संस्थापक रहेको बेलायती कम्पनी स्पेक्ट्रेलाइट युकेलाई जम्मा रु छ अर्ब ५० करोडमा बिक्री गरेको गरेपछि विवाद भएको हो ।

रिट निवेदनमा कानुनी प्रक्रियालाई मिचेर मुलुकलाई हानी पुग्ने गरी अपारदर्शी ढङ्गले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलको शेयर खरिदबिक्री भएको उल्लेख गरिएको थियो । यसअघि, उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरी शेयर खरिदबिक्री प्रक्रिया रोक्नका लागि आदेश गरेको थियो । उक्त आदशेसँगै एनसेलले शेयर बिक्री गर्न नपाउने भएको छ ।

वीर अस्पतालको निर्देशकबाट डा पौडेललाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौँ, ३ पुस : सर्वोच्च अदालतले डा सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।

न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज डा पौडेललाई निर्देशक पदबाट हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।

सो मन्त्रालयले गत मङ्सिर १४ गते डा पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध डा पौडेलले सर्वोच्च अदालतमा रिट निवदेन दायर गर्नुभएको थियो ।

एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ खन्ने कार्य अन्तिम चरणमा

तनहुँ, ३ पुस ः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निर्माण कार्य भइरहेको छ । आयोजनाको मुख्य सुरुङ खन्ने कार्य अन्तिम चरणमा पुगेको छ। अब दुई सय दस मिटर सुरुङ खन्न बाँकी रहेको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिनुभयो ।

आयोजनाको मुख्य सुरुङतर्फ कूल एक हजार चार सय ५६ मिटर खन्नुपर्नेमा हालसम्म एक हजार दुई सय ४६ मिटर खन्ने कार्य सम्पन्न भएको छ । सुरुङ खन्ने र ड्याम निर्माणका लागि दायाँबायाँ जग खन्ने कार्यलाई तीव्रता दिइएको उहाँले बताउनुभयो । दसैँ, तिहारलगायत चाडपर्वको समयमा पनि आयोजनाको निर्माण कार्यलाई निरन्तरता दिइएकाले समग्रमा भौतिक प्रगति ४८ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।

आयोजनाको हालसम्म ४२ प्रतिशत आर्थिक प्रगति भएको छ । प्रत्येक महिनामा एक प्रतिशत कार्य प्रगति हुने गरेको आयोजना प्रमुख शिल्पकारले जानकारी दिनुभयो । तीनवटा प्याकेजमा गरी दैनिक एक हजार पाँच सयको हाराहारीमा जनशक्ति परिचालन गरी आयोजनाको निर्माण कार्यलाई निरन्तरता दिइएको हो ।

ट्रान्समिटरको कार्य पुनः सुरु 

तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–३ अन्तर्गत ट्रान्समिटरको कार्य रोकिएको करिब छ महिनापछि पुन ः सुरु गरिएको छ । वनको नीतिगत समस्याका कारण रोकिएको निर्माण कार्य पुनः सञ्चालन भएको तनहुँ जलविद्युत् आयोजनाले जनाएको छ । प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण गरिनेछ । उक्त कार्यका लागि केइसी इन्टरनेसनल लिमिटेड, भारतसँग विसं २०७५ पुस १० गते भएको खरिद सम्झौता गरी विसं २०७५ फागुन १० बाट कार्यान्वयनमा आएको थियो । उक्त आयोजनामा पर्ने ३४ दशमलव सात किमी प्रसारण लाइनमा ९४ वटा टावरमध्ये ७० टावरको जग हालिएको छभने ३४ टावर खडा गरिसकिएको छ ।

कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । सो रकममध्ये एशियाली विकास बैंकले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको आयोजनाले जनाएको छ ।

‘समृद्धिका लागि सङ्कल्प यात्रा’ को उत्साह बोकेर एमालेका नेताहरु काठमाडौँ फर्कन थाले

काठमाडौँ, ३ पुस : करिब ५० लाख जनतालाई प्रत्यक्ष यातायात सुविधा पु¥याउने लक्ष्यका साथ रेखाङ्कन भएको मध्यपहाडी (पुष्पलाल) राजमार्गमा ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ को उत्साह बोकेर नेकपा (एमाले) का नेताहरु काठमाडौँ फर्कन थालेका छन् ।

‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’को मर्म एवं भावनाअनुरूप उक्त अभियानका क्रममा जनसभा, जनभेला तथा भेटघाटहरू, कलेज तथा विद्यालयका विद्यार्थीहरूसँग छलफल, किसानहरूसँग अन्तक्र्रिया, कृषि वैज्ञानिकहरूसँग संवाद, विकास कार्यहरूको अवलोकन र नमूना काम गरिरहेका उद्यमीहरूसँग भेटघाट, ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलहरूको अवलोकन, जनताका अनुभूति, गुनासा र सुझावहरूको सङ्कलन गरिएको छ । नेपाली समाजलाई एकताको डोरीमा बाँधेर देशमा समृद्धि कायम गर्ने प्रयासमा यो एक उदाहरणीय राजनीतिक अभियान सावित भएको छ ।

महाभारत श्रृङ्खलाभन्दा माथि मध्यपहाडका २६ जिल्ला तथा दुई सय १५ बस्तीहरूलाई जोड्ने गरी बनाइएको सो राजमार्गबाट हुने सुविधाका कारण उक्त क्षेत्रको आर्थिक–सामाजिक विकासमा प्रगति हुनाका साथै सो क्षेत्रबाट हुने बसाईँसराईँ निरूत्साहित भई भौगोलिक तथा वातावरणीय सन्तुलन कायम हुने अपेक्षा गरिएको छ । यस राजमार्गको रेखाङ्नभित्र पर्ने विभिन्न जिल्लामा नेपाल सरकारका १० वटा आधुनिक शहरहरू विकास गर्ने लक्ष्यसमेत रहेको हुँदा सो क्षेत्रमा आर्थिक गतिविधिमा वृद्धि भई रोजगारीका थप अवसरहरू सिर्जना हुने र सर्वसाधरण जनताको जीवनस्तरमा उल्लेख्य सुधार आउने अपेक्षा नेपाल सरकारले गरेको छ ।

यस राजमार्ग आसपास रहेका विभिन्न पर्यटकीय स्थलहरू समेत यातायात पूर्वाधारको अभावमा यथेष्ट प्रचार प्रसार एवं विकास हुन नसकेको परिप्रेक्षमा राजमार्गको निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटकको आवागमनमा वृद्धि भई अर्थतन्त्र थप चलायमान हुनेछ । राजमार्ग निर्माण सम्पन्न भएपछि विद्यमान आर्थिक सामाजिक सूचकमा उल्लेख्य रूपमा परिवर्तन हुने सङ्केत देखिएको हुँदा यो राजमार्ग एउटा रूपान्तकारी योजना हुनसक्ने अपेक्षाका साथ नेपाल सरकारले आब २०६९÷७० देखि यो आयोजनालाई ‘राष्ट्रिय गौरवको आयोजना’ घोषणा गरी उच्च प्राथमिकतामा राखेको छ ।

मध्यपहाडी क्षेत्रमा विकास र समृद्धिको आधारशीला तय गर्न मध्यपहाडी (पुष्पलाल) लोकमार्गकेन्द्रित एमालेको सङ्कल्प यात्रा नागरिक र कार्यकर्ताको उत्साहजनक सहभागिताको कारण यात्रा ठीक समयमा गरिएको ठीक निर्णय प्रमाणित भएको विश्लेषण एमालेको शीर्ष नेतृत्वले गरेको छ । एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गत मङ्सिर १४ गते राष्ट्रिय झन्डा झन्डोत्तोलन गरी बैतडीको झुलाघाटबाट सुरू भएको यात्रा यही पुस १ गते पाँचथरको चिओभञ्ज्याङ्गमा पुगेर समापन भएको थियो ।

देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा छ : मन्त्री डा महत

मनहरी (मकवानपुर), ३ पुस : अर्थमन्त्री एंव नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताउनुभएको छ । हेटौँडामा नेपाली कांग्रेस मकवानपुरको प्रथम जिल्ला सम्मेलनमा उहाँले ब्याजदर घट्दो क्रममा रहेकाले निर्धक्कपूर्वक लगानी गर्न आग्रह गर्नुभयो ।

मन्त्री महतले अहिले धेरै आर्थिक सहजता हुनका साथै राष्ट्र बैंकले ब्याजदर घटाएको, शेयर मार्केट र जग्गाको कारोबारसमेत बढेको, पर्यटक आगमन बढ्नुका साथै विप्रेषणमा वृद्धि भइरहेको बताउनुभयो । कर नतिर्नेलाई करको दायरामा ल्याउने निर्णयसँगै बैंक र बीमा कम्पनीले तिर्न थालिसकेको उहाँको भनाइ थियो ।

सरकारले लिने कर्जालाई अब उत्पादन र परिणाममुखी क्षेत्रमा लगानी गर्ने मन्त्री महतले बताउनुभयो । जलविद्युत्, प्रविधिमैत्री कृषि, पर्यटन र सडक निर्माणमा लगानीमा जोड दिने उहाँले उल्लेख गर्नुभयो । “देशको अर्थतन्त्र सुधार हुँदैछ, मौद्रित नीति ल्याएर सहज वातावरण सिर्जना गरेका छौँ”, मन्त्री महतले भन्नुभयो– “सहज अवस्थामा धेरै ऋण प्रवाह भयो ।

तर जुन बेला कोभिड–१९ ले आर्थिक गतिविधि गर्न नसक्ने अवस्था थियो, ऋण जति शेयर मार्केट र जग्गामा लगानी गर्ने काम भयो, त्यसको प्रभावले अहिले समस्या उत्पन्न भएको हो ।” मन्त्री डा महतले दत्तचित्त भएर एकताका साथ पार्टीमा लाग्न कांग्रेस कार्यकर्तालाई आग्रह गर्नुभयो । आगामी निर्वाचनमा पार्टीले उठाएका उम्मेदवारलाई जिताउन सबै लागे कांग्रेसले बहुमत ल्याउने उल्लेख गर्दै उहाँले एकताभाव, सद्भाव र एकीकृत भएर लाग्नुपर्ने जोड दिनुभयो ।

सहकार्य र सहमतिका बीच सत्ता गठबन्धन गरेको उहाँको भनाइ थियो । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य मदनबहादुर अमात्य, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, नेता गुरुराज घिमिरे, पार्टीका चितवन सभापति राजेश्वर खनाल, ललितपुर सभापति जीतेन्द्र श्रेष्ठ, मकवानपुर सभापति बुद्ध लामालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

मूल्य निर्धारणको माग राख्दै सर्लाहीका उखु किसान आन्दोलित


सर्लाही, ३ पुस : चालु यामका लागि उखुको मूल्य निर्धारण र गतवर्ष बिक्री गरेको उखुको अनुदान बापतको रकम भुक्तानीको माग राख्दै सर्लाहीका उखु किसान आन्दोलित भएका छन् । गतवर्ष उखु बिक्री गरेबापत राज्यले दिनुपर्ने प्रति क्विन्टल रु ७० मध्ये हालसम्म प्रति क्विन्टल रु २१ मात्रै भुक्तानी भएको र बाँकी प्रति क्विन्टल रु ४९ अनुदान बापतको रकम एथाशीघ्र भुक्तानी गर्नुपर्ने उनीहरुको माग छ ।

साथै चालु यामको लागि उखुको मूल्यप्रति क्विन्टल रु सात सय ५० कायम गराउनुपर्ने उनीहरुको भनाइ रहेको छ । मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष राजकुमार उप्रेतीले उखुका हरिया लाथ्रा प्रदर्शन गरेर गत शनिबारदेखि आन्दोलनका कार्यक्रम जारी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार चालु यामका लागि उखुको मूल्य रु सात सय ५० तत्काल तोक्नुपर्ने र गत वर्षको अनुदान बापतको प्रति क्विन्टल रु ७० मध्ये हालसम्म पनि भुक्तानी हुनबाँकी रहेको प्रति क्विन्टल रु ४९ का दरले रु ५२ करोड रकम तत्काल भुक्तानी गर्नुपर्ने लगायतका माग किसानको छ ।

नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनी मैनालीले चालु यामको उखुको प्रति क्विन्टल मूल्य निर्धारण नभएको र अनुदान बापतको राज्यले दिनुपर्ने बाँकी रकम भुक्तानी नभएको गुनासो गर्नुभयो । उहाँले यस्तो अवस्थामा जिल्लाका उखु उत्पादक किसानले चिनी उद्योग सञ्चालन नगर्नसमेत आग्रह गरेका बताउनुभयो । उहाँका अनुसार उखुको लागत र चिनीको बिक्री मूल्य अनुसार उखुको मूल्य प्रति क्विन्टल रु सात सय ५० हुनुपर्ने, गतवर्ष उखु बिक्री गरेको अनुदान बापतको बाँकी रु ५२ करोड राज्यले तत्काल भुक्तानी गर्नुपर्ने र कृषि मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, उद्योगपति र उखु उत्पादक किसानबीच वार्ता गर्नुपर्ने उनीहरुको भनाइ छ ।

पुरुष फुटबल : ललितपुर सिटी एफसीलाई पराजित गर्दै इलाम विजयी

काठमाडौँ, ३ पुस : नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा स्पोर्टिङ इलामले ललितपुर सिटी एफसीलाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा स्पोर्टिङ इलामले ललिपुर सिटी एफसीलाई १–० ले गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

इलामका लागि खेलको ५९औँ मिनेटमा फोडे कमराले गरेको एक गोल नै निर्णायक गोल सावित भयो । प्रतियोगितामा ललितपुरको यो पहिलो हार हो । यस हारसँगै ललितपुरले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । सात खेल खेलेको ललितपुर १० अङ्कसहित तेस्रो स्थानमा छ । यस जितसँगै इलाम आठ खेलबाट ८ अङ्कसहित पाँचौँ स्थानमा उक्लिएको छ ।

सूचना प्रविधि सम्मेलन गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौँ ३ पुस : काठमाडौँ महानगरपालिकाले आगामी चैतमा ‘सूचना प्रविधि सम्मेलन’ आयोजना गर्ने भएको छ । महानगरवासीलाई सरल, सहज र सूचना प्रविधिमा आधारित सेवा प्रदान गर्नका लागि सम्मेलन आयोजना गर्न लागिएको कामपाको प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

कामपा सूचना प्रविधि समिति संयोजनसमेत रहनुभएका मानन्धरका अनुसार सम्मेलनमा आविष्कार, नवीनतम् सोच र प्रविधिलाई सम्मेलनमार्फत कसरी जोड्न सकिन्छ, युवा, साझेदार र अन्तर्राष्ट्रिय समुदायलाई कसरी सहभागी गराउन सकिन्छ भन्ने विषय मुख्यरुपमा रहनेछन् ।

“जिम्मेवार, पारदर्शी, उत्तरदायी, सरकार बन्न कामपाले प्राप्त गरेका उपलब्धिलाई संस्थागत र सिकाइलाई प्रवद्र्धन गर्न, नयाँ आविष्कारलाई ग्रहण गर्न कामपाले नीति, योजना र कार्यक्रम बनाउनु पर्नेछ”, प्रवक्ता मानन्धरले भन्नुभयो, “सम्मेलनले दिएको निचोड र सिफारिसहरु, काठमाडौँका जनता र नागरिकलाई प्रविधिमा आधारित गुणस्तरीय सेवा दिन, सेवाग्राहीलाई डिजिटल आचरण विकास गर्न आवश्यक पर्ने नीति निर्माणको आधार हुनेछ ।” नागरिकले अपेक्षा गरेको सेवाका लागि सरकारको प्रतिबद्धता देखाउन सम्मेलनले भूमिका खेल्ने महानगरको विश्वास छ ।

नीतिमा, शासनमा, सेवामा, समुदायमा डिजिटल समावेशीकरण प्रवद्र्धन गर्दै यसको पहुँच सामाजिक क्षेत्र, निजी व्यवसाय, उद्योग, उद्यमशीलता र वाणिज्य क्षेत्रमा समेत पुग्ने र साझेदारी विकास हुनेछ । सम्मेलनबाट यसका रणनीति तथा कार्यक्रम निर्माण हुनेछन् । यी विषयलाई सम्मेलन आयोजनाको उद्देश्यका रुपमा राखिएको छ ।

शासन सञ्चालन गर्न तथा सेवा प्रदान गर्न सरकारले प्रयोग गरेका प्रविधि, सेवाग्राहीमा यसको पहुँच र प्रयोग, साझेदार सरकार तथा कार्यालयबीचको अन्तरसम्बन्ध, प्रविधि प्रयोग तथा विस्तार सम्मेलनका प्रस्तुतीकरण तथा छलफलका विषय रहने बताइएको छ । प्रविधिले प्रदान गरेका परिवर्तित अवसरमा वर्तमान सम्भावनाजस्ता विषयमा विशेषज्ञ र साझेदारहरूबीच समूहगत छलफल तथा अन्तरक्रियात्मक कार्यशाला सम्मेलनका कार्यक्रममा समेटिने बताइएको छ

। प्रविधिहरूको व्यावहारिक प्रयोग, पेसाकर्मी, उद्यमी, युवा तथा सरकारी संयन्त्रका बीच क्षेत्रगत सञ्जाल निर्माण (नेटवर्किङ) को अवसर सिर्जना गरिनेछ । सम्मेलनबाट कामपाले सरकार र प्रविधि प्रदायकहरू बीचको साझेदारी नजिक हुनाका साथै एकीकृत र कार्यान्वयनयोग्य दस्तावेज प्राप्त हुने विश्वास लिएको जनाएको छ ।

शिक्षणबाट अवकाशपछि सुन्तलाखेतीमा बागलुङका खड्का, बर्सेनि पाँच लाख कमाई

गलकोट (बागलुङ), ३ पुस : धेरै जागिरेहरू अवकाशपछि आराम गर्नुहुन्छ तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेसामा बिताउँदासमेत थाक्नु भएन । एकहत्तर वर्षको उमेरमा उत्तिकै जोश जाँगरका साथ उहाँ सुन्तलाखेतीमा रमाउँदै आउनुभएको छ ।

शिक्षक पेसाबाट अवकाश हुनुभएका बागलुङ नगरपालिका–८ सिगानाका किसान अनन्तबहादुर खड्काले अवकाशपछिको समय सुन्तला खेतीमा लगाउनुभएको १० वर्ष भयो । उहाँ सुन्तलाखेतीबाटै वार्षिक रु पाँच लाख आम्दानी गर्न सफल हुनुभएको छ । शिक्षक, प्रधानाध्यापक हुँदै स्रोत व्यक्तिबाट अवकाशप्राप्त गर्नुभएका खड्काले मासिक रु ३५ हजार पेन्सन बुझ्दै आउनुभएको छ ।आफू अहिले किसानका रूपमा सक्रिय भएको भन्दै कृषिबाट सन्तुष्ट बनेको खड्काले बताउनुभयो । उहाँले आठ रोपनी जग्गामा लगाउनुभएको सुन्तला यसपटक चितवनका बजार पुगेको छन् । विगतका वर्षमा धादिङ र पोखराका बजारमा पुगेका सिगानाको सुन्तला चितवनमा पुगेको हो ।दुई सय सुन्तलाको बोटबाट सुन्तला उत्पादन गरिराख्नुभएका खड्काले अवकाशपछि आफूलाई सुन्तलाखेती समर्पित गराएको बताउनुभयो । “परम्परागत कृषि पेसा पुख्र्यौली थियो, मैले धान फल्ने खेतमा सुन्तला खेती गरेको हँ, शिक्षक, प्रधानध्यापक हुँदै स्रोत व्यक्ति बने, ३७ वर्ष लामो जागिरपछि सुन्तलाखेतीमा लागेँ, अहिले उत्पादन गरेको सुन्तला चितवनको व्यापारीलाई रु पाँच लाखमा एकमुष्ट बिक्री गरेँ, गत वर्ष सुन्तला बिक्रीबाट रु पाँच लाख कमाएको हो”, खड्काल भन्नुभयो ।चितवनका व्यापारीले सुन्तला बगैचाबाट नै एकमुष्ट किनेपछि सुन्तला टिप्ने स्थानीय महिलाले समेत रोजगारी पाएका छन् । आगमी वर्ष केही सुन्तलाको रुखले उत्पादन दिन थाल्ने भएपछि सुन्तलाको आम्दानीमा वृद्धि हुने खड्काको भनाइ छ । यस पटक चिवनका सुन्तला व्यापारी शिव सापकोटाले सिगानाको सुन्तला आयात गरिरहनुभएको छ ।सिगानाको सुन्तला स्वादिष्ट भएको थाहा पाएपछि सापकोटा सुन्तला खरिदका लागि सिगाना पुग्नुभएको हो । सुन्तला गाउँका रूपमा परिचित सिगानाका झण्डै एक सय किसानले सुन्तला फलाउँदै आएका छन् ।“चितवनको क्षेत्रपुरमा सिगानाको सुन्तला निर्यात भएको छ, हाम्रो सुन्तला लागिसकेपछि अन्य किसानको समेत सुन्तला चितवन लैजाने व्यापारीको भनाइ छ”, खड्काले भन्नुभयो, “परम्परागत खेतीभन्दा सुन्तलाखेतीबाट धेरै गुणा राम्रो कमाई गर्न सकिन्छ, सिगानामा मजस्ता धेरै किसान अहिले सुन्तला खेतीमा छन्, सिगानमा सरदर रु तीन करोडसम्मको सुन्तला उत्पादन हुने गर्दछ ।”पछिल्लो छ वर्षदेखि खड्काले सुन्तलाबाट लोभलाग्दौ आम्दानी गर्दै आउनुभएको छ । खड्कासहित सिगानामा टोपबहादुर खड्का, रामबहादुर खड्कालगायत अन्य किसानले पनि ठूलो परिमाणमा सुन्तला उत्पादन गर्दै आउनुभएको छ ।

किसान महासङ्घले मुख्यमन्त्री जम्कट्टेललाई बुझायो मागपत्र

चितवन, ३ पुसः नेपाल किसान महासङ्घले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष पाँचबुँदे माग प्रस्तुत गरेको छ । बागमती प्रदेश सरकारले दूधमा दिँदै आएको अनुदान कटौती गरिएकामा त्यसको विरोध गरेको छ । महासङ्घले कृषि ब्याज अनुदान कर्जा पाँच प्रतिशत अनुदान किसानलाई राष्ट्र बैंकबाट फिर्ता नगरिएकाले सोको निरन्तरता गरिनुपर्नेलगायत माग पेस गरेको छ ।

जिल्ला अध्यक्ष नीलकण्ठ रिजालले चितवनका दुग्ध उत्पादक किसानलाई दूधको रकम भुक्तानी अविलम्ब दिलाउनुपर्ने, कर छुट कार्यविधिमा उल्लिखित शब्दावली संशोधन गरी कृषिलाई परम्परागत खेती फलफूलगायत भन्ने रहेकामा पशुपालन, दूध तथा मासु उत्पादनलाई पनि समेटी कर छुट गरिनुपर्ने, बागमती प्रदेशअन्तर्गतका किसानले खपत गर्ने रासायनिक मलको तथ्याङ्क सङ्कलन गरी त्यसअनुसार अग्रिम मौज्दात गरी पर्याप्त मात्रामा समयमै उपलब्ध गराउनुपर्ने माग मन्त्रीसमक्ष राख्नुभएको हो ।

त्यस अवसरमा मुख्यमन्त्री जम्कट्टेलले किसानका माग सम्बोधन गर्न प्रदेश सरकार लागिरहेको बताउनुभयो । उहाँले किसानलाई सम्बोधन गर्न सरकारले सोहीअनुसारको बजेट विनियोजन गरेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “कृषि क्षेत्रको विकासले मात्र समृद्धि सम्भव हुने भएकाले सबै मिलेर यस क्षेत्रको समस्या समाधान गर्नतर्फ लाग्नुपर्छ ।”

एमाले सांसद बैरागी भन्छन् : सदनको एकवर्षे उपलब्धिबाट सन्तुष्ट हुन सकिएन

गण्डकी । नेकपा एमालेका नेता दामोदर पौडेल ‘बैरागी’ले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत सरकारले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबैको काम आफूले गर्न खोजेको आरोप लगाएका छन् ।

उनले भने, “कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको आ–आफ्नैखाले जिम्मेवारी रहन्छन् । ती निकायबीच शक्ति सन्तुलन हुनुपर्छ, चौथो अङ्गका रूपमा सञ्चार जगतलाई हेरिन्छ । तर सरकारले सबै क्षेत्रको काम मै गर्छु भनेझैँ गरी अघि बढेको देखिन्छ ।”

न्याय क्षेत्रमा हस्तक्षेप गर्ने र राष्ट्रपतिलाई विवादमा ल्याउने काम वर्तमान सरकारले गरेको आरोप लगाउँदै नेता बैरागीले सरकारका गतिविधि र सदनको एक वर्षको उपलब्धिबाट आफू सन्तुष्ट नभएको प्रतिक्रिया दिए ।

‘सांसदसँग रासस संवाद’मा उनले न्यायालयको फैसलाको भावनाविरुद्ध जघन्य अपराधमा संलग्न कैदीको रिहाइलगायत कतिपय विषय र घटनामा कार्यपालिकाले ‘ओभरटेक’ गरेको आफूलाई अनुभूति भएको प्रतिक्रिया दिए ।

कास्की क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने बैरागी नेपाली कम्युनिष्ट आन्दोलनमा विद्यार्थीकालदेखि नै सक्रिय र पार्टीको तल्लो तहबाटै राजनीतिमा सक्रिय भएका हुन् । विसं २०२३ मा कास्की सल्ल्यान गाउँमा जन्मिएका उनी २०३९ मा नेकपा (माले)मार्फत कम्युनिष्ट पार्टीमा आबद्ध भएका हुन् । उनी २०४५ देखि २०५५ सम्म नेपाल टेड युनियन महासङ्घमा संलग्न भए । विसं २०५५ देखि २०७६ सम्म नेकपा (एमाले)मा पूर्णकालीन सदस्य बैरागीले विसं २०७० देखि कास्की जिल्ला कमिटी सचिवको जिम्मेवारी सम्हालेका हुन् ।

प्रतिनिधिसभा सदस्यको जिम्मेवारी बैरागीका लागि नयाँ अनुभव हो । संसद्को एकवर्षे कार्यकालयमा सामान्य एक–दुईवटा मात्र विधेयक पारित भएको जनाउँदै उनले नयाँ विधेयक नआएको र संशोधनका लागि आएका विधेयक पनि पारित नभएका बताए ।

विधेयक ल्याउनुपूर्व सरकारले सरोकारवालासँग पर्याप्त छलफल गर्न आवश्यक रहेको बताउँदै सांसद बैरागीले सरोकारवालासँग आवश्यक छलफल र बहस गरी ल्याएको विधेयकलाई समृद्ध तुल्याउन सकेमात्र गुणस्तरीय कानुन निर्माण हुने विश्वास व्यक्त गरे ।

“पुरानो कानुन संशोधन गर्न सकिन्छ कि अथवा नयाँ कानुन नै जरुरी हो भन्नेबारेमा पनि पर्याप्त छलफल हुनुपर्ने देखिन्छ, तर यसरी बहस र विचारविमर्श गरेको भने देखिँदैन”, उनले भने । सङ्घीय संसद्मा सचिवालयमा दर्ता भई परिपक्व भएपछि सदनमा टेबल हुने विधेयक सैद्धान्तिक छलफलपछि विषयगत समितिमा पठाइने र त्यहाँ सशोधन र दफावार छलफलको प्रक्रियाका आधारमा अघि बढ्ने प्रक्रियागत जानकारी सांसद पौडेलले दिए ।

संविधानले राष्ट्रिय अखण्डता, गणतन्त्र, समावेशिता, सङ्घीयता, बहुदलीयता, बहुलवादी खुला समाजको कुरा गरेको उल्लेख गर्दै नेता बैरागीले अहिले सडक र सदनमा देखिएका संविधानविरोधी गतिविधिलाई सरकारले बेवास्ता गरेको आरोप लगाए । समावेशितामाथि हस्तक्षेप गर्न खोजिएको बताउँदै उनले भने, “राष्ट्रपति र उपराष्ट्रपतिको चुनावका बेला उठेको आवाजलाई गम्भीरताका साथ सम्बोधन हुनुपथ्र्याे, त्यो किन भएन ।”

कानुन कार्यान्वयन कानुनसम्मत नियमन गर्ने विषयमा सरकार गम्भीर नदेखिएको बताउँदै उनले टिकटक बन्द गर्नुअघि सूचना र सञ्चार क्षेत्रलाई नियमन गर्ने कानुुन बनाउनपर्नेमा सरकारले त्यसमा कमजोरी गरेको आरोप लगाए ।

सरकारले केही नेपाल ऐन संशोधन गर्ने नाममा भूमि, जलस्रोत, गृहलगायत विषय संशोधन गर्दै आएको बताउँदै नेता बैरागीले यस्ता महत्त्वपूर्ण विषयमा कानुन निर्माण गोलमटोल ढङ्गबाट गरिनुहुन्न भन्ने आफ्नो मान्यता रहेको विचार प्रकट गरे ।

संसदमा विधेयक विचाराधीन भएका अवस्थामा एउटा दफासँग जोडेर केही नेपाल ऐन भनेर ल्याएर पारित गर्नेजस्ता गतिविधि बढेको बताउँदै उनले सरकारले लामो समयसम्म सशस्त्र द्वन्द्वका पीडितलाई सङ्क्रमणकालीन न्याय दिन नखोजेको आरोप लगाए ।

नेता बैरागीले भने, “यतिका वर्ष बित्यो, संविधान पनि कार्यान्वयन भएर हामी दोस्रो कार्यकालमा आएका छौँ तर सङ्क्रमणकालीन न्याय दिने कुरा आजसम्म भएको छैन । द्वन्द्वमा परेको मानिसका एक पुस्ता मरेर गइसके । बीस वर्षभनेको थोरै समय होइन, एक पुस्ताले आशै मारिसक्यो न्याय पाउँछौँ भनेर ।”

जनताले सुशासनको अनुभूति गर्न नसक्दा निराश बनेको बताउँदै सांसद बैरागीले सुशासनको अनुभूति नहुँदा युवा जनशक्ति पलायन भएको जिकिर गरे । उनले उनीहरूलाई स्वदेशमै बस्ने किसिमको वातावरण तयार गर्ने गरी लाग्न जरुरी भएको सुझाव दिए ।

नेता बैरागीका अनुसार दक्ष जनशक्ति, युवा र विद्यार्थी देशबाट पलायन हुने खतरा बढेको छ । त्यसलाई रोक्नका लागि सरकारले सुशासनसँगै उनीहरूलाई यहीँ बस्ने वातावरण तयार गर्नुपर्छ । प्राविधिक जनशक्ति तयार भएमा यहीँ उनीहरूको श्रम र सीपको उपयोग हुन्छ । त्यसका लागि प्राविधिक क्याम्पसहरू सञ्चालनमा ल्याउनुपर्छ ।

आफ्नो निर्वाचन क्षेत्र प्रकृति र संस्कृतिले सम्पन्न भएको बताउँदै उनले तीनको संरक्षण र उपयोगमार्फत समृद्धि हासिल गर्न सकिने धेरै सम्भावना रहेका बताए । सांसद बैरागी भन्छन्, “पर्यटकीयरूपमा अन्नपूर्ण, माछापुच्छ्रे, मर्दी, तातोपानी, सेती गण्डकी, फेवाताल, विन्ध्यवासिनी, नारायणस्थान, बाराही, शान्तिस्तुप, महादेव मन्दिर, पञ्चासे, कास्कीकोट, सराङकोट, उल्लेरी, विरेठाटी, मेश्रम बराहजस्ता धेरै पर्यटकीयस्थल यही छन् ।”

पुष्पलाल मध्यपहाडी लोकमार्ग पनि त्यहीबाट गएकाले धेरै सम्भावना रहेता पनि कतै कानुनको अभाव त कतै सरकारको कमजोरीका कारण उपयोग हुनसकेको उनको बुझाइ छ । आफूसम्बद्ध पार्टी नेतृत्वको सरकारले राजनीतिक स्थायित्व र समृद्धि तथा सङ्क्रमणकालीन न्यायमार्फत जनताका आकाङ्क्षालाई सम्बोधन गर्ने ध्येयका साथ अघि बढेको दाबी उनले गरे । उनले भने, “मध्यपहाडी लोकमार्गमा समृद्धिका लागि सङ्कल्प यात्रामार्फत ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’ भन्ने नाराका साथ सञ्चालन भएको जनताका समस्याबारे जानकारी लिने अभियान सफल भएको छ ।”

गाउँसभाबाट चार ऐन पारित, नगर प्रहरी नियुक्त गरिँदै

दमौली (तनहुँ), ३ पुस : तनहुँको म्याग्दे गाउँपालिकाको पन्ध्रौँ गाउँसभाले नगर प्रहरी ऐन, वातावरण संरक्षण तथा फोहरमैला व्यवस्थापन ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थापन गर्न बनेको ऐन र म्याग्दे गाउँपालिकाको स्वास्थ्य व्यवस्थापन तथा सरसफाइ ऐन (पहिलो संशोधन) पारित गरेको छ ।

गाउँसभाबाट ऐन पारित भएसँगै नगर प्रहरी नियुक्तिका लागि बाटो खुलेको छ । गाउँपालिकामा हालसम्म नगर प्रहरीको व्यवस्था भएको थिएन । गाउँसभामा संस्थागत क्षमता विकास तथा सेवा प्रवाह समितिका संयोजक चिनीमाया थापाले पालिकाको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, २०८० पेस गर्नुभएको थियो । त्यसैगरी वातावरण समितिका संयोजक शिवबहादुर आलेले पालिकाको वातावरण संरक्षण तथा फोहरमैला व्यवस्थापन गर्न बनेको विधेयक, २०८० पेस गर्नुभएको थियो ।

नगर प्रहरी व्यवस्थापन गर्न बनेको विधेयक, २०८० संस्थागत क्षमता विकास तथा सेवा प्रवाह समिति संयोजक चिनीमाया थापाले पेस गर्नुभएको थियो । गाउँसभामा न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन संयोजक बालकृष्ण घिमिरे, सार्वजनिक लेखा समितिको अर्धवार्षिक प्रतिवेदन संयोजक शिवबहादुर क्षेत्री, सुशासन समितिको अर्धवार्षिक प्रतिवेदन संयोजक सुनिता नेपालीले पेस गर्नुभएको थियो ।

स्थानीय उत्पादन बिक्रीका लागि कोसेली घर

स्थानीय वस्तु बिक्रीका लागि जिल्लाका विभिन्न ठाउँमा कोसेली घर सञ्चालन भएका छन् । तनहुँको देवघाट गाउँपालिका र बन्दीपुर गाउँपालिकामा पालिकाको सहयोगमा कोसेली घर सञ्चालनमा भएका हुन् ।

देवघाट गाउँपालिका–५ का उद्यमशील महिलाहरूले कोसेली घर सञ्चालन गरेका छन् । गाउँपालिकाको आर्थिक वर्ष २०८०÷८१ को बजेट तथा कार्यक्रमअनुसार आइतबारदेखि कोसेली घर सञ्चालनमा आएको गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले जानकारी दिनुभयो ।

कोसेली घरमा उद्यमशील महिलाले आफूले उत्पादन गरेको हरेक वस्तु ल्याएर बिक्री गर्न सक्नेछन् । देवघाट गाउँपालिकाले विगतमा सञ्चालन गरेका विभिन्न हस्तकला, सिलाइसम्बन्धी कुसन, दुना टपरी बनाउने तालिम प्राप्त गरेका महिलालाई लक्ष्य गरी गाउँपालिकाको स्वीकृत बजेटअनुसार कोसेली घर स्थापना गरेको हो ।

कोसेली घरमा हस्तकलाद्वारा निर्मित सामग्री ल्याएर बिक्री वितरण गर्न र बाहिरबाट देवघाट घुम्न आउने पाहुना र पर्यटकलाई कोसेलीस्वरुप प्रदान गर्न सकिने गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्तले जानकारी दिनुभयो ।

यसैगरी बन्दीपुरमा गाउँपालिका र बन्दीपुर परिश्रमी युवा समूहद्वारा हाम्रो बन्दीपुर कोसेली घर सञ्चालनमा आएको छ । पर्यटकीय नगरी बन्दीपुर घुम्न आउने पाहुनालाई लक्षित गरी कोसेली घर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बन्दीपुरमा स्वदेशी तथा विदेशी पर्यटक घुम्नका लागि आउँछन् । उनीहरूले बन्दीपुरको चिनारीस्वरुप स्थानीयस्तरमा उत्पादित सामग्री लैजान सक्छन् । यहाँ खाद्यान्नदेखि हस्तकलाका सामग्री बिक्री वितरणका लागि राखिएका छन् ।”

जिल्लाको सदरमुकाम दमौलीमा पनि कोसेली घर सञ्चालनमा छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तनहुँद्वारा सञ्चालित कोसेली घर स्थानीय उत्पादन बिक्री वितरणका लागि प्रभावकारी बनेको छ ।

महिलालाई उद्यमशीलतामा जोड्न कोसेली घर सञ्चालन गरिएको महिला उद्यमी सङ्घ तनहुँका अध्यक्ष कल्पना गौलीले बताउनुभयो । जिल्लाभरका महिलाले उत्पादन गरेका सामग्री एकै ठाउँबाट बिक्री वितरण गर्न कोसेली घर सञ्चालन गरिएको र यो प्रभावकारी बनेको उहाँको भनाइ छ ।

कोसेली घरमा डोको, कुचो, भाङ्ग्रो, ढकिया, बाँसका सामग्री, मुढालगायतका सामग्री बिक्री वितरणका लागि राखिएको छ । महिला उद्यमीबाट खरिद गरी ल्याइएका सामग्री कोसेली घरमार्फत न्यून मूल्यमा बिक्री गरिएको गौलीले जानकारी दिनुभयो । उहाँले कोसेली घरबाट बिक्री भएका सामानको दुई प्रतिशत नाफा उद्यमी उद्धार कोषका रूपमा राखिने राससालाई जानकारी दिनुभयो ।

कोसेली घर सञ्चालनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले रु पाँच लाख सहयोग गरेको थियो । उक्त रकमबाट घर सजावट गरिएको छ । त्यस्तै सोही मन्त्रालयबाट रु दुई लाख सहयोग भएको थियो । उक्त रकमबाट गोदाम निर्माण गरिएको छ । कोसेली घर सञ्चालनका लागि पर्यटन तथा उद्योग कार्यालयले भवन निर्माण गरेर हस्तान्तरण गरेको छ । कोसेली घरमा आठवटा पालिकाका महिला उद्यमीले बनाएका गरेका सामग्री राखिएका छन् ।

प्रभासको फिल्म ‘सलार’ को दोस्रो ट्रेलर सार्वजनिक

काठमाडौं – साउथ अभिनेता प्रभासको नयाँ फिल्म ‘सलार’ को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । ‘केजिएफ’ निर्देशक प्रशान्त नीलले निर्देशन गरेको यस फिल्मको ट्रेलर सोमबार सार्वजनिक गरिएको हो । ट्रेलरमा प्रभासको एक्सन देखाइएको छ ।

२२ डिसेम्बरदेखि प्रदर्शन हुने यस फिल्ममा प्रभाससँगै श्रुति हासन, जगपति बाबु, टीनू आन्नद, पृथ्वीराज सुकुमार लगायतका कलाकारको अभिनय रहेको छ ।

तस्करी रोक्न प्रहरीलाई सवारीसाधन खानतलासीसम्बन्धी पाँचदिने तालिम

किमाथाङ्का (सङ्खुवासभा) ३ पुस : सङ्खुवासभामा सवारीसाधनबाट हुनसक्ने चोरी तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मीलाई तालिमको व्यवस्था भएको छ । तस्करले सामग्री ओसारपसार गर्दा सवारीसाधनको प्रयोग गर्न थालेपछि चोरी रोक्न प्रहरीलाई सवारीसाधन खानतलासीसम्बन्धी पाँचदिने अनुशिक्षण तालिम दिइएको हो ।

कुन सवारीसाधनमा कहाँ–कहाँ फल्स बटम हुन्छ भन्ने सुरक्षाकर्मीले बुझ्न जरुरी भएका कारण प्रहरीलाई सवारीसाधन खानतलासीसम्बन्धी अनुशिक्षण तालिम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।तस्करले सवारीसाधनबाट नयाँ–नयाँ तरिका अपनाएर तस्करी गर्ने भएकाले त्यसलाई रोक्न सुरक्षाकर्मीलाई तालिम सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । तस्करले कस्ता–कस्ता स्थानमा फल्स बटम बनाएर लुकाउन सक्छन् भन्ने सवारीसाधनका सम्भावित ठाउँका बारेमा सुरक्षाकर्मीलाई प्रयोगात्मक अभ्याससमेत गराइने उहाँको भनाइ छ ।चोरी तस्करीका घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीलाई सवारी खानतलासी तालिम आवश्यक भएको उहाँले बताउनुभयो । सवारीसाधनमार्फत अवैध सामग्री ओसारपसारका बारेमा प्रहरी ज्ञान, सीप नहुँदा प्रहरीको सवारीजाँच प्रभावकारी नहुने भएका कारण प्रहरीलाई सवारीसाधन खानतलासीसम्बन्धी तालिम आवश्यक भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो ।गत आइतबारदेखि सुरु भएको सवारीसाधन खानतलासीसम्बन्धी पाँचदिने अनुशिक्षण तालिम बिहीबार सम्पन्न हुनेछ । तालिममा जिल्लाभरका एक सय प्रहरी सहभागी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र मनराम मोटर्सको आयोजनामा तालिम आयोजना भएको हो ।

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक मंगलबार बस्दैछ । बैठकआज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने एक नेताले जानकारी दिए ।

आजको बैठकमा पार्टीको राष्ट्रियसभा निर्वाचन, रुपान्तरण अभियान लगायत विभिन्न विषयमा छलफल हुनेछ । भदौदेखि शुरु भएको अभियान अब पुस १६ मा सकिँदैछ । त्यसपछि केन्द्रीय समिति बैठक पनि बोलाइने बताइएको छ । बैठकमा माघ ११ मा हुने निर्वाचनका बिषयमा पनि छलफल हुनेछ ।

आज दिनभरको मौसम कस्तो रहला ?

काठमाडौं – मंगलबार हिमाली भू-भागमा हिमपात र पहाडी भू-भागमा आंशिक बदली रहेको छ। जल तथा मौसम विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

हाल देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली देखि सामान्यतया सफा तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हस्तकला व्यापार मेलामा दुई करोडको कारोबार

काठमाडौँ, ३ पुस – गत मङ्सिर २८ गतेदेखिसोमबारसम्म यहाँ सञ्चालन भएको हस्तकला व्यापार मेलामा रु दुई करोडको कारोबार भएको नेपाल हस्तकला महासङ्घले जनाएको छ ।स्वदेशी उत्पादनलाई प्रोत्साहन गरी ती वस्तुलाई अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्र्ने उद्देश्यले आयोजित मेलामा महासङ्घका सदस्य तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश, जिल्ला हस्तकला सङ्घ र वस्तुगत सङ्घहरूसमेतको सहभागिता थियो भने मेलामा धातुकला, सुनचाँदीका गरगहना, सुती एवं ढाकाका लुगा, पश्मिना, छालाजन्य सामग्री, प्राकृतिक रेसा, बाँसका सामानलगायत अन्य हस्तकलाका सामग्री प्रदर्शनी तथा बिक्री गरिएको थियो ।

हस्तकलाका वस्तुका करिब एक सय २० वटा विक्री तथा प्रदर्शनी कक्ष राखिएको थियो भने स्वदेशी उद्यमी व्यवसायी र विदेशी हस्तकला आयातकर्ताबीचमा व्यावसायिक सम्बन्ध विकास गर्ने र हस्तकला आयातकर्ता र उपभोक्तालाई एकै स्थलमा भेला गराई छलफल गरिएको थियो ।

बागमती प्रदेशका उद्योगमन्त्री रामकृष्ण चित्रकारले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने यस क्षेत्रबाट देशमा वैदेशिक मुद्रा आर्जनका लागि टेवा पुगेको बताउँदै हस्तकलाले उद्यमशीलता विकास गरी रोजगारी सिर्जना गर्ने हुँदा यसको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको थियो । महासङ्घका अनुसार नेपाली हस्तकलाका सामग्रीे विश्वका ६० भन्दा बढी देशमा निकासी भइरहेको छन् । स्वदेशी बजारमा पनि रुचाइने यी वस्तुको कु

हेर्नुहोस् आज पौष ३ गते मंगलवारको राशिफल

मेष – व्यापार ब्यवसायबाट अर्थ लाभ प्राप्त हुनेछ । परिवार र सन्तानबाट साथ सहयोग प्राप्त हुनेछ । परिवारको साथ सहयोगले तपाईको कार्य योजना सफल हुनेछ ।यात्राबाट तपाईलाई फाइदा हुनेछ । त्यसैले आज यात्राको लागि सूर्योदय पछि मात्र निस्कनु वेश हुनेछ । यात्रा गर्दा शुभ समयमा, साइतमा मात्र हिँडनुहोला ।

वृष – वृष राशिका जातकका लागि आजको दिन अर्थलाभ हुनेछ । ब्यापारको कामबाट फाइदा हुनेछ । तपाई सकारात्मक हुन जरुरी छ । आफूभन्दा ठूला व्यक्तिसँग भेटघाट गर्दा नयाँ कार्ययोजना तयार हुनसक्छ । कुनै देवालयको दर्शन गर्नुहोला । आजको दिन शनिदेवको दर्शन गरेर गरेका काम सफल हुनेछ ।

मिथुन – आजको दिन तपाईलाई परिवार र आफन्तजनहरुले तपाईमाथि अनेक आरोप लगाउन सक्नेछन् । त्यसैले आजको दिन सकारात्मक सोच राखेर काम गर्नुभयो भने मात्र खुसी हुनसक्नु हुनेछ। मिथुन राशिमा जातकको लागि आजको दिन मौन र अनावश्यक काममा बाहिर नजानु वेश होला । आजको दिन घर परिवारको काम गरेर बस्नु नै वेश हुनेछ ।

कर्कट – आजको दिन कसैसँग विवाद भयो भने तपाई र तपाइँसग विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । यात्रा गर्दा अनावश्यक खर्च बढ्नेछ । संकटाको मन्दिर क्षेत्रमा गएर कुनै गरिव व्यक्तिलाई खानेकुरा दान गर्नु उत्तम हुनेछ । विहान सूर्यनारायणलाई जल अभिषेक गर्नुहोला ।

सिंह – आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । साना कुरामा पनि विवाद हुनसक्छ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनसक्छ । स्वास्थ्यमा समस्या देखिएको भएपनि क्रमिक सुधार हुनेछ । आजको दिन नयाँ काम शुरु नगर्दा राम्रो हुनेछ । मित्र र आफन्तजनसँगको भेटबाट तपाईलाई आर्थिक लाभ समेत हुनसक्नेछ ।

कन्या – तपाईको आज आफन्तसँग सम्बन्ध विग्रन सक्छ । अध्ययन अध्यापनबाट सफलताप्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रीजातिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । साना कन्यालाई केही खानेकुरा र बस्त्र दान दिनु होला । देवालयको यात्राले तपाईकालाई मनमा शान्ति प्राप्त हुनेछ । शिवालयमा गएर केही खानेकुरा वितरण गर्नुहोला ।

तुला – कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नु होला । कलाकारितामा र रचनात्मक काममा मन जानेछ । परिवारमा वा स्त्रीजातिहरुसँग विवाद हुनसक्छ, त्यसैले आजको दिन कार्य गर्दा तुला राशिका जातकले सोच विचार गर्नु उत्तम होला । अध्ययन अध्यापनको काममा रुचि जाग्नेछ ।

वृश्चिक – यात्राको अवसर र संभावना दुवै हुनेछन् । यात्रा गर्दा सूर्योदय भन्दा पछि र सूर्यास्त भन्दा पहिले यात्रा समापन गर्नुहोला । आजको दिन सकेसम्म कसैसँग विवाद हुने कुरा नगर्नुहोला । तपाईलाई विवादबाट हानी मात्र हुनेछ । आर्थिक व्यय हुने संभावना छ । त्यसैले आजको दिन खर्च गर्नुभन्दा पहिले एक पटक सोच विचार गर्नुहोला ।

धनु – सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । आफन्त र परिवारजनबाट साथ सहयोग हुनेछ । त्यसैले आजको दिन तपाईलाई आजको दिन मानसम्मान समेत मिल्नेछ । सामाजिक र अध्यात्मसेवाका काममा लाग्नु होला । सामाजिक कार्यबाट नैं तपाईलाई सकारात्मक उर्जा मिल्नेछ । चन्द्रमाको साथ रहेको छ ।

मकर – देवालय र शिवालयको यात्राले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएको कामबाट मान सम्मान प्राप्त हुनेछ । दुःखका कुरा कम र हर्षका कुरा बढी गर्नु होला । सकारात्मक सोच राखेर काम गर्नुहोला । तपाईको लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । कसैप्रति दुराग्रह छ भने पनि त्यो भाव हटाउन प्रयास गर्नुहोस् ।

कुम्भ – सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन शनिदेवको मन्दिरमा पुगेर दर्शन गर्दा उर्जा प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख, समृद्धि प्राप्त हुनेछ। सामाजिक सेवाका काम गर्नु उत्तम हुनेछ । परिवारका जेष्ठ सदस्यलाई उपहार दिएर आशीर्वाद लिनु उत्तम हुनेछ । साना बालबालबालिकहरुलाई केही खानेकुरा दिनुभयो भने तपाईको लागि दिन उत्तम रहनेछ ।

मीन – अध्यात्मिक कार्यमा आजको दिन खर्च गर्नुहोला । आजको दिन अध्ययन अध्यापनमा समय विताउदा मीन राशिका जातका लागि फाइदा हुनेछ । तपाईका लागि आजको दिन आफन्तजनहरुसँगको यात्राले खुसियाली छाउने छ । सामाजिक कामको समय खर्च हुनेछ । अध्यात्मयात्राले मनमा शान्ति छाउने छ । आफूभन्दा ठूलाको सम्मानबाट तपाईलाई आत्मिक शक्ति प्राप्त हुनेछ ।

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक आज पनि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक मंगलबार पनि बस्दैछ । बैठक आज बिहान ११ बजे बस्नेछ । बैठकमा पेश भएका प्रतिवेदन पारित गर्ने र विभिन्न निर्णय गरिने बताइएको छ ।

हिजोको बैठकमा समूहगत छलफल सकिएको छ । समूहगत छलफलमा कोशीमा वरिष्ठ उपाध्य रोशन कार्की, मधेस प्रदेशमा वरिष्ठ उपाध्य बुद्धिमान तामाङ, बागमती प्रदेशमा वरिष्ठ उपाध्य विक्रम पाण्डे, गण्डकी प्रदेशमा उपाध्यक्ष हेमजङ गुरुङ, लुम्बिनी प्रदेशमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, कर्णाली प्रदेशमा उपाध्यक्ष मुकुन्दश्याम गिरी तथा सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष उद्धब पौडेलले संयोजन गरेका थिए । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठक आज ११ बजे बस्ने गरी सकिएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेश सम्मेलन आज, सभापति देउवाले उद्घाटन गर्ने

गण्डकी, ३ पुस : नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको आजदेखि हुने प्रथम सम्मेलनको तयारी पूरा भएको छ । कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले राससलाई जानकारी दिनुुभयो ।

सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारीसमेत उपस्थित हुनुहुने सभापति शर्माले बताउनुुभयो । सम्मेलनको उद्घाटन पोखरा सभागृहमा हुने र बन्दसत्र भोलि पोखरा पार्टी प्यालेसमा हुने गरी व्यवस्था मिलाइएको छ ।सम्मेलनमा पार्टीको गण्डकी प्रदेश कार्यसमितिसहित पाँच सय जना प्रतिनिधिले बन्दसत्रमा भाग लिने पार्टीको गण्डकी प्रदेश प्रचार–प्रसार समितिका उपप्रमुख शिरोमणि बरालले बताउनुुभयो ।

भूमि आयोगद्वारा महाँकालका भुमिहीन दलित र सुकुम्वासीलाई निस्सा वितरण

पाटन (ललितपुर)- राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले ललितपुरको महाँकाल गाउँपालिकाका भूमिहीन, भुमिहीन दलित र सुकुम्वासीलाई निस्सा वितरण गरेको छ । आयोग जिल्ला समिति ललितपुरका अध्यक्ष श्रीगोविन्द महर्जनका अनुसार गाउँपालिकाका ३६ भूमिहीन, भूमिहीन दलित र सुकुम्वासीलाई निस्सा वितरण गरिएको हो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले यसअघि गत जेठ ३१ मा बागमती गाउँपालिकाका ९४ भूमिहीनलाई निस्सा वितरण गरेको थियो ।

“भूमि आयोग जिल्ला समितिले निस्सा वितरणको कार्यलाई द्रूत गतिमा अगाडि बढाइरहेको छ । ललितपुर महानगरपालिकासंग सम्झौता हुन बाँकी छ, महालक्ष्मीमा हामीले गत हप्ता मात्रै सम्झौता गर्न सफल भयौँ । अब गोदावरीका बाँकी नौ वटा वडामा पनि हामी छिट्टै निस्सा वितरणका काम सम्पन्न गर्नेछौँ”, अध्यक्ष महर्जनले भन्नुभयो ।

महाँकाल गाउँपालिकाका अध्यक्ष गणेशबहादुर केसीले आगामी चैत महिनाभित्र सबै सुकुम्वासीलाई जग्गाधनी पूर्जा वितरण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या समाधान भइसकेपछि यस पालिकामा भूमिसम्बन्धी सम्पूर्ण समस्या हल हुनेछ । त्यसपछि कोही पनि भूमिहीन हुने छैनन् । हामी विकासको अर्को चरणमा नयाँ उत्साहका साथ लाग्ने छौँ”, प्रमुख केसीले भन्नुभयो ।

महाँकालका उपप्रमुख डोल्मा मायाँ गोलेले भूमि आयोगको सक्रियताका कारण निस्सा वितरण सम्पन्न भएको र आगामी दिनमा पूर्जा वितरणका लागि थप सहयोग, समन्वय र सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।

भूमि आयोग जिल्ला समिति सदस्य रमेशप्रसाद घिमिरे, विज्ञ सदस्य प्रतीककुमार तामाङ, सदस्य सरिना महर्जन, मालपोत कार्यालय प्रमुख ऋषिकुमार दाहाल, नापी कार्यालय ललितपुरका प्रमुख उमेश कुमार, पालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट, महाँकाल १ बुखेलका वडाध्यक्ष रामप्रसाद घिमिरे, वडा नं २ मानिखेलका वडाध्यक्ष जोनीकुमार न्यासुर, वडा नं ३ गोटिखेलका वडाध्यक्ष मनोजकुमार पराजुली, वडा नं ४ कालेश्वरका वडाध्यक्ष कृष्णप्रसाद तिमल्सिना, वडा नं ५ चन्दनपुरका वडाध्यक्ष भूमिनन्द घिमिरे र वडा नं ६ का वडाध्यक्ष विनोदकुमार चौरेल लगायतको उपस्थिति थियो ।