`

डडेल्धुरामा तीनवटा पसलमा फैलिएको आगलागीबाट दुई करोड ८६ लाखको क्षति

डडेल्धुरा, १ पुस : डडेल्धुराको अमरगढी नगरपालिका–५ बागबजारमा रहेको सुलभ फेन्सी स्टोरमा गएराति आगलागी हुँदा रु दुई करोड ८६ लाख बराबरको क्षति भएको छ । स्टोरमा सल्केको आगो अन्य तीनवटा पसलमा फैलिएको थियो ।

विद्युत् ‘सर्ट’ हुँदा फैलिएको आगोबाट सुलभ फेन्सीको रु एक करोड २० लाख, कैलपाल मेडिकलको रु ८० लाख र शिशिर फेन्सीका रु ८० लाख बराबरको सामान नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक कुसुम नायकले राससलाई जानकारी दिनुभयो ।

अमरगढी नगरपालिकाको वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना र स्थानीयले करिब एक घन्टापछि आगो नियन्त्रणमा लिएका थिए । सदरमुकामा यस किसिमका आगलागीका घटना भइरहन्छन् । हालसम्म सदरमुकाम बागबजारमा मात्रै तीनपटक आगलागी भएको छ ।

यसैबीच, धनकुटा नगरपालिका–५ कर्मिटार बस्ने विश्वबन्धु थापाको गोठ र सोही स्थानका काजीनारायण खड्काको घरमा आज आगलागी हुँदा रु ११ लाख बराबरको धनमाल नष्ट भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय बासिन्दा र धनकुटा नगरपालिकाको वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो ।

हुलाकी राजमार्ग निर्माणमा एसएसबीको अवरोध छ – मन्त्री ज्वाला

काठमाडौँ, १ पुस : भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले पश्चिम क्षेत्रस्थित हुलाकी राजमार्ग कालोपत्र गर्ने सिलसिलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध पु¥याइरहेको बताउनुभएको छ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिको आजको बैठकमा उहाँले कञ्चनपुर, बेलौरी पचुई क्षेत्रमा बाधा पु¥याइएको जानकारी दिनुभयो ।

मन्त्री ज्वालाका अनुसार त्यस क्षेत्रमा सीमा विवादको पनि केही समस्या छ । त्यसका निमित्त विभिन्न पहल र पत्राचार भइरहेका छन् । निर्माणमा अहिले पनि अवरोध कायमै छ । उहाँले भन्नुभयो, “बेलौरीको पचुईस्थित नेपाल भारत सीमास्तम्भ रहेको स्थान नेपाली भूभागमा सडक कालोपत्र गर्न समेत भारतीय सुरक्षा बलको अवरोध कायम रहेको पाइएको छ ।” हुलाकी राजमार्गले नेपालको तराई क्षेत्रस्थित पूर्व–पश्चिमका २१ जिल्लालाई छुने गरी निर्माण भइरहेको छ ।

समितिले केही दिनअघि त्यस क्षेत्रको स्थलगत अवलोकन गरी त्यहाँको समस्या समाधानका लागि नेपाल सरकारबाट भइरहेको प्रयासबारे जानकारी लिन भौतिक पूर्वाधारमन्त्रीलाई बैठकमा आमन्त्रण गरेको हो । मन्त्री ज्वालाले भन्नुभयो, “यस विषयमा सहजीकरणका लागि पहल गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गरिरहेका छौँ । समस्या समाधान भएसँगै बाँकी खण्डको निर्माण सहज हुन्छ । यस सम्बन्धमा समितिका तर्फबाट पनि सरकार र सरोकारवाला निकायमा ध्यानाकर्षण, पहल र प्रयत्नका लागि अनुरोध गर्नेछु ।”

बैठकमा हुलाकी राजमार्ग निर्देशनालयका निर्देशक अजयकुमार मुलले कञ्चनपुरको ६० किमी क्षेत्रलाई २०/२० किमी क्षेत्रमा विभाजन गरी कालोपत्र काम भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार सो क्षेत्रमा तीन ठेक्कामध्ये एउटाको ९६ प्रतिशत काम पूरा भएका छ, दोस्रो खण्डको २० किमीमा ठेक्का व्यवस्थापन भएकोमा बेलौरी पचुई–खपती खोला क्षेत्रको एक हजार चार सय मिटर खण्डमा सीमा विवादले काम हुनसकेको छैन ।

निर्माणका क्रममा पूर्वतयारीस्वरूप पानीको निकास गर्दा र पर्खाल लगाउँदा कुनै अवरोध थिएन । कालोपत्रेका लागि ग्राभेल गर्न सुरुआत गर्ने क्रममा भारतीय सुरक्षा बलका तर्फबाट राजमार्ग दशगजा क्षेत्रमा पर्ने जिकिर गर्दै सो सम्बन्धमा यकिन नगरी काम अघि नबढाउन अनुरोध गरिएको छ । सडक आयोजनाले त्यस विषयमा नापी कार्यालय र विभागलाई समेत जानकारी गराएको थियो ।

सो क्षेत्रमा भारतीय सीमातर्फका बीचमा नेपालीकै जग्गा रहेको र खेतीपाती पनि भइरहेकाले काम अघि बढाइएको समितिलाई आयोजना प्रमुख मूलले जानकारी दिनुभयो । आयोजनाले निर्माणका क्रममा भएको अवरोध चाँडो खुलाउने कार्यलाई चुनौतीका रूपमा लिएको छ ।

आयोजनाका अनुसार सो विवादका सम्बन्धमा सम्बन्धित मन्त्रालयमार्फत कूटनीतिक रूपमा पहल हुनुपर्छ । सीमास्तम्भ नं ३८ को स्थान यकिन गरेर समस्याग्रस्त क्षेत्रको छिनोफानो गरी निर्माणअघि बढाउन निर्देशनालयले सम्बन्धित सबैको सहयोगको अपेक्षा गरेको छ ।

सडक अन्यत्र सार्दा नयाँ रेखाङ्कन मात्र नभइ मुआब्जासमेतको उल्झन बढ्ने भएकाले सरकारको ठोस् निर्देशन आएपछि आयोजना कार्यालयले काम अघि बढाउने विषय पनि प्रमुख मूलले संसदीय समितिलाई सुनाउनुभयो । त्यस खण्डमा राजमार्गको भौतिक प्रगति ८० प्रतिशत भइसकेको जनाइएको छ ।

त्यस्तै राजमार्गको शुक्लाफाँट राष्ट्रिय निकुञ्ज क्षेत्र अर्थात् तेस्रो खण्डको २० किमी क्षेत्रमा निर्माणको सुरुआती अवस्थादेखि वातावरणीय अध्ययन पूरा गरेर काम अघि बढाइएको छ । त्यसमध्ये १५ किमी क्षेत्र निकुञ्ज क्षेत्रमा पर्छ जहाँ निर्माण अघि बढाउन विभिन्न प्रावधान छन् । त्यहाँ निर्माण सामग्री सङ्कलन, दिनमा मात्रै काम गर्नुपर्ने बाध्यता छ । त्यस क्षेत्रमा निर्माण उपकरण लैजान पनि अप्ठेरो छ । हरेक पटक सुरक्षा निकायलाई निर्माणसम्बन्धी तथ्यतथ्याङ्क दिनुपर्ने अवस्था छ । सुरुमा राजमार्गका लागि रु चार दशमलव पाँच अर्बको बजेट सुनिश्चितता भएकामा अहिले करिब रु १० अर्ब आवश्यकता छ ।

भन्सार कार्यालय नाकामा क्वारेन्टिन चेकपोष्ट कार्यालय सञ्चालनमा, आयात–निर्यात सहज

सुदूरपश्चिम, १ पुस : कैलालीको त्रिनगर भन्सार कार्यालय नाकामा क्वारेन्टिन चेकपोष्ट कार्यालय सञ्चालनमा आएसँगै मालवस्तुको आयात तथा निर्यात सहज बनेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम गएको मङ्सिर २३ गतेबाट त्रिनगर नाकामा क्वारेन्टिन चेकपोष्ट कार्यालय सञ्चालनमा आएको हो ।

चेकपोष्ट कार्यालयका प्रमुख प्रमोद ठगुन्नाले कार्यालयले विरुवा तथा विरुवाजन्य वस्तुको पैठारीका लागि प्रवेश अनुमतिपत्र जारी गर्ने, विरुवा तथा विरुवाजन्य वस्तुको निकासीका लागि विरुवाको स्वास्थ्यतासम्बन्धी प्रमाणपत्र जारी गर्ने र नाकामा आयात हुने अन्य कृषिजन्य मालवस्तुको निरीक्षण गरेर छुटपूर्जि दिने लगायतका काम गर्दै आएको बताउनुभयो ।

यो नाकामा विगतमा टुरमुकामका रुपमा क्वारेन्टिन कार्यालय थियो । उक्त कार्यालय झण्डै चार महिनादेखि बन्द भएपछि वस्तुको आयात तथा निर्यातको काम ठप्प हुनपुगेको थियो ।

कार्यालय प्रमुख ठगुन्नाले कार्यालय सञ्चालनसँगै हाल औषतमा दैनिक रु एक करोड बराबरको मालवस्तु आयात भइरहेको जानकारी दिनुभयो । यस अवधिमा रु २६ लाख बराबरको तोरीको पिना निर्यात भएको उहाँको भनाइ छ ।

विवेक फिड इन्डस्ट्रिज प्रालि धनगढीका प्रबन्ध सञ्चालक विवेक भट्ट त्रिनगर नाकामा क्वारेन्टिनको काम रोकिँदा झण्डै चार महिनासम्म करिब रु ३७ करोडको राजश्व प्रदेशले गुमाएको बताउनुभयो । “त्रिनगर नाकामा क्वारेन्टिनको काम नहुँदा नेपालगञ्ज नाकाबाट मालवस्तु भित्र्याउनुपर्ने अवस्थाले सुदूरपश्चिम प्रदेशका व्यसायीको पैंसा(कर) अरु प्रदेशमा गयो”, भट्टले भन्नुभयो ।

सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने अध्यक्ष लिङ्देनको प्रस्ताव

काठमाडौँ, १ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको तीन दिने बैठक काठमाडौँको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा आज बिहानदेखि जारी छ । बैठकको प्रारम्भमा अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रस्ताव पेस गर्नुभएको छ ।

अध्यक्ष लिङ्देनले सत्ता केन्द्रीत नभइ आमजनता, शुभेच्छुक, शुभचिन्तकको परिवर्तनको चाहना र देशको अवस्थालाई ध्यान दिई सडक सङ्घर्षलाई प्राथमिकता दिने पार्टीको कार्यनीति हुने प्रष्ट पार्नु भएको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार समान विचार भएकासँग एकता तथा सहकार्य आवश्यक रहेको जनाइएको छ ।

बैठकमा महामन्त्री डा धवलसमशेर राणाले वृहत आन्दोलनसम्बन्धी कार्ययोजना, कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन, सचिवालयका मुख्य सचिव केदारबहादुर अधिकारीले सचिवालयसम्बन्धी प्रतिवेदन पेस गर्नुभएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले प्रदेश प्रमुखले आ–आफ्नो प्रदेशको प्रतिवेदन पेस गर्दै हुनुहुन्छ । सबै प्रदेशको प्रतिवेदन पेस भइसकेपछि आजै छलफल प्रारम्भ हुनेछ ।”

सिमेन्ट उद्योग बन्द हुँदा पाँच सय मजदुर बेरोजगार

पर्सा, १ पुस : बारा–पर्सा औद्योगिक कोरिडोमा सञ्चालित चार सिमेन्ट उद्योग बन्द हुादा त्यहाँ कार्यरत पाँच सयभन्दा बढी मजदुर बेरोजगार भएका छन् । आर्थिक मन्दिका कारण देशकै सबैभन्दा ठूलो आर्थिक कोरिडोरमा सञ्चालित इन्टरनेशनल सिमेन्ट, विश्वकर्मा सिमेन्ट, कृष्णा सिमेन्ट र आरमेसि सिमेन्टले उत्पादन बन्द गरेपछि त्यहाँ कार्यरत मजदुर र कर्मचारी बेरोजगार भएका हुन ।

कोरिडोमा सञ्चालित १२ उद्योग मध्ये चारवटा बन्द भएका छन् । बाँकी उद्योग पनि बन्द हुने अवस्थामा पुगेका वीरगन्ज उद्योग बाणिज्य सङ्घका अध्यक्ष एवं श्री सिमेन्ट उद्योगका सञ्चालक अनिल अग्रवालले जानकारी दिनुभयो । उहाँले बंैकहरुको बढ्दो व्याज, पूर्वाधार विकासको निर्माणमा कमी र भएको निर्माण कार्यको भुगतानी नगरिएका कारण समस्या उत्पन्न भएको हो । सिमेन्टको माग घट्दै गएकाले पनि उद्योग रु बन्द भएका अधयक्ष अग्रवालले बताउनुभयो ।

भारतले नेपाली सिमेन्ट उद्योगलाई निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको खरानीमा प्रति टन रु एक हजार कर लिँदै आएको छ । यसतर्फ सरकारको ध्यान जान आवश्यक भएको उहाँको भनाइ छ । नेपाली सिमेन्ट उद्योगले वर्षौँदेखि माग गर्दै आएकोे भारतीय गुणस्तर चिन्ह बिआइएस दिलाउन सरकारले पहल गरे नेपाली सिमेन्ट भारत निर्यात गर्न सकिने तथा यसले उद्योगलाई फाइदा पुग्ने उद्योगीहरुको भनाइ छ ।

प्रदेशप्रमुख शर्मा अस्पतालमा स्वास्थ्य लाभ गर्दै

मकवानपुर, १ पुस : बागमती प्रदेशप्रमुख यादवचन्द्र शर्माको फोक्सोमा निमोनिया सङ्क्रमण देखिएकाले काठमाडौँको चावहिलस्थित हेल्पिङह्यान्डस् अस्पतालमा उपचार गराइरहनुभएको छ । उहाँको स्वास्थ्य सुधारोन्मुख रहेको प्रदेशप्रुमखको स्वकीय सचिवालयले जनाएको छ ।

प्रदेशप्रमुख शर्मा केही दिनदेखि ज्वरोले थलिनुभएको थियो । केही दिनको उपचारपछि पुस ३ गते अस्पतालबाट स्वास्थ्यलाभ गरी ‘डिस्चार्ज’ हुने उहाँका स्वकीय सचिव पारशमणि फुँयालले बताउनुभयो । यसअघि मङ्सिर २९ गते अस्पताल भर्ना हुनुभएको थियो ।

अर्थमन्त्रीको प्रयासले करिब १३ अर्ब राजस्व सरकारी खातामा

काठमाडौँ, १ पुस : चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत सरकारले गरेको करसम्बन्धी व्यवस्थाका कारण करिब रु १३ अर्ब बराबर राजस्व सरकारी खातामा जम्मा भएको छ ।
महालेखापरीक्षकको कार्यालयले पछिल्लो चार वर्षदेखि कर असुली गर्नुपर्ने भन्दै औँल्याइरहेको विषयलाई अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐनमा राखेर कार्यान्वयन प्रक्रिया अघि बढाउनुभएको थियो । सरकार र अर्थमन्त्री डा महतको उक्त निर्णयका कारण लामो समयदेखि विवादित बनिरहेको यो विषयले निकाससमेत पाएको छ ।

आर्थिक ऐन २०८० को दफा २६ मा सरकारले ‘फर्दर पब्लिक अफरिङ (एफपिओ) जारी गरी प्राप्त रकमबाट लाभांशबापत वितरित बोनस शेयरको रकम आयमा समावेश नगरेका निकायबाट कर असुली गर्ने र यस्तो कर मङ्सिर मसान्तसम्ममा तिरेमा थप शुल्क र ब्याज मिनाहा गर्ने’ उल्लेख गरेको थियो । त्यस्तै आर्थिक ऐनको दफा २७ मा संस्थाहरु एकापसमा गाभिँदा वा प्राप्ति (मर्जर वा एक्विजिसन) हुँदा सौदाबाजी गर्दा प्राप्त हुने लाभ (बार्गेन पर्चेच गेन) बापतको आयलाई कर प्रयोजनका लागि आयमा समावेश गरी कर दाखिल गर्न लगाउने निर्णय व्यवस्था सरकारले राखेको थियो । यसरी निर्धारण भएको कर पनि मङ्सिर मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा गर्ने निर्णय सरकारले गरेको थियो । आर्थिक ऐनका यी व्यवस्थाबाट मङ्सिर मसान्तसम्ममा करिब रु १३ अर्ब बराबर राजस्व उठेको आन्तरिक राजस्व विभागले जनाएको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले आर्थिक ऐनको दफा २६ र २७ को व्यवस्थाअनुसार शनिबार सम्ममा रु १२ अर्ब ८१ करोड हाराहारी कर असुली भएको बताउनुभयो । “५०/६० वटा संस्थाबाट यस्तो कर उठाउनुपर्ने देखिन्छ । कुन संस्थाले कति कर तिर्नुपर्ने हो ? र सरकारले दिएको समयसीमाभित्र उनीहरुले तिरेर छुट सुविधा लिए÷लिएनन् ? भन्नेबारे ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालयबाट विवरण सङ्कलन भइरहेको छ”, मैनाली रासससँग भन्नुभयो, “अहिलेसम्म रु १२ अर्ब ८१ करोड बराबर कर उठिसकेको भनेर प्रारम्भिक विवरण आएको छ । यसलाई हामी थप विश्लेषण गरिरहेका छौँ ।”

आर्थिक ऐनमा के छ ?

आर्थिक ऐन २०८० को दफा २६ मा फर्दर पब्लिक अफरिङ (एफपिओ) जारी गरी प्राप्त रकमबाट लाभांशबापत वितरित बोनस शेयरको रकम आयमा समावेश नगरेका निकायलाई शुल्क र ब्याज मिनाहासम्बन्धी व्यवस्था राखिएको छ । “कुनै निकायले फर्दर पब्लिक अफरिङ (एफपिओ) बाट प्रिमियम मूल्यमा शेयर जारी गरी प्राप्त भएको रकममध्ये आर्थिक वर्ष २०७८/७९ सम्म हिताधिकारीलाई बोनस शेयरका रुपमा वितरण गरेको लाभांश रकमलाई आयकर ऐन २०५८ को दफा ५६ को उपदफा (३) बमोजिम आयमा समावेश गरी कर दाखिल नगरेको भए उक्त रकममा लाग्ने कर २०८० साल मङ्सिर मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुनेछ”, आर्थिक ऐनको दफा २६ मा भनिएको छ ।

त्यस्तै, आर्थिक ऐन २०८० को दफा २७ मा मर्जर वा एक्विजिसनको लाभमा लाग्ने करमा शुल्क र ब्याज मिनाहासम्बन्धी विशेष व्यवस्था रहेको छ । “निकायहरु आपसमा गाभिँदा वा प्राप्ति (मर्जर वा एक्विजिसन) मा सौदाबाजी गर्दा प्राप्त लाभ (बार्गेन पर्चेच गेन) बापतको आयलाई कर प्रयोजनका लागि आयमा समावेश गरी कर दाखिल नगरेको भए आर्थिक वर्ष २०७८÷७९ सम्मको त्यस्तो आयमा लाग्ने कर संवत् २०८० मङ्सिर मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने शुल्क तथा ब्याज मिनाहा हुनेछ”, आर्थिक ऐनमा भनिएको छ ।

सरकारको पक्षमा सर्वोच्चको फैसला

अर्थमन्त्री डा महतले चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत एफपिओ र बार्गेन पर्चेच गेनसँग सम्बन्धित कर असुली गर्ने व्यवस्था ल्याएपछि विभिन्न बैङ्क तथा वित्तीय संस्था र बीमाहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागलाई विपक्षी बनाई दायर गरिएको रिट गत बिहीबारको संवैधानिक इजलासले खारेज गरिदिएको थियो ।

प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा र कुमार रेग्मी रहनुभएको संवैधानिक इजलासले उक्त रिट खारेज गरेपछि सरकारलाई कर असुल्न थप बाटो खुलेको थियो । यस्तो कर मङ्सिर मसान्तसम्ममा तिरेमा थप शुल्क र ब्याज मिनाहा गर्ने सरकारको घोषणाका कारण अधिकांश संस्थाहरुले शुक्रबार र शनिबार नै कर तिरेका छन् ।

कर उठाउनुपर्ने महालेखाको ठहर

महालेखापरीक्षकको कार्यालयले पछिल्लो तीन वर्षदेखि आफ्नो प्रतिवेदनमा सरकारले यस्तो कर उठाउनुपर्ने उल्लेख गर्दै आएको छ । महालेखापरीक्षकको २०७७ सालको ५७औँ प्रतिवेदनमा एफपिओको प्रिमियम र मर्जर तथा एक्विजिसनको ‘बार्गेन पर्चेच गेन’ मार्फतको कर असुली गर्नुपर्ने उल्लेख छ । त्यसपछिका आफ्ना हरेक प्रतिवेदनमा महालेखाले यो विषय उठाइरहेको छ । विभिन्न कम्पनीले मुनाफा बाहेकको लाभांश वितरण गरेकामा त्यसबाट सिर्जित राजस्व छुट हुन गएको महालेखाले औँल्याएको भए पनि आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयले उक्त छुट भएको कर रकम असुल गर्ने प्रक्रिया अघि बढाएको थिएन । तर चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत अर्थमन्त्री डा प्रकाशशरण महतले यस्तो कर उठाउने र करदातालाई सुविधाका रुपमा ब्याज छुट दिने व्यवस्था ल्याउनुभएको थियो । महालेखाको प्रतिवेदनले औँल्याएका विषयलाई सरकारले कानुन बनाएर कार्यान्वयन गरेको थियो ।

महालेखापरीक्षकको कार्यालयले शेयर प्रिमियमबाट भएको वितरणमा मुनाफा बाहेकको लाभको पनि कर तिर्नुपर्ने विषयलाई पनि औँल्याउँदै आएको छ । आयकर ऐन, २०५८ को दफा ५६ (३) मा उल्लेख भएको मुनाफा बाहेकको लाभांश रकममा तोकिएको अवस्थामा बाहेकका निकायको आयमा आयकर लाग्ने व्यवस्था छ । त्यस्तै, आयकर नियमावली, २०५९ को नियम १८ मा मुनाफा बाहेकको रकममा हिताधिकारी सेवा उपलब्ध गराइएको वा निकायको स्वामित्वमा रहेको सम्पत्ति हिताधिकारीलाई प्रयोगका लागि उपलब्ध गराइएको अवस्थामा निकायको आयमा समावेश गर्नु नपर्ने गरी तोकेको छ । यो विषयलाई पनि सरकारले चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत कार्यान्वयन गर्न खोजेको छ ।

आर्थिक विधेयक २०८० को दफा २९ मा धितोपत्र, जग्गा तथा घरजग्गाको व्यावसायिक कारोबार गर्नेलाई छुटसम्बन्धी विशेष व्यवस्था राखिएको छ । प्राकृतिक व्यक्तिले नियमित व्यवसायका रूपमा धितोपत्र, जग्गा तथा घरजग्गाको कारोबारको आय विवरण तथा कर दाखिल गर्न बाँकी रहेको भए आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐनबमोजिम लाग्ने करको ५० प्रतिशत आगामी चैत मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा हुने उल्लेख गरेको छ ।

रूस र युक्रेनबीचको युद्धमा परेका नेपालीको उद्धार गर्न मानव अधिकार आयोगको आग्रह

काठमाडौँ, १ पुस : राष्ट्रिय मानव अधिकार आयोगले रुस–युक्रेनको युद्धमा परी मृत्यु भएकाका नेपालीको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । आयोगले युद्धमा परी घाइतेहरूको उपचारका लागि प्रभावकारी पहल गर्न स्वदेश फर्कन चाहने नेपालीलाई कूटनीतिक पहलद्वारा स्वदेश फर्कने व्यवस्था मिलाउनुपर्ने उल्लेख गर्दै उक्त आग्रह गरेको हो ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “मृतकका परिवार र घाइतेलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा यस प्रकारको गैरकानुनी बाटोबाट वैदेशिक रोजगारमा जानेस्थिति अन्त्य गरी नागरिकको जीउधनको सुरक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।”

रुस–युक्रेनबीच भइरहेको युद्धका क्रममा विभिन्न गैरकानुनी बाटो प्रयोग गरी नेपाली त्यहाँका सेनामा भर्ना भएका र युक्रेनी सेनाको आक्रमणमा परी केही नेपालीको मुत्यु भएको, केही घाइते भएका, अझै पनि सयौँको सङ्ख्यामा रुस र युक्रेन दुवैतर्फको सेनामा कार्यरत रहेको भनी विभिन्न स्रोतबाट जानकारी प्राप्त भएको जनाएको छ ।त्यस्तै, नेपाली नागरिक जहाँ र जुनसुकै अवस्थामा रहे पनि उनीहरूको मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हुन भएको समेत आयोगले भनाइ छ ।

नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने

चितवन, १ पुस : नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ । सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो ।

बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गर्न लागिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी ई कृष्ण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा तीन हप्ताका लागि सडक रोकेर भित्तो काटिने छ ।

गत वर्ष सो ठाउँमा पुल निर्माणका लागि भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो । विस्फोटको अन्तिम तयारी हुँदै गर्दा पुनः एकपटक सडक रोकेर काट्ने तयारी गरिएको हो । शनिबार कुरिनटारमा चितवन, गोरखा र धादिङका प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा बसेको अन्तर जिल्ला बैठकले सडक रोकेर काम गर्ने निर्णय गरेको हो ।

सूचना अधिकारी आचार्यका अनुसार ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको छ । बाँकी ३५ मिटर ‘रक स्पिलटर’ र ‘हाइड्रोलिन ज्याक हेम्भर’ प्रयोग गरेर फोर्ने तयारी गरिएको छ । उहाँले भन्नुभयो, “टनेल, खानीलगायतमा प्रयोग गरिने विधि प्रयोग गरेर अन्तिम प्रयास गर्दैछौँ ।” यसबाट पनि फोर्न नसकिएमा अन्तिम विकल्पका रूपमा विस्फोट गराइने उहाँले जानकारी दिनुभयो ।

सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । अन्य कतिपय निर्माण सम्पन्न भएका छन् भने कतिपय अन्तिम चरणमा छन् । यो पुल भित्तो भत्काउन नसक्दा काम थाल्न सकिएको छैन ।

उहाँका अनुसार काली, नम्सी, रिग्दी, सिमलताल, भोर्ले, खोर, खहरे र जुगेडी पुल दुई महिनाभित्रमा सञ्चालनमा आउनेछन् । उहाँका अनुसार चारवटा एक महिनामै सञ्चालनमा आउँछ । आठवटै पुल सञ्चालनमा ल्याउन दुई महिना लाग्छ । ती पुलको पहुँचमार्ग बनाउने र रङरोगनलगायतका काम भइरहेको छ ।

गत मङ्सिरमा डुम्रे, चिसेन्जी, तोपे र लामो बालुवाको पुल सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो । थप आठ पुल सञ्चालनमा आएपछि नयाँ बन्दै गरेका १५ पुलमध्ये दुईवटा मात्र बन्न बाँकी रहन्छन् । आचार्यका अनुसार खहरेको पुल छ महिनाभित्रमा सञ्चालनमा आउने छ । यसपछि एउटा पुलमात्रै बाँकी रहने छ ।

गतको हिउँदमा सडक रोकेर दुईवटा पुल बनाउन ढिस्को भत्काउन थालिएको थियो । सँगै भत्काउन थालिएको चिसेन्जी खोलाको आडको ढिस्को भत्काएर पुलसमेत निर्माण गरिसकिएको छ । यो ठाउँमा ४० मिटर अग्लो ढिस्को भत्काएर पुल बनाइएको हो ।

तुइनखोलाको ढिस्को भत्काउन नसकिएपछि विस्फोटका लागि प्रक्रियागत काम पूरा गर्न समय लागेकाले गत हिउँदमा नै विस्फोट गर्ने गृहकार्य गरिएको भए पनि काममा ढिलाइ भएको थियो । उहाँका अनुसार ढिस्को भत्काउन विस्फोटक पदार्थ ल्याउनका लागि अनुमतिप्राप्त भइसकिएको छ । आयोजनाले विभाग हुँदै गृह मन्त्रालय, रक्षा मन्त्रालय, पुनः गृह मन्त्रालय भएर अन्तिम अनुमति भारतीय राजदूतावासबाट पाएको जनाइएको छ । विस्फोटक पदार्थ ल्याउन केही ढिलाइ हुने भएपछि अन्तिम प्रयासको रूपमा भत्काउने तयारी गरिएको हो ।

विसं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । पछिल्लोपटक थप गरिएको म्याद यही पुस १० गते सकिँदैछ । अनक कन्सट्रक्सनले पुलको ठेक्का पाएको थियो । यो राजमार्गलाई एसियाली विकास बैंक (एडिबी)को सहयोगमा एसियन मापदण्डअनुसार बनाइएको हो । पुल ११ मिटर चौडा छन् ।

सडक विस्तार गरेसँगै नौ देखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रूपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् ।

जनप्रतिनिधि दलभन्दा माथि उठ्न सक्नुपर्छ : सांसद कार्की

काठमाडौँ । प्रतिनिधिसभा सदस्य डा चन्दा कार्की (भण्डारी)ले जनप्रतिनिधि जनतामा मुद्दामा दलभन्दा माथि उठ्न सक्नुपर्ने बताएकी छन् । सांसदसँग रासस संवादका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा कार्कीले देश र जनताको हितका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनसक्नुपर्ने बताइन् ।

“हामी किन दलभन्दा माथि उठ्न सक्दैनौँ ? दलले गलत कुरा गर्छ भने त्यसको विरोधमा उत्रिनुपर्छ”, उनले भनिन्, “तर कुनै पनि दलले देश र जनताको हितमा बोल्छ भने एक भएर काम गर्नसक्नुपर्ने हो ।”

दलीय ह्वीपका कारण पनि सांसद स्वतन्त्र निर्णय गर्न नसक्ने अवस्था रहेको उनको भनाइ छ । “सातवटा प्राज्ञिक प्रतिष्ठानमा उच्च पदाधिकारीको चयन भइरहँदा ३२ पदाधिकारीमा एकजना महिला पर्नुभएन । योग्य र क्षमतावान महिला नभएका भने होइनन्”, संसदीय अभ्यासको एक वर्षको अनुभूति साट्दै उनले सुनाइन्, “त्यही कुरा सदनमा उठाउँदा मेरो पार्टीका सांसदमात्र सहमत हुने र अन्य दलका महिला सांसद त्यसमा समर्थन जनाउन सक्नुहुन्न, किनकि उहाँहरूलाई पार्टीको ह्वीप लाग्छ ।”

अर्कातर्फ उनले संसदभित्रै पनि महिला सांसदपछि पार्न खोजिएको महशुस हुने बताइन् । “हामी दुई सय बढी सांसद छौँ । तर काम गर्ने बेला अरु सबै सांसद निरीह भएर बसेको हुन्छ”, उनले भनिन्, “अग्रभागमा पुरुषहरूमात्र छन् । महिलाहरू नगन्य छन् । महिलालाई अगाडि आउन दिइएको छैन । त्यही पार्टीको १०–१५ जनाले निर्णय गर्ने र सदन चलाउने हो भने राज्यले दुई सय ७५ जनामा किन खर्च गर्नु ?”

प्रसूति एवं स्त्रीरोग विशेषज्ञका रूपमा ३५ वर्ष सेवा गर्नुभएको डा कार्कीका लागि यो पहिलो संसदीय अभ्यास हो । स्वास्थ्य सेवामा लामो समय बिताएकी उनी राजनीतिक गतिविधिसँग अभ्यस्त भए पनि यसअघि आफूसँग राजनीतिका लागि समय नभएको जानकारी दिइन् ।

“मैले राजनीति गर्छु भनेर सोचेको थिइनँ । यो एउटा सुन्दर संयोग थियो”, उनले भनिन् । सरकारी चिकित्सकका रूपमा १५ वर्ष देशका विभिन्न स्वास्थ्य सस्थामा काम गरेकी डा कार्कीले पछिल्ला समय काठमाडौँ मेडिकल कलेजको प्रधानाध्यापक, प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ प्रसूति एवं स्त्रीरोग विशेषज्ञकोे भूमिकामा २१ वर्ष काम गरिन् ।

उनले भनिन्, “उक्त कलेज खरिद बिक्रीका क्रममा मैले राजीनामा दिएँ । त्यही बेला नयाँ राजनीतिक पार्टी रास्वपाको उदय हुँदै थियो, उहाँहरूसँग कुराकानीका क्रममा समाज र देशलाई केही दिन सक्छु भन्ने हुटहुटीले जोडेको हो । मेरो राजनीतिक यात्रा त्यहीँबाट सुरु भयो ।”

रास्वपाबाट समानुपातिक सांसद डा कार्कीले विधायिकाको रूपमा पहिलो वर्ष सिकाइ र अध्ययनमा धेरै केन्द्रित भएको जानकारी दिइन् । विधायिकाका लागि अध्ययनशील बानीको विकास अनिवार्य भएको उनको बुझाइ छ ।

“म राजनीति गरेरै यहाँसम्म आएको होइन । तर चिकित्सकीय भूमिकामा मात्र होइन, जनप्रतिनिधिका रूपमा पनि धेरै अध्ययन जरुरत देखेँ । संविधान, प्रतिनिधिसभाका नियमावली, संसदीय अभ्यास र सम्बन्धित प्रचलित ऐन कानुन अध्ययन गर्न समय खर्चिएँ”, उनले भनिन्, “अध्ययनसँगसँगै संसदीय अभ्यास गर्यौँ र नयाँ पार्टी भएकाले पार्टी विस्तारमा पनि केही समय खर्चिएकै हो ।”

संवादका क्रममा ६५ वर्षीया सांसद कार्कीले एक वर्षको संसदीय अनुभवलाई सिकाइका दृष्टिकोणबाट अर्थपूर्ण रहेको बताइन् । राज्य व्यवस्था तथा सुशासन समितिको सदस्यसमेत रहेकी सांसद कार्कीले कानुन निर्माणमा आफूले कुनै पनि प्रयासमा नचुकेको दाबी गरिन् । तर सदनबाट एक वर्षमा एक विधेयकमात्र पास भएकोप्रति भने उनी सन्तुष्ट छैनन् ।

उनले विशेषत स्वास्थ्य, शिक्षा र भ्रष्टाचार सम्बन्धित विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउँदै आएकी छन् । भ्रष्टाचार नै समस्याको मूल जड भएको उनको भनाइ छ । उनले भनिन्, “स्वास्थ्य, शिक्षा र रोजगारीको प्रवर्द्धन गर्नुपर्ने राज्य नै भ्रष्टाचारमा लिप्त हो कि भन्ने आशङ्का आमजनतामा उब्जिएको छ । विद्यमान समस्या र चुनौती कसरी समाधान गर्ने भन्नेमा कसैको ध्यान छैनजस्तो देखिन्छ ।”

आमजनतामा सरकार र समग्र नेपाली राजनीतिक दलप्रति अविश्वासको खाडल बढ्दै गएकोप्रति उनले चिन्ता व्यक्त गरिन् । जनभावनाअनुरुप काम गर्न अहिलेको नेतृत्व चुकेको उनको बुझाइ छ । उनले भनिन्, “जनप्रतिनिधि सबै बसेर विभिन्न समस्या र चुनौतीको समना एवं समाधानका लागि छलफल गर्ने अभ्यास कम छ । तर सदन दलहरूबीचको वक्तृत्वकलाको प्रतिस्पर्धाजस्तो हुँदै आएको छ ।”

उनले संसद्को विभिन्न समयमा जनसरोकारका विषयप्रति सरकारको ध्यानााकर्षण गराउन पनि सम्बोधन हुन नसकेको बताइन् । “स्वास्थ्यमा यस्ता धेरै विषय उठाए जुन सुन्दा सामान्य लागे पनि त्यसको गहिरो प्रभाव आममानिसमा परिरहेको छ, त्यस्ता विषयमा राज्य गम्भीर बन्न सकिरहेको छैन”, उनले भनिन्, “आफू सरकारमा नहुँदा ‘डेलिभर’ गर्न ग्राहो छ । बोल्दामात्र सरकारले कति विषय सुन्दैन, कतिपय अवस्थामा निरीह महसुस हुन्छ ।”

उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रणालीको विकास गर्नुपर्नेमा जोड दिइन् । सरकारी अस्पतालप्रति जनताको विश्वास आर्जन गर्न स्वयं नेतृत्वले सरकारी अस्पतालबाट सेवा लिनुपर्ने उनको भनाइ छ । “यदि हाम्रो स्वास्थ्य संस्था सुधार्नु छ भने देशका शीर्षनेता एवं उच्च पदाधिकारीलाई देशभित्रकै सरकारी अस्पताल जानुपर्ने कानुन निर्माण गर्नुपर्ने कुरा उठाउँदै आएको छु”, उनले भनिन् ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीतिको प्रवेशले धेरै कुरा बिग्रिएको उनको धारणा छ । उनले स्वास्थ्यमा दरबन्दी थप्ने, स्वास्थ्यकर्मीको पारिश्रमिकमा मूल्याङ्कन र समीक्षा गर्नुपर्ने बताइन् । उनले स्वास्थ्य बीमालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै चिकित्सक एवं स्वास्थ्यर्कीप्रतिको बुझाइमा सकारात्मक सोच आवश्यक भएको बताइन् ।

“स्वास्थ्य संस्था राम्रो हुन चिकित्सकमात्र आवश्यक छ भन्ने बुझेका छौँ । तर स्वास्थ्य संस्था भनेको पियनदेखि सबै स्वास्थ्यकर्मी जरुरत हुन्छ”, उनले भनिन्, “चिकित्सा शिक्षाको महँगो शुल्क नघटाउने तर स्वास्थ्यकर्मी र चिकित्सकको पारिश्रमिक एवं सेवा–सुविधालाई नहेरिदिँदा उहाँहरूलाई प्रोत्साहन मिल्दैन ।”

संवादका क्रममा उनले संसदीय तालिका बनाउनुपर्ने बताइन् । “हामीले संसद्मा पटक–पटक ‘क्यालेण्डर’को माग गरिरहेका छौँ । यो वर्षमा हामीले के–के काम गर्छौँ, त्यसको तालिका त हुनपर्यो नि”, उनले भनिन्, “जनतालाई भेट्न देशका दूरदराज पुगिरहँदा यहाँ सदन सुरु भएको थाहा हुँदैन । कतिपय अवस्थामा बिहान ११ बजे बोलाएर बैठक साँझ ५ बजेसम्म बस्न सक्दैन ।”

महोत्तरीको औरहीमा जन्मिएकी उनले विद्यालयको प्राथमिक शिक्षादेखि उच्च शिक्षा हासिल गर्न र चिकित्सक बन्न धेरै सङ्घर्ष गर्नुपर्यो । “छोरीलाई पढाउनु हुँदैन भन्ने त्यो समयबाट चिकित्सा क्षेत्रको उच्च पदाधिकारी तहसम्मको मेरो यात्रा अवश्य पनि सहज थिएन”, उनले भनिन् ।

कक्षा ७ मा अध्ययन गर्दैगर्दा आमाको उपचारका लागि काठमाडौँ आएपछिका दिनको स्मरण गर्दै उनले भनिन्, “त्यो समयमा गाउँमा स्वास्थ्यकर्मीको अभावका कारण आमाको उपचारका लागि काठमाडौँ आउन बाध्य भयौं । काठमाडौँमा मधेसको केटी भनेर भर्ना लिन मानेन । मेरो मामाले पद्मकन्या डिल्लीबजारमा जसोतसो भर्ना गर्दिनुभयो ।”

विद्यालय जीवनमा सधैँ प्रथम भएकी उनले देशभित्रै पर्याप्त रोजगारी र सुनिश्चित भविष्यको आधार नबनाएसम्म युवा विदेश पलायन रोक्न नसकिने गुनासो गरिन् ।

“नेताज्यूहरूले जेल गएको आन्दोलनको अनुभव सुनाउनुहुन्छ । उहाँहरूको राजनीतिक कर्मसँगसँगै हामी जनताले भोग्नुपरेका अनुभुति पनि कम छैनन् जस्तो लाग्दछ मलाई”, उनले भनिन्, “रोजगारीको अभावमा नेपालीहरू विदेशिन बाध्य छन् । मेरै बालबच्चा बाहिर जान्छन् मैले रोक्न सक्दिनँ । यहाँ रोजगारी र भविष्य सुनिश्चित गर्नसके कसलाई आफ्नो सन्तान बाहिर पठाउन मन हुन्छ ?”

विवाह पञ्चमीले सद्भाव र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउँछ – राष्ट्रपति पौडेल

काठमाडौँ, १ पुस : राष्ट्रपति रामचन्द्र पौडेलले प्राचीनकालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवं ऐतिहासिक महत्व रहेको बताउनुभएको छ । विवाह पञ्चमीका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले यस पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।

प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा साताव्यापीरूपमा मनाइने विवाहपञ्चमी महोत्सवअन्तर्गत वैवाहिक कार्यक्रमलाई मुख्य आकर्षणको केन्द्र मानिने उल्लेख गर्दै राष्ट्रपति पौडेलले यस दिन विवाह उत्सवमा बाजागाजासहित झाँकी, नाचगान प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने परम्परा रहेको स्मरण गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले प्राचीन सांस्कृतिक पर्व विवाह पञ्चमीले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीचको एकता कायम गर्दै राष्ट्रिय एकताको भावना थप सुदृढ गर्न सबैलाई प्रेरणा मिलोस् भनी कामनासमेत गर्नुभएको छ । उहाँले मौलिक संस्कृतिको संरक्षण एवं संवर्द्धन गरी सबै नेपालीमा सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन विवाह पञ्चमीले उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेल सन्देशमा त्रेतायुगमा भगवान् श्रीराम र माता जानकीको शुभविवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमीका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना प्रकट गर्नुभएको छ ।

आज हजारौँ श्रद्धालुहरूको उपस्थितिमा रङ्गभूमि मैदान बाह्रबिघामा सीताराम स्वयम्बर हुने

जनकपुरधाम, १ पुस : जनकपुरधाममा जारी सप्ताहव्यापी श्री सीताराम विवाह पञ्चमी महामहोत्सवको मुख्य दिन आज सीताराम स्वयम्बर हुँदैछ । गत मङ्सिर २६ गतेदेखि सुरु भएको महामहोत्सवको मुख्य दिन आज हजारौँ श्रद्धालुहरूको उपस्थितिमा रङ्गभूमि मैदान बाह्रबिघामा सीताराम स्वयम्बर हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैणवले जानकारी दिनुभयो ।

आश्विन पूर्णिमाका दिन अयोध्याका राजा दशरथ पुत्र रामचन्द्रले तत्कालीन मिथिलाञ्चलको राजधानी जनकपुरमा शिव धनुष उचालेको र त्यसै आधारमा मार्ग शुक्ल पञ्चमी तिथिमा सीतारामको विवाह भएको प्रसङ्गअनुसार आज स्वयम्बरको आयोजना हुनलागेको महन्थ दासले बताउनुभयो । सोही ऐतिहासिक परम्परालाई जीवन्त राख्न जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी पर्व मनाउने गरिन्छ ।आज राममन्दिरबाट श्रीरामचन्द्रको डोला बाजागाजाका साथ नगर परिक्रमा गर्दै रङ्गभूमि मैदानमा पुर्याइन्छ भने जानकी मन्दिरबाट लिइएको जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध व्यक्तिले त्यहाँ स्वागत अभिनन्दन गर्दछन् ।सोही मैदानमा श्रीरामको डोलालाई जानकी मन्दिरबाट लगिएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामचन्द्रलाई पुष्पहार अर्पण र श्रीरामको डोलीबाट महन्थले जानकी (सीता)लाई माला लगाई आरती पूजनपछि विधिवत स्वयम्बर हुन्छ । तत्पश्चात लावालस्करसहित राममन्दिरको मण्डप जानकी मन्दिर पुर्याएर आरती पूजन गरी राममन्दिर फर्कने गर्दछ भने आजै राति मिथिला परम्पराअनुसार भगवान् रामचन्द्र र माता जानकीको वैवाहिक कार्यक्रम सम्पन्न हुनेछ ।यसअघि पहिलो दिन मङ्गलबार जानकी मन्दिर परिसरमा ‘नगर दर्शन’ कार्यक्रमसहित सुरु भएको महोत्सवको दोस्रो दिन बुधबार विवाह मण्डपको बगैँचामा फूलबारी लीला भयो । तेस्रो दिन बिहीबारका दिन ‘धनुष यज्ञ’ सम्पन्न गरिएको थियो ।धनुष यज्ञ त्रेतायुगमा राजा जनकले आफ्नी छोरी सीतासँग स्वयम्बरका लागि राखेको ‘शिव धनुष यज्ञ’ प्रतियोगितामा राजा दशरथका छोरा रामचन्द्रले तीन टुक्रा पारेको किंवदन्तीअनुसार कार्यक्रम सम्पन्न भई सीतारामबीच स्वयम्बर हुने पक्का भएको थियो ।चौथो दिन शुक्रबार तिल्कोत्सव अर्थात् राममन्दिरमा जानकी मन्दिरबाट साधुसन्त र नगरका प्रमुखजनको उपस्थितिमा तिलकोत्सव (कुरा छिन्न, वाग्दान) सम्पन्न भएकामा हिजो शनिबार मिथिला परम्पराअनुसार कन्यापक्षका तर्फबाट गरिने ‘मटकोर’ कर्म गङ्गासागरमा पुगेर निर्वाह गरिएको थियो ।जानकी मन्दिरका सहमहन्थ रामरोशन दासले आज छैटौँ दिन रङ्गभूमी मैदान बाह्रबिघामा सीतारामको विवाह सुसम्पन्न भएर भोलि पुस २ गते रामकलेवा अर्थात् जन्तीका रूपमा आएका साधुसन्तलाई ५६ व्यञ्जन खुवाई बिदाइ गरी यस वर्षको महामहोत्सव कार्यक्रम समापन हुने बताउनुभयो ।अयोध्याका राजा दशरथका छोरा भगवान् श्रीराम र मिथिलाका राजा जनककी छोरी सीताको विवाह भएको स्मरणमा मिथिलावासीले यसलाई हरेक वर्ष विशेष महोत्सवका रूपमा मनाउने गर्दछन् ।

नेपालको ‘श्रीलङ्का टापु’ भनेर चिनिने बराहक्षेत्रमा शिक्षक अभाव हुँदा दैनिक पठनपाठनमा समस्या

बराहक्षेत्र (सुनसरी), १ पुस : नेपालको ‘श्रीलङ्का टापु’ भनेर चिनिने बराहक्षेत्र नगरपालिकाको वडा नं ६ स्थित आधारभूत तहको विद्यालय सञ्चालन गर्न पनि जनशक्ति अभाव भएको छ । सप्तकोशीपारिको एकमात्र सो जनता आधारभूत विद्यालयमा शिक्षक अभाव हुँदा दैनिक पठनपाठनमा समस्या भएको हो । आवश्यकतानुसारका शिक्षक नहुँदा विद्यालयको पठनपाठनमा बाधा पुगिरहेको विद्यालयका प्रधानाध्यापक सन्तोष कर्माकार जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वर्षौँदेखि प्राथमिक तह (प्रावि) दरबन्दीका शिक्षकबाट नै आधारभूत तहसम्म अध्यापन गराइरहेका छौँ ।” कक्षा ५ सम्म पढाउने क्षमता भएका शिक्षकले ८ कक्षासम्म पढाइरहनुपर्दा विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव पार्ने उहाँको भनाइ छ ।“हामीले सकीनसकी पढाउन त पढाइरहेकै छौँ”, उहाँले भन्नुभयो, “राज्यले पर्याप्त दरबन्दी नदिँदा अदक्ष शिक्षकबाटै भए पनि काम चलाइरहनुपरेको छ । यो हाम्रो बाध्यता हो ।”

बराहक्षेत्र नगरपालिकाको वडा नं ६ र ९ श्रीलङ्का टापुलाई कोशीटप्पु पनि भन्ने गरिन्छ । यहाँ दुई हजारभन्दा बढी जनसङ्ख्या छ । विद्यालयका शिक्षक सन्तोष चन्द्रवंशीका अनुसार श्रीलङ्का टापुभरिमा तीनवटा सामुदायिक विद्यालय छन्, यसमा दुईवटा प्राथमिक तहका विद्यालय छन् भने एउटा आधारभूत तहको विद्यालय छ ।

जनता आधारभूत विद्यालयले २०६६ सालदेखि यस क्षेत्रका विद्यार्थीलाई कक्षा ८ सम्म अध्यापन गराउँदै आएको छ । तथापि शैक्षिकसत्र २०७८÷७९ देखि नगरपालिकाको शिक्षा शाखाले शिक्षण सहयोग अनुदान भनेर एउटा निमावि (आधारभूत) दरबन्दी दिएको प्रधानाध्यापक कर्माकारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आधारभूत तह चलाउनै गाह्रो छ । त्यसै कारण गुणस्तरीय शिक्षा पनि दिन सकिएको छैन ।”

बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले दरबन्दी आवश्यकतालाई पूर्ति गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “दरबन्दीको आवश्यकता पूरा गर्दै आगामी शैक्षिकसत्रदेखि यस विद्यालयमा कक्षा ९ थप्नेसमेतको योजना छ ।”

सप्तकोशी नदीले धार परिवर्तन गर्दा बनेको श्रीलङ्का टापु जान कोशीमा डुङ्गा चढेर जानुपर्छ । वर्षात्का समयमा डुङ्गा पनि प्रयोग गर्न गाह्रो हुने भएकाले यातायातको निकै समस्या रहेको कोशी प्रदेशसभा सदस्य सदानन्द मण्डलले जानकरी दिनुभयो ।

उहाँले तरकारी खेतीका लागि निकै प्रख्यात सो क्षेत्रका किसानलाई आफ्ना उत्पादन बजारसम्म लैजान समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो “किसानले मेहनतअनुसारको मूल्य समेत पाएका छैनन् । सप्तकोशी नदीमा झोलुङ्ग पुलको आवश्यकता छ । ”

कुखुरा, बङ्गुर र मदिरा उत्पादन नहुने म्याग्दीको ‘गाजने’ गाउँ

बेनी । म्याग्दीको एउटा गाउँमा अनौठो संस्कारलाई सयौँ वर्षदेखि निरन्तरता दिइएको छ । बेनी नगरपालिका–५ मा अवस्थित गाजने गाउँमा सयौँ वर्षदेखि कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरा उत्पादन हुँदैन ।

सुन्दा अचम्म लागे पनि १५औँ शताब्दीको मध्यतिर गाजनेको धुरीमा पर्वतेराज्य सञ्चालन गरेका तत्कालीन राजा दिलीपबम (डिम्ब बम) मल्लले बनाएको नियमानुसार यस गाउँमा अहिलेसम्म पनि कुखुरा, बङ्गुर र मदिरा उत्पादनमा पूर्ण रोक लगाइएको छ ।

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको गाजने गाउँमा रहेका २५ घरधुरीले सयौं वर्ष पुरानो नियमलाई पालना गर्दै आएका छन् । धार्मिक र ऐतिहासिक मान्यतालाई आत्मसात् गरी गाउँमा परापूर्वकालदेखि नै कुखुरा र बङ्गुरपालन तथा घरेलु मदिरासमेत उत्पादन नहुने जगन्नाथधाम गुठी व्यवस्थापन समितिका अध्यक्ष नीलकण्ठ शर्माले जानकारी दिए ।

“यो तत्कालीन राजाले बसालेको नियम हो, बीचमा केहीले मदिरा बनाउने प्रयास गरेका थिए, उनीहरूको परिवारलाई उक्त कदमले शुभ दिएन, क्षति भयो, अहिले कसैले पनि यो नियम तोड्ने हिम्मत गर्दैनन्”, उनले भने ।

बाइसे–चौबीसे राज्यका पालामा तत्कालीन राजा दिलीपबम मल्ल (डिम्ब)ले गाजने गाउँमा भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरेसँगै सोही समयदेखि नै गाजने गाउँमा कुखुरा, सुँगुरपालन, बङ्गुरपालन र मदिरा उत्पादनलाई निषेध गरेको स्थानीय बासिन्दा बताउँछन् । यस गाउँमा बजारको रक्सीसमेत बिक्री–वितरण हुँदैन भने बाहिरबाट लगेर कुखुरा तथा बङ्गुर बिक्री र काटमार पनि गर्न पाइँदैन ।

तत्कालीन राजाले बसालेको नियमलाई अहिले पनि स्थानीयले मान्दै आइरहेका छन् । बीचको समयमा केही स्थानीयवासीले कुखुरापालन र मदिरा उत्पादन गर्ने गरेको भए पनि त्यसको परिणाम राम्रो नदेखिएपछि छाडेका थिए । अहिले प्रसिद्ध जगन्नाथ मन्दिर रहेको गाजने गाउँ साकाहारी गाउँका रूपमा चिनिन थालेको छ ।

गाजने गाउँमा कुखुरा, बङ्गुर र मदिरा त चल्दैन भने जगन्नाथ मन्दिर पूजाआजा गर्नका लागि रातो रङको फूल, टीका र अबिर पनि प्रयोग नहुने स्थानीयवासी बताउँछन् । जगन्नाथ मन्दिरमा अबिरको सट्टा केसरी र रातो धजापताकाको सट्टामा पहेँलो र सेतो कपडाको फेटा लगाइन्छ भने पहेँलो र सेतो धजा चढाउने गरिन्छ ।

तत्कालीन राजा दिलीप बमले १५औँ शताब्दीमा भारतको उडिसा राज्यबाट भगवान् जगन्नाथको मूर्ति ल्याएर स्थापना गरी आफू सोही ठाउँमा अलप भएको र उनको स्थापित समाधिस्थलसमेत रहेको हुँदा रातो रङको प्रयोगमा निषेध हुँदै आएको जगन्नाथधाम गुठी व्यवस्थापन समितिका उपाध्यक्ष यामबहादुर बानियाँले जानकारी दिए ।

पछिल्लो समय गाजने पर्यटकीय गाउँको रूपमा विकास हुन थालेको छ । ऐतिहासिक धरोहरका रूपमा रहेको जगन्नाथ मन्दिरमा पूजाआजा गर्नको साथै अनौठा परम्परागत मान्यतालाई जोगाउँदै आएको गाजनेको स्थलगत अवलोकनका लागि पर्यटक पुग्ने गरेका छन् ।

गाउँको शिरमा रहेको केभहिलबाट धवलागिरि र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिने भएपछि यहाँ धार्मिक पर्यटकसँगसँगै प्राकृतिक सुन्दरतामा रमाउन चाहनेहरूका लागि समेत उपयुक्त गन्तव्यका रूपमा विकास हुन थालेको हो ।

रामजानकी विवाह : जन्ती महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान

महोत्तरी, १ पुस : मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् । शनिबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात श्रीलक्ष्मीनारायण मठ मटिहानीको आतिथ्यता ग्रहण गर्दै जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका हुन् । रामजानकी विवाह महोत्सवमा अयोध्याबाट जन्ती भई साधुसन्त जनकपुर आउने पुरानो परम्परा हो ।

महोत्सवमा अयोध्याका अतिरिक्त भारतका विभिन्न ठाउँबाट साधुसन्त आउने गरेका छन् । केही दशक पहिलेसम्म मङ्सिर शुक्लपक्ष लाग्नासाथै प्रतिपदाकै दिन भारतीय साधुसन्त मटिहानी हुँदै नेपाल प्रवेश गर्थे । यो तालिकामा पहिलो रात मटिहानी, दोस्रो रात जलेश्वर, तेस्रो रात महोत्तरीकै सहोडवा र चौथो दिन जनकपुर पुग्ने चलन थियो । यसक्रममा दिवा र रात्रिभोजनका स्थल निर्धारित भएबमोजिम स्थानीयले अहोभावले स्वागत गर्दै भोजन, विश्रामको चाँजो मिलाउने परम्परा रहेको पिपरा गाउँपालिकाको बनौली गाउँका ६५ वर्षीय वैद्यनाथ चौधरीले बताउनुभयो ।

केही साधुसन्त पञ्चमीको एक दिनपूर्व मटिहानी पुग्ने र महोत्सवको मुख्य दिन पञ्चमी तिथिमा जलेश्वर हुँदै जनकपुर जान थालेका छन् । मेला उत्सवको आकर्षण घट्दै गएर सीमित सङ्ख्याका साधुसन्त र सर्वसाधारण श्रद्धालु आउने गरेका यात्राको बाटो क्षेत्र (मटिहानी–जलेश्वर–पिपरा–जनकपुर)का बासिन्दा बताउँछन् । कतिपय भारतीय साधुसन्त त आज नै भिठ्ठामोर सीमानाकाबाट नेपाल प्रवेश गर्दै सोझै जनकपुर पुग्ने जनाइएको छ ।
जनकपुरधाममा सप्ताहव्यापी मनाइने रामजानकी महोत्सव त्रेतायुगमा अयोध्या नरेश दशरथ पुत्र श्रीराम र मिथिला (विदेह)का राजा शिरध्वज जनककी पुत्री सीताको मङ्सिर शुक्ल पञ्चमी तिथिका दिन विवाह भएको सम्झनामा मनाउँदै आइएको हो । हिन्दू परम्परामा श्रीराम विष्णुका अवतार र मर्यादा पुरुषोत्तम कहलिन्छन् भने सीता लक्ष्मीकी अवतार र आदर्श नारीका रूपमा पूज्य छन् ।

जनकपुरधाममा सम्पन्न गरिने महोत्सवको साप्ताहिक तालिकामा जनकपुर नगर दर्शन, फूलबारी लीला, धनुष यज्ञ, तिलकोत्सव, मटकोर र स्वयम्बर तथा विवाह र रामकलेवा विधि छन् । महोत्सवको मुख्य दिन आज मङ्सिर शुक्ल पञ्चमीका दिन मध्याह्नपछि जनकपुरधामको विशाल रङ्गभूमि मैदानमा स्वयम्बर समारोह आयोजन हुँदैछ । रामसीताको स्वयम्बरपछि आजै राति जानकी मन्दिर परिसरभित्रको विवाहमण्डपमा राम–सीता, भरत–माण्डवी, लक्ष्मण–उर्मिला र शत्रुघ्न–श्रुतिकीर्तिको विवाह विधि सम्पन्न गरिने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले बताउनुभएको छ ।

वर (दुलहा)हरु चारैजना अवध (अयोध्या) नरेश दशरथका पुत्र र बेहुलीहरूमध्ये सीता र उर्मिला विदेहराज शिरध्वज जनकका र माण्डवी तथा श्रुतिकीर्ति राजा जनकका भाइ कुशध्वजका छोरी भएका रामायणमा वर्णित छ । विवाहको भोलिपल्ट रामकलेवा विधिका दिन जन्ती भई आएका भारतीय साधुसन्तलाई मिष्टान्न भोजन गराइ वस्त्रआभूषण र दक्षिणा दिएर बिदाइ गरिने चलन छ । यी सबै विधिका मुख्य आयोजक जानकी मन्दिर व्यवस्थापन रहँदै आएको छ ।

विवाह महोत्सवमा जानकी मन्दिरका महन्थ राजा जनकको र जनकपुरकै राम मन्दिरका महन्थ राजा दशरथको भूमिकामा हुन्छन् । समारोहमा मैथिल परम्पराअनुसार जन्ती र घरगाउँले तथा सम्धीसम्धीबीचको हाँसख्याल ठट्टा सहभागीहरूका लागि मनोरञ्जक हुने गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठका मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झाले बताउनुभयो ।

प्राचीन मिथिलाको विवाह पद्धति, चालचलन र रीतिथिति सम्झाउने यो सांस्कृतिक पर्वको शाख ओइल्याउन दिन नहुने स्थानीयको भनाइ छ । यसका लागि नयाँ पिँढीका मैथिल युवाले अग्रसरता लिनपर्ने महोत्तरीकै बलवा नगरपालिकाको धमौरा बस्तीका बासिन्दा मैथिल संस्कृति र परम्पराका जानकार कामेश्वर झाको सुझाव छ ।

उखु किसानको घाउमा सरकारको नुनचुक

काठमाडौ । मुलुक अधिकांश वस्तुमा परनिर्भर छ। स्वदेशमा उत्पादन हुने कृषि तथा पशुजन्य वस्तु पनि विदेशबाट आयात गर्दा परनिर्भरता बढिरहेको छ। कृषि तथा पशुजन्य वस्तु उत्पादन बढाएर आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले किसानलाई प्रोत्साहन होइन, निरुत्साहित गरेको छ।

सरकारबाट बिमा प्रिमियमको अनुदान पाउने आशामा कृषि तथा पशुपालन गरिरहेका किसानले सहयोग नपाउँदा निराश छन्। सरकारले पशु तथा कृषि बिमाको प्रिमियमबापतको डेढ अर्ब रूपैयाँ पनि दिएको छैन। मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा करिब २४ प्रतिशत योगदान रहेको कृषि क्षेत्र उपेक्षामा पर्दा कृषि पेसामा आकर्षण बढ्न सकेको छैन। सरकारबाट पाउनुपर्ने अनुदानको रकम नपाउँदा निराशा बढेको छ।

दुध बेचेका किसानले पैसा नपाउनु, उखु किसानले अनुदान नपाउनु, बिमा गरेका किसानले बिमाको भुक्तानी नपाउनु, बडफ्लुपीडित कुखुरा व्यवसायीले क्षतिपूर्ति नपाउनु चिन्ताको विषय हो।

सरकारले किसानलाई प्रोत्साहन गर्नुको साटो निरुत्साहित गरेको कृषक समूह महासंघका संस्थापक अध्यक्ष उद्धव अधिकारीको गुनासो छ। ‘सरकारले झारा टार्न किसानलाई अनुदानको नाटक गर्छ,’ अधिकारीले भने, ‘किसानले पाउनुपर्ने भुक्तानी लिन महिनौं कुर्नुपर्छ।’उखु किसानले सरकारबाट पाउनुपर्ने अनुदान रकम नपाएपछि आन्दोलन सुरु गरेका छन्।

किसानले गत वर्ष पाउनुपर्ने ५३ करोड रूपैयाँ अझै नपाएको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमणि मैनालीले बताए। ‘यो वर्षको क्रसिङ सुरु हुँदा पनि गत वर्षको अनुदान रकम किसानले पाएका छैनन्,’ मैनालीले भने, ‘उखु उद्योगीले पनि समयमा भुक्तानी दिँदैनन्।’

उखु किसान सरकार र उखु उद्योगी दुवैबाट पीडित छन्। उनीहरूले हरेक वर्ष आन्दोलन गर्दै आएका छन्। अहिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सिफारिस गरेको उखुको न्यूनतम मूल्य नपाएको भन्दै किसान आन्दोलनमा उत्रिएका हुन्। कृषि मन्त्रालयले उखुको मूल्य क्विन्टलको ५ सय ६५ रूपैयाँ कायम गर्न सिफारिस गरेको भए पनि किसानले ७ सय ५० कायम गर्न माग गरेका छन्।

उखु किसानले शनिबार सर्लाहीमा ५३ करोड बक्यौता अनुदान भुक्तानी र मूल्य निर्धारण गर्न माग राखेर प्रदर्शन गरेका थिए। ‘सरकारले अनुदानको रकम नदिएपछि आन्दोलन गर्नुपरेको छ,’ मैनालीले भने, ‘उखुको उचित मूल्य कायम गर्न पनि दबाब दिएका छौं।’ चिनी किलोमा ३५ रूपैयाँ बढे पनि उखुको मूल्य नबढेको किसानको गुनासो छ। यो समाचार नागरिक दैनिकमा छ ।

बसाइँसराइले रित्तिदै गाउँः बढ्यो बाँदर आतङ्क

ढोरपाटन (बागलुङ), १ पुस : बसाइँसराइका कारण रित्तिएका गाउँ । खेतीयोग्य जमिन वनमाराले खेतबारी ढापक्कै ढाकिएका छन् । वरपरका रुखबिरुवा बढेर गाउँ छेकिन थालेको छ । गाउँमा बूढापाकाबाहेक अरु कोही छैनन् । युवाशक्ति विदेश र बालबालिका बजार झर्दा बागलुङका ग्रामीण क्षेत्र सुनसान बन्दै गएका हुन् । एक दशक अगाडिसम्म रमाइलो गाउँबस्ती हिजोआज उराठलाग्दो बनेका छन् । विद्यालयमा विद्यार्थी घटिरहेका छन् । सेवा सुविधा घरदैलोमै पुगेका छन् तर सेवा सुविधाको उपभोग गर्ने मान्छे निकै कम छन् । विकासले नछुँदा मान्छेको चहलपहल हुने गाउँ अहिले खाली हुँदै गएका छन् । दिनप्रतिदिन बजार झर्नेको सङ्ख्या बढ्दै गएपछि गाउँमा बस्नेलाई वन्यजन्तुले सास्ती दिन थालेका छन् ।

सबैभन्दा बढी बाँदरले गाउँमा भएका वृद्धवृद्धालाई दुःख दिने गरेको पाइएको छ । जिल्लामा बसाइँसराइ गरी बजार झर्ने र विदेश जाने सङ्ख्या गलकोट नगरपालिका, काठेखोला गाउँपालिका र जैमिनी नगरपालिकामा बढी छ । गाउँमा बस्ने बूढापाकाले काम गर्न सक्न छाडेपछि घरै छेउका खेतबारी झाडीमा परिणत हुँदै गएका छन् । यसका कारण बाँदरलगायतका वन्यजन्तु सजिलै घरमा छिर्ने गरेका छन् । बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामानसमेत नष्ट गरिदिने गरेको छ । बढ्दो बाँदर आतङ्कका कारण स्थानीयले रोकथामको माग गरिरहेका छन् । केही पालिकाले बाँदर नियन्त्रणका लागि योजना तयार गरे पनि अहिलेसम्म कार्यान्वयन गर्न सकेका छैनन् ।

गाउँमा जनसङ्ख्या कम हुँदै गएपछि बाँदर आतङ्क बढ्दै गएको काठेखोला गाउँपालिका–१ का लक्ष्मण थापाले बताउनुभयो । पाँच वर्ष पहिलेसम्म जङ्गलमा मात्रै भेटिने बाँदर हिजोआज घरमै आएर सास्ती दिने गरेको उहाँको भनाइ छ । हरेक वर्ष गाउँबाट बजार झर्नेको सङ्ख्या बढ्दै गएको र उनीहरूलाई गाउँमै रोक्न सक्ने योजना सरकारले ल्याउन नसकेको उहाँको गुनासो छ । विकास गाउँ उक्लने, मानिस सुविधा खोज्दै बजार झर्ने गरेको भन्दै सुनसान गाउँमा बाँदर र चितुवाले बासस्थान बनाउन थालेको उहाँले बताउनुभयो । रोजगार सिर्जना गरी बजार झरेकालाई गाउँमै फर्काउन सके बाँदर नियन्त्रण हुने थापाको भनाइ छ । बाँदर धपाउन अनेक जुक्ति लगाए पनि नसकेको उहाँले बताउनुभयो ।

“पहिले–पहिले मान्छेहरूले गाउँ भरिन्थ्यो, एउटै घरमा १०–१२ जनासम्म मान्छे बस्थे, गाउँमै खेतीपाती गर्ने, वनजङ्गलमा पुगेर घाँस दाउरा गर्थे र पो बाँदर आउँदैनथ्यो, अहिले गाउँ सुनसान छ, बूढाबूढीमात्रै छन्, सुनसान ठाउँमा बाँदर, बाघ र भालु आउने नै भए”, उहाँले भन्नुभयो, “अब सरकारले गाउँमा बजारको जस्तो सेवा सुविधा दिनेगरी काम गर्नुपर्छ, बजार झर्नबाट रोक्न सकेमात्रै बाँदर नियन्त्रण गर्न सकिन्छ नत्र बाँदरमात्रै होइन, अब गाउँ जङ्गली जनावरको बासस्थानका बन्ने छ ।”

जैमिनी –५ का पदम सुवेदीले बाँदरले बालीनाली सबै सखाप पर्दा लाखौँको नोक्सानी व्यहोर्नुपरेको बताउनुभयो । धेरै मान्छे बसाइँसराइ गरी अन्तै गएपछि गाउँमा अहिले थोरै सङ्ख्यामा मात्रै मान्छे रहेको उहाँको भनाइ छ । गाउँमा बस्ने अधिकांशको जीविकोपार्जन खेतीपाती गरेर नै हुने भन्दै बारीमा लगाउने बालीनालीदेखि तरकारी सबै बाँदरले नष्ट गरिदिने सुवेदीले गुनासो पोख्नुभयो । बालीनाली जोगाउन एक–दुईजना कुरुवा अनिर्वाय राख्नुपर्ने उहाँले बताउनुभयो । आजभोलि बाँदर निकै चलाख र बाठो हुँदै गएपछि मान्छेलाई समेत नटेर्ने सुवेदी बताउनुहुन्छ ।

उहाँले भन्नुभयो, “हिउँदबर्खा बाह्रै महिना बाँदर लाग्छ, कुरुवा नबस्ने हो भने एकैछिनमा सबै बाली नष्ट गरिदिन्छ, बारीमा गयो बारीमै, घरमा आयो घरमै बाँदरको आतङ्क निकै बढ्यो, बूढाबूढीलाई कोपार्न, चिर्थोनसमेत आउने गरेको छ, बाँदरले हामीलाई निकै समस्या बनायो, सुरुसुरुमा बाँदर धपाउने बन्दुक पट्काउँदा डराउँथे, अहिले त डराउनै छाडे, घरको आँटीमै आएर बस्छ, अन्नपात निकालेर खाइदिन्छ, साँझ आउदा केही बाँकी राख्दैन ।”

जैमिनी नगरपालिकाले बाँदर नियन्त्रणका लागि ‘मङ्की पार्क’ बनाउने योजना बनाएको छ । जैमिनी, काठेखोलालगायत जिल्लाभर बाँदर आतङ्क बढ्दो छ । बाँदर नियन्त्रणका लागि काठेखोला गाउँपालिकाले पनि जङ्गलमा फलफूलका बिरुवा रोप्ने योजना बनाएको गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा (तिलक)ले जानकारी दिनुभयो । पछिल्लो केही वर्षयता बाँदरले धेरै किसान र ग्रामीण भेगका धेरै नागरिकलाई दुःख दिइराखेको भन्दै यस समस्या समाधान गर्नतर्फ गाउँपालिका गम्भीर भएर लागेको सुनाउनुभयो ।

“बाँदर आतङ्क रोक्नका लागि पालिकामा धेरैपटक छलफल भएको छ, अहिले यसरी बाँदर आतङ्क बढेको मान्छेहरूले गाउँ छाड्नु प्रमुख कारण हो, अब गाउँपालिकाले जङ्गलमा फलफूलको बिरुवा रोप्ने र जङ्गलमै बाँदर भुलाउने खालको योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “विज्ञहरूसँग पनि बहस गरिरहेका छौँ, सुझाव लिइरहेका छौँ, ढिलोचाँडो उपाय निस्किन्छ, त्यसपछि हामीहरू नियन्त्रणमा लाग्छौँ ।”

भ्यानले दुई जनाको ज्यान लिएको केही दिनमै माडीमा अर्को दुर्घटना, वडासदस्य लुइँटेलको मृत्यु

भरतपुर (चितवन), १ पुस : चितवनको माडीमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्यको मृत्यु भएको छ । माडी नगरपालिका–१ स्थित गर्दिमा शनिबार साँझ भरतपुरतर्फ आउँदै गरेको मोटरसाइकललाई नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिँदा माडी–२ का वडासदस्य ६० वर्षीय जीवलाल लुइँटेलको मृत्यु भएको हो । उहाँ नेपाली कांग्रेसबाट वडा सदस्य निर्वाचित हुनुभएको थियो ।

बाप्र०३०४प ८९१७ नम्बरको मोटरसाइकलमा वनकट्टाबाट भरतपुरतर्फ आउँदै गर्दा वडा सदस्य लुइँटेल सवार मोटरसाइकललाई विपरीत दिशातर्फ गइरहेको ट्रयाक्टरले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार ठक्कर दिने ट्रयाक्टर भएको अनुमान गरिएको र केही ट्रयाक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धभान भइरहेको जानकारी दिनुभयो । केही दिनअघि मात्रै माडीमा भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो ।

श्रीलङ्काले अपराध विरोधी विशेष अभियान शुरु गर्ने

श्रीलङ्काको प्रहरीले संगठित अपराध र लागुऔषध सम्बन्धी गतिविधिहरूलाई रोक्न आइतबारदेखि विशेष अभियान शुरु गर्ने भएको छ ।सार्वजनिक सुरक्षा मन्त्री तिरन एलेसले शनिबार सो अभियान बारे जनाकारी दिनु भएको छ ।

प्रहरी वरिष्ठ अधिकारीसँगको बैठकपछि मन्त्रीले लागुऔषध ओसारपसार र संगठित अपराधविरुद्ध कडा कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको जानकारी दिनु भएको छ । उहाँले लागु औषधजन्य अपराध र अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीलाई सक्रिय सहयोग गर्न सर्वसाधारणलाई आग्रह समेत गर्नु भएको छ ।नोभेम्बर २६ मा श्रीलङ्काको प्रहरी, विशेष कार्य बल र सेनाले संयुक्त रूपमा कोलम्बोको उपनगरहरूमा छापा मारेर ४० जनाभन्दा बढी व्यक्तिहरूलाई गिरफ्तार गरेको छ।

हेर्नुहोस् पौष १ गते आइतवारको राशिफल

ज्यो.पं सरोज घिमिरे/मेष राशि – गरिरहेको काममा त्यती मन नलाग्नाने सामान्य अप्जस आईपर्ने छ । ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ । खानपानको कारणले स्वास्थ सम्बन्धि समस्या उत्पन्न हुन सक्नेछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहला । अनावश्क कार्यका निम्ति बढि समय ब्यतित हुन सक्छ । कार्य क्षेत्रमा सोचे अनुरूप समय दिन सकिने छैन ।

बृष राशि – मान्य जनको साथ सहयोग द्वारा कार्यको क्षेत्रमा जोश जागर बढ्नेछ । बिद्या प्राप्ति को योग रहेको छ । पारीवारिक झमेला ले सताउनेछ । सहि समयमा सहि निर्णय गर्न नसक्नाले सामान्य झन्झट देखा पर्नेछ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ ।

मीथुन राशि- अनावश्यक खर्चको योग रहेको छ । दाजूभाई तथा ईष्ट मित्र बिच सामान्य मनमुटाब रहन सक्छ । कामको क्षेत्रबाट सामान्य अपजस वा झन्जट ब्यर्होनु पर्ला । धार्मिक यात्राको योग रहेको छ । प्रतिस्पर्धीहरूको बृद्धि हुनाले खुट्टा तान्ने ब्यक्तिहरूबाट बच्नु पर्नेछ । यात्रामा सामान्य झन्जट आउन सक्छ ।

कर्कट राशि – खानपानको गढ्रबढीले स्वास्थ क्षेत्रमा साधारण समस्या देखा पर्नेछ । प्रतिस्पर्धीह?को बृद्धि हुनाले खुट्टा तान्ने ब्यक्तिह? बाट बच्नु पर्नेछ । अनावश्यक कार्यका निम्ति बढि समय ब्यतित हुन सक्छ । गैर विश्वासनिय ब्यक्तिको भर पर्नाले सामान्य झन्झटको सामना गर्नु पर्नेछ । बोलिको कारण साथि भाई टाढिन सक्छन ।

सिंह राशि – आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ । जिवन साथिको सहयोगमा ब्यापार ब्यबसायका क्षेत्रमा रामा्रे समय रहनेछ । खुट्टा तान्ने ब्यक्तिह? बाट बच्नु पर्नेछ । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।

कन्या राशि – दाम्पत्य शुखमा कमि आउन सक्छ । आटँ र शाहसमा बृद्यि हुने योग रहेको छ । ब्यापार ब्यवसायमा भने दिन मध्यम रहनेछ । कार्य क्षेत्रमा सोचे अनु?प समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । बोल्दा होश पुर्याउनु होला । मेहेनत अनु?पको फल प्राप्त हुनाले कार्य क्षेत्रमा जागर बढ्नेछ ।

तुला राशि – मित्र जनको सहयोग बाट गरीएको कार्यमा सफलता प्राप्त हुनाले मन प्रशन्न रहला । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ । बोलिको कारण साथि भाई टाढिन सक्छन । बिद्या प्राप्ति को योग रहेको छ ।सहि समयमा सहि निर्णय गर्न नसक्नाले सामान्य झन्झट देखा पर्नेछ ।

बृश्चिक राशि – पारीवारीक साथ सहयोग बाट गरीएका कार्यमा बिशेष सफलता प्राप्त हुनेछ । मेहेनत अनु?पको फल प्राप्त हुनाले कार्य क्षेत्रमा जागर बढ्नेछ । खानपानको क्षेत्रमा बिशेष ध्यान दिनुहोला । ब्यापार ब्यबसायमा राम्रो समय रहेको छ । भौतिक साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु उत्तम रहनेछ ।

धनु राशि – मित्रजनकोे साथ सहयोगमा गरीएका कार्य द्वारा भाग्योदयको सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि समस्या ले सताउन सक्छ । यात्रामा सामान्य झन्जट आउन सक्छ । आटँ र शाहसमा बृद्यि हुने योग रहेको छ । दाजूभाई तथा ईष्ट मित्र बिच सामान्य मनमुटाब रहन सक्छ । देश बिदेशको यात्राको सम्भावना रहेकोछ ।

मकर राशि – सामान्य यात्रा हुन सक्छ । मनोरञ्जन तथा भोगबिलासमा समय ब्यतित हुनेछ । बोलिमा मधुरता छाउनाले अन्य ब्यक्तिह? प्रभाबित हुन सक्लान । मालसामान हराउन सक्ला । स्थीर सम्पतिमा गरीएको लगानिमा फाईदा हुनेछ । बोलिको कारण साथि भाई टाढिन सक्छन । अनावश्यक कार्यका निम्ति बढि समय ब्यतित हुन सक्छ ।

कुम्भ राशि – मान्यजनको साथ सहयोगले ब्यापार ब्यबसायमा रामा्रे समय रहेको छ । दाम्पत्य जिवन शुखमय बित्नेछ । स्वास्थ सम्बन्धि समस्याले सताउनाले निर्णय गर्ने क्षमतामा कमि आउनेछ । शारीरिक आलस्यताले सताउला । कार्य क्षेत्रमा सोचे अनु?प समय दिन सकिने छैन । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ ।

मीन राशि – भोगविलासका क्षेत्रमा समय ब्यतित रहने योग रहेकोछ । गैर ब्यत्तिह?को बिश्वासमा नपर्नुनै उत्तम रहनेछ । सामान्य आर्थीक अभावको सामना गर्नु पर्ने समय रहेकोछ । देश बिदेशको यात्राको सम्भावना रहेकोछ । प्रतिस्पर्धीह?को बृद्धि हुनाले खुट्टा तान्ने ब्यक्तिह? बाट बच्नु पर्नेछ । यात्रामा सामान्य झन्जट आउन सक्छ ।

मौज्दात रहेको दुग्ध पदार्थ धरौटीमा राखेर ऋण उपलब्ध गराइदिन कृषि मन्त्रालयमा निवेदन

दुग्ध विकास संस्थान (डिडिसी) ले मौज्दात रहेको दुग्ध पदार्थका आधारमा सहुलियतपूर्ण ऋण उपलब्ध गराइदिन कृषि तथा पशुपन्छी मन्त्रालयमा निवेदन दिएको छ ।

दुग्ध पदार्थ अत्यधिक मौज्दात रहेका कारण लामो समयदेखि किसानको भुक्तानी गर्न नसकेको डिडिसीले सो भुक्तानीका लागि ऋणको आवश्यकता रहेको भन्दै कृषि मन्त्रालयमा निवेदन दिएको छ । डिडिसीका महाप्रबन्धक सञ्जीव झाका अनुसार डिडिसीसँग ७२ करोड रुपियाँ बराबरको दुग्ध पदार्थ मौज्दात रहेको जानकारी कृषि मन्त्रालयलाई जानकारी गराएको छ । मौज्दात रहेको दुग्ध पदार्थ धरौटी राखेर ऋण उपलब्ध गराइदिन आग्रह गरिएको उनले बताए।

त्यसबापत कम्तीमा ३० करोड रुपियाँ सहुलियत ऋण उपलब्ध गराइदिन आग्रह गरिएको महाप्रबन्धक झाले बताउनुभयो । केही दिनपहिले कृषिमन्त्री डा। वेदुराम भुसालले डेरी उद्योगीसँग छलफल गर्दै मौज्दातका आधारमा आफूले सहुलियत ऋण उपलब्ध गराउन पहल गर्ने र त्यसका लागि मौज्दातको तथ्याङ्क मन्त्रालयलाई उपलब्ध गराउन आग्रह गर्नुभएको थियो । डेरी उद्योगीसँग मौज्दात रहेको दुग्ध पदार्थ बैङ्कमा धरौटी राखेर ऋण उपलब्ध गराउन पहल गर्ने मन्त्री भुसालले आवश्वासन दिनुभएको थियो ।

आग्रह गरेको दुई महिनाभन्दा बढी भइसक्यो तर हालसम्म निजी क्षेत्रका डेरी उद्योगीले तथ्याङ्क उपलब्ध नगराएको कृषि मन्त्रालयले जनाएको छ । डिडिसीबाहेकका कुनै पनि उद्योगीले मौज्दातको अवस्थाबारे तथ्याङ्क उपलब्ध नगराएको कृषि मन्त्रालयका एक अधिकारीले बताए ।

डिडिसीले मात्र किसानलाई भुक्तानी गर्न ७० करोड रुपियाँ बाँकी रहेको छ भने निजी क्षेत्रका कतिपय उद्योगीले पनि किसानको भुक्तानी दिएका छैनन् । किसानको भुक्तानी दिन कृषिमन्त्रीले उद्योगीलाई पटक पटक आग्रह गर्दै आएका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

नेपालीहरू खानेपानीको समस्याबाट सधैं आक्रान्त

काठमाडौं । जलस्रोतको दोस्रो धनी देशको रूपमा परिचित रहे तापनि नेपालीहरू खानेपानीको समस्याबाट आक्रान्त छन् । दुर्गम भेगको त कुरै छाडौं, काठमाडौं उपत्यकामा नै पानीको कुल मागको केवल एक तिहाई मात्र आपूर्ति हुने गरेको छ।

उपत्यकामा दैनिक करिब ४३ करोड लिटर पानीको माग भए पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले दैनिक १३ करोड लिटर पानी मात्र उत्पादन र बिक्री वितरण गर्ने गरेको छ। सुख्खा याम अर्थात् चैत र वैशाखमा पानीको उत्पादन घटेर दैनिक ११ करोड लिटरमा झर्ने गरेको छ।त्यसमाथि भूमिगत पानीको स्रोतसमेत सुक्दै गएपछि आगामी दिनहरूमा पानीको झनै चर्को अभाव झेल्नुपर्ने अवस्था आएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

वर्षाको पानीको उपयोग र व्यवस्थापनमा काम गर्दै आएको संस्था स्मार्ट वास सोलुसनले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा सहभागी पानी विज्ञहरूले खानेपानी संस्थानले राजधानीबासीको खानेपानीको मागलाई सम्बोधन गर्न नसक्ने बताउँदै वर्षाको पानी संकलन गरी उपयोग गर्नु नै उत्तम विकल्प हुने धारणा अघि सारेका छन् ।

झण्डै तीन दशकअघिदेखि मेलम्चीको पानीको आसमा रहेका काठमाडौंबासीले राजनीतिक नेतृत्वको असक्षमताका कारण अझै केही वर्ष सहज रूपमा मेलम्चीको पानी उपभोग गर्ने वातावरण नरहेको ती पानी विज्ञहरूले बताए। त्यतिमात्रै होइन, उनीहरूले मेलम्चीको पानी यसअघि भनिए झैं गरी राजधानीमा नआउने ठोकुवा पनि गरेका छन्।

काठमाडौं विश्वविद्यालयका प्राध्यापक ई।रमेश मास्केले खानेपानी प्रणालीको इन्जिनियरिङमै समस्या रहेको जिकिर गर्दै विद्यमान प्रणालीबाट खानेपानीको समस्या समाधान नहुने ठोकुवा गरे ।

उनले मेलम्ची पानी काठमाडौं ल्याउन इन्जिनियरिङको दृष्टिकोणले खासै ठूलो समस्या नरहेको तर समस्या समाधानमा सम्बन्धित पक्ष एवं सरकार तथा राजनीतिक नेतृत्वको अनिच्छाले गर्दा समस्या ठूलो देखिएको टिप्पणी गरे। सरकारको पहलमा निर्माण गरिएको मेलम्ची खानेपानी आयोजना मेलम्ची नदीबाट दैनिक करिब १७ करोड लिटर पानी २६ किलोमिटर लामो सुरुङबाट काठमाडौं ल्याउने गरी डिजाइन गरिएको थियो। तर, २०७८ सालमा अप्रत्याशित रूपमा भएको भारी वर्षाका कारण गएको पहिरोले पहिरोले आयोजनाको हेडवक्र्स नै पुरिएर पानी आउने सुरुङमा ठूलो क्षति पुर्‍याएपछि मेलम्चीको पानी सपना बन्न पुगेको थियो।

। मास्केले कार्यक्रममा भने– ‘आयोजनाको विस्तृत अध्ययन गर्दा माथिबाट पहिरो आएर हेडवक्र्स पुरिने सम्भावना त देखिएकै थियो होला, त्यसलाई पर्खाल लगाएर रोक्नेतर्फ किन सोचिएन । यसले हाम्रो इन्जिनियरिङ नै फेल भएको देखिन्छ ।’ यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान मुलुककै गौरव : धनराज गुरुङ

राजविराज (सप्तरी)- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेस प्रदेशको मात्र नभई समग्र मुलुककै गौरव भएको बताउनुभएको छ ।

नेपाल कांग्रेस सप्तरीको राजविराजस्थित पार्टी कार्यालयमा पत्रकारसँग कुराकानी मन्त्री गुरुङले प्रतिष्ठानको कामअघि बढाउन आवश्यक पर्ने कानुन छिट्टै कार्यान्वयनमा आउने जानकारी दिनुभयो ।

राजविराजमा सवा दुई वर्षअघि शिलान्यास गरी अलपत्र अवस्थामा रहेको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य अविलम्ब सुरु गर्न आफूले आवश्यक पहल गरिरहेको जानकारी दिँदै उहाँले प्रतिष्ठानका लागि कानुन बनाउन विधेयक आवश्यक पर्ने हुँदा सम्बन्धित मन्त्रालयका मन्त्रीलाई छिट्टै विधेयक ल्याउन ताकेता गरिरहेको बताउनुभयो ।

मन्त्री गुरुङले पार्टी सङ्गठन बलियो बनाउन गत निर्वाचनमा जितेका र पराजित भएकाबीच कुनै भेदभाव नगरी समान ढङ्गको व्यवहार र सँगै लिएर जानु आवश्यक रहेको बताउनुभयो ।–

वीर अस्पतालमा एमबिबिएस लगायतका विषयमा अध्यापनको तयारी

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल (न्याम्स) ले चिकित्सा शिक्षा अन्तर्गत एमबिबिएसलगायतका विषयमा अध्यापन गराउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा चिकित्सा शिक्षा अध्यापन गराउने निर्णय गरेपछि वीर अस्पतालले स्नातक तहको अध्यापन सुरु गर्न लागेको हो । हाल न्याम्समा स्नातकोत्तर तह (एमडी) को अध्यापन हुँदै आएको छ।

न्याम्सका उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले वीर अस्पतालमा आगामी शैक्षिक सत्रदेखि स्नातक तहमा एमबिबिएस तथा अन्य विषय अध्यापनका लागि तयारी गरिसकेको जानकारी दिए । उनका अनुसार स्नातक तहमा अध्यापन गर्ने सम्बन्धमा अध्ययन गर्न सात सदस्यीय समिति गठन गरिएको छ ।

समितिमा शिक्षाध्यक्ष प्राडा लोचन कार्की संयोजक छन् । समितिमा डा. अशेष ढुङ्गाना, डा. पवन हमाल, डा. सन्ध्या चापागाईं, डा. अनुपमा कार्की तथा प्रशासन र लेखा शाखाका प्रतिनिधि सदस्य छन्। समितिले पूर्वाधार, जनशक्ति, आर्थिक खर्चलगायतको विषयमा विस्तृत अध्ययन गर्ने छ ।

वीरमा एमबिबिएसलगायतका अन्य विषयमा स्नातक अध्यापन थाल्दा ७५ प्रतिशत छात्रवृत्तिमा गरिब तथा जेहेनदार विद्यार्थीले अवसर पाउने छन् । न्याम्सका उपकुलपति प्राडा बस्नेतले एमबिबिएस, नर्सिङ, फार्मेसीलगायत अध्ययन हुँदा अधिकांश विद्यार्थीले छात्रवृत्तिमा पढ्न पाउने भएकाले तत्काल चिकित्सा शिक्षा आयोगलाई सिट निर्धारणका लागि आग्रह गर्ने बताए ।

समितिका संयोजक डा। कार्कीले एमबिबिएसलगायतका विषयको स्नातक तहमा अध्यापन सुरु गर्ने सम्बन्धमा विस्तृत अध्ययनका लागि गृहकार्य अगाडि बढाइसकेको जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

साउदी अरबमा करार अवधि सकिए पनि नेपाली कामदारहरूलाई स्वदेश फर्किन दिँदैन रोजगारदाता 

काठमाडौं । साउदी अरबमा करार अवधि सकिएर पनि रोजगारदाता कम्पनीले नेपाल नपठाउने गरेको गुनासो बढ्न थालेको छ । साउदीमा कार्यरत प्रेम खसक्षेत्रीका अनुसार आफूले काम गर्ने कम्पनीका कपिलले करार अवधि सकिएर धेरै नेपाली कामदारहरूलाई स्वदेश फर्किन नदिएको बताएका छन् ।

‘मैले काम गर्ने कपिलको मजरामा हामी ३२ जना नेपाली छौं, सात जना नेपाली साथीको २ सालको कन्ट्याक्ट सक्किएर पनि अरू ३ महिनाको अकमा लगाइदिएको थियो,’ प्रेमले भने, ‘अब त्यो ३ महिनाको अकामा पनि डिसेम्बर १५ तारिखमा सकियो र सबै साथीहरू काम नगर्ने घर जाने भन्दै छन्, तर पनि कपिलले म तिमीहरू कसैलाई फिनिसमा घर पठाउँदिन, तिमीहरू सबैको अकासमा लगाइदिन्छु तिमीहरू काम गर भन्छ । अब हामी के गर्ने ?’उनीहरूले आफूहरूलाई काम गर्न धेरै गाह्रो भएको पनि बताएका छन् । ‘यहाँ हामीहरूलाई काम गर्न धेरै गारो भएकाले कोही पनि बस्न चाहँदैनन्, तर कपिलले जबर्जस्ती गर्दै सबैलाई थर्काउँछ अब साथीहरूको कन्ट्याक सकिँदा पनि घर जान पाइँदैन,’ उनले थपे ।कम्पनीले समयमा तलब पनि नदिने गरेको र बल्लबल्ल केही महिनाको दिए पनि अझै एक महिनाको तलब पाउन नसकेको उनीहरूले बताएका छन् ।‘मेरो २ वर्षको करार अवधि सकिएर पनि अहिले २८ महिना चल्दैछ, सबै साथीहरू फिनिस जाने भनेर बारम्बार कपिललाई भन्दा पनि टेर्दैन, अनि अहिले मान्छे छैन काम गर म तिमीहरूको अर्कामा लागाइदिन्छु भन्छ, धम्क्याउँछ, के गर्ने होला रु साथीहरू सबै मधेश प्रदेशका छन् । बाझ्न, झगडा गर्न डराउँछन् हामीलाई जसरी भए पनि यहाँबाट निकाल्नु प¥यो,’ उनले थपे । यो समाचार राजधानी दैनिकमा छ ।

एफपिओ र मर्जर गेनबाट दुई दिनमै करिब १३ अर्ब कर सङ्कलन

काठमाडौँ-सरकारले लिएको नीतिका कारण ‘एफपीओ’ को ‘प्रिमियम’ र मर्जरको ‘बार्गेन पर्चेज’ गेनबाट दुई दिनमा रु १२ अर्ब ८१ करोड राज्य कोषमा कर दाखिला भएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीकाअनुसार शुक्रबार र शनिबार ४ बजेसम्म उक्त रकम राज्यकोषमा दाखिला भएको हो । कर दाखिला गर्ने समय आज राति १२ बजेसम्म रहेको छ । आजसम्म दाखिला गर्नेले जरिवाना छुट पाउने व्यवस्था रहेको छ ।

महालेखापरीक्षकको कार्यालयले विसं २०७७ मा सार्वजनिक गरेको ५७औँ वार्षिक प्रतिवेदनदेखि लगातार एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तिको बार्गेन पर्चेज गेन र लिलामीको सेयर बिक्रीमा कर छली भएको भन्दै असुल गर्न सरकारलाई निर्देशन दिँदै आएको थियो । अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागले महालेखापरीक्षकको प्रतिवेदनले उठाएका विषय बेवास्ता गर्दै आएका थिए ।

महालेखाको ६०औँ प्रतिवेदनमा सरकारले कर उठाउनुपर्ने विषय उठाइएको छ । महालेखाले लगातार चार प्रतिवेदनमा कर उठाउनुपर्ने विषय उठाएपछि अर्थमन्त्री डा प्रकाशशरण महतले एफपीओको प्रिमियम, मर्जर तथा प्राप्तिको बार्गेन पर्चेज गेन र लिलामीको सेयर बिक्रीमा मङ्सिर मसान्तसम्म कर तिरे जरिवाना शुल्क र ब्याज मिनाहा हुने व्यवस्था गर्नुभएको थियो ।

सरकारले समयमै निर्णय नदिएकाले अर्बौं रकम शुल्क र जरिवानाको दायित्वमा परेका सङ्गठित संस्थालाई छुट दिने घोषणा डा महतले आर्थिक ऐनमार्फत गर्नुभएको थियो । शुल्क र जरिवानामा छुट दिने निर्णय गर्दा संविधान विपरित सरकारले कर लगाउने खोजेको भन्दै अर्थमन्त्रीले गरेको निणर्य विरुद्ध १६ वटा वाणिज्य बैंक सर्वोच्च अदालत पुगेका थिए ।

पूर्वअर्थमन्त्रीले कुनै निर्णय नगर्दा राज्यले गुमाएको अर्बाै राजस्व अर्थमन्त्री डा महतको निर्णयले राज्य कोषमा आउन लागेको छ । अर्थमन्त्री महतले छुट दिने निर्णय नगरेर विगतका अर्थमन्त्री जस्तै मौन बसेको भए संवैधानिक निकायले प्रश्न उठाउने र सरकारले नटेर्ने प्रवृत्ति बढ्दै जाने थियो । अर्थमन्त्री महतले संवैधानिक आयोगले उठाएको विषयलाई महत्त्वका साथ समाधान गर्दै राज्य कोषमा अर्बौं रकम जम्मा गरेका छन् ।

अर्थमन्त्री महतले नै विभिन्न सार्वजनिक कार्यक्रममा संवैधानिक निकायले प्रश्न उठाएपछि सरकारले कर लिने नीति लिएको बताउँदै आउनुभएको थियो । मन्त्री महतले बजेट संशोधन गरेर ‘ब्याक’ हुने सम्भावना नरहेको र बैंकरहरुलाई अदालत जान सार्वजनिक रुपमै सुझाव दिँदै आएका थिए ।

बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा र कुमार रेग्मीको संवैधानिक इजलासले उक्त रिट खारेज गरेको हो । उक्त रिट सर्वोच्चले खारेज गरेसँगै आर्थिक ऐनमार्फत छुट दिने अर्थमन्त्री डा महतको निणर्य कानुन बमोजिम भएको ठहर भएको छ ।

पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल अन्तराष्ट्रिय उडान सञ्चालन गर्न माग

गण्डकी, १ पुस : पोखरा र भैरहवाका पर्यटन व्यवसायीले पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट तत्काल अन्तराष्ट्रिय उडान सञ्चालन गर्न सरकारसंग माग गरेका छन् ।

होटल सङ्घ पोखरा र नेपाल पर्यटन बोर्डद्वारा संयुक्तरूपमा पश्चिम नेपालका सहरलाई लक्षित गरी सञ्चालित ‘जाउँ है पोखरा’ अभियानअन्तर्गत शनिबार भैरहवामा आयोजित कार्यक्रममा वक्ताहरूले विमानस्थल सञ्चालनमा आउँदा पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नु चुनौतीको विषय भएको बताए ।

होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले ठूलो लगानीमा बनेका विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुन नसकेको जनाउँदै सरकारले चाँडो अन्तर्राष्ट्रिय उडानको वातावरण तयार गर्नुुपर्ने बताउनुुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि सरकारलाई दबाब दिइएको जनाउँदै आफूूहरूको मागको सुनुवाइ नभएर आन्दोलन गर्न बाध्य हुने बताउनुुभयो । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि परिषद्को ऐक्यबद्धता रहेको उहाँको भनाइ छ ।

सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले उद्घाटनको १८ महिना पुग्दा पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उचितरूपमा सञ्चालनमा नआउनु दुर्भाग्य भएको बताउनुुभयो । उहाँले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न आफूहरूको दबाबमूलक आन्दोलन जारी रहेको जानकारी दिनुभयो ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन मिश्रले बोर्डको गठन, बनावट, उद्देश्य र गतिविधिबारे जानकारी गराउनुुभयो । कार्यक्रममा नाट्टा गण्डकीका अध्यक्ष रचना पन्त, पत्रकारद्वय माधव ढुङ्गाना र नरेश केसी, पर्यटन विकास परिषद् लुम्बिनीका कार्यकारी अधिकृत रामु जोशीलगायतले पोखरा र लुुम्बिनीबीचको पर्यटकीय साझेदारीमा जोड दिनुुभयो ।

उक्त अवसरमा होटल सङ्घ पोखराले गण्डकी प्रदेश घुमघामका पर्यटकीय ‘प्याकेज’ सार्वजनिक गरिएको थियो । अभियानअन्तर्गत सङ्घले विभिन्न पाँच प्याकेज सार्वजनिक गरिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुुभयो । प्याकेजअन्तर्गत घुमघाम पोखरा, शैक्षिक भ्रमण, मधुमास, पोखरा–मुक्तिनाथ र पदयात्रा प्याकेज छन् । होटलमा बस्ने, खाने र घुम्नेसम्बन्धी यी प्याकेज दुई रातदेखि चार रातसम्मका र रु तीन हजारदेखि २६ हजार मूल्यबीचका छन् ।

आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो भन्ने मान्यताअनुरुप दुई दशकअघि सञ्चालित अभियानमा भैरहवाका साथै नेपालगञ्ज, धनगढी र महेन्द्रनगर पनि समेटिएको सङ्घका उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिनुुभयो ।

अभियानको उद्देश्य पश्चिमबाट पर्यटकलाई पोखरा पठाउने र पोखराबाट समेत पर्यटकलाई पश्चिम पठाउने रहेको जनाउँदै सङ्घका महासचिव राजेन्द्र ढकालले कोभिड–१९ बाट थला परेको पर्यटनलाई लयमा फर्काउनसमेत यो अभियानले बल दिने बताउनुुभयो । उक्त अवसरमा पोखराका एक हजार दुई सय होटलमा ४० हजार विस्तारा रहेको र यो क्षेत्रमा १५ हजारले रोजगारी पाएको कार्यक्रममा जानकारी गराइयो ।

पार्टीभित्र गुटबन्दी अन्त्य गर्न विधान परिमार्जन गरेर निर्वाचनमा जानुपर्छः महामन्त्री थापा

रामपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विधान र व्यवस्थालाई परिमार्जन गरेर महाधिवेशन गर्नुपर्ने बताएका छन् ।
शनिबार नेपाली कांग्रेस पाल्पाको प्रथम जिल्ला सम्मेलनमा उनले पार्टीभित्र गुटबन्दी मौलाएका कारण पार्टीलाई सही ढङ्गले अगाडि बढाउन अबको महाधिवेशनमा विधान परिमार्जन गरेर निर्वाचनमा जानुपर्ने बताए ।

“पार्टीलाई विधानसम्मत तरिकाले चलाउन समस्या छ, विधानमा धेरै कुरा उल्लेख छ तर पालना भएको छैन, कति समयभित्र के–के कार्य गर्ने समय लेखिएको भए पनि कार्यान्वयन भएको छैन”, उनले भने ।

गुट भत्काउनका लागि विधान परिमार्जन गरेर सबै क्रियाशील सदस्यबाट पार्टीको निर्वाचनमा मतदान माग्ने व्यवस्था गरिनुपर्ने महामन्त्री थापाले बताए । देशभर आठ लाख ७० हजार कांग्रेसको क्रियाशील सदस्य रहेकाले महाधिवेशन प्रतिनिधिबाट मात्रै नभई अब विधान परिमार्जन गरी सबै क्रियाशील सदस्यबाट मतदान गर्ने व्यवस्था भएमा मात्र पार्टीभित्रको गुटको अन्त्य हुने उनले बताए ।

पार्टीको अधिवेशनका बेला विभिन्न कार्य गर्ने भनिएता पनि निर्वाचन सम्पन्न भएपछि पनि परिपालना नभएको, अर्कोपटकको निर्वाचनमा नेतृत्वको ध्यान केन्द्रित रहने भएकाले पर्टीभित्रका बेथितिलाई सुधार्नुपर्ने उनको भनाइ छ ।

तल्लो तहबाट दिनुपर्ने टिकट माथिल्लो तहका नेताले दिने गर्दा जनअपेक्षा विपरीतका उम्मेदवारको हातमा टिकट प्राप्त भएको उनले बताए ।

चुरे संरक्षण नभए तराई मधेसको जनजीवन सङ्कटमा : प्रथम राष्ट्रपति यादव

जनकपुरधाम, ३० मङ्सिर : गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले समयमै चुरे क्षेत्रको संरक्षण नभए तराई मधेसको जनजीवन सङ्कटमा पर्ने बताउनुभए

को छ । जनकपुरधाममा जारी राजेश्वर नेपाली टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत राष्ट्रपति चुरे संरक्षण अभियान सफल बनाउन दबाब दिने उद्देश्यले आज भएको जनप्रतिनिधि र पत्रकारबीचको मैत्रीपूर्ण खेलका अवसरमा उहाँले त्यस्तो बताउनुभएको हो । प्रथम राष्ट्रपति यादवले चुरे जल भण्डारका रूपमा रहेको चुरे विनाश तराई मधेसमा भूमिगत पानीको सतह घट्न गई धेरै ठाउँका चापाकल सुक्न थालेकोतर्फ ध्यानाकर्षण गराउँदै थप विकराल अवस्था आउन नदिन सो क्षेत्रको संरक्षणमा सरकार संवेदनशील बन्न जरुरी रहेको बताउनुभयो । “चुरे संरक्षणका लागि मैले सुरुदेखि नै चिन्ता र चासो राखिरहेको छु ।

म अरुलाई पनि पानीको भण्डारका रूपमा रहेको चुरे विनाशले खानेपानी र कृषि सिँचाइका लागि ठूलो समस्या सिर्जना हुँदैछ, त्यसैले सबै सचेत बनौँ भनेर आग्रह गरिरहेको छु”, प्रथम राष्ट्रपति यादवले भन्नुभयो, “जल, जङ्गल र जमिन रक्षा नगरेमा मानव जीवनको पनि रक्षा गर्न सकिँदैन । त्यसैले चुरेलगायत प्राकृतिक स्रोतको संरक्षणका लागि संवेदनशील बन्न म फेरि अपिल गर्न चाहन्छु ।”

त्यसैगरी उहाँले राजनीतिलाई पनि खेलको नियमजस्तै अनुशासित बनाउन सकेमात्रै सुसंस्कृत राजनीति र देशमा विकास हुने भन्दै अब युवापुस्ताले त्यसका लागि प्रयत्न गर्न सक्नुपर्ने धारणा राख्नुभयो । यसअघि राजनीतिक दल तथा पत्रकारबीच भएको ‘सुपर सिक्स’ मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको पत्रकारको टोलीले निर्धारित ओभरमा ८५ रन बनाएको थियो । प्रतिउत्तरमा जनप्रतिनिधिको टोली निर्धारित ओभरमा तीन विकेटको क्षतिमा २२ रन मात्र बनाएर ६३ रनले पराजित भएको थियो ।

मैत्रीपूर्ण खेलमा विजयी पत्रकार टोलीलाई प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुर र जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले ११ हजार नगदसहित विजयी खेलाडीलाई उपहार प्रदान गर्नुभएको थियो ।

सबै दल कूटनीतिक मर्यादाप्रति संवेदनशील हुनुपर्छ : अध्यक्ष नेपाल

काठमाडौँ, ३० मङ्सिर : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वैदेशिक हस्तक्षेप भए राष्ट्रिय सुरक्षामा चुनौती आउने बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकलनगरमा पार्टी निकट राष्ट्रिय हित सुरक्षा विभागका प्रमुख पुष्पाकुमारी कर्ण नेतृत्वको टोलीले बुझाएको सुरक्षासम्बन्धी अवधारणापत्रसहितको दस्तावेज बुझेपछि अध्यक्ष नेपालले देशको स्वतन्त्रता तथा अखण्डतामा आँच आउन नदिन सबै दल कूटनीतिक मर्यादाप्रति संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर छिमेकी मुलुकसँग पारस्परिक हितका पक्षमा कार्य गर्नुपर्ने बताउँदै उहाँले असंलग्न पञ्चशीलका आधारमा कूटनीतिक सम्बन्ध विकास गर्नुपर्ने बताउनुभयो ।

विभागले राष्ट्रहित तथा सुरक्षाका लागि अवलम्बन गर्नुपर्ने महत्त्वपूर्ण नीति तथा कार्यक्रमलाई विभिन्न बुँदामा समावेश गरेर अवधारणासहितको दस्तावेज तयार पारेको हो । उक्त दस्तावेजमा देशको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण राख्दै विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण र प्रवर्द्धन गर्ने विषयलाई सुझाइएको छ ।

नेपालीको हकहितको रक्षा, सिमानाको सुरक्षाका साथै आर्थिक समृद्धि र सामाजिक न्याय सुनिश्चित गरी समतामूलक समाज निर्माण गर्न दस्तावेजले सहयोग गर्ने विभागका अध्यक्ष कर्णले जानकारी दिनुभयो ।

विभागले सीमा सुरक्षा, आन्तरिक सुरक्षा, कूटनीति र परराष्ट्र नीतिका सम्बन्धमा, छिमेकी र अन्य मित्र राष्ट्रबीचको सम्बन्धमा, राष्ट्रिय हित, विकासका सम्बन्धमा र गैरआवासीय नेपालीका सम्बन्धमा महत्त्वपूर्ण सुझाव अवधारणापत्रमा समावेश गरिएको छ ।

‘बेवारिसे नागरिकको अभिभावकत्व प्रदेश सरकारले गर्छ’ – मुख्यमन्त्री जम्कट्टेल

मनहरी (मकवानपुर), ३० मङ्सिर : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले कोही नभएका नागरिकको अभिभावकत्व प्रदेश सरकारले गर्ने बताउनुभएको छ । आज हेटौँडामा आयोजित मानव सेवा आश्रमको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा उहाँले असहाय बेवारिसे नागरिको अभिभावक प्रदेश सरकार बन्ने बताउनुभयो ।

प्रदेश सरकारले मानव सेवामा समर्पित संस्थालाई सहयोग गर्दै मानवता र असहाय नागरिकको संरक्षणमा काम गरिरहेको उहाँले बताउनुभयो । प्र्रदेश सरकार स्थापनादेखि हालसम्म मानव सेवा आश्रमको व्यवस्थापनका लागि रु चार करोडभन्दा बढी रकम सहयोगस्वरुप लगानी गरेको र आगामी दिनमा पनि यस्ता सामाजिक कामका लागि रकम विनियोजन गर्न सरकार तयार रहेको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा समेत प्रदेश सरकारले रु ४० लाख सवारी खरिदका लागि विनियोजन गरेको बताउनुभयो ।

स्रोत साधनले भ्याएसम्म आगामी दिनमा पनि आश्रमका विभिन्न कार्यमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री जम्कट्टेलले नागरिकको सहायताका विभिन्न विषयमा प्रदेश सरकारले लगानी गरिरहेको बताउनुभयो ।

सामाजिक विकासमन्त्री कुमारी मोक्तानले सडक मानवमुक्त प्रदेश निर्माणको अभियानमा प्रदेश सरकारले काम अघि बढाएको बताउनुभयो । अभिभावक नभएका बालबालिका तथा असाहय नागरिक तथा वृद्धवृद्धाको साथमा प्रदेश सरकार विगतदेखि नै रहँदै आएको र आगामी दिनमा पनि विभिन्न माध्यममार्फत क्रियाशील रहने जानकारी दिनुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा संविधानले व्यवस्था गरेअनुसारको अधिकार जनतालाई दिलाउन राज्यका हरेक अङ्ग तयार रहनुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले राजनीति पनि मानव सेवाकै लागि हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले हेटौँडा मानवताको सहरका रूपमा रहेको र हेटौँडाबाट मानवताको सन्देश विश्वभर फैलिने बताउनुभयो । सुन्दर नगरीको रूपमा रहेको हेटौँडाको शोभा बढाउने काम मानव सेवा आश्रमले गरिरहेको र आश्रमको समस्या समाधनमा हेटौँडा उपमहानगरपालिकाले निरन्तर सहयोग उपलब्ध गराउने उहाँको भनाइ छ ।

समयमा काम पूरा गर्नेलाई सरकारले सम्मान गर्छ – मन्त्री ज्वाला

चन्द्रौटा (कपिलवस्तु) – भौतिक पूर्वधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्धारित समयमा तोकिएको काम पूरा गर्ने निर्माण व्यवसायीलाई सम्मान गर्ने बताउनुभएको छ ।

कपिलवस्तुको सुरही खोलामा निर्माण सम्पन्न पुलको आज उद्घाटन गर्दै मन्त्री ज्वालाले कतिपय निर्माण कम्पनीले काम नगरेर बदनाम भइरहेको सन्दर्भमा समयमा काम सम्पन्न गर्ने कम्पनीलाई सरकारले हरेक वर्ष सम्मान गर्ने बताउनुभयो ।

सुरही खोलाको पुल निर्धारित समयभन्दा एक वर्षअगावै टुन्डी कन्स्ट्रक्सन प्रालिले सम्पन्न गरेकाले सम्मानपत्रले सम्मान गरिएको छ । मन्त्री ज्वालाले उक्त कम्पनीलाई सम्मान गर्दै शिवगढीसहित कपिलवस्तुका जनताले पुल निर्माणपश्चात जनजीवनमा सहजता हुने बताउनुभयो । विद्यार्थी तथा स्थानीय उत्पादनलाई बजारसम्म पुर्‍याउन सहज हुने भएकाले आर्थिक विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मन्त्री ज्वालाले लुम्बिनी प्रदेशको भालुवाङबाट चन्द्रौटासम्मको सडक अवस्था जटिल देखिएकाले मर्मत तथा पुनःनिर्माणका लागि पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले शिवगढीका नागरिकको सपना पूरा भएको बताउनुभयो । पुल नहुँदा वर्षात्को समयमा आवतजावत गर्ने अवस्था नरहेको बताउँदै पुलको निर्धारित समयभन्दा पहिला काम सकेकामा निर्माण कम्पनीलाई धन्यवाद दिनुभयो ।

शिवराज नगरपालिका–१ र ९ को सीमामा रहेको सुरही खोलामा रहेको उक्त पुल २०७७ असोज १२ गतेदेखि निर्माण सुरु भएको थियो । तीन सय ६० मिटर लम्बाइको पुल निर्माण सम्पन्न हुनुभन्दा एक वर्ष अगाडि नै सम्पन्न भई सञ्चलानमा आएको छ । रु ४६ करोड १५ लाख ३० हजारको लागतमा निर्माण भएको हो ।

‘दुर्गम ठाउँलाई प्राथमिकतामा राखेर काम गरेका छौँ’ – मुख्यमन्त्री पाण्डे

ढोरपाटन (बागलुङ), ३० मङ्सिर : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुर्गम ठाउँलाई प्राथमिकतामा राखेर विकास निर्माणका काम अगाडि बढाएको बताउनुभएको छ ।

बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानीमा आज आयोजित पाण्डवखानी माविको हिरक जयन्तीलाई सम्बोधन गर्दै उहाँले अब दुर्गम गाउँका नागरिकले पहिलेको जस्तो दुःख नपाउने बताउनुभयो ।

पछिल्लो समय ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी बजार झर्ने र विदेश पलायन हुनेको सङ्ख्या बढ्दै गएपछि अब प्रदेश सरकारले गाउँमै रोजगार सिर्जना गरी आफ्नै ठाउँमा बस्ने वातावरण तयार गर्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ । गाउँका सबै विद्यालयको स्तरवृद्धि गरी प्राविधिसँग जोड्ने गरी काम गरिरहेको उहाँले बताउनुभयो ।

“सहरबजारको नजिकका गाउँठाउँमा विकास भएको छ, तर सदियौँदेखि विकट मानिदै आएका ठाउँ अहिले पनि विकटै छन्, त्यस्ता ठाउँलाई प्रदेश सरकारले मुख्य प्राथमिकतामा राखेको छ, अब हरेक नागरिकलाई उत्पादनसँग जोड्ने कार्यक्रम ल्याइरहेका छौँ”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “मुलुकलाई गाली गरे विकास हुँदैन, विकासका लागि सबै नागरिकले सरकारलाई साथ दिनुपर्छ, विकास हुँदै भएन भन्नु गलत हो ।”

अब हरेक युवा गाउँमै बस्ने बनाउनका लागि प्रदेश सरकारले उनीहरूले चाहेको पेसामा लाग्न प्रोत्साहन गर्ने र अनुदान तथा बजारीकरणको व्यवस्था गरिदिने पाण्डेले बताउनुभयो । विकास निर्माणका सन्दर्भमा स्थानीय तह, प्रदेश सरकार र केन्द्र सरकारबीच समन्वयको जरुरी रहेको भन्दै प्रदेश सरकारले सानातिना योजनाका काम नगर्ने उहाँ बताउनुहुन्छ । साना योजना पालिका, मध्यम खालका प्रदेश र ठूला योजना केन्द्र सरकारले सञ्चालन गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिनुभयो ।

प्रदेश सरकारले पालिका, वडा र प्रदेश जोड्ने सडक निर्माण गर्ने भन्दै, स्थानीय पालिकाले स्रोत पहिचान गरी आन्तरिक स्रोत बढाउनतर्फ लाग्नुपर्ने उहाँले बताउनुभयो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कुकुरले टोकेका बिरामीको सङ्ख्या बढ्दै

काठमाडौँ, ३० मङ्सिर : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कुकुरले टोकेका बिरामीको सङ्ख्या बढिरहेको छ । कुकुरले टोकेपछि खोप लगाउनेको सङ्ख्या बढिरहेको अस्पतालले जनाएको छ । विगत दुई वर्षको तथ्याङ्कमा कुकुरले टोकेर रेबिजविरुद्धको खोप लगाउने आउने सङ्ख्यामा वृद्धि भएको हो ।

अस्पतालका निर्देशक डा युवानिधि बसौलाका अनुसार आर्थिक वर्ष २०७८/७९ मा कुकुरले टोकेपछि खोप लगाउन आउने नयाँ बिरामी ३८ हजार सात सय ४८ रहेका थिए भने आव २०७९/८० मा यो सङ्ख्या बढेर ५० हजार चार सय ९४ पुगेको छ ।

यस्तै आव २०७८/७९ मा नयाँ र पुरानो गरी एक लाख, एक हजार, एक सय ९६ र आव २०७९/८० मा नयाँ र पुरानो गरी एक लाख २५ हजार ९० बिरामीले रेबिजविरुद्धको खोप लगाएका छन् ।

कुकुरले जाडोमा भन्दा गर्मी महिनामा बढीलाई टोक्ने भएकाले गर्मीमा धेरै बिरामी खोप लगाउन आउने गरेका छन् । आव २०७९/८० को जेठमा पाँच हजार ५८ जना र असारमा पाँच हजार दुई ८० जना खोप लगाउन आएका छन् । यस्तै पुसमा तीन हजार आठ सय ५१ र माघमा चार हजार एक सय ३२ जनाले रेबिजविरुद्धको खोप लगाएका छन् ।

कुकुरले टोकेपछि दुई किसिमको खोप दिइने गरिन्छ । एउटा एन्टिरेविज र अर्को इम्युनोग्लोबुलिन भ्याक्सिन दिने गरिन्छ । यदि भुस्याहा कुकुरले टोकेको खण्डमा इम्युन्नोग्लोविन खोप र घरपालुवा कुकुर जसले नियमित खोप लगाएका छन् । ती कुकुरले टोके भने एन्टिरेबिज भ्याक्सिन खोप दिइने गरिन्छ । घरपालुवा र भुस्याहा कुकुरले बढी मानिसलाई टोक्ने गरेको छ । यस्तै गत असारदेखि यतामात्र १९ हजार चार सय ४७ जना नयाँ बिरामीले रेबिजविरुद्ध खोप लगाइसकेका अस्पतालका बहिरङ्ग विभागका इन्चार्ज शङ्कर पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार साउनमा चार हजार आठ सय ८५, भदौमा चार हजार सात सय २८, असोजमा चार हजार सात सय ३१ र कात्तिकमा पाँच हजार ९९ जनाले बिरामीले रेबिजविरुद्धको खोप लगाएका छन् । उहाँका अनुसार अहिले दैनिक एक सय ३० जना रेबिजविरुद्धको खोप लगाउन अस्पताल आउने गरेका छन् ।

मासु र छालामा लगाइने उक्त खोप सरकारले निःशुल्क वितरण गर्ने गरेको छ । मासुमा लगाउने खोप चारपटक र छालामा लगाउने खोप तीनपटक दिइने गरिन्छ । बच्चा र वृद्धालाई मासुमा खोप लगाइने गरिन्छ । विश्व स्वास्थ्य सङ्गठनले छालामा लगाइने खोपलाई बढी प्रभावकारी मानेको छ ।

कुकुरले टोकेपछि रेबिजविरुद्धको खोप नलगाएको खण्डमा रेबिज रोग लाग्ने गर्दछ । अस्पतालका प्रमुख कल्सन्ट्यान्ट फिजिसियन डा विमल चालिसेले कुकुरले टोकेपछि जतिसक्दो चाँडै खोप लगाउनुपर्ने बताउनुहुन्छ । उहाँले खोप नलगाएको खण्डमा २० देखि ९० दिनसम्म रेबिज रोगको लक्षण देखिने र लक्षण देखिएको सात दिनभित्रमा बिरामीको मृत्यु हुने गरेको बताउनुभयो ।

चालिसेका अनुसार रेबिज रोग लागेका बिरामीको मृत्युदर शतप्रतिशत रहेको छ । अस्पतालमा महिनामा दुई–तीन जना बिरामी रेबिज लागेर आउने गरेको उहाँ बताउनुहुन्छ । रेबिज रोग लागेका मान्छे सुरुमा पानी र हावासँग डराउने र त्यसपछि अचेत अवस्था भई मृत्यु हुने गरेको उहाँले बताउनुभयो ।

रेबिजबाट सङ्क्रमित भएको कुकुर, जङ्गली जनावरजस्तै स्याल, फ्याउरोले टोकेमा, चिथोरेमा तिनीहरूको र्यालबाट रेबिज रोग सर्दछ । रेबिज भाइरसले मस्तिष्कमा असर पुर्‍याउँछ र लक्षण देखिएपछि रेबिज घातक हुन्छ ।

कुकुरले टोकेमा टोकेको घाउमा १५ मिनेटसम्म साबुनपानीले सफा गर्ने, त्यसपछि तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई रेबिजविरुद्धको खोप लगाउने गर्नुपर्दछ ।–––

वरिष्ठ पत्रकार रिसाललाई शम्भु–निर्मला विशिष्ट साधक सम्मान

काठमाडौँ, ३० मङ्सिर : शम्भु–निर्मला कला–साहित्य समाजले लेखक एवं वरिष्ठ पत्रकार भैरव रिसाललाई यस वर्षको शम्भु–निर्मला विशिष्ट साधक सम्मान प्रदान गरेको छ ।

समाजका पदाधिकारीले अनामनगरस्थित रिसालकै घरमै पुगेर उहाँलाई रु २१ हजार नगदसहित सम्मानपत्र प्रदान गर्नुभएको हो । समाजद्वारा वरिष्ठ श्रष्टा एवं सङ्गीतकार शम्भुकुमार मिलनको तेस्रो वार्षिक स्मृति दिवसका अवरमा आज यहाँ आयोजित कार्यक्रममा ‘स्मृतिविम्बमा शम्भुकुमार मिलन’ स्मृतिग्रन्थ विमोचन गरियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति बैरागी काइँला र पूर्वसभामुख दमननाथ ढुङ्गानासहित वरिष्ठ साहित्यकारले उक्त कृति लोकार्पण गर्नुभएको हो । नेपाली साहित्य र कला क्षेत्रका सम्मानित व्यक्तित्व मिलनले साहित्य, गीत, सङ्गीत, शिक्षा र प्राज्ञिक क्षेत्रमा अतुलनीय योगदान दिनुभएको छ ।

उहाँको स्मृतिमा प्रकाशित कृतिका संस्मरण भागमा ३१ जना, पारिवारिक स्मृति भागमा १७ जना र समालोचना भागमा १९ जना श्रष्टाका लेख, रचना र विचार समावेश छन् ।

विसं २००६ मङ्सिर ५ गते काठमाडौँ बत्तीसपुतलीमा जन्मनुभएका मिलनको विसं २०७७ कात्तिक १५ गते कोरोनाका कारण ७१ वर्षको उमेरमा निधन भएको थियो । बाल कार्यक्रममार्फत छ वर्षको उमेरमा रेडियो नेपालमा प्रवेश गर्नुभएका मिलन रेडियो नेपालमार्फत नै लामो समय राष्ट्रसेवामा समर्पित हुनुभयो । उहाँका एक दर्जनभन्दा बढी गीत, कविता, गजल, नियात्रासम्बन्धी कृति प्रकाशित छन् ।

कार्यक्रममा मिलनको जीवनी, व्यक्तित्व र कृतित्वको अध्ययन विषयका शोधार्थी सावित्रादेवी शर्मालाई सम्मान गरिएको थियो । सो अवसरमा पूर्वउपकुलपति काइँलाले साहित्य, सङ्गीत र गायन क्षेत्रमा मिलन नमूनाका रूपमा रहनुभएको स्मरण गर्नुभयो ।

लगानशील र उत्साहित व्यक्तिका लागि उहाँ प्रेरणाका स्रोत रहनुभएको उल्लेख गर्दै वरिष्ठ साहित्यकार काइँलाले हिम्मतिलो र आत्मविश्वासले मिलनलाई आफ्नो क्षेत्रमा शिखरमा पुर्‍याएको धारणा राख्नुभयो ।

पूर्वसभामुख ढुङ्गानाले गीत–सङ्गीत क्षेत्रका ठूला साधक मिलनलाई अन्तर्यामी व्यक्तित्वका रूपमा जानेबुझेको बताउनुभयो । उहाँले राष्ट्रिय प्रतिष्ठानको अभावमा विभिन्न श्रष्टाका परिवारले प्रतिष्ठान चलाउन बाध्य भएको अवस्थालाई विचार पुर्‍याउन सरकारलाई सुझाव दिनुभयो ।

समाजका संरक्षक निर्मला रेग्मी, अध्यक्ष प्रा डा देवी नेपाल, कोषाध्यक्ष सिर्जना रेग्मी, वरिष्ठ समालोचक डा गणेश भट्टराई, वरिष्ठ पत्रकार विजय चालिसे, वरिष्ठ सङ्गीतकार बुलु मुकारुङलगायतले श्रष्टा मिलनको साहित्य र सङ्गीत साधनाको व्यक्तित्वबारे चर्चा गर्नुभयो ।

भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुर, ३० मङ्सिर : टिपरको ठक्करबाट मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित जनक शिक्षा सामग्री केन्द्र अगाडि स्कुटर चालकको मृत्यु भएको छ ।

बहाखा बजारबाट सानोथिमितर्फ जाँदै गरेको बा९२प ५५३१ नम्बरको स्कुटरलाई आज विपरीत दिशाबाट आउँदै गरेको बा४ख २३४७ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० घर भई हाल मध्यपुरथिमि–३ गठ्ठाघर बस्ने २३ वर्षीय विशाल मैनालीको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

प्रहरीले टिपर चालक धादिङ थाक्रे गाउँपालिका–७ घर भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–८ सिपाडोल बस्ने ४२ वर्षीय सुरेश तामाङलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाएको उहाँले जानकारी दिनुभयो ।

युक्रेनले इयु सदस्यताका लागि अझै २ हजार ७३९ कानुनी प्रक्रिया पूरा गर्न आवश्यक

कीभ, युक्रेनले युरोपेली संघ (इयु) को सदस्य बन्नका लागि २ हजार ७३९ वटा कानुनी प्रक्रिया पूरा गर्न आवश्यक रहेको बताइएको छ ।युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले शुक्रबार यस बारे जानकारी गराउनु भएको हो ।

“आगामी वर्षहरूमा हामीले गर्नुपर्ने ती प्रक्रिया छिटै पूरा गर्नेछौं। हामीले यसलाई कसरी गर्ने भनेर बुझिरहेका छौं,” सरकारी प्रेस सेवाले उहाँको भनाइ उद्धृत गर्दै उल्लेख गरेको छ । त्यसका लागि लगभग २८ हजार ऐनहरू अध्ययन गरिएको र ती मध्ये २३ हजार चाहिँ सदस्यता वार्ता प्रक्रियाको लागि आवश्यक नरहेको उहाँले बताउनु भएको छ ।

एमालेले एकल बहुमत पुर्‍याएर सरकार सञ्चालन गर्छ – अध्यक्ष ओली

पाँचथर, ३० मङ्सिर : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ मा हुने निर्वाचनबाट एमालेले एकल बहुमत पुर्‍याएर सरकार सञ्चालन गर्ने दाबी गर्नुभएको छ ।

पाँचथरको फिदिममा झुलाघाट चिवाभन्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा, २०८० को बहृत् जनसभालाई आज सम्बोधन गर्दै उहाँले उक्त दाबी गर्नुभएको हो ।

अध्यक्ष ओलीले अब भाँडाकुटी खेलजस्तो हाडाभाँडा बुटुलेर सरकार सञ्चालन गर्दा जनताले आहातमात्रै पाउने भन्दै अब मिसन–८४ नै सञ्चालन गरी एमालेले एकल बहुमत पुर्याएर सरकार सञ्चालन गर्ने बताउनुभयो ।

पूर्व प्रधानमन्त्री ओलीले सडकबाट कराएर मात्रै आफ्ना माग पूरा गर्न नसकिने बताउँदै विमतिका बीचमा पनि सहमति खोज्न कोशी प्रदेशविरुद्ध आन्दोलनरत पहिचान पक्षधरलाई आग्रह गर्नुभयो ।

यस्तै उहाँले तमोर जलासयबाट बृहत् हाइड्रो निर्माण गरी मुलुकलाई उज्यालो बनाउनुपर्ने र नेपालमा खपतपश्चात उभ्रिएको विद्युत् विदेश निर्यात गर्नुपर्ने तर सरकारले गर्न नसकेको प्रति दुःख व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले भोलि बिहान पाँचथरको चिवाभन्ज्याङ पुगेर झण्डोत्तलन गर्ने कार्यक्रम छ ।

ठगी आरोपितलाई युएईबाट पक्राउ गरेर नेपाल ल्याइयो

काठमाडौँ, ३० मङ्सिर : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल)को सहयोगमा ठगी गरेको आरोपमा युएईबाट एक आरोपीलाई पक्राउ गरेर नेपाल ल्याएको छ ।

सर्लाही साविक जानकीनगर गाविस–७ का कोमलराज उपाध्यायलाई पक्राउ गरेर नेपाल ल्याइएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार ठगी आरोपमा अदालतबाट निजविरुद्ध पक्राउ पूर्जी जारी भएकाले युएईमा पक्राउ गरेर सम्बन्धित मुद्दामा कारबाही गर्ने/गराउने प्रयोजनार्थ शुक्रबार नेपाल फिर्ता ल्याइएको हो ।

उनीविरुद्ध केन्द्रीय अनुसन्धान ब्यूरोमा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउका लागि इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट विसं २०७९ वैशाख २७ गते रेड नोटिस जारी भएको प्रवक्ता तथा प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “सेक्युरिटीमा आकर्षक तलब र सुविधासहितको रोजगारी दिने प्रलोभन देखाई भिजिट भिसामार्फत दुबई बोलाएको तथा रोजगारीको लागि भन्दै आफूहरूबाट रकम लिएको तर बमोजिम रोजगारीमा नलगाई ठगी गरेको भन्दै ५१ जना पीडितले उनीविरुद्ध जाहेरी दिएका छन्

प्रधानमन्त्रीकी नातिनीको बिहेमा सयौँ निम्तालुहरू, “भड्किलो विवाह” भएको भन्दै आलोचना

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी र भरतपुर महानगरकी प्रमुख रेणु दाहालकी छोरीको विवाह सयौँ निम्तालुहरू बोलाएर महँगो रिसोर्टमा गरिएको विषयबारे सामाजिक सञ्चालमा चर्चा भएरहेको छ।

कतिपयले कम्युनिस्ट नेताको परिवारमा “भड्किलो विवाह” भएको भन्दै आलोचना गरेका छन्। उक्त विवाहको समारोहमा कानुनले तोकेकोभन्दा बढी मानिसलाई निम्ता दिइएकाले प्रधानमन्त्री र स्थानीय सरकारको प्रमुखकै परिवारले देशको कानुन पालना नगरेकोमा प्रश्न पनि उठेको छ।

मेअर रेणु दाहाल र महानगरकै सल्लाहकार रहेका उनका पति अर्जुन पाठककी छोरी प्रतिभा पाठकको विवाह अर्थशास्त्रमा विद्यावारिधि गर्दै गरेका विज्ञानबाबु रेग्मीसँग भएको हो।केही अनलाइन सञ्चारमाध्यममा यो विवाहमा १,००० जनासम्मलाई निम्तो गरिएको दाबी गरिएको छ। बीबीसी न्यूज नेपालीले यस विषयमा मेअर रेणु दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीलाई सोधेको थियो।

तर विवाहमा सहभागि एक निम्तालुले त्यहाँ करिब ७०० जना सहभागि भएको आफूलाई लागेको बीबीसीसँग बताए।अधिकारीले वैवाहिक समारोहमा १,००० निम्तालु सहभागी भएको दाबी असत्य भएको बताए।

“एक हजार जनालाई बोलाइएको भन्ने होइन। जन्तीतिरबाट १५० जना जति र घरतिरबाट ३०० जनाजति गरेर जम्मा ४५० जना जति मात्रै बोलाइएको हो,” उनले भने।यद्यपि नेपालको विद्यमान कानुनले विवाहको जन्ती र भोजमा ५१ जनासम्म मात्रै सहभागी गराउन मिल्ने व्यवस्था गरेको छ।

कानुनमा के छ?
‘सामाजिक व्यवहार सुधार ऐन २०३३’ ले जन्ती र बिहे भोजमा आमन्त्रण गरिने मानिसहरूको अधिकतम सङ्ख्या तोकेको छ।ऐनको दफा ७ मा बाजागाजासहित ५१ जनाभन्दा बढी जन्त लैजान नहुने व्यवस्था छ। उक्त दफाले बाजागाजा प्रयोजनका लागि बोलाइने मानिसहरूको सङ्ख्या पनि ११ जना तोकेको छ।

यो कानुनी व्यवस्था उल्लङ्घन गर्नेलाई १०,००० रुपैयाँसम्म जरिवाना र १५ दिनसम्म कैद वा दुवै सजाय गर्न सकिने व्यवस्था छ।त्यस्तै दफा ८ मा दुलाहा वा दुलही पक्षबाट आयोजित भोजमा पनि ५१ जनाभन्दा बढीलाई आमन्त्रण गर्न नपाइने व्यवस्था छ।

भोजमा बोलाइने मानिसहरू “नजिकको नातेदार बाहेक” ५१ जना भनिएको छ। भोजमा तोकिएको सीमाभन्दा धेरै बोलाउनेलाई २०,००० रुपैयाँसम्म जरिवाना र १५ दिनसम्म कैद वा दुवै सजाय गर्न सकिने व्यवस्था छ।

यस्तो कानुनी व्यवस्था अव्यावहारिक भएको धेरैको धारणा छ। पञ्चायतकालमा बनेको उक्त ऐन अव्यावहारिक भएको निष्कर्ष नेपालका कानुन निर्माताहरूले पनि निकालेका थिए।

‘अव्यावहारिक’ कानुन संशोधन किन भएन?
एक दशकअघि उक्त ऐन प्रतिस्थापनका लागि सरकारले संसद्‌मा विधेयक दर्ता गराएपछि संसद्को राज्य व्यवस्था समितिले लामो अध्ययन र छलफल गरेको थियो।

“हामीले त्यस बेला नेपालको पूर्वी पहाड, मधेशलगायतका ठाउँमा पुगेर अध्ययन र छलफल पनि गरेका थियौँ। सबैतिरको सुझावका आधारमा जन्ती सङ्ख्या बढाएर १५० तोकेर समितिले पारित गरेको विधेयक सदनबाट पारित नहुँदै संसद्‌को कार्यकाल सकियो,” राज्य व्यवस्था समितिले उक्त विधेयकबारे अध्ययनका लागि गठन गरेको उपसमितिका सदस्य अइन्द्र सुन्दर नेम्वाङले भने।

सदनको कार्यकाल सकिँदा पारित नभएका विधेयकहरूलाई सरकारले फेरि दर्ता गरेर लैजानुपर्छ। तर त्यसपछिका संसद्‌मा सरकारले यससम्बन्धी विधेयक अघि बढाएको छैन।“अहिलेको कानुन अव्यावहारिक छ र कहीँ कतै कार्यान्वयन पनि भएको देखिँदैन,” पूर्वसांसद नेम्वाङले भने। “यसमा समयसापेक्ष परिवर्तन गर्न ढिलो चाहिँ भइसकेको छ।”

कानुन आयोगका अध्यक्ष जागेश्वर सुवेदीले यो कानुनको संशोधन गर्ने विधेयक अघि बढाउन सरकारबाट कुनै प्रक्रिया नचालिएको बताउँछन्।“सम्बन्धित मन्त्रालयले पुरानो कानुन प्रतिस्थापनका लागि विधेयकको मसौदा बनाउन भनेको अवस्थामा हामी तयार नै छौँ। तर सरकारले केही भनेको छैन,” उनले भने।आयोग आफैँलाई पनि नयाँ कानुनको मसौदा गर्ने र सरकारलाई सुझाव दिने क्षेत्राधिकार छ।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो ।