लापाज । बोलिभियाको एन्डिज क्षेत्रकोे राजमार्गमा शनिबार ट्रक र बसबीच टक्कर हुँदा २२ जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
मृतकमध्ये हालसम्म १४ जनाको मात्र पहिचान भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमध्ये एक जना चिलीका नागरिक रहेको चिलीको विदेश मन्त्रालयले बताएको छ ।
दुवै सवारीका चालकको मृत्यु भएको अधिकारीले बताएका छन् । बोलिभियाको पटाकामाया सहर र उत्तरी चिलीको टम्बो क्वेमाडो सहर जोड्ने सडकमा भएको दुर्घटनामा यस वर्षकै सबैभन्दा बढी मानवीय क्षति भएको ट्राफिक अधिकृत निलो टोरिकोले बताएका छन् ।
दुई दक्षिण अमेरिकी देशहरूलाई जोड्ने व्यस्त व्यापारिक र पर्यटन मार्ग हुँदै बस चिलीतर्फ गइरहेको थियो । “प्रारम्भिक अनुसन्धानअनुसार ट्रकले बसलाई गलत लेनबाट ओभरटेक गर्न खोजेको देखाइएको छ,” ट्राफिक अधिकृत टोरिकोले भने ।
“ट्रकले सवारी नियमको उल्लङ्घन गरेको र यो दुर्भाग्यपूर्ण दुर्घटना भएको देखिन्छ,” उनले भने । उद्धारकर्ताहरुले दुर्घटनाग्रस्त सवारी साधनहरूमा फसेका शवहरू निकाल्ने काम गरिरहेका टोरिकोले जानकारी दिए ।
बोलिभियामा हरेक वर्ष औसत एक हजार ४०० जनाको सवारी दुर्घटनाबाट मृत्यु हुने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । बोलिभियामा सडक दुर्घटना मुख्यतया चालकको लापर्बाही र पूराना सडक र गाडीका कारण हुने गरेको देखिन्छ ।
अप्रिल ४ मा दक्षिणपश्चिमी बोलिभियाको व्यस्त सडकमा भएको दुर्घटनामा चौध जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए।
राजकुमार दिक्पाल इतिहासको खोज र लेखनमा आजीवन आफूलाई समर्पित गरेका साधक ज्ञानमणि नेपालले ९२ वर्षको उमेरमा भौतिक देह त्याग गरेको धेरै समय भएको छैन । उनको साधनाबाट तीन दर्जनभन्दा बढी इतिहासका महत्वपूर्ण ग्रन्थहरु नेपाली समाजले प्राप्त गर्नु सामान्य उपलब्धि होइन । नेपाल देशको नाम कसरी नेपाल रहन पुग्यो भन्ने विषयको जिज्ञासा मेट्न उनले लेखेको “नेपाल निरुक्त” र “नेपालनिरुपण” पढे पुग्छ ।
इतिहासमा लामो कालखण्ड नेपाली राजनीतिको केन्द्रको रुपमा रहेको राजदरबारभित्र हुने गरेका षडयन्त्र, काटमार र खतरनाक खेलचुक्लीले देश कहाँ पुग्यो भन्नेबारे जिज्ञासा मेट्न उनको “नेपालको महाभारत” पढे पुग्छ । यस्ता महत्त्वपूर्ण इतिहासका ग्रन्थहरु देशका लागि समर्पण गरेर भौतिक रुपमा यो संसारसँग विदा माग्ने बेलामा पनि उनको सक्रिय चेतनाले नेपालको इतिहाससम्बन्धी चिन्ता ब्यक्त गरिरहेको उनीसँग भेट गर्न जानेहरुको अनुभव पढ्दा र सुन्दा थाहा हुन्छ । तर एउटा दुःखको कुरा के भने यतिका वर्ष इतिहासकार ज्ञानमणि नेपालले देशको इतिहास अन्वेषण र लेखनमा आफूलाई समर्पण गरे तापनि उनलाई राष्ट्रिय स्तरका पुरस्कार र सम्मान मिलेको खबर सुन्ने, हेर्ने र पढ्ने अवसर पाइएन । उनको छाँतीमा तक्मा सजिएको पनि देख्न पाइएन । यस अर्थमा ज्ञानमणि नेपालले देशका लागि जे जति दिए, बरु जीवनमा केही नलिई गए । सायद गीताको निष्फल कर्मप्रति उनलाई विश्वास थियो, त्यसैले यसबारे उनले कतै कहीँ गुनासो गरी लेखेको वा अन्तर्वार्ता दिएको पढ्न, हेर्न र सुन्न पाइएको छैन ।
ज्ञानमणि नेपालजस्ता सच्चा साधकले पुरस्कार वा सम्मान मागेर हिड्न पनि सुहाउने कुरा पनि भएन । यो त पुरस्कार तथा सम्मानका संस्थापक र ब्यवस्थापकहरु स्वयम्ले मूल्याङ्कन गर्ने पक्ष हो । तर इतिहासकार नेपालको जीवनभर उनको पक्षमा यस्तो मूल्याङ्न भएको देखिएन । अर्का इतिहासकार दिनेशराज पन्तका शब्दमा इतिहासकार नेपाल मुर्खमण्डलीको घेराबन्दीमा परे । मुर्खमण्डलीले इतिहासकार नेपालको योगदानको बारेमा सोधीखोजी गर्न आवश्यक नै ठानेन ।
हराउँदैछ विद्वत पूजा परम्परा
राजा जनक यस्ता राजा थिए, जसको दरबारमा विद्वानहरुको नियमित जमघट हुन्थ्यो, शास्त्रार्थ चल्थ्यो । शास्त्रमा ठूलो विश्वास थियो, राजा जनकमा । राजा जनककै समयमा एउटा अत्यन्तै तीक्ष्ण दिमागका किशोर थिए । उनको शरिर आठ ठाउँमा बाङ्गिएकाले उनको नाम नै अष्टाबक्र थियो । शरिर अनाकर्षक र कुरुप भए पनि अष्टाबक्र साधनाले खारिएको दार्शनिक र शास्त्रज्ञानी थिए ।
एक दिन राजा जनक घुम्न निस्किएका थिए । उनले बाटामा ऋषि भेषधारण गरेका एक ब्यक्तिलाई देखे । उनी तत्कालै घोडाबाट ओर्ले, र ऋषिलाई प्रणाम गरे । तर ऋषिको अत्यन्तै अनौठो र अनाकर्षक शरिर देखेर राजा जनक तीनछक्क परे । अष्टाबक्रले थाहा पाइहाले कि, राजा जनकले आफ्नो शरिर देखेर आफूप्रति घृणाको धारणा बनाइरहेछन् । त्यसपछि उनले राजा जनकलाई भने,“हे, राजन् ! कुनै पनि मन्दिर टेढो भएर त्यो माथिको आकास टेढो हुँदैन । कुनै पनि मन्दिर गोलो वा लाम्चो हुँदैमा आकास पनि गोलो वा लाम्चो हुने होइन । किनकी आकासको मन्दिरसँग कुनै सम्बन्ध हुँदैन । आकास मन्दिरजस्तो आकारयुक्त हँुदैन, निराकार हुन्छ । त्यस्तै आत्मा पनि निराकार हुन्छ । आत्मा आकासजस्तै निराकार भएकैले नित्य हुन्छ, तर शरिर अनित्य हुन्छ । शरिरको बाङ्गोटिङ्गो आकार आत्मामा आउन सक्दैन । त्यसैले हे, राजन् ! ज्ञानीहरुसँग आत्मदृष्टि रहन्छ भने अज्ञानीसँग केवल चर्मदृष्टि रहन्छ । चर्मदृष्टि त्यागेर आत्मदृष्टि ग्रहण गरी जब हेरिन्छ, तब चित्तबाट घृणा दूर भएर जान्छ । चर्मदृष्टिबाट त अज्ञानीले मात्रै हेर्छ, ज्ञानीहरुले चाहिँ आत्मदृष्टिबाट हेर्छ ।”
अष्टाबक्रको यस्तो विद्वत वाणीले राजा जनक तत्काल पग्लिहाले । उनले अष्टाबक्रलाई आफ्नो दरबारमा आउन निम्तो दिए । आफ्नो दरबारमा सम्मानजनक आसनमा बसाई राजा जनकले अष्टाबक्रसँग अनेकौँ जिज्ञासाहरु राखे । उनै राजा जनकको प्रश्न र अष्टाबक्राको उत्तरले कालान्तरमा “अष्टाबक्र गीता”को जन्म भयो । यसलाई पूर्वीय दर्शनमा महत्त्वपूर्ण ग्रन्थ मानिन्छ । उनै अष्टाबक्रजस्ता विद्वत प्रतिभाहरुको कदर गर्ने भएकाले राजा जनकको नाम आज पनि श्रद्धाका साथ लिइन्छ ।
हाम्रो देशमा विद्वानहरुसँग नजिक हुने, उनीहरुसँग जिज्ञासा राख्ने र उनीहरुबाट ज्ञान र दर्शनहरु सङ्ग्रह गर्ने परम्परा क्रमशः हराउँदै जान थालेको छ । त्यसमाथि पनि ज्ञानमणि नेपालजस्ता विद्वत इतिहासकारहरुले बडो मेहनत गरेर तयार पारिदिएका ग्रन्थहरु पढ्ने, त्यसको विश्लेषण गर्ने र पाठ सिक्ने परम्परा अब एकादेशको कथाजस्तै हुन पुगेको छ । यस्तो परम्परा कायम रहे देशमा मुर्ख वा तजबिजी पुस्ताको मात्रै जन्म हुनेछ । विद्वत् पूजा परम्परा हराउँदै जाँदा बौद्धिक जगत पाखा पर्दै जानेछन् । देश र समाजलाई मार्गदर्शन गर्ने पक्ष पाखा पर्दै जाने क्रम जारी रहे देश कहाँ पुग्ला ?
विद्वत् पूजाको दूर्लभ अभियान
एक जना अभियन्ता छन्, जो लामो समयदेखि विद्वत पूजा अभियानमा एक्लै जस्ता छन् । उनी हुन्, शेषराज शिवाकोटी । लामो समय न्यायसेवामा समर्पित उनी हाल सेवानिवृत्त छन् । उनी विद्वत पूजालाई नै आफ्नो धर्म र कर्म ठान्दै स्वयम्सेवा गरिरहेछन्, लामो समयदेखि । शिवाकोटी बेलाबेलामा विद्वत ब्यक्तित्वहरुको सम्मान गर्छन् र उनीहरुलाई केवल ताम्रपत्र र दोसल्लाले सम्मान गरेर औपचारिकता मात्र निर्वाह गर्दैनन्, सम्मानीत प्रतिभाको अभिनन्दन ग्रन्थ नै प्रकाशित गर्छन् । एकै व्यक्तिको अभिनन्दन ग्रन्थको सङ्ख्या धेरै पनि हुनसक्छ । उदाहरणका लागि, एकै जना विद्वान नयराज पन्तको विषयमा उनले ३० अङ्क अभिनन्दन ग्रन्थ प्रकाशित गरेका छन् । जीवित हुँदा १० र निधनपछि २० अङ्क अभिनन्दन ग्रन्थ प्रकाशित भए । यस्तै रोचक घिमिरेबारे १० र धनबज्र बज्राचार्यबारे नौ अङ्कसम्म अभिनन्दन ग्रन्थ प्रकाशित गरेर विद्वत पूजा परम्परालाई धानेका उनले प्रकाश दर्नालसम्म आइपुग्दा अभिनन्दन ग्रन्थ प्रकाशन हुने “ज्ञानगुन”ले दुई सय २४ अङ्क पार गरिसकेको छ ।
नारायणगोपाल र पारिजातको निधनपछि यस्ता स्मृति र अभिनन्दन ग्रन्थ प्रकाशनमा ल्याउने चलन चलाएका उनले जीवित ब्यक्तित्त्वहरुको पनि अभिनन्दन ग्रन्थ प्रकाशित गर्न पर्छ भन्ने मान्यताका साथ प्रशिद्ध हास्यब्यङ्ग्यकार बासुदेव लुइँटेलबाट यस्तो चलन सुरु गरे । हालै भौतिक रुपमा यो संसारबाट टाढा हुन पुगेका इतिहासकार ज्ञानमणि नेपालका बारेमा पनि तीनवटा अभिनन्दन ग्रन्थ शिवाकोटीले प्रकाशनमा ल्याए । शिवाकोटीले २०७९ माघ २७ गते श्रीपञ्चमीमा “ज्ञानगुन”को दुई सय ११ औं अङ्कलाई इतिहासकार नेपालको औँ शुभजन्मोत्सव अङ्कका रुपमा प्रकाशित गरेर नेपालको ९१ औँ जन्म दिनलाई भब्यता प्रदान गरेका थिए ।
यसरी विद्वानहरुको पूजा परम्परा कायम राख्दा शिवाकोटीले ब्यहोर्नु परेको अवस्थाको बान्की पनि अचम्मको छ । कुनै बेला नयराज पन्तको स्मृतिमा कार्यक्रम आयोजना गर्दा एउटा सानो कोठामा आफूसहित सात जना मात्रै भेला हुनु परेको पनि शिवाकोटीका लागि बिर्सिनसक्नुको घटना हुन पुगेको छ । हुन त असल मानिसहरुको सानो जमात् मुर्खमण्डलीको ठूलो भीडभन्दा कैयौँ गुणा उत्तम हुन्छ । मुर्खको उपदेशभन्दा विद्वानको गाली महिमायोग्य र उपयोगी हुन्छ । सिद्धार्थ गौतम जब ज्ञान प्राप्त गरेपछि बुद्ध बने, त्यसबेला उनको उपदेश सुन्ने केवल चार जना मात्रै थिए । तिनै चार जना बुद्धको सन्देश बोकेर चारैतिर फैलदा बुद्धका अनुयायीहरु प्रशस्तै जन्मिए । विद्वत् पूजा परम्परा धानिरहेका शिवाकोटीजस्ता दुर्लभ अभियन्ताहरुलाई पनि राज्य र समाजले चिन्न आवश्यक छ ।
केका लागि विद्वत् पूजा ?
समाजका घटनालाई सुक्ष्मतम दृष्टिकोणले अध्ययन गर्ने र अनुभवहरुलाई समेत निफनेर घटनाका कारणहरु पत्ता लगाउने काम समाज विज्ञानका विद्वानहरुले गर्ने गर्छन् । समाजका घटना र अनुभवहरुको अध्ययन र विश्लेषणबाटै सामाजिक दर्शन र सिद्धान्तहरुको प्रतिपादन हुन्छ । यसका लागि विशेष धैर्यता, बुद्धि र मेहनत आवश्यक हुन्छ । साधनाबिना यस्ता कठिन काम सम्पन्न हुन सक्दैन । मानिसले एउटै दर्शन वा सिद्धान्त प्रतिपादन गर्न पनि सम्पूर्ण जीवन समर्पण गरेको उदाहरण प्रशस्तै पाउँछौँ ।
विद्वत् वर्गबाट प्रतिपादित दर्शन वा सिद्धान्तले समाज र राज्यलाई उचित दृष्टि दिन्छ । यसले शान्ति, प्रगति, उन्नति र भातृत्वको विकासमा सयोग पुर्याउँछ । त्यसैले विद्वत् वर्गबाट राज्य र समाज ऋणी हुन्छ । त्यहीँ ऋण चुक्ता गर्न पनि विद्वत पूजा परम्पराको आवश्यकता हुन्छ । जुन देशमा विद्वत पूजा हुन्छ, त्यो देश जहिल्यै प्रगतिपथमा लम्केको हुन्छ । इतिहासकार ज्ञानमणि नेपालले आफ्नो बुद्धि र साधनाले देश र समाजलाई ऋण बोकाएर गएका छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । आज बसेका रास्वपाको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।
बैठकपछि पार्टी प्रमुख सचेतक सन्तोष परियारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साउन ६ गते आइतबारका दिन दिउँसो १ बजे प्रारम्भ हुने प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन, र प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भनि प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम पेश गर्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्विप) जारी गरिएको छ ।’
प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन् ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दुई ठूला दल नेपाली कांग्रेस र एमाले एकै ठाउँमा उभिएकाले उनीहरूलाई गल्ती गर्ने छुट नभएको बताएका छन् ।
बीपी कोइरालाको ४२ औँ स्मृति दिवसको अवसरमा आइतबार बीपी स्मृति सामुदायिक सहकारी अस्पतालले काठमाडौँमा आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै कोइरालाले अब जनताले सुशासनको अनुभूति हुने गरि सरकारले काम गर्नुपर्ने बताएका हुन् ।
उनले अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएकाले कांग्रेस र एमाले सचेत हुनुपर्नेमा जोड दिए । कोइरालाले देशको अहिलेको परिस्थिति अत्यन्तै खराब रहेको समेत बताए ।
उनले भने, ‘अब पनि दुई ठूला दलले गल्ती गरे र जनताको भावना बुझ्न सकेनन् भने देश नै कोल्याप्स गर्न पनि सक्छ ।’
कोइरालाले आफ्नो पार्टी सरकारमा रहेको र उनीहरूले गरेका सबै काम ठिक छ भनेर चुप लागेर नबस्ने बताए । उनले भने, ‘जनभावना विरोधी काम गर्ने छुट नत प्रधानमन्त्रीलाई छ न मन्त्रीलाई । गलत कामको विरोध गर्नुपर्छ ।’
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा स्थापना गरिएको पुस्तकालय आजदेखि औपचारिक रुपमा शुभारम्भ भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले ४२ औं बीपी स्मृति दिवसको अवसरमा आइतबार बिहान पुस्तकालयको उदघाटन गरेका छन् ।
पुस्तकालयमा राजनीतिक विषयवस्तुका पुस्तकहरुको संख्या अन्यको तुलनामा बढी छन् । नेपाली कांग्रेसको स्थापनाअघि देखिका विभिन्न कालखण्डका दस्तावेज, संस्थापक नेताहरुको राजनीतिक जीवन, बीपी कोइरालासँग जोडिएका दस्तावेज, कोइरालाले लेखेका साहित्यिक पुस्तक एवम् संविधान, कानुन, राजनीति शास्त्र, दर्शनशास्त्र, अर्थ राजनीति लगायतका पुस्तकहरु पुस्तकालयमा उपलब्ध हुनेछन् ।
यो पुस्तकालयमा जोकोही गएर अध्ययन गर्न सक्ने नेपाली कांग्रेसले जनाएको छ । पुस्तकालय र स्रोत केन्द्रले कांग्रेसको मुख्यालयलाई चलायमान गराउने पार्टीले उद्देश्य राखेको छ । पुस्तकालयले खोज अनुसन्धानकर्तालाई समेत मद्दत पुग्ने अपेक्षा कांग्रेसको छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वीपी कोइरालाले राजनीतिक दर्शन, समाज परिवर्तन र साहित्यको क्षेत्रमा आफ्ना छापहरु छोड्न सफल भएको बताएका छन् ।
आइतबार वीपी कोइराला राष्ट्रिय पुरस्कार २०८०, समर्पण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वीपी कोइरालाले नेपाली राजनीति र साहित्यलाई अहिलेको अवस्थामा पुर्याउन महत्वपूर्ण योगदान रहेको बताएका हुन् । उनले आज वीपी कोइरालालाई बुझ्न त्यति सजिलो नभएको बताए ।
उनले भने, ‘राजनीतिक दर्शनको पाटोमा, साहित्यिक दर्शनको पाटोमा वीपी कोइरालाले नेपाली राजनीति, समाज परिवर्तनका क्षेत्रमा आफ्ना छापहरु छोड्न एकदमै सफल व्यक्तित्व हुनुहुन्छ । उहाँले राजनीति सँगसँगै साहित्यलाई पनि एउटा उचाईमा पुर्याउनुभएको छ । राजनीतिलाई पनि झन् धेरै उचाईमा पुर्याउनुभएको छ उँहाले । तर, आज वीपी कोइरालालाई बुझ्न त्यति सजिलो छैन ।’
दर्शन, साहित्य र राजनीतिको बारेमा विवादहरु रहेपनि वीपी कोइरालाले खोजेको व्यवस्था र प्रणाली अहिले पनि आफू सहमत रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
त्यस्तै, उनले वीपी कोइरालाले दुरदर्शी तथा परिवर्तनका लागि आफ्नो जीवन समर्पित गरेको उल्लेख गर्दै अहिलेको नेतृत्वले उहाँबाट पाठ सिक्नुपर्ने बताए ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी दूतावासलाई लेखेको पत्र प्रकरणमा आर्थिक लेनदेन नभएको दबी गरेको छ ।
रास्वपाका कार्यवाहक पवक्ता मनिष झाले आइतबार विज्ञप्ति जारी गरी कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको दाबी गरेका हुन् ।
विज्ञप्तिमा उनले उपसभामुखको नाम उल्लेख गरी विभिन्न सञ्चारमाध्यमहरूमा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘केही समयअघि उक्त विषयबारे पार्टीमा सूचना आएपछि पार्टीबाट तुरुन्तै सोधखोज गरिएको थियो । सो क्रममा भिसाको लागि अग्रिम मितिको आग्रह गरिएका व्यक्तिहरू नेपाल अध्यागमन विभागको रेकर्डमा देश बाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन सकेन । यसै सन्दर्भमा सम्बन्धित भनिएका व्यक्तिहरूसँग रास्वपा उपसभापति डीपी अर्यालले गर्नुभएको अडियो रेकर्डिङ हामीसँग सुरक्षित रहेको जानकारी गराउँदछौ।’
रास्वपाले विभिन्न कूटनीतिक निकाय एवं जानकारहरूसँग बुझ्दा धेरै राजनीतिक दलका नेताहरूले अन्तर्वार्ता मिति मात्र होइन भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको दाबी गरेको छ ।
संघीय संसद सचिवालय लगायत अन्य उच्च पदासीन व्यक्तिहरूलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचार गरिनुमा पक्कै पनि कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको छ भन्ने सहजै अनुमान गर्न सकिने रास्वापले दाबी गरेको छ ।
रास्वपाबाट उपसभामुख बनेकी रानाले उपसभामुख रानामगरले पाँच व्यक्तिलाई अमेरिका लैजान भनी नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि उनी विवादमा तानिएकी छन् ।
एक वर्ष अघि ‘कमिसन अन द स्टाटस अफ वुमन’को ६७ औं सत्रमा भाग लिन जाने क्रममा उनले आफूसँगै पाँच जनालाई लैजानेगरी दूतावासमा पत्र पठाएकी थिइन् ।
काठमाडौं । परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका लागि ‘हेल्प डेस्क’ स्थापना गरेको छ ।
मन्त्रालयले शनिबार सूचना जारी गरी त्यहाँ रहेका विद्यार्थीको सहजताका लागि आवश्यक सम्पर्क व्यक्तिसहित हेल्प डेस्कको व्यवस्था गरिएको जनाएको छ ।
समस्यामा परेका विद्यार्थी तथा अभिभावक एवं आफन्तका लागि आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि मन्त्रालयले निर्धारण गरेको इमेल वा फोन नम्बरमा सम्पर्क गर्न एवं अनलाइन फाराम भर्न मन्त्रालयले अनुरोध गरेको छ ।
सम्पर्कका लागि नेपाली राजदूतावास ढाकामा द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्री तथा सिंहदरबारस्थित मन्त्रालयमा सम्पर्कका लागि शाखा अधिकृत महेश्वरमणि त्रिपाठीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।
त्यसका अतिरिक्त भविष्यमा पुनः सहयोग आवश्यक पर्नसक्ने सन्दर्भमा आफू अध्ययनरत विश्वविद्यालय, कलेज वा शैक्षिक संस्थाको नाम र ठेगाना मन्त्रालयलाई जानकारी गराइदिनसमेत अनुरोध गरिएको सूचनामा उल्लेख छ । बंगलादेशबाट आठ सय नेपाली विद्यार्थी नेपाल आउँदै यसैबीच परराष्ट्रमन्त्री डा. आरजु राणाले आठसय नेपाली विद्यार्थी हवाई र स्थलमार्ग हुँदै नेपाल आउँदै गरेका जानकारी दिएकी छन् । शनिबार राति सामाजिक संजालमार्फत मन्त्री राणाले आठसय नेपाली विद्यार्थीहरु हवाई वा स्थलमार्ग हुँदै बंगलादेशबाट नेपाल आउँदै गरेका जानकारी दिएकी हुन् ।
ढाकास्थित नेपाली दूतावासले विद्यार्थीहरूलाई बंगलादेशका विभिन्न स्थानहरूबाट ढाका विमानस्थल लगायत अन्य सीमा नाकाहरूमा सुरक्षित यात्राको लागि समन्वय गरिरहेको उनले जानकारी दिएकी छन् । उनले भनेकी छन्, ‘हामीले बंगलादेशका विश्वविद्यालयहरू, सम्बन्धित निकायहरू र कानून प्रवर्तन एजेन्सीहरूसँग नजिकबाट समन्वय गर्दै आएका छौं । नेपाल सरकार सबै नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न प्रतिबद्ध छ।’
काठमाडौं । साउन १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथा समेट्दै यसले थ्रिल महसुस गराउँछ ।
यसमा अभिनेत्री वर्षा शिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठबीच अंकुराएको प्रेमलाई सुन्दर ढङ्गले बुनिएको छ। जब ट्रेलर क्लाइमेक्समा पुग्छ तब वर्षाको रौद्र रूपले चकित तुल्याउँछ ।
ट्रेलरमा कुनै समय हिरोइन भएर दर्जनौँ चलचित्रमा काम गरेकी रेजिना उप्रेती वर्षाको आमाको भूमिकामा देखाइएको छ । यही चलचित्रबाट डेब्यु गरेका अमर प्रताप श्रेष्ठको लुक्स र अभिनय राम्रो देखिएको छ । शङ्कर कोइरालाले निर्देशन गरेको यस चलचित्रमा वर्षा शिवाकोटी, अमर प्रताप श्रेष्ठ, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, शेरबहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतमलगायतको अभिनय रहेको छ ।
डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सहनिर्माता रहेका छन्। चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन्।
यसमा उत्सव दाहालले छायाङ्कन र भरत रेग्मीको सम्पादन छ। चलचित्रका गीतमा राम अविरल र शान भुसालको शब्द रचना, एसडी योगी र शान भुसालको सङ्गीत तथा स्वरूपराज आचार्य, एसडी योगी, विज्ञानी पराजुली र एरिका क्षेत्रीको स्वर रहेको छ।
कास्की । पोखरामा सम्पन्न २० वर्षमुनिको बुद्धिचाल प्रतियोगिताको उपाधि ईश्वर घिमिरेले जितेका छन् । यही साउन ४ गतेदेखि सञ्चालन भएको प्रतियोगिता शनिबार समापन भएको हो ।
अन्तर्राष्ट्रिय बुद्धिचाल सङ्घ (फिडे)को एक सयौं वर्षका अवसरमा आयोजित प्रतियोगितामा एक सय पाँच प्रतिस्पर्धीलाई पछि पार्दै घिमिरेले उपाधि जिते ।
हिमालयन मित्र बाल क्लबको आयोजनामा पोखरा–१७ विरौटामा भएको प्रतियोगितामा घिमिरेले कुल आठ अङ्क प्राप्त गरेका थिए । कौशल थापा द्वितीय तथा अनिज पोखरेल तृतीय हुन सफल भए । विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।
यसैगरी यु–१६ तर्फ सङ्गम सिम्खडा, यु–१४ तर्फ सङ्कल्प श्रेष्ठ र यु–१० तर्फ प्रशंसा भण्डारीले उपाधि जिते । प्रतियोगितामा हार्दिक पौडेल अनुशासित खेलाडी घोषित भए भने प्रशंसा भण्डारी महिला विजेता भएकाले नगद पुरस्कार पाए ।
विजेता खेलाडीलाई गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री पञ्चराम गुरुङ, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष ध्वजकुमार गुरुङ, गण्डकी प्रदेश बुद्धिचाल सङ्घका अध्यक्ष युवराज भण्डारी, पोखरा महानगरपालिका बुद्धिचाल सङ्घका अध्यक्ष चन्द्र गुरुङलगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा प्राप्त गर्ने अङ्क अन्तर्राष्ट्रिय बुद्धिचालको वरियतामा समेत रहनेछ । अर्थात् खेलाडीले प्राप्त गरेको अङ्क विश्व बुद्धिचालको आधिकारिक रेटिङ (वरियता) मा समावेश हुने आयोजकले जनाएको छ ।
काठमाडौँ । न्युरोड क्षेत्रमा काठमाडौं महानगरपालिकाले विस्तार गरिरहेको पैदल मार्ग सुधार गर्दा विगतमा सवारी पार्किङ गरिएको जति पनि सडकको क्षेत्रफल नओगटिने महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले बताएका छन् । न्युरोडको कालोपत्रे सडकमा विगतमा मोटरसाइकल, सामान ढुवानीका साधन, कार पार्किङ गरेर जति ठाउँमा राखिन्थ्यो त्यति सबै ठाउँ पनि चाहिँदैन । उनी भन्छन्, ‘सहज आवागमन, व्यापारिक क्षेत्रको व्यवस्थापन र सहरी सुन्दरताको जीवन्त आयामका लागि विगतमा पार्किङ हुने गरेको स्थानमा पैदल मार्ग बनाएर पैदलयात्रीको यात्राका लागि उपलब्ध गराउन लागिएको हो ।’
पैदलयात्रीको संख्या बढ्दै गएपछि यात्रा सहजता तथा सुरक्षाका लागि महानगरपालिकाले खुला बोलपत्रबाट कामका लागि निर्माण पक्ष आव्हान गर्यो । निर्माण पक्ष छानेर कामको जिम्मा दियो । निर्माण पक्षले जेठ ११ गते काम थाल्यो । काम थालेको भोलिपल्ट डिभिजन सडक कार्यालयले संस्थागत अवरोध गर्यो । यसपछि काम रोकियो । महानगरपालिकाले डिभिजन सडक कार्यालयले गरेको हस्तक्षेपविरुद्ध अन्तरिम आदेश माग गर्दै जेठ २७ गते उच्च अदालतमा रिट दायर गर्यो । रिटमा सुनुवाइ गर्दै अदालतले असार ३० गते महानगरपालिकाले मागबमोजिम अन्तरिम आदेश दियो । यसपछि पुनः काम अगाडि बढेको छ ।
आयोगका उपाध्यक्ष डा. राजभण्डारी पैदल मार्ग विस्तारको आवश्यकता र मापदण्डका विषयमा कुरा गर्दै भन्छन्, ‘मिश्रित आवासीय क्षेत्रमा १.८ मिटर, मिश्रित व्यवसायिक क्षेत्रमा २.५० मिटर, बस विसौनीमा ३ मिटर, बजार क्षेत्रमा ३.५ देखि ४.५ मिटर, उच्च चाप भएको व्यावसायिक क्षेत्रमा ४ मिटर चौडाइको पैदल मार्ग आवश्यक हुन्छ । पैदल मार्ग निर्माण भएपछि यो मापदण्ड पूरा हुन्छ ।’
महानगरपालिकाले सहरी सडकको मापदण्डबमोजिम पैदल मार्ग विस्तार गरिरहेको हो । सार्वजनिक निर्माण विभागका प्रमुख सुरज शाक्य भन्छन्, ‘१३ मिटरको सडक भएको ठाउँमा ८ मिटर मुल सडक राख्ने, दायाँ २.५ र वायाँ २.५ मिटर पैदल मार्ग विस्तार गर्ने र ११ मिटर सडक भएको ठाउँमा ८ मिटर मूल सडक राख्ने, दायाँ १.५ मिटर र वायाँ १.५ मिटर पैदल मार्ग विस्तार गर्ने योजना हो । यसरी पैदल मार्ग विस्तार हुँदा विगतमा मोटरसाइकल पार्किङ् भए जत्तिको ठाउँ पनि उपयोग हुँदैन ।’ शाक्यकाअनुसार धर्मपथ सडक खण्ड १३ मिटरको छ । नयाँ सडकका बाँकी खण्ड ११ मिटरका छन् ।’ बाँकी सडक खण्डमा विशालबजार, पाको, प्युखा मार्ग र खिचापोखरी मार्गमा पैदल मार्ग हुन् ।
नयाँ क्षेत्रको अध्ययन र सिफारिस महानगरपालिकाको सहरी योजना आयोग र सहरी यातायात तथा सडक सुरक्षा एकाइले नयाँ सडक क्षेत्रका पूर्वाधार, यसको उपयोगिता, समस्या र सम्भावित समाधानका उपायका विषयमा गएको जेठ महिनामा संयुक्त अध्ययन भएको थियो । सहरमा सवारी साधनमा यात्रा गर्ने यात्रीभन्दा पैदल मार्गमा हिँड्ने यात्रीको संख्या धेरै भएकोले सडकमा पैदल यात्रीलाई प्राथमिकता दिनु पर्ने अन्तरराष्ट्रिय अभ्यास हो । यो अभ्यास कार्यान्वयन गर्न माग आइरहेको थियो ।
मागलाई सम्बोधन गर्न प्रयोगात्मक र वास्तविक तथ्यको प्रयोग गरेर नयाँ सडकको पैदल मार्ग सुधारको अध्ययन प्रतिवेदन तयार भएको हो । अध्ययनमा मुख्य चोक, सडक किनारा र जेब्रा क्रसको प्रयोग गर्ने यात्रीहरुको संख्या, ट्राफिक नियम र मापदण्डसँग पैदल यात्रुको यात्रा सहजतालाई आधारका रुपमा लिइएको थियो ।
स्मार्ट क्यामराबाट पैदलयात्रीको आवतजावत संख्या तथा घनत्व मापन गरिएको थियो । यसरी गरिएको गणनामा जुद्ध शालिकबाट नयाँ सडक गेटतर्फ बेलुका ६ बजेदेखि ७ बजेसम्म (१ घण्टा अवधिमा) ८ हजार ७४५ जना यात्रुले पैदल यात्रा गरेको देखियो । इन्द्रचोकमा बेलुका ०७ः४५ देखि ०८ः४५ सम्म गणना गर्दा २ हजार ९३३ जनाले, धर्मपथमा बेलुका ५ः१५ देखि ६ः१५ सम्म गणना गर्दा ४ हजार ४३७ जनाले यात्रा गरेको देखियो । नयाँ सडक ताम्राकार हाउसतर्फबाट जुद्ध शालिकतर्फ राखिएको क्यामराबाट बेलुका ५ बजेदेखि ६ बजेसम्म १ घण्टाको अवधिमा ६ हजार ७४ जना यात्रीले र यही ठाउँबाट न्यूरोड गेटतर्फ फर्काएर राखिएको क्यामराबाट बेलुका ५ः४५ देखि ६ः४५ बजेसम्ममा ४ हजार १२७ जना पैदल यात्रीले यात्रा गरेको देखियो ।
अध्ययनमा पैदल यात्रु शारीरिक बनावटका आधारमा निर्वाध हिँड्न आवश्यक पर्ने स्थानको आकार, यात्रुको घनत्व, उपलब्ध पैदल मार्गको विश्लेषण र सडक व्यवस्थापनका लागि प्रचलित कानुनले स्थानीय तहलाई दिएको अधिकारको विश्लेषण गरिएको आयोगका उपाध्यक्ष राजभण्डारीको भनाइ छ । यसरी हेर्दा नयाँ सडक क्षेत्रमा अहिले उपलब्ध पैदल मार्ग अपर्याप्त भएको निष्कर्षसहित मार्ग विस्तार गर्न शिफारिस गरिएको छ ।
पैदल मार्ग विस्तार नगर्दा मूल सडकमा पैदल यात्री आउनु पर्ने बाध्यात्मक अवस्था रहेको देखाउँदै अध्ययन प्रतिवेदनले यसबाट हुने सक्ने दुर्घटनाजन्य जोखिम घटाउन पनि पैदल मार्ग विस्तार गर्नु पर्ने भएको छ । पैदल यात्रीको संख्या क्रमशः बढ्दै जाने अवस्था देखाउँदैे त्यो अवस्था व्यवस्थापन गर्न पनि पैदल मार्ग सुधारको खाँचो भएको छ । सम्पदा स्थलको सन्निकट क्षेत्रमा पैदल यात्राको सहजताले मौलिक संस्कृति संरक्षण र सहरी जीवन्ततामा महत्वपूर्ण अर्थ राख्ने प्रतिवेदनमा औँल्याइएको छ ।
सडक व्यवस्थापनसँग सम्बन्धित कानुनी व्यवस्था आफ्नो भौगोलिक क्षेत्रभित्रका सबै सडकको सफाइ, हरियाली प्रवर्धन, पैदल मार्ग सुधार, ढल निकास तथा डुवान व्यवस्थापनका लागि महानगरपालिकाले लगानी बढाएको छ । सडक जुनसुकै हुन्, समस्या आउँदा नागरिकले गुनासो गर्ने पहिलो सरकारी कार्यालय महानगरपालिका नै हो । यसमा पनि सबैभन्दा पहिला वडा कार्यालयमा गुनासो आउँछ । पछिल्लो समयमा डिभिजन सडक कार्यालय काठमाडौँले सडकमा आफ्नो नाम लेखेपछि सडकको स्वामित्वका कसको हो भन्ने विषयलाई नागरिकले उत्सुकतापूर्वक हेरेका थिए । यही क्रममा २०८१ असार ३० गते उच्च अदालत पाटनले महानगरपालिकाको माग बमोजिमको रिट आदेश दिँदै कानुनी व्यवस्थाहरुका विषय खुलाएको छ ।
राज्य शक्तिको बाँडफाँडको सम्बन्धमा नेपालको संविधानको धारा ५७ ले व्यवस्था गरी उपधारा (१) ले संघको र उपधारा (४) ले स्थानीय तहको एकल अधिकारको सूचीको बारेमा अलग अलग प्रवन्ध गरिएको छ । सो व्यवस्थाअन्तर्गत अनुसुची ५ को क्र. सं. २० मा राष्ट्रिय यातायात नीति, रेल तथा राष्ट्रिय लोकमार्गको व्यवस्थापन सम्बन्धी अधिकार संघलाई रहने र अनुसूची ८ को क्र. सं. ११ मा स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिंचाई समेतका अधिकार स्थानीय तहमा रहने भनी व्यवस्था छ ।
नेपालको संविधान लागू भए पश्चात सार्वजनिक सडक ऐन २०३१ मिति २०७५ फागुन १९ मा संशोधन भई दफा ३ (ख) थप गरी सोमा सडक बर्गीकरणको व्यवस्था राखिएको छ । यस प्रावधानले सडकलाई राष्ट्रिय लोकमार्ग, प्रदेश लोकमार्ग, स्थानीय, ग्रामीण तथा सहरी सडक भनी वर्गीकरण भएको हुनुपर्छ । यस्तै भौतिक योजना तथा निर्माण मन्त्रालय, राष्ट्रिय यातायात नीति २०५८ को बुँदा नं. ७.१.४ ले सहरी सडकको परिभाषा गर्दा सडकको निर्माण मर्मत सम्भार समेतको कार्य गर्ने जिम्मेवारी स्थानीय तहमा रहने भनेको छ । आयोजना वर्गीकरण सम्बन्धी मापदण्ड २०८०, संघ प्रदेश तथा स्थानीय तहको एकल तथा साझा अधिकार सूचीको बाँडफाँड र विस्तृतीकरणले सडक सम्बद्ध विषयवस्तु समेटेको छ ।
आयोजना वर्गीकरण सम्बन्धी मापदण्ड २०८० ले, राष्ट्रिय लोकमार्ग संघीय सरकारको, प्रदेश लोकमार्ग र दुई वा दुईभन्दा बढी स्थानीय तह जोड्ने सडकहरु प्रदेशले र सबै किसिमका स्थानीय सडक स्थानीय तहको जिम्मामा रहने व्यवस्था गरेको छ ।
नेपाल संविधान, नेपाल सरकार (मन्त्रिपरिषद) बाट जारी भएको वर्गीकरण मापदण्ड, संघीय संसदबाट जारी भएको स्थानीय सरकार सञ्चालन ऐन २०७४, संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) २०७७, नेपाल सरकार (मन्त्रिपरिषद) बाट जारी भएको तीन तहका सरकारहरुको अधिकारको बाँडफाँट सम्बन्धी कार्य विस्तृतीकरण प्रतिवेदन २०७३ र नेपाल सरकार (मन्त्री परिषद) ले २०७६ सालमा तोकेको राष्ट्रिय लोकमार्ग, प्रदेश लोकमार्ग र स्थानीय सडक व्यवस्थापनका विषय छन् । महानगरपालिकाले यी कानुनी अधिकारहरुको प्रयोग गरेर सहरका सबै सडकमा पैदल यात्रु सहजताका लागि काम गरिरहेको छ । यी काममध्ये नयाँ सडकमा भइरहेको एउटा खण्ड हो ।
युक्रेनी भाषाको बचाउ गर्दै बारम्बार मुखर अभिव्यक्ति दिने एक पूर्व युक्रेनी राष्ट्रवादी सांसदको गृहनगर एलभिभमा एक बन्दुकधारीले गोली हानी हत्या गरेको प्रहरीले बताएको छ ।
युक्रेनको अतिराष्ट्रवादी स्वोबोडा पार्टीकी सदस्य रहेकी ६० वर्षीया इरिना फारियनले केही समय संसदको सदस्यको रूपमा काम गरेकी थिइन् ।
रूसी भाषा बोलेर अधिकारी र सैनिकलाई चिढ्याएको कारण उनी विवादमा तानिएका थिइन् ।
“गोली लागि सख्त घाइते भएकी फारियनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ,” एल्भिभका नगर प्रमुख एन्ड्री साडोभीले भने ।
उनले भने, “युक्रेनमा अब कुनै सुरक्षित ठाउँ छैन। यस्तो निर्लज्ज, दुस्साहसी हत्या हुनुलाई नागरिकको सुरक्षाप्रतिका चासोका रूपमा हेरिएको छ । हत्यारालाई पत्ता लगाई तत्काल कडा कारबाही गरिनुपर्छ ।”
युक्रेनको महान्यायाधिवक्ताको कार्यालयका अनुसार स्थानीय समयअनुसार शुक्रबार साँझ करिब ७ः३० बजे एक अज्ञात बन्दुकधारीले फारियनलाई गोली हानेको अनुमान गरिएको छ ।
टाउकोमा गोली लागेको अवस्थामा गम्भीर अवस्थामा उनलाई अस्पताल लगिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार फारियनको हत्या भएको खबर प्राप्त भएको र उपलब्ध सबै निगरानी क्यामेराको जाँच भइरहेको बताए ।
उनले भने, “सबै अनुसन्धानात्मक कार्यहरू जारी छन् । अनुसन्धानका लागि रूसतर्फ जाने नाकामा पनि सुरक्षा जाँचलाई कडा पारिएको छ ।
फरियन एक प्रशिक्षित भाषाविद् र युक्रेनी भाषाको सबैभन्दा मुखर रक्षकमध्ये एक थिइन् । उनले रूसी युक्रेनियनहरू बोल्ने सैनिकहरूलाई ‘कोलाउन’ नसक्ने बताएपछि एल्भिभ विश्वविद्यालयमा प्रोफेसरको रूपमा आफ्नो जागिर गुमाउनुभएको थियो भने अदालतको फैसलापछि उनलाई पुनर्बहाली गरिएको थियो ।
माले । माल्दिच्समा भईरहेको काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित हासिल गरेको छ । माले सिटीस्थित सोसल सेन्टरमा शनिवार भएको खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले माल्दिभ्सलाई २५–१६, २५–९, २५–१० ले पराजित गरको हो ।
यसअघि लगातार दुई खेलमा पराजित भएको नेपाल माल्दिभ्सलाई हराएपछि चार टोली सहभागि च्याम्पियनसिपमा २ अंकसहित तेस्रो स्थानमा छ । सबै तीन खेल हारेको माल्दिभ्स अंकविहिन छ ।
उपाधि दाबेदारको रुपमा माल्दिभ्स आएको नेपालले सुरुवाती दुई खेलमा रिसिभ र डिफेन्समा कमजोर प्रदर्शन गर्दा पराजित भएको थियो । पहिलो खृलमा नेपाल श्रीलंकासँग ३–१ सेटमा पराजित भएको थियो भने दोस्रो खेलमा कीर्गिस्तानसँग ३–० को सेटमा पराजित भएको थियो । अब शनिबारै हुने कीर्गिस्तान र श्रीलंकाबीचको खेलपछि नेपालको सेमिफाईनल प्रतिद्वन्दी तय हुनेछ ।
कीर्गिस्तान र श्रीलंका दुवैले यसअघि दुई खेल जित्दै समान ४ अंक जोडेका छन् । यी दुई बीचको खेलमा पराजित हुने टोलीसँग नेपालले सेमिफाईनल खेल्नेछ । सेमिफाइनलका दुवै खेल आउने सोमबार हुनेछ । फाइनल खेल मंगलबार हुनेछ ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने भएको छ । शनिबार बसेको राप्रपाको निर्देशक समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा विश्वासको मत लिने कार्यक्रम छ ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईको भूमिका समेटिएको ‘बाबुरामः अ भिजनरी रिबेल’ पुस्तक सार्वजनिक गरिएको छ ।
‘द राइजिङ नेपाल’का पूर्वसम्पादक डा मुक्ति रिजालले लेखेको पुस्तकको शनिबार पूर्वप्रधानमन्त्री भट्टराई, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाल र राष्ट्रिय स्वतन्त्र पार्टीका नेत्री सुमना श्रेष्ठले संयुक्त रुपमा विमोचन गरेका छन् ।
पुस्तकमा माओवादी आन्दोलनमा डा भट्टराईको भूमिका, माओवादी छाडेपछिको अवस्था र वैकल्पिक शक्ति निर्माणको अभियानसम्मका गतिविधि विभिन्न १७ वटा आलेखमा समेटिएका छन् ।
सो अवसरमा डा भट्टराईले आफू फरक पृष्ठभूमिबाट आएको भए पनि सोच, विचार र शैलीले नयाँ रहेकाले पुरानाको कार्यशैलीको सम्मान गर्दै नयाँमा टेकेर राजनीतिक दल अगाडि बढ्नुपर्ने बताए ।
“म माओवादीबाट एक्लै निस्किएको हो । वैकल्पिक शक्ति निर्माण गर्ने सकारात्मक सोचका साथ अघि बढेको हो”, अध्यक्ष डा भट्टराई भने, “मैले कसैलाई छाडेको पनि होइन, गाली गरेको पनि होइन ।” वैकल्पिक पार्टी बन्न वैकल्पिक सोच र कार्यक्रम आवश्यक पर्नेमा उनले जोड दिए ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा दुई ठूला दल सरकार सञ्चालनमा केन्द्रित हुँदा प्रतिपक्षमा रहेका दलहरुले आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताए । वर्तमान सरकारलाई गलत बाटोमा हिँड्ने छुट नभएको उल्लेख गर्दै उनले भने, “सरकारले गलत काम गरेमा कांग्रेस मौन बस्दैन ।”
एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले तत्कालीन माओवादी जनयुद्धको परिकल्पनाकारका रूपमा रहेको बताउँदै उनीद्वारा उठाइएका मुद्दालाई सिद्धान्तको उचाइबाट हेर्न र विश्लेषण गर्न सक्ने क्षमता नेता भट्टराईसँग भएको बताए ।
नेपालका राजनीतिक दल इमान्दार हुने हो भने मुलुकलाई समृद्ध बनाउन सकिने उल्लेख गर्दै संसद्का दुई ठूला दल सम्मिलित सरकारले जनताका समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए ।
“राज्य स्रोतको दोहन नगर्ने र दलाल पुँजीवादबाट मुक्त पार्टी बनाऔँ,” महासचिव भुसालले भने, “त्यस्तो पार्टीले मात्र समाजवादको यात्रा अघि बढाउन सक्छ ।” राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री श्रेष्ठले आफ्नो पार्टी नयाँ सोचका साथ अघि बढ्ने बताइन् ।
अङ्ग्रेजी भाषामा लेखिएको पुस्तक एक सय २५ पृष्ठको छ । पुस्तकको मूल्य तीन सय ५५ रुपैयाँ तोकिएको छ ।
बङ्गलादेशमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीचको झडपपछि प्रधानमन्त्री शेख हसिनाले विदेश भ्रमण रद्द गरेकी छन् । आन्दोलनले चर्को रुप लिँदै गएपछि मुलुकका विभिन्न सहरमा सैनिकहरु तैनाथ गरिएको छ ।
अस्पतालका झडपमा अहिलेसम्म कम्तीमा १०५ जनाले ज्यान गुमाइसेका छन् । बङ्लादेशमा जारी आन्दोलन नियन्त्रण गर्न प्रहरी असफल भएपछि प्रधानमन्त्रीको कार्यालयले गत मध्यरातबाट सेना परिचालन र कफ्र्यू आदेश जारी हो ।
सरकारले नागरिकहरूको सहायताका लागि कफ्र्यु लगाउने र सेना तैनाथ गर्ने निर्णय गरेको प्रधानमन्त्री हसिनाका प्रेस सचिव नईमुल इस्लाम खानले बताएका छन् ।
राजधानी ढाकाका सडकहरू शनिबार बिहानैदेखि सुनसान छन् । सेना र बख्तरबन्द कर्मचारी वाहकले गस्ती गरिरहेका छन् । यसै क्रममा कफ्र्यूलाई बेवास्ता गर्नेलाई प्रहरीले घर फर्काइ रहेको छ ।
कफ्र्यु आइतबारसम्म कायम रहने निजी प्रसारण च्यानल–२४ ले रिपोर्ट गरेको छ ।
प्रधानमन्त्री हसिनाको आइतबारका लागि तय भएको स्पेन र ब्राजिलको भ्रमण विद्यमान अवस्थाका कारण रद्द गरिएको उनका प्रेस सचिव खानले जानकारी दिएका छन् ।
माइक्रोसफ्ट प्रोग्रामको एन्टिभाइरस अद्यावधिकको समयमा भएको विश्वव्यापि प्राविधिक अवरोधका कारण प्रभावित बैंङ्क, वित्तीय संस्था, एयरलाइन्सलगायतका सेवाहरु शनिबार विस्तारै लयमा फर्किरहेका छन् ।
अद्यावधिकको समयमा शुक्रबार विश्वव्यापी आईटी प्रणालीमा आएको अवरोधपछि दर्जनौं उडानहरू रद्द भएका थिए ।
एसियाका हङकङ, दक्षिण कोरिया र थाइल्यान्डलगायतका एयरपोर्टहरू चेक–इन सेवा पुनःसुचारु गरेका छन् भने भारत, इन्डोनेसिया सिङ्गापुरका एयरपोर्टहरुले शनिबारसम्म सामान्य अवस्थामा फर्किने बताएका छन् ।
थाइल्यान्डका एयरपोर्टहरूमा चेक–इन प्रणाली सामान्य अवस्थामा फर्किएको राष्ट्रपति किराती किटमानावतले बताए ।
साइबर सुरक्षा फर्म क्राउडस्ट्राइकले माइक्रोसफ्ट विन्डोजलाई असर गर्ने त्रुटिपुर्ण सफ्टवेयर अध्यावधिक गर्ने क्रममा बिहीबार विश्वव्यापी प्राविधिक समस्या सुरु भएको माइक्रोसफ्टले जनाएको छ ।
क्राउडस्ट्राइकले उत्पन्न समस्याको समाधान भएको बताउदै कम्पनीका सञ्चालक जर्ज कुर्ट्जले प्रभावित सबै निकायसँग माफी मागेको अमेरिकी समाचार च्यानल सिएनबीसीले जनाएको छ ।
क्राउडस्ट्राइकले समस्याबाट प्रभाविहरूसँग सम्पर्कमा रहि आवश्यकताअनुसार सहयोग प्रदान गर्न तयार भएको अमेरिकी राष्ट्रपति जो बाइडेनको टोलीले विज्ञप्तिमार्फत जनाएको छ ।
बेलायतको स्काइ समाचार संस्थाले समाचार प्रसारणमा आएको समस्या समाधान भएको बताएको छ ।
अस्ट्रेलियाको एबिसीले पनि प्रसारणमा समस्या आएको रिपोर्ट गरेको थियो । अस्ट्रेलियामा सेवाहरू हाल सामान्य लयमा फर्केको भएतापनि सिड्नी एयरपोर्टले अझैसम्म उडानमा ढिलाइ भएको रिपोर्ट गरिरहेको छ ।
केन्या र युक्रेनका बैंकिङ एवं अन्य सेवामा आएको प्रविधिक समस्याले धेरै ग्राहकहरू प्रभावित भएको गुनासो गरेको थियो ।
अमेरिकी सङघीय उड्डयन प्रशासन (एफएए) ले सबै उडानहरू बन्द गर्ने आदेश दिएको थियो यद्यपि एयरलाइन्सले पछि आफ्ना सेवाहरू पुनः स्थापना गरिरहेको जनाएका छन् ।
भारतीय एयरलाइन्स इन्डिगोले सामाजिक सञ्जाल एक्समार्फत समस्या समाधान भएको जनाएको छ ।
यसैबीच चिनियाँ सरकारी मिडियाले बेइजिङका विमानस्थल तथा उडान सेवाहरु विश्वव्यापी आउटेजले प्रभावित नभएको जनाएको छ ।
युरोपमा बर्लिनलगायत प्रमुख एयरपोर्टहरूले शुक्रबार सबै उडानहरू स्थगित गरेका थिए भने हाल सेवाहरु पुनः सुरु भएको बताएका छन् ।
कम्पनीका सञ्चालक कुर्ट्जले शुक्रबार आएको सम्सयाबाट प्रभावित ग्राहकहरूलाई मद्दत गर्न कम्पनीका कर्मचारीहरु पूर्ण रूपमा परिचालन गरिएको विज्ञप्तिमार्फत उल्लेख गरेका छन् ।
विश्वव्यापी सफ्टवेयरमा आएको यस्तो समस्याले एकै समयमा धेरै सेवाहरु प्रभावित हुन सक्ने भएकाले पुर्वाधारहरु सामान्य समस्याहरू विरुद्ध लचिलो हुने गरी विकास गर्न आवश्यक रहेको बेलायतको योर्क विश्वविद्यालयका प्राध्यापक जोन म्याकडर्मिडले बताए ।
खोटाङ । जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी पक्राउ, अपराध नियन्त्रण तथा लागूऔषध ओसारपसार नियन्त्रणमा सक्रियता बढाएको छ ।
कार्यालयले गत आर्थिक वर्षमा जिल्ला अदालत खोटाङले दोषी ठहर गरेका एक सय २४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
विसं २०८० साउन १ गतेदेखि गत असार ३१ गतेसम्म जिल्ला अदालतले दोषी ठहर गरेका फरार प्रतिवादीलाई पक्राउ गरी निजहरुबाट ११३ वर्ष ११ महिना सात दिन कैद, रु आठ लाख २३ हजार चार सय ६१ जरिवाना र दुई लाख ३२ हजार सात सय ८६ क्षतिपूर्ति असुल गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए। पक्राउ परेकामध्ये महिना दिनदेखि १४ वर्षसम्म कैद भुक्तान गर्न बाँकी प्रतिवादी थिए ।
फरार प्रतिवादी पक्राउ पर्नेमा सबैभन्दा बढी जघन्य प्रकृतिका मुद्दामा अदालतबाट दोषी ठहर भएका रहेका प्रहरीले जनाएको छ । आव २०७८-७९ मा तीन र आव २०७९-८० मा छ जना फरार प्रतिवादी पक्राउ परेका प्रमुख प्रहरी नायब उपरीक्षक खड्काले बताए। प्रहरी कार्यालयमा एक वर्षमा दुई सय १५ घटना दर्ता भएका छन् ।
गत आवको विवरण अनुसार सबैभन्दा बढी झुण्डीएर आत्महत्या गरेका ३८ घटना दर्ता भएका उनले जानकारी दिए ।
गत वर्षको तुलनामा यसवर्ष आत्महत्या गर्नेको सङ्ख्या कम भएको देखिएको छ । आव २०७८-७९ मा ६२ र आव २०७९-८० मा ५२ जनाले आत्महत्या गरेका प्रहरीको तथ्यांकमा उल्लेख छ ।
प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार यसवर्ष जिल्लामा जबरर्जस्ती करणीका घटना दर्तामा वृद्धि भएको देखिएको छ । गत अवमा २७ वटा जबर्जस्ती करणीका घटना दर्ता भएका प्रहरी नायब उपरीक्षक खड्काले जानकारी दिए ।
आव २०७८-७९ मा १३ र आव २०७९-८० मा १५ वटा घटना दर्ता भएका थिए । पछिल्लो एक वर्षको अवधिमा जबर्जस्ती करणीका घटना झण्डै दोब्बरले वृद्धि भएको देखिन्छ ।
सामाजिक सञ्जालको दूरुपयोग, पारिवारिक बेवास्ता, लागूऔषध प्रयोगलगायत कारण जिल्लामा जबर्जस्ती करणीका घटना वृद्धि भएको महिला अधिकारकर्मीले बताएका छन् ।
जिल्लामा हुनसक्ने जबर्जस्ती करणीका घटना न्यूनीकरण गर्न महिला आफैँ सचेत हुनुपर्ने जिल्लास्थित महिला मानव अधिकार रक्षक सञ्जाल अध्यक्ष पूर्णमाया तामाङले बताए।
जिल्लामा जबर्जस्ती करणीका घटना वृद्धि नभई पीडितहरूको न्यायमा पहुँच विस्तार भएको प्रनाउ खड्काले प्रतिक्रिया दिए।
‘यसअघि जबरर्जस्ती करणीजस्ता जघन्य किसिमका घटना गाउँमा मिलापत्र गराउने गरिएको रहेछ । हामीले गाउँ–गाउँमा सचेतना अभियान सञ्चालन गरेपछि कानुनको सहायता लिनेको सङ्ख्या बढेको हो’, उनले भने, ‘सम्बन्धित निकाय जाँदा पीडकलाई कानुनी कारबाही हुन्छ भन्ने विश्वास पीडितमा बढेको छ ।’
प्रहरीमा दर्ता भएका २७ घटनामध्ये २४ मा संलग्नलाई पक्राउ गरी कानुनी दायरमा ल्याइएको प्रहरीले जनाएको छ । तीनवटा घटना अनुसन्धानका क्रममा रहेको भन्दै चाँडै आरोपितलाई पक्राउ गरिने प्रनाउ खड्काले बताए।
जबर्जस्ती करणी उद्योगमा यसवर्ष सातवटा घटना दर्ता भएको प्रहरीको तथ्यांकमा देखिएको छ । घटनामा संलग्न सबैजनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको प्रहरीले जनाएको छ । बालयौन दुरुपयोगमा यस वर्ष तीन घटना दर्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालयले जिल्लामा पहिलो पटक बैंङ्किङ कसुरसम्बन्धी १७ वटा घटना दर्ता गरी कारबाही गरेको छ । विभिन्न माध्यमबाट ठगी गर्ने १५ जनाविरुद्ध मुद्दा दर्ता गरेर कारबाही गरिएको प्रहरीले जनाएको छ ।
कर्तव्य ज्यान चार, कर्तव्य ज्यानसम्बन्धी लापरबाही एक, विष सेवन तीन, हामफालेर आत्महत्या एक, बेवारिसे ज्यान एक, हातहतियार तथा खरखजना तीन, विद्युतीय अपराध तीन, ज्यान मार्ने उद्योगका आठवटा घटना दर्ता भएका प्रनाउ खड्काले जानकारी दिनुभयो । सरकारी दस्तखत कीर्ते सात, लिखतसम्बन्धी कीर्ते तीन, लागूऔषध दुई, चोरी छ, पशुपक्षीसम्बन्धी कसुर दुई, अभद्र व्यवहार २१, सवारी ज्यान चार, परीक्षा मर्यादा भङ्ग दुई र आगजनीसम्बन्धी एउटा घटना दर्ता भएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय प्रहरीले अपराध नियन्त्रण गर्न र समाजमा कानुनी ज्ञान प्रदान गर्न सक्रिय रुपमा अभियान सञ्चालन गरेसँगै नागरिकमा चेतनाको स्तार वृद्धि भएको प्रनाउ खड्काले बताए।
पाटन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयसँग भएका अनुसन्धानलाई समुदायसँग जोड्नुपर्छ भन्ने धारणा राखेकी छन् ।
काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेशनद्वारा शनिबार ललितपुरमा आयोजित वर्तमान शिक्षा नीतिको कार्यान्वयन अवस्था सम्बन्धी छलफलमा उनले अनुसन्धानकर्तालाई समुदायसँग जोड्दै विद्यार्थीको आँखाबाट फलदायी हुने तालिम, सीप र क्षमता अभिवृद्धिका काम गर्नुपर्छ भनिन् ।
‘विश्वविद्यालयले अनुसन्धान गरेका विषयवस्तुलाई ग्रहण गर्नेमा अहिलेसम्मका सरकारले ध्यान दिन सकेको छैन, कार्यकारी भूमिकामा रहेको सरकार र विश्वविद्यालय अन्तरसम्बन्धित भएर अगाडि बढ्नुपर्छ, निरन्तर संवाद चल्नुपर्छ, युवा देशबाट विदेशिनुको कारण राज्य पहिलो भन्ने कुरा स्थापित गर्न नसक्नु हो, हामीले पारस्परिक सहकार्य र सहयोगका माध्यमबाट यसलाई समाधान गर्न सक्छौँ ।’ मन्त्री भट्टराईले भनिन्।
उनले विश्वविद्यालयसँग समन्वय गरेर ७० प्रतिशत प्राविधिक शिक्षालाई जोड दिनुपर्नेछ जनाउँदै प्रदेश र स्थानीय तहसँग बसेर धेरै काम गर्न बाँकी छ भन्ने धारणा राखिन्। उनले युवाहरूको चाहनामा देशको विकास गर्ने गरी उनीहरूकै चाहनामा ज्ञानसीप युक्त बनाउन तालिम र कोषको विकास गरिनुपर्छ भन्नेमा जोड दिइन्।
‘हामी विद्यार्थीमैत्री हुन सकेका छैनौँ, विद्यार्थीको आँखाबाट फलदायी हुने तालिम, सीप र क्षमता अभिवृद्धिका काम गर्नुपर्छ, तीनै तहका सरकारले निर्धारण गरेका योजनालाई जोड्नुपर्छ’, उनले भनिन्। प्रविधिको क्षेत्रमा विश्वविद्यालयसँग समन्वय र छलफल गर्ने बताउँदै मन्त्री भट्टराईले दुई दिने कार्यक्रमबाट प्राप्त निष्कर्ष मन्त्रालयले पाउने विश्वास व्यक्त गरिन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयसँग भएका अनुसन्धानलाई समुदायसँग जोड्नुपर्छ भन्ने धारणा राखेकी छन् ।
काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेशनद्वारा आज ललितपुरमा आयोजित वर्तमान शिक्षा नीतिको कार्यान्वयन अवस्था सम्बन्धी छलफलमा उनले अनुसन्धानकर्तालाई समुदायसँग जोड्दै विद्यार्थीको आँखाबाट फलदायी हुने तालिम, सीप र क्षमता अभिवृद्धिका काम गर्नुपर्छ भनिन् ।
‘विश्वविद्यालयले अनुसन्धान गरेका विषयवस्तुलाई ग्रहण गर्नेमा अहिलेसम्मका सरकारले ध्यान दिन सकेको छैन, कार्यकारी भूमिकामा रहेको सरकार र विश्वविद्यालय अन्तरसम्बन्धित भएर अगाडि बढ्नुपर्छ, निरन्तर संवाद चल्नुपर्छ, युवा देशबाट विदेशिनुको कारण राज्य पहिलो भन्ने कुरा स्थापित गर्न नसक्नु हो, हामीले पारस्परिक सहकार्य र सहयोगका माध्यमबाट यसलाई समाधान गर्न सक्छौँ ।’ मन्त्री भट्टराईले भनिन्।
उनले विश्वविद्यालयसँग समन्वय गरेर ७० प्रतिशत प्राविधिक शिक्षालाई जोड दिनुपर्नेछ जनाउँदै प्रदेश र स्थानीय तहसँग बसेर धेरै काम गर्न बाँकी छ भन्ने धारणा राखिन्। उनले युवाहरूको चाहनामा देशको विकास गर्ने गरी उनीहरूकै चाहनामा ज्ञानसीप युक्त बनाउन तालिम र कोषको विकास गरिनुपर्छ भन्नेमा जोड दिइन्।
‘हामी विद्यार्थीमैत्री हुन सकेका छैनौँ, विद्यार्थीको आँखाबाट फलदायी हुने तालिम, सीप र क्षमता अभिवृद्धिका काम गर्नुपर्छ, तीनै तहका सरकारले निर्धारण गरेका योजनालाई जोड्नुपर्छ’, उनले भनिन्।
प्रविधिको क्षेत्रमा विश्वविद्यालयसँग समन्वय र छलफल गर्ने बताउँदै मन्त्री भट्टराईले दुई दिने कार्यक्रमबाट प्राप्त निष्कर्ष मन्त्रालयले पाउने विश्वास व्यक्त गरिन्।
चितवन । नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र बसमा सवार यात्रुको खोज तथा उद्धार कार्यमा शनिबारदेखि भारतीय टोली पनि परिचालन भएको छ ।
भारतीय नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को १२ सदस्यीय टोली आजबाट खोजतलासका लागि घटनास्थल आइपुगेको हो । खोजतलासमा परिचालिन हुनुअघि भारतीय टोलीले जिल्ला प्रशासन कार्यालय चितवनमा प्रमुख जिल्ला अधिकारीसहित यहाँका सुरक्षा निकायका अधिकारीहरुसँग छलफल गरेको थियो ।
छलफलपछि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले टोलीमा रहेका १२ जनामध्ये चार जना गोताखोर रहेका बताए । शनिबार टोलीले विपद् व्यवस्थापन शिक्षालय कुरिनटारका उद्धारमा खटिएकासँग छलफल गरेपछि काम सुरु गर्ने उनले बताए ।
खोजतलासका लागि आएका एनडीआरएफका प्रतिनिधि कुनाल तिवारीले अब यथासक्य छिटो खोजतलासको काममा जुट्ने बताए ।
उनले नेपालका जस्तै नदी भारतमा पनि रहेको जनाउँदै उस्तै प्रकृतिका नदीमा खोजतलास गर्न समस्या नहुने बताए । धमिलो र उच्च वहाबका नदीमा खोजतलास कार्य भारतमा गरेको भन्दै उनले यहाँ काम गर्न सकिने बताए ।
सुनौली नाका हुँदै नेपाल भित्रिएको टोली भैरहवामा बसेर शनिबार चितवन आइपुगेको हो । पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित उनीहरु आएका छन् ।
उनीहरुले तीन वटा अत्याधुनिक सोनार उपकरण पनि ल्याएको यादवले जानकारी दिए । ती उपकरणले पानीभित्र ३० फिट तलसम्म हेर्न मिल्ने जानकारी दिए । टोली सात दिनसम्म रहने उनको भनाइ छ ।
नेपालको स्रोतसाधनले बसको अवस्था पत्ता लगाउन नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय उद्धार टोली मगाएको हो । गृह मन्त्रालयले परराष्ट्रमार्फत भारतीय उद्धार टोली मगाएको थियो ।
यही असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जान आउँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा यात्रु बेपत्ता भएका थिए ।
उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ बेपत्ता भएका थिए । आजसम्म २५ जनाको शव फेला पारिएको छ भने १७ जनाको सनाखत भएका छन् । अझै ३७ यात्रुको दुईवटै बसको अवस्था पत्ता लाग्न सकेको छैन ।
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट वितरण गर्न निर्देशन दिएका छन् ।
शनिबार सुन्दरी जलस्थित मेलम्ची सुरुङ आउटलेटको निरीक्षण गर्ने क्रममा उनले वर्षायाममा मेलम्चीबाट पानी ल्याउन नसकिने अवस्थामा अन्य स्रोतबाट पानी व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।
उनले काठमाडौँवासीका लागि बाह्रै महिना सफा, शुद्ध र स्वच्छ पानी उपलब्ध गराउन आग्रह गरे । उनले भने, “मानिसको जीवनमा सबैभन्दा महत्वपूर्ण पानी हो, काठमाडौँमा वर्षभरि सफा, शुद्ध र स्वच्छ पानी वितरण गर्न जे आवश्यक पर्छ, त्यो गर्नुस्, बजेट, आधुनिक उपकरण र जनशक्ति जे चाहिन्छ मन्त्रालयबाट म व्यवस्था गर्छु ।”
मन्त्री यादवले हाल काठमाडौँमा पानीको अभावले जनजीवन कष्टकर बन्दै गएको उल्लेख गर्दै वैकल्पिक स्रोत प्रयोग गरेर पानी आपूर्ति गर्न निर्देशन दिए । उनले बागमती नदीको पानी र भूमिगत पानीलाई प्रशोधन गरी वितरणको व्यवस्था मिलाउन आग्रह गरे ।
मन्त्री यादवले काठमाडौँमा आधुनिक पानी प्रशोधन केन्द्रहरूको स्थापना, पुराना पाइपलाइनको मर्मत तथा पुनःनिर्माण, डिजिटल प्रणालीबाट पानी वितरणको निगरानी गर्ने योजना पनि सुनाए । उनले भने, “पानी वितरणलाई प्रभावकारी बनाउन र जनतालाई सन्तुष्ट पार्न हामीले डिजिटल प्रणालीबाट पानी वितरणको निगरानी गर्नेछौँ ।”
मन्त्री यादवले काठमाडौँमा मात्र नभइ शका अन्य स्थान, विशेष गरी तराई–मधेसमा देखिएको पानीको समस्याप्रति पनि चिन्ता व्यक्त गरे । उनले मधेसमा चापाकल (ह्याण्ड पम्प) सुक्दा निम्तिएको समस्यालाई समाधान गर्न पनि काम गरिरहेको जानकारी दिए ।
उनले भने, “कुनै जमानामा तराई–मधेस क्षेत्रमा ८० फिट खन्दा पानी आउँथ्यो, तर अहिले चार सय फिट खन्दा पनि पानी आइरहेको छैन, समस्या विकराल छ, यसलाई समाधान गर्न हामीले काम गरिरहेका छौंँ ।”
मन्त्री यादवले मेलम्ची सुरुङ आउटलेटसँगै मेलम्ची खानेपानी प्रशोधन केन्द्र, बागमतीबाट प्रशोधन केन्द्रमा आउने पानीको प्रणाली, पानी प्रशोधन ल्याब, सुपरभिजन कन्ट्रोल एन्ड डेटा एक्युजीसन सेन्टरलगायतको निरीक्षण गरेका थिए । निरीक्षण कार्यक्रममा मन्त्रालयका सचिव सुरेश आचार्य लगायतको सहभागिता थियो ।
कालीकोट । सर्पको टोकाइबाट गम्भीर घाइते भएका कालीकोटको शुभकालिका गाउँपालिका–६ का २४ वर्षीय धनप्रसाद आचार्यको शनिबार हेलिकप्टरबाट उद्धार गरिएको छ ।
शुक्रबार आफ्नै बारीमा घाँस काट्ने क्रममा सर्पको टोकाइबाट गम्भीर घाइते भएका आचार्यको उद्धार गरेर आज थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्याइएको हो ।
शनिबार बिहान जिल्ला अस्पताल पुगेका आचार्यको अस्पतालमा सर्पको विषको असरलाई नियन्त्रण गर्ने प्रतिविष (एन्टी स्नेक भेनम) नहुँदा थप उपचारका कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।
जिल्ला अस्पतालमा सर्पदंशको उपचार सेवा नभएकाले अस्पतालले जिल्ला प्रशासन कार्यालयसँग आग्रह गरेर हेलिकप्टरमार्फत सुर्खेत पठाएको जिल्ला जनस्वास्थ्य अधिकृत कटकबहादुर महतले जानकारी दिए ।
“हवाई उद्धारको शुल्क बिरामीका आफन्तले बेहोर्ने गरेर हेलिकप्टरमार्फत प्रदेश अस्पताल सुर्खेतमा पठाएको हो”, उनले भने, “जिल्लामा सर्पदंशको उपचार नुहँदा समस्या भएको छ ।”
वर्षमा चार जनासम्म सर्पले टोकेका बिरामी आउने गरेको जनस्वास्थ्य अधिकृत महतले जानकारी दिए । “जिल्लामा हामीलाई सर्पदंश उपचार सेवा दर्ता छैन, अनुमति पनि दिएको छैन, अहिलेसम्म आएका बिरामीलाई सुर्खेत पठाउने गरेका छौँ”, उनले भने, “सबै विषालु सर्पको विषविरुद्ध प्रयोग गर्ने एन्टी स्नेक भेनम हामीसँग उपलब्ध छैन ।”
जिल्ला अस्पताल कालीकोटमा एन्टी स्नेक भेनम नहुँदा सर्पको टोकाइबाट घाइते भएकाहरुलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेको जिल्ला अस्पतालले जनाएको छ ।
बाँके । डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष २०८० /८१ मा ९९ वन्यजन्तुको उद्धार गरेको छ ।
एक वर्षको अवधिमा सबैभन्दा धेरै ६३ सर्पको उद्धार गरिएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वीरेन्द्रकुमार रोकाले जानकारी दिए ।
उनका अनुसार एक वर्षको अवधिमा गोहोरो पाँच, अजिङ्गर १३, बाँदर तीन, मगर गोही एक, जरायो एक, चित्तल आठ, निर बिरालो तीन, डगर गिद्ध एक र निलगाई एक उद्धार गरिएको छ ।
डिभिजन वन कार्यालयले अघिल्लो आव वर्ष २०७९/८० भन्दा आव २०८०/ ८१मा ५७ बढी वन्यजन्तुको उद्धार गरेको छ । आव २०७९/८० मा ४२ वन्यजन्तुको उद्धार भएको थियो ।
यसैगरी आव २०७८/७९ मा ३१, आव २०७७/७८ मा ३४ र आव २०७६/७७ मा १७ वन्यजन्तुको उद्धार भएको सूचना अधिकारी रोकाले जानकारी दिए ।
गत आवमा वन्यजन्तुबाट भेडाबाख्रा ६९, गाईगोरु/भैँसी नौ, बङ्गुर सात, माछा दुई हजार, हाँस १२ र कुखुरा १० क्षति पुगेको छ । बाँके राष्ट्रिय निकुञ्ज तथा सो को मध्यवर्ती क्षेत्र बाहेक जिल्लाका सम्पुर्ण भू–भाग डिभिजन वन कार्यालयको कार्यक्षेत्रभित्र पर्दछ ।
उक्त क्षेत्रभित्र रहेका राष्ट्रिय वन, सामुदायिक वनको संरक्षण, व्यवस्थापन, सदुपयोग तथा वन्यजन्तुको संरक्षण लगायत स्थानीय जनतालाई निजी वन स्थापना र विकास गर्न सहयोग पुग्ने कार्य गर्दै आएको डिभिजन वन कार्यालय बाँकेका डिभिजनल वन अधिकृत अजितकुमार कर्णले जानकारी दिए ।
अन्तर्राष्ट्रिय अदालत (आइसीजे) ले इजरायललाई कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा “गैरकानुनी“ उपस्थिति छिटै अन्त्य गर्न आह्वान गरेको छ ।
हेगस्थित राष्ट्रसङ्घीय अदालतको सार्वजनिक सत्रमा, आईसीजेका अध्यक्ष न्यायाधीश नवाफ सलामले पूर्वी जेरुसेलम लगायत प्यालेस्टिनी क्षेत्रमा इजरायली कब्जाको कानुनी परिणामका बारेमा संयुक्त राष्ट्र महासभाको अनुरोधमा सल्लाहकार राय प्रस्तुत गरेका थिए । प्यालेस्टिनी क्षेत्रमा इजरायलको उपस्थिति गैरकानूनी भएको उनले उल्लेख गरेका छन् ।
गैर–बाध्यकारी दस्तावेजमा अदालतले इजरायली बस्तीमा अन्तर्राष्ट्रिय कानून बमोजिम प्रतिबन्धित भएको जनाउदै तुरुन्तै यस्ता गतिविधिहरू रोकी मानवीयता संरक्ष्ण गर्न हाग्रह गरेको छ ।
कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रका प्रभावित प्राकृतिक तथा कानुनी व्यक्तिहरूलाई क्षतिपूर्ति उपलब्ध गराउने दायित्व इजरायलको भएको उनले उल्लेख गरेका छन् ।
अदालतले राष्ट्रसङ्घ लगायत राज्य र अन्तर्राष्ट्रिय संस्थाहरू प्यालेस्टिनी क्षेत्रमा इजरायलको गैरकानुनी उपस्थितिलाई “कानुनी रूपमा मान्यता नदिने पक्षमा छन् ।
महासभा र सुरक्षा परिषद्ले कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा इजरायलको गैरकानुनी उपस्थितिलाई सकेसम्म चाँडो अन्त्य गर्न आवश्यक कदम र कार्यहरू निर्धारण गर्नुपर्ने जनाएको छ ।
सन् २०२२ डिसेम्बर–३० मा, संयुक्त राष्ट्र महासभाले पूर्वी जेरुसेलम लगायत प्यालेस्टिनी क्षेत्रमा इजरायलको कब्जाको कानुनी परिणामको बारेमा सल्लाहकार राय प्रदान गर्न आईसीजेलाई अनुरोध गर्ने प्रस्ताव पारित गरेको गियो ।
सन् २०२४ फेब्रअरी मा, आईसीजेले आयोजना गरेको सार्वजनिक सुनुवाइमा प्यालेस्टाइन, ४९ वटा राष्ट्रका सदस्य राष्ट्रहरू र तीनवटा अन्तर्राष्ट्रिय संस्थाहरूले यस विषयमा मौखिक बयान प्रस्तुत गरेका थिए ।
सुनुवाइमा, प्यालेस्टाइनका राष्ट्रसघींय दूत रियाद मन्सुरले आईसीजेलाई प्यालेस्टिनी क्षेत्रमा इजरायलको कब्जालाई अवैध घोषणा गर्न आग्रह गरेका थिए । फैसलाले कब्जाको तत्काल अन्त्य गरी न्यायपूर्ण र स्थायी शान्ति स्थापनाको लागि मार्ग प्रशस्त गर्ने कुरामा जोड दिएको थियो ।
सुनुवाइमा भाग नलिई, इजरायली प्रधानमन्त्रीको कार्यालयले सुनुवाइको वैधतालाई अस्वीकार गर्दै बयान जारी गरेको थियो भने सहभागीहरुले इजरायलको आत्मरक्षाको अधिकारलाई अझ कमजोर पार्ने प्रयास गरेको आरोप लगाएका थिए ।
गाजाको वातावरणीय नमूनामा पोलियो भाइरस पत्ता लाग्नु गहिरो चिन्ताको विषय रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । तर हालसम्म पक्षाघात रोगको कुनै घटना नभेटिनु राहतको कुरा रहेको राष्ट्रसङ्घका मानवतावादीहरूले बताएका छन् ।
यो भाइरसले विशेष गरी खोप नलगाएका र शारीरिक रुपमा कमजोर बच्चाहरूमा पक्षाघात निम्त्याउन सक्ने जनाइएको छ ।
‘विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले खान युनूस र देइर अल बलाह सहरबाट सङ्कलन गरेका छ वटा वातावरणीय नमूनामा पोलियोको दोस्रो भेरियन्टको भाइरस फेला परेको जनाएको छ’, मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए)ले भन्यो, ‘हालसम्म कुनै पक्षाघातका घटनाहरू भने पत्ता लागेको छैन।’
ओसिएचएले गाजाको आश्रय स्थानहरूमा बढ्दो भीडभाड, सफा पानीको अभाव, सरसफाई र स्वच्छताको खराब अवस्थाले निम्त्याएको सङ्क्रामक रोगहरूको फैलावटप्रति चिन्ता व्यक्त गरेको हो ।
डब्ल्यूएचओका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले आफ्नो एजेन्सी, युनिसेफ, प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्र राहत र कार्य एजेन्सी (यूएनआरडब्लुए) र गाजा स्वास्थ्य मन्त्रालयले पोलियो भाइरस सङ्क्रमणको दायरा बुझ्न यसको जोखिम मूल्याङ्कन गरिरहेको बताए ।
उनले गाजाको स्वास्थ्य प्रणालीको विनाश, चिकित्सा आपूर्तिको अभाव, जनसङ्ख्याको निरन्तर विस्थापन, कमजोर सरसफाई , पानीको खराब गुणस्तर र सुरक्षाको अभावले पोलियोलगायत ‘खोप–रोकथाम योग्य’ रोगहरूको जोखिम बढाइरहेको चेतावनी दिए ।
गाजामा अक्टोबर ७ मा द्वन्द्व सुरु भएदेखि श्वासप्रश्वास नलीमा सङ्क्रमणका लगभग दशलाख घटनाहरू पुष्टि भएको र अन्य सङ्क्रामक रोगहरू बढ्दै गएको डब्ल्यूएचओको जुलाई ७ सम्मको अध्ययनले जनाएको छ।
रुसमा रोकिएका एयर इन्डियाका यात्रुहरू सान फ्रान्सिसको प्रस्थान गरेका छन् । एयर इन्डियाको दिल्ली–सान फ्रान्सिस्को उडानमा प्राविधिक समस्या देखिएपछि रुसको क्रास्नोयार्स्क विमानस्थलमा आकस्मिक गरिएको थियो ।
एयर इन्डियाले सामानिक सञ्जाल एक्समार्फत उक्त विमान रुसबाट सान फ्रान्सिसको प्रस्थान गरिसकेको जनाएको छ । एयर इन्डियाको एआई–११७९ विमान क्रस्नोयार्स्कबाट सान फ्रान्सिस्को (एसएफओ) को लागि सबै यात्रु तथा चालक दलका सदस्य लिएर उडान भरेको एयर इन्डियाले जनाएको छ ।
उडानपछि मस्कोस्थित भारतीय दूतावासले पनि यात्रुहरूलाई सहयोग गरेकोमा रुसको विदेश मन्त्रालय लगायत अन्य सहयोगी निकायहरुलाई धन्यवाद दिएको छ ।
यसअघि एयर इन्डियाले प्राविधिक समस्याका कारण क्रास्नोयार्स्क विमानस्थलमा फसेका विमानका यात्रुहरूलाई सान फ्रान्सिसको पुर्याउन राहत उडानका लागि स्वीकृति प्राप्त गरेको बताएको थियो ।
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले शनिबार पार्टीका सबै सांसदलाई ‘एसएमएस’ पठाउँदै भोलि (साउन ६ गते) बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गरेका हुन् ।
‘साउन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुहुने भएकोले अनिवार्य उपस्थित भई विश्वासको मत माग्ने प्रस्तावको पक्षमा मतदान गर्नुहुन ह्वीप जारी गरिएको जानकारी गराउँदछु’ उनले जारी गरेको ह्वीपमा भनिएको छ ।
संविधानको धारा ७६ (४) बमोजिम प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्रोतमै फोहरको वर्गीकरण गरेर व्यवस्थापन गर्न सबैलाई आग्रह गरेको छ । उत्पादन भएका सबै प्रकारका फोहर अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा पुर्याउँदा उक्त स्थानको आयु घट्ने भन्दै कामपाले स्रोतमै फोहरको वर्गीकरण गर्ने र कुहिने फोहर मात्र उक्त स्थानमा लानुपर्ने जनाएको हो ।
कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले भने, “काठमाडौँ उपत्यकाको १८ स्थानीय तहमा उत्पादित सबै फोहर अन्तिम व्यवस्थापन स्थानमा लैजाने हो भने यसको अवधि १५ वर्षमै सकिने अनुमान गर्न सकिन्छ । त्यसैले यसको प्रयोग लामो समयसम्म गर्नका लागि वर्गीकरण गरिएको फोहर मात्र लानुपर्छ ।”
स्रोतमै फोहर वर्गीकरण गर्ने अभ्यास कामपाको ३२ वडा मध्ये केही वडामा सुरु भइसकेको छ । साथै कामनपाले अन्य वडामा पनि थालनी गर्न आग्रह गरिसकेको छ ।
काठमाडौँ उपत्यकाबाट हेरक दिन एक हजार दुई सय मेट्रिक टन फोहर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । विसं २०६८ मा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा कामपाले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम ऐनमा फोहरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ ।
“भान्छामा कुहिने र नकुहिने गरी दुई खालका फोहर निस्कन्छन् । कुहिनेलाई छुट्टै र नकुहिनेलाई छुट्टै भाँडामा राख्नु वर्गीकरण हो । नकुहिने फोहर उत्पादक आफँैले बेच्न सक्छन् । कुहिने फोहर आफैँले पनि मल बनाउन सकिन्छ”, विभागका प्रमुख श्रेष्ठले भने ।
तरकारी, बढी भएको खानेकुरा, माछा मासु, अण्डा, चियाको छोक्रा, फलफूलका बोक्रा, खानेकुरा केलाउँदा आएको वस्तु, रुखका पातलगायत कुहिने फोहर हुन् । त्यस्तै प्लाष्टिक, सिसा, कागज, कपडा, जुत्ता, सामान प्याक भएर आएका सामान, काठ, रबर, सेनेटरी प्याड, डाइपर, विषादीको खाली बोटल, नकुहिने फोहर हुन् ।
धरान । प्लाडलर्स धरानको आयोजना तथा रोटरी क्लब अफ घोपाको संयोजनमा शनिबार ‘कोरा राइड साइक्किङ च्यालेन्ज’ आयोजना गरिएको छ ।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथै स्वास्थ्यका लागि साइकल लाभदायक भएको भन्दै स्वच्छ वातावरणसँगै धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्नका लागि ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ इभेन्ट धरानमा आयोजना गरिएको रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष गौरवमान श्रेष्ठले बताए ।
शनिबार बिहान ७ बजे भानुचोकबाट सुरु भएको राइड पुतलीलाइन, दुर्गा चोक, मगलबारे, जानकी चोक, फुस्रे, अमरहाट, बिजयपुरको दन्तकाली मन्दिर, बुढासुब्बा मन्दिर, देउराली, धरान उपमहानगरपालिका–६ पानबारी हुँदै सबै मठमन्दिर पुगेर धरान–१९ स्थित हरियाली सामुदायिक वनमा पुगेर सम्पन्न भएको थियो ।
करिब २९ किलोमिटर दुरीमा भएको राइडमा दुई सय राइडर्सहरुले सहभागिता जनाएको प्याडलर्सका संयोजक किसन मास्केले बताए । सहभागी भएका राइडर्सहरुबाट प्रतिव्यक्ति दुई सय रुपैयाँ लिइएको थियो ।
प्याडलर्स समाजसेवालाई प्राथमिकतामा राखी लिएको शुल्कबाट कोषको स्थापना गर्दै सामाजिक कार्यमा सहयोग पुर्याउँदै आएको छ ।
त्यसमा गतवर्ष आयोजना गरिएको कोरा राइडबाट उठेको रकलेम धरान १४ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रलाई चाहिने आवश्यक सामग्रीसँगै विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
कोरा राइडमा सुनसरीसहित झापा, मोरङका साइक्लिष्टहरु सहभागी भएका थिए । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कोरा राइड प्रत्येक वर्ष जुलाइमा हुँदै आएको संयोजक किसान मास्केले बताए । धरानमा सन् २०१७ देखि नियमित आयोजना हुँदै आएको उनले बताए ।
ढोरपाटन । यतिबेला ढोरपाटन क्षेत्र हरियाली भएका छन् । उपत्यकासहित चारै तिरका पहाड र समथर मैदानमा फुलेका रङ्गीन फूलले आगन्तुकलाई स्वागत गरिरहेका देखिन्छन् । प्रकृतिसँग रमाउन यो याममा धेरै आन्तरिक तथा बाह्य पर्यटक ढोरपाटन पुग्ने गर्छन् ।
वर्षा सुरुभएसँगै यहाँ पुग्ने अधिकांश भागमा बाढीपहिरा र स्तरोन्नतिका कारण सडक बिग्रिदा पर्यटकले सास्ती खेप्नु परेको छ । ढोरपाटनको प्रवेशद्वार बुर्तिबाङ बजारबाट उकालो लाग्नासाथ पर्यटकलाई सास्ती हुने गरेको हो ।
ढोरपाटन पुग्न राष्ट्रिय प्राथमिकताको योजना सालझण्डी–ढोरपाटन सडकको प्रयोग गर्नुपर्छ । यस बाहेक ढोरपाटन पुग्ने विकल्पका सडक अहिलेसम्म निर्माण भएका छैनन् । बुर्तिबाङबाट ढोरपाटन पुग्न ३२ किलोमिटर दूरी पार गर्नुपर्ने हुन्छ ।
सरकारले दुई वर्ष अगाडि उक्त खण्डको करिब २२ किमी सडक स्तरोन्नति गर्ने भन्दै ठेक्का लगाए पनि हालसम्म काम हुनसकेको छैन । निर्माण कम्पनीले सयममै काम नगर्दा ढोरपाटन पुग्ने पर्यटकले सास्ती खेप्नु परेको हो ।
नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटन सदाबहार सुन्दर देखिए पनि वर्षामा यहाँ पुग्ने कतिपय पर्यटक बीचबाटोमै अलपत्र पर्ने आवस्था भएको ढोरपाटन नगरपालिका–९ का गमबहादुर पुनले बताए ।
“यो बेला चारैतिर हरियाली हुने हुँदा धेरै पर्यटकका यहाँ पुग्न रुचाउँछन् । सडकको दुरावस्थाका कारण आगन्तुक सहज रुपमा यहाँ पुग्न सक्दैनन् । बुर्तिबाङबाट बोबाङ गाउँसम्म जसोतसो यात्रा गरे पनि त्यसभन्दामाथि यात्रा गर्न निकै कठिन छ”, उनले भने ।
साँघुरो सडक खाल्डाखुल्डी र हिलाम्य हुँदा पर्यटकका सवारीसाधान ढोरपाटन पुग्नै सक्दैनन् । यस बेला अधिकांश पर्यटक मोटरसाइकल र जीपमा यात्रा गर्दछन् । कतिपय स्थानमा पहिरो जाने, स्तरोन्नति नहुँदा बिग्रिनेलगायत समस्याले कतिपय पर्यटक बीचबाटोमै अलपत्र पर्ने गरेका पुनले बताए ।
हिउँदको समयमा पनि यातायातका साधान सहज रुपमा सञ्चालन हुन नसक्ने भन्दै वर्खामा अझ बढी सास्ती हुने उनको भनाइ छ ।
ट्रयाक खुलेको लामो समय बितिसक्दा एक पटक पनि स्तरोन्नति हुन नसक्दा सबैभन्दा बढी समस्या स्थानीय र पर्यटकले भोग्नु परेको पुनले उल्लेख गरे ।
“ढोरपाटन घुम्ने भनेर टाढाटाढाबाट पर्यटक आउँछन्, बाटोको अवस्थाले कोहीको सवारीसाधन बिग्रिन्छ, अनि बीच बाटोमा गाडी बिग्रिदा धेरै पर्यटक अलपत्र पर्ने गर्छन्”, पुनले भने, “सरोकार भएका निकाय तथा राज्यले ठेकदारलाई समयमा सडक मर्मत गर्न दबाब दिनुपर्ने थियो । आलु, स्याउलगायत यहाँका कृषि उत्पादन बजारसम्म पुर्याउन सहज बाटो नहुँदा ढुवानी खर्च धेरै तिर्नुपर्छ, यात्रा पनि ज्यान जोखिममा राखेर गर्छौँ ।”
तराई र पहाडलाई जोड्ने गरी रुपन्देहीको सालझण्डीबाट अर्घाखाँची हुँदै बागलुङ ढोरपाटन जोड्ने उक्त खण्ड विसं २०७१ मा ट्रयाक खुलेको थियो । बडिगाडको गङ्गरेबाट ढोरपाटनसम्म ६१ किलोमिटर सडक बागलुङमा पर्दछ । सालझण्डीबाट ढोरपाटनसम्म एक सय ९७ किलोमिटर रहेको छ ।
बडिगाड गाउँपालिका–१० गङ्गरे, निसीखोला गाउँपालिका–७ राजकुट, वडा नं १ देवीस्थान हुँदै ढोरपाटन जोडिएको सडक स्तरोन्नतिका लागि तीन वर्ष अघि ठेक्का सम्झौता भएको थियो ।
सम्झौता मिति सकिँदासम्म जम्मा ३० प्रतिशत मात्रै काम भएको सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयका प्रमुख अञ्जु परियारले जानकारी दिइन् ।
आयोजना कार्यालयले बुर्तिबाबाट फल्लेघरसम्मको सडक स्तरोन्नति गर्न स्वच्छन्द/ओमबुद्ध जेभीसँग ३० महिनामा सक्ने गरी २५ करोडको सम्झौता भएको थियो । सडक स्तरोन्नति समयमै सक्न निर्माण कम्पनीलाई ताकेता गर्दागर्दै म्याद सकिएको उनले बताइन् ।
निर्माण कम्पनीले आगामी पुस मसान्तसम्मका लागि म्याद थप गरेको भन्दै उक्त समयमा नसके सम्झौता रद्द गर्ने तयारी गरिएको प्रमुख परियारले बताइन् ।
“निर्माण कम्पनीले सुरुको चरणमा तीव्र गतिमा काम गरेको थियो, पछिपछि काम गरेन, कार्यालयले नियम अनुसार पत्र लेखी ताकेता गरिरहेको छ”, उनले भनिन्, “पुससम्म म्याद थप गरेको छ, सो अवधिसम्म काम नसके ठेक्का तोडिन्छ । बजेट अभावका कारण निर्माण कम्पनीले काम गरेको एक करोड झुक्तानी गर्न सकिरहेका छैनौँ ।”
ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायत (कल्याण) ले सडक समयमा नबन्दा यहाँका हजारौँ नागरिक र आगन्तुकले सास्ती खेप्नु परेको बताए । निर्माण कम्पनीलाई समयमा काम सक्न पालिकाले सघाउँदा पनि काम नगरेको उनले गुनासो पोखे ।
सङ्घीय सरकार मतहतको आयोजना हुँदा नगरपालिकाले काम गर्न नमिल्ने भन्दै बाढीपहिरोका कारण समयसमयमा सडक बन्द हुँदा खुलाउने काम भने गर्दै आइएको कायतले जानकारी दिए । सडकका कारण ढोरपाटन आउने हजारौँ पर्यटक बुर्तिबाङबाटै फर्कने गरेका छन् ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस–एमाले गठबन्धनको सरकार अर्को निर्वाचनसम्म कायमै रहने दाबी गरेका छन् ।
शनिबार काठमाडौंमा ४२ औँ बीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमालई सम्बोधन गर्दै महामन्त्री थापाले एमालेसँगको सहमति कार्यान्वयनका सवालमा कांग्रेस अनुशासित रहेको बताएका हुन् ।
एक राजनीतिक दलले कुनै अर्को राजनीतिक दललाई ढाँट्ने, झुक्याउने र धोका दिने परिपाटीकाबीच दुई ठूला दल एक ठाउँमा आएको उल्लेख गर्दै महामन्त्री थापाले अहिलेको सरकार शंका र संशयबाट मुक्त हुनुपर्ने बताए ।
उनले भने, ‘एमाले–कांग्रेसले गरेको सम्झौताको एक बुँदामा स्थिर सरकार दिने भनेका छौं । देश निकै अस्थिर सरकारमा गिजोलिरहेको अवस्थामा देशका दुई ठूला दल मिल्यो भने २०८४ सालसम्म तलमाथि गर्दैनौं भनेर भन्यौं । एकले अर्कालाई ढाट्ने, झुक्याउने र धोका दिने परिपाटीकाबीच दुई दल एक ठाउँमा मिलेका छौं । अहिलेको सरकार शंका र संशयबाट मुक्त हुनुपर्दछ ।’
उनले एमालेसँग भएका सहमतिमा नेपाली कांग्रेसको तर्फबाट केही पनि तलमाथि नहुने बताए । उनले भने, ‘म नेपाली कांग्रेसको जिम्मा लिएर भन्छु सरकार निर्माणका क्रममा नेकपा एमालेसँग भएका सहमतिमा नेपाली कांग्रेसको तर्फबाट केही पनि तलमाथि हुँदैन । अहिलेको दुई वर्ष एमाले अध्यक्ष केपी ओलीज्यूको नेतृत्वमा सरकार बनाउने भनिएको छ । हामीले लोभ गरेर, चकचक गरेर अथवा हाम्रो कारणले तलमाथि हुँदैन । एमालेबाट पनि हामीले यस्तै अपेक्षा गरेका छौं । त्यो भएन भने अन्तिम भनेपनि हुन्छ।’
उनले भ्रष्टाचारमा संलग्न कोही छ भने कांग्रेस वा एमाले भएका कारण छुट पाउन नहुने बताए । उनले भने,‘कोही कांग्रेस भएकै कारण दुःख पाउनु भएन । अनि कोही एमाले भएकै कारणले दुःख पाउनु भएन । तर कसैले भ्रष्टाचार गरेको छ भने ऊ एमाले वा कांग्रेस भएकैले उसले उन्मुक्ति पाउनु हुँदैन ।’
महामन्त्री थापाले २०४८ सालदेखि २०५१ सम्मको तीन वर्षको अवधीमा कांग्रेस नेतृत्वको सरकारले देशमा औद्योगीकरणको सुरुवात भएपनि माओवादी जनयुद्धले उद्योग निर्माणमा पूर्णविराम लगाएको बताए ।
तनहुँ । जिल्लाको व्यास नगरपालिका-५ ढोडेनीकी किसान कल्पना गौलीले (ड्रागन फ्रुट) सिउँडी फल बिक्रीबाट गत वर्ष १६ लाख आम्दानी गरेकी छन् । नौ रोपनी क्षेत्रफलमा लगाइएका दुई हजार एक सय बिरुवाबाट उनले १६ लाख आम्दानी गरेकी हुन् ।
ड्रागन फ्रुटका दाना पाक्न थालेपछि टिप्न र बिक्री गर्न यो समयमा भ्याइनभ्याइ हुने गरेको किसान गौलीले बताइन् । ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी विसं २०७९ मा भारतको हैदराबादबाट ‘सी’ प्रजातिका बिरुवा ल्याएर खेती सुरु गरेको उनले जानकारी दिइन्।
‘मासिक २० हजार बुझाउने सम्झौता अनुसार २० वर्षका लागि जग्गा भाडामा लिएर व्यावसायिक रुपमा खेती गर्दै आएको छु’, गौलीले भनिन्। अघिल्लो वर्ष १६ लाख बराबरको ड्रागन फ्रुट बिक्री गरेको जनाउँदै यस वर्ष फल राम्रो लागेकाले २० लाख बराबरको बिक्री हुने अपेक्षा गरेको छु ।’
‘वैशाखदेखि ड्रागन फुल्न सुरु गर्छ, फूल फुलेको ६० दिनको अवधिमा पाक्छ र टिप्नलायक हुन्छ’, उनले भनिन्, ‘असारदेखि मङ्सिर छ महिनासम्म फल टिप्न सकिन्छ ।’ यसवर्ष पहिलो छिमालमा ३५, दोस्रो छिमालमा एक हजार र तेस्रो छिमालमा एक हजार किलोग्राम ड्रागन फ्रुट टिपिसकेको उनले जानकारी दिइन्। उनका अनुसार ड्रागन फ्रुट तेह्र छिमालसम्म टिप्न सकिन्छ ।
अधिकांशले फार्ममै आएर खरिद गरी लैजाने गरेका गौलीले बताइन् । बाँकी रहेका फल दमौलीका फलफूल र तरकारी व्यवसायीलाई बिक्री गर्ने गरेको उनले जानकारी दिइन् ।
‘ड्रागन बिक्रीका लागि अन्यत्र लैजानु परेको छैन् । उत्पादित फल दमौलीमा नै खपत हुने गरेको छ’, उनले भनिन्।
गौलीका अनुसार फार्ममा दैनिक दुई जना कामदारले नियमित रोजगारी पाएका छन् । उत्पादित ड्रागन फ्रुट ग्रेडिङ गरेर प्रतिकिलोग्राम रु पाँचसयदेखि सात सयसम्म बिक्री गर्ने गरिएको उनले बताइन् ।
पछिल्लो समय गौलीको फार्म अवलोकन केन्द्रका रुपमा विकास हुँदै गएको छ । विद्यालय र कलेजका विद्यार्थी, शिक्षक तथा स्थानीय अवलोकन गर्न यहाँ आउने गरेका छन् ।
ड्रागन फ्रुटका बारेमा जानकारी लिन सरकारी कार्यालयका कर्मचारी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिसमेत फार्ममा आउने गरेका किसान गौलीले बताइन्।
‘फार्ममा ड्रागन फ्रुट पाकेको समयमा मानिसलाई भित्र पस्न दिने गरे पनि अन्य समयमा रोक लगाउने गरिएको छ’, उनले भनिन्।
उत्तरी चीनमा रहेको राजमार्गको पुल नदीमा खस्दा ११ जनाको मृत्यु भएको छ भने तीस जनाभन्दा बढी बेपत्ता भएको सरकारी प्रसारणकर्ता सिसिटिभीले जनाएको छ।
प्रान्तीय जनसम्पर्क विभागलाई उदृत गर्दै आधिकारिक समाचार एजेन्सी सिन्ह्वाका अनुसार शुक्रबार राति करिब ८ः४० बजेको भिषण वर्षाले निम्त्याएको आकस्मिक बाढीका कारण सानक्सी प्रान्तको साङ्लुओ नदीमा रहेको पुल भत्किएको बताएको छ ।
राजमार्गको पुल तल नदीमा खसेपछि लगभग बीसवटा सवारी साधन र तीस जनाभन्दा बढी व्यक्ति बेपत्ता भएका सिसिटिभीले बताएको छ ।
‘हालसम्म उद्धार गरिएका पाँचवटा गाडीभित्र ११ जनाको शव फेला परेको हो’, प्रसारणकर्ताले बताएको छ ।
राज्यको टिभीमा सार्वजनिक गरिएको तस्बिरहरूमा पुलको आंशिक भाग नदीमा डुबेको देखाइएको छ ।
उत्तरी र मध्य चीनमा मङ्गलबारदेखीको निरन्तर वर्षाले यहाँको भूभाग बाढीपहिरबाट प्रभावित भएको छ ।
राज्य सञ्चालित सञ्चारमाध्यमले शुक्रबार सानक्सीको बाओजी सहरमा आएको बाढीपहिरोबाट कम्तिमा पाँच जनाको मृत्यु भएको र आठ जना बेपत्ता भएको जनाएको छ ।
काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रश्न उठाउने मात्र नभई समाधानका विकल्पसहितको पत्रकारिता गर्नुपर्ने दायित्व मिडिया जगतमा आइपरेको बताएका छन् । त्यसरी गरिने पत्रकारिता सृजनात्मक, रचनात्मक र समाधानमुखी हुने उनको धारणा छ ।
‘प्रश्न उठाउने र समस्या राख्नेमा मात्र अबको पत्रकारिता केन्द्रित छैन । समाधानका सम्भावित उपाय, विकल्पहरु सहित प्रश्न उठाउने दायित्व मिडिया जगतमा छ । समाधन के हुन सक्छ ? अहिले किन भइरहेको छैन ? असल सुरुवात के भइरहेका छन् ? त्यसमा बाधा के, कसरी भइरहेको छ ? जस्ता जिज्ञासासहितलाई मिडिया जगतले प्रस्तुत गर्दा सृजनात्मक, रचनात्मक र समाधानमुखी पत्रकारिता गरेको ठहर्छ,’ सामाजिक सञ्जालमार्फत अध्यक्ष बस्नेतले भनाइ राखेका छन् ।
नेपाली मिडिया जगतको नियामक निकाय रहेको काउन्सिलका प्रमुख बस्नेतले पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चार माध्यम छुट्याएर हेर्नुपर्ने र त्यसका लागि डिजिटल साक्षरतामा जोड दिँदै आएका छन् । समाचार र सामाजिक सञ्जालका कन्टेन्टलाई चामल र भुस सरह छुट्याएर हेर्नुपर्ने बाध्यता रहेको उनले बताएका छन् ।
‘युट्युव र अन्य सामाजिक सञ्जालमा राम्रासहित अनेकन खालका नकरात्मक सामाग्री पोखिएका छन् । त्यसलाई चामल र भुस जत्तिकै छानेर सञ्चारमाध्यमका रुपमा आएका युट्यव र अन्य युट्युव भनी छुट्याउन र चिन्नुपर्छ,’अध्यक्ष बस्नेतको धारणा छ ।
उनले सबै युट्युवरलाई पत्रकार भन्न नमिल्ने जानकारी समेत दिए । ‘सबै युट्युबर पत्रकार होइनन्, सबै पत्रकार राम्रा युट्युवर हुन सक्छन्,’ बस्नेतको भनाई छ ।
सबै माध्यममा रचनात्मक र समाधानमुखी सामाग्री पस्किन सके अहिलेका कतिपय गलत प्रवृत्ति आफैं अन्त्य हुने उनको बुझाई छ । पछिल्लो समय प्रेस काउन्सिल नेपालले सामाजिक सञ्जालमार्फत सार्वजनिक कन्टेन्टलाई कडाइ गर्दै आएको छ ।
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले समग्र मन्त्रालयको सुधारका लागि कार्ययोजना बनाउन विभिन्न पक्षबाट राय सुझाव सङ्कलनका लागि १० दिने अभियान सुरु गरेका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्र सुधार कार्ययोजना तयारीसम्बन्धी अन्तरक्रिया आइतबारबाट सुरु हुने मन्त्री भण्डारीको सचिवालयले जनाएको छ । मन्त्रालयमा नै सञ्चालन हुने दश दिने अन्तरक्रियामा हरेक दिन विभिन्न क्षेत्रका व्यक्ति सहभागी हुने जनाइएको छ ।
उद्योगमन्त्री भण्डारीका अनुसार सुधार कार्ययोजनामा समावेश हुने विषयमा कानून तथा नीति परिमार्जन, ‘स्टार्टअप’को विकास तथा प्रवद्र्धन, औद्योगिक प्रवद्र्धन, लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण र सीप विकास, उत्पादकत्व अभिवृद्धि, औद्योगिकरण, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन, बहुपक्षीय तथा द्विपक्षीय व्यापार, विदेशी तथा स्वदेशी लगानी प्रवर्द्धन, औद्योगिक बौद्धिक सम्पत्ति (ट्रेडमार्क, डिजाइन, पेटेन्ट) रहेका छन् ।
संस्थागत सुधार, दर्ता/अनुमति/इजाजत/स्विकृति/नवीकरण/खारेजी/एकल विन्दु/अनुगमन, कम्पनी प्रशासन, दर्ता, खारेजी, अद्यावधिक, सार्वजनिक संस्थान व्यवस्थापन/बन्द तथा रुग्ण उद्योग सञ्चालन, औद्योगिक तथा व्यापार पूर्वाधार विकास (औद्योगिक क्षेत्र/विशेष आर्थिक क्षेत्र/औद्योगिक ग्रामलगायत), खानी तथा खनिज पदार्थको अन्वेषण, उत्खनन् इजाजत खानीजन्य उद्योग प्रवद्र्धन, गुणस्तर प्रयोगशाला विकास/प्रमाणिकरण, आपूर्ति व्यवस्थापन, बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण र हरित औद्योगिक विकासलषयत विषयमा छलफल गरिने जनाइएको छ ।
अन्तरक्रियामा निजी क्षेत्रका छाता सङ्गठन, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत विभिन्न मन्त्रालयका प्रतिनिधि, राष्ट्रिय योजना आयोग, नीति अनुसन्धान प्रतिष्ठान, आर्थिक क्षेत्रका सञ्चारकर्मी, विभिन्न विश्वविद्यालयका प्रतिनिधि, विद्यार्थी सङ्गठनका प्रतिनिधि, उपभोक्ता अधिकारकर्मीहरु, पेशागत सङ्गठनका प्रतिनिधि, सम्बन्धित वस्तुगत महासङ्घ, प्रत्यक्ष बिक्री सम्बद्ध प्रतिनिधि सहभागी रहने जनाइएको छ ।
अन्तरक्रियामा संसदीय समिति, प्रमुख राजनीतिक दलका सम्बद्ध पदाधिकारी, राजनीतिक दलका उद्योग वाणिज्य तथा आपूर्ति क्षेत्र सम्बद्ध पदाधिकारी, प्रदेशका मुख्यमन्त्री एवं उद्योग तथा वाणिज्यमन्त्री, नगरपालिका र गाउँपालिका सङ्घ, पूर्वमन्त्री, पूर्वसचिव तथा विषय विज्ञको सहभागिता रहने मन्त्री भण्डारकिो सचिवालयले जनाएको छ ।
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले द्वारिकाज होटलकी संस्थापक एवं पर्यटन व्यवसायी अम्बिका श्रेष्ठलाई श्रद्धाञ्जति अर्पण गरेका छन् ।
शनिबार बत्तिसपुतलीस्थित द्वारिकाज होटलमा मन्त्री पाण्डेले दिवङ्गत श्रेष्ठको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पणगरी श्रद्धाञ्जलिव्यक्त गरेका थिए । सोही क्रममा मन्त्री पौडेलले द्वारिकाज होटलमा राखिएको शोक पुस्तिकामार्फत स्वर्गीय श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरे ।
मन्त्री पाण्डेले स्वर्गीय अम्बिका श्रेष्ठका परिवारलाई समवेदना समेत प्रकट गरेका थिए । सोही अवसरमा मन्त्री पाण्डेले स्व श्रेष्ठले नेपालको पर्यटन तथा होटल व्यवसायको क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै उनको निधनबाट सामाजिक क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए ।
लामो सयमदेखि आन्द्रामा देखिएको सङ्क्रमणको उपचार गराइरहनु भएकी ९२ वर्षीया श्रेष्ठको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा बिहीबार बिहान करिब ८ बजे निधन भएको थियो । स्वर्गीय श्रेष्ठको आजै पशुपति आर्यघाटमा रहेको विद्युतीय शवदाह गृहमा अन्त्यष्टि गरिने उनको पारिवारले जनाएको छ ।
काठमाडौँ । नेपालले तिर्न बाँकी कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब तीन करोड नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा मात्र एक खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख सरकारी ऋण थपिएको छ ।
कार्यालयले प्रकाशित गरेको ‘२०८१ असार मसान्तसम्मको सार्वजनिक ऋणको संक्षिप्त प्रतिवेदन’ अनुसार २०८० साउनमा २२ खर्ब ९९ अर्ब ३५ करोड बराबर रहेको सरकारी ऋण २०८१ असार समान्तसम्म बढेर २४ खर्ब ३४ अर्ब तीन करोड ६५ लाख पुगेको हो । वैदेशिक मुद्राको समायोजनपछिको बाँकी ऋण दायित्व २४ खर्ब ३३ अर्ब २३ करोड ९४ लाख बराबर छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को आधारमा सार्वजनिक ऋणको प्रतिशत ४२ दशमलव ६५ प्रतिशत बराबर हो ।
कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको दायित्व ११ खर्ब ८० अर्ब ९० करोड १८ लाख अर्थात् जिडिपीको २० दशमलव ७० प्रतिशत र बाह्य ऋणको दायित्व १२ खर्ब ५२ अर्ब ३३ करोड ७६ लाख अर्थात् जिडिपीको २१ दशमलव ९५ प्रतिशत पुगेको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा सरकारले जम्मा चार खर्ब ५२ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखिएकोमा असार मसान्तसम्ममा तीन खर्ब ५८ अर्ब दुई करोड ९५ लाख ऋण प्राप्ति भएको कार्यालयले जनाएको छ । वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ७९ दशमलव ०८ प्रतिशत छ ।
गत आर्थिक वर्षका लागि ऋण परिचालनको लक्ष्यमध्ये आन्तरिक ऋण प्राप्ति ९७ दशमलव ६८ र बाह्य ऋण ५८ दशमलव १० प्रतिशत रहेको छ । आन्तरिकतर्फ दुई खर्ब ४० अर्ब ऋण उठाउने लक्ष्य रहेकोमा रु दुई खर्ब ३४ अर्ब ४२ करोड उठाइएइको छ भने बाह्यतर्फ दुई खर्ब १२ अर्ब ७५ करोड ऋण उठाउने लक्ष्य रहेकोमा एक खर्ब २३ अर्ब ६० करोड बराबर उठाइएको हो ।
गत आर्थिक वर्षमा ऋण सेवा खर्चका लागि तीन खर्ब ३० अर्ब वार्षिक बजेट विनियोजन भएकोमा गत असार मसान्तसम्म रु तीन खर्ब पाँच अर्ब ३७ करोड ७१ लाख बराबर भुक्तानी भएको छ । यो वार्षिक विनियोजनको आधारमा ९२ दशमलव ५४ प्रतिशत बराबर हो ।
कुल गार्हस्थ्य उत्पादनको आधारमा कुल ऋण सेवा खर्च पाँच दशमलव ३५ प्रतिशत बराबर हो । गत आर्थिक वर्षमा सरकारले दुई खर्ब २३ अर्ब ३४ करोड साँवा भुक्तानी गरेको छ भने ८२ अर्ब तीन करोड १७ लाख बराबर ब्याज भुक्तानी गरेको छ ।
काठमाडौँ । मनसुनी विपदमा परी ज्यान गुमाएका ६९ जनाका परिवारलाई मापदण्ड अनुरुप दुई लाख रुपैयाँका दरले राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म मृत्यु भएका ६९ जनाका परिवारका लागि एक करोड ३८ लाख निकासा भएको र उक्त रकमबाट कतिपय जिल्लाले प्रक्रिया पुर्याएर पीडितपरिवारलाई राहत वितरण पनि गरिसकेका छन् ।
मनसुनको अवधिमा सबै प्रकृतिका विपदमा परेर अहिलेसम्म एक सय २५ भन्दा बढीको मृत्यु भइसकेको छ । त्यसमा सबैभन्दा बढी बाढीपहिरो र चट्याङका कारण मानवीय क्षति भएको छ ।
मनसुनका समयमा यही देशभर परेको भारी वर्षाका कारण विपद्का घटना बढेपछि उच्च जोखिममा रहेका एक सय २५ जनालाई सुरक्षा निकायद्वारा जीवित्तै उद्धार गर्न सफल भएको पनि प्राधिकरणले जानकारी गराएको छ ।
प्राधिकरणका प्रवक्ता उपसचिव डा डिजन भट्टराईले ओखलढुङ्गा, ताप्लेजुङ, कालीकोट र बझाङलगायत जिल्लाबाट हेलिकप्टरमार्फत उद्धार गरिएको पनि जानकारी दिए ।
शुक्रबार मात्रै गएको एक महिनामा भएको मनसुनी विपद्को अवस्था प्रतिवेदन सार्वजनिक गर्दै प्राधिकरणले जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रसलगायत सङ्घ संस्थाद्वारा प्रभावित परिवारलाई खाद्यान्न तथा गैरखाद्यान वस्तु वितरण गरिएको जानकारी दिएको छ ।
प्रतिवेद अनुसार मनसुनबाट प्रभावित परिवारलाई तत्काल राहतस्वरुप रु १५ हजारदेखि २० हजारसम्म वितरण गरिएको जनाइएको छ । प्रवक्ता भट्टराईका अनुसार रेडक्रसबाट हालसम्म सात सय ४५ थान तारजाली, दुई सय ९५ थान ब्ल्याङ्केट, दुई सय पाँच थान म्याट्रेस, एक सय २५ थान भाँडाकुँडा, एकसय थान झुल, दुई सय २५ थान सरसफाइ किट, एक हजार एक सय ३८ मिटर कपडा उपलब्ध गराइएको र गृह मन्त्रालयमातहत निकायबाट पाँच सय २० थान त्रिपाल, ५० थान टेन्ट, तीन सय थान ब्ल्याङ्केट, उक सय थान म्याट्रेस र ५० थान स्लिपिङ ब्याग उपलब्ध गराइएको छ ।
उनले समन्वयात्मक रुपमा विपद् व्यवस्थापनको काम जारी रहेको पनि जानकारी दिए । यसपाली बढी वर्षा हुने आँकलन रहेको थियो । मनसुनको सुरुआत महिनामै भारी वर्षाले जनधनको क्षति गराएको छ ।
बाँके । जिल्ला अदालत बाँकेमा पारिवारिक इजलासको सुरु गरिने भएको छ । पारिवारिक विवादसम्बन्धी मुद्दाको सुनुवाइ छिटोछरितो बनाउने उद्देश्यले यही साउन १६ गतेदेखि पारिवारिक अदालत (फेमिली कोर्ट) स्थापना गरिएको हो ।
महिलावादी भएका अंश मुद्दा, नाता कायम, घरेलु हिंसा, बालबालिकाको सरोकार रहेका देवानी मुद्दा हेर्ने गरी छुट्टै इजलास सुरु गर्न लागिएको बाँके जिल्ला अदालतका न्यायाधीश भीष्मराज प्रसाईंले जानकारी दिए ।
यही साउन १६ गतेदेखि छुट्टै इजलासबाट उक्त मुद्दाको सुनुवाइ गरिने जनाउँदै न्यायाधीश प्रसाईंले त्यसका लागि आवश्यक तयारी भइरहेको बताए । उनका अनुसार काठमाडौँ, मोरङ, कास्की, बाँके, धनुषा र रुपन्देही जिल्ला अदालतमा यस्तो इजलास सुरु भइसकेको छ ।
पुराना मुद्दाको फैसला प्राथमिकतामा
जिल्ला अदालतले सेवाग्राहीलाई छिटो र सहज मुद्दा फछ्र्याैट गर्न सुरु गरेको पारिवारिक अदालतको तयारीलाई दु्रतगतिमा अघि बढाइएको छ । योसँगै अदालतले पुराना मुद्दालाई फछ्र्याैट गरी शून्यमा झार्ने गरी कार्यसम्पादन गरिरहेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्म दुई वर्ष नाघेका ७४ मुद्दा मात्रै फछ्र्याैट गर्न बाँकी रहेको अदालतका न्यायाधीश प्रसाईंले बताए । उनका अनुसार चालु आवमा जिम्मेवारी सरेर आएका तीन हजार चार सय ३२ मध्ये दुई वर्ष वा सोभन्दा बढीका आठ सय ७० मुद्दा मात्रै फछ्र्याैट गर्न बाँकी छन् ।
अदातलको वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै जिल्ला न्यायाधीश प्रसाईंले न्याय सम्पादनका लागि सर्वोच्च अदालतको नीतिअनुसार मुद्दाको वर्गीकरण गरी न्याय सम्पादनको कार्य अघि बढाइएको जानकारी दिए । उनका अनुसार मुद्दालाई तीन वर्गमा विभाजन गरेर सुनुवाइ भइरहेको छ । सरल, सामान्य, र विशेष गरी तीन किसिममा मुद्दाको वर्गीकरण गरी सुनुवाइ भइरहेको उनले बताए । उनले भने, “डिसिएम (फरक मुद्दाको व्यवस्थापन पद्धति) पछि मुद्दाको सुनुवाइ सहज भएको छ ।”
चालु आवमा सरल एक हजार दुई सय ५५, सामान्य एक हजार सात सय ५३, विशेष चार सय २४ मुद्दाको जिम्मेवारी सरेर आएको अदालतको तथ्याङ्क उल्लेख गरिएको छ ।
एक वर्षमा चार हजार बढी मुद्दा फछ्र्याैट
अदालतले एक वर्षको अवधिमा चार हजार दुई सय १५ मुद्दा फछ्र्याैट गरेको छ । गत वर्षको जिम्मेवारी सरेका तीन हजार दुई सय ३० र एक आर्थिक वर्षको अवधिमा नयाँ दर्ता भएका चार हजार चार सय १७ गरी जम्मा लगत सात हजार छ सय ४७ भएकामा चार हजार दुई सय १५ वटा मुद्दा फछ्र्याैट गरिएको न्यायाधीश प्रसाईंले जानकारी दिए ।
अदालतले पाँच हजार ८१ मुद्दा फछ्र्याैट गर्ने लक्ष्य राखेकामा ५५ दशमलव ११ प्रतिशत फछ्र्याैट भएको हो । दुई वर्षभित्रका एक सय ७२ र दुई वर्ष नाघेका ७४ मुद्दा विचराधीन छन् । जिल्ला अदालत बाँकेमा गत असार मसान्तसम्म तीन हजार चार सय ३२ मुद्दा विचाराधीन रहेका न्यायाधीश प्रसाईंले बताए ।
अदालतले लक्ष्यको ८२.९५ प्रतिशत मुद्दा फछ्र्याैट गरेको छ । विभिन्न प्राविधिक कारणले शतप्रतिशत लक्ष्य हासिल गर्न नसकेता पनि मुद्दा फछ्र्याैट प्रतिशत सन्तोषजनक रहेको प्रसाईंको भनाइ छ ।
“जिल्ला अदालतले बिदाको दिनसमेत गणना गर्ने हो भने प्रतिदिन करिब १२ वटा मुद्दा फैसला गरेको देखिन्छ । अदालतमा हाल आठजना न्यायाधीशको दरबन्दी छ । हाल सात न्यायाधीश मात्रै कार्यरत छन् । केही महिनाभित्र रिक्त स्थानमा पदपूर्ति भएमा नतिजा थप सकारात्मक आउनेमा विश्वस्त छौँ”, न्यायाधीश प्रसाईंले भने ।
स्वचालित मेसिनमार्फत तारिख
चालु आर्थिक वर्षको सुरुदेखि बाँके जिल्ला अदालतले अटो स्वचालित मेसिनद्वारा पेशी र तारिख दिने व्यवस्था सुरु गरेको छ । पत्रकार भेटघाटका क्रममा जिल्ला न्यायाधीश प्रसाईंले तारिख दिँदा हुनसक्ने अनियमितता रोक्न बाँकेलगायत देशैभरिका अदालतमा अटोमेसिनद्वारा तारिख र पेशीको तोक्ने व्यवस्था मिलाइएको जानकारी दिए ।
लागुऔषधका मुद्दा धेरै
बाँकेमा लागुऔषध दुव्र्यसनीको सङ्ख्या बढ्दै गएको सन्दर्भमा लागुऔषधका मुद्दा बढी भएको पाइएको छ । वर्षभरिमा बाँके जिल्ला अदालतमा दर्ता भएका मुद्दा हेर्दा बढी मात्रामा लागुऔषधसम्बन्धी रहेका अदालतले जनाएको छ ।
हालको तथ्याङ्क हेर्दा लागुऔषध दुव्र्यसनी रोक्न सरोकार भएका निकाय थप जिम्मेवार बन्नुपर्नेमा जिल्ला न्यायाधीश प्रसाईंले जोड दिए । लागुऔषधपछि जबरजस्ती करणी, ज्यान मार्ने उद्योग, सवारी ज्यान, बैंङ्किङ कसुर, सम्बन्धविच्छेद, अंशलगायत रहेका छन् ।
मेलमिलापमा कमी
अदालतमा एक वर्षको अवधिमा पाँच हजार नौ सय ८४ मुद्दा मेलमिलापमा पठाइएकामा एक सय ७९ मात्रै सफल भएका छन् । मेलमिलापमा पक्ष नै अनिच्छुक भई नआउने भएपछि मेलमिलाप सफल हुन नसकेको जिल्ला न्यायाधीश प्रसाईंले बताए ।
वीरगञ्ज । वीरगञ्ज महानगरले गत आर्थिक वर्षमा ६१ करोड ४७ लाख १७ हजार एक सय ३१ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । महानगरले सङ्कलन गरेको उक्त राजस्व अघिल्लो आर्थिक वर्षको तुलनामा चार करोड ४५ लाख ४३ हजार नौ सय ३० रुपैयाँले बढी हो ।
महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले गत पुसमा बजेट संशोधन गर्दै ९० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेपनि सो अवधिमा ६१ करोड ४७ लाख राजस्व सङ्कलन गरेको बताए ।
‘‘आर्थिक मन्दिले करदाता पीडामा भएको बेला पनि उक्त रकम राजस्व सङ्कलन उठ्नुलाई सकारात्मक नै मान्नुपर्ने देखिन्छ’, उनले भने, ‘आर्थिक वर्षमा राजस्वको लक्ष्य निर्धारण गर्दा आम्दानीलाई हेरेरभन्दा पनि खर्चमा आधारित हुने गरी गराउँदा लक्ष्य पछ्याउँन समस्या भएको हो ।’
राजस्व महाशाखा प्रमुख कर्णले वीरगञ्ज महानगरमा गत आवमा करको दायरा पनि बढाउन नसकिएको बताए । ‘गत आवमा घरेलु उद्योग तथा वाणिज्य उद्योग धेरै बन्द भए जसको असर राजस्व सङ्कलनमा पनि परेको छ’, उनले भने ।
महानगरले गत आर्थिक वर्षमा सबैभन्दा धेरै राजस्व सम्पत्ति करमा उठाएको छ । सो शीर्षमा महानगरले २० करोड छ लाख ८४ हजार राजस्व सङ्कलन गरेको छ । त्यस्तै घरबहाल करबापत ११ करोड ७७ लाख ४४ हजार आम्दानी गरेको छ ।
चालु र पुँजीगत खर्च पनि उत्साहजनक छैन
महानगरको गत आवमा पुँजीगत खर्च उत्साहजनक नभएको देखिएको छ । महानगरले पुँजीगततर्फ एक अर्ब आठ करोड ९२ लाख विनियोजन गरेकोमध्ये सो अवधिमा ६८ करोड १० लाख रकम खर्च गर्न सकेको हो । त्यस्तै चालु खर्चतर्फ दुई अर्ब ५६ करोड ५८ लाख बजेट विनियोजनमध्ये एक अर्ब ७५ करोड ६९ लाख रकम खर्च गरेको छ ।