`

कांग्रेस सभापति देउवासँँग अमेरिकी सहायक विदेशमन्त्री लुको भेट

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गरेका छन् ।

सभापति देउवा निवास बूढानीलकण्ठमा आइतबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय हितका विविध पक्ष र समसामयिक विषयमा छलफल भएको सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

आजै नेपाल आएका विदेशमन्त्री लुले नेपाल भ्रमणका क्रममा शीर्ष नेतृत्वसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

उनको यो भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तीकरण, सांस्कृतिक संरक्षण र दिगो विकासजस्ता मुख्य क्षेत्रहरूमा दुई देश बीचको सहकार्यलाई अघि बढाउने विषयमा योगदान पुग्ने विश्वास गरिएको छ ।

प्रधानमन्त्री ओलीले गरे १८ तले ‘दमक व्यापारिक कम्प्लेक्स’को उद्घाटन(फोटोफिचर)

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स आधुनिक विकासको नमूना भएको बताएका छन् । भव्य जनसहभागितामा एक सय मिटर अग्लो १८ तले उक्त कम्प्लेक्सको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो सञ्चालनमा आएपछि रोजगारी सृजना हुने र यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानका लागि यस्ता अग्ला भवन निर्माण भएको उदाहरण प्रस्तुत गर्दै उनले कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक सहर बनाउने घोषणा गरे ।

उनले आफूहरुले बलिदान गरेर ल्याएको लोकतान्त्रिक व्यवस्था मास्न नदिने उद्घोष गर्दै देश चलाउने विषय अरुलाई तथ्यहिन आरोप लगाए जस्तो नहुने उल्लेख गरे । दमक नगरपालिका–३ दापगाछीमा एक अर्ब ४५ करोड रुपैयाँको लागतमा निर्माण भएको हो ।

‘दमक बिजनेस कम्प्लेक्स’ नामकरण गरिएको उक्त भवन चिनियाँ निर्माण कम्पनी जेडसिजीआइआइसी र आशिष ओम साइराम कम्पनीले संयुक्त रूपमा बनाएका हुन् ।  प्रधानमन्त्री ओलीले नै पाँच वर्षअघि भवन निर्माणको शिलान्यास गरेका थिए ।

एनपीएलमा सुदूरपश्चिम रोयल्सलाई ३३ रनले पराजित गर्दै चितवनको जित

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)मा सुदूरपश्चिम रोयल्स पराजित भएको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो खेलमा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले पराजित भएको हो ।

एनपीएलमा सुदूरपश्चिमको यो पहिलो हार हो । चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८ दमलव ३ ओभरमा अलआउट हुँदै १३१ रनमा समेटियो ।

सुदूरपश्चिमका लागि इशान पाण्डेले ३५ रन, सैफ जैबले १८ रन जोडे । चितवनका लागि कुशल मल्ल, जान लोफ्टी इटन, अमर रौतेलाले २–२ तथा रिजन ढकालले १ विकेट लिए । टस जितेर ब्याटिङ थालेको चितवनले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा १६४ रन बनाएको थियो ।

दुर्गा प्रसाईंलाई थप तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप तीन दिन हिरासत राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले प्रसाईंलाई आइतबार थप तीन दिन थुनामा राख्न अनुमति दिएको हो । प्रसाईंविरुद्ध विद्युतीय कसुरको अपराधमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यसैगरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । व्यवसायीहरुलाई धम्कयाएको कसुरमा पक्राउ परेका झापाका हरिचन्द्र फुयाँलसँग प्रसाईंको कनेक्सन देखिएपछि उनीविरुद्ध पनि आपराधिक लाभको कसुरमा पक्राउ पुर्जी जारी भएको छ ।

प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडिया लगानी गरेको भन्दै अफवाह फैलाएपछि उनी पक्राउ परेका हुन् ।

तनहुँका ४५ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध

तनहुँ । तनहुँमा ४५ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् । जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका अनुसार जिल्लाका तीन लाख २१ हजार एक सय ५३ जनामध्ये एक लाख ४५ हजार सात सय ९८ जना स्वास्थ्य बिमामा आबद्ध भएका हुन् ।

विपन्न नागरिकतर्फ दुई हजार पाँच सय ८९ परिवार र साधारणतर्फ २४ हजार आठ सय ८६ परिवारको स्वास्थ्य बीमा गरिएको कार्यालयका संयोजक सिर्जना पोख्रेलले जानकारी दिइन् । उनका अनुसार १९ हजार नौ सय ३३ ज्येष्ठ नागरिक, एक सय ८७ एचआइभी सङ्क्रमित, चार जना क्षयरोगी, छ सय ५५ अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बीमा भएको छ ।

अझै ५५ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेकाले जनचेतना जगाएर आबद्ध गराउने योजना रहेको संयोजक पोख्रेलले बताइन् । जनचेतनाको कमी र गरिबीका कारण अझै पनि ठुलो जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध हुन नसकेको उनको भनाइ छ ।

सर्वसाधारणले प्रथम सेवा विन्दुमा विशेषज्ञ स्वास्थ्यकर्मी, औषधि र उपकरणको पर्याप्त सुविधा नहुँदा सबै प्रकारका स्वास्थ्य सेवा लिनबाट वञ्चित भएका संयोजक पोख्रेलको बुझाइ छ । उनका अनुसार जिल्लामा स्वास्थ्य बीमामा आबद्ध भएकालाई प्रथम सेवा विन्दु ६ वटा रहेका छन् ।

पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र, भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, बन्दीपुर अस्पताल, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र, दमौली अस्पताल र आँबुखैरेनी अस्पतालबाट सर्वसाधारणले स्वास्थ्य बीमाको सुविधा पाउने गरेका उनले जानकारी दिइन् ।

स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन पाँच जनासम्मको परिवारले वार्षिक रूपमा रु तीन हजार पाँच सय तिर्नुपर्दछ । परिवारमा पाँच भन्दा बढी सदस्य भएमा प्रति सदस्यको रु सात सयका दरले थप रकम तिर्नुपर्ने प्रावधान रहेको संयोजक पोख्रेलले जानकारी दिइन् । स्वास्थ्य बीमा नियमावली २०७५ ले ७० वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई सङ्घीय सरकारले प्रिमियम रकम तिरेर निःशुल्क स्वास्थ्य बीमा गर्दै आएको छ ।

सरकारले बीमामा आबद्ध पाँच सदस्यलाई वार्षिक रु एक लाख बराबरको स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । नेपालको संविधान, २०७२ को धारा ३५ मा आधारभूत स्वास्थ्य सेवालाई नेपाली नागरिकको मौलिक हकका रूपमा स्थापित गरेपछि नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन आर्थिक वर्ष २०७२/७३ देखि यो कार्यक्रम लागू गरिएको हो ।

बाजुरामा जिप दुर्घटनामा दुईजनाको मृत्यु, तीन जना घाइते

बाजुरा । बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा आइतबार दिउँसो स्कारपियो दुर्घटना हुँदा एक जनाको घटनास्थलमा र एक जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।


बडीमालिका नगरपालिका–८ मा रहेको मालिका मन्दिरमा दर्शन गरेर फर्किने क्रममा मार्तडी कोल्टी सडक खण्डमा पर्ने अपी होटल नजिकै सुपप्र ०१ ००१ च ४३१६ नम्बरको स्कारपियो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 


घटनास्थलमा कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका–१७ की ३१ वर्षीया गायत्री पन्तको र उपचारका क्रममा सोही जिल्ला भीमदत्त–१८ की  राधिका भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।


दुर्घटनामा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयका कार्यालय सहयोग गौमुल गाउँपालिका–४ बस्ने २५ वर्षीय रमेश धामी, कञ्चनपुरको कृष्णपुर–५ गुलरियाका मोहनदेव भट्ट र भीमदत्त–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त घाइते भएका उनले बताए ।  


उनले दिएको जानकारीअनुसार घटनामा परेर मृत्यु भएकाको शव परीक्षणका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ । घटनामा परी घाइते भएका तीनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको भन्दै प्रनाउ गिरीले उनीहरूको हेलिकप्टरमार्फत थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल लैजाने पहल भइरहेको जानकारी दिए ।

जिप दुर्घटना हुँदा सात जना घाइते 

जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिकामा आज जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । सोही गाउँपालिका–६ स्थित धिम गाउँमा जिप दुर्घटना भएको हो । 


धिममा एभरेष्ट इन्टरनेटको नेट जडानका लागि १३ जना सवार रहेको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा सात जना घाइते भएक जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
   
घाइते सबैको उद्धार गरी कोल्टी अस्पतालमा उपचारका लागि पठाइएको छ । गाडी अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

जेलेन्स्की रूससँग ‘सम्झौता’ गर्न तयार रहेको ट्रम्पको दाबी

पेरिस । अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूससँगको युद्ध अन्त्यका लागि ‘सम्झौता’ गर्न इच्छुक रहेको बताएका छन्।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले जेलेन्स्की र ट्रम्पसँग शनिबार एलिसी प्यालेसमा आयोजना गरेको त्रिपक्षीय वार्तापछि ट्रम्पको उक्त भनाइ आएको हो ।

ट्रम्पले युक्रेनलाई पठाइएको अर्बौं डलरको सैन्य सहायताको खुलेर खिल्ली उडाउँदै आफ्नो निर्वाचन अभियानका क्रममा आफु राष्ट्रपति निर्वाचित भएमा जिम्मेवारी सम्हालेको २४ घण्टाभित्र नै द्वन्द्व अन्त्य गर्न सक्ने दाबी गरेका थिए ।

ट्रम्पले आफ्नै लगानीमा सञ्चालित सामाजिक सञ्जाल ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन्, “जेलेन्स्की र युक्रेन सम्झौता गर्न र युद्ध रोक्न चाहन्छन् ।”

उनले अगाडि भनेका छन्, “तत्काल युद्धविराम हुनुपर्छ र वार्ता सुरु हुनुपर्छ । धेरैको जीवन यति अनावश्यक रूपमा बर्बाद भइरहेको छ । धेरै परिवारहरू गुमेका छन् । यदि यो जारी रह्यो भने यो धेरै ठूलो क्षति र अझ खराब अवस्थामा परिणत हुन सक्छ ।”

त्रिपक्षीय भेटको केही घण्टामा नै अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनले युक्रेनका लागि ९८ करोड ८० लाख अमेरिकी डलरको नयाँ सैन्य सहायता प्याकेज घोषणा गरेको छ ।

पेन्टागनका अनुसार उक्त प्याकेजमा ड्रोन, हिमार्स रकेट लञ्चरका लागि गोलाबारुद, लामो दूरी मार हान्न सक्ने हतियार, ट्याङ्क र बख्तरबन्द गाडीका लागि उपकरण र त्यसका सामान समावेश गरिएको छ ।

ट्रम्पले युक्रेनमा आन्तरिक रूपमा अलोकप्रिय सहुलियतसहित शान्तिको लागि दवाब दिनसक्ने चिन्ता छ । जेलेन्स्कीले रूससँग कुनै पनि सम्झौता समतामूलक हुनुपर्नेमा जोड दिएको बताइएको छ ।

“हामी सबै शान्ति चाहन्छौं । तर यो हाम्रो लागि धेरै महत्त्वपूर्ण छ शान्ति हामी सबैका हसनुपर्छ र रूस र रूसी राष्ट्रपति भ्लादिमिर पुटिन वा अन्य कुनै आक्रमणकारी अव कहिल्यै युक्रेनमा नफर्कने सम्भावनालाई सुनिश्चित गर्नुपर्छ,” जेलेन्स्कीले भने ।

उनले भने, “सबैभन्दा महत्वपूर्ण कुरा न्यायपूर्ण शान्ति र सुरक्षाको प्रत्याभूतिको हो । युद्धविराम वा शान्ति सम्झौताले युक्रेनका लागि बलियो सुरक्षा सुनिश्चित गर्नु आवश्यक छ ।”

जेलेन्स्कीले वार्तालाई ‘राम्रो र फलदायी’ भन्दै ट्रम्पको दृढ सङ्कल्पका लागि धन्यवाद पनि दिएको बताइएको छ ।

नोट्रे डेम क्याथेड्रलको पुनः उद्घाटन समारोहमा भाग लिनुभन्दा ठीक अघि ट्रम्पसँगको जेलेन्स्कीको भेट, अमेरिकी चुनावमा विजय हासिल गरेपछि विश्वका धनाढ्यबाट राजनीतिज्ञ बनेका ट्रम्पसँगको पहिलो प्रत्यक्ष भेट थियो ।

छलफलप्रति आफ्नो प्रतिक्रियामा म्याक्रोँले सामाजिक सञ्जालमा लेखेका छन्, “शान्ति र सुरक्षाका लागि संयुक्त प्रयास जारी राखौँ ।”

मध्यपूर्वको सङ्कटमा युरोपेली मित्रराष्ट्रहरूले बाइडेनसँग घनिष्ठ सम्बन्ध कायम गरेका छन्, तर ट्रम्पले सहयोगी पश्चिमा राष्ट्र र संयुक्त राज्य अमेरिकालाई अझ टाढा र इजरायललाई नजिकबाट राख्ने सम्भावना छ । 

स्याङ्जाका एउटै व्यवसायीले गर्छन् वार्षिक पाँच करोडको सुन्तलाको कारोबार

स्याङ्जा । स्याङ्जा सुन्तला व्यवसायी एवं अगुवा किसान फणिनारायण अर्यालले बर्सेनि पाँच करोडसम्म सुन्तालको कारोबार गदै आएका छन् । जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकमा त्रिपुत्र बागवानी कृषि फार्ममार्फत उनले बर्सेनि करोडौँको सुन्तलाको कारोबार गर्दै आएका हुन्।

अर्यालले आफ्नै बगैँचामा उत्पादन गरेको सुन्तला र अन्य किसानबाट खरिद गरेर ल्याएको सुन्तला बिक्रीबाट यसवर्ष पनि रु पाँच करोडभन्दा बढी कारोबार हुने अनुमान गरिएको बताए । उत्पादन बढी हुँदा र बजार मूल्य राम्रो भएको अवस्थामा वार्षिक रु पाँच करोडसम्मको करोबार हुने उनले जानकारी दिए।

“आफ्नै फार्ममा उत्पादन भएको सुन्तला र अरु किसानबाट खरिद गरी बिक्री गर्दै आइरहेको छु”, अर्यालले भने, “सुन्तला खरिद बिक्रीबाट यसवर्ष रु पाँच करोडको कारोबार हुने अनुमान छ ।” गतवर्ष रु चार करोड बराबारको कारोबार भएको भन्दै यसवर्ष उत्पादनमा वृद्धि हुनुका साथै बजार मूल्य राम्रो भएकाले कारोबार बढ्ने दाबी गरे ।

सुन्तला बिक्रीबाट जिल्लामा सबैभन्दा बढी आम्दानी गर्ने व्यवसायीका रूपमा अर्याल परिचित हुनुहुन्छ । उहाँले ८० रोपनी क्षेत्रफलमा दुई हजार दुई सय सुन्तलाका बिरुवा लगाएका छन् ।

व्यवसायी अर्यालले प्रचलित बजार मूल्यमा स्थानीय किसानसँग सुन्तला खरिद गरेर बजारीकरण गर्दै आएका छन् । “प्रचलित बजार मूल्य अनुसार किसानसँग खरिद गर्दै आएको छु”, उनले भने“आँफूले उत्पादन गरेको सुन्तला र अन्य किसानबाट खरिद गरेको सुन्तला काठमाडौँ, पोखरा, नारायणगढ, काँकडभित्ता, भारतको सिलगुडीलगायत बजारसम्म पुग्ने गर्दछ ।”

सुन्तलाको याममा अर्यालले सञ्चालन गर्दै आएको फार्ममा ४० देखि ६० जनाले प्रत्यक्ष रोजगारी पाउने गरेका छन् । सुन्तला टिप्ने, ग्रेडिङ गर्ने, ढुवानी गर्ने, बजारीकरण गर्नेलगायत काममा स्थानीयले रोजगारी पाएका उनले बताए । गत वर्ष कामदारलाई रु १७ लाख पारिश्रमिक भुक्तान गरेको उनले जानकारी दिए ।

यहाँ उत्पादित सुन्तलाको बजारीकरणका लागि फार्ममार्फत अर्यालले गत वर्षदेखि भाटभटेनी सुपर मार्केटसँग सम्झौता गरेका छन् । नेपालमा पहिलो पटक सुन्तलाको ‘ग्रेडिङ’ गर्न उपकरण जडान गरिएको उनको भनाइ छ । उक्त उपकरणबाट विभिन्न आठ आकारका सुन्तला ग्रेडिङ हुने बताउँदै ग्रेडिङका आधारमा सुन्तलाको मूल्य निर्धारण गरी बजार पठाउने उनले जानकारी दिए ।

शेयर बजारमा सात अर्ब ४६ करोडको कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ । आइतबार नेप्से ४५ दशमलव ९३ अङ्कले घटेर दुई हजार छ सय ८९ विन्दुमा झरेको हो ।

आइतबार सबै समूहको शेयर घटेको छ । मानुषी लघुवित्त, लाइफ इन्सुरेन्स कर्पोरेशन नेपाल, जोशी हाइड्रोपावर र सामुदायिक लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज खानीखोला हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज एक करोड ७३ लाख ९२ हजार कित्ता शेयर सात अर्ब ४६ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३२ करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

पोखरा । सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

आइतबार जिल्ला अदालत कास्कीले उनलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । योसँगै उनलाई ६ पटक म्याद थप भइसकेको छ । उनीमाथि अनुसन्धान गर्न प्रहरीले थप १३ दिनको समय मागेको थियो । तर, अदालतले चार दिन मात्र म्याद थप गरेको हो ।

सुरुमा सहकारी ठगीमा पक्राउ परेका लामिछानेविरुद्ध अहिले कीर्ते, संगठित अपराध, सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । उनी कात्तिक २ पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

कास्कीबाट उनलाई अनुसन्धानका लागि बुटवल, काठमाडौं र चितवन लगिएको छ । उनीविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी भएको छ । उनलाई अब पर्सा लैजाने प्रहरीको तयारी छ ।

अन्नपूर्ण फेरोका २७ गाउँमा घरबास

राम थापा, गण्डकी । पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण फेरोका २७ गाउँमा घरबास ९होमस्टे० व्यवसाय सञ्चालनमा छ । बर्सेनि ठूलो सङ्ख्यामा देशविदेशका पर्यटकलाई ती घरबासले न्यानो आतिथ्यता प्रदान गर्दै आएका छन् । चित्रमय भूगोल, गाउँले रहनसहन, रैथाने खाना र आत्मीय आतिथ्य संस्कार घरबासका विशेषता हुन् ।

हिमाली काखमा सजिएका ती घरबास गाउँ पर्यटकीय याममा आगन्तुकले भरिभराउ हुन्छन् । त्यहाँ पुग्ने जोकोहीले जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको पनि आनन्द बटुल्न पाउँछन् । कोही पदयात्रा र कोही सडकमार्ग भएर घरबास गाउँ पुग्छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप)का अनुसार उक्त क्षेत्रका चार सयभन्दा बढी घरले घरबास सेवा दिइरहेका छन् । कतिपय घरबास एकल रुपमा पनि चलिरहेका छन् ।

दैनिक झण्डै दुई हजारभन्दा बढी पाहुना राख्न सक्ने क्षमता ती घरबासमा रहेको आयोजना प्रमुख डा रविन कडरियाले जानकारी दिए । उनका अनुसार ‘एक्याप’को इलाका संरक्षण कार्यालय ल्वाङ (कास्की)अन्तर्गत ल्वाङ गाउँका १२ घर, घलेलका सात घर, टुसेका २७ घर, मिर्साका १६ घर, काभ्रेका १२ घर र कोलेली गाउँका छ घरमा घरबास सेवा सञ्चालित छन् ।

इलाका संरक्षण कार्यालय, सिक्लेसअन्तर्गत सिक्लेस गाउँका २४, ताङतिङमा १४, याङ्जाकोटमा १० र वार्चोकका ११ घरले उक्त सेवा दिइरहेका छन् । इलाका संरक्षण कार्यालय, घान्द्रुकअन्तर्गत साबेतमा १०, नारच्याङमा १५, खिवाङमा छ, इलाका संरक्षण कार्यालय, भुजुङअन्तर्गत घलेगाउँका ४३, घनपोखराका नौ, भुजुङका २८, सिउरुङका १९, पसगाउँका २२ र छापामिप्रामा १२ घरबास छन् ।

यस्तै इलाका संरक्षण कार्यालय, मनाङअन्तर्गत ओडारमा १५, थानचोकमा १४, ताचैमा २६, इलाका संरक्षण कार्यालय, जोमसोमभित्र ठिनीमा ११ र लुब्रा गाउँका आठ घरबासले पर्यटकलाई सेवा दिँदै आएका छन् । इलाको संरक्षण कार्यालय, लोमान्थाङअन्तर्गत पर्ने मराङका पाँच, छोसेरका पाँच र जुङजुङका छ घरमा उक्त सेवा सञ्चालनमा छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रभित्र सञ्चालनमा रहेका घरबासलाई व्यवस्थापन तालिमलगायत विभिन्न सहयोगहरु प्रदान गर्दै आएको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो । “ग्रामीण पर्यटन विकासमा घरबासको ठूलो योगदान छ, गाउँलाई आर्थिक गतिविधिसँग यसले जोडेको छ”, उनले भने, “घरबास सञ्चालनमा आएपछि स्थानीय उत्पादनको प्रवर्द्धनदेखि रोजगारी सिर्जनामा पनि मद्दत पुगेको छ ।” पर्यटकीय राजधानी पोखरादेखि छोटो र लामो दुरीमा गन्तव्यमा अवस्थित घरबास गाउँ विशेष गरी आन्तरिक पर्यटकको बढी रोजाइमा पर्ने गरेका छन् । पछिल्लो समयमा नेपालमा बढीरहेको घुम्ने संस्कृतिले पनि घरबास पर्यटनलाई टेवा पु¥याइरहेको छ ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ स्थित ल्वाङ सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष मञ्जु गुरुङले एकै रातमा चार सयसम्म पाहुना राख्ने क्षमता ल्वाङ गाउँका घरबासमा रहेको जानकारी दिए। “यहाँ मुख्य गरी आउने भनेको आन्तरिक पर्यटक नै हो, कोभिड–१९ महामारीपछि विदेशी पाहुनको सङ्ख्या केही घटेको छ”, उनले भनिन्, “पोखरादेखि नजिकको दूरीमा भएकाले पनि आउजाउ सहज छ, घुमफिरका लागि जुनसुकै मौसममा ल्वाङ गाउँ उपयुक्त छ ।”

गुजुमुज्ज परेको गुरुङ बस्तीले ल्वाङको आकर्षण थपेको छ । ल्वाङमा सेतो र गेरु रङ पोतिएका एकनासे घर छन् । घरको छाना, आँगन र बाटोमा पनि ढुङ्गा बिछ्याइएको छ । परम्परागत घरले पहाडी वास्तुकलाको झल्को दिन्छन् । प्रकृति र संस्कृतिको अनुपमस्थल ल्वाङ गाउँ ग्रामीण पर्यटन आकर्षक गन्तव्यका रुपमा परिचित छ । विसं २०६७ मा घरबास सञ्चालनमा आएपछि ल्वाङ ग्रामीण पर्यटनमा फड्को मारेको घरबास व्यवस्थापन समितिका अध्यक्ष गुरुङले बताइन् ।

समुन्द्री सतहदेखि १४ सय मिटरको उचाइमा अवस्थित यो गाउँबाट माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमाली चुचुरोमा देखिने सूर्योदयको दृश्य लोभलाग्दो हुन्छ । गुरुङ संस्कृतिको अध्ययन, अनुसन्धानका लागि देशीविदेशी अध्यताहरुसमेत ल्वाङ गाउँ पुग्ने गरेका छन् । स्थानीयले पाहुनालाई गुरुङ संस्कृति र संस्कार देखाउने गरेका छन् ।

रैथाने खाना चखाउने, करेसाबारीमा लगेर खेती गर्ने तरिका सिकाउने, भान्छाको परिकार बनाउने विधि पनि सिकाउने गरिन्छ । निगालोबाट बन्ने डोको, सेखु जस्ता घरेलु उत्पादनका सामग्री पनि पर्यटकलाई चिनाउने गरिएको छ ।

घरबासको भान्छामा गाउँमै उत्पादन हुने अन्न र तरकारीबालीको प्रयोग गर्ने गरिएको छ । ल्वाङ गाउँमा पर्यटकले एकदेखि दुई रातसम्म बिताउने गरेका छन् । अन्नपूर्ण आधार शिविर र मर्दी पदयात्रामा जानेहरु पनि ल्वाङ गाउँमा विश्राम गरेर बाटो लाग्छन् । चलचित्रको छायाङ्कनका लागि पनि ल्वाङ गाउँ रोजाइमा पर्ने गरेको छ । ‘प्रसाद–२’, ‘दुई नम्बरी’ लगायतका चलचित्रको छायाँकन यही गाउँमा भएको थियो ।

गाउँको सिरानमा रहेको चियाबारी त्यहाँको अर्को पर्यटकीय आकर्षण हो । एक हजार दुई सय रोपनीमा फैलिएको चियाबारीले इलामको झल्को दिन्छ । चियाबारीको अवलोकनका लागि पनि पर्यटक त्यहाँ पुग्छन् । ल्वाङ गाउँको चिया युरोपसम्म निर्यात हुँदै आएको छ ।

ल्वाङ जस्तै यहाँका अन्य घरबास गाउँ पनि आफ्नै विशेषतासहित आन्तरिक तथा बाह्य पर्यटकमाझ चिनिएका छन् । घरबास सँगसँगै ती क्षेत्रमा होटल व्यवसाय पनि फस्टाएको छ । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको ‘एक्याप’मा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १६ स्थानीय तहका ८९ वडा समेटिएका छन् ।

अन्नपूर्ण चक्रीय पदमार्ग पदयात्राका लागि विश्वमाझ चिनिएको गन्तव्य हो । यस क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले पर्यटकको रोजाइमा पर्ने गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा मात्र दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका थिए ।

प्रदेश सरकार र स्थानीय तहले पनि अन्नपूर्ण क्षेत्रभित्र सञ्चालित सामुदायिक घरबास प्रवर्द्धनमा सघाउँदै आएका छन् । गण्डकी प्रदेश सरकारले सामुदायिक घरबास प्रवर्द्धनलाई गौरवको आयोजनाका समेटी घरबास व्यवसायीहरुलाई बर्सेनि अनुदान उपलब्ध गराउँदै आएको छ । चालु आवमा पनि गण्डकी प्रदेश घरबास व्यवसाय फस्टाएको क्षेत्र हो । अन्न्पूर्ण संरक्षण क्षेत्रबाहिर पनि चल्तीका घरबास छन् । नेपालकै पहिलो स्याङ्जाको सिरुबारी घरबास पनि यसै प्रदेशमा पर्छ ।

पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदशनी कक्ष थपिँदै

ललितपुर । ललितपुरको पाटन दरबार सङ्ग्रहालयमा नयाँ प्रदर्शनी कक्ष थप हुने भएको छ । विश्वसम्पदा सूचीमा रहेको पाटन दरबार क्षेत्रमा अवस्थित सङ्ग्रहालयमा ऐतिहासिक कलाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी कक्ष थप गर्न लागेको हो ।

हाल तीन वटा ऐतिहासिक भवनमा प्रदर्शनी कक्ष रहेका भन्दै ती भवनमा परम्परागत कला झल्कने नयाँ प्रदर्शनी कक्ष थप्न लागिएको दरबार सङ्ग्रहालयका प्रमख सुरेशमान लाखेले जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस अघि (आगमी जेठ) भित्र उद्घाटन गर्नेगरी प्रदर्शनी कक्ष विस्तारको काम अघि बढेको छ ।

नयाँ थपिएको प्रदर्शनी कक्षमा कलात्मक मूर्ति निर्माण गर्ने चरण प्रक्रियालाई प्रदर्शनीमा राखिने लाखेले जानकारी दिए । ढुंगा, काठ र धातुबाट मूर्ति बनाउन सकिने भन्दै उनले मूर्ति निर्माणको चरणबद्ध प्रक्रिया प्रदर्शनमा राखिने उल्लेख गरे ।

नयाँ थपिएको कक्षमा राख्न ललितपुरका लोक चित्रकारले पौवा, भक्तपुरका इन्द्रकाजी सिल्पकारले काष्टकला र ललितपुर भैँसेपाटीका चन्द्रस्याम डुङ्गोलले ढुङ्गाको मूर्ति निर्माण गरी उपहारस्वरूप सङ्ग्रहालयलाई हस्तान्त्ररण गर्ने जनाइसकेको उनले बताए ।

सङ्ग्रहालयका प्रमुख लाखेका अनुुसार नयाँ थपिने कक्षमा उपहारस्वरूप कला हस्तान्त्ररण गर्ने सबैलाई उद्घाटन समारोहमा सम्मान गरिनेछ । सङ्ग्रहालयमा कलात्मक मूर्तिसहित अन्य ऐतिहासिक सामग्री राखिएका भन्दै सिङ्गो ढुङ्गा र काठबाट कसरी मूर्तिकोस्वरूप दिइन्छ भन्ने प्रक्रिया प्रदर्शनीमा नरहेकाले थप कक्ष विस्तार गर्न लागिएको उनले जानकारी दिए ।

नयाँ कक्षमा थपिने कालात्मक प्रदर्शनीले परम्परागत कला, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकलाई परम्परागत सीपको अध्ययन गर्ने अवसर प्रदान गर्ने प्रमुख लाखेले बताए ।

“पर्यटकलाई सङ्ग्रहालयमा सधैँ एकैप्रकारका ऐतिहासिक सामग्री देखेर दिक्क लाग्नु स्वभाविक हो”, उनले भने, त्यसैले हामीले नयाँ कलात्मक सामाग्री थपेमा सङ्ग्रहालयको आकर्षण बढाउने र पर्यटन प्रवर्द्धन गर्ने योजना बनाएका हौँ ।” 

प्रजातान्त्रिक आन्दोलनको आरोह अवरोहबीच असदको सत्ताको २५ वर्ष

पेरिस । सन् २००० मा आफ्ना पिता हफेज अल–असदको मृत्युपछि सिरियाली राष्ट्रपति बसर अल असद सत्तामा आएदेखि नै उनको सत्ताविरूद्धको आन्दोलन गर्न सिरियाली विपक्षीहरूले गठबन्धन गर्न थालेको पाइन्छ ।

सन् २००० जुलाई १७ मा, असद आफ्ना ६९ वर्षका पिताको मृत्युपछि सिरियाको नयाँ राष्ट्रप्रमुख बनेका थिए । असदका पिता हफेजले ३० वर्षसम्म सिरियामा शासन गरेका थिए ।

सन् २००० जुन १० मा हफिजको मृत्यु भएको दिन संसद्ले राष्ट्रपति बन्नका लागि आवश्यक पर्ने न्यूनतम उमेर घटाउन संविधान संशोधन गरी असदलाई राष्ट्रपति बन्ने मार्ग प्रशस्त गरेको थियो ।

पिताको मृत्युलगत्तै उनलाई सशस्त्र बलको कमान्डर इन चिफ र सत्तारुढ बाथ पार्टीको नेता नियुक्त गरिएको थियो ।

सोही वर्ष सेप्टेम्बरमा १०० जना सिरियाली बुद्धिजीवीहरूले सन् १९६३ देखि लागू भएको सैनिक शासनको अन्त्य, थप स्वतन्त्रता र राजनीतिक बहुलवादको माग गरेका थिए । यसलाई ‘दमास्कस वसन्त’ भनिन्छ ।

असदको सरकारले सन् २००१ को जुलाईमा १० जना विरोधीलाई गिरफ्तार गरेको थियो ।

सन् २००५ को फेब्रुअरीमा लेबनानका पूर्वप्रधानमन्त्री रफिक हरिरीको बेरुतमा भएको बम विस्फोटमा मृत्यु भएको थियो ।

प्रमुख पश्चिमा शक्ति र लेबनानी विपक्षीहरूले लेबनानमा बलियो सैन्य उपस्थिति रहेको सिरियालाई हरिरीको मृत्युका लागि दोष दिन्छन् र आफ्ना सेना फिर्ता गर्न आह्वान गर्छन् । दमास्कसले यसको जिम्मेवारी अस्वीकार गरेको छ ।

सोही बर्षको अप्रिलमा सिरियाली सेनाको २९ वर्षको सैन्य र राजनीतिक प्रभुत्वको अन्त्य गर्दै दशौं हजार सिरियाली सेना लेबनानबाट बाहिरिएका थिए ।

सन् २००५ अक्टोबरमा विपक्षी पार्टीहरूले संयुक्त ‘दमास्कस घोषणापत्र’ जारी गर्न एकजुट भए र आमूल र लोकतान्त्रिक परिवर्तनको आह्वान गरे र ‘अधिनायकवादी शैली र साम्प्रदायिक शासन’ को आलोचना गरे।

तत्कालिन प्रशासनले विपक्षी कार्यकर्ता र बुद्धिजीवीहरूमाथि व्यापक दमन गरेको थियो । दमनले प्रजातन्त्रका लागि गरिएको आन्दोलनलाई थप उर्जा मिलेको थियो । सन् २००५ को दमनपछि देशव्यापीरूपमा थप व्यक्तिहरूले असदको विरोधमा सङ्ठित बनेका थिए ।

सन् २००७ को डिसेम्बरमा प्रजातन्त्र पक्षधर विपक्षीहरूको गिरफ्तारीको नयाँ लहर सुरु भएको थियो ।

उनीहरूले थप सङ्गठित बन्दै सन् २०११ मार्चमा अरब वसन्त नाम दिइएको सशक्त आन्दोलनको घोषणा गरियो । यसले सिरियामा नागरिक स्वतन्त्रता र राजनीतिक कैदीहरूको रिहाईको माग गर्दै विरोध प्रदर्शनहरू सुरु गरेको थियो भने प्रशासनले आन्दोलनलाई व्यापक बल प्रयोग गरी दबायो ।

सन् २०११ मार्च महिनामा नै असद प्रशासनले ‘आतङ्ककारी’ घोषणा गरेका व्यक्तिहरूमाथि रक्तपातपूर्ण कारबाही सुरु गर्यो जुन तत्कालिन सरकारका लागि अभिसाफ नै सावित हुन पुग्यो ।

आन्दोलनले सरकारविरोधी प्रदर्शनबाट सशस्त्र विद्रोहको स्वरूप लिन पुग्यो र सिरियामा गृहयुद्धको सुरुवात भयो । यस युद्धमा धेरै क्षेत्रीय र अन्तर्राष्ट्रिय शक्तिहरू पनि सामेल भए, साथै जिहादीहरू पनि सामेल भए ।

सन् २०१२ मा सरकारले विद्रोहीविरुद्ध हवाई आक्रमणलगायत भारी हतियार प्रयोग गरेको थियो । यसलाई धेरै पटक रासायनिक हतियार प्रयोग गरेको आरोप लगाइएको छ, तर असद प्रशासनले यो आरोपको बारम्बार खण्डन गर्दै आएको छ ।

रूस, इरान तथा तेहरान समर्थित लेबनानी शिया लडाकू समूह हिजबुल्लाहको ठूलो सैन्य समर्थनका साथ नेता असदलाई सत्तामा टिकाइयो ।

लामो समयसम्म चलेको युद्धमा करिब पाँच लाख मानिसले ज्यान गुमाएपछि र झण्डै आधा जनसङ्ख्या कुनै न कुनै रूपमा विस्थापित भएपछि सन् २०२० को मार्चमा रूस र टर्कीएबीच भएको सम्झौतापछि युद्धविरामको घोषणा गरिएको थियो तर यसद्धविरामको वाबजुद त्यसपछिको समयमा पनि सिरियामा बमबारी र छिटपुट जिहादी आक्रमणहरूले भने निरन्तरता पाएका थिए ।

यस युद्धमा पाँच लाख भन्दा बढी मानिसको मृत्यु भएको छ, देशको युद्धपूर्वको आधा जनसङ्ख्या विस्थापित भएको छ । यसले असदलाई विश्वव्यापी पराया बनाएको छ ।

विपक्षीहरूको तीव्र विरोध र शक्तिशाली विपक्षी दलहरूको निर्वाचन बहिस्कारका बीच सन् २०२१ मे २६ मा गरिएको निर्वाचनमा असद ९५.१ प्रतिशत मतका साथ चौथो कार्यकालका लागि पुनः निर्वाचित भए ।

सन् २०११ मा जनविद्रोहविरुद्ध गरेको कारबाहीको प्रतिक्रियास्वरुप सिरियालाई अरब लिगबाट बर्खास्त गरिएको थियो तर सन् २०२३ को मे महिनामा रूस र इरानको पहलमा सिरियालाई पुनः अरब लिगमा सामेल गराइएको थियो ।

सन् २०१३ मा सिरियामा भएको रासायनिक आक्रमणका लागि मानवताविरुद्धको अपराधमा संलग्न रहेको आशङ्कामा फ्रान्सले सन् २०२३ को नोभेम्बरमा असदविरुद्ध अन्तर्राष्ट्रिय पक्राउ पुर्जी जारी गरेको थियो ।

त्यसको अर्को दिन संयुक्त राष्ट्रसङ्घको सर्वोच्च कानुनी निकाय अन्तर्राष्ट्रिय अदालतले सिरियालाई यातना र क्रूर र अपमानजनक व्यवहार अन्त्य गर्न आदेश दिएको थियो ।

– एचटीएस नेतृत्वको निर्णायक आक्रमण–

नोभेम्बर २७ मा इस्लामिक समूह हयात तहरीर अल–शाम (एचटीएस) ले विद्रोही आक्रमणको नेतृत्व गरेको थियो र युद्धमा पहिलो पटक असदको सेनाबाट दोस्रो शहर अलेप्पोको नियन्त्रण खोसेको थियो ।

विद्रोहीहरूले आइतबार राजधानी दमास्कस आइपुगेको घोषणा गर्नुअघि हामा र होम्सजस्ता अन्य प्रमुख शहरहरू माथि कब्जा जमाएका छन्।

शनिबार असदको कार्यालयले उहाँ राजधानीबाट भागेको अस्वीकार गरेको केही घण्टापछि एचटीएसले ‘तानाशाह’लाई सत्ताच्यूत गरेको बताएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सनामक बेलायतस्थित युद्ध अनुगमनकर्ताले आइतबार सेनाले दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल छोड्नुअघि नै राष्ट्रपति असदले देश छोडेको जनाएको छ ।

हेगमा बम विष्फोटमा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

द हेग । डच अधिकारीहरूले शनिबार बिहान शक्तिशाली विस्फोटपछि आंशिक रूपमा भत्किएको एक अपार्टमेन्ट भवनको भग्नावशेषबाट पाँच जनाको शव फेला परेको पुष्टि गरेका छन्।

थप मृतकहरूको खोजी कार्य जारी छ र नेदरल्याण्डका आपतकालीन सेवाहरूले मृत्यु हुनेहरूको सङ्ख्या २० को हाराहारीमा पुग्न सक्ने बताएका छन् । “अहिलेसम्म कम्तीमा पाँच जनाको मृत शरिर भग्नावशेषबाट निकालिएको छ,” द हेगका नगर प्रमुख जान भान जेनेनले भने ।

उनले थपे, “विस्फोटपछि उद्धारकर्मीले भग्नावशेषमा जीवित मानिस भेटिन सक्ने विश्वाससहित खोजी कार्यलाई तीब्र पारेको छ । दुर्घटना भएको करिब २४ घण्टा हुनै लाग्दा उनीहरू जीवितै पाइने सम्भावना भने कम भएको छ तर पनि हामीले उद्धारको प्रयासलाई जारी राखेका छौँ ।”

उद्धार गरिएका दुई जनाको अवस्था गम्भीर रहेको नगरप्रमुखले जानकारी दिए ।

नेदरल्यान्ड्सका प्रधानमन्त्री डिक स्कूफले क्षतिग्रस्त अपार्टमेन्ट भवनको तस्बिर देख्दा आफू स्तब्ध भएको बताएका छन् । राजा विलेम–अलेक्जेन्डर र रानी म्याक्सिमाले पनि घटनाप्रति दुःख व्यक्त गर्दै र मृतक तथा पीडितका आपन्तजनप्रति सहानुभूति व्यक्त गर्दै भने, “व्यक्तिगत रूपमा प्रभावित भएका वा आफ्ना प्रियजनहरू गुमाएकासबैप्रति हामी सहानुभूति व्यक्त गर्दछौँ ।

यो घटना हेगको उत्तरपूर्वी मारियाहोभ जिल्लाको तारवेक्याम्प स्ट्रिटमा भएको हो । विस्फोटबाट क्षति भएको तीन तले भवनको भुइँतलामा पसल र माथि दुई आवासीय तल्ला थिए ।

विष्फोटको कारण बारे अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार विष्फोट भएको केही समयपछि एउटा कार तीव्र गतिमा घटनास्थलबाट भागेको देखिएको थियो । अधिकारीहरूले प्रत्यक्षदर्शीहरूलाई अगाडि आउन आग्रह गरिरहेका छन् । 

दुप्चेश्वर मन्दिरमा धान्यपूर्णिमा मेलाको तयारी पूरा

त्रिशूली (नुवाकोट) । धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा लाग्ने मेलाको तयारी पूरा भएको छ। ‘जे माग्यो त्यो सिद्ध गराउने’ विश्वास गरिने दुप्चेश्वर महादेवको मन्दिरमा एकादशीदेखि सुरु भएर पूर्णिमासम्म सञ्चालन हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको हो।

यस वर्षको मेला भर्न तथा मन्दिर दर्शन गर्न शनिबारदेखि भक्तजन आउन थालेका मन्दिरका पूजारी भगवानहरि धितालले जानकारी दिए। उनका अनुसार पछिल्लो दिनमा दैनिक तीन हजार हाराहारीमा भक्तजनबाट मन्दिर दर्शन भइरहेको छ।

दुप्चेश्वर क्षेत्र विकास कोषमार्फत दुप्चेश्वर गाउँ पालिकासँगको समन्वयमा धान्यपूर्णिमा मेला सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष शङ्करबहादुर थापाले जानकारी दिए। उनका अनुसार विभिन्न समिति र उपसमिति गठन गरेर दर्शनार्थीलाई सहज बनाउन आवश्यक तयारी चुस्त बनाइएको छ।

मेलामा सहभागी हुने दर्शनार्थीलाई दर्शन एवं पूजा आरधना गर्न, स्वास्थ्य सेवा, सुरक्षा, खाजा–नास्ता तथा आवासको प्रबन्ध, सवारीसाधन पार्किङलगायत व्यवस्थापन प्रभावकारी बनाइएको कोषका संरक्षकसमेत रहनुभएका अध्यक्ष थापाले बताए।

दुप्चेश्वर महादेवको महिमा

पौराणिक कथन अनुसार धेरै वर्ष पहिला स्थानीयको गाई हराएपछि खोजी गर्दै जाँदा अनकन्टार पहरोमा पुगेर शिलामा दूध चढाइरहेको भेटिएकाले उक्त शिलालाई दुग्धेश्वर महादेव भएको विश्वासमा पूजा आराधाना गर्ने परमपरा स्थापित भएको मन्दिरका पूजारी धितालले बताए। गाईले दूध चढाएको हुँदा दुग्धेश्वर हुँदै अहिले यसलाई दुप्चेश्वर भन्न थालिएको उनको भनाइ छ।

यस पवित्रस्थललाई समुद्र मन्थन गर्दा निक्लिएको विष सेवनपछि छट्पटिएका महादेव शिव काठमाडौँको पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा बास बसेर रसुवाको गोसाइँकुण्ड गएको सन्दर्भ किम्बदन्तीसँग जोडिएको पूजारी धितालले बताउनुभयो। उहाँका अनुसार ‘भक्तजनले जे माग्यो त्यो सिद्ध गराउने’ भगवानको रूपमा पुजिने दुप्चेश्वरले विशेषगरी सन्तान नभएकालाई सन्तान सुख दिने विश्वासका साथ भक्तजनको घुइँचो लाग्ने गरेको छ।

मन्दिरमा दर्शन गरेमा सन्तान प्राप्ति, बोली नफुटेका बालबालिका बोल्न सक्ने, गाईभैँसीको दाम्लो चढाएमा पशुधनको फलिफाप, एकललाई दम्पती प्राप्तिलगायत आस्था र विश्वासमा मन्दिरमा दर्शन गर्न दैनिक सयौँको सङ्ख्यामा भक्तजन पुग्ने गरेका छन्। धान्यपूर्णिमामा लाग्ने मेलाको अवसरमा भने दैनिक हजारौँको सङ्ख्यामा भक्तजन यहाँ जाने गर्दछन्।

दुप्चेश्वर महादेवलाई हिन्दू र बौद्धमार्गीको साझा आस्थाको रूपमा पुज्ने गरिन्छ। महादेवको स्थलसम्म पुग्न यातायातको उपलब्ध सहज भएकाले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सहभागी हुन सजिलो छ। काठमाडौँबाट करिब ६२ किलोमिटर यात्रा गरेपछि मन्दिर पुग्न सकिन्छ।

काठमाडौँको टोखा–छहरे खण्डअन्तर्गत टोखा–छहरे–चौघडा–खरानिटार–समुन्द्रटार हुँदै दुप्चेश्वर मन्दिरसम्म करिब ६२ किमी यात्रा गरेपछि यहाँ पुग्न सकिन्छ। काठमाडौँबाट धादिङको गल्छी हुँदै यात्रा गर्नेलाई देवीघाटबाट गङगटे–ढिकुरे–माछापोखरी–खरानिटार–समुद्रटार हुँदै दुप्चेश्वर मन्दिर पुग्न करिब ९८ किमी यात्रा तय गर्नुपर्दछ। नुवाकोटको सदरमुकाम विदुरबाट ४० किमी उत्तर–पूर्वमा यो मन्दिर अवस्थित छ।

मन्दिर नजिकैपर्ने रामतीसम्म व्यवस्थित सडक भएकाले दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधन सहज रूपमा लैजान सकिन्छ। रामतीबाट १५ मिनेटको पैदल यात्रा गरेपछि मन्दिरसम्म पुग्न सकिन्छ। मेलामा सहभागी भक्तजनका लागि थर्पु, अस्थायी आवासका साथै झाँक्री, लामा, ठ्याङ्ग्रेहरूका लागि थप सुविधाको व्यवस्था मिलाइएको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ।

मेला धूपीसहित बाँस र निगालोबाट बुनेका डोको, थुन्से, भकारीको कारोबारका लागि परिचित मानिन्छ। लाङटाङ राष्ट्रिय निकुञ्जको उत्पादन उपभोग गरी ती वस्तु बनाउने गरिएकाले निकुञ्जले कडाइ गरेपछि हस्तकलाबाट उत्पादित सामग्री गिरावट हुँदै जानुका साथै यसको पहिचान पनि हराउँदै गएको स्थानीयको भनाइ छ।

प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

झापा । प्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा आएका छन् । विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा झापा आएका  ओलीलाई चन्द्रगढी विमानस्थलमा कोसी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई, एमालेका कोसी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले स्वागत गरे ।

उनले आजै मेचीनगर नगरपालिका–४ मा १९औँ शाखाका रुपमा स्थापना गरिएको मानवसेवा आश्रम र दमक नगरपालिका–३ दापगाछीमा नवनिर्मित दमक व्यावसायिक कम्प्लेक्सको उद्घाटन गर्ने प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

प्रजिअ बाँस्तोलाका अनुसार व्यावसायिक कम्प्लेक्स उद्घाटन कार्यक्रममा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र खानेपानीमन्त्री प्रदीप यादवसमेत सहभागी हुने कार्यक्रम छ ।

नेकपा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीले आज र भोलि दुई दिन जिल्लास्थित भवन उद्घाटन तथा शिलान्यास, खानोपानी आयोजना उद्घाटन, जग्गाधनी प्रमाणपूर्जा वितरण तथा पार्टी गतिविधिसँग सम्बन्धित कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुने जानकारी दिए ।

प्रधानमन्त्री ओलीले आज दिउँसो १२ बजे मेचीनगर–४ स्थित मानवसेवा आश्रम भवनको शिलान्यास र दिउँसो १ः३० बजे दमक–३, दापगाछीस्थित व्यावसायिक कम्प्लेक्सको उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष गिरीले जानकारी दिए ।

यसैगरी, भोलि सोमबार बिहान १० बजे बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन, ११ बजे गौरादह नगरपालिकाअन्तर्गत महारानीझोडामा जग्गाधनीपुर्जा वितरण र दिउँसो १२ः३० बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । मेचीनगरको मानवसेवा आश्रम शिलान्यासबाहेक अन्य सबै कार्यक्रम उनको निर्वाचन क्षेत्रभित्र पर्ने एमाले जिल्ला अध्यक्ष गिरीले जानकारी दिए ।

त्यस्तै, एमाले अध्यक्ष ओलीले सोमबार दिउँसो २ बजे बिर्तामोडस्थित सिटीसेन्टरमा पार्टी अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने पार्टी जिल्ला सचिव तुलसी कार्कीले बताए ।

प्रधानमन्त्री ओलीको झापा भ्रमणलाई सफल र फलदायी बनाउने सन्दर्भमा नेपाली कांग्रेस र एमालेबीच यसअघि भएको छलफलमा आवश्यक तयारीसहित जिल्लास्तरीय योजना तथा कार्यक्रम प्रधानमन्त्रीसमक्ष पेस गर्ने सहमति भएको अध्यक्ष गिरीले जानकारी दिए ।

स्वास्थ्यकर्मीहरुको सुरक्षामा बढ्दो चुनौती

 डा बच्चुकैलाश कैनी।

जहाँ स्वास्थ्यकर्मी हुन्छन्, त्यहाँ स्वास्थ्य संस्था हुन्छ र बिरामी वा सेवाग्राही उपचारका लागि जान्छन् । रोगको परीक्षण, पहिचान, निदान र स्वास्थ्य उपचारका लागि एक अनिवार्य शर्त स्वास्थ्यकर्मीको उपस्थिति हुनु हो । त्यसैले स्वास्थ्यकर्मीहरु स्वास्थ्य संस्थाको मरुदण्ड मात्रै हैनन्, मुख्य पात्र र अभिन्न अङ्ग नै हुन् । स्वास्थ्यकर्मीहरू हाम्रो समाज, सेवाग्राही, बिरामी, उनीहरुका परिवार र स्वास्थ्य संस्थाहरुका लागि धेरै अर्थमा नायकहरू हुन् । 


हाम्रो समाजका यिनै नायक स्वास्थ्यकर्मीहरु बिरामीको सेवामा अनवरत रुपमा चौबिसै घण्टा खटी हरेक सेवाग्राहीका लागि जस्तोसुकै अवस्थामा पनि सेवा उपलब्ध गराउँदा बिरामी वा बिरामीका आफन्तहरुबाट हिंसाको सिकार हुनु परेको कुरा तथ्यांकले देखाएको छ । यो हाम्रो आजको समाजको तीतो यथार्थ हो ।  


विश्व स्वास्थ्य सङ्गठनको एक प्रतिवेदनअनुसार स्वास्थ्यकर्मीमाथि हुने हिंसाको दर पेसा, समूह र मुलुकअनुसार कम्तीमा समग्रमा आठ प्रतिशतदेखि बढीमा ३८ प्रतिशतसम्म छ । यसमध्येमा स्वास्थ्यकर्मी माथिको अधिकांश हिंसा बिरामी र बिरामीको आफन्त वा कुरुवाबाट नै हुने गरेको छ । विश्वव्यापी रुपमा गरिएको अर्को एक अध्ययनअनुसार कुनै देशमा ६२ प्रतिशतसम्म स्वास्थ्यकर्मीहरूले कार्यस्थलमा हिंसाको अनुभव गरेको कुरा उल्लेख गरिएको छ । यसमध्ये सबैभन्दा बढी गैरशारीरिक हिंसाको रुपमा ५८ प्रतिशतले मौखिक दुव्र्यवहार, ३३ प्रतिशतले धम्की र १२ प्रतिशतले यौन उत्पीडनसम्बन्धी हिंसा भोगेको कुरा प्रतिवेदनमा उल्लेख छ ।  


नेपालमा पनि कार्यस्थलमा स्वास्थ्यकर्मीविरुद्ध हुने हिंसा एक गम्भीर समस्या बनेको छ । यो समस्या विशेषगरी चिकित्सक र नर्सहरूमा बढी देखिएको छ । सन् २०२३ मा प्रकाशित एक अनुसन्धानका अनुसार काठमाडौँमा ३६९ स्वास्थ्यकर्मीहरूमा गरिएको एक सर्वेक्षण अध्ययनमा ५४ प्रतिशत नर्स र ४५.५ प्रतिशत चिकित्सकले आफ्नो कार्यस्थलमा कुनै न कुनै प्रकारको हिंसा भोगेको कुरा उल्लेख गरेका छन् । 


स्वास्थ्यकर्मीमाथि कार्यस्थलमा हुने हिंसाका धेरै कारणहरू छन् । यसमध्ये प्रमुख कारण भनेको सेवाग्राही, बिरामी वा उनीहरुका आफन्तहरु  स्वास्थ्य सेवाप्रति असन्तुष्ट हुनु हो । बिरामी वा उनीहरुका आफन्तहरूलाई कहिलेकाहीँ स्वास्थ्य सेवा प्राप्त गर्न ढिलाइ भएको हुन सक्छ । त्यस्तै कुनै कारणबस स्वास्थ्यकर्मीबाट उपचारमा त्रुटि हुनसक्छ । यसैको कारण वा अन्य कुनै कारणले बिरामीको अप्रत्याशित मृत्युपछि बिरामी वा उनीहरुका आफन्तबीच आक्रोश उत्पन्न हुन्छ । फलस्वरूप यी घटनाहरुले वा प्रतिक्रियाहरुले हिंसाको रूप लिन सक्छ । 


यसैगरी, स्वास्थ्यकर्मीहरूमा उच्च कार्यभार, स्वास्थ्य संस्थाहरुमा अपर्याप्त स्रोतसाधन र बिरामीको चापका कारण पनि स्वास्थ्य संस्थाहरुमा तनाबको अवस्था सिर्जना हुन सक्छ । यसले हिंसात्मक घटनालाई बढावा दिन सक्छ ।


स्वास्थ्यकर्मीहरुले कार्यस्थलमा भोग्ने हिंसाले उनीहरुको मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । हिंसाका कारण उनीहरूको कामप्रतिको लगाव घट्न सक्छ ।  यसको प्रत्यक्ष प्रभाव सेवाग्राही वा बिरामीको सेवाको गुणस्तरमा पुग्छ । साथै, स्वास्थ्यकर्मीहरुले कार्यस्थलमा भोग्ने हिंसाकै कारण स्वास्थ्यकर्मीहरूमा उच्च तनाब, डिप्रेशन र बर्नआउटको समस्या पनि देखिन सक्छ । यस्ता समस्याले स्वास्थ्यकर्मीहरुलाई नकारात्मक प्रभाव पार्ने नै भयो, त्यसको असरले हाम्रो समाज, स्वास्थ्य प्रणाली र बिरामीहरूमा समेत प्रतिकूल प्रभाव पर्न सक्छ । 


धेरैजसो स्वास्थ्यकर्मीहरूले हिंसाका घटनाहरूलाई सम्बन्धित निकाय र आफ्नै स्वास्थ्य संस्थामा समेत जानकारी गराउँदैनन् । यसका मुख्य कारणहरुमा आफूले हिंसा भोगेको अवस्थामा स्वास्थ्यकर्मीहरुमा आफ्नै स्वास्थ्य संस्थाको व्यवस्थापनले आवश्यक सहयोग गर्छ भन्ने आभास नमिलेको हुन सक्छ । त्यसैगरी, प्रहरी प्रशासन वा न्याय प्रणालीप्रति अविश्वास हुनु र उनीहरुलाई आफ्नै पेशागत प्रतिष्ठामा असर पर्न सक्ने डर हुनु अरु कारणहरु हुन् । यसका साथै कतिपय स्वास्थ्य संस्थाहरूले आफ्नो आन्तारिक सुरक्षा प्रणालीलाई भौतिक वा प्राविधिक रुपमा मजबुत बनाउन सकेका छैनन् । यिनै कारणहरुले गर्दा नेपालमा स्वास्थ्यकर्मीहरुको सुरक्षामा बढ्दो चुनौती थपिएको छ ।


नेपालमा स्वास्थ्यकर्मीहरूमाथि हुने हिंसासम्बन्धी स्पष्ट कानुनी व्यवस्था गरिएको छ । तरपनि त्यसको प्रभावकारी कार्यान्वयन भएको देखिँदैन । स्वास्थ्य संस्थाहरुमा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीउपर हुनुसक्ने आक्रमण रोक्न, स्वास्थ्य संस्थाको भौतिक सम्पत्तिको तोडफोड वा अन्य कुनै कार्य गरी स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई हानिनोक्सानी पुर्याउने व्यक्तितलाई सजाय दिलाउन स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरूको सुरक्षासम्बन्धी ऐन, २०६६  ल्याइएको छ ।  तरपनि व्यवहारमा यो ऐन पर्याप्त रूपमा लागू भएको देखिँदैन । 


स्वास्थ्यकर्मीहरू माथि कार्यस्थलमा हुने विभिन्न प्रकारका हिंसालाई कम गर्न सम्बन्धित सबै सरकारी, स्वास्थ्य संस्था, नियमन निकाय र अन्य सबै पक्षहरु मिलेर बहुआयमिक रुपमा काम गर्नु आवश्यक देखिन्छ । यस मध्ये पहिलो र तत्काल गर्न सकिने काम भनेको हाल बिध्यमान नियम र कानूनको तत्काल अक्षरश कार्यान्वयन गर्ने हो । स्वास्थ्यकर्मीको सुरक्षाका लागि बनेको कानुनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित सबै पक्षले उचित ध्यान दिने हो भने यसलाई तत्काल कम गर्न सकिन्छ ।  यसका लागि स्थानीय प्रशासन, प्रहरी र स्वास्थ्य संस्थाबीच हातेमालो, समन्वय र सहयोगको आवश्यकता छ ।


स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई प्रशिक्षण दिएर तथा उनीहरुमा जनचेतना अभिवृद्धि गरेर पनि स्वास्थ्यकर्मीहरू माथि कार्यस्थलमा हुने विभिन्न प्रकारका  हिंसालाई कम गर्न सकिन्छ । यसका लागि स्वास्थ्यकर्मीहरूलाई तना व्यवस्थापन, सञ्चार सीप र आत्मरक्षासम्बन्धी प्रशिक्षण प्रदान गर्न सकिन्छ । साथै, बिरामी र उनीहरूको आफन्तहरूमा पनि स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवा र सुविधा, त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीहरु र स्वास्थ्य सेवाको प्रक्रियाबारे उचित जानकारी दिन सक्ने हो भने यो समस्या कम गर्न केही हदसम्म सहयोग पुग्छ । 


बिरामी र उनीहरुका आफन्तहरु आफैँ तनावमा हुन्छन् । आफैँ आर्थिक, मानसिक र स्वास्थ्य समस्याहरुसँग जुधेका हुन्छन् । कतिपय अवस्थामा स्वास्थ्यकर्मीहरुले बिरामीसँग नम्र बोल्ने, साहनुभूतिपूर्वक शालीन व्यवहार देखाउने र बिरामीलाई पर्याप्त समय दिएर रोग, औषधि, उपचार, यसको प्रभाव आदिबारेमा सबै आवश्यक जानकारी दिने हो भने पनि बिरामी र स्वास्थ्यकर्मीहरुबीचको सम्बन्ध सुमधुर बनाउन सकिन्छ ।  यसले अवश्य पनि हिंसा रोक्न सहयोग गर्छ ।  


नेपालका स्वास्थ्य संस्थाहरुमा सुरक्षा व्यवस्थाको सुदृढीकरण गर्नु जरुरी देखिन्छ ।  कतिपय केन्द्रीय र विशिष्ट प्रकारका सेवा उपलब्ध गराउने निजी एवं अन्य सरकारी स्वास्थ्य संस्थाहरुमा नेपाल प्रहरीले सुरक्षाकर्मी उपलब्ध गराए पनि स्वास्थ्यकर्मीहरु माथि कार्यस्थलमा हुने हिंसा रोक्न पर्याप्त छैन ।  त्यसैले हरेक अस्पताल र स्वास्थ्य संस्थाहरूमा आफैँले पर्याप्त सुरक्षा कर्मचारीको व्यवस्था गर्नुपर्छ । हरेक अस्पताल र स्वास्थ्य संस्थाहरू आधुनिक प्रविधिहरू जस्तै सिसिटिभी क्यामेरा र आपत्कालीन उद्धार प्रणाली वा आपत्कालीन प्रतिक्रिया प्रणालीको स्थापना गर्नु, त्यसको प्रभावकारी निरीक्षण, अनुगमन र कार्यान्वयन गराउनु पनि आवश्यक छ ।


स्वास्थ्यकर्मीहरू माथि कार्यस्थलमा हुने विभिन्न प्रकारका हिंसाको भौतिक, शारीरिक र मनोवैज्ञानिक पक्ष पनि छ । हरेक अस्पताल र स्वास्थ्य संस्थाहरूले हिंसाका घटनामा परेको स्वास्थ्यकर्मीलाई परामर्श र मनोवैज्ञानिक सहयोग उपलब्ध गराउनुपर्छ ताकि उनीहरूले मानसिक रूपमा पुनःसक्रियता हासिल गर्नसक्ने बनुन् र पूर्णरुपमा शारीरिक र मानसिक रुपमा स्वस्थ बनून् ।  
यी सबै कुराहरुको साथसाथै नेपालमा स्वास्थ्यकर्मीहरू माथि कार्यस्थलमा हुने विभिन्न प्रकारका  हिंसा कम गर्न नीतिगत सुधार पनि गर्नु जरुरी छ । 


स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि अहिले भएका नीति नियम र कानूनहरु परिमार्जन गर्दै थप कडा नियमहरु बनाउनु आवश्यक छ । यस्तो नयाँ नियममा हिंसामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्ने प्रावधान राख्नु जरुरी छ । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐन २०६६ मा आवश्यक संशोधन गरी स्वास्थ्यकर्मी माथि हातपात भएमा तत्काल गैरजमानती गिरफ्तार (जेल विदआउट बेल) गर्ने व्यवस्था प्रभावकारी बनाई लागू गर्नुपर्छ ।  


नेपालमा कार्यस्थलमा स्वास्थ्यकर्मीहरू माथि हुने हिंसा एक गम्भीर समस्या हो, जसले स्वास्थ्य सेवाको उपलब्धता, पहुँच र गुणस्तरमा प्रतिकूल प्रभाव पार्न सक्छ । यस समस्याको समाधानका लागि कानुनी, संस्थागत र मनोवैज्ञानिक पक्षमा तत्काल सुधार गर्नु आवश्यक छ । त्यसैगरी नेपालमा स्वास्थ्यकर्मीहरूविरुद्ध कार्यस्थलमा हुने हिंसा रोक्नका लागि सबै सरोकारवालाहरूले मिलेर काम गर्नु पर्ने देखिन्छ । स्वास्थ्यकर्मीहरूको सुरक्षामा ध्यान नदिए स्वास्थ्य सेवा प्रणालीलाई स्थायित्व दिन, स्वास्थ्यकर्मीहरुको मनोबल उठाउन र समग्र स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्न कठिन हुनेछ ।


(बेलायतमा स्वास्थ्य सेवा व्यवस्थापनमा परामर्शदाता रहनुभएका लेखक स्वास्थ्य सेवा व्यवस्थापनको प्राध्यापक पनि हुनुहुन्छ)

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौंमा

काठमाडौं । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आएका छन् । सहायक विदेशमन्त्री लु आइतबार काठमाडौं आएका हुन् ।

आफ्नो दक्षिण एशिया भ्रमणको क्रममा उनले नेपाल भ्रमणका क्रममा सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्ने काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

उनको यो भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला सशक्तिकरण, सांस्कृतिक संरक्षण, र दिगो विकासजस्ता मुख्य क्षेत्रहरूमा दुई देशबीचको सहकार्यलाई अघि बढाउन मद्दद पुग्ने दूतावासले उल्लेख गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलगत्तै अमेरिकी उच्च अधिकारीको नेपाल भ्रमणलाई चासोका साथ हेरिएको छ ।

प्रहरीले रविलाई मानसिक यातना दिएको भन्दै मानव अधिकार आयोगमा रास्वपाको उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सभापति रवि लामिछानेलाई सरकारले प्रतिसोधपूर्ण व्यवहार गरेको राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ ।

रास्वपाले सभापति लामिछानेको जीउज्यानको सुरक्षा तथा मानवअधिकारको रक्षा गरी न्याय प्रदान गर्न गराउन आयोगमा उजुरी दिएको हो । उजुरीमा लामिछानेका मौलिक अधिकार सुनिश्चित गरिनुपर्ने, उनीविरुद्ध भएका मानवअधिकार हननका घटनाहरुको सत्य तथ्यपूर्ण तथा निष्पक्ष छानबिन गर्नुपर्ने र घटनाका दोषीमाथि कानुन बमोजिम कारवाही गर्नुपर्ने माग गरिएको छ ।

राज्यको न्यायिक पद्दति, कानुनी शासन र लोकतान्त्रिक मावनअधिकारको रक्षार्थ सम्मानित आयोगबाट सक्रिय कदम चाल्न रास्वपाले आग्रह गरेको छ ।

उजुरीमा भनिएको छ, ‘प्रहरी अनुसन्धानका लागि भनि लगिएको उहाँलाई विभिन्न किसिमले मानसिक यातना दिनुका साथै मानवअधिकार समेत हनन हुने गरी राज्य संयन्त्रबाट अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको तर्फ सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछौं ।’

एनपीएलमा जनकपुरको जित

काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुरले लुम्बिनीलाई १ रनले हराएको हो ।

जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्बिनी पूरै ओभरमा ८ विकेट गुमाउँदै १३५ रनमा समेटियो । लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ३५ रन जोड्दा टम मोरिसले ३१ रनको योगदान गरे ।

ओपनर अजुर्न साउदले २० र सन्दीप जोराले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् । जनकपुरका लागि हर्ष थाकेरले ५ विकेट लिए । यसअघि जनकपुरले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १३६ रन बनाएको थियो ।

धादिङको कृष्णभीरमा ग्यासको बुलेट दुर्घटना

मलेखु(धादिङ) । चितवनबाट काठमाडौँतर्फ आउदै गरेको भारतीय ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आज बिहान दुर्घटनामा परेको हो । बुलेट सडकबाट तल खसेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार अहिले उद्धार जारी छ । यद्यपि घाइते कोही पनि भेटिएको छैन । अहिले चालक र सहचालकको खोजी भइरहेको छ । सडकबाट तल खसेको गाडीको केही भाग भीरमा अड्किएको छ ।

सो क्षेत्र नजिकैका वासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । ग्यास चुहावट भएको देखिएमा तुरुन्त प्रहरीको १०० नम्बरमा जानकारी गराइदिन पनि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए ।

समलिङ्गी विवाह दर्ता गर्ने सर्वोच्चको अन्तरिम आदेशविरुद्ध युवराज सफलले गरे रिट दर्ता

काठमाडौं । समलिंगी विवाह दर्ता गर्न यसअघि सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशविरुद्धमा रिट दर्ता भएको छ । युवराज सफलको रिट यसअघि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो । त्यसपछि सफल दरपीठविरुद्ध इजलास पुगेका थिए । सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले रिट दर्ता गर्न आदेश दिएको थियो । इजलासको आदेशपछि सफलले आइतबार रिट दर्ता गरेका छन् । रिटको पेसी मंसिर २५ गतेलाई तोकिएको सफलले जानकारी दिएका छन् ।

गतवर्ष सर्वोच्च अदालतले समलिंगी विवाहको अस्थायी विवाह दर्ता गरिदिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले समलिंगी विवाह गर्ने जोडीहरुले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गरिदिन आवश्यक व्यवस्था गरिदिन अन्तरिम आदेश जारी गरेको थियो ।

समलिंगी विवाह दर्ता गर्न नेपालको कानुन बाधक रहेको भन्दै ब्लु डायमन्ड सोसाइटीको तर्फबाट अध्यक्ष पिंकी गुरुङसहित ७ जनाले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

उनीहरुले विवाह दर्तासम्बन्धी मुलुकी देवानी संहिता २०७४ मा रहेको व्यवस्था संशोधनको माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसमेतलाई विपक्षी बनाई रिट दिएका थिए ।

कलको ह्याण्डिल र फरुवाले हानेर झापामा ८३ वर्षीया वृद्धिको हत्या, दुईजना पक्राउ

झापा । प्रहरीले झापामा ८३ वर्षीया वृद्धाको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । झापा गाउँपालिका–६ पुष्पाञ्जली टोल बस्ने ८३ वर्षीया वृद्धा फुलमाया मुर्मुको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापाको झापा गाउँपालिका–७ का २८ वर्षीय अजय यादव र झापाकै शिवसताक्षी नगरपालिका–७ का २४ वर्षीय अशोक यादव छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले पक्राउ गरेको हो ।

मंसिर २२ गते मुर्मु मृत भेटिएकी थिइन् । त्यसपछि अनुसन्धानका क्रममा वृद्धालाई टाउको र चिउडोमा प्रहार गरी हत्या गरेको खुलेको थियो । प्रहरीले आरोपीले हत्यामा प्रयोग भएको कलको ह्याण्डिल र फरुवा समेत बरामद गरेको छ । हत्यापछि लुटिएको मोबाइल र एउटा साइकल समेत प्रहरीले बरामद गरेको जनाएको छ ।

सिरियाली विद्रोहीद्वारा राजधानी दमास्क कब्जा

बीबीसी । सिरियाली विद्रोहीहरूले लामो समयदेखि शासन गरिरहेका राष्ट्रपति बशर अल–असदबाट सिरिया “मुक्त“ भएको घोषणा गरेका छन् । विद्रोहीले राजधानी कब्जा गरिरहँदा त्यहाँको सरकारी फौज पछाडि हटेको छ र सहरको केन्द्र भागमा गोलीका आवाज सुनिएका छन् ।

असदले एक विमानमार्फत् दमास्कस छाडेको बताइएको छ। तर उनी कहाँ गएका हुन् भन्ने प्रस्ट भएको छैन । सिरियाको अवस्थाबारे विद्रोही फौजले गरिरहेका कैयौँ नयाँ घोषणामध्ये एकमा राष्ट्रपति असद देश छाडेर भागेको जनाइएको छ ।

सोसल मिडियामा देखापरेका अपुष्ट भिडिओ फुटेजहरूमा असदका विरोधीलाई यातना र मृत्युदण्ड दिने गरिएको त्यहाँको कुख्यात सनाय जेलबाट हजारौँ बन्दीहरू मुक्त पारिएको देखिन्छ ।

विद्रोहीहरूले देशको तेस्रो ठूलो सहर होम्सलाई ‘पूर्ण रूपबाट स्वतन्त्र पारेको’ बताएको केही समयमा उनीहरू राजधानी प्रवेश गरेका हुन् । विद्रोही फौज दमास्कस प्रवेश गरेसँगै त्यहाँको सरकारी टेलिभिजनले प्रसारण बन्द गरेको थियो । सिरियाका विपक्षी नेता हदि अल–बहराले अरबीक समाचार संस्था अल–अरबीयालाई असदको शासन ढलेको र ‘सिरियाको इतिहासमा एउटा अँध्यारो युग सकिएको’ बताएका छन् ।

सिरियाली आन्दोलन र विपक्षी फौजहरूको एक राष्ट्रिय गठबन्धनको नेतृत्व गरिरहेका बहराले दमास्कसको अवस्था सुरक्षित रहेको भन्दै आश्वस्त पार्ने प्रयास गरेका छन् । राष्ट्रलाई सम्बोधन गर्दै सिरियाका प्रधानमन्त्री मोहम्मद गाजी अल–जलालीले आफू पदमा रहिरहे देशमा सरकारको निरन्तरता कायम राख्ने काम ‘गर्न सघाउन तयार’ रहेको बताएका छन् ।

नयाँ चरणको सरकारविरोधी हमलाको नेतृत्व गरिरहेको इस्लामवादी विद्रोही समूह हायात तहरिर अल–शामका नेताले टेलिग्राममा सहरमा रहेका आफ्ना सेनाहरूलाई राजधानीका सरकारी संस्थाहरूमा प्रवेश नगर्न आदेश दिएका छन् । मोहम्मद अल जोलानीले आधिकारिक रूपमा हस्तान्तरण नहुँदासम्म ती निकायहरू प्रधानमन्त्रीको निगरानीमा रहने बताएका छन्।

विद्रोहीले राजधानी कब्जा गर्न लागेपछि सिरियाका राष्ट्रपति असद भागेको आशंका

बीबीसी । विद्रोहीहरु सिरियाको राजधानी दमास्क नजिक पुग्दा त्यहाँ अन्योल र त्रास बढेको छ । राष्ट्रपति बशर अल–असद परिवारको शक्तिका प्रतीकका रूपमा रहेका दमास्कस वरपरका कैयौँ उपनगरहरूमा तोडफोड वा ध्वस्त भएका छन् ।

त्यहाँको आन्तरिक मामिला मन्त्रालयले राजधानी वरिपरि बलियो रक्षात्मक घेरा निर्माण गरिरहेको जनाएको छ । तर देशभरका विद्रोही समूहहरूले कब्जामा लिएका सहर,नगर र गाउँहरूमा सरकारी सेनाले त्यस्तो कुनै पनि सुरक्षा प्रदान गर्न असफल भएको प्रस्टसँग देखिन्छ ।

यतिबेला राष्ट्रपति बशर अल–असद कहाँ छन् भन्ने हल्ला चासोपूर्वक चलिरहेको छ र त्यो थाहा पाउन मानिसहरूले दमास्कस आउजाउ गर्ने उडानहरूको निगरानी गरिरहेका छन् ।

सबैजना अशद देशमै छन् वा छैनन् भन्ने जान्न खोजिरहेका छन् । राष्ट्रपति अशदको कार्यालयले त्यस्ता सबै खबरको खण्डन गर्दै उनी अझै दमास्कसमै रहेको र नियमित रूपमा आफ्नो काम गरिरहेको जनाएको छ।

तर त्यसको सङ्केत भने देखिएको छैन । सिरिया यतिखेर एक विभाजित देशका रूपमा छ, जहाँ वर्षौँ लामो गृहयुद्धको गहिरो घाउ अझै निको हुन सकेको छैन ।

त्यहाँ करिब डेढ साता अघिसम्म झण्डै चार वर्षदेखि कायम गरिएको एकखाले गतिरोध र यथास्थिति थियो । देशमा चलिरहेको गृहयुद्धबीच राष्ट्रपति असदको आफ्ना अरब नेताहरूसँगको सम्बन्ध क्रमशः सुधार भए तापनि सिरियाभित्र युद्धपछिको अवस्थामा जनताको सुखद भविष्य निर्माण गर्ने दिशामा कुनै प्रगति भएको देखिएको छैन ।

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै पटेकडाँडा

तेह्रथुम । तेह्रथुम र धनकुटाको सीमा क्षेत्रमा अवस्थित पर्यटकीयस्थल पटेकडाँडा आन्तरिक पर्यटकका निम्ति आकर्षक गन्तव्यका रूपमा विकास भइरहेको छ ।

समुद्री सतहबाट दुई हजार सात सय दुई मिटर उचाइमा रहेको पटेकडाँडाबाट मौसम खुलेको समयमा मकालु, कुम्भकर्ण सहितका सुन्दर हिमशृङ्खलासँगै तेह्रथुम र धनकुटालगायत छिमेकी जिल्लाका विभिन्न स्थानको अवलोकन गर्न सकिन्छ । पटेकडाँडा सूर्योदय र सूर्यास्तको दृष्यावलोकनका लागि प्रख्यात छ ।

सरकारले सय गन्तव्य सूचीमा राखेको पटेकडाँडा कोशी राजमार्गअन्तर्गत धनकुटाको छथरजोरपाटी गाउँपालिकास्थित सिधुवा बजारबाट ४५ मिनेट उकालो चढेपछि पुगिन्छ ।

स्थानीय सरकारको पहल एवं सङ्घीय र प्रदेश सरकारको सहकार्यमा सिधुवा बजारबाट केही माथि पैदलयात्राका लागि रेलिङसहितको सिँढी निर्माण गरिएको छ । डाडाँमा शौचालय र वनभोजस्थल बनाइएका छन् । त्यहाँ पूर्वाधार निर्माण भएसँगै पर्यटकको चहलपहल बढेको स्थानीय छिरिङ शेर्पाले बताउछन् ।

सरकारले सय गन्तव्य सूचीभित्र पटेकडाँडालाई राखेपछि यो स्थानमा आन्तरिक पर्यटक जान थालेका हुन् । पर्यटकको चहलपहल बढेसँगै सिधुवा बजारको व्यापार–व्यवसायमा वद्धि भएको स्थानीय व्यवसायी मेघराज घिमिरेले बताए । उनले पटेकडाडाँको प्रचारप्रसार र थप पर्यटनमैत्री पूर्वाधार निर्माण गर्न आवश्यक भएको बताए।

लालीगुराँसको राजधानी तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रको भ्रमण गर्ने धेरै पर्यटकको रोजाइमा पटेकडाँडा परेको छ । विशेषतः हिउँदमा वनभोज खाने र गुराँस फुल्ने याममा त्यहाँ धेरै पर्यटक पुग्ने गरेका छन् । पर्याप्त प्रचारप्रसार र थप प्रकृतिमैत्री पर्यटन पूर्वाधारको विकास गरेर पटेकडाँडामा बाह्रैमास पर्यटक भित्र्याउन सकिने व्यवसायी घिमिरेले बताए ।

कैलालीबाट एक करोड भन्दाबढीको सुन, चाँदी र नगदसहित तीनजना पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले कैलालीको भजनीबाट एक करोड रुपैयाँ भन्दा बढी मूल्यका सुन, चाँदी, नगदसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुर्खेतका चौकुनी गाउँपालिका–१० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका–१ बस्ने ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका– ११ बस्ने ३२ वर्षीय महेश सुनार रहेका छन् । भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा इलाकाबाट शनिबार साँझ उक्त सामान बरामद भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलाली मातहतको बोर्डर आउट पोष्ट (बीओपी) पगियापसारले नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शङ्का लागि जाँच गर्दा ८० लाख ७९ हजार ५ सय ६१ रुपैयाँ मूल्य पर्ने ६ सय २० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको ८ किलो ९ सय १४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६ सय २५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाडाकुडा फेला परेको हो। 

उनीहरुको साथमा रहेको सामानको श्रोत नखुलेपछि नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको थापाले बताए ।

गाजामा युद्धविरामका लागि वार्ताको समय आएको कतारी प्रधानमन्त्रीको भनाइ

दोहा । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि गाजामा युद्धविराम र बन्धक आदानप्रदान सम्झौतालाई मजबुत बनाउने उद्देश्यका साथ वार्ता गर्ने समय फेरि भएको कतारका प्रधानमन्त्रीले बताएका छन् ।

राजनीतिक संवादका लागि दोहा फोरममा कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जसिम अल थानीले भने, “अमेरिकी निर्वाचनपछि हामीले युद्धविराम वार्ताको आवश्यकता महसुस गरेका छौँ र यो समय फेरि आउँदैछ।”

कतारी प्रधानमन्त्रीले भने, ‘कार्यकाल सकिँदै गरेको र नयाँ आउन लागेको अमेरिकी प्रशासनको सम्झौताप्रतिको दृष्टिकोणमा ‘केही भिन्नता’ भए पनि ‘युद्ध अन्त्य गर्ने लक्ष्यमा कुनै असहमति देखेका छैनौँ ।”

संयुक्त राज्य अमेरिका र इजिप्टसँग मिलेर कतारले गाजामा युद्धविराम र बन्धक रिहाइका लागि महिनौंदेखिको असफल वार्ताका लागि मध्यस्थता गरेको थियो । वार्ताको उद्देश्य र युद्धरत पक्षबीचको बुझाइमा एकरूपता आउन नसक्दा कतारले तत्कालका लागि मध्यस्थताको औचित्यता सकिएको निष्कर्ष निकाल्दै जिम्मेवारीबाट पछि हटेको थियो ।

गत नोभेम्बरमा दोहाले हमास र इजरायलले ‘इच्छा र गम्भीरता’ देखाएपछि मध्यस्थता पुनः सुरु गर्ने घोषणा गरेको थियो ।

शेख मोहम्मदले भने, “राष्ट्रपति कार्यालय आउनुभन्दा पहिले नै सम्झौता हासिल गर्नका लागि आगामी प्रशासनबाट धेरै प्रोत्साहन प्राप्त भएको छ, यसले विगत दुई हप्तामा वार्तालाई ‘ट्रयाकमा फर्काउने’ कतारी निर्णयलाई बल मिलेको छ । “हामी जतिसक्दो चाँडो काम सम्पन्न गर्ने आशा राख्छौं हाम्रो सबै पक्षहरूको सद्भावमा संलग्न हुने इच्छा जारी रहनेछ।”

संयुक्त राज्य अमेरिकाको समर्थनमा सन् २०१२ देखि कतारले हमासका लागि उसको राजनीतिक ब्युरोलाई राख्न दिएको बिषयलाई लिएर कतारले थप दबाब को सामना गर्नुपर्ने सम्भावना रहेको भन्ने भनाइलाई पनि प्रधानमन्त्रीले खण्डन गरेका छन् ।

कार्यालयलाई ‘विभिन्न पक्षबीच भेला हुने मञ्च’ को संज्ञा दिँदै कतारले प्यालेस्टिनी लडाकूविरुद्ध अन्य समाधान खोज्ने अपेक्षा नगरिएको’ उनले बताए ।

सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणका क्रममा लडाकूहरूले २५१ जनालाई अपहरण गरेका थिए, जसमध्ये ९६ जना गाजामै छन् । गाजामा रहेका भनिएकामध्ये पनि ३४ जनाको मृत्यु भएको पुष्टि इजरायली सेनाले गरेको छ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साताको सुरुमा सामाजिक सञ्जालमार्फत आफूले कार्यभार सम्हाल्ने बेलासम्म बन्धक बनाइएकाहरूलाई रिहा नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए । ट्रम्पले इजरायललाई कडा समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सिरियामा लेबनानी हिजबुल्लाह समूहले दुई हजार लडाकू पठाएको दावी

बेरुत । लेबनानको हिजबुल्लाह समूहले सिरियामा दुई हजार लडाकू पठाएको उक्त समूहनिकट एक स्रोतले बताएको छ ।

सन् २०११ देखि सिरियाली युद्धमा राष्ट्रपति बसर अल असदको सेनासँग मिलेर लडेको इरान समर्थित समूहले लेबनानी सीमा नजिकैको कुसेर क्षेत्रमा दुई हजार लडाकू पठाएको समूह सम्बद्ध स्रोतले एएफपीलाई जानकारी दिएको छ ।

स्रोतका अनुसार गत हप्ता इस्लामवादी नेतृत्वको विद्रोहीआक्रमण सुरु भएयता हिजबुल्लाहले युद्धमा सक्रिय सहभागिता जनाएको छैन ।

सिरिया–लेबनान सीमामा पर्ने पहाडमा समूहका लडाकुलाई ‘आफ्नो स्थानको र ा ागर्न’ पठाइएको र हिजबुल्लाहले अहिलेसम्म कुनै पनि लडाइँमा भाग नलिएको स्रोतले जनाएको छ ।

सिरियामा विद्रोही गठबन्धनले सिरियाका दुई मुख्य शहर (उत्तरको अलेप्पो र मध्यभागको हामा) मा कब्जा जमाइसकेको छ ।

हिजबुल्लाह र इजरायलबीचको युद्धमा युद्धविराम लागू भएको दिन नोभेम्बर २७ मा उनीहरूले आफ्नो आक्रमण सुरु गरेका थिए, युद्धविरामले लेबनानी समूहलाई कमजोर बनाएको छ ।

रिरियाली युद्ध अनुगमनकारी संस्था –सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वार मोनिटर) का अनुसार शनिबार विद्रोही सेना सिरियाली मध्य शहर होम्सको प्रवेशद्वारमा थिए र राजधानी दमास्कसतर्फ अघि बढिरहेका थिए ।

स्रोतका अनुसार हिजबुल्लाहले सिरियाली सेनालाई शहरको र ा ागर्ने निर्णय गरेमा सहयोग गर्न होम्सलाई १५० सैन्य सल्लाहकार पठाएका थिए ।

हिजबुल्लाहले सन् २०१३ देखि नै असदको सेनालाई खुलेर समर्थन गर्दै आएको छ ।

हिजबुल्लाहका लडाकुहरूले सन् २०११ मा सरकार विरोधी प्रदर्शनको दमनपछि सुरु भएको गृहयुद्धमा गुमेको क्षेत्र फिर्ता लिन असदलाई सहयोग गरेका थिए ।

लेबनानी समूहले सन् २०१३ मा सिरियाली सरकारी फौजलाई विद्रोहीको कब्जाबाट कुशायर शहरबाट फिर्ता लिएको थियो भने हिजबुल्लाहले पछि त्यहाँ सैन्य आधार र प्रशिक्षण शिविर स्थापना गरेको थियो ।

तर गत हप्तासम्म सिरियामा जारी युद्ध सुषुप्त अवस्थामा रहेकाले हिजबुल्लाहले ‘विगत दुई वर्षमा आफ्ना अधिकांश लडाकूलाई फिर्ता बोलाएको छ,” स्रोतले भनेको छ ।

स्रोतले भन्यो, “हिजबुल्लाहले अलेप्पो र हामामा सैन्य सल्लाहकारहरू राखेको थियो, हालैका दिनहरूमा विद्रोही सेनाले यी दुई शहरहरू कब्जा गर्नुअघि उनीहरू त्यहाँबाट भागेका थिए वा थिएनन् भन्ने कुरा निर्दिष्ट गरिएको छैन ।”

रुस र इरानले पनि असदको शासनलाई समर्थन गर्न युद्धमा हवाई हस्तक्षेप गरेका छन् ।

तेहरानले नोभेम्बर २८ मा अलेप्पोमा भएको झडपमा रिभोलुसनरी गार्डका एक जनरलको मृत्यु भएको घोषणा गरेको थियो ।

सिरियाली विद्रोहीद्वारा ‘दमास्कस वरपर’ आक्रमण

बेरुत । सिरियाली विद्रोही हयात तहरीर अल–शाम (एचटीएस) र सहयोगी समूहले सिरियाको सरकारी नियन्त्रणमा रहेको राजधानी दमास्कसलाई घेरेर आक्रमण केन्द्रित गरिएको बताएका छन् ।

सन् २०११ मा सिरियाली राष्ट्रपति बसर अल असदले प्रजातान्त्रिक प्रदर्शनमा दमन गरेसँगै सुरु भएको सिरियाको गृहयुद्ध सुषुप्त अवस्थामा पुगेपछि नोभेम्बर २७ देखि एचटीएस नेतृत्वको गठबन्धनले राष्ट्रपति बशर अल असदको सत्ताका लागि सबैभन्दा ठूलो खतराको प्रतिनिधित्व गरेको छ ।

विद्रोही कमाण्डर हसन अब्देल घानीले सरकारविद्धको लडाई सफल भइरहेको दावी गर्दै भने, “हाम्रा सेनाले राजधानी दमास्कसलाई घेर्ने अन्तिम चरण सुरु गरेका छन् ।”

यसअघि उनले दमास्कसको ग्रामीण इलाकामा रहेको सासा (सुरक्षा) शाखालाई सेनाले नियन्त्रणमा लिएको बताएका थिए ।

एचटीएसका नेता अबु मोहम्मद अल–जोलानीको सट्टा आफ्नो वास्तविक नाम अहमद अल–शरा प्रयोग गरी शनिबार टेलिग्राममा विद्रोही लडाकुहरूलाई सम्बोधन गर्दै भने, “दमास्कस तपाईंहरूलाई पर्खिरहेको छ ।”

– सेनाद्वारा खण्डन –

असदप्रति वफादार रहेको सिरियाली रक्षा मन्त्रालयले सेना आफ्नो स्थानबाट भागेको अस्वीकार गरेको छ ।

“दमास्कस ग्रामीण क्षेत्रमा रहेका हाम्रा सशस्त्र सेना फिर्ता भएको भन्ने समाचारमा कुनै सत्यता छैन,” विज्ञप्तिमा भनिएको छ ।

सिरियाली युद्ध अनुगमनकारी संस्था –सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वार मोनिटर) ले दमास्कसबाट करिब १० किलोमिटरको दूरीमा रहेको सहरबाट सरकारी सेना फिर्ता हुन लागेको जनाएको छ ।

आँखा शिविरले देखायो ११ वर्षपछि दिदी-भाइलाई संसार

धुलिखेल । दुवै आँखा नदेखेका कारण आफन्त र छरछिमेक चिन्न नसक्ने प्रकाश घिसिङ अहिले राम्रोसँग आँखा देख्ने भएपछि दङ्ग छन् । काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–३ सानोपोखराका उनले वर्षौँपछि आँखा देख्न पाएको बताए ।

नजिकको मात्रै अलिअलि देख्ने उनको नजिक आएर बोलेपछि बोलीबाट मात्रै मान्छे चिन्ने गरेका थिए । यसरी नै ११ वर्ष बिताएका उनी गाउँमा सञ्चालित आँखा शिविरमा शल्यक्रियापश्चात छ्याङ्गै आँखा देखेपछि खुसीले दङ्ग भएका छन् ।

‘जन्मेको दुई वर्षदेखि आँखा देख्न छाडेपछि घिसङगाउँमा नै सञ्चालन भएको आँखा शिविरबाट नयाँ जीवन पाएकामा धेरै खुसी छु’, उनले भने, ‘आँखा देख्ने भएपछि अहिले गाउँघर, छरछिमेक, साथीभाइ र डाँडापाखा सबै देख्न र हेर्न पाएकामा खुसी छुँ ।’

प्रकाशमात्र होइन, दिदी सुस्मिता घिसिङको पनि अवस्था उस्तै थियो । गाउँकै कक्षा ६ मा अध्ययनरत उनले धेरै नजिकको मात्रै देख्ने र टाढाको कुनै पनि वस्तु देख्न नसक्ने अवस्थामा रहेको बेला आँखा शिविरबाट नयाँ जीवन पाएको बताईन् । दिउँसो जसोतसो हिँडडुल गरे पनि राति अरुको सहारामा हिँड्नुपर्ने बाध्यता रहेकामा शल्यक्रियपश्चात राम्रोसँग देख्न पाएको उनले बताईन् । जन्मेको दुई वर्षदेखि आँखा देख्न छाडेको थियो ।

‘देख्न ठप्पै भएपछि बेलाबखत आँखा उपचारका लागि जाउँ भन्ने कुरा आए पनि खर्च अभावका कारण हामीले उपचार गर्न पाएका थिएर्नौ’, सुस्मिताले भनिन्, ‘गाउँमा आएको शिविरमा उपचारपछि बल्ल सबै चिज देख्न पाएका छु ।’

दुई जनामात्र होइन, गाउँमा सञ्चालन भएको आँखा शिविरबाट एक हजार तीन सय ६ जनाले घरआँगनमा नै उपचार सेवा पाएका छन् । महाभारत गाउँपालिकाको आयोजनामा नेपाल आँखा कार्यक्रम ख्वप तिलगङ्गा आँखा अस्पताल भक्तपुरको प्राविधिक सहयोग र अगचभ दष्लिमलभकक परियोजनाको आर्थिक सहयोगमा पालिकाका विभिन्न वडामा सञ्चालन गरेको शिविरबाट एक सय जनाको आँखाको शल्यक्रिया गरेको छ ।

तिलगङ्गा ख्वप आँखा अस्पतालका इन्चार्ज धिरज अधिकारीले शिविरमा आँखा परीक्षणबाट छनोट भएका मोतियविन्दुका बिरामीको घर्तिछाप स्वास्थ्य चौकीमा डा सुदीप राजभण्डारीको नेतृत्वमा एक सय ३५ जनाको शल्यक्रिया गरेको बताए । यस क्रममा शल्यक्रियासहित आवश्यक औषधि र चश्मालगायत सामग्री निःशुल्क वितरण गरिएको थियो । शिविरमा १३ वर्षदेखि १०० वर्षसम्मका नागरिकको आँखा परीक्षण गरिएको थियो ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले गाउँमा नै बसेर विशेषज्ञ डाक्टरबाट सेवा लिन निकै कठिन र खर्चिलो भएको, कतिपय रोग लुकाएर बस्ने भएको तथा जटिल प्रकारका रोग भएको अवस्थामा पनि प्रस्ट भन्न नसक्ने अवस्थाका नागरिकहरु भएका कारण वार्षिक रूपमा गाउँका बस्ती–बस्तीमा नै गएर निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको बताए ।

सर्लाहीका तीन विद्यार्थीले बनाए इभी ट्याक्टर

बरहथवा (सर्लाही) । कक्षा ११ र १२ पढ्दै गरेका तीन छात्रले मिलेर विद्युतीय ट्याक्टर निर्माण गरेका छन् । लालबन्दी नगरपालिका–९ बस्तीपुरस्थित आइडियल कोएड एकेडेमीका छात्रले विद्युतीय ट्रयाक्टर निर्माण गरेका हुन् । विद्यालयको १२ कक्षामा अध्ययनरत पल्लव कौशिक, नवराज बस्नेत र आशिष महतोले विद्यालयको सहयोगमा ब्याट्रीबाट चल्ने ट्रयाक्टर निर्माण गरेका प्रधानाध्यापक राजु पञ्जियारले जानकारी दिए ।

उक्त ट्रयाक्टरबाट साना किसानले खेतीपातीमा राम्रो सुविधा लिन सक्ने विद्यालयका विज्ञान शिक्षक सविन चौधरीको भनाइ छ । उक्त इभी ट्रयाक्टरमा १२ भोल्टेज एक सय ५० एम्पिएरको चारवटा ब्याट्री प्रयोग गरिएको इलेक्ट्रिक पाटो सम्हालेका छात्र आशिष चौधरीले बताए । तीन पाङ्ग्रे ट्रयाक्टरमा सामान बोक्ने ट्रली र खेत जोत्न रोटाभेटर जडान गरिएको छ । ट्रयाक्टरमा ट्रलीको सामान हाइड्रोलिकको सहायताले खन्याउने सुविधा पनि छ ।

“रोडाभेटर समेत निकै उच्च गुणस्तरको रहेकाले खेत राम्रोसँग जोत्न मिल्छ”, छात्र पल्लव कौशिकले भने, “थोरै खेत भएका साना किसानका लागि जोत्न, गोडमेल गर्न तथा सामान्य बालीनाली खेतबाट बजारसम्म लैजान सुविधा हुन्छ ।” विज्ञान तथा प्रविधिमा निकै चाख मानेर पढ्ने छात्रहरूको अन्तरनिहीत क्षमता बाहिर ल्याउने उद्देश्यसहित इभी निर्माणमा प्रोत्साहन गरिएको प्रधानाध्यापक पञ्जियारले बताए ।

“सानो हौसलाले उनीहरूले ठूलो क्षमता प्रदर्शन गरेका छन्”, उनले भने, “राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख वैज्ञानिक महावीर पुनले समेत छात्रलाई सामानसहित लगेर थप स्तरीय बनाउने र व्यावसायिक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।”

छात्रहरूले गत मङ्गलबार र बुधबार बलरा नगरपालिका–४ गडहिया डुमरियामा भएको दुईदिने जिल्लास्तरीय विज्ञान प्रदर्शनीमा उक्त ट्याक्टर प्रदर्शन गरेका थिए । आधुनिक प्रविधिको प्रयोगबाट निर्माण गरिएकाले यसले व्यावसायिक सफलता पाउने छात्रहरूको दाबी छ । अहिलेलाई क्षमता प्रदर्शनको माध्यम भए पनि नयाँ कुराको आविष्कार रुचिको विषय भएको छात्र कौशिक बताउँछन् ।

कवाडीमा फालिएका मोटरसाइकलका पार्टस्, विभिन्न साइजका फलामका टुक्रा र काठको प्रयोग गरेर निर्माण गरिएको यस विद्युतीय बनाए निर्माणमा एक लाख १५ हजार बढी खर्च भएको छ । आफूहरुको लागि यो निकै ठूलो सिकाइ भएको भन्दै आगामी दिनमा बन्ने ट्रयाक्टर अझै कम मूल्यमा निर्माण सम्पन्न हुने छात्र बस्नेत बताउँछन् ।

“हामीले नजानेर केही सामान नास भए, केही बिग्रिए, यसले गर्दा यसमा केही खर्च बढेको छ”, उनले भने, “अन्य सामानको परिमाणले समेत थप लागत कम हुने अपेक्षा गरेका छौं ।”

यसले गर्दा सामान्यभन्दा सामान्य किसानका लागि यो उपयोगी बन्नेमा आफूहरू ढुक्क रहेको छात्र महतोले बताए । छात्रहरूको मेहनत र क्षमतालाई उनीहरूको चाहनाअनुसार नै थप परिस्कृत गर्ने योजना रहेको विद्यालयले जनाएको छ ।

निर्माण गरेको विद्युतीय ट्याक्टर गुडाएर देखाउँदा अभिभावक तथा शिक्षक शिक्षिकाले खुसी व्यक्त गरेका थिए । इन्धनको रूपमा ब्याट्रीको प्रयोग वातावरणीय हिसाबले उपयुक्त रहेको तथा एकपटक चार्ज गर्दा एक सय ९० किलोमिटरसम्म गुड्ने यसले डिजल, पेट्रोलको दाँजोमा खर्च कम हुने छात्रहरूको दाबी छ । यसमा एकपटकमा ६ क्विन्टलसम्म सामान बोकेर सहजै गुड्ने क्षमता रहेको उनीहरू बताउँछन् ।

बगैँचाबाटै सुन्तला बिक्री भएपछि बागलुङका किसान उत्साहित

बागलुङ । धादिङका कमबहादुर तामाङ सुन्तला खरिद गर्न बागलुङको सिगाना आएको एक हप्ता भयो । उनले नौ सुन्तला किसानका साथ सुन्तला एकमुष्ट खरिद गरेर नारायणगढ पठाइराखेका छन् । अहिले तामाङजस्ता सुन्तला व्यापारी सिगानाका सुन्तला किसानका घरघरमा पुगेका छन् ।

सिगाानको सुन्तला स्वादिष्ट भएकाले बगैँचाबाटै खरिद गरेर नारायणगढ पठाएको व्यापारी तामाङको भनाइ छ । उनले सुन्तला खरिदबापत एकमुष्ट  १२ लाख किसानलाई बुझाएको बताए । तामाङले १२ गाडी सुन्तला नारायणगढ पठाएको जानकारी दिए ।

“सिगानाको सुन्तला नारयणगढमा अत्यधिक माग छ, यस याममा सुन्तलाको कारोबार गरेर  दुई–चार लाख कमाइन्छ”, तामाङले भने, “किसानले रकममात्र बुझे भैगो, टिप्ने, स्तरीकरण गर्ने र बजारसम्म लैजाने काम हामी आफैँ गर्छौँ, सुन्तला फलाउने किसानलाई बसीबसी आम्दानी छ ।”

तामाङले एउटै बगैँचालाई तीन लाखसम्म तिरेर सुन्तला खरिद गरेको बताए । सुन्तला गाउँका रूपमा परिचय कमाएको सिगानाका किसना यतिबेला सुन्तला बिक्री गर्न व्यस्त छन् । सुुरुमा डोके व्यापारीलाई केजीमा बिक्री गर्ने किसानले अहिले सुन्तलाको माग बढेपछि बगैँचाका सुन्तला एकमुष्ट बिक्री गर्न थालेको किसान अनन्तबहादुर खड्काले जानकारी दिए ।

खड्काले पहिला आफैँ टिपेर बजार पठाउनुपर्ने सुन्तला अहिले व्यापारीले बोटबाटै टिपेर लैजाने गरेको जानकारी दिए । खड्काले सुन्तला बिक्री गरेर वार्षिक पाँच लाख आम्दानी गर्दै आउनुभएको छ । शिक्षकबाट अवकाशप्राप्त खड्काको बगैँचामा दुई सय बोटमा लटरम्म सुन्तला फलेका छन् । 

खड्का मात्र होइन, सिगानाका रामप्रसाद गौतम, राधा खड्का, गङ्गा केसी, रामबहादुर, टोपबहादुर खत्री र शिवकुमार खड्कालगायतका सुन्तला ठूला सहरमा खपत हुने गरेको छ । यहाँका सुन्तला चितवन, धादिङ, काठमाडौँ, पोखरा र नारायणगढका बजारमा पुग्न थालेपछि सुन्तला किसान उत्साहित भएका छन् । सुन्तला उत्पादन गर्नसके बजारको समस्या नरहेको किसान गङ्गा केसीले बताइन् ।

धादिङ, काठमाडौँ, पोखरा र नारायणगढका सुन्तला व्यापारीले अहिले एउटा बगैँचाको रु एक लाखदेखि पाँच लाखसम्म सुन्तला बिक्री गर्ने गरेका छन् । सिगानामा धेरै सुन्तला उत्पादन गर्ने किसान नै एक सयको हाराहारीमा छन् । यस वर्ष छिटो सुन्तला बिक्री भएको किसान अनन्त खड्काले जानकारी दिए । अन्य स्थानका भन्दा ठूलो दाना र गुलियो भएकाले यहाँका सुन्तला महँगो मूल्य तिरेर भए पनि खरिद गर्न व्यापारी आउने गरेका छन् ।

पशुपति क्षेत्रका नौ इनारको उत्खनन गरी संरक्षण गरिँदै

काठमाडौं । प्राचीनकालमा स्थापना भएका पशुपति क्षेत्रका नौ इनारको उत्खनन गरी जनमसमक्ष चिनारी गराउन थालिएको छ ।

पशुपति क्षेत्रमा पुरातात्विक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण नौवटा इनार रहेको भन्ने विभिन्न पुस्तकमा उल्लेख भए पनि अहिले लोप भइसकेका थिए । ऐतिहासिक महत्वका इनार लोप भयो भन्ने गुनासो बढेपछि काठमाडौँ महानगरपालिका–८ को सक्रियता र पुरातत्व विभागको सहयोगमा महत्त्वपूर्ण इनार उत्खनन गरी संरक्षण थालिएको हो ।

उत्खनन गरिएका दुई इनार संरक्षण गर्न लागिएको महानगरपालिकाको सम्पदा विभाग प्रमुखसमेत रहनुभएका वडा नं ८ का अध्यक्ष आशामान सङ्गतलेलाई जानकारी दिए।

पशुपति क्षेत्रको नवाली टोलस्थित ताम्रेश्वर महादेव मन्दिर नजिकै र जयवागेश्वरीस्थित इन्द्रेश्वर मन्दिर प्राङ्गणमा दुईवटा ऐतिहासिक इनार रहेको सूचनाका आधारमा उत्खनन गरी दुवै इनारलाई संरक्षण सुरु गरिएको हो । यी दुवै इनार पुरिएको अवस्थामा फेला परेका हुन् । अरु सात इनारलाई पनि खोजेर संरक्षण गर्ने तयारी भइरहेको वडा कार्यालयले जनाएको छ ।

‘नेपालगञ्ज म्याराथन’को उपाधि खडक र सन्तोषीलाई

बाँके । दशौँ धारा नेपालगञ्ज म्याराथनको उपाधि पुरुषतर्फ नेपाली सेनाका खडकबहादुर खड्काले तथा महिलातर्फ सन्तोषी श्रेष्ठले जितेका छन् ।

खड्काले दुई घण्टा १७ मिनेट ४८ सेकेण्डमा ४२ दशमलव एक सय ९५ किलोमिटरको दौड पूरा गर्दै उपाधि जितेका हुन् । उनी गत संस्करणको उपविजेता र आठौँ संस्करणको विजेता पनि हुन् ।  

पुरुष म्याराथनमा नेपाली सेनाकै राजन रोकाया र सुशील कुमार क्रमशः दोस्रो र तेस्रो भए । रोकायाले दुई घण्टा १७ मिनेट ५३ सेकेण्डमा निर्धारित दूरी पार गरेका थिए  भने शाहीले दुई घण्टा २१ मिनेट ४५ सेकेण्डमा सो दूरी पूरा गरेका थिए । विजेताले क्रमशः दुई लाख,  एक लाख र  ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

खड्का र रोकायाले नेपालगञ्ज म्याराथनको कोर्षको कीर्तिमान पनि तोडेका छन् । म्याराथनमा चौथो हुनेमा सन्तोषविक्रम शाही, पाँचौँमा रुद्र बुढाथोकी, छैटौँमा मानकर्ण केसी, सातौँमा निर्मल कुँवर, आठौँमा खेमबहादुर शाही, नवौँमा भरतकुमार श्रेष्ठ र १०औँमा मङ्गले तामाङ छन् । उनीहरुले क्रमशः रु २५ हजार, रु १५ हजार, रु १० हजार, रु आठ हजार, रु सात हजार, रु ६ हजार र रु पाँच हजार पुरस्कार प्राप्त गरेका छन् ।

यसैगरी नेपालगञ्ज महिला हाफ म्याराथनको उपाधि लगातार चौथोपटक सन्तोषी श्रेष्ठले जितेकी छन् । सो स्पर्धामा पुष्पा भण्डारी दोस्रो र विमला कार्की तेस्रो भए । उनीहरूले क्रमशः रु ७५ हजार, रु ५० हजार र रु २५ हजार पुरस्कार प्राप्त गरेका छन् । सन्तोषीले एक घण्टा १७ मिनेट ३० सेकेण्डमा कोर्ष पूरा गरेकी थिइन् भने दोस्रो भएकी भण्डारीले निर्धारित दूरी एक घण्टा १९ मिनेट १२ सेकेण्डमा पूरा गरेकी थिइन् । तेस्रो भएकी विमला कार्कीले एक घण्टा ४९ मिनेट १५ सेकेण्ड र चौथो भएकी स्वस्तिका शाहीले निर्धारित दूरी एक घण्टा ५२ मिनेट ३४ सेकेण्डमा पूरा गरेकी थिइन् ।

पुरुषतर्फ म्याराथन र महिलातर्फ हाफ म्याराथनसहित पाँच किमी विद्यालयस्तरीय छात्र एवं छात्रा, किड्स रन, पाँच किमी कर्पोरेट रन, पाँच किमी ट्राइसाइकल र पाँच किमी वाकाथनलगायत विधा समावेश गरिएको थियो । विद्यालय बाह्यतर्फ छात्रमा विकास विक प्रथम, अजय पाण्डे क्षेत्री दोस्रो र रमेश बुढा तेस्रो भए । विद्यालय बाँके छात्रतर्फ अर्विन यादव पहिलो, अमृत शाही दोस्रो र विजय खड्का तेस्रो भए ।

यसैगरी किड्स रन बोइजतर्फ पाँच सय मिटरमा राजन थारू, नारायण साउद र अरुण खटिक क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । किड्स रन गल्र्स्तर्फ मीनाक्षी साउद, पुजन विराट र अञ्जली सेजुवाल क्रमशः पहिलो, दोस्रो र तेस्रो भए । यसैगरी कर्पोरेट रनतर्फ योगेश मल्ल पहिलो, डा आरके लामिछाने दोस्रो र मधु सुनार तेस्रो भए । ट्राइसाइकलतर्फ राजेश हरिजन प्रथम र मीनकुमारी नेपाली दोस्रो भए ।

सरकार र तत्कालीन विद्रोही माओवादीबीच २०६३ मङ्सिर ५ गते भएको विस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष मङ्सिरको पहिलो शनिबार हुँदै आएको धारा नेपालगञ्ज म्याराथन यस वर्ष मङ्सिर २२ गते आयोजना गरिएको आयोजक संस्था ‘क्रियटीभ ह्याण्ड्स’का संस्थापक अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।

नेपालगञ्ज म्याराथनलाई सुरुवातदेखि निरन्तर सहयोग गर्दै आएका व्यक्ति तथा संस्थालाई ‘दशक रत्न’ सम्मानले सम्मानित गरिएको छ । म्याराथन दश वर्षमा पुगेको अवसरमा उक्त सम्मान दिइएको अध्यक्ष ठकुरीले बताए । 

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पैसा कायम भएको छ । 

युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ सात पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ५७ र बिक्रीदर एक सय ७३ रूपैयाँ ३३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५४ रूपैयाँ आठ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ७६ पैसा कायम गरिएको छ । 

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रूपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रूपैयाँ ३० पैसा र बिक्रीदर ९६ रूपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिदार एक सय रूपैयाँ ९२ पैसा र बिक्रीदर एक सय एक रूपैयाँ ३७ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रूपैयाँ ९८ पैसा र बिक्रीदर नौ रूपैयाँ दुई पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६१ पैसा र बिक्रीदर १८ रूपैयाँ ६९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३६ रूपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिदर ३७ रूपैयाँ नौ पैसा र बिक्रीदर ३७ रूपैयाँ २५ पैसा कायम भएको छ । 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रूपैयाँ ९८ पैसा र बिक्रीदर तीन रूपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपैयाँ ५९ पैसा र बिक्रीदर ३० रूपैयाँ ७३ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रूपैयाँ ५२ पैसा र बिक्रीदर नौ रूपैयाँ ५६ पैसा, स्विडीस क्रोनर एकको खरिददर १२ रूपैयाँ ४३ पैसा र बिक्रीदर १२ रूपैयाँ ४९ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रूपैयाँ १८ पैसा र बिक्रीदर १९ रूपैयाँ २७ पैसा तोकिएको छ । 

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ३८ पैसा र बिक्रीदर १७ रूपैयाँ ४६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४० रूपैयाँ ५ पैसा र बिक्रीदर चार सय ४२ रूपैयाँ, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रूपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ६० रूपैयाँ १४ पैसा, ओमनि रियाल एकको खरिदर तीन सय ५१ रूपैयाँ १९ पैसा, बिक्रीदर तीन सय ५२ रूपैयाँ ७५ पैसा र भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

आइतबारदेखि मौसममा बदली हुने, केही ठाउँमा वर्षाको सम्भावना, चिसो बढ्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आइतबार साँझदेखि मौसममा बदली हुने जानकारी गराएको छ ।  विभागले शनिबार हिउँदे मौसमको विशेष बुलेटिन जारी गर्दै पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण आइतबार साँझदेखि नेपालका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जानकारी गराएको छ । 

सो प्रणालीको प्रभावका कारण आइतबार साँझदेखि सोमबार रातिसम्म सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको छ । 

साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थान तथा बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

साथै उक्त मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आई चिसो बढ्न सक्ने सम्भावना रहेको पनि जनाइएको छ । 

जारी विशेष बुलेटिनमा भनिएको छ, ‘वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ ।’

मौसम पूर्वानुमान महाशाखाले यस प्रणालीलाई अनुगमन गरिरहेको छ । यस महाशाखाबाट दैनिक जारी हुने तीनदिने मौसम पूर्वानुमान बुलेटिनमा समेत सोही अनुसार नियमित रूपमा अद्यावधिक गरिने जनाइएको छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । 

आइतबार बिहान कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना रहेको जनाइएको छ ।

आइटिएफ टेनिसमा हाइनुओ र माहिकालाई उपाधि

कास्की ।  पोखरा रङ्गशालामा सञ्चालन भइरहेको आइटिएफ जे–३० टेनिस प्रतियोगिताअन्तर्गत शनिबरा सम्पन्न सर्किट–१ को खेलमा एकलमा पुरुषतर्फ चीनका हाइनुओ गुओ र महिलातर्फ भारतकी माहिका खन्नाले उपाधि जितेकी छन् । 

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही मङ्सिर १७ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनलमा पुरुषतर्फ चीनका हाइनुओले भारतका आश्रव्य मेहेरालाई सोझो सेटमा पराजित गरे । हाइनुओले आश्रव्यलाई खेलमा ६–३ र  ६–४ मा पराजित गरेका हुन् ।

महिलातर्फ भारतकी माहिका खन्नाविरुद्ध नेपाली खेलाडी सुनिरा थापा ‘टाइब्रेकर’ खेलमा पराजित भइन् । पहिलो सेट ६–२ ले माहिकालाई सुम्पिएकी सुनिराले दोस्रो सेट ७–६ र ७–४ ले गुमाउन पुगिन् ।
‘पुरुष डबल्स’ फाइनलमा भारतका ओजस मेहलावत र अधिराज ठाकुरको जोडीले भारतकै आदित्य मोर र प्रकाश सरनलाई ६–२ र ६–१ ले पराजित गरे  । 

‘महिला डबल्स’ फाइनल खेलमा दिशा बेहरा र अर्जान खोरकिवाला (भारत) ले माहिका खन्ना र एन्जल पटेल (भारत) लाई ६–३, २–६ र १०–५ ले पराजित गरेको प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिए ।

विजेता खेलाडीहरूलाई जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बानियाँ, कास्की टेनिसका अध्यक्ष राजकुमार गुरुङ, उपाध्यक्ष नवीन चालिसे, कोषाध्यक्ष विष्णुबहादुर थापालगायतले मेडल वितरण गरे । 

प्रतियोगिताअन्तर्गत आजदेखि नै सर्किट–२ अन्तर्गतका ‘क्वालिफाइङ राउन्ड’का खेलहरू सुरु भएका छन् । सर्किट–२ मा विभिन्न देशका पुरुष २७ र महिला आठ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन् । प्रतियोगितामा १३ वर्ष देखि १८ वर्ष उमेर समूहमा हुने प्रतिस्पर्धाका विजेताले समान ३० अङ्क, उपविजेताले १८ अङ्क, सेमिफाइनलिष्टले नौ, क्वाटर फाइनालिस्टले पाँच र आर–१६ ले दुई अङ्क प्राप्त गर्नेछन् ।

त्यस्तै, डबल्समा विजेताले २५ अङ्क, उपविजेताले १३, सेमिफाइनालिष्टले छ र क्वाटर फाइनालिस्टले तीन अङ्क प्राप्त गर्नेछन् । खेलाडीले प्राप्त गरेको अङ्कका आधारमा उनीहरूको वरियता निर्धाण हुनेछ ।

धनगढीका मेयरलाई थप उपचारका लागि लगियो नयाँदिल्ली

सुदूरपश्चिम । स्वास्थ्यमा समस्या देखिएपछि धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाललाई थप उपचारका लागि शनिबार नयाँदिल्ली लगिएको छ ।

मेयर हमालको सचिवालयका प्रमुख कृपाराम उपाध्यायले उनलाई गएराति श्वास फेर्न र मस्तिष्कमा समस्या देखिएपछि थप उपचारका लागि शनिबार नयाँदिल्ली लगिएको जानकारी दिए ।

श्वास फेर्न समस्या भएपछि गएराति नै उनलाई धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । विसं २०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर उनी मेयरमा निर्वाचित भएका थिए ।

सोमबारदेखि ‘पूर्ण बहादुरको सारङ्गी’ प्रदर्शन नहुने

काठमाडौं । नेपाली फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ सोमबारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शन नहुने भएको छ । निर्माता कम्पनी सेभेन सिस सिनेमाले शनिबार विज्ञप्ति जारी गरी सोमबारदेखि देशैभरिका हलहरूबाट फिल्म उतार्ने जानकारी दिएको हो ।

आफ्नो चलचित्रलाई केही हलले नजरअन्दाज गरेकाले यस्तो निर्णय लिनुपरेको निर्माताले जनाएका छन् । विजय बराल अभिनित फिल्मले नेपालमा ४७ करोड भन्दा बढी व्यापार गरिसकेको छ।