`

काठमाडौंमा माओवादी केन्द्रको प्रदर्शन LIVE

काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंमा प्रदर्शन शुरू गरेको छ । सरकारविरुद्ध खबरदारी गर्न काठमाडौंको कान्तिपथबाट माओवादीको प्रदर्शन शुरू गरेको हो ।

सुन्धाराबाट बागबजार हुँदै भृकुटीमण्डप पुगेर उक्त जुलुस खबरदारी सभामा परिणत हुने माओवादी केन्द्रले जनाएको छ । पार्टीको बागमती प्रदेश कमिटीको आयोजनामा माओवादी केन्द्रले शनिबार काठमाडौंमा खबरदारी सभा गर्न लागेको हो ।

सरकारले गलत काम गरेको भन्दै त्यसको विरोध गर्न माओवादी केन्द्रले आयोजना गरेको खबरदारी सभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् ।

https://youtube.com/watch?v=1RBeMCcrLKM%3Fsi%3DXmr3yp27bg3C3alS

अन्नपूर्ण गाउँपालिकाद्वारा ड्रोनबाट सामान ढुवानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीयस्थल मोहरेडाँडामा पाँचकिलोभन्दा कम तौलका दैनिक उपभोग्य हलुका सामान ढुवानी गर्न ड्रोन प्रयोग भएको छ ।

ड्रोन प्रयोग गरेर अन्नपूर्ण गाउँपालिका–८ नागीबाट सोही वडाको पर्यटकीयस्थल मोहरेडाँडामा सामान ढुवानी गरिएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए  । राष्ट्रिय आविष्कार केन्द्रले बनाएको ड्रोन प्रयोग गरिएको हो । 

‘केन्द्रका प्राविधिक टोलीले शुक्रबार र शनिबार नागीबाट मोहरेडाँडामा ड्रोनमा झुण्ड्याएर सामान पठाएर परीक्षण गर्नुभएको थियो’, उनले भने, ‘पहाडी र विपद् प्रभावित क्षेत्रमा औषधि र उपभोग्य अत्यावश्यक सामान ढुवानी गर्न ड्रोन उपयोगी देखिए ।’

मोहरेडाँडालगायत पर्यटकीयस्थलमा सामान ढुवानीका लागि ड्रोनको प्रयोगलाई निरन्तरता दिन आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुनसँग समन्वय भएको अध्यक्ष पुनले बताए ।

अवतरणको कठिन यात्रामा रवि

जेपी गुप्ता ।
राजनीतिमा शायद यो मेरो जीवनभरका अनुभवहरूको यो एक पक्ष हो । नेपालमा भएका आज पर्यन्तका सबै महत्वपूर्ण परिवर्तन, जसले राजनीतिक संरचनालाई बदल्न सक्यो–त्यसको निर्णायक शक्ति तलका सात पक्षहरू मध्ये अधिकांश वा बढी पक्षहरूको सम्मिलित प्रयास अथवा सहकार्यबाट मात्र संभव भएको हो। ति हुन्ः

१. खस–आर्य समुदाय, २. न्यायालय–अदालत, ३. निजामती कर्मचारीतन्त्र, ४. सुरक्षा निकायः नेपाली सेना–नेपाल प्रहरी, ५. खस–आर्य समुदायका उद्योगी व्यवसायी, ६. भारत र, ७. चीन ।

रङ्कहरू राजामा बदलिएको बदलाव होस् वा राजा रङ्कमा ओर्लिने घटना होस्–माथिका सात पक्षहरू मध्ये सबैको वा उपर्युक्त मध्ये धेरैको सहमतिबाट मात्र त्यस्ता परिवर्तन सम्भव भएको हो । यसबाहेक धेरैलाई लाग्दो हो, हैन् म वा हामी बदलावका बाहक हौं ! यो बेकार कुरो हो । बाँकी सबै ‘सामेल बाजा’ हुन् । सामेल बाजा, अर्थात् मर्मज्ञ संगीतकारहरूको बाद्यवादनका साधनहरूका साथको शोभा यात्रामा संगीत नजान्नेहरू पनि सामेल भएर संगीतज्ञको हाऊभाव देखाए जस्तो । आदिवासी–जनजाति, मधेसी, दलित–बहिष्कृत, बालेन, हर्क र रवि सबै सामेल बाजाहरू हुन् ।

रवि लामिछाने नेपालका राजनीतिमा संभावनाका आँकलनहरूका साथ उदाएको एउटा नाम अवश्य थियो । मुलुकको गृहमन्त्री भए । लाग्दथ्यो, चन्द्रमासको अँध्यारो आकाशमा चाँदीको सेतो घेरा उदीत भयो ।उनको उज्वल भविष्यको मलाई कुनै ज्ञान त छैन । तर, मलाई लाग्दछ–उनको अतितले गर्दा होस् वा उनलाई ठेगान लगाउने राजनीतिक नियामकहरूका कारणले होस्, उनको अवतरण कठिन हुँदै गएको छ।

रवि खस–आर्य त अवश्य हुन्, तर नेपाली राजनीतिमा निर्णायकत्वका अनेकन् महान अनुभवहरू बोकेका खस–आर्य समुदायका असंख्य मध्येका एक ‘थर’ मात्र छ रविसँग । सात सूत्रमा रविको कुनै पकड वा पहुँच छैन । थुना रहँदा वा अब हुन सक्ने पुर्पक्षको थुनाका अवधिभरमै उनी राजनीतिका खेलाडीहरूसँग यथोचित्त तालमेल मिलाउन सकेनन् भने यो च्यांग्रा लखेट्याइमा रवि भुत्लिनेछन् ।

तिला नदीमाथि मोटरेबल ‘स्टिल ट्रस’निर्माण

जुम्ला ।  जुम्लाको तिला गाउँपालिका–१ स्थित रारामा तिला नदीमाथि मोटरेबल ‘स्टिल ट्रस’निर्माण गरिएको छ । पुल निर्माण भएपछि तिला ६, ७, ८ र ९ वडा सडक सञ्जालमा जोडिएका छन् ।

तिला–६ का वडाध्यक्ष जङ्गबहादुर रोकायाले पुल निर्माणपछि वडामा सवारी साधनको पहुँचमा भएको बताए। उनले भने, “पुल सञ्चालनमा आएपछि सो गाउँपालिकाका १३ वटा गाउँबस्ती एकसाथ राष्ट्रिय सडक सञ्जालसँग जोडिएको वडाध्यक्ष रोकायाको भनाइ छ ।”

अब पुल निर्माण भई सञ्चालनमा आएपछि यहाँका दैनिक उपभोग्य वस्तु ओसारपसार गर्न सहज पुग्ने तिला–९ का स्थानीयवासी खड्का रावतले बताए ।

पुल नबन्दा ग्रामीण भेगका सडक प्रयोगविहीन भएका थियो । अब पुल बनेपछि सवारी साधन चल्ने र जोखिमपूर्ण यात्राबाट मुक्त भएको तिला–९ का वडाध्यक्ष धनबहादुर रावतले बताए । वडासम्म ग्रामीण सडक निर्माण भइसकेका छन् । पुल सञ्चालनमा आएसँगै गाउँसम्म यतायातका साधन पुग्ने भएका छन् । यहाँका स्थानीयवासीलाई राहत हुने तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए ।

विसं २०७८ मा सडक डिभिजन कार्यालय जुम्लासँग ठेक्का सम्झौता भएको पुल निर्माण अवधि तीन वर्ष रहेको थियो । तोकिएको समयमा पुल निर्माण भएको ठेक्का लिएको निर्माण कम्पनीका प्रबन्धक सुनम खड्काले बताए ।

सङ्घीय सरकारअन्तर्गतको सडक विभागको रु १४ करोड बजेटको लागतमा पुल निर्माण भएको सडक डिभिजन कार्यालयले जनाएको छ । पुल आठ मिटर चौडाइ र ५५ मिटर लम्बाइ रहेकोे छ । तिला नदीमा निर्माण भएको पुल सञ्चालनमा आएसँगै यहाँका स्थानीयवासी, स–साना विद्यार्थी, बिरामीलगायतलाई ओहोरदोहोरमा सहज भएको तिला गाउँपालिकाले जनाएको छ ।

पुल निर्माण नहुँदा गाउँपालिका र बजार आउन करिब पाँचदेखि सात घण्टा बढी समय खर्चनुपर्ने अवस्था रहेको थियो । अब पुल निर्माणसँगै सवारीसाधन सञ्चालनमा आएपछि स्थानीयवासीलाई निकै राहत पुगेको तिलाका स्थानीयवासी बताउँछन् । गाउँपालिका सो वडाहरु भौगेलिक रूपमा विकट मानिन्छन् ।

इजरायलद्वारा इरानमा हवाई हमला

बीबीसी । इजरायलले इरानी सैन्य स्थलहरूमा निशानाबद्ध हवाई हमला गरेको जनाएको छ । ती हमलालाई इजरायलले आफूविरुद्ध इरान र उसको साथ पाएका समूहहरूले बारम्बार गरेका हमलाको जवाफ भएको बताएको छ ।

इजरायली सेनाले हमलाको काम पूरा भएको जनाउँदै आफ्ना विमानहरू सुरक्षित रूपमा घर फर्किएका जनाएको छ । तर कुन–कुन ठाउँहरू प्रहार गरिएको हो र क्षतिको तह कस्तो छ भन्ने प्रस्ट भइसकेको छैन ।

इजरायली डिफेन्स फोर्सेस आईडीएफका प्रवक्ता ड्यान्यल हेगारीले आफ्नो प्रतिरक्षा गर्ने ‘अधिकार र दायित्व’ इजरायलसामु भएको जनाएका छन् । तीन साताअघि इरानले इजरायलमा झण्डै दुई सयको सङ्ख्यामा बलिस्टिक क्षेप्यास्त्रहरू प्रहार गरेको थियो ।

इजरायली हमलासँगै इरानको राजधानी तेहरान र त्यसनजिकका दुई सहरहरूमा विस्फोटनका आवाज सुनिएका छन् । इरानको रेभुलस्नरी गार्ड्सनिकट एक समाचार संस्थाका अनुसार इरानको राजधानीको पश्चिम र दक्षिण पश्चिममा रहेका सैन्य आधारहरू निशानामा पारिएका छन् ।

इजरायली हवाई हमलाको निशानामा सिरियाको राजधानी दमास्कससहित देशका मध्य र दक्षिणी क्षेत्रका सैन्य स्थल समेत पारिएको सिरियाको सरकारी समाचार संस्थाले जनाएको छ । इजरायलले भने इरानबाहिर भएका हमलाका विवरणबारे प्रतिक्रिया जनाएको छैन ।

अहिलेसम्मको अवस्थामा इरानी सरकारी सञ्चारमाध्यमले भने आफूविरुद्धका हमला असफल भएको बताएका छन् । तर विज्ञहरूले त्यस्ता हमलापछि त्यो इरानले सामान्यतः दिने प्रतिक्रियाको शैली भएको बताएका छन् । गम्भीर क्षति वा मृत्युका विवरण सतहमा देखापरेमा त्यो परिवर्तन हुनसक्ने भन्दै विज्ञहरूले सजग गराएका छन् ।

ह्वाइटहाउसले इजरेलको ‘आत्मरक्षाको अभ्यास’मा अमेरिकाको कुनै संलग्नता नरहेको जनाएको छ । बेलायत सरकारका एकजना प्रवक्ताले लण्डनले ‘यस अवस्थालाई नजिकबाट हेरिरहेको’ जनाएका छन् । इरानको नागरिक उड्डयन निकायका प्रवक्ताले आईआरएनएलाई अर्को सूचना नहुँदासम्म त्यहाँ सबै उडानहरू रद्द गरिएको जनाएका छन् ।

तुलसीपुरमा जिप दुर्घटना, दुईजनाको मृत्यु, पाँचजना घाइते

दाङ । सल्यानको कोइलाबाट तुलसीपुरतर्फ आइरहेको रा १ज ८२२ नम्बरको जिप तुलसीपुर–३ साततलेमा शनिबार बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हीरामणि बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षीय सुरेश खड्का रहेका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापका अनुसार दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनका अनुसार जिप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । जिपमा पाँच जना सवार थिए । जिपमा सवार अन्य तीन जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।

माओवादी केन्द्रले आज काठमाडौँमा खबरदारी सभा गर्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज काठमाडौँमा खबरदारी सभा आयोजना गर्दैछ । केपी शर्मा ओली सरकारको सय दिन असफल र भ्रटारचारीलाई जोगाउने षड्यन्त्र भइरहेको निष्कर्ष निकालेको माओवादीले भृकुटीमण्डपमा खबरदारी सभा गर्ने भएको हो ।

सभालाई रचनात्मक र शान्तिपूर्ण हुने पार्टी नेताहरूको दाबी छ । बागमती प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय समितिको संयुक्त आयोजनामा जनप्रदर्शनसहित खबरदारी सभाको तयारी पूरा भएको उपत्यका विशेष समितिका अध्यक्ष जगत सिंखडाले बताए ।

आज बिहान ११ बजे काठमाडौँ मलमा जम्मा हुन नेता तथा कार्यकर्ताहरू निर्देशन दिएको छ । त्यहाँबाट बाजा, झाँकीसहित ब्यानरको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीले गर्नेछन् ।

जुलुश रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डपको सडकमा पुगेर सभामा परिणत हुने छ । सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्नेछन् । अपराह्न चार बजेभित्र सभा सम्पन्न गर्ने कार्यतालिका छ ।

सभामा करिब २५ देखि ३० हजारसम्म सहभागी हुने आँकलन गरिएको छ । कांग्रेस र एमाले मिलेर असारमा सरकार बनाएपछि माओवादी सत्ताबाट बाहिरिएको थियो ।

प्रताप दासको ‘रमाइलो तिहार’

काठमाडौं । विदेशमा रहेका भाइको निधारमा सप्तरङ्गी टीका र मखमली माला लगाइ दिर्घायूको कामना गर्न नेपालबाट अमेरिका पुगेकी दिदीको यात्रा र भाइसँगको आत्मीयतामा आधारि तिहार गीत ‘रमाइलो तिहार’ सार्वजनिक भएको छ । गीतमा प्रताप दासको स्वर छ ।

गीतमा रमेश क्षेत्रीको शब्द, संगीत र एजेन्ज रहेको छ। अमेरिकामा ह्यप्पी होम स्टुडियोजको निर्माणमा बनेको यस फिल्मको सम्पूर्ण छायाँकन अमेरिकामै गरिएको हो ।

सहकारीसम्बन्धी संसदीय छानबिन समितिका सबै सुझाव र निर्देशन सरकारले कार्यान्वयन गर्ने

काठमाडौँ । सत्ता समीकरणमा रहेका दलले सहकारी ठगीमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेमाथिको अनुसन्धान प्रक्रियालाई भीड जम्मा गरेर प्रभावित पार्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले अनुसन्धान प्रक्रियालाई प्रभावित गर्ने र न्यायलयमाथि दबाब दिने गतिविधि लोकतन्त्र र विधिको शासनविपरीत भएको निष्कर्ष निकालेको हो ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समिति, २०८१ ले तयार पारेको सर्वसम्मत प्रतिवेदनका आधारमा अनुसन्धान र कारबाही प्रक्रिया सुरु भएको संयुक्त वक्तव्यमा भनिएको छ ।

‘निर्दोष कोही नफसुन् र दोषी कोही नउम्किउन् भन्ने कुराको सुनिश्चितताका लागि अनुसन्धान, अभियोजन र न्याय निरुपण प्रक्रियाका लागि सबै पक्षको सकारात्मक सहयोगको आवश्यकता पर्दछ’, साझा वक्तव्यमा भनिएको छ, ‘तर पछिल्ला दिनमा अनुसन्धान र अभियोजनको प्रक्रियालाई नै प्रभावित गर्ने उद्देश्यले गतिविधिहरु सुरु भएका छन् । भीड जम्मा गरेर अनुसन्धान प्रक्रियालाई प्रभावित गर्ने र न्यायलयमाथि दबाब दिने गतिविधि लोकतन्त्र र विधिको शासनविपरीत हो । यस्ता गतिविधिप्रति हाम्रो गम्भीर असहमति छ । सहकारीसम्बन्धी संसदीय छानबिन समितिका सबै सुझाव र निर्देशन सरकारले कार्यान्वयन गर्नेछ ।’

सडकबाट सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य छैनः सत्ता गठबन्धन

काठमाडौं । सत्ता गठबन्धनले सडकबाट सरकारको विकल्प खोज्ने कुरा स्वीकार्य नभएको बताएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा कुनै पनि अर्थमा स्वीकार्य हुन नसक्ने बताएको हो ।

बैठकले सरकारको विकल्प खोज्ने बाटो संसद र नयाँ जनादेश भएको बताएको छ । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ’सडकबाट लोकतान्त्रिक व्यवस्था र सरकारको विकल्प खोज्ने कुरा कुनै पनि अर्थमा स्वीकार्य हुन सक्दैन । लोकतन्त्रको विकल्प अझ उन्नत स्तरको लोकतन्त्र हो र सरकारको विकल्प खोज्ने बाटो संसद र नयाँ जनादेश नै हो । त्योभन्दा भिन्न तरिकाबाट अघि बढ्ने प्रयास लोकतन्त्रको मूल्य र मान्यताविपरीत छ ।’

बैठकले अराजकतालाई प्रोत्साहन गर्ने, राजनीतिक अस्थिरतालाई बल पुर्याउने तथा सुशासन र विकासको नेपाली जनताको आकांक्षालाई असर पुग्ने गरी विभिन्न नाम र स्वरुपमा हुने अवाञ्छित गतिविधि उचित नभएको निष्कर्ष पनि निकालेको छ ।

नसरल्लाहको मृत्यु हिजबुल्लाहका लागि ‘एक युगको अन्त्य’

बेरुत । एक महिनाअघि हिजबुल्लाहका शक्तिशाली नेता हसन नसरल्लाहको हत्याले इरान समर्थित लेबनानी आन्दोलनको लागि मौलिक परिवर्तनलाई चिन्तित गरेको छ ।

“नसरल्लाहको मृत्युले हिजबुल्लाहको एक युगको अन्त्य गरेको छ”, अमेरिकास्थित थिङ्क ट्याङ्क सेन्च्युरी फाउन्डेसनका विश्लेषक साम हेलरले भने ।

दशकौँ सत्तामा रहेपछि, नसरल्लाहको मृत्युले “संगठनका लागि आवश्यक रूपमा परिवर्तनलाई चिह्नित गर्नेछ”, उनले भने ।

नसरल्लाहको प्रभाव लेबनानमा शिया मुस्लिम समर्थन आधारभन्दा धेरै टाढासम्म फैलिएको थियो। उनी संयुक्त राज्य अमेरिका र इजरायल विरुद्ध इरानी प्रतिरोधको एक प्रमुख स्तम्भ थिए ।

इजरायलले गत सेप्टेम्बर २७ मा बेरुतको दक्षिणी उपनगरमा गरेको हवाई आक्रमणमा नसरल्लाहको हत्यापछी हिजबुल्लाहको आन्दोलनलाई नयाँ युगमा धकेलेको छ ।

गत महिना, इजरायलले हिजबुल्लाहको गढहरूमा आक्रमणहरू बढाएको थियो जसमा एकपछि अर्को समूहको शीर्ष नेतृत्वको मृत्यु भएको हो ।

सन् १९९२ देखि समूहको नेतृत्व गरिरहेका नसरल्लाहले दशकौँसम्म इजरायलविरुद्ध कारबाहीको नेतृत्व गरे । हेलरका अनुसार उनी सङ्गठनको अग्रणी निर्णयकर्ता थिए । समूहको शासक शूरा काउन्सिलले अहिलेसम्म उत्तराधिकारी नियुक्त गरेको छैन।

नसरल्लाहको हत्याको केही दिनपछि उक्त पदका लागि सम्भावित धर्मगुरु हाशेम सफीद्दिनको पनि इजरायली आक्रमणमा हत्या भएको थियो ।

हिजबुल्लाह हाल नेतृत्वबिहिन रहेको यसका उप प्रमुख नईम कासेमले बताएका छन् । त्यसैगरी, प्रधानमन्त्री नाजिब मिकातीसहित अन्य लेबनानी अधिकारीहरूले उक्त समूहसँग हप्तौँदेखी सम्पर्क नभएको बताएका छन् ।

खान युनूसमा भएको इजरायली आक्रमणमा २८ जना प्यालेस्टिनीको मृत्यु

गाजा  । दक्षिणी गाजा पट्टीको खान युनूसमा शुक्रबार बिहान भएको विनाशकारी इजरायली आक्रमणमा अधिकाशं महिला तथा बालबालिका सहित २८ जना प्यालेस्टिनीको मृत्यु भएको छ।

प्यालेस्टिनी समाचार एजेन्सी (वफा) का अनुसार इजरायली कब्जामा रहेको सेनाले खान युनूसको अल–मनारा क्षेत्रलाई लक्षित गरी गरेको आक्रमणमा दर्जनौँ घाइते भएकोसमेत जनाइएको छ।

बिहिबार राति, इजरायली सेनाले उत्तरी गाजाको जबालिया शरणार्थी शिविरको आवासीय परिसरमा हवाई आक्रमण गर्दा महिला र बालबालिका सहित कयौं सर्वसाधारणको मृत्यु हुनुका साथै कयौं घाइते भएको जनाइएको छ।

सन् २०२३ अक्टोबर देखि गाजामा जारी इजरायली आक्रमणको परिणामस्वरूप अहिलेसम्म कम्तिमा ४२ हजार ८४७ प्यालेस्टिनीको मृत्यु हुनुका साथै एक लाख ५४४ भन्दा बढी घाइते भएका छन् भने हजारौँ पीडितहरू भग्नावशेषमुनि फसेको आशंका गरिएको छ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्ले तत्काल युद्धविरामको आह्वान गर्दै अन्तर्राष्ट्रिय अदालतको निर्देशनअनुसार गाजामा नरसंहार रोक्न आग्रह गरे तापनि इजरायलको नरसंहार आक्रमणहरू निरन्तर जारी छन्।

सम्पूर्ण अमेरिकीले चाहेको राष्ट्रपति बन्ने इच्छा छ : ह्यारिस

पेन्सिलभेनिया, अमेरिका । अमेरिकी राष्ट्रपति चुनावमा दुई हप्ताभन्दा कम समय बाँकी हुँदा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफू सम्पूर्ण अमेरिकी जनताले चाहेको राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेकी छिन् ।

जर्जियामा चुनाव प्रचारका लागि प्रस्थान गर्नुअघि एक पत्रकार सम्मेलनमा पत्रकारहरूसँग कुरा गर्दै ह्यारिसले लोकतान्त्रिक भविष्यका बारेमा चिन्ता व्यक्त गर्ने पुरुष र महिलाहरूलाई समान रूपमा हेरेको बताएकी छिन्।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि र उपराष्ट्रपति कमला ह्यारिसले ह्वाइट हाउसमा पहिलो कार्यकालका लागि उम्मेदवारी दर्ता गरेकी हुन् ।

कमला ह्यारिसले अमेरिकी जनताले उनीहरूले सामना गर्ने चुनौतिको सामना गर्न सक्षम राष्ट्रपति चाहेको बताएकी छिन् । उनले प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पलाई जनताको मौलिक स्वतन्त्रता खोसेको आरोप समेत लगाएकी छिन् ।

त्यसैगरी, मतदानमा लैङ्गिक अन्तरको मुद्दामा सोधिएको प्रश्नको जवाफमा ह्यारिसले भनिन्, “म तपाईंसँग इमानदार हुनुपर्दछ, पुरुष र महिला दुबैले हाम्रो लोकतान्त्रिक भविष्यको बारेमा समान मात्रामा आफ्नो चिन्ता व्यक्त गरिरहेको मैले देखिरहेको छु, उनीहरू देशले सामना गर्ने चुनौतिको सामना गर्न सक्षम राष्ट्रपति चाहन्छन् । त्यसैले, मैले वास्तवमा त्यस्तो असमानता देख्दिनँ, र म सबै अमेरिकीहरूले चाहेको राष्ट्रपति बन्न चाहन्छु ।”

उनले सीमा मुद्दाबारे कुरा गर्दै अमेरिकी सीमा सुरक्षाको सुनिश्चितता आफ्नो सर्वोच्च प्राथमिकताको विषय रहेको बताइन् ।

कमला ह्यारिसले बिहीबार (स्थानीय समय) जर्जियामा पहिलो पटक पूर्व अमेरिकी राष्ट्रपति बराक ओबामासँग चुनावी प्रचार गर्ने अपेक्षा गरिएको छ ।

अभियान अधिकारीहरूका अनुसार ह्यारिस शनिबार पूर्व अमेरिकी प्रथम महिला मिशेल ओबामासँग मिशिगनमा उपस्थित हुने तयारी गरिएको छ । पूर्व राष्ट्रपति बाराक ओबामा र मिशेल ओबामाले जुलाईमा ह्यारिसलाई राष्ट्रपति उम्मेदवारको रुपमा समर्थन गरेको थियो ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका उयदपुरका सुजन आचार्य कम्बोडियाबाट पक्राउ

काठमाडौं । वैदेशिक रोजगारी ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी उदयपुर त्रियुगा नगरपालिका–१० का सुजन आचार्य पक्राउ परेका छन् ।

इन्टरपोल कम्बोडियाको समन्वयमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्न शुक्रबार नेपाल फिर्ता ल्याइएको नेपाल प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारीमा सिंगापुर पठाईदिन्छु भनि ४० जना भन्दाबढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरी फरार भएका आचार्य र बिनु शाक्यलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध भएपछि गत माघ १९ गते उनीहरूविरुद्ध रेड नोटिस जारी भएको थियो ।

साथै सुजनविरुद्ध २०७९ जेठ १३ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा विद्युतीय कारोवार सम्बन्धी कसूर मुद्दा दर्ता भएको र २०८० वैशाख २५ गते प्रहरी वृत्त महाराजगंजमा ठगी तथा अपराधिक लाभ सम्बन्धी कसूर मुद्दा समेत दर्ता भएको भन्ने अनुसन्धानको क्रममा खुल्न आएपश्चात उनीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास गरी नेपाल फिर्ता ल्याई सम्बन्धित कसूरमा कानूनी कारवाही गराउनका लागि असोज १ गते कम्बोडियाबाट दुवै जनालाई पक्राउ गरिएको र पक्राउमध्ये सुजनलाई नेपाल ल्याइएको हो ।

उनलाई सम्बन्धित कसूरहरूमा कानून बमोजिम कारवाही गराउने प्रयोजनार्थ जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

राखेपका पूर्व सदस्यसचिव राणाको निधन

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व सदस्यसचिव सुशील शमशेर जबराको शुक्रबार निधन भएको छ । उनको ९१ वर्षको उमेरमा निधन भएको हो ।

राणाको आजै पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जलीसहित दाहसंस्कार भएको राखेपको प्रचारप्रसार शाखा प्रमुख खुशराज दाहालले जानकारी दिए। उनका अनुसार श्रद्धाञ्जली अर्पण कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का विभागीय प्रमुखहरु प्रेमबहादुर मल्ल, सरोज पोखरेलसहित कर्मचाहरुको उपस्थिति थियो ।

राखेपको दोस्रो सदस्यसचिवका रुपमा राणाले छ वर्षसम्म नेपाली खेलकुदका क्षेत्रमा योगदान पुर्याएका थिए । विसं २०१७ देखि विसं २०२४ सम्म राणा परिषद्को सदस्यसचिव भएका थिए ।

नेपाल ब्याडमिन्टन सङ्घको सस्थापक अध्यक्षभएका राणा हाल आजीवन मानार्थ अध्यक्षको रुपमा रहेका सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठले जानकारी दिए ।

राणाको निधनप्रति राष्ट्रिय खेलकुद परिषद्ले दुःख व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना व्यक्त गरेको छ  ।

रौतहटबाट आठ किलो चाँदीको गहनासहित भारतीय नागरिक पक्राउ

रौतहट । मोटरसाइकल प्रयोग गरी अवैध कारोबारमा संलग्न भारतीय नागरिकलाई प्रहरीले आज यहाँ पक्राउ गरेको छ ।

भारत विहार प्रदेश सीतामढी जिल्ला असोगी टोलका ६२ वर्षीय चन्देश्वर साह सोनार करिब आठ केजी चाँदीका गहनासहित पक्राउ परेको रौतहट प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

विआर ३० एफ ६६३५ नम्बरको मोटरसाइकल प्रयोग गरी सीमापारि वैरगनियाबाट नेपालतर्फ आउँदै गरेका साह गौर भन्सार कार्यालय अगाडि पक्राउ परेको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको ट्याङ्कीमुनि प्लास्टिकमा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा प्रहरीले शङ्का लागि जाँच गर्दा पक्राउ परेका साहलाई निजले प्रयोग गरेको मोटरसाइकल, बरामद गरिएको गहनासहित सार्वजनिक गरिएको हो ।

प्रमुखका हैसियतले प्रहरी उपरीक्षक दिलीप घिमिरेको कार्यकालमा जिल्लामा चोरी निकासीसहित अवैध गतिविधि कम भइरहेको भनी सर्वत्र प्रशंसा भइरहेको अवस्थामा अवैध घटनाक्रम दोहोरिन थालेको भनी जिल्लावासीले चिन्ता व्यक्त गर्दै शान्ति सुव्यवस्था सुनिश्चित गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गरेका छन् ।

जिल्लास्थित बङ्कुल, गौर, रामपुरखाप, अरौया, बञ्जराहा, जयनगर र मटियास्थित सीमावर्ती क्षेत्रका सुरक्षाकर्मी एवं भन्सार कर्मचारीलाई छलेर लत्ताकपडा, खाद्यान्न, तरकारी, मासुजन्य पदार्थ, साना तथा मझौलाखालका हातहतियार, पटकालगायत अवैध सामग्री नेपालतर्फ भित्रिने तथा चोरी डकैती गरी अर्को देशतर्फ सुरक्षित हुनखोज्ने गैरकानुनी घटनाक्रम न्यूनीकरण तथा नियन्त्रणका लागि दुवैतर्फका जिम्मेवार अधिकारी, राजनीतिक दल, नागरिक समाजका प्रतिनिधि एवं स्थानीय जनताकाबीच समन्वय, सहयोग र सहकार्य हुनुपर्नेमा जोड दिइएको छ । 

कोप–२९मा जलवायु न्यायका विषय सशक्तरुपमा उठाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको ७९ औँ महासभाका मञ्चमा नेपालले राखेका जलवायु न्यायसम्बन्धी विषयलाई आगामी नोभेम्बर २०२४ मा अजरबैजानको बाकुमा हुने विश्व जलवायु सम्मेलन (कोप-२९) मा सशक्तरुपमा उठाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को तेस्रो बैठकमा प्रधानमन्त्रीले महासभामा भएका सम्बोधन र साइडलाइन भेटवार्ताका क्रममा राखिएका जलवायु परिवर्तनमा नेपालको स्पष्ट अडान र दृष्टिकोणलाई कोप-२९ मा राख्न आग्रह गरे।

कोप-२९ मा राष्ट्रपति रामचन्द्र पौडेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाउने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले नेपालमा हिमालहरूले विश्व तापमानलाई सन्तुलित बनाउन योगदान गरिरहेको सन्दर्भमा विश्वमा भएको कार्बन उत्सर्जनका कारण हिमालहरू पग्लिएर हिमाली क्षेत्रका बासिन्दा प्रभावित भइरहेकाले नेपालले कार्बन उत्साह गर्ने मुलुकबाट उचित क्षतिपूर्ति पाउनुपर्ने विषय उठाउँदै आएका छन्।

उनले हिमालदेखि समुद्रसम्मको वातावरण सन्तुलनका लागि योजना ल्याउन विश्व समुदायलाई माग गरे । प्रधानमन्त्री ओलीले वन क्षेत्र निर्धारण गरिएका स्थलमा वन नहुने स्थितिको अन्त्य गर्दै सघन वन विस्तार कार्यलाई प्राथमिकता दिन निर्देशन दिए ।

नेपालमा ४६ प्रतिशत वन क्षेत्र भए पनि खास वन रहेका क्षेत्र २८ प्रतिशत मात्रै रहेकाले बाँकी १२ प्रतिशत क्षेत्रमा सघन वन विस्तार गर्न जोड दिए । कम्तीमा ४० प्रतिशत क्षेत्र वन कायम राख्ने गरी काम गर्न आग्रह गर्दै नेपालले विश्व वातावरण स्वच्छताका लागि वन, हिमाल र ताल तलैया राखेर योगदान गरिरहेको उल्लेख गरे । नेपालमा १७ प्रतिशत भूभाग हिमाल र सात प्रतिशत ताल–तलैया रहेका छन् ।

प्रधानमन्त्री ओलीले आयोजनाहरूका लागि सरकारले निर्णय गरिसकेका काममा वन मन्त्रालयबाट हुनुपर्ने सहमतिमा ढिलाइ नगर्न पनि निर्देशन दिए ।

उनले भने, ‘वन मन्त्रालयले वनलाई आफ्नो घरैबाट ल्याएको जस्तो गर्नु हुँदैन । आयोजना निर्माणका क्रममा मन्त्रिपरिषद्ले गरेका निर्णयमा पनि वन मन्त्रालयले रोकेका गुनासा आएका छन् । आवश्यकता अनुसार वनको रक्षा गर्दै वन नभएका ठाउँमा माग आएमा उद्योग सञ्चालन गर्न दिनुपर्छ ।’

बैठकले परिषद्को एक वर्षको कामको समीक्षा र अघिल्ला बैठकका निर्णय कार्यान्वयनका अवस्थाबारे जानकारी गराउँदै आगामी नोभेम्बर २०२४ मा अजरबैजानको बाकुमा आयोजनामा हुने विश्व जलवायु सम्मेलन (कोप-२९)मा नेपालको प्रभावकारी सहभागिता, वन तथा वातावरण मन्त्रालयको नाम परिवर्तन गरी वन, वातावरण तथा जलवायु परिवर्तन राख्ने र आगमी एक वर्षका लागि मार्गनिर्देशन लिने आदि निर्णय गरेको छ ।

बैठकमा उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, विभिन्न प्रदेशका मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारी, नेपाल सरकारका मुख्यमन्त्री एकनारायण अर्याललगायत सहभागी थिए।

सूर्यदर्शन सहकारी ठगीको आरोपमा गोर्खा ग्रुप अफ कम्पनीका संचालक पक्राउ

काठमाडौं । प्रहरीले सूर्यदर्शन सहकारी रकम ठगीमा संलग्न रहेको आरोपमा थप एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सूर्यदर्शन सहकारीको रकम ठगीमा संलग्न रहेको आरोपमा तनहुँको भानु नगरपालिका–८ बगालेफाँटका ४८ वर्षीय रामबहादुर खनाललाई पक्राउ गरेको हो ।

खनाल नेचर हर्ब्स इन्टरनेशनल प्रालि र गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका संचालक एवं शेयरधनी रहेको ब्युरोले जनाएको छ । खनाललाई जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइसकेको प्रहरीेले जनाएको छ ।

आयोगले तोक्यो उपनिर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा

काठमाडौं । आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ ।

आयोगले शुक्रबार उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि निर्वाचनको परिणाम घोषणा भएको अवधिसम्म उम्मेदवारले खर्च गर्न पाउने रकमको सीमा तोकेको हो ।

आयोगकाअनुसार महानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा सात लाख पचास हजार रुपैयाँ, उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा पाँच लाख पचास हजार रुपैयाँ, नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा चार लाख पचास हजार रुपैयाँ, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले जम्मा तीन लाख पचास हजार रुपैयाँ र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले जम्मा पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्ने आयोगले जनाएको छ ।

त्यसैगरी, महानगरपालिकाका वडाध्यक्ष पदका उम्मेदवारले तीन लाख रुपैयाँ, उपमहानगरपालिकाका वडाध्यक्ष पदका उम्मेदवारले दुई लाख पचास हजार रुपैयाँ, नगरपालिकाका वडाध्यक्ष पदका उम्मेदवारले जम्मा दुई लाख रुपैयाँ र गाउँपालिकाका वडाध्यक्ष पदका उम्मेदवारले जम्मा एक लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न सक्ने गरी खर्चको सीमा तोकेको हो ।

१७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले १७ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित २७ कर्मचारीको सरुवा गरिएको छ । गृह मन्त्रालयले शुक्रबार प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई जिल्ला प्रशासन कार्यालय पर्सामा सरुवा गरिएको छ भने रुपन्देहीमा बासुदेव घिमिरेलाई पठाइएको छ । मन्त्रालयले इलाका प्रशासन कार्यालयहरुमा कार्यरत उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरुको पनि सरुवा गरेको छ

यस्ता छन् मन्त्रिपरिषद बैठकका १२ निर्णय

काठमाडौं । सरकारले ११ स्थानका अवैतनिक वाणिज्यदूत र महावाणिज्यदूतहरूको पदावधि चार वर्ष थप गरेaको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको शुक्रबार पत्रकार सम्मेलन गरी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिएका हुन् ।

बैठकले पाँचथरको फालेलुङ गाउँपालिका–५ मा भएको बम विष्फोटमा परी मृत्यु भएका दिप्सन साँवा र प्रिन्सा साँवाको एकाघरको परिवारलाई प्रति परिवार बिलबमोजिम पाँच लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।

धादिङमा माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते

धादिङ । काठमाडौँबाट मनकामना आउँदै गरेको माइक्रोबस पृथ्वी राजमार्गको १० किलो भन्ने स्थानमा दुर्घटना भएको छ ।

बागमती प्रदेश ०१ – ०३० च ७६५९माइक्रोबस पृथ्वी राजमार्गको १० किलो भन्ने स्थानमा दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

घाइतेमघ्ये दुईको अवस्था गम्भीर रहेको छ। भ्यान सडकबाट करिव १० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाईतेहरुको प्रहरीले उद्धार गरिरहेको छ ।

वीरगञ्ज नाका हुँदै सवारीसाधनको आयात ६० प्रतिशतले कमी

वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार नाका हुदैँ आयात हुने चारपाङ्गे सवारीसाधनको आयात ह्वात्तै घटेको छ । गत आर्थिक वर्षको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा चारपाङ्गे सवारीसाधनको आयात ६० प्रतिशत भन्दा बढीले कमी आएको छ । वीरगञ्ज नाका हुँदै पेट्रोलियम पदार्थ र विद्युतीय सवारीसाधन दूवैको आयातमा पनि कमी देखिएको छ ।

चालु आवको असोज मसान्तसम्मको अवधिमा ४० करोड ४७ लाख ६३ हजार मूल्यपर्ने दुई सय १५ वटा जीप, कार र भ्यान आयात भएका छन् । गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा जीप, कार र भ्यानको परिमाणको आधारमा ६६ दशमलव ०९ प्रतिशतले घटेको देखिन्छ । सोही अवधि राजस्व सङ्कलनको आधारमा भने ४९ दशमलव ९३ प्रतिशतले गिरावट आएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले चारपाङ्ग्रे सवारीसाधन वीरगञ्ज नाकाभन्दा पनि अन्य नाकाबाट भित्राउने क्रम बढेको बताए ।

‘‘व्यवसायीले जुनसुकै नाकाबाट सवारीसाधन भित्राए पनि समग्रमा राजस्व मुलुकभित्रै भित्रिने हो,’’ उनले भने,‘‘चालु आवको साउन र भदौ महिनाको तुलनामा वीरगञ्ज भन्सार कार्यालयले सङ्कलन गर्ने समग्र राजस्वमासमेत वृद्धि हुदैँ आइरहेको छ ।’’

गत आवको तीन महिनाको अवधिमा भने ९० करोड ५७ लाख १६ हजार मूल्यपर्ने छ सय ३४ वटा जीप, कार र भ्यानको आयात भएको थियो । पेटोलियम पदार्थबाट चल्ने चारपाङग्रे सवारीसाधनको मात्रै आयात घटेको होइन् । गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा इलेक्ट्रिक, कार, जीप र भ्यानको आयातमा पनि ठूलो गिरावट आएको छ ।

चालु आवको तीन महिनाको अवधिमा वीरगञ्ज नाकाहुँदै नौ करोड ७७ लाख ९० हजार मूल्यपर्ने ६७ वटा मात्रै इलेक्ट्रिक कार, जीप र भ्यान आयात भएको छ । प्रमुख भन्सार प्रशासक लामिछाने इलेक्ट्रिक सवारीसाधन वीरगञ्ज नाकाबाट भन्दा पनि उत्तरी नाकाबाट धेरै भित्रिने बताउँछन् ।

‘‘इलेक्ट्रिक सवारीसाधन व्यापारीले उत्तरी नाकाबाट भित्राउने गर्नुहुन्छ भने ठूला सवारीसाधन भने वीरगञ्ज नाका हुदैँ भित्रिन्छन् ।’’गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा इलेक्ट्रिक सवारीसाधनको आयात परिमाणको हिसाबले ६४ दशमलव ७४ प्रतिशतले गिरावट आएको छ ।

सोही अवधिमा इलेक्ट्रिक सवारीसाधनको आयातबाट हुने राजस्व सङ्कलनमा पनि ५९ दशमलव ६७ प्रतिशतले कमी आएको छ । जबकी गत आवको तीन महिनाको अवधिमा ३५ करोड नौ लाख ९४ हजार मूल्यपर्ने एक सय ९० वटा इलेक्ट्रिक सवारीसाधन आयात भएको थियो ।

चालु आवको तीन महिनाको अवधिमा सात करोड ३२ लाख १७ हजार मूल्य पर्ने ३२ वटा ट्रक, मिनि ट्रकको आयातमा भएको छ । जबकी गत आवको तीन महिनाको अवधिको तुलनामा चालु आवको सोही अवधिमा भने ६३ दशमलव ६४ प्रतिशतले आयात घटेको छ ।

गत आवको तीन महिनाको अवधिमा ट्रक मिनि ट्रक २० करोड १३ लाख १२ हजार मूल्य पर्ने ८८ वटा भित्रिएका थिए । त्यस्तै चालु आवको तीन महिनाको अवधिमा पिकअप तथा डेलिभरी भ्यानको आयात पनि खस्किएको छ ।

चालु आवको तीन महिनाको अवधिमा नौ करोड ७५ लाख तीन हजार मूल्य पर्ने ६८ वटा पिकअप तथा डेलिभरी भ्यान आयात भएको छ ।

जबकी गत आवको तीन महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने पिकअप तथा डेलिभरी भ्यानको आयात ६३ दशमलव ६४ प्रतिशतले घटेको छ । जबकी गत आवको सोही अवधिमा भने १४ करोड १५ लाख मूल्यपर्ने एक सय ३२ पिकअप तथा डेलिभरी भ्यानको आयात भएको थियो ।

बजेटका कारण अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण नरोकिने

चितवन । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणका क्रममा बजेट निकासा नरोकिने जानकारी दिएका छन् । रङ्गशालाको शुक्रबार अनुगमनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले रङ्गशाला निर्माण सम्पन्न गर्न बजेट अभाव नहुने स्पष्ट पारे ।

उनले भने, “प्रदेश सरकारको ७० प्रतिशत र भरतपुर महानगरपालिकाको ३० प्रतिशत लगानीमा निर्माण सुरु गरिएको रङ्गशाला निर्माण सुरु गरिएको रहेछ । बहुवर्षीय योजनालाई उच्च प्रथामिकतामा राखेर आवश्यक बजेट विनियोजन गरिने छ । हाम्रो चलन के छ, भने बहुवर्षीय योजना बनाउने सुरुवातमा केही बजेट दिने अर्को वर्ष थोरै थोरै बजेट विनियोजन गर्दा काम ढिला हुने गरेको छ । म आइसकेकेपछि त्यस्तो नगरी तीव वर्षमा सिध्याउने हो भने त्यस अनुसार नै बजेट विनियोजन गर्ने योजना बनाएको छु ।” बजेट दिने विधिलाई समेत परिमार्जन गर्ने गरिएको उनले बताए ।

पहिलेको तुलनामा काम प्रभावकारी रुपमा भएको उनको भनाइ थियो । नेपालका योजना अधुरो रहने गरेको भन्ने कुरालाई यो योजनाले चिर्ने उनले बताए ।

अनुगमनका क्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले तीन तहका सरकारको लगानीमा निर्माण थालिएको रङ्गशाला निर्माणका क्रममा बजेटको सूनिश्चितता प्रदेश सरकारले गरेको बताइन् । यो नमूना परियोजनाको रुपमा काम भइरहेको उनले बताइन् । कामको वातावरण निर्माण गर्न महानगरपालिकाले केही कसूर बाँकी नराख्ने उनको भनाइ थियो ।

गत असार २३ गते रङ्गशाला निर्माणका लागि सम्झौता भई निर्माणको प्रक्रिया अघि बढेको हो । महानगरपालिकाका डिभिजन इञ्जिनीयर सन्तोष आचार्यका अनुसार रङ्गशाला निर्माणका लागि महानगरपालिका र हिमालयन कालिञ्चोक विविआर जेभिबीच दुईपक्षीय सम्झौता भएको हो ।

७८ करोड ५० लाख ९१ हजार एक सय ८९ मा निर्माण सम्पन्न गर्ने गरी दुईपक्षीय सम्झौता गरिएको हो । ३० महिनामा निर्माणको काम सम्पन्न गर्ने गरी सम्झौता भएको हो । सम्झौतापछि हाल दुईवटा टावर निर्माणको क्रम जारी रहेको उनले बताए ।

एउटा टावरमा ग्राउण्ड निर्माणको काम भइरहेको छ, भने अर्को टावरमा फाउण्डेसन निर्माणको काम भइरहेको छ । तिहार अघि ढलान भ्याउने गरी काम भएको उनले बताए ।

रङ्गशाला निरीक्षणमा बागमती प्रदेशसभा सदस्य गीता गुरुङ, भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल लगायतको उपस्थिति रहेको थियो ।

रवि लामिछाने पक्राउको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । लामिछानेलाई पक्राउ गरेको भन्दै उनीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले ‘८८ अर्ब फिर्ता गर’ भन्दै सहकारी पीडितको पक्षमा पनि नाराबाजी गरेका छन् । रास्वपा सभापति लामिछाने सहकारीको पैसा गोर्खा मिडियामा लगेर अपचलनको आरोपमा कास्की प्रहरीको हिरासतमा छन् ।

उनीहरुले यसअघि पोखरामा प्रदर्शन गर्दै आएका थिए । लामिछानेलाई सुप्रिम सहकारी ठगी प्रकरणमा पनि जिल्ला अदालत रुपन्देहीले पक्राउ गर्न अनुमति दिएको छ ।

बाढीपहिरोबाट निधन भएका फुटबल खेलाडीका परिवारद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं ।  बाढीपहिरोमा परी निधन भएका मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका फुटबल खेलाडीका परिवारजनले प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएका छन् । साथै उनीहरूले उक्त घटनाको उच्चस्तरीय आयोगबाट छानबिन गरी दोषीलाई कारबाही गर्नसमेत माग गरेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)द्वारा सञ्चालित सो विद्यालयको होस्टेलका ६ बालबालिकाको बाढीपहिरोबाट बच्न भाग्ने क्रममा गत असोज १२ गते निधन भएको थियो ।

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाको सहजीकरणमा प्रधानमन्त्रीनिवास, बालुवाटारमा आज भएको भेटमा पीडित परिवारले अघिल्लो दिनदेखि नै वर्षा भइरहेको र कुलेखानी विद्युतगृहको बाँध खोल्ने सूचना भएको अवस्थामा बालबालिकालाई विद्यालयबाट सुरक्षित स्थानमा लैजानुपर्नेमा लापरबाही भएकाले निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । मृतक बालबालिकाका नाममा अक्षय कोष स्थापना गरी खेल क्षेत्रको प्रवर्द्धन गर्न पीडित परिवारले आग्रह गरेका छन् ।

पीडित परिवारका तर्फबाट भक्तबहादुर बलम्पाकी, कमला रेग्मी, टीकाराम आचार्य, हेमबहादुर योञ्जन, दीपा बानियाँ र ललितबहादुर घलानले संयुक्त रूपमा प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका हुन्।

ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री ओलीले उक्त घटना अत्यन्त दुःखद भएको उल्लेख गर्दै यसबारे यथार्थ जानकारी लिने पीडित परिवारलाई विश्वास दिलाए । उनले पीडितका पक्षमा सरकार रहने स्पष्ट गरे।

भेटका अवसरमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री शालिकराम जम्कट्टेल, प्रदेश सभा सदस्य कुमारी मोक्तान, संविधानसभा सदस्य सुवास ठकुरी, नेपाली कांग्रेस मकवानपुरका जिल्ला सभापति बुद्धशरण लामालगायत सहभागी थिए ।

सिटामोल अभाव  छैनः औषधि लिमिटेड

काठमाडौँ ।  बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको नेपाल औषधि लिमिटेडले जनाएको छ । लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरुले सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन पनि भइरहेको बताए ।

उनले भने, “हामीले नियमित उत्पादन गरिरहेका छौँ । दैनिक दुई सिफ्टमा काम भइरहेको छ । सिटामोलसँगै जीवनजललगायत अन्य औषधि पनि उत्पादन भइरहेको छ ।” उनका अनुसार दैनिक तीन लाख सिटामोल उत्पादन भइरहेको छ ।

“डेङ्गीका बेला पनि सिटामोल पाइएन भन्ने सुनिएपछि सूचना निकालेका छौँ । हामीसँग जति खरिदका लागि आउनुभएको छ, दिएका छौँ । खरिद बिक्रीको अनुपात हेर्ने हो भने सन्तुलित छ”, प्रबन्ध निर्देशक पनेरुले भने । सिटामोलको अभाव रहेको भन्ने विभिन्न माध्यमबाट गुनासो आएकाले लिमिटेडले बिहीबार एक सूचना जारी गरी सोबारे ध्यानकर्षण गराएको थियो ।

खरिदका लागि सम्पर्क गर्नुहुने लिमिटेडका सबै भण्डारणकर्ता, सरकारी अस्पताल तथा तीनै तहका सरकार मातहतका स्वास्थ्य आपूर्ति व्यवस्थापन निकायलाई मागअनुसारको परिमाणमा सिटामोलको तत्काल आपूर्ति गर्दै आइरहेको सूचनामा उल्लेख छ ।

लिमिटेडले पछिल्लो समय बढिरहेको डेङ्गीको सङ्क्रमणलाई लक्षित गर्दै सर्वसाधारणका लागि सिटामोल सहज रुपमा उपलब्ध गराउने उद्देश्यले काठमाडौँ, बबरमहलस्थित बिक्री महाशाखाको काउन्टरबाट जोकोहीले आवश्यकता अनुसारको खरिद गर्नसक्ने व्यवस्था मिलाएको छ । उक्त काउन्टरबाट बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सिटामोल खरिद गर्नसक्ने लिमिटेडले जनाएको हो ।

जिल्ला अस्पताल उदयपुरमा जेनेरेटर नहुँदा उपचारमा समस्या

उदयपुर । जिल्ला अस्पताल उदयपुर गाईघाटमा लामो समयदेखि जेनेरेटर नहुँदा उपचारमा समस्या हुँदै आएको छ । पटकपटक विद्युत् जाने समस्या हुनुका साथै जेनेरेटर नहुँदा बिरामीको उपचारमा समस्या हुने गरेको हो ।

अस्पतालका चिकित्सक तथा कर्मचारीका अनुसार पटक–पटक विद्युत् आपूर्ति बन्द हुने समस्याले उपचारमा सास्ती हुने गरेको हो । अस्पतालका प्रमुख डा वीरेन्द्रकुमार मण्डलका अनुसार विद्युत् गएका समयमा तत्काल प्रयोग गर्ने जेनेरेटर नहुँदा समस्या भएको भन्दै पुरानो जेनेरेटर पनि बिग्रिएर थन्किएको छ ।

करिब १५ वर्ष अघि खरिद गरिएको जेनेरेटर बिग्रेको भन्दै प्रमुख डा मण्डलले अस्पताल विकास व्यवस्थापन समिति तथा सरोकार भएका निकायबाट नयाँ जेनेरेटर व्यवस्थापनमा पहल नहुँदा समस्या भइरहेको बताए।

विद्युत् आपूति बन्दा भएका बेला जेनेरेटर नहुँदा अस्पतालको शव गृहमा शव राख्न, राति आकस्मिक उपचार सेवा लिन आउने बिरामी तथा कुरुवालाइसास्ती हुने गरेको छ ।

अस्पतालमा डेङ्गीको उपचार गरेर घर फर्किएका त्रियुगा नगरपालिका–३ का राजन कार्कीले भने, “रातिको समयमा पटक–पटक विद्युत् जाने समस्या छ । सो समयमा जेनेरेटर नहुँदा अस्पताल अन्धकारमय हुन्थ्यो । एकहप्ता अस्पताल बस्दा राति अध्यारोमा शौचालय जान, औषधि सेवन गर्नलगायत काममा समस्या हुने गरेको थियो ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का जिल्ला अध्यक्ष भागवत राउतले अस्पतालमा जेनेरेटर व्यवस्थापन गर्न स्थानीय प्रशासनले पहल गर्नुपर्ने बताए।

“एक महिनाअघि एकजना आफन्तको सवारी दुर्घटनामा मृत्यु भएपछि चार दिनसम्म शव गृहमा शव राख्नपर्ने बाध्यता आयो, पटक–पटक विद्युत् आपूर्ति बन्द हुँदा समस्या भएपछि टोल विकास समितिको जेनेरेटर ल्याएर अस्पतालमा शव राखेका थियौँ”, उनले भने।

जिल्ला अस्पतालमा जेनेरेटर नहुँदा सेवा प्रवाह प्रभावित भइरहेको भन्दै स्थानीय सरकार, सरोकार भएका निकाय तथा राजनीतिक दलले जेनेरेटर व्यवस्थापनमा पहल गर्नुपर्नेमा अध्यक्ष राउतले जोड दिए।

पन्ध्र वर्ष अघि खरिद गरिएको जेनेरेटर ६ वर्षदेखि बिग्रिएर थन्किएको अस्पतालका प्रमुख डा मण्डलले जानकारी दिए।

जिल्ला अस्पतालको कार्यभार सम्हाल्न केहीदिन अघि मात्र यहाँ आइगेका प्रमुख डा मण्डलले भने, “अस्पतालमा विभिन्न समस्यामध्ये जेनेरेटर व्यवस्थापन जटिल समस्या बनेको छ । समस्या समाधानका लागि प्रदेश सरकार र मन्त्रालयसँग पहल गर्नेछु ।” उनले दुई महिनाभित्र समस्या समाधान हुने जनाए।

प्रमुख डा मण्डलले नयाँ जेनेरेटर खरिद गर्न  ५० लाख बजेट आवश्यक पर्ने भन्दै उक्त रकम अस्पतालसँग नभएकाले प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय तथा सङ्घीय स्वास्थ्य मन्त्रालयले सहयोग गर्नुपर्ने बताए।

फिलिपिन्समा ‘ट्रामी’ आँधीका कारण ४६ जनाको मृत्यु, २० बेपत्ता

मनिला । यस हप्ता फिलिपिन्समा आएको उष्णकटिबन्धीय आँधी ‘ट्रामी’बाट मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ भने कम्तिमा २० जना अझै बेपत्ता रहेका अधिकारीहरूले शुक्रबार बताएका छन् ।

नागरिक रक्षा प्रशासकको कार्यालय ‘एरियल नेपोमुसेनो’ले एउटा प्रतिवेदनमार्फत देशभरका नौ क्षेत्रबाट ट्रामीसँग सम्बन्धित मृत्युको खबर आएको जनाएको छ ।

आँधीको प्रभाव झेल्ने मनिलाको दक्षिणपूर्वी क्षेत्र बिकोलमा २८ जनाको मृत्यु भएको र क्यालाबारजोन क्षेत्रमा १५ जनाको मृत्यु भएको जनाएको छ । मध्य र दक्षिणी फिलिपिन्सका अन्य क्षेत्रबाट पनि ट्रामी–सम्बन्धित मृत्युको खबर प्राप्त भएको छ ।

यस वर्ष फिलिपिन्समा आएको ११औँ टाइफुन ट्रामीले मुख्य लुजन टापुमा प्रहार गरी बिकोल र क्यालाबारजोन क्षेत्रमा विनाशकारी बाढी र पहिरो निम्त्याएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले दक्षिणपूर्वी एसियाली देशको कम्तिमा १५ क्षेत्रका २६ लाखभन्दा बढी मानिसहरू आँधीबाट प्रभावित भएको बताएको छ।

राज्य मौसम ब्यूरोले शुक्रबार दिउँसो वा साँझमा ट्रामी फिलिपिन्सबाट बाहिर निस्कने पूर्वानुमान गरेको छ ।
फिलिपिन्समा वार्षिक औसत २० वटा टाइफुन आउने गरेको छ ।

पाकिस्तानी तालिबानको आक्रमणमा परी १० जना प्रहरीको मृत्यु

पेशावर ।  पाकिस्तानी तालिबानले अफगान सीमानजिकैको चेकपोस्टमा गरेको आक्रमणमा १० जना प्रहरी मारिएको अधिकारीहरूले शुक्रबार बताएका छन्।

‘आक्रमणका क्रममा फ्रन्टियर कन्स्टेबुलरीका १० जना जवान सहिद भएका थिए भने सातजना घाइते भएका थिए,’ एकजना वरिष्ठ गुप्तचर अधिकारीले बताए।

खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लामा प्रहरी सहायता बलको चौकीमा करिब २० देखि २५ जना आतंककारीहरूले भारी आक्रमण गरेका थिए। आक्रमण अफगानी सीमाबाट करिब ७० किलोमिटर पूर्वमा भएको थियो।

सन् २०२१ मा अफगानिस्तानमा तालिबान सत्तामा फर्किएपछि पाकिस्तानले आतंकवादमा वृद्धि देखेको छ भने पाकिस्तानी तालिबानले प्रायः सुरक्षा फौजलाई लक्षित गरी आक्रमण गर्दै आएको छ।

खैबर जिल्लाको अफगान सीमानजिकै बिहीबार राति गरिएको छुट्टै आक्रमणमा एकजना प्रहरी मारिएका छन्। ऐतिहासिक रूपमा अफगानिस्तानमा जरा भएको पाकिस्तानी तालिबानले अफगानी तालिबानकै विचारधारालाई आत्मसात् गरेको छ।

इजरायली आक्रमणमा तीन जना पत्रकारको मृत्यु

बेरुत (लेबनान) । पूर्वी लेबनानमा भएको इजरायली आक्रमणमा तीन जना पत्रकारको मृत्यु हुनुका साथै बेरुतको दक्षिणी उपनगरका भवनहरूमा भौतिक क्षति भएको लेबनानको राष्ट्रिय सञ्चार माध्यामले शुक्रबार जनाएको छ ।

लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले हसबायामा भएको उक्त घटनाको रिपोर्ट गरेको थियो । रिर्पोटका अनुसार इजरायलले सिरियाली सीमा नजिकै शुक्रबार बिहान ३ः३० मा आक्रमण गरेको थियो ।

एनएनएका अनुसार बेरुतको दक्षिणी चौइफत अल–अमरोसिह क्षेत्रमा, इजरायली हमलाले दुई वटा भवनहरू क्षतिग्रस्त बनाएको थियो । सेन्ट थेरेस क्षेत्रलाई लक्षित गरी गरिएको आक्रमणमा संवैधानिक परिषद् नजिकैका दुईवटा भवनहरूसमेत ढलेको जनाएइको छ ।

इजरायली सेनाका अरबी भाषाका प्रवक्ता अविचे अद्राईले सामाजिक सञ्जाल एक्स मार्फत निकासी चेतावनी जारी गरे पछि बेरुतको दक्षिणमा आक्रमण भएको एनएनएले रिपोर्ट गरेको छ ।

एएफपिटिभीको फुटेजमा आक्रमणपछि बेरुतको दक्षिणबाट धुवाँको मुस्लो उठेको देखाइएको छ ।

केही समय अघि दक्षिण बेरुतको चौइफत क्षेत्रमा नयाँ आक्रमण सुरु गरेको इजरायलले , विस्तारै हारेत ह्रीक र हदथलाई पनि लक्षित गरी आक्रमया सुरु गरेको छ ।

बुधबारको इजरायली आक्रमणले दक्षिण बेरुतमा छ वटा भवनहरू क्षेतिग्रस्त राष्ट्रिय सञ्चार माध्याम तथा र एएफपी फुटेजले देखाएको थियो भने इजरायली सेनाले हिजबुल्लाह हतियार उत्पादन केन्द्र भित्र आक्रमण गरेको जनाएको छ ।

सेप्टेम्बर–२३ मा, इजरायलले लेबनानमा तीव्र आक्रमण सुरु गरे पछि गाजा युद्धलाई लिएर इरान समर्थित हिजबुल्लाहसँग सीमापार झडपपछि स्थलगत आक्रमणको घोषणा गरेको छ ।

पत्रकार संरक्षण समितिले सन् २०२३ अक्टोबरमा इजरायल–हमास युद्ध सुरु भएदेखि गाजा, वेस्ट ब्याङ्क, इजरायल र लेबनानमा कम्तिमा १२८ पत्रकारहरुको मृत्यु भएको जनाएको छ । रासस

असिनापानीले तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट

गलेश्वर । गत आइतबार साँझ परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटको गौश्वारा र तमानेमा तीनसय ५५ रोपनीमा लगाएको धान र कोदो नष्ट भएको छ ।

स्थानीय जनप्रतिनिधि र कृषि प्राविधिकको टोलीले तीन दिन लगाएर गरेको मूल्याङ्कनअनुसार सबैभन्दा बढी क्षति गौश्वारा र तमानेमा भएको पाइएको हो । टोलीले बिहीबार साँझ क्षतिको विवरण सार्वजनिक गरेको हो ।

बेनी- २ का वडासदस्य चन्द्रकान्त रिजालले दिएको जानकारीअनुसार असिनापानीले खेतमा पाक्नै लागेको धान र कोदोमा क्षति पुर्याएको छ । असिनापानीले धान बालीमा क्षति भएपछि कृषि प्राविधिकसहित जनप्रतिनिधिको टोली क्षतिको विवरण सङ्कलन गर्न खेतमा पुगेका थियो ।

असिनापानीले सबैभन्दा बढी क्षति ज्यामरुककोटको गौश्वारामा भएको बेनी–२ का वडाध्यक्ष यामबहादुर कार्कीले बताए । ‘गौश्वारामा गरिएको धानखेतीमा असिना पानीले ८० प्रतिशतसम्म दाना झारेको पाइएको छ, अधिकांश ठाउमा धानको दाना झरेर पराल मात्र बाँकी रहेको भेटिएको छ । किसान अहिले दाना झरेर बाँकी रहेको पराल काटिरहेका छन् । पीडित किसानलाई क्षतिपूर्ति वा राहतका लागि सम्बन्धित निकायमा अनुरोध गर्नेछौँ,’ उनले भने ।

असिनापानीले जिल्लाको बेनी–२ ज्यामरुककोटको सानालेख, गौश्वारा, तमाने, फापरखेत, खबरा, बगरफाँट, वडा नं ३ भकिम्लीको तोराखेत, वडा नं १ को अर्जम, रत्नेचौरलगायत ठाउँमा काटेर खेतमा सुकाएको र काट्न बाँकी रहेको धानमा क्षति भएपछि किसान चिन्तित बनेका बेनी–२ का वडासदस्य रिजालले बताए ।

उनका अनुसार असिनासहितको वर्षाले झाँट्नका लागि ठिक्क पारेको धान खेतमा नै झारिदिएको छ । त्यसैगरी नकाटेको धानका बोट ढालेको छ ।

दाना सबै झरेर पराल मात्र बाँकी रहेको स्थानीय किसान शन्तबहादुर नेपालीले बताए। भित्र्याउने समयमा पानीले क्षति पुर्याइदिएपछि किसानहरु चिन्तित भएको बेनी नगरपालिका–२ सानालेखका नारायण शर्माले बताए ।

‘धानको एउटा बोट पनि ठाडो छैन, खेतैभरि पानी भरिएको छ,उनले भने,’एक दुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिएपछि अब वर्षभरि के खाने हो ?’

जिल्लाको ज्यामरुककोट, खबरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मनलगायत स्थानमा लगाएको बालीमा क्षति भएको हो ।

कृषि ज्ञान केन्द्र कार्यालय प्रमुख सञ्जीव वास्तोलाले जिल्लाका स्थानीय तहहरूले क्षतिका विवरणहरू सङ्कलन गर्ने काम गरिरहेकाले एकीकृत तथ्याङ्क कार्यालयमा नआइपुगेको बताए ।

डेंगी नियन्त्रणका लागि मन्त्री नै सरसफाइ अभियानमा सहभागी

काठमाडौँ । डेङ्गी सङ्क्रमण फैलन नदिन देशभर सरसफाइ अभियान सञ्चालन गर्ने सरकारको निर्णय अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का मातहतका कर्मचारीका साथ मन्त्रालय परिसरको सरसफाइमा सहभागी भएका छन् 

बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले शुक्रबार बिहान १० बजेदेखि देशभरका सबै सरकारी कार्यालय परिसरमा सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

यसअघि प्रत्येक शुक्रबार मन्त्रालय परिसरमा सरसफाइ अभियान सञ्चालन गरिसकेका मन्त्री खड्काले आज पनि उक्त कार्यलाई निरन्तरता दिँदै कर्मचारीलाई हौसलासमेत प्रदान गरे ।

सरसफाइ अभियानका क्रममा मन्त्री खड्काले मन्त्रालय र मन्त्रालयअन्तर्गतका सबै कार्यालयलाई सफा राख्न सम्बन्धित कार्यालय प्रमुख तथा कर्मचारीलाई आग्रह गरे ।

उनले सरसफाइ अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै स्वस्थ हुन सरसफाइले विशेष महत्व दिने भएकाले यसप्रति सबै सचेत हुनुपर्ने बताए ।

धेरै पढेर डाक्टर, पाइलट वा इञ्जिनियर नै बन्ने तर नपढेका मानिस चलचित्रतिर जाने भन्ने होइनः केकी अधिकारी

काठमाडौँ । अरुसँग दाँजेर आफूलाई हीनताबोध नगर्न विद्यार्थीहरुलाई सुझाव दिँदै चलचित्र निर्माता तथा अभिनेतृ केकी अधिकारीले, बाल्यकालको मिठास उपयोग गर्ने र भविष्य बनाउने दुवै अवसर विद्यालय तहमा नै प्राप्त हुने भएकोले यसलाई राम्ररी उपयोग गर्न आग्रह गरेकी छन् ।

‘कालो हुनु । गोरो हुनु । अग्लो हुनु । होचो हुनु । भनेको जस्तो अवस्था नहुनु । यी कुनै पनि अवस्थाले सफल हुनलाई असर गर्दैन । तपाईँ जस्तो हुनुहुन्छ । त्यही अवस्था सबैभन्दा उपयुक्त अवस्था हो । सफल हुन धैर्यता र मिहनेत चाहिन्छ । सबै सफल मान्छेमा धैर्यता र मिहनेत पाइन्छ ।’

काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको ‘फेस्टिभल क्याम्प’ को प्रभावशाली व्यक्तित्वसँग साक्षात्कार कार्यक्रममा उनले विहीबार शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा भेला भएका विद्यार्थीसँग यस्तो बताएकी हुन् । त्यहाँ कक्षा १० मा अध्ययनरत ९ वटा विद्यालयका विद्यार्थीहरु उपस्थित थिए ।

‘तपाईँ त पढ्नमा तेज हुनुहुँदो रहेछ, चलचित्र क्षेत्रमा किन आउनुभयो ?’ विद्यार्थीले सोधेको प्रश्नको जवाफमा अभिनेतृ अधिकारीले भनिन्, ‘चलचित्र प्रतिष्ठित क्षेत्र हो । यो क्षेत्रमा काम गर्न शैक्षिक योग्यता र सिप दुवै चाहिन्छ । अहिले त चलचित्र विषय अध्ययन नै हुन थालेको छ । यही विषय अध्ययन गरेर भविष्य बनाउने सम्भावना छ ।’

उनीहरुको प्रश्नबाट थाहा हुन्छ । राम्ररी अध्ययन नगरेका व्यक्ति मात्र चलचित्र क्षेत्रमा छन् भन्ने उनीहरुलाई लागेको छ । यो प्रश्नभित्रको मनोविज्ञान हेर्ने हो भने विद्यालय तहका विद्यार्थीहरुले चलचित्र क्षेत्रमा भविष्य सोचेका छैनन् । जीवनको लक्ष्यमा चलचित्र क्षेत्र राखेका छैनन् । के यी विद्यार्थीहरुमा कलाकार बन्ने चाहना नभएर लक्ष्य नबनाएका हुन् त ?
इच्छा हुन सक्छ तर आफूमा भएको रुचि व्यक्त गर्ने अवसर नपाएको हुन सक्छ । या कलाकार बन्ने भन्दा परिवार र व्यक्तिले समर्थन नगर्लान् भनेर रुचि दवाएका हुन सक्छन् । शिक्षामा यस प्रकारको सीमितता घटाउँदै क्रमशः हटाउन महानगरपालिकाले शैक्षिक नतिजा सुधारसँगै दविएका लक्ष्य उजागर गर्ने उद्देश्यले क्याम्प आयोजना गरेको हो । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्नुहुन्छ, कलाकारहरुसँग भेटेर कुरा गर्दा धेरै विद्यार्थीहरुले व्यक्त गर्न नसकेका तर मनमा भएका रुचिका बारेमा मूल्याङ्कन गर्न पाएका छन् ।

विद्यार्थीहरुसँग कुरा गर्दै अभिनेत्री अधिकारीले भनिन्, ‘माध्यमिक तहमा अध्ययरत रहँदा आफूले कहिल्यै पनि अभिनेत्री हुन्छु भन्ने सोचेकी थिइनँ । एमबीबीएसको प्रवेश परीक्षाको तयारी गर्दागर्दै चलचित्र क्षेत्रमा प्रवेश गरेँ । त्यसपछि मैले ३३ वटा चलचित्रमा काम गरिसकेँ । त्यसमा अधिकांश औसत रहे । ती चलचित्रले मलाई खास बनाउन सकेनन् । केही चलचित्र यस्ता रहे जुन चलचित्रले मलाई चिनाए । सफल भएको महसुस गराए । त्यसैले म त भन्छु, एकपटक असफल हुँदैमा निराश हुनुपर्दैन । औसत नतिजा आउँदा हारेको महसुस गर्नुहुँदैन । धैर्यता र निरन्तर प्रयासले एक दिन उचाइमा पुर्याउनेछ ।’

‘तपाईँहरु त धेरै आत्मविश्वाशी हुनुहुन्छ ।’ उनले आफू कक्षा १० मा पढ्दा धेरै लजालु, कसैसँग नबोल्ने स्वभावको रहेको सुनाइन् । ‘मेरो बाबा हेडसर भएको स्कूलमा पढ्थेँ । केही गलत जस्तो देखियो भने हेडसरकी छोरी भन्थे । यसकारण धेरै संयमित हुनुपथ्र्यो । अहिले सम्झँदा लाग्छ, त्यो संयमताले मेरो बाल्यकालका केही महत्वपूर्ण अनुभव गर्ने अवसर छुटे ।’ उनले विम्ब प्रयोग गर्दै भनिन् ।

उनले यति भनिरहँदा विद्यार्थीहरुले भने, ‘पढेको मान्छे डाक्टर इञ्जिनियर बन्न छोडेर किन चलचित्रमा आउनु भो भन्ने प्रश्न दोहोर्याएर सोध्न छाडेनन् । यसको जवाफमा उनले भनिन् ‘धेरै पढेर डाक्टर, पाइलट वा इञ्जिनियर नै बन्ने वा नपढेका मानिस चलचित्रतिर जाने भन्ने होइन । चलचित्र प्रविधि, प्राविधिक र साहित्यजस्ता विभिन्न विधासँग सम्बन्ध राख्ने पेशा हो । यस क्षेत्रमा आउन शैक्षिक योग्यतासँगै अभिनय, नृत्य, साहित्यको बोध जस्ता धेरै भाव जान्न सक्ने हुनुपर्छ । फेरि अरु पेशा उत्कृष्ट चलचित्र पेशा तल्लो भन्ने हुँदै होइन । यो पेशा अरु जत्तिकै महत्वपूर्ण छ । सबै पेशाको प्रतिष्ठा उत्तिकै उचाइमा छ । म यदि कलाकार नबनेर डाक्टर बनेको भए अहिले जत्तिको खुसी हुन पाउने थिइन होला । त्यसैले पेशा छान्दा आफूलाई खुशी दिने पनि हुनुपर्छ ।’

महानगरपालिकाले कक्षा १० मा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई पढाइप्रति रुचि जगाउन र विद्यालय परिसरमा प्राप्त नहुने अवसरमा अभ्यस्त गराउन ‘फेस्टिभल क्याम्प’ गरिरहेको छ । १६ वटा स्रोत केन्द्रसहित १६ वटा विद्यालयमा क्याम्पअन्तर्गतका क्रियाकलाप सञ्चालन भइरहेका छन् । सहायकविज्ञ सस्मित पोखरेल भन्छिन्, ‘क्याम्पमा किताब पढाइँदैन । तर, कितावमा भएका विषयहरुलाई खेल, परियोजना र प्रयोगका माध्यमबाट बोध गराइन्छ । विद्यार्थीहरुलाई खेलेको जस्तो लाग्छ । तर, किताबका ज्ञान सिकिरहेका हुन्छन् ।’

चक्रवात दाना ओडिशाको तटीय क्षेत्रमा बज्रियो

बीबीसी । बङ्गालको खाडीमा विकसित चक्रवात दाना ओडिशाको तटीय क्षेत्रमा बज्रिन थालेको छ । भारतको मौसम विज्ञान विभाग (आईएमडी)का अधिकारीहरूले यो प्रक्रिया अझै जारी रहने बताएका छन् ।

आईएमडीका एक वरिष्ठ अधिकारीका अनुसार उक्त समुद्री आँधी विगत ६ घण्टा १५ किलोमिटर प्रतिघण्टाको गतिमा अघि बढेको र केन्द्रपाडा जिल्लाको भीतकर्णिका र भद्रक जिल्लाको धमराको बीचमा पुगेको जनाएका छन् । त्यो बेला वायुको गति झन्डै ११० किलोमिटर प्रतिघण्टा रहेको जनाइएको छ ।

‘सिभिअर साइक्लोनिक स्टोर्म’ को वर्गमा राखिएको यो चक्रवात जमिनमा प्रवेश गर्ने प्रक्रिया दुई घण्टाजति चल्ने र त्यसपछि यो पश्चिम र पश्चिमोत्तर हुँदै उत्तर ओडिशातर्फ अघि बढ्ने अनुमान गरिएको छ ।

अपरान्हतिर शक्ति क्षीण भई यो समुद्री आँधी साइक्लोनिक स्टोर्म’को वर्गमा घटुवा हुने भारतको मौसम विज्ञान विभागले जनाएको छ। भद्रकमा कतिपय ठाउँमा रूख ढलेका छन् भने सडक बन्द छ। त्यहाँ ‘रेड अलर्ट’ जारी गरिएको छ चक्रवात दानाका कारण पश्चिम बङ्गालको तटीय क्षेत्रमा तीव्र गतिमा हावाहुरी चलिरहेको छ ।

दानाले भीषण रूप लिन सक्ने आशङ्कामा दुवै राज्यमा सरकारी संयन्त्रहरू उच्च सतर्कताको अवस्थामा छन् । ओडिशाका मुख्यमन्त्री मोहन माझीले आफ्नो सरकार कुनै पनि परिस्थिति सामना गर्न तयार रहेको बताएका थिए । साथै उनले बाढीबाट निम्तिन सक्ने प्रभाव कम गर्न पर्याप्त उपाय अपनाइएको जनाएका थिए ।

ओडिशाको कुल जनसङ्ख्यामध्ये आधा यो समुद्री आँधीबाट प्रभावित हुन सक्ने ठानिएको छ । ओडिशा सरकारले दाना प्रभावित क्षेत्रबाट सारिएका मानिसलाई राख्न ७ हजार २०० वटा आश्रयस्थल निर्माण गरेको छ।

कञ्चनपुरमा एक दम्पती मृत फेला

सुदूरपश्चिम । कञ्चनपुरमा एक दम्पती मृत फेला परेका छन् । जिल्लाको लालझाडी गाउँपालिका–१ बिनवारीमा रमेश्वर बडायक र कमला बडायकको शव फेला परेको हो ।

उनीहरू श्रीमान–श्रीमती हुन् । लालझाडी गाउँपालिका–१ का वडाध्यक्ष प्यारेलाल रानाले रातिको समयमा टाउँको फुटेको अवस्थामा उनीहरूको शव फेला परेको जानकारी दिए ।

प्रदेश प्रहरीबाट अनुसन्धानका लागि कुकुरसहितको टोली घटना स्थलमा पुगेको छ । कञ्चनपुर प्रहरीको टोली पनि घटनास्थलमा छ। उनीहरूको हत्या गरिएको देखिएपनि अनुसन्धान जारी रहेको कञ्चनपुर प्रहरीले बताएको छ।

पूर्वमाओवादीहरु एक हुने औचित्य र आधार के ?

डा. बाबुराम भट्टराई ।
प्रचण्ड निकट केही साथीहरूले फेरि एक पटक हामीलाई समेत जोडेर ‘पूर्व माओवादीहरू’ एक ठाउँमा आउनुपर्ने कुरा गर्न थालेका छन् अनि भर्खरै सत्ताको खेलबाट बाहिर फालिएका प्रचण्डले ‘सुशाशन’को मुद्दा उठाएर आन्दोलन गर्ने धम्की दिइरहेछन्।

यसबारे केही प्रष्ट्याउनु जरूरी भएको छः–

पहिलो कुरा, सबै पूर्वमाओवादीहरू किन एक ठाउँमा जम्मा हुने ? अर्को जनयुद्ध गर्न ? या भोजभतेर गर्न ? या फेरि एक पटक प्रचण्डलाई संसदीय सत्तारोहण गराउन ? यसको वैचारिक–राजनीतिक औचित्य र आधार के हो ?
स्मरण रहोस्, हामीले २०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएदेखि नै भन्दै आएका छौं– माओवादी आन्दोलनले देशमा आफ्नो ऐतिहासिक कार्यभार केही कमीकमजोरी सहित पूरा गरिसकेको छ । विश्व एक्काइसौं शताब्दी सँगसँगै चौथो औद्योगिक क्रान्तिको चरणमा पुगेको छ। सम्पूर्ण विश्व नै भूमण्डलीकृत वित्तीय पुँजीवादको चंगुलमा परेको छ। हामी भने पहिलो औद्योगिक क्रान्तिको चरणमा छौं । अनि किनारा पुँजीवाद (peripheral capitalism) को रूपमा असमान र परनिर्भर सम्बन्ध ( unequal and dependent relations) मा बाँधिन पुगेका छौं।

यो स्थितिमा अब हामीले पुरानो जनयुद्धकालीन अवस्था निम्ति उपयुक्त माओवादी विचार–राजनीति र स्टालिनवादी अति केन्द्रिकृत ढाँचाको कम्युनिष्ट पार्टीको माध्यमबाट नयाँ युगका कार्यभार पूरा गर्न सक्दैनौं । हामीले अगाडि बढेको राजनीतिक उपरिसंरचना र पछाडि परेको आर्थिक–सामाजिक–सांस्कृतिक आधार वीचको प्रधान अन्तरविरोधलाई छिटो हल गरेर बाँकी विश्वसँग पदचाप मिलाउँदै अघि बढ्नुपरेको छ । त्यसनिम्ति हामीले नयाँ युगको नयाँ कर्यभार पूरा गर्न विचार, राजनीति, संगठन, नेतृत्व लगायत सबै क्षेत्रमा नयाँ विकास गर्नु परेको छ। तसर्थ हामीले समावेसी र सहभागितामूलक लोकतन्त्रमा आधारित नयाँ समाजवादको मोडेल, जसलाई हामीले समुन्नत समाजवाद ( enhanced/enriched socialism) भनेका छौं, विकास गर्नुपर्ने आवश्यकता देखेका छौं।

हिजो जनयुद्धकालमा पनि हामीले वैचारिक–राजनीतिक कार्यदिशा ठीक हुनु वा नहुनुले नै क्रान्तिमा सबै कुराको फैसला गर्छ भन्ने गरेका हैनौं ? तर अहिले समय र परिस्थिति अनुकुल नयाँ कार्यदिशा, संगठन, नेतृत्वको क्षेत्रमा विकासवारे कुनै चर्चा नगरी खालि भावनात्मक ढंगले ‘सबै पूर्व माओवादी एक ठाउँमा आउँ ’ भन्नुको के अर्थ रहन्छ ?
माओ मरेको पनि आधा शताब्दी बितिसकेको, विश्वमा वस्तुगत र आत्मगत रूपले अपूर्व परिवर्तन आएको, पुरानो ‘कम्युनिष्ट’ सत्ताहरू सबैतिर तासको घर झैं ढल्दै गैरहेको, भूमण्डलीकृत नव–उदारवादी पुककजीवादले चरम असमानता, पर्यावरण विनाश, आणविक हतियारको विभीषिका, एआईको अनिश्चितता सिर्जना गरेर विश्व र मानवजातिलाई त्राहीमाम् पारिरहेको अवस्थामा विचार, दर्शन, राजनीति, अर्थशाश्त्र, समाजशाश्त्र सबै क्षेत्रमा नयाँ संश्लेषण आवश्यक हुन्छ कि हुन्न? फेरि नेपालको जटील भूराजनीति, चरम जातीय/भाषिक/क्षेत्रीय विविधता, अति अविकसित/अल्पविकसित अर्थतन्त्र लगायतको परिवेशमा समग्र राजनीति, पार्टी, नेतृत्वको पुनर्संरचना गर्नुपर्छ कि पर्दैन ?

यति गम्भीर र दूरगामी महत्वको विषयमा पूर्वमाओवादी मात्र हैन सबै पार्टी भित्रका अग्रगामी सोंच भएका व्यक्तिहरू, सार्वजनिक बौद्धिकहरू र विशेषतः सिर्जनशील तथा उर्जावान नयाकक पुस्ताका युवाहरू वीच बृहद बहस चलाएर नया अग्रगामी वैकल्पिक शक्ति निर्माण गर्नु आजको आवश्यकता हैन र ?

दोश्रो कुरा, अब प्रचण्डको नेतृत्वमा ‘भ्रष्टाचारविरोधी’ ‘सुशाशनकोनिम्ति’ आन्दोलन गर्नु भनेको नेपाली जनताको सहज बुद्धि (common sense) को अवमूल्यन र उनीहरूमाथि ठूलो मजाक हो । हिन्दी/उर्दू उखान– ’सौ चूहा खा के बिल्ली हज करने चली’ भने जस्तै हो! जनयुद्धकालको मध्यचरणदेखि नै वर्ग–उत्थानीकरण हुककदै गएका प्रचण्ड र उनका आसेपासेहरूको शान्तिप्रकृया यताको तीव्र नैतिक स्खलन तथा कथनी र करणी वीचको अन्तर कसले बुझेको छैन र ? हालै प्रकाशित र विश्वचर्चित पुस्तक CUCKOOLANDM How the Rich Own the Truth पढ्ने जो कोही प्रचण्डको असली रूपबाट वेखबर रहन सक्दैन। यदि त्यो सबै ‘क्रान्तिनायक विरूद्ध साम्राज्यवादी षड्यन्त्र’ हो भने विश्व इतिहासको सबैभन्दा ठूलो साम्राज्यका नायक तत्कालीन युवराज र हालका राजाका अवान्छित गतिविधिवारे पनि सो पुस्तकले किन र कसरी खोतलेको होला ? ती सबै महापुरूषहरूको चरित्रहत्या सो पुस्तकका लेखकले गरेको भए अहिलेसम्म ती ख्यातिप्राप्त खोजमूलक लेखक विरूद्ध मुद्दा हालेको खबर किन नपाइएको होला ?

हो, अहिले प्रचण्ड आफ्नो पछिल्लो कार्यकालमा केही भ्रष्टाचारका फाइल अघि बढाए बापत् भित्री र बाहिरी शक्तिहरूको तारो बनेको रोइलो गर्दै हिंडिरहेछन् । तर तिनै भित्री र बाहिरी शक्तिको आडमा गत डेढ बर्षमा पटक पटक सत्ताको कुर्सी बदलेको कसरी बिर्सेका होलान् ? अनि आफैले पालेका साना खसी बली चढाउनु कुन ठूलो पौरख हो र ?

अन्त्यमा, तैंले प्रचण्डलाई किन गोरखा लगेर आफ्नो नर्वाचन क्षेत्र छोडिस् त ? भन्ने महानुभावहरूलाई मेरो खुलस्त भनाइ छ–म राजनीतिमा लागे पनि अन्तर्यमा ऋषिमन भएको मान्छे हुँ । देशमा निरन्तर राजनीतिक अस्थीरता भैरहेको, गरीबी र बेरोजगारीले युवा पलायन बढिरहको र TRC  लगायतका शान्तिप्रकृयाका काम पूरा नभैरहेको तत्कालीन विशिष्ट स्थितिमा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डलाई बालुवाटारमा सँगै राखेर स्वेच्छाले आफू चुनाव नलड्ने तर उहाँहरू दुबैलाई सरकार बाहिर रहेर ती मुद्दामा पूर्ण रुपले सघाउने वाचा गरेको हुँ । तर चुनाव पछि प्रचण्डको चरम निजी सत्तालिप्सा पुनः बौरिइहाल्यो। पहिले एमाले– माओवादी सरकार बन्यो। त्यसपश्चात पनि कांग्रेस–एमाले–माओवादी र अन्य सहितको राष्ट्रिय सरकार बनाएर ती काम सम्पन्न गर्ने कुरा भएकै हो। तर भूराजनीतिको प्रवेश र प्रचण्ड त्यसको प्रमुख गोटी बन्ने सिलसिलापछि सबै भताभुंग ! त्यस यताको म्यूजिकल चेयर र मूलतः प्रचण्डको विविध लज्जास्पद हर्कतको दुष्परिणाम जगजाहेरै छ ।

फेरि पनि इतिहासको गति रोकिन्न। देशले अग्रगामी निकास खोज्छ खोज्छ ! हाम्रो हालैको पोखरामा सम्पन्न विधान अधिवेशन र नेसपा ( नयाँ शक्ति) को पुनरोदय त्यही दिशाको विनम्र पाइलो हो ।

प्राधिकरणले काट्यो डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने उद्योगको लाइन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको महसुल नबुझाउने उद्योगको लाइन काट्न थालेको छ । प्राधिकरणले असोज अन्तिममा ४९ वटा उद्योगको सूची सार्वजनिक गर्दै बिहीबार भित्र डेडिकेटेड तथा ट्रंकलाइनवापतको बक्यौता बुझाउने म्याद दिएको थियो ।

उद्योगीले बक्यौता नबुझाएपछि लाइन काट्न थालिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले बिहीबार  घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम
प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, बाबा जुट मिललगायतको लाइन काटिएको छ।

बिहीबार बिहान विद्युत प्राधिकरण सञ्चालक समितिको बैठक बसेको थियो । बैठकमा ऊर्जा मन्त्री दीपक खड्काले लाइन काटेर समस्याको समाधान नहुने भन्दै विकल्प खोज्नुपर्ने बताएका थिए । उनले लाइन काट्दा उद्योगीहरुले करौडौंको क्षति व्यहोर्ने भन्दै वैकल्पिक उपाय खोज्नुपर्ने बताएका थिए ।

उद्योगीसँग एक पटक छलफल गरेर मात्रै निर्णय गर्न प्राधिकरण नेतृत्वलाई ऊर्जामन्त्री खड्काले निर्देशन दिएका थिए । दिउँसो २ बजे केही उद्योगीलाई छलफलका लागि बोलाएको प्राधिकरणले किस्ताबन्दीमा बक्यौता तिर भनेको भन्दै उद्योगी फर्किएका थिए ।

उद्योगीहरुलाई डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न ३ महिनाको समय दिएर लाइन जोडिदिएको थियो । उक्त ३ महिनाको अवधि बिहीबार पूरा भएको छ । प्राधिकरणले उद्योगीलाई बोलाएर २८ किस्तामा बक्यौता भुक्तानी गर्न आग्रह गरेको थियो । तर उद्योगी बक्यौता तिर्न अटेर गर्दै आएका छन् ।

 झापा-११ बेलबारी गोल्डकपको फाइनलमा

मोरङ । बुटवल लुम्बिनीविरिुद्ध २–० गोल अन्तरको जित निकाल्दै झापा ११ फुटबल क्लब मोरङको बेलबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण सातौँ आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपकोे फाइनलमा प्रवेश गरेको छ ।

झापाको जितका लागि दुवै गोल आशिष चापागाईंले गरेका हुन् । उनले २८औँ मिनेटमा प्रदीप बुढाथोकीको पासमा टिमका लागि पहिलो गोल गरेका गरे । झापाले दोस्रो गोल पेनाल्टीमार्फत गर्यो । 

खेलको ८९औँ मिनेट बुटवल लुम्बिनी फुटबल क्लबले गोल गर्ने राम्रो मौका गुमायो । एरिक विष्टले प्रहार गरेको बल पोष्टबार छुँदै बाहिरिएपछि बुटवल लुम्बिनी २–० गोलको हार व्योहोर्दै खेदबाट फर्किएको छ । 

आशिष प्लेयर अफ द म्याच घोषित भए । चापागाईंलाई केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङ मगरले नगद  पाँच हजारसहित ट्रफी प्रदान गरे । 

दोस्रो सेमिफाइनल खेल शुक्रबार चित्लाङ फुटबल क्लब काठमाडौँ र सलहेस फुटबल क्लब सिराहाबीच हुनेछ ।

श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपाल साफ च्याम्यिनसिपको सेमिफाइनलमा

काठमाडौं । साफ महिला च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ ।

बिहीबार दशरथ रंगशालामा भएको खेलमा श्रीलंकाविरुद्ध ६-० गोलअन्तरले पराजित गर्दै नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

नेपालले पहिलो हाफमा ४ गोल गरेको थियो भने दुई गोल दोस्रो हाफमा भयो । खेलको सातौँ मिनेटमा सविता रानामगरले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।

सविताले सावित्रा भण्डारी (साम्बा)ले उपलब्ध गराएको पासमा गोल गरेकी हुन् । त्यसपछि खेलको ११औँ मिनेटमा सावित्रा भण्डारी साम्बाले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् ।

सावित्राले डिबक्स बाहिरबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो । खेलको १३औँ मिनेटमा रेखा पौडेलले गोल गर्दै घरेलु टिम नेपाललाई ३–० को अग्रता दिलाएकी हुन् ।

त्यसपछि खेलको ३६औँ मिनेटमा रेखाले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ४–० को अग्रता दिलाइन् । अमिशा कार्कीले दोस्रो हाफको सुरुमै गोल गर्दै खेल ५–० को स्थितिमा ल्याइन् ।

तर, नेपालले थप अर्को गोल गर्न इन्जुरी समयसम्म पर्खिनु परेको थियो । खेलको इन्जुरी समयमा हेडमार्फत रश्मी केसीले गोल गर्दै नेपाललाई ६–० को जित दिलाइन् ।