`

इजरायलद्वारा युएनआरडब्लुएसँगको सम्बन्ध तोड्ने घोषणा

जेरुसेलम । इजरायलले प्यालेस्टिनी शरणार्थीको लागि सहयोग गर्ने गाजास्थित राष्ट्रसङ्घीय निकाय (युएनआरडब्लुए) सँग सम्बन्ध तोड्ने निर्णय औपचारिक रूपमा संयुक्त राष्ट्र सङ्घसमक्ष सोमबार पेश गरेको छ ।

इजरायली विदेश मन्त्री इजरायल काट्जको निर्देशनमा, विदेश मन्त्रालयले इजरायल र यूएनआरडब्लुए बीचको सम्झौता रद्द भएको संयुक्त राष्ट्रलाई सूचित गरेको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

विदेश मन्त्री काट्जले युएनआरडब्लुएका कर्मचारीहरूले गत अक्टोबरको नरसंहारमा भाग लिएको दावी गर्दै उनीहरूलाई हमासका कार्यकर्ता तथा गाजा पट्टीको समस्याको हिस्साको रुपमा व्याख्या गरेका छन् । यद्दपी कुनै प्रमाण भने पेस गएिको छैन ।

इजरायली संसदले गत महिना इजरायल र पूर्वी जेरुसेलममा युएनआरडब्लुएलाई प्रतिवन्धित गर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो। उक्त कार्यको इजरायलकोे सहयोगी अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायद्वारा निन्दा भएको थियो ।

प्यालेस्टिनी क्षेत्रहरूमा शरणार्थीलाई सात दशकभन्दा बढी समयदेखि आवश्यक सहायता प्रदान गर्ने राष्ट्रसङ्घीय एजेन्सीको प्रतिबन्ध कार्यान्वयन गरियो भने गाजामा थप मानवीय सङ्कट थपिने विज्ञहरूले जनाएका छन् ।

यद्यपि, काट्जले उक्त तर्कलाई अस्वीकार गर्दै यूएनआरडब्लुएले गाजामा सहयोगको केहि अंश मात्र पुर्याइरहेको बताए ।

“इजरायल अन्तर्राष्ट्रिय कानूनप्रति प्रतिबद्ध रहेको जिकिर गर्दै काट्जले इजरायली नागरिकको सुरक्षालाई असर नगर्ने गरी गाजा पट्टीमा मानवीय सहायतालाई सहज बनाउने बताए ।

युएनआरडब्लुए र अन्य मानवीय संस्थाहरूले इजरायली अधिकारीलाई गाजामा सहायता प्रवाह प्रतिबन्धित गरेको आरोप लगाएका छन् । गाजामा रहेका करिब २४ लाख मानिसहरू युद्धको समयमा कुनै नक्नै रूपमा विस्थापित भएका छन् ।

सुरक्षाकर्मीद्वारा अपहरणमा परेका दुई अफगान बालबालिकाको उद्धार

अफगानिस्तान । दक्षिणी अफगानिस्तानको कान्दाहार प्रान्तमा अफगान सुरक्षाकर्मीले अपहरणमा परेका दुई जना बालबालिकाको उद्धार गरिएको प्रान्तीय प्रहरी प्रवक्ता मुल्लाह असदुल्लाह जमशिदीले बताएका छन् ।

विद्यालयबाट घर फर्किरहेका बालबालिकाहरू पखवाडिया प्रान्तको राजधानी कान्दाहार सहरबाट अपहरणमा परेको उनले बताएका हुन् ।

अधिकारीका अनुसार घटनामा संलग्नता भएको आरोपमा हालसम्म कसैलाई पक्राउ गरिएको छैन । अपहरणकर्ताहरूले सुरुमा एक लाख अमेरिकी डलर माग गरेका थिए भने त्यसपछि बच्चाहरूको रिहाइको लागि फिरौतीमा तीस अमेरिकी डलर मागेका थिए ।

त्यस्तै, अफगान सुरक्षा बलले पश्चिमी हेरात प्रान्तमा अपहरणकर्ताको कब्जाबाट एक बच्चालाई रिहा गरेको तथा यस घटनासँग सम्बन्धित दुई जनालाई पक्राउ गरेको जनाएको छ ।

गरिबीले ग्रस्त अफगानिस्तानमा आपराधिक गिरोहले प्रायः धनी परिवारका सदस्यहरूलाई अपहरण गरीे रिहाइका लागि ठूलो मात्रामा नगद माग गर्ने गर्छन् ।

एयर एसियाको काठमाडौँ र भैरहवामा व्यावसायिक उडान सुरु

काठमाडौं । थाई एयर एसियाले काठमाडौँमा पुनः उडान सुरु गरेको छ । उसले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबारदेखि व्यावसायिक उडान सुरु गरेको हो ।

मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गर्ने थाइ एयर एसिया थौथो हवाईसेवा कम्पनी भएको छ । यसअघि कुवेतको जजीरा एयर, नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्स र राष्ट्रिय ध्वजावाहक (नेपाल एयरलाइन्स)ले व्यावसायिक उडान सञ्चालन गरेका थिए । उक्त विमानस्थलमा यही कात्तिक २४ गते शनिबारदेखि कुवेतको जजीरा एयरले पुनः उडान सञ्चालन गर्दैछ ।

यसअघि १० महिना उडान गरेर स्थगित गरेको एयरलाइन्सले पुनः सोही विमानस्थलमा उडान सुरु गर्न लागेको हो । जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ ।

यस्तै युनाइटेड अरब इमिरेटस् (युएई)को राष्ट्रिय ध्वजावाहक फ्लाइ दुबईले यही कात्तिक २५ गतेदेखि दैनिक उडान गर्ने भएको छ । हप्ताको सातै दिन फ्लाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान गर्न लागेको हो ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षालगायतका व्यवस्थापकीय काम दुरुस्त अवस्थामा रहेको विमानस्थलले जनाएको छ ।

सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ । सोही योजनाअनुरुप अन्तर्राष्ट्रिय एयरलाइन्सले धमाधम उडान सुरु गर्न लागेका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्रमशः अन्तर्राष्ट्रिय उडान विस्तातर हुदैँ गएको छ । विमानस्थललाई पूर्ण व्यावसायिक क्षमतामा सञ्चालन गर्न प्राधिकरण पनि लागिपरेको छ । सरकारको योजनाअनुरुप गौतमबुद्ध विमानस्थलमा बढीभन्दा बढी व्यावसायिक उडान सञ्चालन गर्न प्रयास जारी छ ।

‘उडानहरु क्रमशः थपिँदै गएका छन् । गन्तव्यहरु बढिरेहको छन् । आगामी दिनमा यात्रुको माग र चाप अनुसार अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान विस्तार गर्ने विश्वास लिएका छौँ’, प्रवक्ता पाण्डेले भने ।

राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गते बुद्धपूर्णिमाको दिन उद्घाटन गरिएको थियो । उक्त विमानस्थलमा नेपाल एयरलाइन्सको वाइड वडी ए३३० विमानले परीक्षण उडान गरेको थियो । अघिल्लो वर्ष नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु गरेको थियो ।

उडान अनुमति नलिई यही कात्तिक ११ गते काठमाडौँ आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको थियो । भैरहवाबाट पनि उडान गर्ने शर्तमा प्राधिकरणले एयर एसियाको उडान फुकुवा गरेको थियो ।

उडान फुकुवाभएसँगै कम्पनीले यही कात्तिक १८ गते आइतबारदेखि काठमाडौँ र भैरहवामा एकसाथ उडान सञ्चालन गरेको हो । थाई एयर एसियाले गत असोज १६ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडान सुरु गरेको गरेको थियो ।

थाई एयर एसियाले आइतबारदेखि भैरहवा र काठमाडौँमा एकसाथ उडान सञ्चालन गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए। उनका अनुसार उक्त एयरलाइन्सले काठमाडौँ गन्तव्यमा आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान भर्नेछ ।

यस्तै भैरहवामा सोमबार र बिहीबार उडान भर्नेछ । प्राधिकरणका अनुसार आगामी शनिबारदेखि उक्त वायुसेवाले हरेक साता सोमबार र बिहीबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान भर्नेछ ।

थाई एयर एसियालाई काठमाडौँ र भैरहवा दुबै गन्तव्यबाट उडान भर्ने शर्तसहित प्राधिकरणले उडान अनुमति फुकुवा गरेको हो । कम्पनीले अब काठमाडौँमा चार र भैरहवामा दुई वटा उडान भर्नेछ । भैरहवाको उडान बन्द गरेमा काठमाडौँको उडान स्वतः रद्द हुने अवस्थासहित उडान फुकुवा गरिएको प्राधिकरणले जनाएको छ । ‘एप्रुभल सेडुल’ अनुसार कम्पनीले काठमाडौँ र भैरहवाकोसँगै उडान गर्नुपर्नेछ ।

प्राधिकरणले कात्तिक ११ देखि अन्तर्राष्ट्रिय उडानको ‘विन्टर सेड्युल’ ९२७ अक्टोबर २०२४ देखि ३१ मार्च २०२५० सम्मको उडान तालिका बनाएको छ । नेपालमा तीन नेपालीसहित ३० हवाई सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको बौद्धबाट २० जना जुवाडेलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्ध रामहिटी रामनगर पार्टी प्यालेस नजिकैबाट जुवा खेलिरहेका २० जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामहिटीका ४३ वर्षीय सुर्य भन्ने रामबहादुर सुनार, सुमेश लामा, मकवानपुरका चिनकुमार गोले, मोरङ गछियाका सन्तोष कालिकोटे, काठमाडौंको कपनका सुनिल बानियाँ, सिन्धुपाल्चोक इन्द्रावतीका कृष्ण भुजेल, भक्तपुर मध्यपुर ठिमीका प्रेम गहतराज, सिन्धुपाल्चोकका लाल बहादुर बिक, चितवनका रामकृष्ण बिक, सिन्धुपाल्चोक हेलम्बुका भीम बराइली छन् ।

त्यस्तै रामेछाप मन्थलीका बीरबहादुर मगर, काठमाडौंको कागेश्वरी मनोहराका कृष्णबहादुर बुढाथोकी, चितवनका पूर्णबहादुर सेन्चुरी, सिन्धुपाल्चोकका दिपेन सुनार, ललितपुरका रोशन सुनार, महोत्तरीका विजयकुमार पण्डित, काभ्रेका तेन्जिङ लामा, धनकुटाका गुणराज बिक, चितवनका अनिल बिक र सिन्धुपाल्चेकका नारायण बिक छन् । उनीहरूको साथबाट ६ लाख ६९ हजार ८१० नगद बरामद गरेको प्रहरीले जनाएको छ ।

छठका लागि पोखरी, ताल र नदी किनार सजाइँदै

राजविराज । सप्तरीको राजविराजसहित जिल्लाका विभिन्न ताल तलाउ, खोला, नदी किनार र नहर छठ पर्वका लागि आजदेखि सजाउन थालिएको छ ।

विजयादशमी र दीपावली सकिएलगत्तै छठपर्व सुरु भएपछि जलाशय, पोखरी किनारमा पूजाघाट बनाउन बिहानदेखि स्थानीय सरसफाइमा जुटेका छन् । सदरमुकाम राजविराजमा रहेको कल्टु पोखरी, तुरुन्ती र भगवती पोखरीसहितका पोखरीमा वर्षौँदेखि थुप्रिएका फोहोर सफाइ गरी छठ मनाउन घाट निर्माण गरिरहेको राजविराज नगरपालिका–३ निवासी लालु रजकले बताए ।

यहाँ सफाइ गरिएका पोखरीमा कागज, केराको थाम र असोकको पत्ता तथा विद्युतीय बत्तीबाट सजाउने काम भइरहेको उनले जानकारी दिए । ग्रामीण क्षेत्रका जलाशयहरुमासमेत पूजाघाट बनाइ सजाउने काम भइरहेको छ ।

हनुमानगर बजारमा युवाहरु आज बिहानदेखि पोखरी सफाइमा लागेको स्थानीय राजेन्द्र मिश्रले बताए । भारदहस्थित कोशी ब्यारेजमा सफाइ तथा घाट सजाउने काम भइरहेको छ । यहाँ भारतको सुपौल जिल्लाको वीरपुर, भीमनगरलगायत विभिन्न सहरका सर्वसाधारण छठपर्व मनाउन प्रत्येक वर्ष आउने गरेका छन् ।

छठ सुरु भएपछि बजार तथा ग्रामीण क्षेत्रमा रेडियो र साउन्ड सिस्टमबाट छठी मैयाको महिमाका भोजपुरी र मैथिली गीत गुञ्जिन थालेका छन् ।

छठमा प्रयोग गरिने वस्तुको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन् । छठपर्वमा प्रसादका रूपमा प्रयोग हुने केरा, नरिवल, उखु, मुला, कागती, स्याउ, सुन्तला, सख्खरका साथै बाँसको बत्तीबाट बनेको नाङ्लो, कोनियाँ र माटाको भाँडाकुँडाको सामानको मूल्य दोब्बर भन्दा बढीले आकाशिएको छ ।

मूल्यवृद्धिमा कुनै निकायले चासो नदेखाएको स्थानीयको गुनासो छ । निर्धनता र निःसन्तानबाट मुक्ति पाउन एवं मानव जातिको उत्थान गर्न र आरोग्यताका लागि यो पर्व मनाइने गरिन्छ । सूर्यको आराधनाबाट चर्मरोग निको हुने, सन्तान र धनलाभ हुने जनविश्वास छ । आरोग्य र दीर्घायुसँग जोडिएको छठपर्व मनाउनुको पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्य रहेको पाइन्छ ।

सरकारले आवास पुनर्निर्माणका लागि रकम निकासा नगर्दा रुकुमपश्चिमका भूकम्पपीडतको विचल्ली

रुकुम । रुकुमपश्चिमको आठविसकोट नगरपालिका–१४ का हर्क पुन घरविहीन भएको एक वर्ष भयो। एक हिउँद र एक बर्खा टिनको टहरामा कटाएका उनलाई यो वर्षको चिसो पनि टिनकै टहरामा बित्ने हो की भन्ने डर छ। गतवर्षको कात्तिक १७ गते रातिको भूकम्पले घर भत्काइदिएपछि केही दिन त्रिपालमुनि रहेको उनको परिवार हाल टिनको टहरामा छ।

‘हामीले एक वर्ष कष्टकर बितायौंँ। अब फेरि चिसो बढ्न थालेको छ, यो वर्षको चिसो कसरी कटाउने भन्ने पिर छ’, पुनले भने। भूकम्प गएको केही महिना त्रिपालमुनि र त्यसयता टहरामा बसिरहेका भूकम्प प्रभावित परिवार सुरक्षित आवासको आशामा छन्। कठ्याङ्ग्रिदो चिसोमा त्रिपाल, गर्मीमा टिनको टहरामा बस्न बाध्य यहाँका भूकम्पपीडितले अझै सुरक्षित आवास पाउन सकेका छैनन्।

‘हामीले सरकारबाट समयमै घर निर्माणका लागि सहयोग पाउन सकेनौँ। हाम्रा बालबालिका र बुढापाकालाई कसरी बचाउने भन्ने पिर छ। गतवर्षझैँ यो वर्ष पनि कतिले चिसोको कारण ज्यान गुमाउने हुन्’, सानीभेरी गाउँपालिका–४ का हीरालाल परियारले भने।

एक वर्षमा पनि सरकारले पुनःनिर्माण कार्यविधि ल्याउन सकेको छैन। भूकम्प प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० तयार गरेर टहरा निर्माणका लागि तत्कालै प्रतिपरिवार ५० हजार अनुदान व्यवस्था गर्ने जनाएको थियो। तर, उक्त रकम पूरा नदिएको भूकम्पपीडितको गुनासो छ।

तत्काल त्रिपाल र त्यसपछि अस्थायी आवासको प्रबन्ध भएपनि पुनःनिर्माण हुन नसकेको सानीभेरी गाउँपालिका–४ का वडा अध्यक्ष मनोज बुढाथोकीले बताए। सङ्घीय सरकारले पुनःनिर्माणका लागि कार्यविधि ल्याउन नसकेकाले भूकम्पपीडितको आवास निर्माण ढिलाइ भएको उनको भनाइ छ।

राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले भूकम्प प्रभावित क्षेत्रको अवस्थाबारे स्थलगत अध्ययन गरेको थियो। समितिको अध्ययन प्रतिवेदनमा भूकम्प प्रभावितको पुनःनिर्माण र पुनःस्थापना यथाशक्य चाँडो पूरा गर्न सरकारलाई सुझाव दिइएको छ।

जिल्ला प्रशासन कार्यालयको तथ्याङक अनुसार जिल्लाभर ३४ हजार नौ सय ८९ लाभग्राही छन् भने ३२ हजार नौ सय ९६ घरधुरीले अस्थायी टहरा निर्माणको पहिलो किस्ता प्राप्त गरेका छन्। दुई हजार दुई जनाले पहिलो किस्ताकै रकम पाएका छैनन्। १६ हजार परिवारका लागि दोस्रो किस्ता निकासा भइसकेको छ।

तस्बिरमा हेर्नुस् ताप्लेजुङको कुम्भकर्ण हिमाल

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ खाम्बाजेन क्षेत्रबाट देखिएको कुम्भकर्ण (फक्ताङलुङ) हिमालको दृश्य । सात हजार ७१० मिटर उचाइको यो हिमाल विश्वको ३२औँ र नेपालको १५औँ अग्लो हिमालमा पर्दछ ।

तस्बिरः दिलकुमार लिम्बू/रासस

तामाकोशीमा युवक बेपत्ता घटनामा एकजना पक्राउ

रामेछाप ।  रामेछापको मन्थली नगरपालिका–१ का ३० वर्षीय वीरबहादुर भुजेल तामाकोशी नदीमा बेपत्ता भएको घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । 

भुजेल शुक्रबार रातिदेखि बेपत्ता छन् । प्रहरीले तामाकोशी नदीमा उनको खोजतालास गरिरहेको छ । भुजेललाई बेपत्ता पारेको अभियोगमा मन्थली–१ का २७ वर्षीय मीनबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।

भुजेल बेपत्ता भएको साँझ विक उनको साथमा रहेका कारण घटनाको अनुसन्धान गर्न विकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए ।

शुक्रबार भुजेल र विकबीच झगडा भएको स्थानीयले बताएका छन् । विकसँग बयान लिने काम भइरहेको प्रहरीले जनाएको छ ।  

मोल्दोभामा राष्ट्रपतीय निर्वाचनमा सन्दुको जित सुनिश्चित

बुखारेस्ट  । मोल्दोभाका वर्तमान राष्ट्रपति मइया सान्दुले ५४.१९ प्रतिशत मत प्राप्त गरी देशको राष्ट्रपतीय निर्वाचनमा अग्रता लिएकी छन् ।

मोल्दोभाको केन्द्रीय निर्वाचन आयोगले ९७.८ प्रतिशत मत गणना गर्दासम्म दोस्रो चरणको निर्वाचनबाट राष्ट्रपति सन्दुले ५४.१९ मतसहित अग्रता कायम गरेकी छन् भने राष्ट्रपतिका मुख्य दाबेदार पूर्व महान्यायाधिवक्ता अलेक्जेन्डर स्टोयानोग्लो ४५.८१ प्रतिशत मत प्राप्त गरेको छ ।

मत परिणाम हेर्दा इयू निकट राष्ट्रपति सन्दुको बिजय करिब सुनिश्चित भएको छ, यद्यपि, मतगणना जारी छ । निर्वाचनलाई इयू निकट उम्मेदवार सन्दु र रुस निकट स्टोयानोग्लाबीचको प्रतिस्पर्धालाई इयू र रुस दुवैले प्रतिष्ठाको विषय बनाएका छन् ।

आगामी चार वर्षे कार्यकालका लागि हुने निर्वाचनमा मतदानपछि राष्ट्रपति सन्दुले भनिन् “मैले मतदान गरेँ । मलाई विश्वास छ हाम्रा मतदाताले देशको लागि राम्रो मार्ग छनौट गर्नेछन्। अहिले पहिलेभन्दा अझ बढी एकताका साथ हामी देशको शान्ति र स्वतन्त्रताको पक्षमा उभिनुपर्छ।”

पार्टी अफ एक्सन एण्ड सोलिडारिटीको पूर्व नेताको रूपमा उनले पहिलो चरणको चुनावमा सबै भन्दा बढी ४२ प्रतिशत मत प्राप्त गरेका थिइन् भने मोल्दोभाको समाजवादी पार्टीद्वारा समर्थित स्टोयानोग्लोले करिब २६ प्रतिशत मत पाएका थिइन् । स्टोयानोग्लोले अपेक्षा गरिएभन्दा अत्यधिक बढी मत पाएका हुन् ।

सन्दुले ‘स्वतन्त्र, स्थिर, समृद्ध मोल्दोभा’ प्रति आफ्नो प्रतिबद्धता व्यक्त गर्दै देशको युरोपेली संघ (इयू) सँग एकीकरणको मार्गको लागि आफ्नो समर्थनमा जोड दिइन् । अक्टोबर २० मा भएको राष्ट्रपतीय चुनावपछि, मोल्दोभामा शीर्ष दुई उम्मेदवारबीच दोस्रो चरणको निर्वाचन भएको हो ।

पहिलो चरणमा राष्ट्रपति पदको दौडमा रहेका ११ उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत वा एक मतको रूपमा परिभाषित मतको पूर्ण बहुमत प्राप्त गर्न सकेका थिएनन् ।

इन्डोनेसियामा ज्वालामुखी विस्फोट हुँदा १० जनाको मृत्यु

इन्डोनेसिया । पूर्वीइन्डोनेसियामा एक ज्वालामुखी विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। अधिकारीहरूका अनुसार प्रभावित क्षेत्रमा उच्च सतर्कता कायम गरिएको छ।

फ्लोरेसको लोकप्रिय पर्यटक टापुमा अवस्थित माउन्ट लेबाेटोबी लाकी–लाकीमा एक हजार ७०३ मिटरको दुईवटा ज्वालामुखी विस्फोट हुँदा प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्।

ज्वालामुखीले जलिरहेको चट्टान घरहरूमा फ्याँक्न थालेपछि प्रभावित क्षेत्रका बासिन्दाले आफूहरू भयभीत भएको बताएका छन्।

इन्डोनेसियाको विपत् न्यूनीकरण एजेन्सी (बिएनपिबी)का प्रवक्ता अब्दुल मुहारीले पत्रकार सम्मेलनमा मृतकको संख्या पुष्टि गर्दै ज्वालामुखी विस्फोटबाट १० हजार २९५ जना प्रभावित भएको बताएका छन्। उनका अनुसार विस्थापितको संख्या अझै गणना भइरहेको छ।

एएफपीले प्रसारण गरेको फुटेजमा ज्वालामुखीनजिकैका घरहरू बाक्लो खरानीले ढाकिएको र केही क्षेत्रमा आगो लागेको देखिएको छ। ज्वालामुखीनजिकै पाँचवटा गाउँ खाली गरिएको र हजारौँ मानिस अन्यत्र शरण लिन बाध्य भएका छन्।

ज्वालामुखी मामिला सुरक्षा निकायले स्थानीय र पर्यटकहरूलाई ज्वालामुखी विस्फोट भएको केन्द्रविन्दुको सात किलोमिटर दायराभित्र केही गतिविधि नगर्न निर्देशन दिएको छ।

पछिल्लो समयमा माउन्ट लेबाेटोबी लाकी–लाकीमा ज्वालामुखी गतिविधिमा उल्लेखनीय रूपमा वृद्धि भई घरहरूमा क्षति गरेपछि स्थानीयले साम्प्रदायिक भवनमा शरण लिएका छन्।

ज्वालामुखी सुरक्षा निकायले वर्षाले गर्दा लाभा बाढी आउन सक्ने चेतावनी दिँदै ज्वालामुखीको प्रभावबाट बच्न स्थानीयलाई मास्क लगाउन आग्रह गरेको छ।

तरकारीखेतीमै भविष्यका सपना देख्दै महादेव

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ८ नौखरीका महादेव डगौराले व्यावसायिक तरकारीखेती गर्ने गरी किसानका रूपमा परिचित छन्।

दुई दशकअघिदेखि डगौराले बाह्रै महिना तरकारीखेती गर्दै आएका छन्। कमैया मुक्तिको घोषणापश्चात् पाइएको पाँच कट्ठा जग्गाबाट उहाँले तरकारीखेती सुरु गरेका हुन्। अहिले डगौराले एक बिघा बढी जग्गामा तरकारीखेती गर्छन्। ‘पाँच कट्ठा जग्गा आफ्नै स्वामित्वको छ’, उनले भने, ‘बाँकी पन्ध्र कट्ठा जग्गा लिज (भाडा)मा लिएर तरकारीखेती गर्दै आएका छौँ।’ बारीमा उत्पादित तरकारी बेचेर वर्षमा रु पाँच लाखदेखि रु सात लाखसम्मको आम्दानी हुने गरेको उनी बताउँछन्।

उनले बर्सातको समयमा लहरे तरकारी लौका, फर्सी, काँक्रा, बोडी बाली रोप्ने डगौरा हिउँदको मौसममा काउली, बन्दागोभी, गोलभेँडा, फर्सी, खुर्सानी, आलु, तीतेकरेला लगायतको खेती गर्छन्। जेठ वैशाख महिनामा काँक्रा, लौकाको खेती गर्छन्। योसँगै तरकारीका बेर्ना तयार गरी किसानलाई उनले बिक्री गर्ने कार्य पनि गर्दै आएका छन्। उत्पादित तरकारी स्थानीय बजारमा सहज रूपमा खपत हुने गरेको छ। ‘उत्पादित तरकारी केही बारीबाटै बिक्री हुन्छ’, उनले भने ‘बारीमा बिक्री हुन नसकेको तरकारी बजारसम्म पुर्‍याएर बिक्री गर्छौं’

तरकारी बिक्रीबाट डगौराले गाउँमा पक्की घर ठड्याएका छन्। घरमै बेरोजगार भएर बसेका छोराका लागि अटो रिक्सा खरिद गरेर स्वरोजगार बनाएका छन्। सिँचाइका लागि विद्युतीय मोटर, बारी जोत्नका लागि पावर टिलर डगौराले जोडेका छन्। तरकारी बजारसम्म पुर्‍याएर बेच्नका लागि डगौरासँग मोटरसाइकल पनि छ। घरको अन्न, नुन, तेलदेखि लुगाफाटोसम्मको खर्च तरकारीखेतीको कमाईले धानिएको छ।

भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न नसक्दा बजारमा तरकारी बेच्न कुनै बेला निकै समस्या हुने गरेको उनी बताउँछन्। सरकारी तवरबाट उपलब्ध हुने अनुदान अहिलेसम्म नपाएको डगौरा ले बताए।

‘दातृ निकायले अगुवा कृषकहरूलाई व्यावसायिक तरकारीखेती गर्ने तालिम दिएको थियो’, उनले भने, ‘त्यही तालिममा सहभागी हुने मौका पाए, तरकारीखेती गर्ने किसानको बारी अवलोकन गरे, त्यसपछि तरकारीखेतीमा संलग्न भए।’

विद्यालयको मुखसम्म देख्न नपाएका महादेव व्यावसायिक तरकारीखेती गर्दा मलको मात्रा कति राख्ने, कुन जातको बीउ प्रयोग गर्ने, कुन बेला सिँचाइ गर्ने, कुन विषादी प्रयोग गर्ने, खेत तयार गर्ने कुरामा निपुण छन्। ‘बुबा, बाजेले अरू कहाँ कमैया बसेर कार्य गरे’, उनले भने, ‘मैले पनि कमैया बसेकै घरमा सानै छँदादेखि गोरुगोठाला भएर काम गरे, तेह्र वर्षको उमेरदेखि नै गोरु जोत्न थाले, विद्यालय जानुपर्छ भन्ने थाहै भएन।’ उनकाे कमैया बसेकै बेला त्यही विवाह भएको थियाे।

कमैया मुक्तिको घोषणापछि सरकारले पुनः स्थापना गराउँदा यहाँ आएर बसेपछि कमाउने साधन नहुँदा केही दिन ज्याला मजदुरीमा काम गर्नु परेको उनले विगत सम्झिए।

गैरसरकारी संस्थाहरूले सञ्चालन गरेको तरकारीखेती सम्बन्ध तालिम लिएपछि अरू कार्य छाडेर तरकारीखेती गर्न थाले त्यसपछि पैसाका लागि कसैसँग हात थाप्नु नपरेको उनको भनाइ रहेको छ ।

महादेवकै जस्तै नौखरीका मिसालु चौधरी, विपदराम चौधरी, फुलमती चौधरी र जगत डगौराले व्यावसायिक तरकारीखेतीलाई निरन्तरता दिँदै आएका छन्। तरकारीखेतीको कमाईले परिवारको खर्च सहज रूपमा चल्ने गरेको जगत डगौरा बताउँछन्।

तरकारीखेती गर्ने सबैजनाको आर्थिक अवस्था सुदृढ हुँदै गएको छ । व्यावसायिक तरकारीखेतीमा लागेका मुक्त कमैया परिवार भन्दछन्, ‘बजारको व्यवस्थापनसँगै अनुदानका कार्यक्रम गरिखानेसम्म पुर्‍याइनुपर्छ।’

बाँकेमा किसानको धान खरिद गरिँदै

खजुरा (बाँके) । बाँकेमा किसानले उत्पादन गरेको धान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जले खरिद गर्ने भएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगञ्जका प्रमुख रामशरण लामिछानेले धान खरिदका लागि मूल्य तोकिए पनि चाडपर्वका कारण खरिद प्रक्रिया ढिला भएकाले यही कात्तिक २० गतेबाट खरिद सुरु गरिने जानकारी दिए। उनका अनुसार ४० हजार क्विन्टल धान खरिद गर्ने कोटा निर्धारण गरिएको छ।

प्रतिक्विन्टल मध्यम धान रु तीन हजार पाँच सय ८० र मोटो धान रु तीन हजार चार सय १० मा खरिद गर्न मूल्य निर्धारण गरिएको प्रमुख लामिछानेले बताए। उनका अनुसार किसानले आफ्नो वडा कार्यालयबाट सिफारिस र पहिचान खुल्ने नागरिकता लिएर आएमा धान खरिद गरिनेछ।

यस वर्ष बाँकेमा एक लाख ५० हजार मेट्रिक टन धान उत्पादन हुने आँकलन गरिएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ। सरकारले समयमै धानको मूल्य निर्धारण गरे पनि खरिद ढिला हुँदा चाडपर्वमा किसानले व्यापारीलाई सस्तो मूल्यमा धान बिक्री गर्न बाध्य भएको बाँके डुडुवाका किसान कन्धइलाल यादवले बताए।

प्रतिकुल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमले मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौँबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार लुक्ला गन्तव्यमा बाक्लो तुवालोका कारण हवाई उडान हुन सकेको छैन । “मौसममा आएको खराबीका कारण दुर्गम क्षेत्रको उडान प्रभावित भएको छ । सुगम क्षेत्रका विमानस्थलको उडान नियमित रूपमा सञ्चालन भइरहेको छ”, उनले भने ।

काठमाडौँ विमानस्थलमा आन्तरिकतर्फ इन्स्ट्रयुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्र भइरहेको छ । मौसमका कारण भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान हुनसकेको छैन । उडान प्रभावित हुँदा गन्तव्यमा हिँडेका उल्लेख्य सङ्ख्यामा पर्यटक अलपत्र परेका विमानस्थल कार्यालयले जनाएको छ । 

काठमाडौँबाट तराई क्षेत्रका विमानस्थलमा उडान नियमित भइरहे पनि दुर्गम क्षेत्रका अधिकांश उडान हुन सकेको छैन । अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान समान्य रूपमा सञ्चालन भइरहेको छ ।

देशभर पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको पश्चिम बङ्गाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी पहाडी भागका केही स्थानमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । अहिले काठमाडौँ उपत्यका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ ।

उत्तराखण्डमा बस दुर्घटना हुँदा कम्तिमा २८ जनाको मृत्यु

उत्तराखण्ड । भारतमा बस दुर्घटना हुँदा कम्तिमा २८ जनाको मृत्यु भएको छ । उत्तराखण्डको अल्मोडामा गढवाल–रामनगर मार्गको साल्ट नजिक बस दुर्घटना हुँदा कम्तिमा २८ जनाको मृत्यु भएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

एसडीआरएफ र प्रहरी टोली घटनास्थलमा उद्धारमा जुटेका छन् । ४० जना यात्रु सवार बस सडकबाट दुईसय मिटर तल गहिरो खोँचमा खसेको थियो ।

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न

काठमाडौं ।  त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माण हुने जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न सकिने गरी चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ।


रसुवाको आमाछोदिङमो गाउँपालिका, थम्बुचेतस्थित चिलिमे हब सबस्टेसनदेखि नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेँसीस्थित त्रिशूली थ्री बी हब सबस्टेसनसम्मको २८ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भएको हो।

दसैँ र तिहारको सार्वजनिक बिदामा समेत कर्मचारी, निर्माण व्यवसायी अहोरात्र खटी प्रसारणलाइन निर्माण सम्पन्न गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए।

कार्यकारी निर्देशक घिसिङले प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा निर्माण भएका १११ मेगावाटका रसुवागढी र ४२.५ मेगावाटको साञ्जेनसहित रसुवामा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि प्रसारण लाइन पूर्वाधार तयार भएको उल्लेख गर्नुभयो। रसुवागढी र साञ्जेन आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादनको चरणमा छन्।

‘भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने, भीरैभीर रहेको र सडक पनि नभएकाले ढुंगागिटी, बालुवा, टावरका सामान, पानी मानिस या खच्चडबाट बोकाएर लैजानु पर्ने, बाढीपहिरो,वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध,कोभिड–१९,निर्माणस्थल हिमाली र पहाडी क्षेत्रमा पर्ने भएकाले लाइन निर्माणमा मौसमको पनि प्रतिकूल प्रभावजस्ता कारणले समस्यामा परेको आयोजना निरन्तरको प्रयासपछि निर्माण सम्पन्न हुन ठूलो उपलब्धि हो,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘उत्तरतर्फको छिमेकी देश चीनसँगको विद्युत् व्यापारका लागि चिलिमे–केरुङ अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न लागिएको छ, चिलिमे–त्रिशूली प्रसारण लाइनले नै चीनलाई जोड्नेछ।’

चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतनै २२०-१३२-३३ केभीका चिलिमे हब र त्रिशूली थ्री बी हब सबस्टेसन निर्माण सम्पन्न भइसकेका छन्। त्रिशूली थ्रि बी हब सबस्टेसनमा आएको विद्युत् काठमाडौंको मातातीर्थसम्मको त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइन हुँदै राष्ट्रिय प्रणालीमा समाहित हुनेछ। सान्जेन र रसुवागढी जलविद्युत आयोजनाहरूबाट उत्पादित विद्युत् चिलिमे हब सबस्टेसनमा जोडी चिलिमे–त्रिशूली प्रसारण लाइन हुँद राष्ट्रिय प्रणालीमा समाहित हुनेछ।

२८ किलोमिटर लामो प्रसारण लाइनका लागि ७६ वटा टावर निर्माण गरिएका छन्। प्रसारण लाइन समुद्री सतहबाट ६८० देखि २६०० मि.सम्म पर्ने भूभागमा निर्माण गरिएको छ। ३३ वटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नु पर्ने अवस्था थियो। उक्त स्थानसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको छ।


आयोजनाले लाइन निर्माणका लागि २० किलोमिटरभन्दा बढी पहुँच सडक निर्माण गरेको प्राधिकरणको उच्च भोल्टेज ग्रीड विभागका निर्देशक थर्कबहादुर थापाले बताए। खच्चड र मानिसबाट निर्माण सामग्री र उपकरणहरू ढुवानी गरी ९ वटा र हेलिकोप्टरबाट सामग्री ढुवानी गरी २ वटा टावर निर्माण गरिएको उनले जानकारी दिए।

उत्तरगया गाउँपालिका–१ तिरुबाट सोही वडाको सिरुचेतसम्म १ हजार २ सय ३५ मिटर लम्बाइमा तार तानिएको छ। मैलुङखोलामाथि पर्ने उक्त खण्ड (मैलुङ क्रसिङ¬)मा ड्रोनको प्रयोग गरी तार तानिएको थियो।

प्रसारण लाइन अन्तर्गत चिलिमे–मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर चार (मल्टी) सर्किट लाइन निर्माण गरिएको छ। कोरियन कम्पनीहरूको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको विद्युत जोड्नका लागि मल्टी सर्किट लाइन बनाउन लागिएको हो। माथिल्लो त्रिशूली–१ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्नेछ।

अनुमानित लागत ३ अर्ब ६२ करोड ८९ लाख अमेरिकी डलर रहेको चिलिमे–त्रिशूली आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैक (केएफडब्लू)को अनुदान रहेको छ। युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैक (इआइबी)को आयोजनामा सहुलितपूर्ण ऋण रहेको छ।

प्रसारण लाइन र सबस्टेसन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता २०७४को पुसमा कार्यान्वयनमा आएको थियो।

पितृका सम्झनामा माझी समुदायले पितरा पर्व मनाउँदै

काभ्रेपलाञ्चोक । जिल्लाका माझी समुदायले ‘पितरा पर्व’ मनाइरहेका छन् । अन्य समुदायमा मानिस मरेपछि वार्षिक पुण्य-तिथिमा श्राद्ध गर्ने चलन छ । तर माझी समुदायमा भने अनौठो परम्परा छ, मरेका आफन्तका नाममा एक पटक पितरा निकालेपछि वर्षैपिच्छे श्राद्ध गर्नु पर्दैन ।

अल्पसङ्ख्यकका रूपमा रहेका यस समुदायले परम्परादेखि आफ्नो संस्कृति अनुसार मनाउँदै आएको यस पर्वलाई नै ‘पितरा पर्व’ भनिने गरिएको हो । प्रत्येक वर्ष विजयादशमीको भोलिपल्ट र तिहारको भाइटीकाको भोलिपल्ट यो पर्व आफ्नै रीतिरिवाज अनुसार मनाउने गरिन्छ ।

मण्डनदेउपुर नगरपालिका-१० आँपचौरका रामकृष्ण माझीका अनुसार यस परम्परा जीवन्त राख्दै आएकाले एक वर्षका बीचमा परिवारमा कसैको मृत्यु भएमा त्यस वर्षको दसैँ र तिहार पर्व सकिएको भोलिपल्ट आफ्नै संस्कृति अनुसार मनाइँदै आइएको छ । “यस परम्परालाई निरन्तरता दिन युवाले अग्रसरता लिँदै आएका छन्”, माझीले भने । उनले देशभरका माझी समुदायद्वारा आइतबार साँझदेखि विधिपूर्वक यो पर्व मनाइरहेको बताए ।

पितरा पर्वको किंवदन्तीअनुसार कुनै एक समयमा महादेव र पार्वती पृथ्वी भ्रमण गर्ने क्रममा एउटा ठूलो नदी छेउमा आइपुगे र नदी पार गर्न नसक्दा नदी किनारमा डुंगा चलाउँदै गरेको एक माझीलाई आफूहरूलाई नदी पार गराइदिन अनुरोध गरेपछि माझीले पनि नदी पार गराइदिएकाले महादेव दम्पती खुसी भई ‘तिमीहरू मर्दा बाँच्नेले नाचगान गरेमा सिधा स्वर्ग पुग्नेछौँ’ भनी वरदान दिएका थिए । त्यसैबेला देखि यो संस्कृतिको सुरुआत भएको सुन्दै आएको स्थानीय माझी बताउँछन् ।

यस पर्व माझी समुदायको परम्परा नै भए पनि सबैले मनाउनु भने पर्दैन । वर्षभरिमा जसको घरका आफन्तको निधन भएको छ, त्यही घरबाट पितरा निकालिन्छ । यदि त्यो वर्ष गाउँमा कसैको निधन भएन भने त्यस वर्ष पितरा निकाल्नु अनिवार्य नभएको माझीले बताए । पर्वको परम्परा अनुसार तिहारको भाइटीकाको भोलिपल्ट कसैको निधन भएमा उसको परिवारले आउँदो वर्षको विजयादशमीको भोलिपल्टसम्म ‘जुठो’ बार्नुपर्छ भने विजयादशमीको भोलिपल्टदेखि भाइटीकाको दिनसम्म मरेकाको त्यही वर्ष एक वर्षभरिको काम सकिन्छ ।

नेवार समुदायको गाईजात्रा परम्पराझैँ झल्कने भए पनि पितरा पर्व फरक संस्कृति–रीति भएको आँपचौरकै ध्रुव माझीले बताए । उनका अनुसार पितरा निकाल्ने अघिल्लो दिनदेखि नै केही विधि पुर्‍याई पितृहरूलाई निमन्त्रणा गर्न उनीहरूलाई विभिन्न वाहनहरूमा चढेर आउन भनी घरको भित्तामा हात्ती, घोडा, सिपाही, घोरल, मोटर, हवाईजहाजलगायत सवारी साधनहरूको चित्र कोरिन्छ । मृतात्मा तिनै सवारीसाधनमा चढेर आउँछन् भन्ने जनविश्वासअनुसार महिला मरेको भए महिलाकै र पुरुष मरेको भए पुरुषले लगाउने लुगा आकृतिसमेत कोरिएको हुन्छ । पर्व मनाउने क्रममा कुनै एक व्यक्तिले ‘मरेको अभिनय’समेत गर्ने गरिएको बताइन्छ ।

पितरा निकालेको दिन बेलुकाबाट भोलिपल्टको उज्यालो नहुँदै कसैले नदेख्ने गरी उक्त आकृति मेटाइसक्नुपर्छ । पितरा निकाल्ने दिन ‘मूल भोटे’ले यसको सुरुआत गर्ने अरूले अन्य काममा सहयोग गर्ने गर्छन् । यस कार्यका लागि माझीकै दुई बालिकालाई पुरोहितका रूपमा पुजिन्छ । उनीहरूलाई अन्य समुदायका व्यक्तिले छुन नहुने र कसैले छोएमा तिनीहरूको मृत्युसम्म हुने मान्यता रहँदै आएको छ ।

पर्वका क्रममा मूल भोटेले दुई ‘गुरुङ’को छनोट गरी उनीहरूकै साथमा अन्य मृतात्मालाई बोलाउँदै नदीसम्म जाने र यस क्रममा विभिन्न देशभक्ति झल्काउने र दुःखसुखका गीतहरू गाउने प्रचलन रहेको छ । बाटो मर्मत र सफा गर्दै पुनः घरमा फर्केर मृतकको के इच्छा छ त्यो ‘बकाउन’ विभिन्न तन्त्रमन्त्रबाट मृतकको परिवारकै सल्लाह अनुसार यदि चाहेमा मात्र आत्मालाई बोलाइने गरिएको माझीले बताए । पर्वका दिन र रातभर विभिन्न भजन गाउँदै नाच पनि देखाइन्छ । भोलिपल्ट सबेरै नदीमा लगेर सेलाएपछि विधिअनुसारको तीन दिनको पितरा पर्वको समापन हुन्छ ।

यस पर्व मनाएपछि मरेका आफन्तको आत्मा कहिल्यै फर्केर नआओस् र बाँचेकालाई कुनै किसिमको बिघ्नबाधा नआउने मान्यता रहेको माझी बताउँछन् । “कुनै वर्ष गाउँमा पितरा निकाल्नु परेन भने पनि हामी माझीहरू अझ खुसी साथ दसैँ मनाउँछौँ, किनकि गाउँमा कसैको नाममा पनि शोकोत्सव मनाउनु परेन भनेर”, उनले भने । उनका अनुसार विसं २०७२ सालको भूकम्पमा यस गाउँमा ११ घरबाट पितरा निकालिएको यहाँका अनुभव छ यहाँका माझीहरूसँग ।

कार दुर्घटना हुँदा अर्घाखाँचीमा एकजनाको घटनास्थलमै मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११ डिभर्नामा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

ढुङ्गे देउरालीमा आइतबार साँझ एचआर ५५ एयु ८७९३ नम्बरको कार दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मालारानीबाट सन्धिखर्क आउँदै गरेको कार दुर्घटना भएको र कार पूर्ण रूपमा क्षतिग्रस्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ ।
बस र मोटरसाइकल ठोक्किदा एकको मृत्यु
भक्तपुरको मध्यपुरथिमी नगरपालिका–४ चारदोबाटोमा आइतबार मोटरसाइकल र बस आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको भएको छ ।

भक्तपुरबाट काठमाडौैर्फ जादै गरेको बा प्र ०१–००६ख २९९६ नम्बरको मयुर यातायातको बस र सोही दिशातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०२८प ०५३९ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकलको पछाडि सवार चाँगुनारायण—७ बागेश्वरी बस्ने ४५ वर्षीय अप्सरा फुयाँलको मृत्युु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते उनको भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले बस र मोटरसाइकलसहित दुवै चालकलाई नियन्त्रणमा लिएको छ ।

अमेरिका–मेक्सिको सीमामा छुट्टिएका करिब २०० परिवार वार्षिक कार्यक्रममा छोटो समयका लागि पुनर्मिलन

मेक्सिको । अमेरिका–मेक्सिको सीमाको एक क्षेत्रमा शनिबार करिब दुई सय परिवार भावुक तर छोटो पुनर्मिलनका लागि भेला भए । विपरीत मुलुकहरूमा बस्ने उनीहरूले त्यहाँ वर्षौंदेखि नभेटेका आफन्तहरूलाई भेटे ।

मेक्सिकाली परिवारहरूलाई अमेरिकामा बसाइँ सरेका आफन्तहरूसँग सीमामा केही मिनेटका लागि पुनर्मिलन गर्न अनुमति दिइँदा धेरैको आँसु बगे र मानिसहरूले अङ्कमाल गरे । वयस्क र बालबालिकाहरूले आफ्ना प्रियजनहरूलाई भेट्न रियो ग्रान्डे नदी पार गरेका थिए ।

यस वर्ष आप्रवासी अधिकार अभियान समूहद्वारा आयोजित वार्षिक कार्यक्रम अमेरिकी राष्ट्रपति चुनावभन्दा तीन दिनअघि भएको थियो । निर्वाचनको महिनौँ लामो प्रचारमा आप्रवासन र सीमा सुरक्षामा धेरै ध्यान केन्द्रित गरिएको छ । पुनर्मिलन कार्यक्रम आप्रवासी अधिकारको रक्षा नेटवर्कका अनुसार बढाइएको सुरक्षाका बीच सम्पन्न भएको थियो ।

‘हाम्रो समुदायमा काँडेतार थिएन, यति धेरै सैनिकहरू तैनाथ थिएनन्’, गत दशकदेखि पुनर्मिलन सुरु भएयता सीमामा आएका सुरक्षा परिवर्तनहरूलाई उजागर गर्दै संस्थाका निर्देशक फर्नान्डो गार्सियाले भने, ‘परिवारहरूले यो कार्यक्रम गर्न सकून् भनेर काँडेतार खोल्नु परेको थियो ।’

गार्सियाले मङ्गलबारको चुनावमा जसले जिते पनि अमेरिकातर्फको आप्रवासन जारी रहने अपेक्षा गरेका छन् । उनले पारिवारिक पुनर्मिलन पनि जारी रहने बताए ।

‘निर्वासन नीति, सीमा नीति, आप्रवासन नीतिले परिवारहरूलाई असाधारण तरिकाले विभाजित गरिरहेको छ र यी परिवारहरूमा गहिरो प्रभाव पारिरहेको छ’, उनले कार्यक्रमअघि पत्रकारहरूलाई बताए ।

भारतको अडानी समूहद्वारा बङ्गलादेशतर्फ आपूर्ति भएको बिजुली कटौती

ढाका । भारतीय अडानी समूहले बङ्गलादेशमा करिब ८५ करोड अमेरिकी डलर को बक्यौता बिल तिर्न बाँकी रहेको भन्दै सीमापार विद्युत आपूर्तिलाई आधा घटाएको विद्युत अधिकारीहरूले आइतबार बताएका छन् ।

बङ्गलादेश विद्युत् विकास बोर्ड (बीपीडीबी) का अध्यक्ष रेजाउल करिमले आइतबार भने, “हामी अन्य प्लान्टहरू चलाएर यो खाडल पूरा गर्ने प्रयास गरिरहेका छौं।”

भारतको झारखण्ड राज्यमा रहेको अडानीको कोइलाबाट चल्ने गोड्डा प्लान्टले बङ्गलादेशको १३ गिगावाटको बेसलोड बिजुलीको मागको सातदेखि १० प्रतिशतसम्म आपूर्ति गर्छ । तर, अडानीले सेप्टेम्बरमा ढाकालाई लगभग ८५० मिलियन डलर बराबरको यसको बिलहरू तिर्न सूचना जारी गरेको थियो ।

त्यतिबेला अडानी समूहले यसलाई ‘अस्थिर अवस्था’ भनेको थियो । समूहले भनेको थियो, “हाम्रो आपूर्ति प्रतिबद्धता मात्र होइन, हाम्रा ऋणदाता र आपूर्तिकर्ताहरूसँगको प्रतिबद्धता पनि पूरा गरिरहेका छौँ।”

अडानीले आइतबार तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्। करिब १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशले भुक्तानीका लागि डलर जुटाउन सङ्घर्ष गरिरहेको छ ।

करिमले भने, “ एक महिनामा कुल भुक्तानी गर्न सम्भव छैन। तर हामी क्रमशः भुक्तानीको आकार बढाउने प्रयास गरिरहेका छौँ। हामी अडानी समूहसँग यस विषयमा छलफल गरिरहेका छौं र उनीहरूलाई सूचित गरेका छौँ।”

करिमका अनुसार बङ्गलादेशले अक्टोबरमा अडानी समूहलाई नौ करोड ७० लाख अमेरिकी डलर तिरेको थियो, जुन अघिल्लो तीन महिनाको भुक्तानीभन्दा बढी हो ।सामान्यतया नोभेम्बरमा माग कम हुन्छ । बङ्गलादेशीहरू चिसोका लागि ऊर्जाशक्तिबाट चल्ने एयर कन्डिसनरमा निर्भर हुन्छन् । यहाँ महिनौँको चर्को गर्मीपछि नाभेम्बरमा अपेक्षाकृत चिसो मौसम सुरू हुन्छ ।”

शुक्रबार अडानीको गोड्डा प्लान्टले एक हजार ४९६ मेगावाटको स्थापित क्षमताको तुलनामा ७२४ मेगावाट आपूर्ति गरेको थियो भने बङ्गलादेशले करिब एक हजार ६८० मेगावाट लोडसेडिङको सामना गर्नुपरेको थियो।

बङ्गलादेशले भारतको पश्चिम बङ्गाल र त्रिपुराराज्यबाट एक हजार १६० मेगावाट विद्युत् आयात गर्दै आएको छ ।

बङ्गलादेशमा डेङ्गुका कारण एकैदिन १० जनाको मृत्यु

ढाका । भारतीय अडानी समूहले बङ्गलादेशमा करिब ८५ करोड अमेरिकी डलर को बक्यौता बिल तिर्न बाँकी रहेको भन्दै सीमापार विद्युत आपूर्तिलाई आधा घटाएको विद्युत अधिकारीहरूले आइतबार बताएका छन् ।

बङ्गलादेश विद्युत् विकास बोर्ड (बीपीडीबी) का अध्यक्ष रेजाउल करिमले आइतबार भने, “हामी अन्य प्लान्टहरू चलाएर यो खाडल पूरा गर्ने प्रयास गरिरहेका छौं।”

भारतको झारखण्ड राज्यमा रहेको अडानीको कोइलाबाट चल्ने गोड्डा प्लान्टले बङ्गलादेशको १३ गिगावाटको बेसलोड बिजुलीको मागको सातदेखि १० प्रतिशतसम्म आपूर्ति गर्छ । तर, अडानीले सेप्टेम्बरमा ढाकालाई लगभग ८५० मिलियन डलर बराबरको यसको बिलहरू तिर्न सूचना जारी गरेको थियो ।

त्यतिबेला अडानी समूहले यसलाई ‘अस्थिर अवस्था’ भनेको थियो । समूहले भनेको थियो, “हाम्रो आपूर्ति प्रतिबद्धता मात्र होइन, हाम्रा ऋणदाता र आपूर्तिकर्ताहरूसँगको प्रतिबद्धता पनि पूरा गरिरहेका छौँ।”

अडानीले आइतबार तत्काल कुनै प्रतिक्रिया दिएका छैनन्। करिब १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशले भुक्तानीका लागि डलर जुटाउन सङ्घर्ष गरिरहेको छ ।

करिमले भने, “ एक महिनामा कुल भुक्तानी गर्न सम्भव छैन। तर हामी क्रमशः भुक्तानीको आकार बढाउने प्रयास गरिरहेका छौँ। हामी अडानी समूहसँग यस विषयमा छलफल गरिरहेका छौं र उनीहरूलाई सूचित गरेका छौँ।”

करिमका अनुसार बङ्गलादेशले अक्टोबरमा अडानी समूहलाई नौ करोड ७० लाख अमेरिकी डलर तिरेको थियो, जुन अघिल्लो तीन महिनाको भुक्तानीभन्दा बढी हो ।सामान्यतया नोभेम्बरमा माग कम हुन्छ । बङ्गलादेशीहरू चिसोका लागि ऊर्जाशक्तिबाट चल्ने एयर कन्डिसनरमा निर्भर हुन्छन् । यहाँ महिनौँको चर्को गर्मीपछि नाभेम्बरमा अपेक्षाकृत चिसो मौसम सुरू हुन्छ ।”

शुक्रबार अडानीको गोड्डा प्लान्टले एक हजार ४९६ मेगावाटको स्थापित क्षमताको तुलनामा ७२४ मेगावाट आपूर्ति गरेको थियो भने बङ्गलादेशले करिब एक हजार ६८० मेगावाट लोडसेडिङको सामना गर्नुपरेको थियो।

बङ्गलादेशले भारतको पश्चिम बङ्गाल र त्रिपुराराज्यबाट एक हजार १६० मेगावाट विद्युत् आयात गर्दै आएको छ ।

वनहराको भूमिहीन शिविरमा छैन तिहारको रौनक

कञ्चनपुर । तिहार आए पनि शुक्लाफाँटा नगरपालिका– ११ वनहराको भूमिहीन शिविरमा कुनै रौनक छैन । मजदुरी गरेर जीविका चलाउने शिविरका बासिन्दालाई साँझ बिहानको छाक टार्नै समस्या छ ।

‘त्रिपालको झुपडीमा दुई दशकदेखि जसरी दिन बित्दै आएका छन्, त्यसरी नै तिहारमा पनि दुई छाक खानका लागि सङ्घर्ष गर्नुपरेको छ’, शिविरका दलबहादुर बोहराले भने, ‘दसैँ तिहार जे आए पनि कष्ट उस्तै छ ।’

टीका लगाउन आएका दिदीबहिनीलाई मीठो मसिनो खानेकुरा दिने नभएकाले दक्षिणा दिन साहुसँग काम गरिदिने वाचा गरी पेश्की पैसा लिएको उनले दुखेसो पोखे । ‘साहुले काम नगरी कसरी पैसा दिने भनेर नाइनास्ती गरेका थिए । अनुनय विनय गर्दा रु छ सय मागेर ल्याएँ’, उनले भने ।

सात वर्ष पहिले दातृ निकायले दिएका त्रिपाल ठाउँठाउँमा च्यातिँदा वर्षात्‌को पानी त चुहिन्छ नै । हिउँदमा शीतका थोपा झुपडी भित्रै खस्छ । ‘मजदुरी नगरे चुल्होमा आगो बल्दैन’, अमृता साउदले भनिन्, ‘मजदुरी पाउन कठिन छ, पाए पनि थोरै ज्यालामा काम गर्नुपर्छ, अरुसँग मागेर ल्याएका लुगाफाटो लगाएर चाडपर्व मनाउनु परेको छ ।’

६ महिनाअघि कमाउन भारततर्फ गएका शिविरका केशव ताम्राकार घर फर्किएका छन् । ‘चार महिना काम पाइयो’, उनले भने, ‘बाँकीका दुई महिना काम खोज्नमै बित्यो, चार महिना कमाएको पैसा जहानसँगै हुँदा खान र लुगाफाटोमै सिद्धियो । अहिले रित्तो फर्किएका छौँ ।’

तिहारका बेला शिविर नजिकैका बस्तीहरु बत्तीले झकिझकाउ छन् । ‘दिउँसो त उज्यालो हुन्छ’, शिविरका दीपेन्द्र सोवले भने, ‘रातमा उज्यालो बाल्ने नहुँदा अध्याँरोमै रात काटनुपर्छ ।’ शिविरका देवकी विष्टलाई छोराले भारतबाट ल्याइदिएको मोबाइल चार्ज गर्न समस्या छ । एकपटक चार्ज गरेबापत छिमेकी गाउँको पसलमा १० रुपैयाँ बुझाउनुपर्छ ।

सौर्य ऊर्जा खरिद गर्ने चाहना भए पनि आर्थिक अभावले सम्भव छैन । दाताले उपलब्ध गराइदिए सहज हुने आशामा उनीहरु छन् । शिविरमा दातृ निकायले गाडेका नल्का छन् । नल्काबाट आर्सेनिक र आइरन आउने भएकाले शिविरका धेरै जना पत्थरी र छालासम्बन्धी रोगबाट पीडित छन् । शुद्ध पिउने पानी व्यवस्था नहँदा उनीहरु समस्यामा छन् ।

सामुदायिक वन छेउकै शिविर भएकाले हात्तीले उत्तिकै दुःख दिने गरेको छ । झुपडीमा मजदुरी गरेर जोहो गरेको अन्न हात्तीले खाइदिने भएकाले कैयौँ दिन भोकै बस्नु परेको कलावती दमाइले सुनाइन् । शुक्लाफाँटा नगरपालिकाकै बासिन्दा भए पनि पीडा सुनिदिने जनप्रतिनिधि नपाएको उनी बताउँछिन् ।

‘यसअघिका जनप्रतिनिधिले शिविरमै आएर हालखबर बुझ्थे, सहयोग गर्थे’, प्रेमबहादुर साउदले भने, ‘अहिले कोही जनप्रतिनिधि शिविरमा आउनुभएको छैन, कुनै सहायता पाएका छैनौँ ।’ सुरक्षित स्थानमा शिविर सार्नुपर्ने उनीहरुको माग छ ।

‘सुरक्षित आवाससँगै रोजगारीको माग उठाउँदै आएका हौँ’, राधिका सोवले भने, ‘सुकुम्बासीको फाराम पनि भरेका छौँ, हालसम्म पुनःस्थापनले गति नलिँदा कष्टकर जीवन बिताउन बाध्य छौँ ।’ सामुदायिक विद्यालयमा बालबालिका पढाउँदा शुःल्क तिर्नुपर्ने हुँदा कक्षा छ/सातसम्म पढाएर बीचमै विद्यालय छुटाइ मजदुरीमा लैजानुपर्ने बाध्यता शिविरका बासिन्दाको छ ।

पहिरोले घरखेत लगेपछि सुरक्षित बासस्थानको खोजीमा केही त्यस क्षेत्रमा पुगेका हुन् भने केही पुस्तौँदेखि अर्काको घरमा काम गर्नेहरुलाई विसं २०६२मा शिविरमा सारिएको हो । शिविरमा पहिले १२ परिवारको बसोबास रहेकामा हाल वृद्धि भई २८ परिवार पुगेका छन् ।

नरेश श्रेष्ठ स्मृति क्रिकेटः सुदूरपश्चिम फाइनलमा प्रवेश

विराटनगर । सुदूरपश्चिम प्रदेश मोरङको विराटनगरमा जारी नरेश श्रेष्ठ स्मृति वाईवाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको लिग चरणको खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई पराजित गरेसँगै उसले उपाधि भिडन्त पक्का गरेको हो ।

प्रतियोगिताअन्तर्गत पाँच खेल खेलेको सुदूरपश्चिमले चार खेलमा विजयी हुँदै आठ अङ्क जोडेको छ । सुदूरपश्चिम लिग चरणको एक खेल अगावै फाइनलमा पुग्न सफल भएको छ । सुदूरपश्चिमले अब उपाधिका लागि बुधबार लुम्बिनी प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ । सुदूरपश्चिमले लिग चरणको अन्तिम खेल भने कोशी प्रदेशसँग खेल्ने छ ।

विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई पाँच विकेटले पराजित गरेको हो । टस जितेर पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरको खेलमा ४१ ओभर खेल्दै सबै विकेट गुमाएर एक सय २९ रन बनायो ।

बागमतीका लागि रोशन विश्वकर्माले अविजित ५६ रन बनाए । यस्तै उत्तम मगरले २६ तथा सार्थक धितालले ११ रन बनाए । बलिङतर्फ सुदूरपश्चिम यूवराज खत्रीले सर्वाधिक पाँच विकेट लिए । उनी खेलको प्लेयर अफ दी म्याच घोषित भए ।

एक सय ३० रनको विजयी लक्ष्य सुदूरपश्चिमले २८ दशमलव पाँच ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । सुदूरपश्चिमका लागि प्रकाश पाण्डेले अविजित ५२ रन बनाए । यस्तै नरेन भट्टले ३८, अभिषेक थापाले १४ तथा दिपक रोकायाले अविजित १२ रनको योगदान दिए । बलिङतर्फ बागमतीका दिपक सेरलाले दुई विकेट लिए ।

आजै बैजनाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई दुई विकेटले पराजित गर्यो । टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ३८ दशमलव एक बलमा सबै विकेट गुमाएर एक सय एक रनको योगफल बनायो ।

एक सय दुई रनको लक्ष्य गण्डकीले २६ दशमलव एक ओभरमा आठ विकेट गुमाउँदै भेट्टायो । गण्डकीले सवै ६ खेल खेल्दा तीनमा जित हात पार्दै प्रतियोतिाबाट बाहिरिएको छ । कर्णाली पनि हालसम्म खेलेका पाँचवटै खेलमा पराजित भई प्रतियोतिाबाट बाहिरिएको छ ।

सात वर्षदेखि चलिरहेको दाजुभाइबीचको भाइटीका !

दमौली (तनहुँ) ।  तिहारमा दिदी बहिनीले दाजुभाइलाई टीका लगाएर मखमली र सयपत्रीको माला पहिराइदिएर दीर्घायुको कामना गर्ने चलन छ । आफ्नै दिदीबहिनी नहुनेले पनि आफन्त र छरछिमेकीका दिदी बहिनीसँग भाइटीका लगाउँछन् ।

तर तनहुँको व्यास नगरपालिका–१० सेवरका मदन तिमिल्सिना र सुमन तिमिल्सिनाले सात वर्षदेखि एकअर्कालाई भाइटीका लगाएर तिहार मनाउँदै आएका छन् । आफ्नै दिदीबहिनी नभएपछि सात वर्षदेखि यसैगरी भाइटीका मनाउँदै आएको मदनले बताए ।

मदन र सुमन दुई दाजुभाइ मात्रै हुन् । ‘आफन्त दिदीबहिनीको हातबाट टीका थाप्दै आइरहेका थियौँ । उहाँका आफ्नै दाजुभाइ विदेश गएपछि हामीलाई टीका लगाउन आउन छाड्नुभयो’, उनले भने, ‘हामी टीका थाप्न कुरिरहेका थियौँ । नआएपछि मन खल्लो भयो । अनि एकअर्कालाइ टीका लगाउने सोच बनाएर सुरु गर्‍यौं । त्यसपछि निरन्तर यसरी मनाउँदै आइरहेका छौं ।’

मदन र सुमनले भाइटीका गर्दा सुरुमा धेरैले अनौठो माने । दाजुभाइबीच भाइटीका लगाउने सामाजिक मान्यता थिएन ।

सुरुका वर्ष उनीहरू आफैँलाई असहज महसुस भयो । दाजुभाइले भाइटीका लगाउन थालेपछि ‘हामी लगाइदिन्छौं’ भन्नेहरू भेटिए । तर, उनीहरूले सुरु गरेको भाइटीकालाई निरन्तरता दिइरहेका छन् ।

दिदीबहिनी नभए पनि दाजुभाइले भाइटीका गर्दा तिहारमा निधार खाली राख्न नपर्ने भाइ सुमनको भनाइ छ । ‘दाजुभाइले भाइटीका गर्दा सम्बन्ध सुमधुर बन्छ । हामी सदैव यसैलाई निरन्तरता दिनेछौँ ’, उनले भने । 

तिहारमा पनि सुनसान गाउँघर

सोलुखुम्बु । ‘पहिलेपहिले काग तिहारदेखि गाउँका ठिटाठिटी जम्मा हुन्थे । ५/६ दिनसम्म नाचगान र देउसी खेल्ने चलन हुन्थ्यो,’ सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लाका ९९ वर्षीय टकबहादुर नेपालीले पुराना दिन सम्झिए, ‘तिहार लागेपछि गाउँको रौनक अर्कै हुन्थ्यो । अहिले त गाउँघरमा बुढापाकाभन्दा कोही छैनन्, गाउँ नै शून्य छ देउसी र भैलो नै सुनिँदैन ।’

उनलाई यस वर्ष तिहार लागे जस्तै लागेन । अधिकांश युवा वैदेशिक रोजगारमा छन् । भएका युवा पनि कर्मथलोबाट गाउँ फर्किएनन् । जसले गर्दा तिहारमा गाउँघर सुनसान बनेको नेचासल्यानका राजीव शर्माले बताए ।

‘गाउँघरमा पाका पुस्ताहरु मात्र बाँकी छन् युवा धेरै विदेशमा छन् । काठमाडौं गएकाहरु पनि फर्किएनन् । त्यसैले तिहारमा गाउँघर रमाइलो छैन्,’ उनले भने ।

युवा गाउँमा रित्तिएसँगै बुढापाका, बालबच्चा र असक्त मात्रै बाँकी रहेको स्थानीय बताउँछन् । सोताङका शिक्षक रामबहादुर बस्नेतका अनुसार गाउँघरदेखि जिल्लाका बजारमा देउसीभैलो खेल्ने खासै देखिएका छैनन् ।

केटाकेटीहरु छिटफुट देउसी खेल्न हिँडेको उनले बताए । विगतमा टोलैपिच्छे विभिन्न समुह तथा क्लबले दिउसी खेल्ने चलन भए पनि यस वर्ष देउसी खेल्ने मान्छे नभएपछि धेरै गाउँहरुमा सामूहिक देउसी खेल्नेक्रम बढेको छ ।

गाउँघरमा रमाइलो गर्ने मान्छे कम भएपछि गाउँका सबै एकै ठाउँमा जम्मा भएर ‘साउण्ड सिस्टम’बाट गीत बजाएर देउसी खेलेको मुक्लीका स्थानीय गणेश विकले बताए । यस वर्षको तिहारमा सदरमुकाम सल्लेरी बजारमा विगतमा झैँ चाडपर्वको रौनक देखिएन । सल्लेरी बजार सुनसान छ भने व्यवसायीमा व्यापार नभएको गुनासो छ ।

अघिल्लो वर्षसम्म तिहार आसपासमा दैनिक ९० हजार रुपैयाँसम्मको व्यापार हुने गरेकामा यस वर्ष मुस्किलले १० हजार रुपैउाँको व्यापार भएको सल्लेरीका व्यापारी निरकुमार नेपालीको भनाइ छ ।

‘आर्थिक सङ्कटले मुलुक ग्रस्त बनिसकेछ, पहिला जस्तो किनमेल गर्ने मानिस नै छैनन् । सल्लेरीमा मैले पसल गरेको ५/६ वर्ष भयो । तर, यस वर्षको जस्तो तिहार कहिल्यै भएको थिएन, तिहारका लागि आवश्यक मसलादेखि फलफूलसमेत बिक्रीका लागि ल्याइयो तर किन्ने मान्छे नै आएनन्,’ उनले भने ।

किराना होस वा अन्य पसलमा ग्राहकहरुको उपस्थिति थोरै छ । व्यवसायीमा निराशा छाएको देखिन्छ ।

‘कोरोना कहरको समयमा योभन्दा राम्रो व्यापार भएको थियो, तर अहिले त्योभन्दा खस्कियो, खै किन हो सर्वसाधारणमा चाडवाडको उमङ्ग देखिँदैन,’ बासाका स्थानीय व्यापारी उजीर कार्कीले भने ।

विगतमा सुरक्षाका कारण राति ९ बजेपछि देउसीभैलो खेल्न प्रशासनले प्रतिबन्ध लगाउने गरेको थियो । तर पनि रातभर देउसीभैलो खेल्नेको कमी नहुने सल्लेरीका स्थानीय बाबुराम श्रेष्ठले स्मरण गरे ।

यस वर्ष २४सै घण्टा देउसीभैलो खेल्ने व्यवस्था प्रशासनले मिलाएको छ । तर देउसीभैलो खेल्नेहरु भेटिँदैनन् । रातभर गुञ्जिने देउसे गीत साँझ ७ नबज्दै बन्द हुने गरेको स्थानीयको भनाइ छ ।

पहिलेपहिले रोजगार, अध्ययन तथा काम विशेषले जिल्ला बाहिर जानेहरु तिहारअघि गाउँ फर्किन्थे । यस वर्ष चाडपर्वमा गाउँ फर्कनेको सङ्ख्या खासै नदेखिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

चाडपर्वमा यात्रु नठगिउन् भनेर ट्राफिक प्रहरीले यात्रु सहायता कक्ष सञ्चालन गरेर समन्वय गरेको छ । यद्यपि जिल्ला भित्रिनेको सङ्ख्या न्यून हुँदा कतिपय गाडीहरु खाली आउने गरेको दूधकुण्ड ज्वालामाइ यातयात समितिका सदस्य जीवन थापाले बताए ।

‘अघिल्लो वर्ष काठमाडौँबाट सोलु आउने टिकट नपाएर हामीले रातारात राति नै गाडी काठमाडौँ फर्काउनु परेको थियो । यसपाली त्यस्तो छैन् । जिल्ला आउने यात्रु नहुँदा गाडी काठमाडौँ मै थन्किएर बसेका छन्,’ उनले भने ।

लोप हुँदै मौलिकता

तिहार भन्नेबित्तिकै देउसीभैलोको याद आइहाल्छ । तर, पछिल्लो समय तिहारमा फाट्टफुट्ट खेलिने देउसीभैलोमा मौलिकता लोप हुँदै गएको छ । खोटाङको ऐंसेलुखर्क गाउँपालिका-६ ज्यामिरेकी मिना रसाइलीलाई आफू सानो छँदा खेलेको देउसीभैलोको याद खुब आउँछ ।

तर पछिल्ला वर्षहरुमा देउसीभैलो खेल्दा त्यो मौलिकता नभेटिएको उनले बताए । हरेक चाडपर्वको आफ्नै महत्व र विशेषता छ । तिहारको रमाइलो पक्ष झिलिमिली र देउसीभैलो हो । तर पछिल्लो समय देउसीभैलो खेल्ने शैली परिवर्तन भएको छ ।

आधुनिक प्रविधिले नेपाली मौलिक संस्कार ओझेलमा पारेको सिद्धिचरण नगरपालिका-७ ओखलढुङ्गाका राकेश श्रेष्ठ बताउँछन् । देउसीभैलो खेलिने प्रसङ्गमा बलिराजाको कथा जोडिएर आउँछ । ती कथनहरु तिहारको समयमा देउसीभैलोमा प्रकट गर्ने पुरानो संस्कार भएको बुढापाका बताउँछन् । तर आधुनिकताको प्रभाव बढ्दा देउसीभैलोको मौलिकता लोप हुन थालेको नेचासल्यानकी हरिमाया कटेलको बताउँछन् ।

‘एक त गाउँघरमा युवा छैनन्, भएकाहरु पनि क्यासेट बजार नाच्छन् गाउँछन् मुखले भट्टाएर, मादल बजाएर देउसी खेल्ने चलन हरायो,’ कट्टेलले भने ।

मौलिक देउसीभैलोको सट्टा रेकर्ड गरिएका गीतमा नृत्य प्रस्तुत गर्दा देउसीभैलोको मौलिकता ओझेलमा परेको छ । हिन्दी, अङ्ग्रेजी तथा भड्किलो शैलीका गीतमा प्रस्तुत गरिने नृत्यलाई देउसीभैलो मान्ने जमात बढ्दो छ ।

अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सम्मेलनमा भाग लिन ऊर्जामन्त्री भारत प्रस्थान

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिन भारत प्रस्थान गरेका छन् ।
      
नयाँदिल्लीमा नोभेम्बर ३ देखि ६ तारिखसम्म आयोजित सातौँ गठबन्धन सम्मेलनमा भाग लिन मन्त्री खड्का आइतबार अपराह्न ३ बजे नयाँदिल्ली प्रस्थान गरेका हुन् ।
      
सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२१) को २१ औँ सत्रमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको घोषणा गरिएको थियो ।

सम्मेलनमा भाग लिएका करिब एक सय २० राष्ट्रका प्रमुखले सौर्य ऊर्जाको प्रवर्द्धनका लागि क्रियाशील गठबन्धनमा आफ्नो सहभागिता हुने प्रतिबद्धता जनाएका थिए ।

      सम्मेलनमा विश्वभर ऊर्जा पहुँच बढाउन, ऊर्जा सुरक्षा सुनिश्चित गर्न र उर्जा विकासलाई निर्देशित गर्ने माध्यमको रुपमा सौर्य ऊर्जा प्रविधिको बढ्दो उपयोगबारे छलफल हुनेछ । यस्तै, सम्मेलनले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको अध्यक्ष, सहअध्यक्ष, महानिर्देशकलगायत विभिन्न पदमा नयाँ कार्यसमिति चुन्ने कार्यक्रमसमेत छ ।
      
सम्मेलनले सौर्य ऊर्जाको व्यापक प्रयोगका लागि आवश्यकपर्ने अमेरिकी डलर एक हजार अर्ब भन्दा बढीको लगानी परिचालन गर्ने र जसबाट नेपाल समेत लाभान्वित हुने बताइएको छ । यसले जलवायु परिवर्तन कम गर्न नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धीमा पेस गरेको दोस्रो राष्ट्रिय निर्धारित योगदान कार्यान्वयनमा सहयोग पुग्नेछ ।

     सन् २०४५ सम्ममा कार्बन उत्सर्जन शून्यको लक्ष्य हासिल गर्ने नेपाल सरकारको प्रतिबद्धताअनुरुप सौर्यजस्ता स्वच्छ ऊर्जाको अधिकतम विकास एवं प्रवद्र्धनबाट स्वच्छ ऊर्जा सङ्क्रमण कार्यान्वयनमा सहयोग पुग्ने बताइएको छ ।
      
सम्मेलनमा हरित विकास, जलवायु परिवर्तन र सौर्य उर्जा विकाससँग सम्बन्धित विश्वमा भएका सफल अभ्यासहरुको आदानप्रदान गर्ने कार्यक्रमसमेत रहेको छ ।
      
सम्मेलनमा ऊर्जामन्त्री खड्काले भारतको नवीकरणीय उर्जामन्त्री एवम् ‘आइएसए’को अध्यक्ष प्रह्लाद वेंकटेश जोशीसँग भेट्ने कार्यक्रम रहेको छ । भेटमा नेपालको नविकरणीय उर्जा क्षेत्रको विकासका विविध विषयमा छलफल हुनेछ ।
      
आइएसएले हाल नेपालको राष्ट्रिय सौर्य ऊर्जा रोडम्याप, सौर्य ऊर्जामार्फत स्वास्थ्य, शिक्षा, पर्यटनको सम्भाव्यता खोजी, सौर्य सिँचाइलगायतका विभिन्न सात कार्यक्रममा सहयोग गर्नेछ ।
      
सम्मेलनमा भाग लिन मन्त्री खड्कासँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारी, विद्युत् विकास विभागका महानिर्देशक नवीनराज सिंह र मन्त्री खड्काका आर्थिक सल्लाहकार अमित श्रेष्ठसमेत नयाँदिल्ली गएका छन् ।

कांग्रेस सभापति देउवाद्वारा बहिनीबाट टीका ग्रहण

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहिनी सुशीला खड्काबाट भाइटीका लगाएका छन् ।

सभापति देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा टीका लगाएका उनको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो ।

यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने परम्परा छ ।

सङ्ख्यामा अमेरिकी चुनाव

वासिङ्टन । स्विङ राज्य, निर्वाचक मण्डलका मत, मतपत्रमा माथिदेखि तलसम्मका उम्मेदवार र लाखौँ सम्भावित मतदाताहरू– यहाँ सङ्ख्यामा अमेरिकी चुनावको विश्लेषण गरिएको छ ।

– दुई –

केही स्वतन्त्र उम्मेदवारले चुनाव लडे । कम्तीमा एक जना रोबर्ट एफ. केनेडी जुनियरले आँखीभौँहरू उचाल्ने खालका समाचार शीर्षकहरू बनाए ।

तर अन्ततः राष्ट्रपति पदको दौड दुई विकल्पमा सीमित छ । प्रमुख पार्टीका दुई उम्मेदवारहरू डेमोक्रेट कमला ह्यारिस र रिपब्लिकन डोनाल्ड ट्रम्प ध्रुवीकृत अमेरिकाको नेतृत्व गर्न प्रयासरत छन् ।

– पाँच –

नोभेम्बर ५– चुनाव दिन । परम्परागत रूपमा नोभेम्बरको पहिलो सोमबारपछिको मङ्गलबार ।

– सात –

स्विङ राज्यको सङ्ख्या – यी राज्यले कुनै एक पार्टीलाई स्पष्ट प्राथमिकता दिँदैनन् । अर्थात् तिनीहरू जित्न सकिने अवस्थामा छन् ।

ह्यारिस र ट्रम्पले एरिजोना, जर्जिया, मिशिगन, नेभाडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया र विस्कन्सिनका मतदाताहरूलाई लोभ्याउँदै छन् र विजय सुनिश्चित गर्न त्यहाँ आफ्ना प्रचार प्रयासहरू केन्द्रित छन् ।

अत्यन्त कडा प्रतिस्पर्धाको चुनावमा ती कुनै पनि राज्यमा केही मतले नै परिणाम निर्धारण गर्न सक्छ ।

– ३४ र ४३५ –

मतदाताहरूले चुनावका दिन केवल ह्वाइट हाउस कब्जा गर्ने निर्णय गर्दैनन् । उनीहरूले अमेरिकी कंग्रेसलाई पनि ताजा बनाउनेछन् ।

सिनेटका ३४ सिट र प्रतिनिधि सभाका सबै चार सय ३५ स्थान चुनावका लागि खुला छन् ।

प्रतिनिधि सभामा सदस्यहरूको कार्यकाल दुई वर्षको हुन्छ । हाल रिपब्लिकनहरूको बहुमत छ र ह्यारिसका डेमोक्रेटहरूले परिवर्तनको आशा गर्नेछन् ।

सिनेटमा एक सय सिटमध्ये ३४ सिट छ वर्षे कार्यकालका लागि उपलब्ध छन् । रिपब्लिकनहरूले डेमोक्रेटको सानो बहुमत उल्टाउने आशा गरिरहेका छन् ।

– ५३८ –

संयुक्त राज्य अमेरिकामा राष्ट्रपति निर्वाचनलाई नियन्त्रण गर्ने सार्वभौमिक मताधिकार अप्रत्यक्ष प्रणाली निर्वाचक मण्डलमा स्वागत छ ।

प्रत्येक राज्यमा निर्वाचकहरूको फरक सङ्ख्या छ । जनसङ्ख्याअनुसार फरक हुने प्रतिनिधि सभाका निर्वाचित प्रतिनिधिहरूको सङ्ख्यामा सिनेटरहरूको सङ्ख्या (प्रति राज्य दुई) जोडेर गणना गरिन्छ ।

उदाहरणका लागि रुरल भर्मोन्टमा जम्मा तीन निर्वाचक मत छन । त्यसैगरी विशाल क्यालिफोर्नियामा ५४ छन् ।

पचास राज्य र कोलम्बिया जिल्लामा कूल पाँच सय ३८ निर्वाचक छरिएका छन् । ह्वाइट हाउस जित्न उम्मेदवारले दुई सय ७० मत जित्नुपर्छ ।

– ७७४,००० –

पेव रिसर्च सेन्टरका अनुसार सन् २०२० को चुनाव सुचारु रूपले सञ्चालन भएको सुनिश्चित गर्ने मतदान कर्मचारीहरूको सङ्ख्या । संयुक्त राज्य अमेरिकामा तीन प्रकारका चुनाव कर्मचारीहरू छन् ।

मतदाताहरूलाई स्वागत गर्न, भाषामा सहयोग गर्न, मतदान उपकरण सेट गर्न र मतदाता आइडी र दर्ताहरू प्रमाणित गर्न नियुक्त गरिएका अधिकांश मतदान कर्मचारीहरू हुन् ।

पेवका अनुसार निर्वाचन अधिकारीहरू मतदान कर्मचारीहरूलाई तालिम दिने जस्ता विशेष कर्तव्यहरू पूरा गर्न निर्वाचित, नियुक्त वा मनोनीत गरिन्छन् ।

मतदान पर्यवेक्षकहरू सामान्यतया राजनीतिक दलहरूद्वारा मतगणना अवलोकन गर्न नियुक्त गरिन्छन् । ट्रम्पले नतिजा बिना शर्त स्वीकार गर्न अस्वीकार गरेका कारण यस वर्ष विशेष रूपमा विवादास्पद हुने अपेक्षा गरिएको छ ।

धेरै निर्वाचन कर्मचारीहरूले नोभेम्बर ५ को मतदानअघि आफूहरूले सामना गरिरहेको दबाब र धम्कीहरूका बारेमा एएफपीसँग पहिले नै कुरा गरिसकेका छन् ।

– सात करोड ५० लाख –

नोभेम्बर २ सम्म फ्लोरिडा विश्वविद्यालयको डाटाबेसअनुसार सात करोड ५० लाखभन्दा बढी अमेरिकीले अग्रिम मतदान गरिसकेका छन् ।

अधिकांश अमेरिकी राज्यले मानिसहरूलाई नोभेम्बर ५ को मतदान दिनमा समय मिलाउन नसक्ने वा मतदान गर्न नसक्ने अवस्थाको सामना गर्न व्यक्तिगत मतदान वा हुलाक मतदानको अनुमति दिन्छन् ।

– २४ करोड ४० लाख –

बाइपार्टिसन पोलिसी सेन्टरका अनुसार सन् २०२४ मा मतदान गर्न योग्य हुने अमेरिकीहरूको सङ्ख्या ।

तीमध्ये कति जनाले वास्तवमै मतदान गर्नेछन् भन्ने कुरा हेर्न बाँकी नै छ । तर पेव रिसर्च सेन्टरका अनुसार सन् २०१८ र सन् २०२२ को मध्यावधि चुनाव तथा सन् २०२० को राष्ट्रपतीय मतदानले संयुक्त राज्य अमेरिकामा दशकौँयता देखिएका त्यस्तै प्रकारका तीन उच्चतम मतदान सहभागिता उत्पन्न गरेका थिए ।

“मतदान–योग्य जनसङ्ख्याको लगभग दुई–तिहाई (६६ प्रतिशत) सन् २०२० को राष्ट्रपति चुनावमा मतदान गर्न उपस्थित भए । यो सन् १९०० यताको कुनै पनि राष्ट्रिय चुनावको उच्चतम दर हो”, पेवले आफ्नो वेबसाइटमा भनेको छ ।

जनगणना ब्युरोका अनुसार त्यो करिब १५ करोड ५० लाख मतदाता बराबर थियो । 

अमेरिकी महिला मार्चमा हजारौँ सहभागी

वासिङ्टन । चुनावको तीन दिनअघि हजारौँ महिला वासिङ्टनमा उत्रिएर डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस र प्रजनन स्वास्थ्य सेवामा पहुँचका लागि उनको आह्वानप्रति जोडदार समर्थन प्रदर्शन गरेका छन् ।


उपराष्ट्रपतिले रिपब्लिकन डोनाल्ड ट्रम्पविरुद्धको आफ्नो ह्वाइट हाउस अभियानमा गर्भपतन अधिकारलाई केन्द्रीय मुद्दा बनाएको र वार्षिक महिला मार्चमा प्रदर्शनकारीहरूबीच यो विषय निरन्तर उठेको छ ।


“महिलाका रूपमा हाम्रो अधिकारको समर्थन गर्ने उम्मेदवारलाई मतदान गर्नु मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो”, उत्तर क्यारोलिनाबाट कार्यक्रममा सहभागी हुन आएकी १९ वर्षीया लिया ब्रुकरले भनिन् ।


उनले पहिले नै प्रारम्भिक मतदानमा आफ्नो मत खसालिसकेकको बताइन् । “मेरो पहिलो मत एक महिलाका लागि थियो भन्ने कुरा धेरै सशक्त थियो”, उनले भनिन् । 


उनले ‘यदि केटाहरू केटा नै हुन्छन् भने, महिलाहरू राष्ट्रपति हुनेछन्’ भन्ने लेखिएको प्लेकार्ड बोकेकी थिइन् ।
अन्य प्लेकार्डमा ‘मतदानले अवाञ्छित राष्ट्रपति रोक्छ’ र ‘महिलाको स्थान ओभल अफिसमा हो’ जस्ता नाराहरू लेखिएका थिए ।


आयोजकहरूले करिब १५ हजार मानिसको उपस्थिति रहेको अनुमान गरेका छन् । अन्य अमेरिकी शहरमा पनि सहयोगी मार्चहरू आयोजना गरिएका थिए ।


अमेरिकी क्यापिटलको गुम्बजलाई पृष्ठभूमिको रूपमा राख्दै फ्रिडम प्लाजामा वक्ताहरूले ६० वर्षीया ह्यारिसको समर्थनमा जोश भरेका थिए । “हामी पछि फर्किंदैनौँ !” ह्यारिसको अभियानको एउटा नारालाई दोहोर्याउँदै भीडले नारा लगायो । 

सत्तरी वर्षीया सेवानिवृत्त मार्लिन वाग्नर नेब्रास्काबाट आएकी थिइन् । उनले भनिन्, “म मेरा नातिनातिना र मेरा बच्चाहरूका लागि आएकी हुँ किनभने म उनीहरूको भविष्यका लागि डराएकी छु ।”

उनको मध्यपश्चिमी राज्यमा गर्भावस्थाको १२औँ हप्तापछि गर्भपतनमा प्रतिबन्ध लगाइएको छ । ट्रम्पले नियुक्त गरेका सर्वोच्च अदालतका न्यायाधीशहरूले सन् २०२२ मा गर्भपतनको राष्ट्रिय अधिकार समाप्त गर्ने निर्णयमा पुर्याएपछि यो प्रतिबन्ध आएको थियो ।

राष्ट्रपतीय मतदानसँगै हुने जनमत सङ्ग्रहमा १० राज्यमा गर्भपतन अधिकार मतपत्रमा छ । नेब्रास्कामा एउटा प्रस्तावले राज्यको संविधानमा गर्भपतन प्रतिबन्ध थप्न खोज्दैछ भने अर्कोले यो प्रक्रिया अनुमति दिइने अवधि बढाउन खोज्दैछ ।

ट्रम्पको निर्वाचनपछि सन् २०१७ को पहिलो महिला मार्चमा पनि सहभागी भएकी वाग्नरका लागि विकल्प स्पष्ट थियो ।

“गर्भपतन प्रतिबन्धहरूको पहिले नै प्रतिक्रिया भएको छ किनभने महिलाहरूले आवश्यक स्याहार पाउन सकेका छैनन्”, उनले भनिन् ।

केही विरोध प्रदर्शनकारीहरूले ह्यारिसलाई ‘बच्चा मार्ने’ को आरोप लगाए । यद्यपि उनीहरूको आवाज धेरैजसो दबाइएको थियो ।

ट्रम्प ‘धेरै खतरनाक’ छन् र ‘महिलाहरूलाई बेवास्ता गर्नुहुन्छ’”, न्युयोर्ककी ६६ वर्षीया एब्बी कोहेनले प्लान्ड पेरेन्टहुडको बुथ नजिकै उभिएर भनिन्, “म आशा गर्छु कि सबै महिलाले ह्यारिसलाई मत दिनेछन्, तर म आशा गर्छु कि सबै पुरुषहरूले पनि ह्यारिसलाई मत दिनेछन् ।”

अमेरिका : ‘ए’ देखि ‘जेड’ सम्म, २०२४ को चुनाव अभियान अक्षरैपिच्छे

वासिङ्टन । अमेरिकी राष्ट्रपतीय चुनाव बुझ्न गाह्रो भइरहेको छ ? यहाँ कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीचको लडाइँका बारेमा मार्गदर्शन गर्न एउटा ए–जेड शब्दकोश छ ।

ए – गर्भपतन (एबोर्सन) – एक संवेदनशील मुद्दा जसलाई डेमोक्रेटहरूले राष्ट्रपतिका रूपमा ट्रम्पले सङ्घीय अधिकार समाप्त गरेका कारण उनको कमजोरीका रूपमा प्रयोग गर्ने आशा गरेका छन् ।
बी – सीमा (बोर्डर) – राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति ह्यारिसको कार्यकालमा मेक्सिकोको सीमाबाट लाखौं कागजात बिनाका आप्रवासीहरूले पार गरेको आरोप लागेसँगै बाइडेनसँगको सहयोगका कारण उपराष्ट्रपति ह्यारिसका लागि कमजोरी ।
सी – क्यालिफोर्निया – ह्यारिसको उदारवादी गृह राज्य । यस परिस्थितिले उनलाई स्वतन्त्र र रिपब्लिकन मतदाताहरूलाई लोभ्याउन अझ बढी मध्यमार्गी देखिने प्रयास गर्न प्रेरित गरेको छ ।
डी – बहस (डिबेट) – जुनमा बाइडेनको विनाशकारी प्रदर्शनले उहाँलाई चुनावी प्रतिस्पर्धा छाड्न बाध्य पार्‍यो । ट्रम्पलाई ह्यारिसले बहसमा पराजित गर्नुभयो र ट्रम्पले चुनाव दिनअघि पुनः बहस गर्न अस्वीकार गरे ।
ई – एलन मस्कको रूपमा – प्रविधि उद्योगपति मस्कले आफ्नो मुख, पैसा र मिडिया प्लेटफर्म ट्रम्पको सेवामा लगाएका छन् ।
एफ – कोष सङ्कलन (फन्डरेजिङ) – बाइडेनको स्थान लिएपछि, ह्यारिसले अचानक खुसी समर्थकहरूबाट ठूलो मात्रामा चन्दा आकर्षित गरेर अमेरिकालाई चकित पारे ।

कुकुर र बिरालो खाने ?
जी – जननेन्द्रिय (जेनिटेलिया) – दिवङ्गत गल्फ महान् अर्नोल्ड पामरको शारीरिक विशेषतालाई ट्रम्पले चुनावी ¥यालीमा सम्बोधन गर्न उचित ठाने ।

एच – हैटियन – ओहायोमा बस्ने केही आप्रवासीको राष्ट्रियताका बारेमा ट्रम्प, उनका उपराष्ट्रपति उम्मेदवार जेडी भान्स र अन्य रिपब्लिकनहरूले गलत रूपमा मानिसहरूका कुकुर र बिरालो खाइरहेको आरोप लगाए ।
आई – जानकारी (इनफर्मेसन, गलत र भ्रामक हेर्नुहोस्) – पाल्तु जनावर खाने हैटियन र रिपब्लिकन विधायक मार्जोरी टेलर ग्रिनको रत्नजस्तो फर्जी दाबीको कुहिरोले बाइडेन प्रशासनको मौसमलाई नियन्त्रण गरिरहेको छ ।
जे – जनवरी ६ – सन् २०२० को चुनावमा बाइडेनसँग हारेपछि ट्रम्पलाई सत्तामा राख्न चाहने हिंसक ट्रम्प समर्थकहरूद्वारा सन् २०२१ को क्यापिटल विद्रोहको मिति । ट्रम्पले हालै विद्रोहलाई ‘प्रेमको दिन’ भनेका छन् ।
के – कमला – नाममा के छ ? यदि निर्वाचित भएमा । उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति र दक्षिण एसियाली वंशको पहिलो राष्ट्रपति हुनेछिन् । दुवै ऐतिहासिक उपलब्धिहरू उनको नाममा प्रतिबिम्बित छन् ।
एल – महिलाहरू (लेडिज) – बिरालो भएका तर बच्चा नभएका । भान्सले वर्षौंअघि परिभाषित गरेको जनसांख्यिकी समूह । यसले उनलाई उनलाई सताउन फर्केर आयो ।
एम – मिडिया – ह्यारिसलाई एक–एक अन्तर्वार्ताहरू टार्ने आरोप लागेको थियो । यसले अमेरिकीहरूले उनका बारेमा धेरै नजानेको छाप बलियो बनायो । तथापि उनी हालै यस कार्यमा विकसित भएका छन् । फक्स न्युजसँगको शत्रुतापूर्ण अन्तर्वार्ता समेत सामना गरेकी छन् ।

सबैभन्दा सुन्दर शब्द
एन – राष्ट्रिय सुरक्षा (नेसनल सिक्योरिटी) – ट्रम्पले यसलाई बलियो बनाउने बताएका छन् भने ह्यारिसले ट्रम्प यसका लागि खतरा भएको ठान्छिन् ।

ओ – पुरानो (ओल्ड) – ८१ वर्षीय बाइडेन अर्को कार्यकालका लागि धेरै थकित भएको छाप परेकोले पछि हटे । ७८ वर्षीय ट्रम्प अहिलेसम्मकै सबैभन्दा पाको अमेरिकी उम्मेदवार हुन् । तुलनात्मक रूपमा ६० वर्षीय ह्यारिस जवान देखिन्छिन् ।
पी – प्रोजेक्ट २०२५ – ट्रम्पअन्तर्गत अति–दक्षिणपन्थी शासनका लागि एक प्रमुख थिङ्क ट्याङ्कको खाका ।
क्यू – राजीनामा (क्विट) – बाइडेन दौडबाट बाहिरिनु । यस जुलाईमा पदस्थ राष्ट्रपतिले किनारा लागेर ह्यारिसलाई स्थान दिएको राजनीतिक भूकम्पले अर्को ट्रम्प कार्यकालका लागि बढ्दो रूपमा आत्मसमर्पण गरेका डेमोक्रेटहरूलाई पुनर्जीवित गर्‍यो ।
आर – अस्वीकार (रिफ्युजल) – अर्को जनवरी ६ जस्तो विद्रोहको छायाँ उठाउँदै ट्रम्पले नोभेम्बरमा हार स्वीकार गर्ने वाचा गर्न अस्वीकार गरेका छन् ।
एस– स्विङ राज्यहरू – सात राज्य जुन जुनसुकै तर्फ जान सक्छन् र चुनाव निर्धारण गर्ने मानिन्छन् ।
टी – भन्सार शुल्क (ट्यारिफ) – ट्रम्पले अमेरिकामा हुने सबै आयातमा लगाउने भनेको कर । ‘यो शब्दकोषको सबैभन्दा सुन्दर शब्द हो’ उनले भनेका छन् ।
यू – ‘अयोग्य’ र ‘अस्थिर’ (अनफिट र अनस्टेबल) – ह्यारिसले ट्रम्पलाई वर्णन गर्ने तरिका ।
भी – अस्पष्ट (भेग) – ह्यारिसले सम्भावित मतदाताहरूलाई अलग नपार्न जानाजान आफ्नो नीतिगत स्थितिहरू अस्पष्ट छोडेको आरोप सामना गरेकी छन् । ट्रम्पले पनि तिनीहरूलाई कसरी सत्य बनाउने भन्ने विवरण नदिई ठूला वाचाहरू गरेका छन् ।
डब्ल्यू – विचित्र (वेर्ड) – ह्यारिसकी उपराष्ट्रपति उम्मेदवार टिम वाल्जले ट्रम्प, भान्स र उनीहरूको परिधिमा रहेका अन्यहरूलाई वर्णन गर्न यो शब्द गढेका छन् । यसले डेमोक्रेटहरूलाई धेरै खुसी तुल्यायो ।

एक्स – थकित (एक्जस्टेड) – ट्रम्पका एक सहयोगीले कठिन अन्तिम चरणमा रिपब्लिकनलाई वर्णन गर्न प्रयोग गरेको भनिएको शब्द ।
वाई – यस म्यान – ट्रम्पले दोस्रो कार्यकालमा आफूलाई घेर्ने मानिसहरू । यसको अर्थ हठी वा खतरनाक व्यवहारको विरुद्ध कुनै सुरक्षा बार नहुने डर ।
जेड – जेलेन्स्की, भोलोदिमिर – निश्चय नै २०२२ को आक्रमणको आदेश दिने पुटिनप्रति ट्रम्पको झुकावका बारेमा चिन्तित युक्रेनी राष्ट्रपति ।

सुन्तला छाडेर मौरीपालन, वार्षिक ३५ लाख आम्दानी

पर्वत । कुनै बेला जिल्लामै सबैभन्दा बढी सुन्तला उत्पादन गर्ने किसानका रूपमा चिनिएका मोदी गाउँपालिका–२ देउपुरस्थित कोरु-ङ्गाका टीकाराम तिमिल्सिनाले अहिले व्यावसायिक मौरीपालनबाट बर्सेनि  ३५ लाख आम्दानी गर्न थालेका छन् । उनी सुन्तलाखेती छाडेर मौरीपालनमा आकर्षित भएका हुन् ।

घर अगाडिको बगैँचामा तीन सयभन्दा बढी सुन्तलाका बोट लगाएर गाउँमा ठूलो सुन्तला बगैँचा बनाएका तिमिल्सिना सुन्तलाका बोट मर्दै गएपछि समस्यामा परेका थिए । सुन्तलामा भविष्य नदेखेपछि उनी मौरीपालनतर्फ आकर्षित भएका छन् ।

सुरुमा उनले घरको आँगनमा केही मौरी पाल्न थाले । माहुरीको घार र महको माग बढ्न थालेपछि आफ्नो व्यवसायलाई विस्तार गर्दै लगेको तिमिल्सिनाले बताए। पहाडी भेगमा अनुकूल हुने ‘एपि सेरेना’ जातको मौरी पालेको भन्दै उनले यो व्यावसायबाट वार्षिक ३५ लाखसम्म आम्दानी हुने गरेको जानकारी दिए ।

किसान तिमिल्सिनाले भने, “यहाँ उत्पादन गरेको मह घरबाट नै बिक्री हुने गरेको छ । गुणस्तरीय मह भएकाले डुलाउँदै हिँड्नुपर्ने अवस्था छैन । मागअनुसार ग्राहकलाई पुर्याउन सकिरहेको छैन ।”

विभिन्न पालिकाले अनुदानमा वितरण गर्ने घार र मौरीको स्रोतसमेत तिमिल्सिनाको फार्म बनेको छ । कृषि ज्ञान केन्द्र तथा गाउँपालिकाको समन्वयमा गत वर्ष मात्र उनले एक सयभन्दा बढी माहुरीका घार बिक्री गरेका थिए ।