`

बेलायती प्रधानमन्त्रीले १५ वर्षमा पहिलोपटक ट्रेड युनियनलाई सम्बोधन गर्ने

लण्डन । बेलायतका प्रधानमन्त्री कीर स्टारमर विगत १५ वर्षमा बेलायतको ट्रेड युनियनको वार्षिक बैठकलाई सम्बोधन गर्ने पहिलो बेलायती प्रधानमन्त्री बन्ने भएका छन् ।

स्टारमरको लेबर पार्टी ऐतिहासिक रूपमा ट्रेड युनियन सङ्गठनहरूसँग सम्बद्ध रहेको छ । ट्रेड युनियन कङ्ग्रेस (टियुसी) ४८ सदस्य युनियनहरूको साझा निकाय हो । यसले २०औँ शताब्दीको सुरुमा लेबर पार्टीको स्थापना गर्न मद्दत गरेको थियो ।

प्रधानमन्त्री गोर्डन ब्राउनले सन् २००९ मा पछिल्लोपटक यसको सम्मेलनलाई सम्बोधन गरेका थिए । लेबर पार्टीले जारी गरेको विज्ञप्तीका अनुसार ६२ वर्षीया स्टारमरले ब्राइटनको समुद्री रिसोर्टमा टियुसीका प्रतिनिधिहरूलाई बेलायतको अर्थतन्त्र सुधारका लागि युनियन र व्यवसायीलाई एकसाथ ल्याउने पहल गर्न तयार रहेको बताइएको छ ।

वर्षौँदेखि चलिरहेको औद्योगिक अशान्ति र युनियन र सरकारबिचको तनावलाई अन्त्य गर्न पहल गरिरहेका प्रधानमन्त्री स्टारमरले भनेका थिए, ‘राजनीतिको सबैभन्दा कठिन शुत्र साझेदारी हो’, ‘मलाई थाहा छ कि पुराना तरिकामा स्पष्टता छ जस्तै व्यापारी विरुद्ध कामदार, व्यवस्थापन विरुद्ध सङ्घ, सार्वजनिक विरुद्ध निजी । तर यस्तो प्रकारको राजनीति बेलायती जनताले चाहँदैनन् ।’

टोरी शासनको समयमा बिग्रिएका देशको पूर्वाधार क्षेत्रलाई सुधार्ने वाचासहित लेबर पार्टी सत्तामा आएको थियो। यसले शिक्षक र डाक्टर जस्ता सार्वजनिक क्षेत्रका कामदारहरूका लागि तलब वृद्धि गर्ने घोषणा गरेको छ र रेललाई पुनः राष्ट्रियकरण गर्ने मार्ग प्रशस्त गर्न रेल चालकहरूसँग तलब सम्झौता गरेको छ ।

टियुसीले तलब सम्झौतालाई ‘पहिलो महत्त्वपूर्ण कदम’ का रूपमा स्वागत गरेको छ तर केही प्रमुख युनियन र नयाँ सरकारबीच पहिल्यै तनाव देखापरेको छ ।

अस्ट्रेलियाले सामाजिक सञ्जाल प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने

क्यानबेरा । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले बालबालिकालाई सुरक्षित राख्नका लागि सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउने बताएका छन् ।

आमाबाबुको बालबालिकाप्रतिको चिन्तालाई समर्थन गर्ने र बच्चालाई सुरक्षित राख्ने उदेश्यले यस्तो कानुन बनाउन खोजिएको प्रधानमन्त्री अल्बानिजले बताए ।

सामाजिक सञ्जाल एक्सको एक पोस्टमा उनले भने,“हामी बालबालिकाको सुरक्षालाई मध्यनजर गर्दै सामाजिक सञ्जालको प्रयोगका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानुन बनाउने छौं ।”

उनले भने, “अधिकांश आमाबाबुले मलाई सामाजिक सञ्जाल प्रयोग गर्न आफ्ना बच्चाहरूको उमेर कति हुनुपर्छ भन्ने प्रश्न गर्दछन् । हामी संसदमा सामाजिक सञ्जाल र अन्य डिजिटल प्लेटफर्महरूका लागि न्यूनतम उमेर निर्धारण गर्ने कानून पेश गर्नेछौँ । “

गत वर्ष अगस्ट २१ मा, मिशिगन स्वास्थ्य विश्वविद्यालय आयोजित ‘सी.एस मोट चिल्ड्रेन हस्पिटल्स नेसनल पोल अन चिल्ड्रेन हेल्थ’ मा भाग लिएका आधाभन्दा बढी अभिभावकले आफ्नो बच्चाको मानसिक स्वास्थ्य शीर्ष स्वास्थ्य चिन्ताको विषय रहेको बताएका छन् ।

“आमाबाबुले अझै पनि शारीरिक स्वास्थ्यलाई प्रत्यक्ष रूपमा असर गर्ने समस्या जस्तै अस्वास्थ्यकर खाना र मोटोपनालाई बच्चाहरूको प्रमुख स्वास्थ्य समस्याहरूका रूपमा हेर्ने गरेका छन् । तर अहिलेको समयमा अधिकतम सामाजिक सञ्जाल र डिजिटल उपकरणको प्रयोगले निम्त्याएको मानसिक स्वास्थ्यको चिन्ताले यसलाई उछिन्दै गएको छ”, मोट पोलका सह–निर्देशक र मोट बालरोग विशेषज्ञ सुसान वुलफोर्डले भने ।

“बालबालिकाले कम उमेरमै डिजिटल उपकरण र सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन् र आमाबाबुले सुरक्षा, आत्मसम्मान, सामाजिक सम्बन्ध आदी क्षेत्रमा पर्ने नकारात्मक प्रभावहरू रोक्न कसरी उचित निगरानी गर्ने भनेर सङ्घर्ष गरिरहेका छन्”, बालरोग विशेषज्ञ वुलफोर्डले भने ।

पन्ध्र लाख खर्चेर बिपी कोइरालाको सालिक निर्माण

काभ्रे। नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बिपी कोइरालाको पूर्णकदको सालिक निर्माण भएको छ । बिपी राजमार्गको प्रस्थान विन्दुका रूपमा रहेको धुलिखेल नगरपालिका–६ स्थित जरणडाँडामा नेता कोइरालाको सालिक निर्माण भएको हो ।

प्रतिमा निर्माण मूल समितिका संयोजक नेपाली कांग्रेसका जिल्ला सदस्य जितकृष्ण श्रेष्ठका अनुसार १५ लाखको लागतमा ढलौटको सालिक बनेको हो । पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट चन्दा सङ्कलन गरी सालिक निर्माण भएको संयोजक श्रेष्ठले बताए ।

आगामी असोज ५ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सालिक अनावरण गर्ने कार्यक्रम निर्धारण भएको नेपाली कांग्रेस काभ्रेपलाञ्चोक शाखाले जनाएको छ ।

बनेपा–सिन्धुली–बर्दिबास एक सय ६० किलोमिटर सडक पनि नेता कोइरालाका नाममा राखिएको छ । यो बाटोलाई बिपी राजमार्ग भनिन्छ । जापान सरकारको अनुदानमा बिपी राजमार्ग निर्माण भएको हो । 

उपसभामुख रानालाई हटाउने सत्तापक्षको तयारी

काठमाडौँ । सत्ता गठबन्धनले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेको छ । सोमबार बसेको गठबन्धनको बैठकमा उपसभामुख रानालाई हटाउनेबारे छलफल भएको हो । संविधानले सभामुख वा उपसभामुखलाई हटाउन सक्ने व्यवस्था धारा ९१ को उपधारा ६ मा गरेको छ ।

उपधारा ६ मा सभामुख वा उपसभामुखको पद रिक्त हुने तीन वटा कारण खुलाइएको छ । पहिलो प्रतिनिधिसभाको सदस्य नरहेमा, दोस्रो पद अनुकूल आचरण नगरेमा र तेस्रो प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको दुई तिहाइ बहुमतबाट  हटाउन सकिनेछ ।

उपसभामुख रानामगरले सन् २०२३ फ्रेब्रुअरी २६ मा अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजीओ सीएसडब्लू ६७’ कार्यक्रममा असम्बन्धित व्यक्तिलाई सहभागी गराउन अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् ।

आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्यतालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन दूतावासलाई पत्र लेखेको सार्वजनिक भएपछि गत साउन पहिलो साता प्रतिनिधिसभा बैठकमा आरोप–प्रत्यारोप चलेको थियो ।

त्यतिबेला पनि सत्तापक्षका सांसदले प्रतिनिधिसभाको कमाण्डरले भिसा कन्सलटेन्सीको काम गर्न नमिल्ने भन्दै आलोचना गरेका थिए । रास्वपाबाट उपसभामुख चुनिएकी रानाको बचाउमा रास्वपा उत्रिएको थियो ।

अहिले यही विषयमा लिएर सत्तापक्षलाई उनलाई हटाउने तयारी गरेको हो । संवैधानिक परिषदको निर्णय अनुकूल बनाउन प्रक्रिया पूरा गरेर उपसभामुख हटाउनुपर्ने सत्तापक्षको बैठकमा प्रधानमन्त्रीले ओलीले बताएका थिए ।

प्रधानमन्त्रीको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवा पनि सकारात्मक देखिएका बताइएको छ । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ । संवैधानिक परिषदले निर्णय गर्न ५० प्रशितशत बढी सदस्यको मत चाहिन्छ ।

ललितपुर महानगर स्वास्थ्य क्षेत्रमा मुलुककै अग्रणी बन्नसक्छः मेयर महर्जन

पाटन (ललितपुर) । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगर स्वास्थ्य क्षेत्रमा मुलुककै अग्रणी महानगर बन्न सक्ने बताएका छन् ।

ललितपुर महानगर– १४ स्थित ताल्चिखेलमा मंगलबार स्वस्तिक अस्पतालको उद्घाटन गर्दै प्रमुख महर्जनले दुई वर्ष अगाडि स्वास्थ्य क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै नेपाल नगरपालिका सङ्घले पुरस्कृत गरेको स्मरण गराए । उनले उक्त पुरस्कारको गरिमा राख्दै स्वास्थ्य क्षेत्रमा मुलुककै अग्रणी महानगर बन्न सक्ने बताए ।

“ललितपुर महानगर स्वास्थ्य क्षेत्रमा कमजोर छैन, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत वर्ष लिजा (स्थानीय तह संस्थागत स्वमूल्याङ्कन) मा देशभरकै उत्कृष्ट स्थानीय तहका रुपमा घोषित गरेको छ । धेरै क्षेत्रमा देशभरका महानगरमध्ये उत्कृष्ट बन्न सफल भएको छ,” उनले भने,“मलाई विश्वास छ, अस्पतालले यस भेगमा उत्कृष्ट सेवा प्रदान गर्ने छ ।”

प्रमुख महर्जनले विगत डेढ वर्षदेखि सेवा प्रदान गर्दै आएको यस अस्पतालले सेवा प्रवाहमा कुनै कसर नराख्नेमा विश्वस्त रहेको बताए । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले यस अस्पतालले प्रवाह गर्ने सेवा सर्वसुलभ र गुणस्तरीय भएकाले नागरिकको अपेक्षा सम्बोधन हुने विश्वास व्यक्त गरिन् ।

स्वास्थ्य मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव दीपेन्द्ररमण सिंहले सरकारी तहबाट समुदायस्तरमा स्वस्थ्य सेवा सहज रुपमा पुर्याउन चुनौती भइरहेको अवस्थामा यस्ता अस्पताल सुरु हुनु महत्वपूर्ण भएको बताए । उनले स्थानीय सरकारसँगको साझेदारीमा स्वास्थ्य सेवा प्रवाह गर्दै समुदायको अपनत्व हुने गरी सेवा प्रवाह गर्न आग्रह गरे ।

१५ शय्या रहेको यस अस्पतालमा ३० जनाभन्दा बढी डाक्टर रहेका र आकस्मिक, बहिरङ्ग सेवालगायत सम्पूर्ण सेवा प्रदान गर्ने अस्पताल प्रशासनले जनाएको छ । वडासँगको समन्वयमा वडाका बालबालिका र ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा प्रदान गर्ने अस्पतालका निर्देशक सिबी थापाले जानकारी दिए ।

सम्बन्ध विच्छेद भइसकेकी श्रीमतीले गरेको ठगीमा मेरो नाम नजोड्नु : उपसभापति गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूले सहकारी संस्थाको बचत रकम ठगी र हिनामिना नगरेको बताएका छन् ।

विज्ञप्तिमार्फत उनले यसबारे आफूलाई केही थाहा नभएको बताएका हुन् । श्रीमतीसँग अलग भइसकेको उल्लेख गर्दै उनले आफूले सहकारी संस्थाको बचत रकम ठगी र हिनामिना नगरेको बताएका हुन् ।

गुरुङले श्रीमतीले सहकारीमा काम गरेको तर उनीसँग आफ्नो सम्बन्ध विच्छेद भइसकेकाले नाम जोड्नु गलत भएको बताए ।

उनले भनेका छन्, ‘तत्कालीन मेरी श्रीमती ज्योती गुरूङ महालक्ष्मीस्थान ललितपुरस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थामा प्रबन्धकका रूपमा कार्यरत थिइन् । निज उक्त सहकारीमा रहँदा भएको हरहिसाब लगायत अपचलनबारे मलाई जानकारी हुने विषय भएन। जहाँसम्म मैले सहकारीमा रकम अपचलन, ठगी गरेको भन्नेबारे जे जस्ता भ्रामक समाचार सम्प्रेषित भएका छन्, त्यसप्रति मेरो गम्भीर आपत्ति छ। साथै निज ज्योतीजीसँग २०७६ फागुन २९ गते जिल्ला अदालत ललितपुरमा सम्बन्ध विच्छेद भइसकेकाले, ज्योतीजीसँग उक्त मितिदेखि कुनै किसिमको सम्बन्ध नभएको समेत जानकारी गराउँछु।’

बकैयाको बाढीले बगाएर बेपत्ता माझीको चार दिनपछि शव फेला

रौतहट । रौतहटमा बकैया खोलाले बगाएर चार दिनदेखि बेपत्ता भएका एकजनाको शव आज (मंगलबार) बिहान फेला परेको छ।

रौतहट चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव बाराको कोल्बी नगरपालिका–२ बकैया खोलाको बगरमा फेला परेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको टोलीले प्रादेशिक अस्पताल कलैया बारा पठाइएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

मकवानपुरको बकैया गाउँपालिका–६ स्थित जसपालमा निर्माण भइरहेको द्रुत मार्गमा काम गर्दै आउनुभएका माझी बकैया–६ जुनाइस्थित खोला तर्ने क्रममा यही भदौ २१ गते अचानक खोलाको बाढीले बगाउँदा बेपत्ता भएका थिए।

इलाका प्रहरी कार्यालय निजगढ बाराको समन्वयमा बेपत्ता माझीको खोजतलास गर्ने क्रममा आज खोला किनारमा शव फेला परेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए। 

व्यवसायीले आफूले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्छ: ऊर्जामन्त्री खड्का

सङ्खुवासभा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अपर अरुणको काम चाँडो सुरु हुने बताएका छन्।  नेपाल प्रेस युनियन सङ्खुवासभाद्वारा मंगलबार खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा उनले स्रोत सुनिश्चित गरी अपर अरुणको काम चाँडो सुरु गरिने जानकारी दिएका हुन्।

‘गरिब र विपन्न परिवारका लागि सरकारले सस्तो ब्याजमा ऋणको व्यवस्था गरेर आयोजनामा स्थानीय सहभागिता गराउनका लागि मैले पहल गरिरहेको छु’, उनले भने।’

सङ्खुवासभाका प्रत्येक घरले रु पाँच लाखको शेयरको सुनिश्चितता हुनुपर्छ भनेर आफू लागिरहेको उनको भनाइ छ। उनले गरिब तथा विपन्न जनतालाई शेयर दिने उक्त ढाँचा देशभर स्थापित गर्नेगरी लागिने स्पष्ट पारे।

मन्त्री खड्काले समृद्ध सङ्खुवासभा निर्माणका लागि यहाँभित्रका जलस्रोतको अधिकतम उपयोग गर्नुपर्ने उल्लेख गरे। उनले जिल्लाभित्र आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधानमा सरकारले काम गरिरहेको उल्लेख गरे।

उनले कोशी करिडोरमा राष्ट्रिय प्रसारण लाइन निर्माणका क्रममा देखिएको ढिलाइलाई सम्बोधन गर्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग छलफल भइरहेको जानकारी दिए।

ऊर्जामन्त्री खड्काले भने, ‘निजी क्षेत्रलाई साथमा लिएर मुलुकको ऊर्जा क्षेत्रको विकासमा लागिने छ, सरकारले १० वर्षमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेका छ , उक्त लक्ष्य पूरा सरकार कटिबद्ध भएर लागिरहेको छ, समृद्ध मुलुक निर्माणका लागि आन्तरिक खपत बढाउँदै बाँकी रहेको विद्युत् विदेशमा निर्यात गरिने छ।’

उनले आर्थिक रूपमा विपन्न परिवारलाई मूलधारमा ल्याउन सकेमात्र हामीले खोजेको समृद्धि हासिल गर्न सकिने बताए। उनले भने, ‘मुलुकको आर्थिक क्षेत्रको भरपर्दो माध्यम ऊर्जा क्षेत्र हो, यसको विकासका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाएर सरकारले काम गर्ने छ।’

ऊर्जामन्त्री खड्काले सिँचाइसँगै विद्युत् उत्पादनलाई अगाडि बढाइएको जनाउँदै सरकारी अस्पताल, विद्यालय, खानेपानी, सिँचाइको क्षेत्रमा विद्युत् सहुलियत दिनसके जनतालाई सहयोग पुग्ने बताए। ‘जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई बिक्री गर्दा खोलानाला बेचियो भन्ने गलत भाष्य सृजना गरिएको छ, यसलाई चिर्नु जरुरी छ’, उनले भने।

मन्त्री खड्काले छिटो–छरितो कार्यसम्पादन गर्ने भन्ने प्रधानमन्त्रीको निर्देशन भएकाले मन्त्रालयले सोहीअनुरुप कार्यसम्पादन गरेको उल्लेख गरे। उनले ट्रङ्कलाइन र डेडिकेटेड विद्युत्का क्षेत्रमा देखिएका समस्या समाधान गर्नका लागि लेखा समितिमै छलफल भएकाले यसको टुङ्गो चाँडो लाग्ने बताए। ‘व्यवसायीले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्छ’, उनले भने।

यागी आँधीका कारण भियतनामको जनजीवन अस्तव्यस्त, १५ लाख मानिस विद्युतविहीन

बीबीसी । उत्तरी भियतनाममा ’सुपर टाइफुन’ यागीका कारण एक व्यस्त पुल भत्किँदा कैयौँ सवारीसाधन पानीमा डुबेका छन् । त्यसक्रममा हराइरहेका १३ जनाको खोजी भइरहेको छ ।

शनिबार भियतनाममा बज्रिएयता उक्त आँधीका कारण त्यहाँ ६० जनाभन्दा धेरै मानिसहरूको मृत्यु भएको छ । पछिल्लो ३० वर्षमा भियतनाममा आएको सबैभन्दा शक्तिशाली आँधीले देशको उत्तरी भागमा विनाश निम्त्याएको छ भने १५ लाख मानिसलाई बिजुलीविहीन बनेका छन् ।

पश्चिमतर्फ सर्ने क्रममा रहेको यागीले थप विनाश गर्ने अधिकारीहरूले चेतावनी दिएका छन् । प्रतिघण्टा २०३ किलोमिटरको वेगको यस आँधीबाट २४० भन्दा धेरै मानिसहरू घाइते बनेका छन् यो एशियामा यस वर्ष देखा परेको सबैभन्दा शक्तिशाली तुफान हो ।

फोङ चाउ पुल भत्किँदा दश वटा कार र दुई वटा स्कूटर रेड नदीमा खसेका भियतनामका उपप्रधानमन्त्री हो डुच पोचले जनाएका छन् । चालकले रोक्न नभ्याउँदै अगाडिको पुल भत्किँदा लरी पानीमा खसेको क्षण क्यामेरामा कैद भएको थियो ।

हालसम्म नदीबाट कम्तीमा तीन जना मानिसहरूको उद्धार गरिएको छ । ३७५ मिटर लामो उक्त पुलको केही भाग अझै बाँकी छ । त्यहाँको सेनाले खाली रहेको उक्त भागमा सक्दो छिटो पानीमा तैरनै अस्थायी प्रकृतिको ’पोन्टून’ पुल बनाउन निर्देशन दिएको छ ।

भियतनामको कृषि तथा ग्रामीण विकास मन्त्रालयका अनुसार मृत्यु भएकाहरूमध्ये कम्तीमा ४४ जनाको पहिरो र अकस्मात् आएको बाढीबाट ज्यान गएको थियो । आँधीले घरका छानाहरू उडाउने, रूखहरू ढाल्ने र उत्तरी भागमा पूर्वाधार तथा कारखानाहरूमा व्यापक क्षति पुर्याएको छ ।

भियतनामका तटीय सहरहरूबाट झण्डै ५० हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने, अधिकारीहरूले मानिसहरूलाई घरभित्रै बस्न चेतावनी जारी गरेका छन् । आँधीका कारण हनोईसहितका १२ उत्तरी प्रान्तमा विद्यालयहरू अस्थायी रूपमा बन्द गरिएका छन् ।

गंगालालमा राष्ट्रिय टिमका खेलाडीको अब निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौं । सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले राष्ट्रिय टिममा रहेका खेलाडीहरुको निःशुल्क स्वास्थ्य परीक्षण निःशुल्क गर्ने भएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरुको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलगायतको उपस्थितीमा काठमाडौँ बासबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र केन्द्रबीच खेलाडीलाई निःशुल्क स्वास्थ्य परीक्षणगर्ने त्रिपक्षिय सम्झौता भएको हो ।

पेरिस पारालिम्पिक कांस्य पदक विजेता पलेसा गोवर्द्धनको स्वास्थ्य परीक्षण गरेर निःशुल्क परीक्षणको सुरुवात गरिएको छ । गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले देशका लागि खेल्ने खेलाडीहरुको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गरेका थिए ।

सम्झौताअनुसार यसका लागि आवश्यक आर्थिक व्यवस्थापन गंगालालले आफ्नै स्रोतबाट गर्नेछ । हाल केन्द्रकै तर्फबाट निःशुल्क परीक्षण भए पनि आगामी वर्षबाट थप वार्षिक कार्यक्रम बनाएर कार्यक्रम अघि बढाउने मन्त्रालयले तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ ।

सम्झौता हरेक वर्ष नवीकरण गर्ने समेत व्यवस्था गरिएको छ ।घोषणाबाट अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा देशका तर्फबाट सहभागी राष्ट्रिय टिमका ७ सय ५७ खेलाडी लाभान्वित हुनेछन् ।

संविधानको रक्षा र कार्यान्वयनमा जनताको साथ र खबरदारी आवश्यक छः प्रचण्ड

सिरहा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको साथ र खबरदारी आवश्यक रहेको बताएका छन् ।

नेकपा माओवादी केन्द्र मिचैया नगर समिति सिरहाले मंगलबार बिहान गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनताको संघर्षका बलमा जारी भएको संविधानको रक्षा र कार्यान्वयनमा निरन्तर खबरदारी गर्नु जनताको दायित्व भएको बताए ।

२०७० सालको निर्वाचनमा आफूलाई निर्वाचित गराएर सिरहाको जनप्रतिनिधिको रुपमा संविधान निर्माण र कार्यान्वयनमा योगदान गर्ने अवसर दिएकोमा सिरहाका जनतालाई धन्यवाद दिंदै उनले अब संविधानको रक्षा र कार्यान्वयनमा पनि जनताको निरन्तर साथ सहयोग आवश्यक हुने बताए ।

संविधान जारी भएपछि मधेशका जनतालाई पनि विश्वासमा लिएर आफूले संविधान कार्यान्वयन गर्ने महत्वपूर्ण जिम्मेवारी पूरा गरेको स्मरण गरे ।

उनले संविधानले उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न अत्यधिक प्रयत्न गरेको पनि बताए । पछिल्लो समय संविधानले स्थापित गरेका जनताका अधिकार कुण्ठित गर्ने चेष्टा भइरहेको उनको भनाइ छ ।

تنزيل برنامج 1xbet تطبيق للاندرويد، Apk، اخر إصدا

تنزيل برنامج 1xbet تطبيق للاندرويد، Apk، اخر إصدار

تنزيل لعبة 1xbet Apk و Ios لنظام التشغيل Windows 2024

Content

تذكر اتباع الإرشادات خطوة بخطوة الواردة في هذه المقالة لتنزيل تطبيق 1xbet بأمان واستكشاف أي مشكلات شائعة قد تواجهها وإصلاحها. كن حذرًا عند التنزيل من مصادر خارجية، وأعط الأولوية لسلامة جهازك من خلال الحفاظ على تحديثه واستخدام برامج مكافحة الفيروسات الموثوقة. مع تطبيق 1xbet في متناول يدك، يمكنك الاستمتاع بتجربة مراهنة مثيرة أينما كنت.

  • الرابط إلى التطبيق المحمول موضوع في قسم خاص بالموقع، معلم بالأيقونة المناسبة.
  • ومن هناك، يمكنهم تحديد خيار “Windows” والنقر على زر التنزيل لبدء عملية التثبيت.
  • من المهم ملاحظة أن المستخدمين قد يحتاجون إلى تسجيل الدخول أو إنشاء حساب للوصول إلى جميع ميزات التطبيق.
  • بالإضافة إلى ذلك، يمكنك أيضًا تأمين أرباحك وسحبها قبل انتهاء اللعبة.
  • سيوضح لك هذا الدليل كيفية تنزيل تطبيق 1xbet app  على جهاز i phone أو جهاز الكمبيوتر الخاص بك.

يمكن للمراهنين في مصر تغيير إعدادات عرض الاحتمالات في تطبيق 1xbet على أندرويد. للقيام بذلك، يحتاجون إلى الانتقال إلى قسم إعدادات النظام، ثم إلى “نوع الاحتمال” حيث يمكنهم اختيار الإعدادات المرغوبة. بمجرد اكتمال التثبيت، يمكن للمستخدمين فتح تطبيق 1xBet والبدء في استخدامه. من المهم ملاحظة أن المستخدمين قد يحتاجون إلى تسجيل الدخول أو إنشاء حساب للوصول إلى جميع ميزات التطبيق.

كيفية التسجيل في التطبيق المحمول

من المهم التأكد من تنزيل ملف APK من مصدر موثوق لتجنب أي مخاطر أمنية. Uptodown هو متجر تطبيقات متعدد المنصات متخصص في نظام الأندرويد. قم بتحميل1xBet APK وضَعِ الرهانات على جميع أنواع المسابقات الرياضية.

  • مع هذا التطبيق، سيكون لديك أيضًا بث مباشر متاح لمختلف الأحداث الرياضية، وهو أمر رائع إذا كنت تريد التحقق من ما يحدث الآن أثناء المراهنة في وقت واحد.
  • لا تفوت الإثارة – قم بتنزيل تطبيق 1xbet اليوم وابدأ رحلة المراهنة الرياضية.
  • بمجرد اكتمال التثبيت، يمكن للمستخدمين تسجيل الدخول إلى حساب 1xBet الخاص بهم والبدء في المراهنة على الرياضات والأحداث المفضلة لديهم.
  • باتباع الخطوات المذكورة أعلاه، يمكن للمستخدمين الاستمتاع بسهولة بجميع ميزات التطبيق على أجهزتهم. يرجى ملاحظة أنك تحتاج إلى التسجيل في 1xbet لبدء اللعب.
  • وبدلاً من ذلك، يمكن للمستخدمين أيضًا تنزيل ملف APK تحميل من موقع ويب تابع لجهة خارجية.

يمكنك المراهنة على الفائز في المباراة، بالإضافة إلى العشرات من المتغيرات الأخرى، مثل عدد الأهداف، النتيجة في فترة معينة من المباراة، فارق الأهداف، وغيرها الكثير. عندما تختار خيارًا واحدًا، يمكنك إضافة خيارات أخرى إلى قسيمتك. يمكنك أيضًا المراهنة على الرياضة المباشرة أثناء حدوثها، مع احتمالات تتغير في الوقت الفعلي بناءً على الحركة المستمرة. بالإضافة إلى ذلك، يمكنك أيضًا تأمين أرباحك وسحبها قبل انتهاء اللعبة.

يقدم 1xbet Mobile مجموعة كبيرة من الأحداث وخيارات الرهان

“تمامًا كما هو الحال مع تطبيق Android، إذا كان لديك جهاز iOS، فيمكنك الانتقال إلى إصدار الجوال من الموقع الإلكتروني 1xBet والتمرير لأسفل الشاشة وتحديد “تطبيقات الجوال”. محبو موقع الرهان 1xbet في مصر يمكنهم الوصول إلى محتوى اللعب عبر منصات مختلفة. الموقع الرسمي للمراهن يظل المصدر الرئيسي للألعاب، لكن هناك أيضًا إمكانية لوضع الرهانات على الأحداث الرياضية ولعب الألعاب القمارية من الأجهزة المحمولة. لهذا، من الضروري تنزيل وتثبيت التطبيق الخاص بـ1xbet على جهاز يعمل بنظام التشغيل أندرويد. يمكن العثور على التطبيق الرسمي المحمول لـ1xBet وتحميله مجانًا 1xbet تحميل apk.

  • للقيام بذلك، يجب النقر على أيقونة التروس في الزاوية العلوية اليمنى من الشاشة الرئيسية، اختيار “إعداد الرهان”، ضبط الإعدادات اللازمة وحفظ التغييرات.
  • واجهة التطبيق سهلة الاستخدام والبث المباشر والعروض الترويجية الحصرية والميزات الشخصية تجعله أمرًا ضروريًا لأي” “مراهن رياضي.
  • توفر هذه التطبيقات طريقة مريحة وفعالة للمستخدمين للوصول إلى منصة 1xBet مباشرة من أجهزة الكمبيوتر الخاصة بهم.
  • “تمامًا كما هو الحال مع تطبيق Android، إذا كان لديك جهاز iOS، فيمكنك الانتقال إلى إصدار الجوال من الموقع الإلكتروني 1xBet والتمرير لأسفل الشاشة وتحديد “تطبيقات الجوال”.

النسخة المحمولة من موقع المراهنات هي نسخة مُعدّة للعمل على الأجهزة المحمولة من الموقع الرسمي، محافظةً على كل الوظائف المتاحة على الموقع للرهان والألعاب القمارية. الميزة الرئيسية للنسخة المحمولة هي” “توفرها للاعبين على أجهزة مختلفة. ومع ذلك، قد يكون العيب في هذه النسخة هو بطء تحميل الصفحات والتأخير في العمل، وهو أمر حرج للغاية عند اللعب في قسم البث المباشر. يقدم موقع 1xBet تطبيقات سطح المكتب لكل من أنظمة التشغيل Windows وMac. توفر هذه التطبيقات طريقة مريحة وفعالة للمستخدمين للوصول إلى منصة 1xBet مباشرة من أجهزة الكمبيوتر الخاصة بهم.

الأسباب الشائعة للأخطاء أثناء تحميل وتثبيت 1xbet

بالإضافة إلى المراهنات الرياضية،1xBet يحتوي على قسم لألعاب الكازينو، بما في ذلك ماكينات القمار والروليت وغيرها. إذا أردت، يمكنك أيضًا المشاركة في البطولات التنافسية بجوائز تصل إلى عشرات الآلاف، مئات الآلاف، أو حتى ملايين الدولارات. يوجد في الجزء السفلي من التطبيق عدة أقسام للوصول السريع إلى رهاناتك. ضمن قسم “Popular”، ستجد الأحداث المهمة التي يراهن عليها معظم المستخدمين. بجوار “Popular” توجد علامة تبويب التفضيلات “Favorites”، حيث يمكنك حفظ الأحداث التي تهمك وترغب في تتبعها، بالإضافة إلى مراقبة احتمالية معينة داخل حدث ما. باتباع نصائح استكشاف الأخطاء وإصلاحها هذه، يمكنك التغلب على المشكلات الشائعة وتنزيل تطبيق 1xbet بنجاح على جهازك.

  • لتنزيل تطبيق 1xBet لنظام التشغيل تنزيل برنامج Windows، يمكن للمستخدمين زيارة الموقع الرسمي والانتقال إلى قسم “التطبيقات”.
  • سبب آخر لتنزيل تطبيق 1хBet على هاتفك المحمول هو خيار تخصيصه بحيث يكون مناسبًا لك تمامًا.
  • بفضل المجموعة الواسعة من الأسواق الرياضية، والاحتمالات التنافسية، والواجهة سهلة الاستخدام، فقد أصبحت الاختيار المفضل للعديد من المراهنين.

قبل أن نبدأ في خطوات تنزيل تطبيق 1xbet، دعنا نتحدث عن سبب فائدة استخدامه تحميل اخر اصدار 2024. أولاً، يوفر استخدام هذا التطبيق تجربة شاملة محسنة عند وضع الرهانات. من السهل جدًا التنقل في الواجهة، لذا فإن العثور على شيء مثل الأسواق الرياضية المختلفة والاحتمالات المرتبطة بها لن يستغرق الكثير من الوقت على الإطلاق. سبب آخر لتنزيل تطبيق 1хBet على هاتفك المحمول هو خيار تخصيصه بحيث يكون مناسبًا لك تمامًا. يمكنك إضافة أو إزالة عناصر مختلفة من القائمة وإضافة بطاقات دفع وتفعيل الحماية الثنائية لحسابك. أنا من عشاق المراهنات الرياضية، وأبحث دائمًا عن منصات موثوقة تمنحني تجربة سلسة.

Bet للـ Android — كيفية تنزيل التطبيق

التأكد من أنه بغض النظر عن مكان وجودك، يمكنك التأكد” “من عدم تفويت أي فرص مراهنة. مع تطبيق 1xBet للجوال، يمكن للعملاء المراهنة بسرعة وسهولة على مجموعة متنوعة من الأحداث. لتحميل التطبيق المحمول 1xbet على أجهزة تعمل بنظام التشغيل أندرويد للمستخدمين في مصر، يجب الانتقال إلى الموقع الرسمي لشركة المراهنات. ملف التثبيت متاح على الصفحة الرئيسية، حيث يمكن تحميله وتثبيته على الهاتف الذكي أو الجهاز اللوحي.

  • 1xBet يستخدم ملفات تعريف الارتباط لضمان حصولك على أفضل تجربة ممكنة.
  • لا يمكن أن تخطئ في استخدام هذا التطبيق إذا كنت هنا للمراهنة على الألعاب الرياضية.
  • يقدم موقع 1xBet تطبيقات سطح المكتب لكل من أنظمة التشغيل Windows وMac.
  • بعد اتباع كل خطوة ذكرتها هنا، كان من المفترض أن يكون تنزيل تطبيق 1xbet للهاتف المحمول بسيطًا وسريعًا أيضًا!
  • لهذا، من الضروري تنزيل وتثبيت التطبيق الخاص بـ1xbet على جهاز يعمل بنظام التشغيل أندرويد.

في هذا القسم، يُتاح” “للمستخدمين إمكانية تخصيص إعدادات الرهان بالشكل الذي يرونه مناسبًا. للقيام بذلك، يجب النقر على أيقونة التروس في الزاوية العلوية اليمنى من الشاشة الرئيسية، اختيار “إعداد الرهان”، ضبط الإعدادات اللازمة وحفظ التغييرات. تتضمن هذه الميزات واجهة سهلة الاستخدام، والبث المباشر، والعروض الترويجية الحصرية، والميزات الشخصية. لا يمكن أن تخطئ في استخدام هذا التطبيق إذا كنت هنا للمراهنة على الألعاب الرياضية. وبدلاً من ذلك، يمكن للمستخدمين أيضًا تنزيل ملف APK تحميل من موقع ويب تابع لجهة خارجية.

قم بتنزيل تطبيق 1xbet للهاتف المحمول

كل يوم، يتوفر أكثر من 1000 حدث مختلف من المسابقات الكبرى في جميع أنحاء العالم للمراهنة في نفس اليوم والمراهنة المستقبلية. في الختام، يوفر تطبيق الهاتف المحمول 1xbet طريقة سلسة ومريحة للمراهنة على رياضاتك المفضلة. سواء كنت تستخدم هاتف i phone أو جهاز كمبيوتر، فإن تنزيل التطبيق يعد عملية مباشرة تفتح لك عالمًا من فرص المراهنة. واجهة التطبيق سهلة الاستخدام والبث المباشر والعروض الترويجية الحصرية والميزات الشخصية تجعله أمرًا ضروريًا لأي” “مراهن رياضي. يمكنك العثور في التطبيق على ماكينات القمار المفضلة لديك بالإضافة إلى لعبة Aviator الشهيرة. يسمح تطبيق 1xBet لملايين اللاعبين من جميع أنحاء العالم بوضع رهانات سريعة على الرياضات من أي مكان على هذا الكوكب!

  • سواء كنت تستخدم هاتف apple iphone أو جهاز كمبيوتر، فإن تنزيل التطبيق يعد عملية مباشرة تفتح لك عالمًا من فرص المراهنة.
  • بمجرد تنزيل تطبيق لنظام Android، فإنه يوفر واجهة سهلة الاستخدام تتيح للمستخدمين التنقل بسهولة عبر تحميل برنامج 1xbet للاندرويد الأقسام المختلفة للمنصة.
  • كل يوم، يتوفر أكثر من 1000 حدث مختلف من المسابقات الكبرى في جميع أنحاء العالم للمراهنة في نفس اليوم والمراهنة المستقبلية.
  • كما يمكن العثور على روابط للتطبيق في القائمة السفلية للموقع لراحة المستخدمين.

بغض النظر عما إذا كنت تستخدم هاتف apple iphone أو جهاز كمبيوتر، فإن تنزيل تطبيق 1xbet يعد أمرًا بسيطًا ويفتح العديد من فرص الرهان. لتنزيل التطبيق لنظام Android، يمكن للمستخدمين زيارة موقع 1xBet والنقر على قسم “تطبيقات الهاتف المحمول”. ومن هناك، يمكنهم تحديد خيار “Android” والنقر على زر التنزيل. يمكن تنزيل البرنامج على الجهاز المحمول بتحميله من الصفحة الرسمية لشركة المراهنات. التثبيت عبر متجر التطبيقات Search engines Play ممنوع، نظرًا لأن مالكه حدّ من العمل مع المحتوى المتعلق بالألعاب القمارية.

استكشاف المشكلات الشائعة وإصلاحها أثناء تنزيل تطبيق 1xbet

يوفر التطبيق إمكانية الوصول إلى جميع الميزات المتوفرة على الموقع، بما في ذلك المراهنة المباشرة والبث المباشر والرياضات الافتراضية. 1xBet هو التطبيق الرسمي لمنصة المراهنة الرياضية التي تحمل نفس الاسم. بعد التسجيل على المنصة باستخدام عنوان بريدك الإلكتروني أو رقم هاتفك، يمكنك البدء في المراهنة على مجموعة واسعة من الأحداث.

  • في الختام، يعد تطبيق الهاتف المحمول 1xbet طريقة سهلة ومفيدة للمراهنة على رياضاتك المفضلة.
  • Uptodown هو متجر تطبيقات متعدد المنصات متخصص في نظام الأندرويد.
  • ضمن قسم “Popular”، ستجد الأحداث المهمة التي يراهن عليها معظم المستخدمين.

الخيار الشائع تحميل برنامج المراهنات هذه الأيام هو 1xbet. بفضل المجموعة الواسعة من الأسواق الرياضية، والاحتمالات التنافسية، والواجهة سهلة الاستخدام، فقد أصبحت الاختيار المفضل للعديد من المراهنين. ولتحسين الأمور، يقدمون أيضًا تطبيقًا للهاتف المحمول يتيح لك وضع الرهانات أثناء التنقل. سيوضح لك هذا الدليل كيفية تنزيل تطبيق 1xbet app على جهاز apple iphone أو جهاز الكمبيوتر الخاص بك.

التسجيل في الإصدار الأخير من تطبيق 1xbet

الرابط إلى التطبيق المحمول موضوع في قسم خاص بالموقع، معلم بالأيقونة المناسبة. كما يمكن العثور على روابط للتطبيق في القائمة السفلية للموقع لراحة المستخدمين. لتنزيل تطبيق 1xBet لنظام التشغيل تنزيل برنامج Windows، يمكن للمستخدمين زيارة الموقع الرسمي والانتقال إلى قسم “التطبيقات”. ومن هناك، يمكنهم تحديد خيار “Windows” والنقر على زر التنزيل لبدء عملية التثبيت. بمجرد تنزيل تطبيق لنظام Android، فإنه يوفر واجهة سهلة الاستخدام تتيح للمستخدمين التنقل بسهولة عبر تحميل برنامج 1xbet للاندرويد الأقسام المختلفة للمنصة.

  • العنصر الأخير في اللوحة السفلية هو زر القائمة، حيث يمكنك الوصول إلى الأقسام المختلفة للمنصة.
  • إذا بقيت على الموقع، فأنت توافق على استخدامنا لملفات تعريف الارتباط.
  • كما أنه من السهل على المستخدمين إيداع وسحب الأموال من حساباتهم.
  • يمكن العثور على التطبيق الرسمي المحمول لـ1xBet وتحميله مجانًا.
  • لشحن الرصيد على البوابة، يجب إتمام عملية التسجيل والمرور بعملية التحقق، مقدمًا الوثائق اللازمة لإثبات الهوية.

بعد اتباع كل خطوة ذكرتها هنا، كان من المفترض أن يكون تنزيل تطبيق 1xbet للهاتف المحمول بسيطًا وسريعًا أيضًا! لذا استمتع بالمقامرة، وتأكد من العودة لاحقًا للحصول على المزيد من النصائح. إذا كنت شخصًا يفضل استخدام إصدار أقدم من تطبيق 1xbet، فلا تقلق بشأن ذلك! أخيراً، يقدم1xBet مكافآت إضافية على إيداعك الأول، حيث يمكنك حتى الحصول على ثلاثة أضعاف مبلغ الإيداع كرصيد رهانك. تعد هذه المكافآت الترحيبية شائعة جدًا في هذه الأنواع من التطبيقات، وسيتعين عليك المراهنة عليها والفوز بها إذا كنت تريد أن تتمكن من سحب الأموال.

تحميل برنامج 1xbet للكمبيوتر

بمجرد اكتمال التثبيت، يمكن للمستخدمين تسجيل الدخول إلى حساب 1xBet الخاص بهم والبدء في المراهنة على الرياضات والأحداث المفضلة لديهم. يوفر تطبيق سطح المكتب واجهة سهلة” “الاستخدام مع سهولة التنقل والوصول السريع إلى جميع ميزات ووظائف النظام الأساسي. سواء كانت مكافأة ترحيبية، أو رهانات مجانية، أو احتمالات محسنة، يضمن تطبيق الهاتف المحمول عدم تفويت هذه العروض المثيرة. كما أنه من السهل على المستخدمين إيداع وسحب الأموال من حساباتهم.

  • يسمح تطبيق 1xBet لملايين اللاعبين من جميع أنحاء العالم بوضع رهانات سريعة على الألعاب الرياضية من أي مكان في العالم!
  • بشكل عام، يعد تنزيل تطبيق 1xBet وتثبيته عملية بسيطة ومباشرة.
  • النسخة المحمولة من موقع المراهنات هي نسخة مُعدّة للعمل على الأجهزة المحمولة من الموقع الرسمي، محافظةً على كل الوظائف المتاحة على الموقع للرهان والألعاب القمارية.
  • بغض النظر عما إذا كنت تستخدم هاتف i phone أو جهاز كمبيوتر، فإن تنزيل تطبيق 1xbet يعد أمرًا بسيطًا ويفتح العديد من فرص الرهان.
  • قم بتحميل1xBet APK وضَعِ الرهانات على جميع أنواع المسابقات الرياضية.

بمجرد اكتمال التثبيت، يمكن للمستخدمين فتح التطبيق والبدء في استخدامه. 1xBet يستخدم ملفات تعريف الارتباط لضمان حصولك على أفضل تجربة ممكنة. إذا بقيت على الموقع، فأنت توافق على استخدامنا لملفات تعريف الارتباط. لشحن الرصيد على البوابة، يجب إتمام عملية التسجيل والمرور بعملية التحقق، مقدمًا الوثائق اللازمة لإثبات الهوية.

كيفية تنزيل 1xbet فتحات

مع كل هذه المزايا، من الواضح سبب كون تطبيق 1xbet للهاتف المحمول أمرًا ضروريًا لأي مراهن رياضي متعطش في عام 2024. يسمح تطبيق 1xBet لملايين اللاعبين من جميع أنحاء العالم بوضع رهانات سريعة على الألعاب الرياضية من أي مكان في العالم! بشكل عام، يعد تنزيل تطبيق 1xBet وتثبيته عملية بسيطة ومباشرة. باتباع الخطوات المذكورة أعلاه، يمكن للمستخدمين الاستمتاع بسهولة بجميع ميزات التطبيق على أجهزتهم. يرجى ملاحظة أنك تحتاج إلى التسجيل في 1xbet لبدء اللعب. مع هذا التطبيق، سيكون لديك أيضًا بث مباشر متاح لمختلف الأحداث الرياضية، وهو أمر رائع إذا كنت تريد التحقق من ما يحدث الآن أثناء المراهنة في وقت واحد. من خلال النقر على الحدث، يمكنك رؤية الاحتمالات الحالية لكل نوع من الرهان.

  • مع تطبيق 1xBet للجوال، يمكن للعملاء المراهنة بسرعة وسهولة على مجموعة متنوعة من الأحداث.
  • من خلال النقر على الحدث، يمكنك رؤية الاحتمالات الحالية لكل نوع من الرهان.
  • الموقع الرسمي للمراهن يظل المصدر الرئيسي للألعاب، لكن هناك أيضًا إمكانية لوضع الرهانات على الأحداث الرياضية ولعب الألعاب القمارية من الأجهزة المحمولة.
  • كن حذرًا عند التنزيل من مصادر خارجية، وأعط الأولوية لسلامة جهازك من خلال الحفاظ على تحديثه واستخدام برامج مكافحة الفيروسات الموثوقة.
  • يمكنك العثور في التطبيق على ماكينات القمار المفضلة لديك بالإضافة إلى لعبة Aviator الشهيرة.

للقيام بذلك، يجب استخدام نظام الفلاتر وضبط الإعدادات المناسبة في الحساب الشخصي. نعم، يمكن للمستخدمين الحصول على مكافأة ترحيبية، ويمكنهم أيضًا زيادتها بإدخال رمز ترويجي فريد – newapp.”

يمكنك تخصيص تطبيق 1хbet للجوال بحيث يكون مناسبًا لك تمامًا

لا تفوت الإثارة – قم بتنزيل تطبيق 1xbet اليوم وابدأ رحلة المراهنة الرياضية. في وسط التطبيق، يوجد زر قسيمة الرهان، حيث يمكنك الرجوع إلى قسيمة الرهان الحالية. العنصر الأخير في اللوحة السفلية هو زر القائمة، حيث يمكنك الوصول إلى الأقسام المختلفة للمنصة. في الختام، يعد تطبيق الهاتف المحمول 1xbet طريقة سهلة ومفيدة للمراهنة على رياضاتك المفضلة.

  • ومن هناك، يمكنهم تحديد خيار “Android” والنقر على زر التنزيل.
  • التأكد من أنه بغض النظر عن مكان وجودك، يمكنك التأكد” “من عدم تفويت أي فرص مراهنة.
  • من المهم التأكد من تنزيل ملف APK من مصدر موثوق لتجنب أي مخاطر أمنية.
  • محبو موقع الرهان 1xbet في مصر يمكنهم الوصول إلى محتوى اللعب عبر منصات مختلفة.
  • يمكنك إضافة أو إزالة عناصر مختلفة من القائمة وإضافة بطاقات دفع وتفعيل الحماية الثنائية لحسابك.

अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव सिफारिस

काठमाडौं । सरकारले कांग्रेस नेतृ तथा पूर्वउपसभामुख चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूतमा सिफारिस गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कांग्रेस नेतृयादवलाई अष्ट्रेलियाको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि अष्ट्रेलियाका लागि सिफारिस भएकी कान्ता रिजालको नाम विवादका कारण काटिएपछि यादवको सिफारिस गरिएको हो ।

मेलम्ची खानेपानी भ्रष्टाचार मुद्दामा तत्कालीन सचिव गजेन्द्र ठाकुरसहित चार जना दोषी ठहर

काठमाडौँ । विशेष अदालत मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा चार जनालाई दोषी ठहर गरेको छ ।

सोमबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँबर तथा न्यायाधीशहरु तेजनारायणसिंह राई र मुरारी बाबु श्रेष्ठको इजलासले मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा तत्कालीन सचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मालाई दोषी ठहर गरेको हो ।

अदालतले १० जनालाई भने सफाइ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत फागुनमा मेलेम्चीमा भ्रष्टाचार भएको आरोप लगाउदै तीन पूर्वसचिव सहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

अदालतले ठाकुर र कँडेलसँग १० करोड १० लाख ६१ हजार ७५ पैसा बिगो माग गरेको छ । त्यस्तै देवकोटा शर्मासँग २ करोड ९५ लाख ६५ हजार ६०३ रुपैयाँ बिगो माग गरेको छ । इप्टिसा र बेट्स (बीइटीएस) सँग ६ करोड २१ लाख ९३ हजार ५९६ रुपैयाँ बिगो माग गरेको छ ।

विशेष अदालतले उनीहरुमाथि सजाय र जरिवानाका लागि अर्को पेशी तोक्न आदेश दिएको छ । यस मुद्दामा मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्षहरु डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय र मुकुन्द प्रसाद पौडेलले सफाइ पाएका छन् ।

त्यस्तै मेलेम्चीको बोर्ड तत्कालीन सदस्य रुद्र सिंह तामाङ, बोर्डका अर्का सदस्य चन्द्रबहादुर थापा, मेलम्ची खानेपानी विकास समितिका तत्कालीन कार्यकारी निर्देशक घनश्याम भट्टराई, उपकार्यकारी निर्देशक भोजबिक्रम थापा, लेखा उपसचिवहरु मणिभद्र न्यौपाने, बेगनाथ पौडेल, लेखा अधिकृत रामचन्द्र न्यौपाने र लेखा उपसचिव केदारप्रसाद अर्यालले सफाइ पाएका छन् ।

आईसीसी विश्वकप लिग-२ का लागि १६ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज खेल्न क्यानडा भ्रमणलाई १६ सदस्य टोली घोषणा गरेको छ ।

क्यानले सोमबार रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो । नेपालको टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी र देव खनाल (ट्राभलिङ रिजर्भ) छन् । त्रिकोणात्मक सिरीजमा नेपाल, क्यानाडा र ओमान छन् । यो खेल सेप्टेम्बर १६ मा हुनेछ ।

यसैगरी नेपालले सेप्टेम्बर १८ मा ओमान, २२ मा क्यानाडा र २४ मा ओमानको सामना गर्नेछ । यसअघि नेपालले पहिलो शृंखला कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेलेको थियो थियो। यस सिरिजमा नामिबियासँग दुवै खेल हारेको नेपालले नेदरल्यान्ड्ससँग समान एक जित र हारको नतिजा निकालेको थियो ।

लिग–२ को अंकतालिकामा ८ खेलबाट ६ जितसहित १२ अंक जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा रहेको छ। सात खेलबाट ९ अंक जोडेको स्कटल्यान्ड दोस्रो तथा आठ खेलबाट आठसहित क्यानडा तेस्रो स्थानमा रहेको छ।

वेगवान आँधीका कारण भियतनाममा ५९ जनाको मृत्यु

भियतनाममा वेगवान चक्रवात यागीका कारण कम्तिमा ५९ जनाको मृत्यु भएको छ । चक्रवातका कारण उत्तरी भियतनाममा भारी वर्षा हुँदा बाढीले वस्तीहरूमा क्षति पुर्याउनुका साथै पुल तथा सवारी साधनसमेत बगाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

आँधी शुक्रबार भियतनाममा अवतरण गरेपछि आएको बाढी, पहिरो र डुबानका कारण ५० जनाको मृत्यु भएको भियतनामी सञ्चारमाध्यमले जनाएका छन्।

उत्तरी भियतनामका धेरै नदीहरूमा पानीको स्तर खतराको उच्च तहमा पुगेको छ । काओ बङ्ग प्रान्तमा बर्षापछि आएको पहिरोले सोमबार २० जना सवार बसलाई बगाएको छ ।

फु थो प्रान्तमा सोमबार जलमग्न रेड नदीको स्टिल पुल ढलेको छ। पुल भत्किएपछि केही मोटरसाइकल, कार र ट्रक नदीमा खसेका थिए जसमा १३ जना वेपत्ता भएको र नदीमा फसेका केहीलाई उद्धार गरिएको छ ।

यागी भियतनाममा १४९ किलोमिटर प्रतिघण्टाको गतिको साथ अवतरण गरेका थियो । देशको मौसम विज्ञान विभागले अझै पनि वर्षाले बाढी र पहिरो निम्त्याउन सक्ने चेतावनी जारी गरेको छ ।

आँधीपछि परेको बर्षाले आएकोे बाढी र पहिरोको कारण क्वाङ निन्ह र हाइफोङ प्रान्तमा कम्तिका ३० लाख मानिसहरू बिजुलीविहीन भएका छन् ।

बढी प्रभावित हाइफोङ क्षेत्रका लागि ४६ लाख अमेरिकी डलरको सहयोग तथा राहत प्याकेज स्वीकृत गरेको छ ।

यागी जस्ता भयानक आँधीहरू जलवायु परिवर्तनका कारण बलियो हुँदै गएको तथा तातो समुद्री पानीले आँधीबेहरीलाई थप उर्जा दिँदा हावाको गति बढ्ने र भारी वर्षा हुने क्रम बढेको ‘अर्थ अब्जरभेटरी अफ सिङ्गापुर’का निर्देशक बेन्जामिन होर्टनले बताए ।

श्रीलङ्काको आठ महिनाको पर्यटन आम्दानी दुई अर्ब अमेरिकी डलरभन्दा बढी

श्रीलङ्काले सन् २०२४ को पहिलो आठ महिनामा पर्यटनबाट दुई अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गरेको देशको केन्द्रीय बैङ्कको पछिल्लो तथ्याङ्कले देखाएको छ ।

उक्त अवधिमा श्रीलङ्काले दुई अर्ब १७ करोड डलर कमाएको छ । यो सन् २०२३ को सोही अवधिको तुलनामा ६६ दशमलव एक प्रतिशतले बढी हो ।

सोही अवधिमा पर्यटक आगमनमा पनि ५० दशमलव सात प्रतिशतले वृद्धि भएको र सन् २०२४ को पहिलो आठ महिनामा १३ लाख ६० हजार पर्यटक आएको केन्द्रीय बैङ्कको तथ्याङ्कले देखाएको छ ।

सन् २०२४ अगस्टमा पर्यटक आगमन एक लाख ६४ हजार छ सय नौ थियो । यो सङ्ख्या सन् २०२३ अगस्टको तुलनामा लगभग २० प्रतिशतले वृद्धि भएको हो ।

पर्यटन श्रीलङ्काको शीर्ष विदेशी राजस्व उत्पन्न गर्नेमध्ये एक माध्यम हो ।

श्रीलङ्का पर्यटन प्रवर्द्धन ब्युरोका प्रबन्ध निर्देशक नलिन परेराले श्रीलङ्काली पर्यटन अधिकारीहरूले सन् २०२५ मा ३० लाख विदेशी पर्यटकहरूको अपेक्षा गरेको बताए ।

इरानले रुसलाई मिसाइल पठाएको इयुको दाबी,  तेहरानद्वारा खण्डन

ब्रसेल्स । युरोपेली सङ्घ (इयु) ले सोमबार आफ्ना साझेदारहरूबाट इरानले रुसलाई ब्यालेस्टिक मिसाइलहरूको आपूर्ति गरेको खुफिया जानकारी प्राप्त गरेको बताएको छ । उक्त दाबीलाई तेहरानले खारेज गरेको छ तर क्रेमलिनले स्पष्ट रूपमा अस्वीकार गरेको छैन । 


अमेरिकी मिडिया आउटलेटहरूले गत साता अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै इरानले युक्रेनको युद्धमैदानमा प्रयोगका लागि रुसलाई हतियारहरू हस्तान्तरण गरेको वासिङ्टनले विश्वास गरेको बताएका छन् । 


“हामी रुसलाई इरानी ब्यालेस्टिक मिसाइलहरूको डेलिभरीबारे सहयोगीहरूले प्रदान गरेको विश्वसनीय जानकारीसँग अवगत छौँ”, इयुका प्रवक्ता पिटर स्ट्यानोले भने, “हामी आफ्ना सदस्य मुलुकहरूसँग यसबारेमा विचार गरिरहेका छौँ र यदि यसको पुष्टि भयो भने यो डेलिभरीले युक्रेनविरुद्ध रुसको गैरकानूनी आक्रामक युद्धका लागि इरानको समर्थनमा महत्त्वपूर्ण सामग्री वृद्धिलाई प्रतिनिधित्व गर्नेछ ।”


स्ट्यानोले भने, “इयुका नेताहरूको सर्वसम्मतको स्थिति सधैँ स्पष्ट रहेको छ, इयुले इरानविरुद्ध नयाँ र महत्त्वपूर्ण प्रतिबन्धात्मक उपायहरूसहित अन्तर्राष्ट्रिय साझेदारहरूसँग द्रुत रूपमा र समन्वयमा प्रतिक्रिया दिनेछ ।”


गम्भीर प्रतिक्रिया


इरानको विदेश मन्त्रालयले रुसलाई हतियार निर्यातमा आफ्नो भूमिका रहेको आरोपलाई ‘जोडदार’ रूपमा अस्वीकार गरेको छ । 


पश्चिमी मुलुकहरूले धेरै महिनादेखि रुसलाई मिसाइलहरू नपठाउन तेहरानलाई चेतावनी दिँदै आएका छन् र इयुले यसअघि नै युक्रेनको युद्धका लागि मस्कोलाई ड्रोनको आपूर्ति गरेकामा इरानमाथि बारम्बार प्रतिबन्ध लगाइसकेको छ । 


“हामी युद्धको एक पक्षलाई हतियार निर्यातमा इरानको भूमिकाको दाबीलाई जोडदार रूपमा अस्वीकार गर्दछौँ”, इरानी विदेश मन्त्रालयका प्रवक्ता नासिर कनानीले साप्ताहिक पत्रकार सम्मेलनमा भने । 


इरानले मिसाइल पठाएको बारेमा वाल स्ट्रिट जर्नलको रिपोर्टबारे सोधिएको प्रश्नमा सोमबार क्रेमलिनले अस्वीकार गरेन । 


“हामीले सो रिपोर्ट हेरेका छौँ, यस्ता प्रकारका जानकारी सधैँ सही हुन्छ भन्ने हुँदैन”, क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले भने, “इरान हाम्रो महत्त्वपूर्ण साझेदार हो, हामी हाम्रो व्यापार र आर्थिक सम्बन्ध विकसित गर्दैछौँ, हामी सबैभन्दा संवेदनशील क्षेत्रसहित सबै सम्भावित क्षेत्रमा हाम्रो सहयोग र संवादलाई विकास गरिरहेका छौँ ।”


अमेरिकाले कुनै पनि डेलिभरीले ‘गम्भीर’ प्रतिक्रिया हुने र मुलुकमा सुधारवादी मसुद पेजेस्कियान राष्ट्रपतिमा निर्वाचित भएपछि पश्चिमसँग सम्बन्ध सुधार गर्ने तेहरानको प्रयासलाई हानि पुर्याउने बताएको छ । 


पश्चिमी प्रतिबन्धको सामना गर्दै मस्को युद्धमा आफ्नो युद्धलाई जारी राख्न हतियारको आपूर्तिका लागि इरान र उत्तर कोरियातिर फर्केको छ । 


युक्रेनले रुसले करिब दैनिक रूपमा इरानी डिजाइन गरिएको शाहिद ड्रोनले आक्रमण गरेको र आफ्नो क्षेत्रमा उत्तर कोरियाली मिसाइलका टुक्राहरू पाइएको बताएको छ । 

नागढुंगा सुरुङ्गमार्ग नजिकै पहिरो

काठमाडौँ । काठमाडौँ–मुग्लिङ सडक खण्डमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । काठमाडौँ–मुग्लिङ सडक खण्डअन्तर्गत सुरुङमार्ग आसपासमा पहिरो खस्दा सडक अवरुद्ध भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनले भने, ‘सडकमा पहिरो खस्दा दुईतर्फी आवतजावत अवरुद्ध भएको छ, पहिरो पन्छाउने काम जारी भएकाले सवारी सञ्चालन हुन केही घण्टा लाग्न सक्छ ।’ सडक अवरुद्ध हुँदा यात्रुहरु बीचबाटोमै रोकिएको प्रहरीले जनाएको छ ।

जन अपेक्षाअनुसार काम गर्न नसक्दा आदर्श राजनीतिमा ह्रास आयोः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक राजनीतिक उपलब्धि हासिल गरेर पनि जनताका अपेक्षाअनुसार काम गर्न नसक्नु आदर्श राजनीतिमा आएको ह्रास भएको बताएका छन् ।

बिपी ट्रस्टद्वारा राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले भने, ‘ऐतिहासिक र गर्व गर्न लायक राजनीति उपलब्धि हासिल गरेर पनि जनताले अपेक्षा गरेअनुसार काम गर्न नसक्नुमा आदर्श राजनीतिमा आएको ह्रास हो भन्ने मलाई लागिरहेको छ । सत्ता जनताको सेवा गर्ने राजनीतिक साधन हो साध्य होइन । तर कतै हामीले सत्तालाई साध्य मानेर आदर्श राजनीतिलाई टाढा राख्दा यस्तो भएको हो कि भन्ने पनि चिन्ता लागिरहेको छ ।’

राष्ट्रपति पौडेलले सत्ता जनताको सेवा गर्ने राजनीतिक साधन मात्र भएको तर कतै हामीले सत्तालाई साध्य मानेर आदर्श राजनीतिलाई टाढा राख्दा यस्तो भएको हो कि भन्ने आफूलाई चिन्ता लागिरहेको बताए ।

सिद्धान्तमा सम्झौता गरेको भए बिपी सायद जीवनकालभर सत्तामा रहिरहन सक्ने बताउँदै उनले बिपीले सत्ता होइन देश र जनताको हितका निम्ति सिद्धान्तप्रतिको निष्ठालाई कहिल्यै डगमगिन नदिएको स्मरण गरे।

राष्ट्रपति पौडेलले भने, ‘सिद्धान्तप्रतिको सम्पूर्ण निष्ठा, नैतिक मूल्य, मान्यतासहितको आदर्श राजनीति तथा देश र जनताप्रतिको समर्पण बिपीका विशेषता हुन् जुन हाम्रा लागि सधैँ प्रेरणाका रुपमा रहिरहनेछ ।’

राष्ट्रपति पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै मुलुकलाई आर्थिकरूपमा समृद्ध बनाउन बिपीले अघि सारेको कल्याणकारी राज्यको अवधारणा सिद्धान्त, मूल्य मान्यता र उच्च नैतिक आर्दश राजनीति आज पनि उत्तिकै सान्दर्भिक रहेको स्पष्ट पारे ।

राष्ट्रपति पौडेलले भने, ‘उत्पादनमा वृद्धि, प्राथमिकता निर्धारणसहितको न्यायोचित वितरण र सामाजिक न्यायमा आधारित लोकतान्त्रिक समाजवादको सिद्धान्तको माध्यमबाटै १५ वर्षभित्रै सबै नेपाली परिवारलाई मध्यम वर्गीय हैसियतको बनाउन सकिने बिपीको व्यवहारिक र स्पष्ट ठोस दृष्टिकोण थियो । बिपीको त्यो दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक छ भन्ने मलाइ लाग्दछ ।’

स्वतन्त्रतालाई मानिसको अविच्छिन्न अधिकारका रुपमा स्थापित गरेर सामाजिक न्यायका आधारमा लोकतान्त्रिक शासन प्रणालीको माध्यमबाट मुलुकको आर्थिक र सामाजिक विकास गर्नुपर्छ भन्ने बिपीको दृढ मान्यता रहेको स्मरण गर्दै राष्ट्रपतिले भने, ‘राष्ट्रिय एकता र मेलमिलापबाटै मुलुकसामु देखापर्ने समस्याको समाधान खोज्नुपर्छ भन्ने उहाँको धारणालाई विभिन्न कालखण्डको आवश्यकताअनुसार समयसापेक्ष रूपमा ग्रहण गर्दै आज हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि हासिल गर्न सफल भएका छौँ ।’

कार्यक्रममा ‘जननायक बिपी कोइराला स्मृति ट्रस्ट’ (बीपी ट्रस्ट)द्वारा हरेक वर्ष प्रदान गरी साहित्य साधनामा आफ्नो जीवन अर्पण गरेका साहित्यकार कवि द्वारिका श्रेष्ठलाई एक लाख एक हजार र बिपीको आदर्श, मूल्य, मान्यताप्रति समर्पित प्रजातन्त्रका सेनानी भोजराज भण्डारीलाई एकाउन्न हजार राशिको पुरस्कार प्रदान गरिएको थियो । 

बालुवाटारमा सत्तारुढ दलको शीर्ष नेताको बैठक

काठमाडौँ । सत्तारुढ दलका शीर्ष नेताहरूसहितको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी छन् ।

प्रतिनिधिसभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्रस्तुत गरेको ‘नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो ।

त्यसअघि मन्त्री भट्टराईले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । उक्त प्रस्ताव सभाको सर्वसम्मतिबाट स्वीकृत भएको थियो ।

उक्त प्रस्ताव माथिको छलफलमा सांसद रघुजी पन्त, सुमना श्रेष्ठ, देवेन्द्र पौडेल, रोशन कार्की, प्रेम सुवाल, मनिष झा र चन्द्रकान्त भण्डारीले भाग लिएका थिए । उक्त विधेयकमाथिको छलफलमा उठेका प्रश्नका जवाफ दिँदै मन्त्री भट्टराईले उच्च शिक्षाको अध्ययन, अध्यापन तथा अनुसन्धानलाई गुणस्तरीय, जीवनोपयोगी, नवप्रवर्तनकारी तथा समयसापेक्षा बनाइ मुलुकको सर्वाङ्गीण विकासका लागि योगदान दिने उद्देश्यका साथ सो विधेयक अघि बढाएको स्पष्ट पारिन् ।

सरकारले दक्ष, सिर्जनशील, उद्यमशील र प्रतिस्पर्धी मानवस्रोत उत्पादन गर्न गैरसरकारी क्षेत्रमा सार्वजनिक विश्वविद्यालय स्थापना र सञ्चालन गर्न आवश्यक ठानी सो विधेयक सङ्घीय संसद्मा पेस गरेको थियो ।

विसं २०७९ मङ्सिर २० गते दर्ता भएको सो विधेयक गत असार १८ गते राष्ट्रियसभाबाट पारित भएको थियो । अन्तरविधात्मक अवधारणा (लिबरल आर्टस्) मा आधारित बहुविधागत गुणस्तरीय अध्ययन, अध्यापन र अनुसन्धानमार्फत दक्ष, सिर्जनशील र प्रतिस्पर्धी मानवस्रोतको उत्पादन गर्न मुनाफा वितरण नगर्ने गैरसरकारी क्षेत्रको विश्वविद्यालयका रुपमा उक्त संस्था स्थापना गर्न लागिएको विधेयकमा उल्लेख छ ।

विश्वविद्यालयलाई अङ्ग्रेजीमा ‘नेपाल युनिभर्सिटी’ भनिने र काठमाडौँ उपत्यका बाहिर विश्विद्यालय र त्यसको केन्द्रीय कार्यालय रहने विधेयकमा व्यवस्था गरिएको छ । विश्वविद्यालयमा संरक्षक, प्राज्ञिक र कार्यकारी परिषद् तथा अनुसन्धान केन्द्र, स्कूल र कलेजलगायत संरचनात्मक सङ्गठन तथा कुलपति, उपकुलपति, राजिष्ट्रार, डीन, निर्देशक र प्रिन्सिपल पदाधिकारी हुनेछन् ।

संरक्षक परिषद्मा कुलपति अध्यक्ष, उपकुलपति, विश्वविद्यालय रहेको प्रदेशको प्रदेश सरकारले मनोनित गरेको शिक्षाविद् एकजना, विश्वविद्यालय रहेको स्थानीय तहको प्रमुख, शिक्षाविद् मध्येबाट एकजना र नेपालमा विश्वविद्यालय स्थापना वा सञ्चालनमा योगदान पुर्याएका प्राज्ञिक व्यक्तिमध्येबाट कम्तीमा दुई महिलासहित पाँच जना सदस्य रहने व्यवस्था विधेयकमा गरिएको छ ।

यस्तै उद्योगपति, रोजगारदाता तथा किसानमध्येबाट दुईजना, विश्वविद्यालयलाई तोकिएको भन्दा बढी आर्थिक सहयोग उपलब्ध गराउने दाताहरु र सार्वजनिक प्रशासन, व्यवस्थापन, प्राज्ञिक अनुसन्धानका क्षेत्रमा योगदान गरेका वा नेपाल सरकारको सेवामा उच्च तहमा रही अनुभव प्राप्त व्यक्तिमध्येबाट एक जना सदस्य रहनेछन् । राजिष्ट्रार सदस्यसचिव रहने व्यवस्था गरिएको छ ।

संरक्षक परिषद्मा रहेका शिक्षाविद्, नेपालमा विश्वविद्यालय स्थापना वा सञ्चालनमा योगदान पुर्याएका प्राज्ञिक व्यक्ति तथा सार्वजनिक प्रशासन, व्यवस्थापन, प्राज्ञिक अनुसन्धानका क्षेत्रमा योगदान गरेका वा नेपाल सरकारको सेवामा उच्च तहमा रही अनुभव प्राप्त व्यक्तिमध्येबाट कुलपति छनोट गर्ने व्यवस्था गरिएको छ ।

कुलपति विश्वविद्यालयका प्रमुख हुने र उनले विश्वविद्यालयको दीक्षान्त समारोहको अध्यक्षता गर्ने व्यवस्था विधेयकमा गरिएको छ । कुलपतिको पदावधि चार वर्षको हुनेछ ।

पोखरा–जामुने सडकको सकियो ठेक्का अवधि, ३० प्रतिशत मात्र प्रगति

गण्डकी । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडकमार्ग विस्तार तथा स्तरोन्नति सुस्तगतिमा भइरहेको छ । पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको आयोजनाका इञ्जिनियर नारायण पौडेलले जानकारी दिए ।

उक्त खण्डमा २०७८ भदौदेखि काम सुरु भएको थियो । तीन वर्षको सम्झौता अवधि सकिँदा आधा पनि काम नभएपछि पुनः एक सय एक दिनका लागि ठेक्काको म्याद थप भएको इञ्जिनियर पौडेलले बताए । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनलले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको हो ।

‘पूर्वी खण्डभन्दा ६ महिनापछि पश्चिम खण्डको काम सुरु भएको हो’, उनले भने, ‘पश्चिमतर्फ बढी सहरी क्षेत्र रहेको र सडकको अधिकार क्षेत्रभित्रका संरचना, विद्युत् पोल, खानेपानीका पूर्वाधार समयमा व्यवस्थापन हुन नसक्दा सडक विस्तारमा ढिलाइ भएको हो ।’

इञ्जिनियर पौडेलका अनुसार पश्चिम खण्डको ३८.८८ किमि दूरीमध्ये हालसम्म २१ किलोमिटर दुई लेन सडक कालोपत्र भइसकेको छ । त्यसमध्ये चार किमिमा चार लेन सडक कालोपत्र गरिएको छ । सडक विस्तारसँगै पुल, कल्भर्ट, नालीलगायत पूर्वाधार निर्माणको काम पनि भइरहेको इञ्जिनियर पौडेलले बताए ।

साना–ठूला गरी पश्चिम खण्डमा पर्ने १२ वटामध्ये नौ वटा सडक पुल निर्माणको अन्तिम चरणमा रहेको उनको भनाइ छ । सडक मापदण्डभित्र पर्ने घरटहरा हटाउने र मुआब्जा दिने काम पनि करिब सकिएको उनले बताए । ‘बाँकी रहेका घरटहराको पनि मुआब्जा प्राप्तिका लागि प्रक्रिया अगाडि बढिसकेको छ, मुआब्जा नपाएका कारण काममा अवरोध हुने अवस्था छैन’, इञ्जिनियर पौडेलले भने, ‘अझै केही ठाउँमा विद्युत् पोल र खानेपानीका पूर्वाधार हटाउन बाँकी छ ।’

वर्षायाम सकिन लागेकाले अब कामले गति लिने आयोजना कार्यालयले जनाएको छ । निर्माण कम्पनीले यो वर्षभित्र आयोजनाको भौतिक प्रगति ७० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । पश्चिमतर्फ तनहुँको थर्पु र तुरतुरे, कास्कीको तल्लो गगनगौँडालगायत खण्डमा कालोपत्र भइसकेको छ ।

पश्चिम खण्डअन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेती पुलसम्मको आधा सडक ६ लेन र आधाजति चार लेनको बन्ने इञ्जिनियर पौडेलले जानकारी दिए । पश्चिम खण्डमा १२ वटा पक्की पुल र सयको हाराहारीमा कल्भर्ट बनिरहेका छन् ।

सोही खण्डअन्तर्गत पोखराको सेती नदीमा ‘सिग्नेचर’ पुल अहिले निर्माणाधीन अवस्थामा छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलको निर्माण ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ । भ्याटबाहेक ९४ करोड रुपैयाँको ठेक्कामा पुल बन्न लागेको हो ।

कुल ८१ किमि दूरीको पोखरा–मुग्लिन सडक एसियाली विकास बैंकको अनुदान सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको छ । आयोजनाको पूर्वी सडक खण्ड (जामुने–मुग्लिन) मा हालसम्म भौतिक प्रगति ६६ प्रतिशत पुगेको पूर्वी खण्डका इञ्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

उक्त खण्डमा पर्ने १७ साना–ठूला पक्की पुलमध्ये १४ वटा बनिसकेका र तीनवटा निर्माणाधीन अवस्थामा रहेको उनको भनाइ छ । मादीमा बन्ने ‘सिग्नेचर’ पुल भने छुट्टै ठेक्कामार्फत निर्माण भइरहेको इञ्जिनियर पाण्डेले बताए ।

कोभिड महामारीलगायत कारणले सुरुको चरणमा केही ढिलाइ भए पनि पछिल्लो समय पूर्वी खण्डको कामले गति लिएको उनको भनाइ छ । कालोपत्रका लागि बेस हाल्नेदेखि, कल्भर्ट, नाली, पर्खाललगायत पूर्वाधार तयारीका काम धमाधम भइरहेको इञ्जिनियर पाण्डेले बताए ।

४१.४५ किमिको पूर्वी खण्डमा विसं २०७८ वैशाखदेखि निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । पूर्वी खण्डमा पर्ने तनहुँको दमौली र डुम्रे बजारमा छ लेन र बाँकी खण्डमा चार लेनको सडक बन्ने आयोजना कार्यालयले जनाएको छ ।

निर्माण कम्पनीले ६ अर्ब २१ करोड ३१ लाख रुपैयाँमा उक्त खण्डको ठेक्का लिएको हो । निर्माणमा ढिलाइ हुँदा प्रदेश राजधानी पोखरा छिर्ने मुख्य सडकको यात्रामा सर्वसाधारणले सास्ती खेप्न बाध्य छन् । घाम लाग्दा सडक धुलाम्मे र वर्षात्मा हिलाम्मे हुँदा यातायात सञ्चालनमा कठिनाई निम्तने गरेको छ ।

सडक निर्माण सुस्त भएपछि पोखराका पर्यटन व्यवसायीलगायतले पटकपटक सरकार र सम्बन्धित निकायमा काम छिटो सक्न दबाब दिँदै आएका छन् । पोखरा–मुग्निल सडक स्तरीय नहुँदा पोखरा र आसपासको पर्यटन क्षेत्र मारमा परेको पोखराका पर्यटन व्यवसायीको गुनासो छ ।

नदी तटीय क्षेत्रसम्बन्धी फैसलाको तत्काल ‘भ्याकेट’मा जान सरकारलाई सांसदहरुको सुझाव

काठमाडौँ । काठमाडौँ उपत्यकाका नदी तटीय क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको फैसलाले ठूलो अन्योल पैदा गरेकाले पुनरावलोकनमा जानुपर्नेमा सांसदहरु एकमत देखिएका छन् । उनीहरुले यो फैसाला पुनरावलोकनमा  नगए सामाजिक विद्रोह उत्पन्न हुने भन्दै सरकारलाई सचेत समेत गराएका छन् ।


आइतबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले काठमाडौँ उपत्यकाका नदी तटीय क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको फैसलाको पुनरावलोकनमा जान विलम्ब नगर्न सरकारको ध्यानाकर्षण गराए ।


सांसद केसीले निर्धारित मापदण्डबाहेक नै थप २०/२० मिटर तटीय क्षेत्र छाडेर मात्रै निर्माण अनुमति दिने आदेशले खोला किनाराका लाखौं जनताको विचल्ली हुने अवस्था देखिएको बताए । 


‘सरकारले २०६५ मङ्सिर १ गते निर्धारित मापदण्डबाहेक सबै नदीखोलामा दायाँबायाँ न्यूनतम् २०/२० मिटर तटीय क्षेत्र छाडेर मात्र निर्माण अनुमति दिने आदेश व्यवहारिक, न्यायाचित र वस्तुपरक छैन । लाखौँ जनताको विचल्ली हुने अवस्था छ’, उनले भने,’सरकारले तोकेको मापदण्डअनुसार थोरै जग्गा किनेर बसोबास गरिरहेका जनतामाथि अन्याय हुन्छ । यस फैसलाको कार्यान्वयनबाट पर्न सक्ने सम्भावित प्रभाव रोक्न तत्काल कानुनी उपाय खोजिनुपर्छ ।’


       नागरिकको जग्गा सरकारले अधिग्रहण गर्दा आवश्यक मुआब्जा दिनुपर्ने सर्वोच्चको फैसला भए पनि मुआब्जा दिन सकिने अवस्था नरहेको सांसद केसीले उल्लेख गरे । अझै पनि उपत्यकाका कतिपय खोलाकिनाराका जनताले मुआब्जा पाउन नसकेका उनको भनाइ थियो । 


‘नदी तटीय क्षेत्रका जनतालाई न्याय दिन सरकारले तत्कालै पुनरावलोकनका निम्ति जानु पर्छ’, उनले भने । सांसद केसीले अदालतको फैसला धेरै पक्षमा सकारात्मक, न्यायोचित र स्वागतयोग्य रहेपनि तटीय क्षेत्र र मापदण्ड निर्णयबारे असहमति व्यक्त गरे ।


उनले लामो समयको अध्ययन, बौद्धिक अनुसन्धान र छलफल, वर्तमान वस्तुगत परिवेशलाई दृष्टिगत गरी तटीय सौन्दर्य, हरित क्षेत्रको घोषणा, प्रदूषण नियन्त्रण तथा अतिक्रमण रोक्ने निर्णय उक्त फैसलाको सकारात्मक पक्ष र सरकारका निम्ति मार्गनिर्देश भएको बताए ।


  मानव सभ्यता र नदी सभ्यता एकअर्काका परिपुरक भएको उल्लेख गर्दै सांसद केसीले भने, ‘नदी जलप्रवाह मात्र होइन, सभ्यता पनि हो, नदीको बर्वादी त्यसको तट्मा टिकेको सम्यता र संस्कृतिको पनि बर्वादी हो, नदीको शुद्धीकरण र राज्य तथा नागरिकको दायित्व हो । उपत्यकाका नदीमात्र होइनन, देशभरका नदी तटीय क्षेत्रका शुद्धीकरण र व्यवस्थापनको निम्ति नयाँ दृष्टिकोण लिनु आवश्यक छ ।’


नेकपा एमालेका सांसद रघुजी पन्तले काठमाडौँ उपत्यकाका नदी तटीय क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको फैसलाले ठूलो अन्योल पैदा गरेको बताए । उनले फैसलामाथि पुनःविचार गरेर समयानुकूल बनाउन सरकार तत्काल ‘भ्याकेट’मा जानुपर्नेमा जोड दिए । 


‘पुनरावलोकनका लागि सरकारले तत्काल पाइला चाल्नुपर्छ’, सांसद पन्तले भने, ‘फैसला गर्दा बागमती संस्कृतिप्रति ध्यान नगएको देखिन्छ काठमाडौँ, ललितपुर र भक्तपुरका जनताको मनोभावना बुझेर अदालतले आफ्नो फैसला पुनरावलोकन गर्नुपर्छ ।’


फैसला कार्यान्वयन गर्ने हो भने जलविनायक, गोकर्णेश्वरलगायत धेरै मठमन्दिर नदी किनारामा छन्, तिनलाई के गर्ने रु भन्ने प्रश्न उठेको जनाउँदै उनले भने, ‘अहिलेको प्रावधानले आर्यघाट कहाँ पर्छ, पशुपति र गुह्येश्वरी मन्दिर बागमतीबाट २० मिटर पनि छैन । थप २० मिटर लिने हो भने मठमन्दिरको अस्तित्व के हुन्छ ?’


उपत्कायका नदीको दुर्दशा भएको तथ्यप्रति आफू पूर्ण सहमत भएको जनाउँदै उनले नदी संरक्षणमा फरक ढङ्गबाट सोच्न आग्रह गरे ।


सद राजेन्द्र पाण्डेले काठमाडौं उपत्यकको नदी किनारासम्बन्धी सर्वोच्च अदालतको फैसलाले ठूलो समस्या ल्याउने बताए । 

उनले भने,’यो फैसलाले जनतामाथि ठूलो समस्या सिर्जना हुँदैछ । करिब ६ लाख नागरिक विस्थापित हुने अवस्था देखिएको छ । नागरिकलाई सुकुम्वासी बनाउने गरी भएको सो फैसलाविरुद्ध सरकारले तत्काल पुनरावलोकनमा जानुपर्छ ।’

सांसद राजेन्द्र केसीले काठमाडौँका खोला किनारसम्बन्धी फैसलालबारे सर्वोच्च अदालतले पुनः विचार गर्नु उपयुक्त हुने सुझाव दिए ।

‘हेर्दा राम्रो मार्फा गाउँ…’

सन्तोष गौतम, म्याग्दी ।

‘क्या राम्रो स्याउ बारी,
मार्फा गावैमा,
हेर्दा राम्रो मार्फा गाउँ,
खाँदा मीठो मार्फा स्याउ’

ज्योति गुरुङले स्वर भरेको स्वर्गीय वसन्ती लालचनको शब्द रचना रहेको गीतले मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा पर्ने मार्फाको कृषि पर्यटकीय सम्भावनालाई उजागर गर्दछ। रसिलो र स्वादिलो स्याउ उत्पादन हुने मार्फा पछिल्लो समय पर्यटकीयस्थलका रुपमा विकसित हुँदै गएको छ। मार्फाका ७९ वर्षीय लालप्रसाद हिराचन संस्कृति र प्रकृतिको धनी मार्फा कृषि पर्यटनको नमूना भएको बताउँछन्।


‘मार्फाको स्याउबारी, थकालीको रहनसहन, जीवनशैली, मौलिक संस्कार, कला संस्कृति, गुम्बा, गुफाले पाहुनालाई लोभ्याउने गएको छ’, उनी भन्छन्, ‘मुस्ताङ आउने पर्यटकको बसाइँ लम्ब्याउन र उनीहरुलाई भुलाउन मार्फामा धेरै आकर्षक गन्तव्य र वस्तुहरु छन्।’

सेतो र रातो माटोले लिपेका झुरुप्प मिलेका मार्फाका घरहरुमा माटोकै छाना र छानामाथि दाउरा चिनेर राखिएका हुन्छन्। मार्फालीले शताब्दिऔँअघिको मौलिकता बचाएर राखेका छन्। कालीगण्डकी नदी किनारको फाँटमा स्याउबारीको हरियाली र कुनातर्फ सुक्खा पहाड, यहाँको अर्को आकर्षक हो। ढुङ्गा बिछ्याइएको मार्फाका भित्री गल्लीहरु सफासुग्घर र चिटिक्क देखिन्छन्।


वसन्त ऋतुमा स्याउ फुल्दा र सरदयाममा लटरम्म दाना लागेका बगैँचामा डुल्दा प्रकृतिको काखमा रमाएको महसुस हुने काठमाडौँबाट मार्फा घुम्न आएकी सरिता तिमिल्सिनाले सुनाइन्।

‘चलचित्र जेरी र कबड्डीमा मार्फाका गाउँको नामाकरण भएकामा ती गल्लीमा थकाली पोसाक लगाएर फोटो, भिडियो बनाउँदा झनै रमाइलो भयो’, उनले भनिन्, ‘क्या राम्रो स्याउबारी मार्फा गावैको भन्ने गीत सुनेर गरेको परिकल्पना ठ्याक्कै मिल्यो।’

गीतमा उदृत गरिए झैँ मार्फा गाउँको पहिचान झल्काउने धेरै विशेषता र आकर्षण छन्। धौलागिरि हिमाल फेदको धमाङबाट बसाइँ सरेर आएका लालचन, हिराचन, ज्वारचन र पन्नाचन थरका थकाली समुदायले बस्ती बसालेको एक सय ५० परिवारको बसोबास रहेको मार्फामा दलित समुदायको पनि बसोबास छ।

सक्खर माटो बिछ्याइएका परम्परागत घरहरूमा बिस्कुन सुकाउन र पानी नचुहियोस् भनेर छानाको चारैतिर दाउरा चिनेर राख्ने चलन रहेको मार्फाकी कमला लालचनले बताइन्। परम्परागत समाजमा घरको छानामा रहेका दाउरालाई त्यो घरको आर्थिक सम्पन्नताको मापनका रुपमा लिइने गरिएको उनको भनाइ छ।

दर्जनौँ स्वदेशी तथा विदेशी चलचित्रहरु छायाङ्कन भएका यहाँका घरहरूमा स्थानीय पहिचान झल्किने कलात्मक वस्तुहरू सजिएका छन्। मार्फाको पश्चिमतर्फको पहाडका भित्तामा प्राकृतिक कलात्मक दृश्य देखिन्छन्।

‘सम्तेलिङ गुम्बा मार्फाको धार्मिक सम्पदा हो। गाउँ माथिको पाखामा रहेको करिब तीन सय वर्ष पुरानो भिर गुम्बा अर्को आकर्षण हो। उक्त गुम्बामा विपद् नहोस्, खेतीबाली सप्रियोस् र रोगव्याधि नलागोस् भनेर पूजाआजा गर्ने चलन छ’, कमलाले भनिन्।

जापानी भिक्षु तथा अन्वेषक इकाइ कावागुची सन् १८८८ मा बौद्ध धर्मको अध्ययनका लागि तिब्बत जाने क्रममा बसेको घरलाई ‘कावागुची घर’ नामाकरण गरिएको छ। इकाइ कावागुचीलाई नेपाल–जापान सम्बन्धका दूतका रुपमा मान्ने गरिएको स्थानीय बताउँछन्।

हिमाली क्षेत्रका फलफूल, तरकारी र खाद्यबालीको अनुसन्धान तथा विकासका लागि मार्फामा शीतोष्ण बागबानी विकास फार्म रहेको स्थानीय ज्ञानु पन्नाचनले बताइन्। कृषिसम्बन्धी अध्ययन–अनुसन्धान र स्याउबारी अवलोकन गर्न फार्ममा पर्यटकहरु भुल्ने गरेका उनको भनाइ छ।

देशका विभिन्न ठाउँबाट कृषक समूह र कृषि प्राविधिकहरु अवलोकन भ्रमणमा आउँछन्। ‘शीतोष्ण बागबानी विकास केन्द्रको नजिक मृदी गुफा छ। छोर्तेन आकृतिको गुफामा बौद्ध धर्मगुरु रिम्पोचेको मूर्ति छ’, स्थानीय ज्ञानुले भनिन्।

स्याउको राजधानीका रुपले परिचत मार्फाका स्थानीयको मुख्य आम्दानीको स्रोत कृषि र पर्यटन हो। स्याउ बगैँचाभित्र अन्तरबालीका रूपमा उवा, जौ, आलु, फापर, डाबर, सिमी र तरकारी लगाउँछन्। चौडापाते मार्फा, रायो जातको साग मार्फामा विकास भएको ज्ञानुले जानकारी दिइन्।

घरपझोङ गाउँपालिकाका कार्यपालिका सदस्य दीपक लालचनका अनुसार मार्फामा छवटा स्याउको ब्रान्डी बनाउने उद्योग सञ्चालित छन्। बेमौसममा स्याउ बिक्री गर्न कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र गाउँपालिकाको सहयोगमा चिस्यान गृह बनाएर भण्डारण गर्न थालिएको उनले जानकारी दिइन्।

घरपझोङ गाउँपालिकाले मार्फा गाउँभित्रको विद्युत् र टेलिफोनलाइनलाई भूमिगत बनाई सडक बत्ती जडान गरेर साँझपख भिलीमिली बनाएको छ। घरपझोङ–२ मार्फाका वडाध्यक्ष मनबहादुर हिराचनले कृषि पर्यटनको माध्यमबाट बसाइँसराइ रोक्ने र गाउँलाई आर्थिक रुपमा समृद्ध बनाउन पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवर्द्धनात्मक कामलाई सँगसँगै अघि बढाइएको बताए।

अन्नपूर्ण चक्रीय पदमार्गमा समेटिएको मार्फा हुँदै विश्वको सातौँ अग्लो धौलागिरि हिमाल आरोहण गर्न जाने पदमार्ग छ। चीन र भारत जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकको मार्फा खण्डमा हालै कालोपत्र गरिएको वडाध्यक्ष हिराचनले जानकारी दिए। यहाँबाट आलुबारी हुँदै याकखर्कसम्म सडक पुर्‍याएपछि आरोहीलाई आधार शिविरमा सामान लैजान सहज भएको उनले बताए।

वडाध्यक्ष हिराचनका अनुसार सहरी विकास तथा भवन निर्माण आयोजना बागलुङमार्फत रु एक करोडको लागतमा स्याउ उद्यान निर्माणाधीन छ। स्याउ आकृतिमा निर्माण गर्न लागिएको उद्यानबाट मार्फा गाउँ अवलोकन गर्न सकिन्छ। उक्त ठाउँ नजिकै गाउँपालिकाले स्याउको प्रतिमा बनाइएको छ।

मार्फा गाउँबाट ‘भ्यू पोइन्ट’ जाने ढुङ्गा बिछ्याएको पदमार्ग निर्माण र डिलमा सौन्दर्यीकरणका लागि बत्ती जडान गरिएको उद्योग तथा पर्यटन कार्यालय मुस्ताङका प्रमुख प्रेमप्रसाद पौडेलले बताए।

पर्यटकको सुविधाका लागि मार्फामा २० भन्दा बढी होटेल सञ्चालन भएका छन्। मुस्ताङ घुम्न आउने पर्यटकहरुले मार्फाका कोसेली घरहरुबाट स्याउ, सकुटी, दाल, ब्रान्डिलगायत सामग्री किनेर लैजाने गरेका स्थानीय व्यापारी बताउँछन्। 

पल्सर अवार्डमा वर्ष पुरुष, महिला, युवा तथा प्रशिक्षक गरी चार विधाको मनोनयन सार्वजनिक

काठमाडौँ । नेपाली खेलकुदको प्रतिष्ठित ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड, २०८०’ को वर्ष पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षक गरी चार विधाको मनोनयन सार्वजनिक गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)द्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा २१औँ संस्करणको अवार्डको चार विधाको मनोनयन सार्वजनिक गरिएको हो ।

चार विधातर्फ उत्कृष्ट पाँच/पाँच खेलाडी र प्रशिक्षक मनोनयनमा परेका हुन् । उक्त अवार्डका लागि पुरुषतर्पm क्रिकेटका दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेल, करातेका मोहम्मद शेख आलम, फुटबलका अनन्त तामाङ र गल्फका सुवास तामाङ मनोनयनमा परेका छन् ।

त्यस्तै महिलातर्फ करातेकी एरिका गुरुङ, फुटबलकी सावित्रा भण्डारी, क्रिकेटकी रुविना क्षेत्री, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र कबड्डीकी मेनुका राजवंशी मनोनयनमा परेका छन् ।

विसं २०८० मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शन र नतिजाका आधारमा उनीहरुलाई मनोनयनमा समावेश गरिएको हो । आयोजक मञ्चका महासचिव प्रज्ज्वल ओलीको संयोजकत्वमा गठित सात सदस्यीय छनोट समितिले वर्ष खेलाडी र प्रशिक्षकको छनोट गरेको हो ।

यसैगरी युवा वर्ष खेलाडीको मनोनयनमा अर्जुन कुमाल (क्रिकेट), हेमन्त पाल (भारोत्तोलन), प्रीति राई (फुटबल), सुजन गडाल (टेबलटेनिस) र सुनिरा थापा (टेनिस) छन् ।

यस्तै वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ कविराज नेगी लामा (पारा तेक्वान्दो), कुशल श्रेष्ठ (कराते), मोन्टी देसाई (क्रिकेट), पार्वती राई (कबड्डी) र सञ्जय मर्हजन (भारोत्तोलन) मनोनयनमा परेका छन् । उक्त मनोनयनमा पर्नेमध्ये एकजना खेलाडी अवार्डबाट सम्मानित हुनेछन् ।

अवार्ड कार्यक्रम यही भदौ २८ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुँदैछ । छनोट समितिका संयोजक ओलीले यस वर्ष धेरै खेलाडी मनोनयनका लागि दाबेदार रहेकाले उत्कृष्ट पाँच छनोट गर्न कठिन भएको उल्लेख गर्दै मनोनयनमा समावेश सबै खेलाडी आफ्नो विजेताजस्तै रहेको प्रतिक्रिया दिए ।

मनोनयन सार्वजनिक कार्यक्रममा एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपिएस) का केन्द्रीय सदस्य इम्यानुएल फ्यान्टानेनुले खेलाडीलाई सम्मान गर्नु राम्रो पक्ष रहेको उल्लेख गर्दै मनोनयनमा पर्ने सबै खेलाडीलाई शुभकामना दिए ।

यसपटक मञ्चले अवार्ड कार्यक्रमसँगै एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपिएस, एसिया) को कंग्रेस पनि आयोजना गर्दै छ । नेपाल खेलकुद पत्रकार मञ्च आइपिएस एसियाको सदस्य हो ।

यसअघि अवार्डको पिपुल्स च्वाइस विधा मनोनयन सार्वजनिक भइसकेको छ । पिपुल्स च्वाइसतर्फ फुटबलकी प्रीति राई, कबड्डीकी मानमति विष्ट, भलिबलकी कविता भट्ट, रग्बीका श्रीराम श्रेष्ठ र क्रिकेटका गुलसन झा मनोनयनमा परिसकेका छन् ।

यसको विजेता घोषणा गर्नका लागि ईसेवामार्फत मतदान, २९ खेलका प्रमुख प्रशिक्षकको मत, एनएसजेफका सदस्यको मत र पल्सर स्पोटर््स अवार्ड तथा पल्सर नेपालको आधिकारिक फेसबुक पेजमा प्राप्त लाइकलाई आधार मानिने छ । ईसेवाको मत भदौ २७ गते राति १२ बजेसम्म खुला रहनेछ ।

अवार्डका अन्य विधा पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम अचिभमेन्ट अवार्ड, टिम अफ दी इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्डको घोषणा भने कार्यक्रमकै दिन गरिने संयोजक ओलीले जानकारी दिए ।

यसपटक वर्ष पुरुष, महिला, युवा र प्रशिक्षक विधाको विजेताले पल्सर एनएस २०० मोटरसाइकल प्राप्त गर्नेछन् । पिपुल्स च्वाइस विधाको विजेताले भने पल्सर एनएस ४०० मोटर बाइक जित्नेछन् । अन्य विधाका विजेतालाई जनही रु एक लाख र गिफ्ट ह्याम्पर प्रदान गरिनेछ ।

अर्थ मन्त्रालयबाट सहमति आएपछि चाँडै प्रहरी ऐनलाई संसदमा लैजाने तयारी छः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानुन निर्माणको तयारीलाई तीव्र पारेका छन् । उनले आइतबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीलाई गृह मन्त्रालय बोलाएर विधेयकको मस्यौदाबारे छलफल गरेका थिए । आइतबार नै गृहमन्त्री लेखकले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गरेका थिए ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको कानुनमा संशोधन विधेयकमाथि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीको उपस्थितिमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री लेखक, मुख्यसचिव एकनारायण अर्याल, दुवै मन्त्रालयका सचिव र दुवै संगठनका प्रमुखसहित छलफल भएको थियो ।

बालुवाटारमा नयाँ कानुन निर्माण गर्ने विधेयकबारे सकारात्मक र परिणाममुखी छलफल भएको गृहमन्त्री लेखकले बताए । मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकको समस्यौदा राय–पराशर्मका लागि अर्थ मन्त्रालयमा पठाएको छ । नेपाल प्रहरीको विधेयकको समस्यौदा दुई साताअघि तथा सशस्त्र प्रहरी बलको विधेयकको समस्यौदा बिहीबार पठाएको उनले जानकारी दिए ।

गत साउन तेस्रो साता नै प्रहरी प्रधान कार्यालयमा प्रहरीसम्बन्धी विधेयकको समस्यौदा टुङ्ग्याउनु अघि गृहमन्त्री लेखकले प्रहरीका उच्च अधिकारीसँग राय लिएका थिए । उनले विधेयकको मस्यौदा तयार गर्दा नेपाल प्रहरीका पूर्व प्रमुखहरुको पनि राय–सुझाव लिएको थिए ।

यस्तै सशस्त्र प्रहरी बलको विधेयकको मस्यौदा टुंगो लगाउनुअघि गृहमन्त्री रमेश लेखक सशस्त्र प्रहरी बलको मुख्यालय पुगेर उच्च अधिकारीसँग राय सुझाव लिएको थिए ।

‘चाँडै नै प्रहरी ऐनलाई संसदमा लैजाने तयारी छ,’ गृहमन्त्री लेखकले भने । अर्थ मन्त्रालयबाट सहमति आएपछि चाँडै कानुन मन्त्रालय पठाउने तथा मन्त्रिपरिषद्मा लैजाने उनले जानकारी दिए ।

इडिभीका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने चारजना पक्राउ

काठमाडौं ।  नेपालस्थित अमेरिकन दूतावासमा इलेक्ट्रोनिक विविधता भिसा (इडिभी) प्रयोजनका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका-८ घर भई हाल महालक्ष्मी-४ इमाडोल बस्ने ३२ वर्षीया गोमा पाण्डे, सर्लाही लालबन्दी नगरपालिका-१० घर भई हाल महालक्ष्मी-५ टिकाथली बस्ने २८ वर्षीय अनिलकुमार महतो, झापा अर्जुनधारा नगरपालिका-८ घर भई हाल ललितपुरको इमाडोल बस्ने ५० वर्षीय गोपालप्रसाद घिमिरे र सङ्खुवासभा खाँदवारी नगरपालिका-९ घर भई हाल भक्तपुर मध्यपुरठिमी नगरपालिका-५ बस्ने ४३ वर्षीय सुवास ढकाल रहेका छन् ।

उनीहरूलाई नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए । उनका अनुसार नेपालस्थित अमेरिकन दूतावासमा इडिभी प्रयोजनका लागि एसइई र प्लस टुको नक्कली शैक्षिक प्रमाणपत्र बनाएर पेस गरेको भन्ने सूचनाका आधारमा अमेरिकी दूतावाससँगको समन्वयमा उनीहरूलाई पक्राउ गरिएको हो ।

अमेरिकन राजदूतवास नजिकबाट पक्राउ परेका उनीहरूलाई लिखितसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको सूचना अधिकारी आचार्यले बताए । 

जेल नबसी रकम बुझाएर छुटे लुम्बिनी प्रदेशसभा सदस्य केसी

बुटवल । आइतबार अदालतमा आत्मसमर्पण गरेका लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी सोमबार रिहा भएका छन् ।

कानुन अनुसार कैदको सट्टामा रकम तिरेर उनी रिहा भएका हुन् । रुकुम पूर्वबाट निर्वाचित कांग्रेस सांसद केसी कागजात किर्ते मुद्दामा दोषी ठहर भएका थिए । कैद सजाय पूरा नगरेका उनी रुकुम पूर्व जिल्ला अदालतमा आइतबार उपस्थित भएका थिए ।

उनले सोमबार फौजदारी अपराधसंहिता २०७४ को दफा १५५ को सुविधा अनुसार १ वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम १ लाख ९ हजार २ सय रुपैयाँ तिरेर रिहा भएका हुन् ।

जिल्ला अदालतका निमित्त श्रेस्तेदार राधाकृष्ण रिजालका अनुसार न्यायाधीश लोकबहादुर हमालको इजलासले प्रदेशसभा सदस्य केसीलाई रकम लिएर रिहाइको आदेश दिएको हो । निवेदकले १ दिन बराबरको ३ सय रुपैयाँका दरले १ लाख ९ हजार २ सय रुपैयाँ बुझाएको रिजाले जानकारी दिए ।

२०४८ असार ९ मा तत्कालीन रुकुम जिल्ला अदालतले कागजात कीर्ते मुद्दामा केसीलाई एकवर्ष कैद र दुई हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।

सम्बन्धविच्छेदको मुद्दामा नक्कली कागजात पेस गरेको भन्दै श्रीमती राधा केसीले दिएको जाहेरीमा मुद्दा चलेपछि उनी दोषी ठहर भएका थिए ।

५५ अंकले घट्यो नेप्से, नौ अर्ब ४३ करोडको कारोबार

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो चार कारोबार दिन लगातार गिरावट देखिएको छ । गत साताको बुधबार ९० दशमलव ७३ र बिहीबार १२ दशमलव १० अङ्कले घटेको नेप्से परिसूचक यो साता कारोबारको पहिला दिन हिजो २५ दशमलव ४६ अङ्कले घटेको थियो ।

पुँजीबजारको ओरालो यात्राले सोमबार पनि निरन्तरता पाएको छ । सोमबार नेप्से परिसूचक ५५ दशमलव ८६ अङ्कले घटेर दुई हजार छ सय ४६ दशमलव ०३ को बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ०६ प्रतिशतको गिरावट हो ।

नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट देखिएको छ । कारोबार रकम गत असार मसान्तको हाराहारीमा खुम्चिएको छ । आज तीन सय २७ कम्पनीको दुई करोड १० लाख ४८ हजार नौ सय ११ कित्ता शेयर एक लाख ११ हजार नौ सय ८६ पटक खरिदबिक्री हुँदा  नौ अर्ब ४३ करोड ९१ लाख छ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह दुई दशमलव ६७, जीवन बीमा दुई दशमलव ४९, निर्जीवन बीमा दुई दशमलव ४५, लघुवित्त दुई दशमलव ३३, बैंकिङ दुई दशमलव २८ र वित्त समूह दुई दशमलव २७ प्रतिशतले घटेको छ । 

त्यस्तै विकास बैंक एक दशमलव ८७, जलविद्युत् दुई दशमलव ४४, लगानी शून्य दशमलव ३४, उत्पादन तथा प्रशोधन एक दशमलव २५, म्युचुअल फन्ड शून्य दशमलव ९४, व्यापार शून्य दशमलव ३५ र अन्य समूह एक दशमलव ८३ प्रतिशतले घटेको छ । हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव ९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ७८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रु ३७ करोड पाँच लाख ५७ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने हाईड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर १३ लाख ८२ हजार नौ सय छ कित्ता शेयर किनबेच भएको छ ।

प्रधानमन्त्री र गृहमन्त्रीको पार्टीको विद्यार्थी संगठनको लडाईंले पढ्छु भन्ने विद्यार्थीले पढ्न पाएनन्ः सांसद श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विश्वविद्यालयमा पठनपाठन कम र राजनीतिक गतिविधि बढी भइरहेको बताएकी छिन् ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा सांसद श्रेष्ठले एमाले र कांग्रेस पार्टीका सत्ता गठबन्धनका विद्यार्थी सङ्गठनका कारण विद्यार्थीले पढ्न र परीक्षा दिन नपाएको बताएकी हुन् ।

उनले भनिन्, ‘११ दिनभयो कृषि तथा वन विज्ञान विश्वविद्यालयमा जाँच नभएको र चल्दै गरेको जाँचले गर्दाखेरी १४ सय जना विद्यार्थीहरु अड्किएका छन् । विश्व विद्यालयमा पठनपाठन ठप्प छ । अब चार वर्षमा सकिने ब्याचलर कति वर्ष लाग्ने हो ? पठन पाठन कम र पार्टीहरुको गतिविधि बढि हुन थाल्यो । गठबन्धनका विद्यार्थी सङ्गठनको लडाईका कारण पढ्छु मात्र भन्ने विद्यार्थीहरुले जाँच पनि दिन नपाउने ?’

सांसद श्रेष्ठले एमाले र कांग्रेस निकट विद्यार्थी संगठनले पढ्ने र परीक्षा दिने अधिकारबाट वन्चित गराएको बताइन । उनले ओली शासनमा पढ्न, परीक्षा दिन र दीक्षित हुन नपाउने हो भन्दै प्रश्न समेत गरिन् ।

उनले भनिन्, ‘एउटा प्रधानमन्त्रीको पार्टी, एउटा गृहमन्त्रीको पार्टी दुई विद्यार्थी संगठनको लडाईंमा हुन्छन्, पढ्छु भन्ने विद्यार्थी लडाईंले पढ्न पनि पाएनन् । राणा शासनमा एउटा विद्यालय खोलेको भन्छन्, ओली शासनलाई इतिहासले कसरी हेर्छ ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त रोक्दा भएको खर्च प्रधानमन्त्रीको व्यक्तिगत सम्पत्तिबाट असुल गर्नुपर्छः सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीजति झुट बोल्ने मान्छे नेपालमा नभएको आरोप लगाएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहमा जान्छु भनेर नगएको भन्दै प्रधानमन्त्रीले झुट बोलेको बताएका हुन् ।

प्रधानमन्त्रीले कार्यव्यस्तताका कारण देखाउँदै लाखौं रकम खर्च भइसकेको कार्यक्रममा नजान भनिएकाले त्यहाँ खर्च भएको रकम प्रधानमन्त्रीको व्यक्तिगत सम्पत्तिबाट असुलउपर गर्न समेत उनले माग गरे।

उनले भने, ‘देशको प्रधानमन्त्री बराबर झुट बोल्ने मान्छे सायद नेपालमा कोही पनि छैन होला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोहका लागि भन्दै पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरका विद्यार्थीहरू जुम्ला गए। लास्टमा आएर प्रधानमन्त्रीले म आउँदिन दीक्षान्त समारोह पछाडि सार भन्दिनुभो। हुकुमी शासन हो ?’

उनले कृषि तथा वन विज्ञान विश्वविद्यालयमा परीक्षा रोकिएको विषयमा सरकारको ध्यानाकर्षण गराए।

बिपीको समाजवाद र आजको सान्दर्भिकता

अर्जुननरसिंह केसी

नेपाली कांग्रेसको नीति स्थापनाकालदेखि नै समाजवादी राजनीतिक दर्शनबाट प्रेरित रह्यो । आर्थिक असमानताको अन्त्य, आर्थिक क्रान्ति तथा आत्मनिर्भरमुखी प्रगति, कृषिमा आधारित औद्योगिकीकरण र गरिबी उन्मूलन नेपाली कांग्रेसको अर्थतन्त्रको उद्देश्य हो । समाजवादबाट ओतप्रोत, सबै किसिमका दमन तथा शोषणबाट मुक्त नागरिकको उद्यम, सीप तथा रोजगारीमा आधारित र राज्यको संरक्षणात्मक वातावरण मातहत पूर्ण प्रतिस्पर्धामा सञ्चालित नियमित तथा अकुण्ठित बजारको भूमिका भएको अर्थतन्त्र नै नेपाली कांग्रेसको आर्थिक पक्षको ढाँचा हो । कृषि, जलस्रोत, पर्यटन र जडीबुटीको प्रचुर सम्भावना र समृद्धिका आधार हुन् भन्ने कांग्रेसको उम्याइ छ । आफैँसँग भएका जन, जल, जमिन, जङ्गल, जडीबुटी र सीपजस्ता आधाभूत साधन वा पदार्थबाट नेपालको दिगो विकासको गति अघि बढाइनुपर्छ भन्ने नेपाली कांग्रेसको मान्यता रहेको छ । 


योजनाबद्ध विकास गतिविधि, प्राकृतिक र मानव संसाधनको अधिकतम परिचालन, ग्रामीण अर्थतन्त्रको समानुपातिक विकास तथा त्यस निम्ति राष्ट्रिय बजेटमा प्राथमिकता, उपेक्षित वर्ग वा समुदाय एवं बेरोजगार वर्गको राज्यद्वारा संरक्षण गर्नुपर्छ भन्ने कुरालाई नेपाली कांग्रेसले आफ्नो आधारभूत आर्थिक नीति बनाएको छ । गरिब, उपेक्षित र सीमान्तीकृत क्षेत्र, वर्ग वा समुदायको न्यूनतम आयको सुनिश्चितता र सामाजिक न्याय तथा सुरक्षाको प्रत्याभूति राज्यले दिनुपर्ने कांग्रेसको अर्थनीतिको आधारभूत र अनिवार्य प्रतिबद्धता रहँदै आएको छ । निजी क्षेत्रको सशक्तीकरण कांग्रेस चाहन्छ, तर आवश्यकता पर्दा बजार हस्तक्षेप गर्नसक्ने सामथ्र्य, पूर्णप्रतिस्पर्धात्मक बजारलाई व्यवधान हाल्ने ‘सिन्डिकेट’वादी वा कार्टलवादी सामूहिक एकाधिकारवादी बजार संयन्त्रको विरुद्धमा कांग्रेस रहेको छ । 


बिपी कोइरालाले नेपाली कांग्रेसले वरण गरेको प्रजातान्त्रिक समाजवादबारे धेरै व्याख्या गर्नुभएको छ । उहाँ भन्नुहुन्थ्यो, “हामीहरू समाजवादी हौँ । त्यसैले हामीहरू त्यस्तो व्यवस्था खडा गर्न चाहन्छौँ, जसले गरिबको हित गरोस् । नेपाल भन्ने बित्तिकै त्यो नेपाल गरिबको नेपाल हो । त्यो नेपाल गाउँको नेपाल हो । त्यो झुपडी र छाप्रोको नेपाल हो । नेपाल ठूला घर, महल र धनाढ्य मानिसहरूको नेपाल होइन । त्यसैले नेपालको उन्नति भनेको ठूलाठूला धनीहरूको उन्नति होइन । किसानको उन्नति गर्ने, मध्यम वर्गीय मानिसको उन्नति गर्ने, शिक्षक र कर्मचारीको उन्नति गर्न तथा जो सुकुम्वासी छन् उनीहरूको उन्नति गर्ने, यो हो विकास वा उन्नति भनेको समाजवादी दृष्टिकोण ।


उहाँको दृष्टिकोणमा समाजवाद भनेको केवल आर्थिक कार्यक्रम मात्र होइन, सामाजिक रूपान्तरण र न्यायपूर्ण समतामूलक समाजको स्थापना तथा सांस्कृतिक सुधार पनि हो । उत्पादन वृद्धि मात्र समाजवाद होइन, यो त पुँजीवादमा हुन्छ नै । उत्पादन वा उत्पादकत्वको वृद्धि मात्र आर्थिक विकासको पूर्णता पनि होइन, उत्पादनको न्यायोचित वितरण पनि आर्थिक पक्षको उत्तिकै जरुरी कुरा हो । नत्र धनी र गरिबका बीच ठूलो खाडल कायम रहिरहन्छ र त्यहीँबाट अन्याय, अशान्ति र अर्को द्वन्द्वको सुरुआत हुन्छ । अतः उत्पादनको न्यायोचित वितरण पद्धति हो समाजवाद । लोकतन्त्रले उत्पादन र उत्पादकत्व बढाउने वातावरण बनाउँछ÷बनाउनुपर्छ, समाजवादले उत्पादनको न्यायोचित वितरणको बाटो बनाउँछ ।


समाजवाद विश्वव्यापी बौद्धिक आन्दोलनको परिचयात्मक शब्द हो । यस आन्दोलनको तात्पर्य समाजका आर्थिक सङ्गठनहरूले गरेका आर्थिक शोषण र त्यसबाट उत्पन्न सामाजिक विकृतिको अन्त्य गरी पूर्ण स्वतन्त्रताको वातावरणमा मानव विकासको मार्ग विस्तृत बनाउनु हो । समाजवादले समाजमा भएका असमानताको अन्त्य गरी समन्यायका आधारमा वितरण र अवसरलाई प्राथमिकता दिँदै सामाजिक परिवर्तन तथा रूपान्तरणका लागि वातावरण बनाउँछ । बिपीकै भाषामा भन्नुपर्दा, राजनीतिक र आर्थिक समानताको आन्दोलनका लागि प्रेरणा दिनु समाजवादको मुख्य लक्ष्य हो । समाजवादले राजनीतिक र आर्थिक पाटोलाई स्वीकार गर्छ ।


बिपीद्वारा प्रादुर्भाव नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवादले समाजका सबै वर्गको समान हक–अधिकार र विकासलाई सँगसँगै लगेको देखिन्छ । नेपालमा गाउँ नै गाउँ भएको र विभिन्न जातजाति बस्ने भएकाले ग्रामीण जनताका लागि लक्षित गरिएको विकास साँचो अर्थमा विकास हुन्छ । सहरको विकासमा मात्र जोड दिँदा वास्तविक समाजवाद अपनाएको मानिँदैन र त्यसलाई विकास पनि मानिँदैन । शिक्षा र स्वास्थ्यसेवा क्षेत्रमा निजी क्षेत्रको एकाधिकार र राज्यको भूमिकाहीनतालाई समाजवादले स्वीकार गर्दैन । शिक्षित र स्वस्थ नागरिकको सुनिश्चितता कांग्रेसको समाजवाद हो । यी दुवै सेवामा राज्यले आफ्नो यथेष्ट बजेट विनियोजन गर्नाका साथै नागरिकलाई मुनाफारहित सेवा दिनुपर्छ । एक अर्थमा समाजवाद सामाजिक समुदायहरुबीच राष्ट्रियस्तरबाट सुखदुःख भाग लगाउने राजनीतिक कला पनि हो । त्यसकारण समाजवाद विज्ञान र कला दुवै हो । यो नै दीर्घकालीन शान्ति, अन्तरजातीय सद्भाव र सामाजिक ऐक्यबद्धताको आधार हो र राष्ट्रिय एकताको आधारशिला पनि हो ।


विसं २०१२ माघ ९ देखि १२ गतेसम्म वीरगञ्जमा भएको नेपाली कांग्रेसको छैटौँ महाधिवेशनले सुवर्ण शमशेरलाई पार्टीको सभापतिमा निर्वाचित ग¥यो । यसै अधिवेशनमा कांग्रेसले समाजवादको नीति अवलम्बन गरेको हो । कांग्रेसले वरण गरेको प्रजातान्त्रिक समाजवादको नीति र कार्यक्रममा राजनीतिक प्रणाली तथा आर्थिक नीतिका पक्षबारे स्पष्ट निर्णय लिइएको थियो । राजनीतिमा प्रजातान्त्रिक प्रणाली, आर्थिक ढाँचा समाजवादी प्रणालीको विकास, संसदीय प्रजातन्त्र तथा संसद्मार्फत जनताप्रति उत्तरदायी मन्त्रिमण्डलको ब्यवस्था, सर्वव्यापी वयस्क मताधिकार, एक सदनको संसद्, विकेन्द्रित प्रशासन, स्वतन्त्र न्याय विभाग, लिङ्ग, वर्ण एवं जाति निरपेक्ष राजनीतिक एवं नागरिक अधिकारको स्थापना, प्रजातन्त्रीय परम्पराको सुरक्षा, प्रमाणिक प्रशासक वर्गको जनसेवा आयोगद्वारा योग्यताका आधारमा नियुक्ति, हिसाब–किताबको निमित्त स्वतन्त्र महालेखा परीक्षक र शासनमा एकरूपता ल्याउन निमित्त राज्य (राजा रजौटा) हरूको उन्मूलन ।


आर्थिक नीतिमा, प्रजातान्त्रिक पद्धतिद्वारा समाजवादी अर्थ व्यवस्थाको स्थापना, सम्पूर्ण व्यवस्थाको राष्ट्रियकरण एवं विभिन्न उद्योगको एकीकरण, जमिनमा भएको सामन्तवादी अधिकारको उन्मूलन, क्षतिपूर्ति विना जङ्गलको राष्ट्रियकरण, बिर्ता होल्डिङको राष्ट्रियकरण, शिर र जिरायत जमिनको पुनः वितरण, जमिन्दारी प्रथाको उन्मूलन, सरकार तथा जमिन मालिकका बीच मध्यस्थविना तिरो बुझाउने व्यवस्थाको स्थापना, जमिनको सीमा निर्धारण र जमिनको चकलाबन्दी, समाजवादी कार्यक्रमअन्तर्गत निर्णय लिइएको थियो । कांग्रेसको दृष्टिमा पेटभरि खान पाइने आसाले मात्र दुनियाँमा कहीँ पनि आन्दोलन भएको छैन । आर्थिक पक्षबाहेक मानिस समानता र न्यायका लागि पनि लडिरहेको हुन्छ । 


समानता र न्यायको पक्षमा नेपाली कांग्रेसको मान्यतालाई लोकतान्त्रिक समाजवादले पूर्णता दिन्छ । लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष समानता र न्याय हो । लोकतन्त्रको अभिन्न अङ्ग हो समाजवाद । यो केवल प्रतीक होइन, नारा होइन । समाजवाद नेपाली कांग्रेसको प्रतिबद्धता हो, जसलाई प्रजातन्त्रको इन्जिनले गति दिन्छ । कृषिमा औद्योगिकीकरण, सेवाको औद्योगिकीकरण, सम्पूर्ण उत्पादन क्षेत्रको औद्योगिकीकरण प्रजातान्त्रिक समाजवादले खोजेको हुन्छ । लोकतन्त्रलाई समाजवादीकरण गर्न सकिएन भने त्यस्तो लोकतन्त्रले पनि अनेक अराजकता, असन्तुलन, विकृति र तानाशाह जन्माउने साधन बन्ने जोखिममा पर्न सक्छ । संविधानको मौलिक हकमा उल्लेख गरिएको शिक्षा, स्वास्थ्य र रोजगारको अधिकारलाई सुनिश्चित गरिएको छ तर यो विषय बिपीले उहिले नै परिकल्पना गर्नुभएको थियो । उहाँले भन्नुभएको थियो, “हरेक जनताको एउटा घर होस्, बालबच्चालाई विद्यालय पठाउने वातावरण होस्, बिरामी पर्दा औषधिमूलो गर्ने पैसा होस् अनि आफ्नो श्रम र सीपको उपयोग गर्न पाउनुपर्ने व्यवस्था । यसको सान्दर्भिकता र उपयोगिता अहिले पनि त्यत्तिकै छ ।


नेपालमा मात्र होइन, बिपी कोइरालाले दिनुभएको समाजवादका व्याख्यानलाई गम्भीरताका साथ हेरिने गर्दछ । कांग्रेसको समाजवादलाई बुझ्न बिपीका विचारहरुलाई बुझ्नुपर्छ । उहाँको विचारमा समाजवादमा जीवनका लागि साधन र पुँजीको माध्यमहरुको सञ्चालन एवं वितरण सबैका लागि समान हुनुपर्छ । आर्थिक समानतामा उत्पादनको वृद्धि अपेक्षित छ । समाजवादको आर्थिक धरातलमा मात्र राष्ट्रियताको अभिवृद्धि र प्रजातन्त्रको सुदृढीकरण सम्भव छ । समाजवाद कुनै कानुन होइन, आन्दोलन होइन, बरु यो एउटा सांस्कृतिक आन्दोलन हो । 


प्रजातन्त्रले राजनीतिक समानता स्थापित गर्छ र समाजवादले आर्थिक समानतालाई आश्वस्त पार्छ भन्ने उहाँको धारणा थियो । बिपीले समाजवाद र साम्यवादको फरकबारे स्पष्ट पार्दै भन्नुभएको छ, “समाजवाद भनेको साम्यवाद हो । त्यसमा प्रजातन्त्र थपिएको हुन्छ र साम्यवाद भनेको समाजवाद हो, त्यसमा प्रजातन्त्र झिकिएको हुन्छ । साम्यवादमा प्रजातन्त्र थपिदिएमा त्यो समाजवाद भयो । समाजवादबाट प्रजातन्त्र झिकिदियो भने त्यो साम्यवाद हो । प्रजातन्त्र र साम्यवाद पारस्परिक रुपमा विपरीत दर्शन भएकाले एकै ठाउँमा मिल्न नसक्ने स्पष्ट छ । त्यसैले उहाँको भनाइको मूल मर्म भनेको यी दुवै दर्शनका सकारात्मक पक्षलाई समेटेर लोकतान्त्रिक समाजवादको मध्यमार्गी बाटो अपनाउनु उपयुक्त हुनेछ । 


(नेपाली कांग्रेसका नेता केसीसँग गरिएको कुराकानीमा आधारित)

मनास्लु क्षेत्र पुग्ने पर्यटकबाट गाउँपालिकाले पदयात्रा शुल्क उठाउने

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनास्लु संरक्षण क्षेत्र पुग्ने पर्यटकबाट पदयात्रा शुल्क उठाउने भएको छ।

चुमनुब्री गाउँकार्यपालिका बैठकको निर्णय र चुमनुब्री गाउँपालिकाको आर्थिक ऐन (२०८१) बमोजिम मनास्लु संरक्षण क्षेत्रभित्र प्रवेश गर्ने विदेशी तथा स्वदेशी पर्यटकबाट पदयात्रा शुल्क लिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिइ।

‘पदयात्रा शुल्क उठाउने विषयमा पालिकाभित्रका जनप्रतिनिधि, राजनीतिक दल, पर्यटन व्यवसायी तथा सरोकारवालासँग गाउँपालिकाले छलफल गरिसकेको छ’, उनले भने, ‘पदयात्रा शुल्क उठाउने सन्र्दभमा सर्वसम्मत निर्णय भएको छ।’

गाउँकार्यपालिका बैठक, चुमनुब्री गाउँपालिका आर्थिक ऐन (२०८१) एवं सर्वपक्षीय निर्णय बमोजिम गाउँपालिकाले पदयात्रा शुल्क उठाउन आवश्यक समन्वय तथा सहजीकरणका लागि पर्यटन विभागलाई पत्राचारसमेत गरिसकेको अध्यक्ष लामाले बताए।।

राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अध्यागमन विभागले उठाउने पदयात्रा शुल्क गाउँपालिकालाई बाँडफाँड नहुने भएकाले गाउँपालिकाले नै ऐन बनाएर पर्यटकबाट पदयात्रा शुल्क उठाउन लागेको हो।

‘गाउँपालिकाको आन्तरिक स्रोत अत्यन्तै न्यून छ’, उनले भने, ‘मनास्लु क्षेत्र पुग्ने पर्यटकबाट राष्ट्रिय प्रकृति संरक्षण कोष तथा अध्यागमन विभागले उठाउने शुल्क गाउँपालिकालाई बाँडफाँड नहुने भएकाले गाउँपालिका आफैले पदयात्रा शुल्क उठाउने निर्णय गरेको हो।’ पदयात्रा शुल्क उठाउने निर्णय यही असोज १ गतेदेखि लागू हुने अध्यक्ष लामाले बताए।

गाउँपालिकाले विदेशी पर्यटकबाट प्रतिव्यक्ति रु एक हजार र नेपाली पर्यटकबाट प्रतिव्यक्ति रु दुई सय पदयात्रा शुल्क लिने निर्णय गरेको छ। गाउँपालिकाले पदयात्रा शुल्कबाट प्राप्त हुने रकमले चुमनुब्री तथा मनास्लु संरक्षण क्षेत्रको वातावरण संरक्षण एवं पर्यटन प्रवद्र्धनमा खर्च गर्ने जनाएको छ।

‘पर्यटकबाट पदयात्रा शुल्क उठाएर आम्दानीको स्रोतमात्र बढाउन खोजिएको होइन,’ अध्यक्ष लामाले भने, ‘मनास्लु संरक्षण क्षेत्रमा वातावरण संरक्षण र संवद्र्धनमा पर्याप्त ध्यान पुग्नसकेको छैन, स्थानीय सरकारले फोहर व्यवस्थापन र सरसफाइमा ध्यान दिन लागेको हो।’

थापाथलीस्थित प्रसूति गृहलाई एम्बुलेन्स हस्तान्तरण

काठमाडौं ।  थापाथलीस्थित परोपकार तथा प्रसूति गृह तथा स्त्री रोग अस्पताललाई एक थान एम्बुलेन्स र एनेस्थेसिया मेसिन (शल्याक्रिया वा अन्य उपचारमा दुखाइलाई रोक्न प्रयोग गरिने औषधि) प्रदान गरिएको छ।

बागमती प्रदेशसभा सांसद दीपेन्द्र श्रेष्ठको पहलमा प्रदेश सरकारमार्फत अनुदान रकमबाट खरिद गरिएको एम्बुलेन्स र एनेस्थेसिया मेसिन हस्तान्तरण गरिएको हो।

आज अस्पतालमा आयोजित हस्तान्तरण कार्यक्रममा सांसद श्रेष्ठले अस्पतालमा आवश्यक उपकरण आगामी दिनमा पनि सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए।

‘आगामी दिनमा कुपन्डोलमा रहेको प्रसूति गृहको शाखा र अस्पतालको मुख्य भवनसम्म जोडिने झोलुङ्गे पुलको निर्माण गर्न प्रतिबद्धता छौँ । यसले सेवाग्राहीलाई सहज बनाउने छ,’ उनले भने।

काठमाडौँ महानगरपालिका–११ का वडाध्यक्ष हरिलाल तण्डुकारले वडाले स्वास्थ्य क्षेत्रमा अग्रणी भूमिका खेल्दै आएको बताए। उनन सुत्केरीका लागि ‘सुत्केरी पार्क’ बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे।

अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले आगामी दिनमा पनि यस्ता किसिमका सहयोग निरन्तर पाउनेमा विश्वास व्यक्त गरे। उनले भने, ‘सङ्घीय र प्रादेशिक सरकारबाट सहयोग पाइरहेका छौँ। आगामी दिनमा पनि यसले निरन्तरता पाउने अपेक्षा छ। अस्पतालमा आवश्यकता अनुसार बजेट नभएको अवस्थामा सहयोग प्रदान भएको छ, आभारी छौँ।’

डा अधिकारीले एनेस्थेसिया मेसिन सञ्चालनमा आइसकेको बताउँदै आजदेखि एम्बुलेन्स पनि सञ्चालनमा ल्याइने जानकारी दिए। 

काठमाडौँका नदी किनारबाट थप २० मिटर संरचना बनाउन नपाइने फैसलामाथि सरकार भ्याकेटमा जाने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वाेच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुनरावलोकन (भ्याकेट) मा जाने बताएका छन् ।

उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहका संयोजक सुमन सायमीसहितको टोलीको सोमबार ज्ञापनपत्र बुुझ्दै प्रधानमन्त्री ओलीले स्थानीय जनता र सरोकार समूहका मुद्दालाई सम्बोधन गर्न सरकार तत्पर रहने स्पष्ट पारेका हुन् ।

“सम्मानित अदालतका फैसलालाई हामी मान्छौँ । विविध कारणले कुनै कुनै फैसला त्रुटीपूर्ण हुनसक्छन् । फैसला उपयुक्त नलागेमा त्यसलाई सच्याउने कानुनी बाटो पुनरावलोकन नै हो । मलाई विश्वास छ, अदालतले जनताका पीरमर्कालाई बुझ्नेछ र तपाईहरुले न्याय पाउनुहुनेछ ।’’

प्रधानमन्त्रीले भने, “नेपाली संस्कृति एकता र मित्रताको संस्कृति हो । हाम्रो सभ्यता र संस्कृतिलाई बिथोल्न अनेकथरी तत्व लागेका हुनसक्छन् । हामीले हाम्रो राष्ट्रिय एकता र अस्तित्वलाई बलियो बनाउनुपर्छ । पृष्ठभूमि नै नभएका केही भूइँफुट्टाहरुले राष्ट्रिय एकताको भावलाई खल्बल्याउन सक्छन् । यसमा हामी सबै सजग हुनुपर्छ ।”

अदालतको फैसलाको पूर्ण पाठ आएपछि काठमाडौँ महानगरपालिकाका प्रमुुखस्तरको गत साउन २४ गतेको निर्णयबाट नदी किनारबाट थप २० मिटरसम्म संरचना नबनाउन सूचना गरिएको थियो । सङ्घर्ष समितिले फैसला र सूचना कार्यान्वानमा जाँदा लाखौँ जनता विस्थापित हुने र सम्पत्तिको सुरक्षा नहुने भएकाले फैसलामा पुनरावलोकन गर्न र नगरप्रमुखको सूचना कार्यान्वयन नगर्न माग गरेको छ ।

राजदूत सिफारिस गर्दा समावेशी हुन नसकेको परराष्ट्रमन्त्रीको स्वीकार

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले सरकारमा जति समावेशी र समानुपातिक हुनुपर्ने हो त्यो नभएको बताएकी छन् ।

सोमबार संसदीय सुनुवाइ समितिको बैठकमा परराष्ट्रमन्त्री राणाले यति प्रतिशत हुनुपर्छ भनेर नतोक्दासम्म निर्णायक पदमा महिला पुग्न गाह्रो भएको बताएकी हुन् ।

उनले भनिन्, ‘कुनैपनि ठाउँमा निर्णायक पदमा महिला राख्नको लागि यति हुनैपर्छ भनेर नतोकिँदासम्म पदमा पुग्न महिलालाई गाह्रो छ । अहिले पनि हामी दुईजना बल्लतल्ल महिलाको तर्फबाट प्रतिनिधित्व गरेर काम गरिरहेका छौं ।’

साथै उनले कुटनीतिक ज्ञान र स्वभाव हेरेर दलित कोटालाई समितिहरुमा समावेश गरिएको बताइन् । उनले राजदूत सिफारिस गर्दा समावेशी हुन नसकेको स्वीकारेकी छिन् ।

सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै राजदूत सिफारिस गर्दा मुस्लिम र दलित खोजी भएको बताइन् । तर, राजदूत नियुक्त गर्दा कूटनीतिमा ज्ञान भएकाहरूको सूची बनाउनुपर्ने बताइन् ।

पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसकेको छः उद्योगमन्त्री भण्डारी

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नीतिमा सरकार धेरै अघि बढिसकेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघले सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले इथानोल मिश्रणको नीतिमा सरकारले आवश्यक तयारी पूरा गरिसकेको बताएका हुन् ।

उनले भने, ‘पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको नियमावली बनिसकेको छ, अब मूल्य निर्धारण गर्न बाँकी छ । यो पनि हामी एकमहिना भित्र टुंग्याउछौँ।’

इथानोल उत्पादनले दैनिक २ लाख किलोलिटर पेट्रोलियम पदार्थको खपत कम गर्ने स्थिति रहेकोमा सरकारले यस सम्बन्धमा अघि बढ्न आयाल निगमलाई आवश्यक नीतिगत व्यवस्थासँगै निर्देशन गरिसकेको समेत उनले बताए ।

इथानोल उत्पादनमा जाँदा पेट्रोलियम पदार्थको खपत घट्नुका साथै स्वदेशमा नै रोजगारीको सिर्जनामा समेत सहयोग पुग्ने उनले बताए । पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्ने सन्दर्भमा पछिल्लो समय निकै चर्चा चलेको छ ।

गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको पुष्टि भइसक्योः सभापति लामिछाने

सुदूरपश्चिम । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको स्वीकारेका छन् ।

सोमबार धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै लामिछानेले सहकारीको रकम गोर्खा मिडियामा आएको अनुसन्धानबाटै पुष्टि भइसकेको बताएका हुन् । यसअघि लामिछानेले आफूलाई यो विषयमा केही थाहा नभएको बताउँदै आएका थिए ।

उनले भने, ‘गोर्खा मिडिया लगायतका ठाउँमा गलत ढंगबाट सहकारीको रकम आएको कुरा ठीक हो । अनुसन्धानले पनि देखाइसकेको छ ।’

तर उनले यसमा आफू संलग्न नरहेको जिकिर गरे । ‘मेरो संलग्नता भएको रहेछ भने त मैले तिर्नुपर्छ । मैले कहाँ तिर्न जाने भन्नुपर्यो । म भएको समयमा बदमासी भयो र तेरो पनि जिम्मेवारी हो भन्ने एउटा तर्क होला । तर, अन्यले गरेको बदमासीको भारी मैले लिनुपर्ने होइन ।’

उनले संसदीय छानविन समितिले सत्यतथ्य बाहिर ल्याउनेमा आफू आशावादी पनि रहेको बताए ।

मेक्सिकोमा न्यायिक सुधारको प्रस्तावको विरोधमा प्रदर्शन

लोकप्रिय मतबाट न्यायाधीश चयन हुने विवादास्पद न्यायिक सुधार प्रस्तावको विरोधमा मेक्सिकोका हजारौँ नागरिकले राजधानीमा प्रदर्शन गरेका छन् । मुख्यतया अदालतका कर्मचारी र कानूनका विद्यार्थीले प्रस्तावको विरोध गरेका हुन् ।

निवर्तमान राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले अघि सारेको र तल्लो सदन ‘चेम्बर अफ डेपुटीज’ ले पारित गरेको पहलमाथि सिनेटले बहस सुरु गरेपछि मेक्सिको सिटीमा भेला भएका प्रस्तावविरोधी नागरिकले प्रदर्शन गरेका छन् ।

सर्वोच्च अदालत र अन्य न्यायाधिकरणका न्यायाधीशहरूको साथसाथै न्यायिक प्रशासकहरूको निर्वाचनको पक्षमा प्रस्तावित सुधार योजना रहेको छ ।

यो प्रस्तावले संयुक्त राज्य अमेरिकासँग कूटनीतिक तनाव बढाएको छ भने विपक्षीहरूलाई सडकमा ओरालेको छ र वित्तीय बजारलाई अस्तव्यस्त बनाएको छ।

सिनेटमा प्रदर्शन गरेका प्रदर्शनकारीले बुधबार उक्त प्रस्तावमाथि मतदान हुने अपेक्षा गर्दै ‘न्यायपालिका ढल्ने छैन’ भन्ने नारा लगाएका थिए।

सिनेटका समितिहरूले आइतबार राति उक्त विधेयकलाई अनुमोदन गरेका थिए र त्यसको एक दिनपछि मतदान हुनुअघि मङ्गलबार सिनेटको पूर्ण बैठकमा प्रस्तुत हुने अपेक्षा गरिएको छ ।

लोपेज ओब्राडोरका विरोधीहरूले सर्वोच्च अदालतलाई यस विषयमा हस्तक्षेप गर्न आग्रह गरेका छन् तर लोपेज ओब्राडोरले अदालतलाई त्यसा गर्नेे कुनै कानुनी आधार नभएको बताएका छन् ।