`

डीएसपी मधु नेपाल पक्राउ

नवलपरासी । प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाल पक्राउ परेका छन्। नवलपरासी पूर्वमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) नेपाल बहुविवाहको कसुरमा पक्राउ परेका हुन्। प्रहरीका अनुसार, डीएसपी नेपालविरुद्ध उनकी श्रीमतीले बहुविवाहको उजुरी दर्ता गराएकी थिइन्।

सोही उजुरीका आधारमा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मंगलबार उनलाई नियन्त्रणमा लिएको हो। डीएसपी नेपालले एक युवतीलाई बिहे गरेर लुकाएको पत्नीको आरोप छ। पक्राउ परेका डीएसपी नेपाललाई अदालतमा उपस्थित गराई अनुसन्धानका लागि ३ दिनको म्याद थप गरिएको छ। बहुविवाहसम्बन्धी कसुरमा थप प्रमाण संकलन र अनुसन्धान भइरहेको रुपन्देही प्रहरीले जनाएको छ।

चोरिएका सवारी भेटेर फिर्ता गरिदिँदा सवारी धनीले केक काटेर खुवाए ट्राफिकलाई

काठमाडौं। उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरीका ५० वटा दुई पांग्रे सवारी सम्बन्धित धनीलाई फिर्ता गरेको छ ।

एक समारोहकाबीच ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट चोरी भएका दुई पांग्रे सवारी फेला पारेर सम्बन्धित धनीलाई फिर्ता दिएको हो ।

आफ्नो सवारी फिर्ता पाए पछि सवारी धनीहरूले केक काटेर ट्राफिकलाई धन्यवाद दिएका छन् ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी