`

कम्बोडियामा ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२६ हुर्दै’ कार्यक्रम व्यवस्थापन सिजन मिडिया गर्ने

काठमाडौं । पेशागत उत्कृष्टता, नवप्रवर्तन र सांस्कृतिक तथा पर्यटन आदानप्रदानको अवसर प्रदान गर्ने हेतुले ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड २०२६ आयोजना हुने भएको छ ।

आगामी अंग्रेजी नयाँवर्षको अवसरमा जनवरी पहिलो साता कम्बोडियामा भव्य रूपमा आयोजना हुन लागेको हो । उक्त कार्यक्रम कम्बोडियामो जुवा सप्लाइज एण्ड मेन्टेनेन्स कम्पनी लिमिटेड (जेयसएम कम्बोडिया) द्वारा आयोजना हुने छ भने नेपालको सिजन मिडियाले कार्यक्तमको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको छ ।

यो अवार्ड समारोहले कम्बोडियामा लगायत एसियन मुलुकका विभिन्न क्षेत्रमा सफल र सक्रिय उद्योगी, कलाकार, नवप्रवर्तन, पर्यटन, शिक्षा र स्वास्थ्यलगायत विभिन्न क्षेत्रका असाधारण योगदान दिएका व्यक्तित्व र संस्थाहरूलाई अवार्ड सम्मान प्रदान गर्नेछ । उक्त कार्यक्रममा नेपालबाट पनि सहभागीताको लागि आवेदन दिन सकिने आयोजक प्रमुख लियाङ बोपाले जानकारी दिए ।

कार्यक्रमले केवल अवार्ड वितरणसम्म सीमित नभई एसियन मुलुकका व्यवसायी, कलाकार, उद्यमी र नवप्रवर्तकहरूलाई नेटवर्किङ र अनुभव आदानप्रदानको प्लेटफर्म पनि प्रदान गर्नेछ । यस मार्फत नेपाल र कम्बोडियाबीचको द्विपक्षीय मित्रता, सांस्कृतिक कूटनीति र पर्यटन प्रवर्धनलाई थप बल मिल्ने अपेक्षा गरिएको छ ।

अवार्डमा प्रमुख अतिथिको रुपमा कम्बोडिया सरकारवाट प्रतिनिधिहरु सहभागी हुनेछ भने दुई देशका व्यवसायीहरु पनि सहभागी हुनेछन ।
उक्त कार्यक्रममा उद्यमी, व्यवसायिक नेतृत्वकर्ता, प्रशिक्षक, मिडिया व्यक्तित्व, स्वास्थ्य र सौन्दर्य विशेषज्ञ, पेशागत, शिक्षक लगायतका विभिन्न पेशागत क्षेत्रका व्यक्ति तथा सस्थालाई समावेश गर्ने गरिने कार्यक्रम व्यवस्थापक प्रदीपराज वन्तले बताए अवार्डको माध्यमबाट एसियन मुलुकभरका पेशागत र संस्थागत व्यक्तित्वहरूको योगदानलाई मान्यता दिने र अन्तर्राष्ट्रिय सहयोग तथा सांस्कृतिक आदानप्रदानलाई प्रवर्धन गर्ने उद्देश्य राखिएको छ । भने अन्य जानकारीको लागि नेपालका लागि कार्यक्रम साझेदारी सस्था सिजन मिडियामा सम्पर्क गर्न सकिनेछ ।

ट्रम्पको उपस्थितिमा थाइल्याण्ड र कम्बोडियाबीच शान्ति सम्झौतामा हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उपस्थितिमा थाई प्रधानमन्त्री अनुटिन चार्नविराकुल र कम्बोडियाली प्रधानमन्त्री हुन मानेटले संयुक्त ‘शान्ति सम्झौता’ मा हस्ताक्षर गरेका छन् । थाइल्याण्ड–कम्बोडिया युद्धविराम सम्झौतापछि अमेरिकाले थाइल्याण्ड र कम्बोडियासँग व्यापार सम्झौतामा हस्ताक्षर गर्न कागजातहरू हस्तान्तरण गरेको छ । ट्रम्पले फोनवार्ताको क्रममा जुलाईमा थाइल्याण्ड र कम्बोडिया बीचको ‘द्वन्द्व’ पछि धेरै फोन कलहरू भएको र आफूले द्वन्द्व रोकेको दावी गरेका थिए ।

ट्रम्पले यो सम्झौता ‘दुबै देशका लागि ठूलो सम्झौता’ भएको बताएका छन् । ट्रम्प लामो समयदेखि चलिरहेको सीमा विवाद समाधान गर्न थाइल्याण्ड र कम्बोडियाबीच शान्ति सम्झौताको हस्ताक्षर समारोहमा भाग लिन मलेसियाको राजधानी क्वालालम्पुर पुगेका थिए । ट्रम्प मलेसिया आइपुग्दा उनको स्वागतमा परम्परागत नृत्यको आयोजना गरिएको थियो । उनी कलाकारहरूको समूहमा गएर उनीहरूसँगै नाचगान पनि गरेका थिए । ट्रम्पको व्यापारिक दबाबका कारण जुलाईको अन्त्यतिर थाइल्याण्ड र कम्बोडियाबीच पाँच दिनसम्म चलेको द्वन्द्वपछि युद्धविराम भएको हो । द्वन्द्वका क्रममा दुई दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।