`

मन्त्री घिसिङले गरे कान्ति लोकपथ निरीक्षण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङले बिहीबार कान्ति लोकपथको स्थलगत निरीक्षण गरेका छन् । गत वर्षको असोजमा आएको बाढी पहिरोले विभिन्न ठाउँमा क्षति पुर्‍याएको सडकको पुनर्निर्माणको जानकारी लिएका हुन् । कान्ति लोकपथका विभिन्न खण्ड यात्राका लागि असहज हुँदा पटक–पटक समस्या भोग्नु पर्दै आएको छ ।