काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २५ निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।
कार्यालयले आज (बिहीबार) सूचना जारी गर्दै विभिन्न निकायबाट कालोसूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको जनाइएको छ । जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१० बमोजिम कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ ।
एक वर्षदेखि दुई वर्षको लागि कालोसूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने जनाइएको छ ।
कालोसूचीमा परेका निर्माण कम्पनीहरु