`

मनकामना केबलकार तीन दिन बन्द गरिने

मुग्लिन । मनकामना केबलकार आजदेखि तीन दिन बन्द गरिने भएको छ । केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले आजदेखि १७ गतेसम्म केबलकार सेवा बन्द गरिने जानकारी दिए । असोज १८ गतेदेखि पुनः नियमित सेवा सञ्चालनमा आउने उनले बताए ।

गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित मनकामना माई मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना केबलकार सञ्चालन भइरहेको छ । यो नेपालको पहिलो केबलकार हो ।

मौलाकाली केबलकार फेरि चाँडै सेवामा फर्किने

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आगजनी र तोडफोड गरिएको नवलपरासीको मौलाकाली केबलकारले चाँडै सेवामा फर्किने जनाएको छ । कम्पनीले हजारौं स्थानीय शेयर धनीहरुको संयुक्त लगानी र मिहिनेतको जगमा बनेको भन्दै फेरि सेवा सुचारु गर्ने घोषणा गरेको हो । कम्पनीले जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

‘दुर्भाग्यवश, प्रदर्शनका क्रममा भएका घटनामा परि सार्वजनिक कम्पनीका रूपमा सञ्चालनमा रहेको यस मौलाकाली केबलकारमा समेत आगजनी र तोडफोड भई ठुलो क्षति हुन पुगेको छ’, कम्पनीले भनेको छ, ‘गैँडाकोट र नवलपुरको पहिचान, पवित्र भूमि देवघाटको शिर, नेपालको पर्यटन प्रवद्र्धन, राजस्व वृद्धि र स्थानीय विकासमा महत्वपूर्ण योगदान दिँदै आएको यो मौलाकाली केबलकार गण्डकी क्षेत्रकै साझा गौरव र राष्ट्रिय सम्पत्तिको प्रतीक हो ।’

देशकै पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि सगसगै स्थानीय रोजगारी सिर्जना र स्थानीय उत्पादनको बजार विकासमा यसले महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । त्यसैले यहाँ भएको तोडफोड र आगजनीले केवल हाम्रा स साना लगानीकर्ताहरू मात्र होइन, गैँडाकोट तथा चितवनका स्थानीय बासिहरु, कर्मचारी, उहाँहरूको परिवार तथा सम्पूर्ण पर्यटन क्षेत्रलाई नै गहिरो पीडा दिएको कम्पनीले उल्लेख गरेको छ । तोडफोडबाट क्षति कम गर्न, आगजनी नियन्त्रण गर्ने क्रममा सहयोगको हात बढाएर सक्रिय भूमिका निर्वाह गरेका सुरक्षाकर्मी, स्थानीय समुदाय तथा कर्मचारीहरूप्रति आभार व्यक्त गरिएको छ ।

‘यति ठूलो क्षति भए पनि हाम्रो सपना र अठोट भाँचिएका छैनन् । हामी सबैले हातेमालो गरी छिट्टै सेवा सुचारु गर्नेछौँ र अझ गुणस्तरीय सेवासहित नेपालको पर्यटन प्रवद्र्धनमा योगदान पु¥याउने संकल्प गर्दछौँ’, कम्पनीले उल्लेख गरेको छ, ‘हाम्रो यो संकल्पलाई पहिले जस्तै अघि बढाउन स्थानीय समुदायको निरन्तर सहयोग रहने अपेक्षासहित र सुरक्षात्मक समन्वयका लागि सम्बन्धित निकायसँग विशेष आग्रह गर्दछौँ ।’