`

भोलिदेखि सुरु हुँदै कोरियन भाषा परीक्षा, कतिको परेको छ आवेदन ?

काठमाडौं । कोरियन भाषा परीक्षा भोलि (सोमबार) देखि सुरु हुँदैछ । भोलिदेखि उत्पादनमुलक क्षेत्रतर्फ परीक्षा सञ्चालन हुन लागेको हो । उत्पादनमुलकतर्फ ६७ हजार २९७ ले परीक्षा दिनेछन् । परीक्षा माघ २७ गतेसम्म सञ्चालन हुनेछ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि एक लाख २ हजार ५६४ जनाले आवेदन दिएका शाखाले जनाएको छ ।

शाखाले साउन २६ गतेदेखि ३१ गतेसम्म आवेदन दिन आह्वान गरेको थियो। यस पटकको भाषा परीक्षाबाट अनुमानित ५ हजार ३ सय जना उत्तीर्ण हुनेछन् । जसमा उत्पादनमुलक क्षेत्रतर्फ ३ हजार ५०० तथा कृषि तथा पशुपालन क्षेत्रतर्फ १ हजार ८०० उत्तीर्ण हुने अनुमान गरिएको छ । एक दिनमा बढीमा ५ सिफ्ट गरी परीक्षा सञ्चालन हुनेछ । दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत कामदार लैजान कोरियाली सरकारले नेपाल सरकारसँग सन् २००७ मा एमओयू गरेको थियो । त्यसपछि सन् २००८ बाट कामदार लैजान सुरु गरिएको थियो ।