`

माटोको ढिस्कोले पुर्दा बारामा एक महिलाको मृत्यु, दुई जना गम्भीर

बारा । छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुर्दा एक जना महिलाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको ढिस्कोमा उनीहरू आज बिहान माटो खन्न गएका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितका अनुसार मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका–५ निवासी ६५ वर्षीया शरदा देवी रहेकी छन् भने गम्भीर घाइतेहरूको नाम खुल्न सकेको छैन ।

उनका अनुसार घटनामा परी अन्य १० जना सामान्य घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि प्रदेशिक अस्पताल कलैयाका ल्याइएको छ । घटनापछि तत्काल सशस्त्र प्रहरी र जनपथ प्रहरीले घाइतेहरूको उद्धार गरेका थिए ।