काठमाडौं । रक्षा बम नेतृत्वको नेपाल जेनजी फ्रन्टले विवेकशीलका नेता मिलन पाण्डेदेखि डा. रामजी राम समेतलाई समेटेर सल्लाहकार परिषद् गठन गरेको छ । फ्रन्टले आइतबार विज्ञप्ति जारी गर्दै फ्रन्टका कार्यलाई अझ सुदृढ, प्रभावकारी र सार्थक बनाउन सल्लाहकार परिषद् गठन गरिएको जानकारी गराएको हो । सल्लाहकार परिषद्मा १३ जनालाई समेटिएको छ, जसमा मिलन पाण्डेदेखि रामजी राम हुँदै सरोज गौतमसम्म छन् ।
हेर्नुस् सूची
१. डा. रामजी राम
२. आशुतोष तिवारी
३. प्रगति राई
४. साधना राई
५. मिलन पाण्डे
६. नवीन प्राचीन
७. डा. मीना पौडेल
८. दिव्येश गिरी
९. अनन्त अर्याल
१०. रमेश पौड्याल
११. सस्मित पोखरेल
१२. प्रमेश श्रेष्ठ
१३. सरोज गौतम

