`

नेपालले सामोआलाई दियो विशाल लक्ष्य, आसिफ र दीपेन्द्रको अर्धशतक

काठमाडौं । ओमानमा जारी आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआलाई २१२ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनायो ।
नेपालका दुई खेलाडीले अर्धशतक प्रहार गरेका छन् । आसिफ शेख ४१ बलमा ६९ र दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रनको योगदान दिए । कुशल भुर्तेल १७ र आरिफ शेख ९ रनमा आउट भए ।

कप्तान रोहित पौडेल १२ बलमा २१ र लोकेश बम १२ बलमा ३९ रनमा अविजित रहे । नेपालले यो खेलमा जित निकाले छनोटको ट्रफी जित्नेछ । यो छनोटबाट नेपाल, ओमान र युएई शीर्ष तीन टोली अर्को वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा पुगिसकेका छन् ।

 

 

नेपालले कतारलाई दियो १४८ रनको लक्ष्य

काठमाडौँ । नेपालले कतारलाई जितको लागि १४८ रनको लक्ष्य दिएको छ । ओमनमा जारी आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा आज नेपालले आफ्नो दोस्रो खेल कतारसँग खेलेको हो ।जसअन्तर्गत नेपालले कतारलाई १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर कतारले बलिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपालले २० ओभरको खेल सकिँदा ९ विकेट गुमाएर १४७ रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक इनिङ खेले । रोहितले ४१ बलमा ५८ रन बनाए ।

दीपेन्द्रसिंह ऐरी २६, कुशल भुर्तेल ६, आसिफ शेख ११, कुशल मल्ल ८, आदिल आलम २, सन्दीप जोरा १, सोमपाल कामी १४ र गुल्सन झा १६ मा आउट भए । नन्दन यादव १ रनमा अविजित रहे ।

बलिङमा कतारका डेनियल आर्चर मारिया लुइस र मिर्जा मोहम्मद बेगले समान ३\३ विकेट लिए ।