काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानले बग्राम एयरबेस अमेरिकालाई नदिए गम्भीर परिणाम भोग्नु पर्ने धम्की दिएका छन् ।
‘यदि अफगानिस्तानले बग्राम एयर बेस यसको निर्माता, संयुक्त राज्य अमेरिकालाई फिर्ता गरेन भने यो धेरै नराम्रो हुनेछ,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन् । यसअघि पनि ट्रम्पले बग्राम एयरबेस कब्जा गर्ने इच्छा व्यक्त गरेका थिए।
हालै, बेलायत भ्रमणको क्रममा, ट्रम्पले भने कि उनको सरकार अफगानिस्तानमा रहेको बग्राम एयरबेस फिर्ता लिन प्रयास गरिरहेको बताएका थिए । उनको बयानमा तालिबानले जवाफ दिँदै भनेको थियो, ‘इतिहास साक्षी छ कि हाम्रो भूमिमा विदेशी शक्तिहरूलाई कहिल्यै स्वीकार गरिएको छैन ।’ एजेन्सी