काठमाडौं । आन्दोलनकारीले कानुनमन्त्री अजयकुमार चौरसिया र एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेको घरमा आगजनी तोडफोड गरेका छन् । मन्त्री चौरसियाको वीरगञ्ज महानगरपालिका–११ स्थित घरमा प्रदर्शनकारीले तोडफोड गरेका हुन्। प्रहरीले आन्दोलनकारीलाई तितरवितर बनाएको थियो । मन्त्री चौरसियाको घरदेखि १ सय मिटर पर प्रदर्शनकारी टायर बालेर बसेका छन्। भने कानुनमन्त्री चौरसिया र पूर्वमन्त्री एवं एमाले नेता राजकुमार गुप्ताको घरमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेको घरमा पनि आगजनी
यस्तै नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेको घरमा आगजनी भएको छ । प्रदर्शनकारीहरूले स्वयंभूस्थित पाण्डेको घरमा मंगलबार मध्याह्न आगजनी गरेको हो । ‘झण्डै एक घण्टादेखि आगो लागिरहेको छ । निभाउन प्रहरी आएन,’ उपाध्यक्ष पाण्डेले भने ।
सोमबारदेखि काठमाडौंमा जारी जेनजीको प्रदर्शन दोस्रो दिन मंगलबार उग्र रूप लिएको छ । प्रदर्शनकारीहरूले काठमाडौंमा कफ्र्यूको परवाह नगरी आन्दोलनमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले नेताको घरलाई लक्ष्य गरी तोडफोड र आगजनी गरिरहेका छन् ।