`

त्रिविका क्याम्पस छठ पर्वपछि मात्रै खुल्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पठनपाठन आगामी कात्तिक ११ गतेपछि मात्रै सुरु हुने भएको छ । त्रिविले आज सूचना जारी गरी असामान्य परिस्थितिका कारण तत्काल पठनपाठन सुरु गर्न समस्या भएको जनाउँदै अब छठपर्वपछि मात्र पठनपाठन हुने जनाएको हो ।

सूचनामा भनिएको छ, ‘मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको छ ।’

आउँदो कात्तिक १० सम्म त्रिविको सम्पूर्ण पठनपाठन बन्द

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आउँदो कात्तिक ११ गतेदेखि मात्रै नियमित पठनपाठन सञ्चालन गर्ने भएको छ । आज (बिहीबार) बिहान त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय तथा जनसमम्पर्क महाशाखाले सूचना जारी गर्दै मुलुकमा विद्यमान असामान्य परिस्थितिको कारण यस्तो निर्णय गरिएको जानकारी दिएको हो ।

आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी यही भदौ २९, ३० र ३१, आगामी असोज १, २ र ५ का साथै आगामी कात्तिक ९ गतेका हुने भनिएको त्रिविको सम्पूर्ण पठनपाठन बन्द गर्ने निणय गरिएको सूचनामा उल्लेख छ । नियमित पठनपाठन आगामी कात्तिक ११ गतेदेखि मात्रै सञ्चालन हुने त्रिविले जनाएको छ ।

हेर्नुस् सूचना

त्रिभुवन विश्वविद्यालयले माग्यो ठूलो संख्यामा उपप्राध्यापक (सूचनासहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकै पटक ठूलो संख्यामा उप–प्राध्यापक पदको लागि दरखास्त माग गरेको छ । त्रिवि सेवा आयोगको कार्यालयले आज सूचना जारी गर्दै खुला प्रतियोगितामार्फत् ३५२ जना उपप्रध्यापकको पदपूर्ति गर्न लागिएको जनाएको छ । खुला तथा समावेशी प्रणालीमार्फत् पदपूर्ति गरिने सूचनामा उल्लेख छ ।

योग्यता पुगेका नेपालीले यही भदौ २९ गतेदेखि आगामी कात्तिक १२ गतेसम्म अनलाइन माध्यमबाट दरखास्त दिन सक्ने जनाइएको छ । दोब्बर दस्तुर तिरेर भने कात्तिक १९ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

हेर्नुस् सूचना