काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कारागार भित्र राख्न नख्खु प्रशासनले आनाकानी गरेको छ ।
करिब दुई घन्टा अगाडि नै कारागार पुगेका रविलाई प्रशासनले अहिलेसम्म जेल भित्र राखेको छैन् ।
रविलाई लिएर रास्वपा कार्यवाहक सभापति डिपी अर्याल र रविपत्नी निकिता नख्खु कारागार पुगेका थिए । तर अहिलेसम्म पनि उनीहरू भित्रै छन् । जेलभित्र अरू पनि केही कैदीबन्दीहरु आउन थालेका छन् ।
सचिवालयका कर्मचारीहरू कागज बोकेर यताउता गरिरहेका छन् । असुरक्षाको कारण देखाएर रविलाई राख्न प्रशासनले नचाहेको आशंका गरिएको छ ।