`

झरीको पर्वाह नगरी आन्दोलनमा नर्सहरू : सिभिल अस्पतालमा सेवा बन्द गरेर धर्ना (तस्वीरहरू)

काठमाडौं । काम अनुसारको पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रिएका नर्सहरूले आज (शुक्रबार) पनि विरोध प्रदर्शनलाई जारी राखेका छन् । नर्सहरूको न्यूनतम पारिश्रमिक र सेवा सुविधालगायतका १५ बुँदे मागसहित नेपाल नर्सिङ संघको आव्हानमा १८ गतेसम्म बिहान १० देखि दिउँसो १२ बजेसम्म अत्यावश्यक बाहेकका नर्सिङ सेवा बन्द गरिएको छ ।

यसै क्रममा आज सिभिल अस्पतालका नर्सहरू सेवा बन्द गरेर २ घण्टा धर्ना दिएका छन् । नर्सहरुले झरीको समे पर्वाह नगरी विरोधका कार्यक्रमलाई निरन्तरता लिएका हुन् । ०८२ असोज २४ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पत्राचार भएअनुसार निजी अस्पताल तथा शिक्षण संस्थामा कार्यरत सबै नर्सहरूको न्युनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी प्रदान गरिनुपर्ने संघको मुख्य माग छ ।

नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐनअन्तर्गत व्यवस्थापन गरिनुपर्ने, जोखिम भत्ता, अतिरिक्त भत्ता प्रदान गरिनुपर्ने, दरबन्दी सिर्जना, स्तरवृद्धि, अनिवार्य नियुक्तिपत्र, योग्यताका आधारमा जिम्मेवारी, ग्रेडको व्यवस्था, क्षमता अभिवृद्धि, नीति निर्माणमा सहभागिता, क्षतिपूर्तिलगायतका माग राख्दै नर्सहरू आन्दोलित छन् ।

मनमोहन ट्रान्सप्लान्ट सेन्टरले माग्यो १५ स्टाफ नर्स (सूचनासहित)

काठमाडौं । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले अस्थायी दरबन्दीमा नियुक्त गर्नेगरी १५ जना स्टाफ नर्स मागेको छ ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको ट्रान्सप्लान्ट सेन्टरले आज सूचना जारी गर्दै आन्तरिक स्रोतबाट तलब भत्ता दिनेगरि करार सेवामा स्टाफ नर्स माग गरेको हो ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी कात्तिक १० गतेसम्म निवेदन दिन सक्ने छन् । १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका उम्मेदवारले दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।

हेर्नुस् सूचना